Friday, April 4, 2008

'मुलुक परिवर्तनको नेतृत्व काँग्रेसको काँधमा'-उपसभापति पौडेल

पोखरा, २२ चैत/ नेपाली काँग्रेसका उपसभापति तथा शान्ति मन्त्री रामचन्द्र पौडेलले नेपाली काँग्रेसको अग्रसरता विना मुलुकको स्थायी शान्ति असम्भव रहेको बताउनुभएको छ । 'नेपाली काग्रेसकै अग्रसरतामा मुलुकमा धेरै परिवर्तनहरु भएका छन् ।' कास्कीका विभिन्न ठाउँमा भएका चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो-'कम्युनिष्टहरु समस्या झिक्न सक्छन्, तर समाधान गर्न सक्दैनन् ।' लोकतान्त्रिक निकासको लागि काँग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै उपसभापति पौडेलले काँग्रेस बाहेक अन्य दलको नेतृत्व सम्भवना नभएको दावी गर्नुभयो । थारुहट, लिम्बुवान, खुम्बुवान, मधेको समस्याको समाधान नेपाली काँग्रेसले गरेको स्पष्ट पार्दै उहाँले काँग्रेसकै नेतृत्व अहिले पनि जनताले चाहेको ठोकुवा गर्नुभयो । 'कम्युनिष्टहरु समस्या उब्जाउँछन, जनतालाई भड्काउँछन र अन्त्यमा आफैं गुटमुटिन्छन् ।' पौडेलेको भनाई थियो-'काँग्रेसकै नेतृत्वको कारण चुनाव हुन लागेको हो ।'उहाँले संविधान सभा प्रजातन्त्र बचाउन अग्निपरीक्षाको रुपमा रहेका बताउँदै मुलुकमा दिगो शान्ति र स्थायितत्वको लागि काँग्रेसले नै जित्नुपर्ने जिकिर गर्नुभयो । 'महिल दलित, जनजातिको प्रतिनिधित्व एवं अधिकार सुनिश्चित गर्न काँग्रेसको बहुमत आउनुपर्छ ।' उहाँले भन्नुभयो-'अन्यथा जनताले चाहेजस्तो संविधान आउन असम्भव छ ।' मन्त्री पौडेलले महिला दलित र जनजातिको आवाजलाई उठाउन काम प्रतिनिधि सभाले गरेका प्रसंग उठाउँदै प्रतिनिधि सभा पनि काँग्रेेसकै पहलमा भएको स्पष्ट पार्नुभयो । 'लोकतन्त्र चाहनेले काँग्रेसमा भोट हाल्नुपर्छ ।' उहाँले भन्नुभयो-'काँग्रेसले नजिते अधिनायकवाद आउँछ ।' मन्त्री पौडेलले चैत २८ गतेको चुनाव फुत्किएको अवस्थमा मुलुक युगौंयुग पछि धेकेलिने बताउँदै तानाशाही र्फकने जानकारी दिनुभयो । 'चुनाव लोकतन्त्र र अधिनायक बीचको लडाँइ हो ।' उहाँले भन्नुभयो-'तर केहीले मुकुण्डो भिरेर तानाशाही फर्काउन खोजेका छन्, लोकतन्त्र बचाउन जनता जागरुक हुनुपर्छ।'

No comments: