Wednesday, April 2, 2008

मन्त्रिपरिषद् बैठक बस्दै

२ अप्रिल, ०८ । लामो समयदेखि बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सबै मन्त्रीहरू चुनावी प्रचारमा आ-आफ्नो जिल्ला गएका कारण लामो समयदेखि मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । दिउँसो ३ बजे बस्ने वैठकमा चुनाबका लागि चारदिन दिइने भनिएको सरकारी बिदाको बिषयमा छलफल हुनेछ । वैठकमा संविधान सभा चुनावका लागि सुरक्षा रणनीतिबारे पनि छलफल हुने बताइएको छ । आजको बैठकमा भोलिदेखि विशेष सुरक्षा योजना लागू गर्ने र सुरक्षाका लागि सीमामा गरिने निगरानी बढाउने विषयमा पनि बैठकमा छलफल हुनेछ । संविधानसभा चुनावअघि विभिन्न ठाउँमा दलका कार्यकर्ताबीच भइरहेका झडपबारे छलफल हुने र नागरिक समाजका प्रतिनिधिको संलग्नतामा छानबिन समिति गठन गरिने बुझिएको छ । आजको बैठकमा तराइका विभिन्न सशस्त्र समूहसँगको वार्ता र अबको सरकारी रणनीतिका विषयमा पनि छलफल हुने मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।

No comments: