Tuesday, April 1, 2008

एमालेका १० कार्यकर्ता अपहरित

१ अप्रिल, ०८ । माओबादीले जाजरकोट जिल्लाको भगबती गाबिसको ठुला बगरबाट एमालेका १० जना कार्यकर्ता अपहरण गरेको छ । माओबादीले इलाका कमिटिका उप सचिब पुर्णप्रसाद बस्नेत सहित १० जना कार्यकर्तालाई अपहरण गरेको जानकारी एमाले जाजरकोट जिल्ला कमिटिका सदस्य नरेन्द्र शाहले दिनु भएको छ । एमालेका कार्यकर्ताहरुलाई गत शनिबार राती माओबादीका जिल्ला कमिटि सदस्य बुद्दि बहादुर गुरुङको नेत्तृत्बमा रहेका माओबादी कार्यकर्ताहरुले अपहरण गरेको दाबी एमालेले गरेको छ । तर माओबादी जाजरकोट जिल्ला कमिटिका सल्लाहाकार लक्ष्मी प्रसाल शर्माले भने सो घटनाका बारेका कुनै जानकारी नभएको बताउनु भयो । यसैवीच बर्दियाको बेलुवामा माओबादी आक्रमणमा परि गम्भिर घाईते भएका एमालेका सकृय कार्यकर्ता झुरेला साईलाई उपचारका लागि राजधानी लगिएको छ । हिजो एमालेले निकालेको साईकल र्यालीमा माओबादी कार्यकर्ताले आक्रमण गर्द साई गम्भिर घाईते हुनुभएको हो । उहांको टाउकोमा खुकुरी प्रहार गरिएको छ । एमाले भेरी अंचल प्रचार बिभागले सोमबार नेपालगंजमा पत्रकार सम्मेलनको आयोजना गरि माओबादीका जिल्ला नेता बलराम काफ्लेको नेर्ततवमा एमालेको र्यालीमा आक्रमण भएको जनाएको छ । माओबादी र एमाले कार्यकर्ता बिच झड्प हुने आशंकामा हिजोसांझदेखि नै बर्दियाको बेलुवा र बांसगढि क्षेत्रका बासिन्दा त्रसित भएका छन ।

No comments: