Tuesday, April 1, 2008

भिच्छुको रगत बग्दा कोही बोल्नेवाला छैनन



स्वतन्त्र तिब्बतको माग गर्दै नेपालमा रहेको चीनको दुतावास अगाडि धर्ना दिन पुगेका तिब्बतीमुलका बौद्ध भिच्छुहरु प्रहरीद्धारा कुटिएका छन । स्वतन्त्रताको माग गर्नेहरुको टाउकोमा नेपाल प्रहरीको लाठि बर्षिएको छ । २ सय भन्दा बढि पक्राउ परेका छन । अनी त्यत्तिनै मात्रामा घाइते भएका छन । रातो वस्त्रधारीको शरिर रातै रगतमा लत्पतिएको छ । बुद्धम शरणम गच्छामी भन्दै शान्तिको कामना गर्ने भिच्छुहरु नै अहिले अशान्ति र िहंशाको सिकार भएका छन ।
प्रजातन्त्रको माग गर्दै बर्माको सडकमा उत्रिएका रातो बस्त्रधारी बौद्ध भिक्ष्ाहरुका बारेमा अन्तराष्ट्रिय क्षेत्रको ध्यान तानिएको थियो । त्यो बेलामा शान्तीकामी बुद्धका अनुयायिहरुमाथि भएको बर्बर दमनका विरोधमा अन्तराष्ट्रिय समुदायले समेत ऐक्यवद्धता प्रर्दशन गरेका थिए । बर्माको सैनिक सरकारले गरेको बर्बर दमनको विरोधमा विश्वभर छरिएर रहेका ब्लगर समुदायले ऐक्यवद्धता जनाउंदै एक दिन ब्लग पोष्ट गरेका थिएनन । त्यसमा नेपाली ब्लगरहरु समेत सहभागि भएका थिए ।

अहिले वर्माको स्वरुप नेपालको सडकमा छाताछुल्ल भएको छ । दृष्य उही छन । सडकमा राता वस्त्रधारीहरु कुटिएका छन । परिर्वतन भएका भनेका दमनकारी र माग मात्र हुन । बर्मामा प्रजातन्त्रको माग गरिएको थियो भने नेपाल लगायत विश्वव्यापी रुपमा विरोधमा उत्रिएका तिब्बतीयनहरुले राष्ट्र मागिरहेका छन । तर यसले नेपालको सन्चार माध्ययम र ब्लगमा त्यत्तिको प्राथमिकता पाउन सकेको छैन । जो विडम्बनापुर्ण छ ।

विश्वलाइ थर्काउन सक्ने शक्तिको रुपमा उदाएको चीनवाट तिब्बत छुट्टिएला या नछुट्टिएला त्यो अलग बहसको विषय हो । कोही छुटिनसक्छ भन्ने तर्कमा होला कोही सक्दैनन भन्ने पक्षमा । यो विवादलाइ थाति राखेर नेपालको सडकमा बगिरहेको बौद्ध भिक्ष्ाहरुको रगत भने रोकिनुपर्छ अब ।
नेपालको परराष्ट्र नीति एक चीन नितिमा रहेको छ । त्यसैको आधारमा नै नेपालमा हुने चीन विरोधी गतिविधिप्रति नेपाल सरकार चनाखो रहेको छ । तर चनाखो रहनुको मतलव शान्तिपुर्ण विरोध प्रदर्शनमा उत्रिएका भिक्ष्ाहरुलाइ निर्धात कुटपीत गर्नु टाउको फुटाउनु भने हैन । चीन विरोधी गतिविधि रोक्नका लागि नेपालका शुरक्षाकर्मीले शान्तिपुर्ण बाटो आवलम्बन गर्नसक्नुपर्छ ।
चीनको विषयमा नेपालमा राजनीतिक दलहरु मात्र हैन नागरिक समाज समेत मौन देखिएको छ यो बेलामा । नेपाल सरकारले विज्ञप्ती मार्फत एक चीन नितिको पक्षका वकालत गरेको छ । कांग्रेस मौन बसेको छ भने एमाले माओवादीले तिब्बतीको आन्दोलनको विरोध गर्दै चीनको भक्ति गान गाएका छन । कांग्रेस मौन बस्नु भनेको समर्थनमै हो है ।
बर्मामा भिक्ष्ा कुटीदा नेपालको सडकमा विरोध प्रर्दशन गर्ने नेपाली विक्ष्ाहरु पनि मौन छन । कारण के हो थाहा छैन एक चीन नीतिको विरोध नगरेपनि कमसेकम भिक्ष्ाहरुमाथि भएको दमनको विरोध गर्नुपथ्यो नै ।
मानवअधिकारवादी भन्नेहरु पनि मौन छन यो मामिलामा । केही संस्थाले विज्ञप्ती जारी गरेझै लाग्छ । तर नाम कहलिएका संस्थाहरु मौन नै देखिएका छन । यसले नेपालले प्रतिवद्धता ब्यक्त गरेको मानव अधिरकारको हनन भएको छ नै शान्तिकामी भिक्ष्ाहरु िहंशाको सिकार भएका छन । यस्तो बेलामा के मौन बस्नु उचित हुन्छ र ?

No comments: