Saturday, January 12, 2008

बानेश्वरमा बेरोजगारको बबाल

एक हजार नेपालीलाइ रोजगार दिने सपना बाड्दै शुरु भएको रोजगार मेला बेरोजगार युवाको आक्रमणमा परेपछि स्थगीत भएको छ । बेरोजगार नेपाली युवावाट एक सयको टिकट कटाएर रोजगारको लोभ देखाएपनि भने अनुसार रोजमेला नभइ ठग मेला भएको भेउ पाएपछि युवाहरु एकाएक आक्रमणमा उत्रिएका थिए ।
आजैमात्र करिव ५० हजार टिकट एक सयको दरमा वेचेका थिए । रोजगार पाउने आशामा मेलामा गएकाहरु ठगको पन्जामा परेको पत्तो पाएपछि उनीहरु आक्रमणमा उत्रिएका हुन ।
रोजगारको आशामा त्यहाँ पुगेका हजारौँ युवा लाइनमा बसी भित्र प्रवेश गर्दा विज्ञापनमा भनिएजस्तो नभएको र उल्टै पैसा मागिएको थियो । स्टलमा बसेकाहरु रोजगारका लागि एक लाखसम्म बार्गेनिङ्ग गरिरहेका थिए । ६ महिना तालिम त्यसपछि मासिक २० हजारको जागिरको प्रस्ताव । अनी के सहन्थे केटाहरु आक्रमणमा उत्रिइहाले । लामै समय भएको थियो काठमाडौंको सडक शान्त भएको । आज केटाहरुले राम्ररीनै सडकको शान्ति भंग गरेनै ।
भारतको टाइम्स जव डटकम मुख्य आयोजक रहेको मेला शुरु हुनासाथ लफडा भएको थियो । पछि ठगिएका युवामाथि नै प्रहरी जागेपछि उनीहरु पनि के कम उत्रिइहाले आक्रमणमा । अहिले मेलाका सबै आयोजक फरार छन ।

लोडसेडिङका कारण सिमेन्ट उद्यँेग बन्द हुुने

हेटौंडा, पुस २७ - हेटौंडा सिमेन्ट उद्यँेगको उत्पादन लोडसेडिङका कारण बन्द हुने अवस्थामा पुगेको छ ।
नेपाल विद्युत् प्रँधिकरणले बिहीबारदेखि दैनिक ६ घन्टा लोडसेडिङ गर्न थालेपछि उत्पादन बन्द हुने अवस्थामा पुगेको हो ।
यसअघि दैनिक साढे दर्ुइ घन्टा लोडसेडिङ हु“दा सिमेन्ट उद्यँेगले दैनिक ८ लाखभन्दा बढी घाटा बेहोर्दै आएको थियो । दैनिक ६ मेगावाट विद्युत् खपत गर्दै आएको उद्यँेग लोडसेडिङका कारण सबैभन्दा बढी आर्थिक मारमा परेको छ । लोडसेडिङ पछि 'किल' -भट्टा) निरन्तर सञ्चालन गर्नमात्र ६ घन्टाका लागि करिब १२ लाख बराबरको कोइला खपत हन्छ, उद्यँेगका प्रँविधिक तेजबहादुर गोदारले भने- भट्टालाई निरन्तरता दिन नसके पुनः तताउन १२ लाख रुपैया“भन्दा बढीको कोइला खपत हुन्छ ।
साताको ३६ घन्टा लोडसेडिङ भएपछि वाषिर्क लक्ष्य र उत्पादनलाई निरन्तरता दिन समस्या हुने उद्यँेगले जनाएको छ । महाप्रबन्धक रमेशकुमार अर्यालले लोडसेडिङले उद्यँेग बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । केही समयदेखि उद्यँेगले दैनिक १२ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । यसकोे दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्ष्ँमता छ ।
लोडसेडिङका कारण औद्योगिक क्ष्ँेत्रभित्रका बहुराष्ट्रिय कम्पनीका उद्यँेगहरूले पनि उत्पादनमा भारी कटौती गरेका छन् । तीन सिफ्ट सञ्चालन हु“दै आएका केही उद्यँेगहरूले एक सिफ्ट कटौती गर्ने भएका छन् ।
उद्यँेग संघ हेटौंडाका महासचिव अच्युत प्याकुरेलका अनुसार लोडसेडिङका कारण औद्योगिक क्ष्ँेत्रभित्रका उद्यँेगहरूले उत्पादनमा कटौती गर्न थालेका छन् । औद्योगिक क्ष्ँेत्रलगायत युनिलिभर, सिमेन्ट उद्यँेगजस्ता उद्यँेगलाई विद्युत् प्रँधिकरणले लोडसेडिङको मारमा पार्न हु“दैन, उनले भने । औद्योगिक क्ष्ँेत्रका उद्यँेगलाई विद्युत् आपर्ूर्ति गर्न प्रँधिकरणले विकल्पको खोजी गर्नुपर्ने उद्यँेगीहरूले बताएका छन् ।

'श्रीमान्' भन्न नपर्ने ????????

१२ जनवरी, ०८ । महिला कानुन व्यवसायीहरूले आफ्नो श्रीमानबाहेक अदालतमा बहस गर्दा न्यायाधीशलाई पनि श्रीमान भन्नुपर्ने व्यवस्थाको अब अन्त्य भएको छ । यसले गर्दा महिला वकिलहरूले अब सजिलो भएको बताएका छन् । नेपाल वार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनाली र प्रधान न्यायाधीशबीच छलफल भई सो निर्णय भएको हो । महिला कानुन व्यवसायीहरूले वुटवलमा सम्पन्न सम्मेलनमा पनि सो विषयमा व्यापक आवाज उठाएका थिए । यसअघि महिला कानुन र विकास मञ्चले श्रीमान शब्द हटाउन सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको फैसलाले अब लैंगिक तटस्थता शब्द प्रयोग हुनेमा महिला कानुन व्यवसायीहरूले खुशी व्यक्त गरेका थिए । अब न्यायाधीशलाई सम्बोधन गर्दा माननीय न्यायाधीशज्यू भनी सम्बोधन गर्नुपर्ने भएको छ ।

राजसंस्था चाहिन्छः कोइराला

१२ जनवरी, ०८ । नवनियुक्त बिना बिभागिय मन्त्री सुजाता कोइरालालले नेपालमा राजसंस्था चाहिने बताउनु भएको छ ।मन्त्री नियुक्त भएलगत्तै पूर्वान्चलका बिभिन्न जिल्लामा पार्टीको कामका सिलसिलामा मोरङमा पुग्नुभएकी मन्त्री कोइरालाले एउटा राजाले बदमासी गर्दैमा राजसंस्था नै अन्त गर्न नहुने बताउनुभएको हो । नेपाल प्रेस युनियन मोरङद्वारा आज बिहान बिराटनगरमा आयोजित पत्रकार संम्मेलनमा मन्त्री कोइरालाले राजसंस्था जोगाउनुपर्ने आफ्नो पुरानो अडान कायम नै रहेको बताउनुभयो । उहाँको यस्तो बिचार मन्त्रीका रुपमा नभई निजी मात्र भएको दाबी गर्दै राजा जोगाउने बिषयलाई बहसको बिषय नबनाउन आग्रह पनि गर्नुभयो ।

तोड्फोडपछि रोजगार मेला स्थगित

१२ जनवरी, ०८ । आजदेखि राजधानीमा शुरु भएको अन्तर्राष्ट्रिय रोजगार मेला युवाहरुले तोडफोड गरेपछि स्थगित भएको छ । राजधानीको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु भएको मेलामा १०० रुपैयाँको टिकट लिई भित्र छिरेका केहि युवालाई अन्तरवार्ताको क्रममा थप तालिमको लागि ५०,००० रुपैयाँ लाग्ने बताएपछि आक्रोशित युवाहरुले तोडफोड शुरु गरेका थिए । आक्रोशित युवाहरुले अयोजना स्थलमा तोड्फोड र ढुंगामुढा गरेका छन् । केही स्टलहरु क्षतिग्रस्त भएका छन् भने आयोजकहरु स्टलवाट भागेका छन् । प्रहरीले भीड नियन्त्रण गर्ने प्रयास गरेपनि आज वानेश्वरक्षेत्र दिनभरी नै तनावग्रस्त बनेको छ । यसैगरी झुठा प्रचार गरेको भन्दै केहि युवाहरुले कान्तिपुर पब्लीकेशनको कार्यालयमासमेत आक्रमणको प्रयास गरेका थिए ।

कुनैपनि हालतमा चुनाव गर्ने नदिने

मधेशी जनअधिकार फोरम भाग्यनाथ गुप्ता समूहले सरकारले चैत २८ गते गर्ने गरी घोषणा गरेको संविधानसभा निर्वाचन कुनै पनि हालतमा हुन नसक्ने ठहर गरेको छ।
वीरगञ्जमा शुक्रबार अबेर सम्पन्न पार्टीको केन्द्रीय कार्यासमिति बैठकले आन्दोलनरत पक्षको माग सम्बोधन नगरी चुनावको मिति तोकिनु सरकारको अकर्मण्यता र अदूरदर्शिता भएको टिप्पणी गरेको छ।
समूहका उपाध्यक्ष किशोरकुमार विश्वासले सात दलीय सरकारलाई संविधानसभा निर्वाचनको मिति घोषणा गर्ने राजनीतिक र संवैधानिक अधिकार नभएको टिप्पणीसमेत गरेका छन् ।
यथास्थितिमा तराईमा संघर्षरत समूहलाई शान्तिपूर्ण राजनीतिमा समावेश नगराई चुनावको वातावरण नबन्ने उहाँले दावी गर्नुभयो । उहाँले सरकारका तर्फबाट भएको हठात् निर्णय आफूहरुलाई मान्य नहुने भन्दै निर्वाचन गर्न नदिने चेतावनीसमेत दिनुभएको छ।

तराई मुक्ति मोर्चाका केन्द्रिय अध्क्षय सहित ५ जना पक्राउ

ससस्त्र प्रहरीको गस्ति टोलीले गएराती सिराहाबाट दोश्रो जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय अध्क्षय विस्फोट सिंह सहित ५ जनालाई पक्राउ गरेको छ ।
लाहानको एक होटेलमा खाना खादै गर्दा उंनलाई राति १० वजे सुराकी को आधारमा पक्राउ गरिएको प्रहरिले जनाएको छ ।
उनिसगै पक्राउ परेका अन्यको भने पहिचान खुल्न वाकि रहेको प्रहरीलाई उद्रित गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।
प्रतक्ष्य दर्शीका अनुसार प्रहरीले उनको साथबाट कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसमेत वरामत गरेका छन् । यसबारे प्रहरीले अहिले सम्म आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।
उँनलाई शसस्त्र प्रहरीको सिमा सुरक्षाबल सिराहामा राखिएको छ । यसअघि उनलाई आज जिल्ला प्रहरी कार्यलयमा सार्वजनिक गर्ने वताईएको थियो ।

गोल्डकप फाईनमा लाठ्ठी चार्ज, दुइबालक सहित ४ र्समर्थक घाइते

पोखरा रंगशालामा पुलिसको एकपटक फेरी उद्दण्ता देखियो । खेल अतिरिक्त समयको दोस्रो हाफ चलिरहेको अवस्थामा प्यारापिटमा दर्शकहरुको भीडमा पुलिसले अचानक लाठी बर्सायो । पुलिसले जथाभावी लाठी बर्सदा दर्शकहरु भागदौड मच्चिएको थियो । पुलिसको उद्दण्ताकै कारण फाइनल खेल केही समय रोकिन पुगेको थियो । लाठी प्रहारबाट दुइबालक सहित ४ र्समर्थक घाइते भए । पुर्वी प्यारापिटमा दर्शकको सामान्य उच्श्रृखलता नियन्त्रणमा लिन पुलिसले जथाभावी लाठी चार्ज गरेपछि भागदौड हुदाँ ९ वषिर्य राजन विक र राजकुमार पुनसहित चारजना घाइते भएका छन् । विकको टाउको फुटेको छ भने पुनको हात भाँचिएको छ । अन्य दुइ भने सामान्य घाइते भएका छन् । दर्शकमाथि पुलिसले अन्धाधुन्ध लठ्ठी बर्साए पछि उत्तेजित दर्शकहरुले पनि ढुंगा तथा पानीका बोतल प्रहार गर्दा पुलिस भागेर खेल चलिरहेको मैदानमा छिरेपछि खेल केही समयका लागि अवरुद्ध भएको थियो ।

पुलिसलाई पोखरामा तेस्रो उपाधि

पोखरा, २८ पुस/शसस्त्र प्रहरीबलको ताजा फुटबल चुनौतीलाई संर्घषमय फाइनलमा २-० ले पाखा लगाउँदै नेपाल प्रहरीको नेपाल पुलिस क्लबले पोखरेली मैदानमा तेस्रो पटक उपाधि उचालेको छ । पहिलो क्याराभान तथा पहिलो आहा गोल्डकपको विजेता पुलिसलाई शनिबार तेस्रो उपाधि तर्फडोर्‍याउन अनन्त थापा र जुमानु र्राईले एक एक गोल गरे । प्यारापिटमा सुरक्षार्थ खटिएका बर्दीधारी प्रहरीको उद्दण्ताका कारण तनावपूर्ण बनेको पोखरा रंगशालामा पुलिसको जित गोल अन्तरमा देखिए झैं सहज भने रहेन् । एपीएफको हिट एण्ड रनको रणनीतिले कायल पार्दा पुलिसले जितका लागि अतिरिक्त समयसम्म सघंष गर्नुपर्‍यो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि निणार्याथ खेल अतिरिक्त समय तर्फधकेलिएको थियो । थप समयको दोस्रो मिनेटमै प्रतियोगिताका संयुक्त उच्च गोलकर्ता समेत रहेका अनन्तले २५ यार्डबाट फ्रिकिकमा दर्शनीय गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । अनन्तको फ्रिकिकमा विपक्षी गोलकिपर चन्दन सरकारले कुनै चाल नपाउँदा बल सिधै जालीको सर्म्पर्कमा पुगेको थियो । ९० मिनेटसम्म संर्घष गरिरहेपनि अतिरिक्त समयमा भने स्वाभाविक प्रभाव जमाएको पुलिसका लागि समय सकिन ८ मिनेट बाँकी रहदाँ जुमानुले पेनाल्टीमा दोस्रो गोल गरेका थिए । दुर्गा राजलवटले भोला सिलवाललाई लडाएपछि फिफा रेफ्री लव खत्रीले पुलिसलाई पेनाल्टीको अवसर दिएका थिए । जितसँगै पुलिसले नगदपुरस्कार १ लाख रुपियाँ पायो भने उपविजेता सशस्त्रले ५० हजार रुपियाँ हात पार्‍यो । धरान फुटबल क्लबले अनुशासित टिम घोषित भयो भने व्यक्तिगत पुरस्कार तर्फशसस्त्रका गणेश लावतीले उत्कृष्ट खेलाडी घोषित हुदैं यामाहा एल्बा मोटरसाइकल हात पारे । यसैगरी पुलिसका अनन्तसहित तीन तीन गोल गरेका गणेश र आयोजक सहारा क्लबका विष्णु केसीले र्सवाधिक गोलकर्ताको पुरस्कार १५ हजार नगद बाँडे । खेलको १४ औं मिनेटमा पर्वत पाण्डेले प्रहार गरेको फ्रिकिक गोलकिपर विपक्षी गोलकिपर सरकारले पन्च गरेको बल क्रसबारमा लागेर फर्किदाँ पुलिसले अग्रता लिनबाट चुकेको थियो । उता पहिलो हाफकै ३४ औ. मिनेटमा दिपक पौडेलले दिएको व्याक पासलाई गणेश लावतीले गरेको हल्का हेड पुलिसका गोलकिपर रितेश थापाको हातमा पुगेको थियो । यसअघि नै शसस्त्रले अग्रता लिने महत्वपूर्ण अवसर गुमाइसकेको थियो । दिपेन्द्र पौडेलबाट खोसेर गणेश लावतीले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासलाई अजय केसीले उपयोग गर्न सकेनन् । पहिलो हाफमै अजयले शसस्त्रलाई अग्रता दिलाउने अर्को एउटा महत्वपूर्ण अवसर गुमाए । विपक्षी पेनाल्टीबक्सभित्र खुला अवस्थामा रहेको अजयले पाएको बल हान्न ढिलाई गर्दा पुलिसका रक्षक सुमन सुवेदीलाई क्लियर गर्ने अवसर मिलेको थियो।निर्धारित समयभरि नै जसो एपीएफले विपक्षीलाई दवाव दिइरहेपनि म्यान अफ दि म्याच राकेश श्रेष्ठको नेतृत्वमा रहेको पुलिसको रक्षापंक्ति चिर्न नसक्दा शसस्त्र करिब आधा दर्जन अवसरमा चुकेको थियो । उता पुलिसका अनन्त थापा र जुमानु र्राईका दुइ राम्रा प्रयास खेर जादाँ टोली निर्धारित समयमै नजिता हत्याउनबाट बञ्चित रहृयो । कप्तान रमेश बुढाथोकीको क्रसमा अनन्तले पेनाल्टीबक्सभित्रबाट हानेको फितलो बल विपक्षी गोलकिपर सरकारको हातमै पुगेको थियो भने दोस्रो हाफमा जुमानुले प्रहार गरेको बलले गोलकिपरलाई विट गरिसकेपनि एपीएफका लागि उच्च प्रदर्शन गरेका नरकुमार र्राईले गोल लाइनबाट क्लियर गरेर टोलीको आशा जिवित राखेका थिए । 'फाइनल खेलको समाप्तीपछि दुवै टोलीका प्रशिक्षकहरु नजितामा सन्तुष्ट देखिएपनि आफनो टोलीको प्रदर्शन विपक्षीभन्दा राम्रो रहेको दावी गरिरहेका थिए । एपीएफका प्रशिक्षक डम्बरसिंह गुरुङले युवा खेलाडीहरुको भरमा प्रतियोगितामा होमिदाँ पनि पुलिसजस्तो विपक्षीलाई दवावमा राख्दै उपविजेता बन्न सकेकोमा सन्तुष्टी व्यक्त गरे । उनले भने'हामी आज अण्डरडगका रुपमा मैदान छिरेका थियौं । तथापि हामीले उनीहरुभन्दा राम्रो खेल्यौं र बढी अवसरहरु सृजना गर्‍यौं । दर्ुभाग्य हाम्रा प्रयासहरु सफल भएनन् । यद्यपि एकजनापनि स्टार नाम नहुनाका बावजुद यहाँसम्म आइपुग्नु नै उपलब्धि हो ।' गुरुङले आफनो गोलकिपर सरकारलेको ठुलो गल्तीमा पहिलो गोल खानुपरेको बताउँदै त्यसगोलपछि खेलले नयाँ मोड लिएको बताए । उता पुलिस प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पनि आफनो टोलीले सशस्त्र भन्दा निकै उच्च स्तरीय प्रदर्शन गरेपनि जितका लागि संर्घष गर्नुपरेको बताए । 'हामीले आज पुरै समय विपक्षीभन्दा राम्रो खेलेका हौं । तर उनीहरुको डिष्ट्रक्टिभ प्रदर्शनले हामीलाई लय समाउन दिएनन् । तथापि हामीले खेलमा नियन्त्रण राख्यौं र नतिजा हात पार्‍यौ. ।' उनले भने ।

श्रीलंकाको कम्तीमा ५९ व्रि्रोहीको मृत्यु

कोलम्बो, २८ पुस । उत्तरी श्रीलंकामा भएको भीषण संर्घषमा कम्तीमा ५९ व्रि्रोहीको मृत्यु भएको सरकारी सेनाले आज जनाएको छ । जापानी शान्तिदूतको श्रीलंका भ्रमणको पुर्व सन्ध्यामा यो समाचार र्सार्वजनिक भएको छ ।श्रीलंकालाई आर्थिक सहयोग गर्ने सबैभन्दा ठूलो मुलुक मध्ये एक जापानले तमिल टार्इगर्सका व्रि्रोहीसँगको सन् २००२ को युद्धविराम भंग गर्ने गत साता श्रीलंका सरकारको निर्णय प्रति गहिरो चिन्ता व्यक्त गर्दै आएको छ ।राष्ट्रपति माहिन्दा राजापाक्सेसँग वार्ता गर्न तीन दिने भ्रमणका लागि जापानी विशेषदूत यासुसो आकासी आइतबार कोलम्बो पुग्दै हुनुहन्छ ।श्रीलंकाको हालको शान्ति प्रक्रिया र यसको भविष्यबारे आकासीले श्रीलंकाली अधिकारीहरूसँग छलफल गर्नुहुने जापानी दूतावासद्वारा प्रकाशित एक विज्ञप्तीमा जनाइएको छ ।शनिबार भभुनिया जिल्लामा भएको संर्घष्ामा ३९, मान्नार जिल्लामा १७ जना तथा जाफ्ना प्रायव्दिपमा भएको अर्को एक संर्घष ३ जना गरी ५९ व्रि्रोहीको मृत्यु भएको र सरकारी सेनातर्फएक सैनिक जवानले वीरगति प्राप्त गरेको सेनाले जनाएको छ ।

Friday, January 11, 2008

सैन्य कार्वाही गर्न पाकिस्तानमाथि अमेरिकी दबाब

इस्लामावाद, २७ पुस । अल कायदा वा तालिवान लडाकूहरुलाई पछयाउँदै अमेरिकी फौज अफगानिस्तानसँगको पाकिस्तानी सीमावर्ती इलाकाहरुमा पसे तिनीहरुलाई अतिक्रमणकारीको रुपमा लिइने चेतावनी पाकिस्तानी राष्ट्रपति परवेज मुसरफ ले दिनुभएको छ । सिङ्गापुरको दि स्ट्रेट्स टाइम्ससँगको एक अन्तर्वार्तामा शुक्रबार मुसरफले आसन्न संसदीय निर्वाचनपछि विपक्षी दलहरुबाट आफूविरुद्ध महाभियोग लगाउने प्रयास भए आफूले राजीनामा गर्ने उहाँले बताउनुभयो । अफगान सिमानानजिकका पाकिस्तानी आदिवासी इलाकाहरुमा इस्लामिक लडाकूहरुमाथि सैन्य कार्वाही गर्न पाकिस्तानमाथि अमेरिकी दबाब बढ्दो छ । अप्ठेरो भू-बनौट रहेको लामो त्यस इलाका अल-कायदा नेता ओसाम बिन लादेन, आयमान अल जवाहिरी र तालिवान लडाकूहरु लुकीछिपी बस्दै आएको ठानिएको छ । त्यस्ता आदिवासी इलाकाहरुमा गुपचुप रुपमा हुने फौजीक कार्वाहीको गहन अध्ययन गर्न केन्द्रीय जाँचबुझ संस्था -सिआइए) र अमेरिकी फौजको कार्यक्षेत्र विस्तार गर्न वासिङ्टनले सोचिरहेको गत हप्ता न्यू योर्क टाइम्स समाचारपत्रले समाचार दिएको थियो । स्ट्रेट्स टाइम्स समाचारपत्रसँग मर्ुर्सरफले अमेरिकी फौजले ती आदिवासी इलाकामा पाइला टेके त्यसलाई निश्चित रुपमा अतिक्रमणकारी ठहर्‍याइने बताउनुभयो

चुनाव चैत २८ गते

सरकारले संविधानसभाको चुनाव चैत २८ गते तोकेको छ ।
मन्त्री परिषदको बैठकले संविधानसभा चुनाव चैत २८ गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यलय सिंहदरवारमा चैत २७ गते भएको मन्त्री परिषदको बैठकले चुनाव मुलुकभरी एकै चरणमा गर्ने निर्णय गरेको गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बताए । सिटौलाले चुनावका लागि सरकारले शान्तिसुरक्षा लगायत सबै बन्दोवस्त मिलाउने र तोकिएको मितिमै चुनाव हुने पनि उल्लेख गरे ।
मन्त्री परिषदको बैठकले तराईका जिल्लामा प्रमुख जिल्ला अधिकारी बन्न चाहने मधेशी मूलका प्रथम श्रेणीका सरकारी कर्मचारीलाई प्राथमिकतासाथ त्यो अवशर दिने पनि सहमति गरेको गृहमन्त्री सिटौलाले जानकारी दिए ।
मन्त्री परिषदको बैठक बस्नुअघि सिंहदरवार प्रधानमन्त्री कार्यलयमा पुष २६ गते नियुक्त तीन मन्त्री र पाँच राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सपथ खुवाएका थिए । मन्त्री परिषदको आजको बैठकमा नवनियुक्त मन्त्रीहरु पनि सहभागि थिए ।

सरकारले आज संविधानसभा निर्वाचनको मिती घोषणा गर्ने

सरकारले आज संविधानसभा निर्वाचनको मिति घोषणा गर्ने भएको छ ।
दलहरुबीचको सहमतिअनुसार चैतमा निर्वाचन गर्ने प्रावधान अन्तरिम संविधानमा उल्लेख गरिएपछि सरकारले आज निर्वाचनको मिति घोषणा गर्न लागेको हो ।
त्यसका लागि मन्त्रिपरिषदको बैठक आज अपरान्ह ३ बजे सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा बस्ने कार्यक्रम रहेको छ।
सो बैठकले निर्वाचन मिति घोषणा गर्ने सरकारका एक मन्त्रीले जानकारी दिएका छन् । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निर्वाचनको मिति आज घोषणा हुने बताउँदै आउनु भएको थियो ।
सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गर्न लागेको यो तेस्रो पटक हो । यसअघि दुई पटक घोषणा गरिएको मितिमा निर्वाचन हुन नसकेपछि सरकारले आज तेस्रो पटक मिति घोषणा गर्न लागेको हो ।
यसअघि सरकारले पहिलो पटक जेष्ठ मसान्तभित्र र दोस्रो पटक मंसिर ६ गते निर्वाचन गर्ने घोषणा गरेको थियो

एडमण्ड हिलारी अब रहेनन्

विश्वको सर्वच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम आरोही सर एडमण्ड हिलारीको ८८ वर्षको उमेरमा आज निधन भएको छ ।
सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पासंगै न्युजिल्याण्डका हिलारीले सगरमाथा आरोहण गर्नुभएको थियो ।
९ महिना अघि नेपाल भ्रमणमा आएका हिलारी त्यस समय अकस्मात अस्वश्थ भएपछि नियमित स्वास्थ्य उपचारमा हुनुहुन्थ्यो । सगरमाथाको सफल आरोहण पछि उँहाले ६० को दशक सम्म अन्य १० ओटा हिमालको समेत आरोहण गर्नुभएको थियो ।
सगरमाथाको आरोहण पछि नेपालको खुम्बु क्षेत्रका शेर्पाहरुको जिवन उत्थानमा सहयोगी बन्दै आएका हिलारीलाई नेपालले उँहाको योगदानको कदर गर्दै ४ वर्ष अघि मानार्थ नेपाली नागरिक घोषणा गरेको थियो । हिलारीले सगरमाथा आरोहणमा आफ्नो सहयोगी बनेका तेन्जिनका को जन्मस्थल सोलुखुम्बुमा झण्डै ३० ओटा विधालय तथा स्वास्थ्य संस्थाको स्थापना गरी नेपाललाई गुण लगाउनुभएको छ ।
हिलारीको म्रितुप्रति शोक व्यक्त गर्दै न्युजिल्याण्डका प्रधानमन्त्रि हेलेन क्लार्कले एक विर नायकको अवशान भएको प्रतिक्रिया दिनुभएको छ । सन् १९१९ मा न्युजिल्याण्डको अक्लेनमा जन्मेका हिलारीले दोश्रो विश्व युद्वपछी विमान चालकका रुपमा समेत काम गर्नुभएको थियो ।

फालिएको अवस्थामा भेटिएको एक शिशु

उदयपुर, २७ पुस । फालिएको अवस्थामा भेटिएको एक शिशुलाई आमाबाबु पत्ता लगाई पुनः उनीहरूकै जिम्मामा दिइएको छ । सो शिशु उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस, वडा नं.६ की मनिता र्राई र कमल र्राईबीचको अवैध सम्बन्धबाट जन्मेको प्रहरीले जनाएको छ । सो शिशुलाई प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा कालीखोला जङ्गलमा गत बुधबार फेला पारेको थियो ।इलाका प्रहरी कार्यालय, ठोक्सिलाले अनुसन्धानका क्रममा सो शिशु मनिता र कमलको भएको प्रमाणित भएपछि गाउँलेको रोहवरमा उनीहरूलाई झिकाएर जिम्मा दिएको थियो । उनीहरू गाउँमै रहेको गुरुङचौरी उच्चमाध्यमिक विद्यालयमा माध्यमिक तहमा अध्ययनरत रहेको थाहाभएको छ ।

स्व.पत्रकार साहको परिवारलाई रु. दस लाख सहयोग

कलैया, २७ पुस । प्रमुख जिल्ला अधिकारी विमलप्रसाद ढकालले नेपाल सरकारले घोषणा गरेको राहत सहयोग रु. १० लाखको चेक स्व. पत्रकार वीरेन्द्र शाहको श्रीमती उमरावतीदेवीलाई प्रदान गर्नुभयो । स्व. साहलाई माओवादीका केही समूहले गत असोज १८ गते बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको र शव कात्तिक २२ गते गाडिएको अवस्थामा बरामद भएको थियो ।

रक्सी नियन्त्रण अभियान

डोटी, २७ पुस । रक्सी सेवन गरी होहल्ला गर्ने बनलेक गाविसका महिलाहरू हिजोआज रक्सी नियन्त्रण अभियानमा जुटेका छन् । पुसको जाडोमा रक्सी नियन्त्रण गर्न हातमा नाङ्गो लौरो लिएर यहाँका महिलाहरू समूहबद्ध रूपमा रातभरि गाउँमा गस्ती गर्दै हिँडिरहेका छन् । गस्ती सुरु गरेको चार महिनामा जरिवानाबापत ३४ हजार जम्मा गरेको बनलेक आमा समूहकी अध्यक्ष बिस्ना बलायर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ-यो रूपैयँा गाँउमा प्रशूतिगृह बनाउन खर्च गरिने छ । रक्सी बन्द अभियानमा करिब तीन सय महिला लागेका छन् । यस गाविसमा बिगत तीन वर्षा रक्सीका कारण आठ जनाको ज्यान गएको स्थानीय बासिन्दा बताउँछन् । पुरुषहरूले दिनभरि तास खेल्ने, बेलुकी रक्सी सेवन गरी घरमा झगडा गर्ने, घर जग्गा बिक्री गर्ने विभिन्न समस्या रहेकोले आफूहरू रक्सी नियन्त्रण अभियानमा लागेको ६२ वषर्ीया सञ्जा भारती बताउनुहुन्छ । जिल्ला प्रहरी कार्यालयमा गत वैशाख महिनायता जिल्लाका विभिन्न ठाँउमा मदिरा सेवन गरी झगडा हुँदा १२ जनाको ज्यान गएको तथ्याङ्क रहेको छ । यस अभियानलाई सहयोग गर्न सबै लाग्नुपर्ने महिलाहरू बताउँछन् ।

एड्सले सातको मृत्यु

संखुवासभा, पुस २६ - एचआईभी/ एड्सबाट जिल्लामा एक दशकमा ७ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एड्स प्रभावित ५६ मध्ये ३५ जनाको अवस्था अज्ञात छ भने १४ जना रोगग्रस्त छन् । यस वर्षो साउनदेखि मंसिरसम्म थप ३ रोगीको पहिचान भएको छ । संखुवासभामा ५४ सालदेखि रोग प्रभावित भेटिएका हुन् । जनस्वास्थ्य निरीक्षक महेशप्रसाद महतोका अनुसार शीतलपाटी, दिदिङ, याफू, जलजला, खा“दबारीमा रोगी पाइएका हुन् । विदेशमा रोजगारीका लागि गएकाबाट रोग भित्रिएको जनाइएको छ ।

सात करोड नपाए 'अवरुद्ध'

म्याग्दी, पुस २६ - मजदुर र ठेकेदारलाई भुक्तानी गर्न सरकारद्वारा तत्काल ७ करोड रुपैया“ निकासा नभए बागलुङ-बेनी-जोमसोम राजमार्ग निर्माण अवरुद्ध हुने नेपाली सेनाले बताएको छ ।
राजमार्गकै जटिल भाग मानिएको म्याग्दी र मुस्ताङ सीमावर्ती बा“दरजुङ भीरको स्थलगत अध्ययन गर्न आएका अर्थमन्त्री डा. रामशरण महतलाई सैनिक अधिकारीहरूले रकम नआए निर्माणलाई निरन्तरता दिन नसक्ने जानकारी गराएका हुन् । अर्थमन्त्री डा. महतले स्रोत अभावमा काम नरोक्न र बजेटको व्यवस्था आफूले गर्ने बताए । उनी बुधबार स्थलगत अध्ययनमा आएका हुन् ।
सरकारले यस वर्षपाइलट ट्रयाक निर्माण गर्न ७ करोड बजेट विनियोजन गरे पनि रकम निकासा नगरेको सेनाको भनाइ छ । बेनी-जोमसोम सडक निर्माण कार्यगणका प्राविधिक सेनानी धर्मेन्द्र झाले लक्ष्यभन्दा ३० प्रतिशत बढी काम भइसकेको उल्लेख गर्दै बजेट निकासा नहु“ंदा मजदुरको ज्याला र ठेकदारको बिल भुक्तानी हुन नसकेको बताए । उनका अनुसार तत्काल ७ करोड रुपैया“ निकासा भए माघभित्र राजमार्गले जोमसोम छुनेछ । मुस्ताङ सदरमुकामलाई राजमार्गले जोड्न तीन सय मिटर पहरा छिचोल्न मात्र बा“की छ । बागलुङ-बेनी-जोमसोम राजमार्गको ९१ किमिमध्ये सेनाले २०५८ मा म्याग्दीको गलेश्वरदेखि ७३ किमिको जिम्मा लिएको हो । राजमार्गको पाइलट ट्रयाक खोल्न ४८ करोड खर्च भइसकेको छ ।

बिस्फोटमा ३ घाइते

बारा, पुस २६ - बेवारिसे बम चलाउ“दा बिहीबार कलैयाका ३ बालबालिका घाइते भएका छन् । चौरमा भेटिएको बमलाई बल ठानी चलाउ“दा कलैया-८ का ४ वर्षीया आ“चलकुमारी, १० वर्षीय वसन्त मण्डल र १२ वर्षीय रजनीकुमारी घाइते भएका हुन् । बाख्रा चराउन गएका उनीहरू दुर्घटनामा परेका थिए ।

अदुवाले बढायो आम्दानी

गुल्मी, पुस २६ - गुल्मीका युवा कृषक विष्णु भण्डारीले अदुवा खेतीबाट प्रशस्त आम्दानी मात्र लिएका छैनन्, काम खोज्दै विदेशिन लागेका साथीहरूलाई समेत यही पेसामा लगाउन थालेका छन् । अर्का कृषक चो लानाथ ज्ञवालीले पनि उनकै बाटो पछ्याएका छन् ।
हु“गा गाविस-२ का यी जा“गरिला कृषकको प्रेरणामा अहिले त्यस क्षेत्रका ५० युवा अदुवा खेतीमा छन् । अदुवाबाट भण्डारीले वाषिर्क २ र ज्ञवालीले ७ लाख रुपैया“सम्म कमाउ“दै आएका छन् ।
गुल्मीको थानपति, दिगाम, बलेटक्सार, हु“गा, हर्दिनेटालगायत १२ गाविसमा अदुवा खेती हु“दै आएको छ । भारतमा समेत निकासी हुन थालेपछि एक वर्षता अदुवा खेतीमा लाग्नेको संख्या बढेको छ । हु“गा-५ का अर्का अदुवा कृषक बमबहादुर विक वर्षा १ लाखसम्म आम्दानी गर्न थालेका छन् । 'मलेसिया जान ठिक्क थिए“,' उनले भने- 'तर त्यही पैसा लगानी गरी थालेको खेतीबाट यही“ आम्दानी हुन थालेको छ ।' जिल्लामा व्यावसायिक रूपमा अदुवा खेती गर्नेको संख्या करिब तीन सय पुगेको छ । पशुपति न्यौपानेका अनुसार त्यहा“बाट मात्रै अहिलेसम्ममा १ करोड रुपैया“भन्दा बढीको अदुवा निकासी भएको छ ।
गुल्मीमा गत वर्ष२ करोडको अदुवा बिक्री भएको थियो । यस वर्षमूल्य बढ्ने आशामा धेरै कृषकले बारीबाट अदुवा निकालेका छैनन् । तैपनि झन्डै ३ करोडको अदुवा निकासी भइसकेको छ । गत वर्ष१ हजार ५ सय ८७ मेटि्रक टन उत्पादन भएकामा यो वर्ष२ हजार मेटि्रक टनसम्म पुग्ने अनुमान छ । जिल्लामा २ सय २६ हेक्टरमा अदुवा खेती हु“दै आएको छ । 'कृषकहरूलाई प्रोत्साहित गर्न थप कार्यक्रम अघि बढाउने तयारीमा छौं,' कृषि विकासका वरिष्ठ अधिकृत मोहनलाल श्रेष्ठले भने ।
त्यस्तै पाल्पा मुझुङ गाविसका रामबहादुर कार्कीले यस वर्षअदुवाबाट १ लाख २० हजार आम्दानी गरे । उनले आफ्नो बारीमा पहिले मकै खेती गर्दा १० हजार पनि कमाइ हु“दैनथ्यो । 'अदुवा खेतीले नगद फल्ने रहेछ,' उनी भन्छन्- 'किन विदेशिनु पर्‍यो -'
सहजै बजार पाइने भएकाले यसतर्फकिसान आकषिर्त भएको ग्रामीण आर्थिक विकास संघ, रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए । पाल्पामा अदुवा खेती गर्ने कृषकको समूह २ सय १९ पुगेको छ । ३ हजार कृषकले अदुवाखेती गरिरहेको कृषि विकास कार्यालयले जनाएको छ । पाल्पामा १ हजार २ सय ३० हेक्टर जमिनमा अदुवा खेती हुने गरेको छ ।
त्यस्तै तनहु“बाट पनि अदुवा निकासी हुन थालेपछि यस वर्षउत्पादन दोब्बर भएको छ । मूल्य पनि तीन गुणा बढेको छ । अघिल्ला वर्षा नेपालमै मात्र खपत हु“दा प्रतिधार्नी १२ देखि १५ रुपैया“मा बिक्री हुने अदुवाले यो वर्षभारतमा समेत बजार पाउन थालेपछि ४० देखि ४५ रुपैया“सम्म मूल्य पाएको छ । यहा“को अदुवा भारतको दिल्ली, आजादपुर, बनारस, कानपुर, लखनऊलगायतका सहरहरूसम्म पुग्ने गरेको छ । जिल्ला कृषि कार्यालयका अनुसार तनहु“मा ४ सय ९० हेक्टरमा करिब ४ हजार ७ सय मेटि्रक टन अदुवा उत्पादन हुन्छ । कार्यालयका वरिष्ठ अधिकृत विष्णुप्रसाद अर्यालले यो वर्षदोब्बर उत्पादन भएको बताए । गत वर्ष२ करोड ६० लाख रुपैया“ बराबर उत्पादन भएकामा यस वर्षकरिब ७ करोड ५० लाख पुगेको छ ।
दक्षिणी माझकोट, ऋषिङरानीपोखरी, कोटदरबार, साभुङभगवतीपुर, घिरिङसुन्धारा, किहु“, अरुणोदय, राम्जाकोटलगायत गाविसमा बढी अदुवा उत्पादन हुन्छ । अदुवा संकलन केन्द्र बनेको भिमादमा अहिले किनबेच गर्नेको भीड लागेको छ । पाल्पाबाट उत्पादित अदुवाको सुठो नेदरल्यान्डसम्म पुग्ने गरेको छ । गत वर्ष१४ लाखको सुठो नेदरल्यान्ड पठाइएको थियो भने १० करोड ३४ लाखको अदुवा निकासी भएको थियो । यस वर्षअहिलेसम्ममा ८ करोडको अदुवा भारत निकासी भइसकेको छ ।

१५ अर्बको सेयर आउ“दैछ

काठमाडौं, पुस २६ - लगानी गरिहाल्न हतार नगरौं । सरकारी तथा निजी क्ष्ँेत्रका कम्पनी एक वर्षभत्र १५ अर्ब रुपैया“भन्दा बढीको सेयर र्सवसाधारणलाई बिक्री गर्ने तयारीमा छन् ।
'यी लगानीका लागि नया“ अवसर हुन्,' धितोपत्र बोर्डका अध्यक्ष डा. चिरञ्जीवी नेपालले भने- 'लगानीका लागि हतार नगर्दा हुन्छ ।'
बजारमा पर्याप्त लगानी अवसर नहु“दा घरजग्गा र बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य अकासिएको छ । आउने सेेयरले पु“जी हुनेलाई नया“ लगानीको अवसर दिनेछ । 'यसले बचतकर्ताको ब्याजदर बढाउ“छ, यहा“ लगानी गर्न अवसर नभएर विदेशमा गएको पु“जी फिर्ता हुन्छ,' अर्थसचिव -राजस्व) रामेश्वर खनालले भने ।
धितोपत्र बोर्डमा १६ कम्पनीले सेयर निष्कासनको स्वीकृतिका लागि निवेदन दिएका छन् । यी कम्पनीले स्वीकृति पाए ३ अर्ब १० करोड रुपैया“को सेयर बजारमा आउनेछ । साउनयता २ अर्ब ६८ करोड रुपैया“ परिचालन गर्न विभिन्न कम्पनीले स्वीकृति पाएका थिए ।
नेपाल टेलिकम सबैभन्दा ठूलो र्सार्वजनिक सेयर निष्कासन गर्ने तयारीमा छ । यसले मात्र कम्तीमा ९ अर्बको लगानी अवसर दिनेछ । कृषि विकास बैंकले ७५ करोडको सेयर ल्याउने घोषणा गरेको छ । ऋणी किसानका लागि यसले १२ करोड ५० लाखको सेयर बिक्री गरिरहेको छ । एक साताभन्दा बढी समय बा“की रहेको यो सेयरका लागि १ अर्ब रुपैया“भन्दा बढीको आवेदन परिसकेको छ ।
अत्यधिक नाफा कमाएको चिलिमे जलविद्युत् कम्पनीले २४ करोड ४ लाख रुपैया“को सेयर ल्याउन बा“की छ । यसले पनि थप मूल्य -प्रिमियम) मा बिक्री गर्ने र्सार्वजनिक गरेको
छ । अन्य केही साना जलविद्युत् कम्पनी सेयर निष्कासनको तयारीमा छन् ।
आकर्ष मानिने वित्तीय संस्थाको झन्डै २ अर्ब रुपैया“को सेयर बजारमा आउने छ । गत वर्षराष्ट्र बैंकले ३६ वित्तीय संस्थालाई अनुमति दिएको थियो । कारोबार सुरु गरेको एक वर्षभत्र सेयर निष्कासन
गनर्ुर्ुर् ।
ग्लोबल, सिटिजन, सनराइज र बैंक अफ एसिया सेयर निष्कासनको तयारीमा छन् । एक अर्ब लगानीमा खुलेका यी बैंक प्र्रत्येकले ३० प्रतिशतका दरले १ अर्ब २० करोडको सेयर बजारमा ल्याउने छन् । नया“ खुलेका विकास बैंक र फाइनान्स कम्पनी पनि सेयर निष्कासनको तयारीमा छन् । दर्ुर्ुइ अर्ब रुपैया“ लगानीमा दर्ुर्ुइ वाणिज्य बैंक आउने तयारीमा छन् ।
'यो स्थितिले सस्तो ब्याजमा ऋण केही समयका लागि समाप्त हुन सक्छ,' खनालले भने । केही वाणिज्य बैंकले साढे ६ प्रतिशत ब्याजमा मोटर किन्न ऋण दि“दै आएका छन् । तरलता घट्दा मोटरमा दिने ब्याजदर बढ्छ ।

Thursday, January 10, 2008

गायक प्रकाश ओझा दोशि हूँन की होइनन ... ?

ज्योति खड्काइटहरीको स्थानीय साङ्गीतिक समूह मदानी समूहको म पनि एक सदस्य हुँ । त्यसमा प्रकाश ओझा शिशिर सुवेदीलगायतका व्यक्तिहरु पनि थिए । गायक प्रकाश ओझाले त्यही समूहबाट शुरु गरेको साङ्गीतिक यात्राले क्रमशः विस्तारित रुप लिँदै गयो । उहाँ राष्ट्रिय स्तरको कलाकार हुनुभयो । काठमाडौंमा कान्तिपुर टेलिभिजनको प्रशारण भर्खरै शुरु भएको थियो । उक्त टेलिभिजनबाट ओझाको नेतृत्वमा तीते करेली नामक हाँस्य कार्यक्रमको निर्माण गर्ने कुरा शुरु हुनथाल्यो । तीते करेलीको अभिनयका लागि म काठमाडौं बस्नुपर्ने भयो ।गाउँठाउँका दाजुभाइ र दिदीबहिनीबीचको त्यो जमघट शुरुका दिनमा निक्कै रोमााचक भयो । तर जब दिन बित्दै गयो तब एक पुरुषले अर्कोलाई मन पराउने एउटाले अर्कोको घृणा गर्नेजस्ता कृयाकलाप बढ्न थाल्यो । त्यसै क्रममा मलाई शिशिर सुवेदीले औधी मन पराएको भन्दै बिवाह प्रस्ताव गरे । तर म त्यो प्रस्ताव स्वीकार गर्न समर्थ भइनँ । मैले ुहुँदैनु भन्ने जवाफ दिएकै दिन शिशिरले भनेका थिए ुयो घमण्डको जवाफ म एक दिन दिउँला ।मलाई प्रकाश ओझाको प्रतिभा र व्यक्तित्वबाट निक्कै नै प्रभावित थिएँ । हुन पनि उहाँको प्रतिभाबाट हाम्रो इटहरी शहर निक्कै गौरवान्वित पनि थियो । त्यसैले मलाई अरुको भन्दा प्रकाश ओझाको बढी भर लाग्थ्यो । तर एक दिन मलाई प्रकाश दाइले मैले बाथरुममा नुहाउँदै गरेको नग्न तस्वीर देखाउनुभयो । होइन भनौं मैं हुँ त्यो हो भनौं त्यो फोटो खिचेको मलाई थाहै छैन ।प्रकाशले त्यो फोटो खिचेपछि मलाई श्रीषा कार्की बनाउँछु भन्नेसम्मको धम्की दियो । त्यो धम्कीपछि मैले सोचें म मर्नु ठीक होइन । आफ्नी आमा पनि तीन वर्षको छँदै मरेको । कान्छी आमाले स्याहार सुसार गरेकी म मर्नुबाट मेरो परिवारमा ठूलो चोट पुग्छ । त्यसैले प्रकाश ओझाका शर्त मान्नुबाहेक मसँग कुनै बिकल्प रहेन । शब्दमा भन्नु नपर्ला प्रकाश ओझाका प्रत्येक माग मैले पूरा गरेंँ ।लोग्ने फेर्दै हिँड्ने इटहरीकी बद्नाम युवती सुदेशा सिग्देल र प्रकाश ओझाबीच सुमधुर सम्बन्ध थियो । म सुदेशालाई दिदी भन्थें । एक दिन सुदेशाले शिशिर सुवेदीको सहयोगमा प्रकाशसँग भएका चिप्सहरु बरामद गरेकी रहिछन् । त्यो चिप्समा सुदेशाकी छोरी मनिषा म र मेरी बहिनीको पनि नग्न तस्वीर थियो । तर सुदेशाले आफ्नी छोरीको दृष्य सबै नष्ट पारेकी रहिछ । उनले ओझाले चेलिबेटीमाथि दुव्र्यबहार गरेको भन्दै उसलाई छोड्न नहुने भन्दै मलाई उक्साइन् । त्यसैले मैले ओझा विरुद्ध मुद्धा दायर गर्नमा सहमति जनाएँ । मैले बुझिन कि ओझासँगको मेरा सम्पूर्ण सम्पर्कलाई सार्वजनिक गर्ने अपराधी सुदेशा हुन् भन्ने कुरा । कारणः ओझाले ती दृष्यहरु विकि्रका लागि नभएर मात्र ब्ल्याकमेलिङ्गका लागि तयार पारेका थिए ।प्रकाश ओझा पक्राउ परेपछि मलाई उनकी श्रीमतीले पटक-पटक अनुनय गरिन् प्रकाशलाई माफ दिन । उनले प्रकाशसँग मलाई विवाह गर्नका लागि पनि दबाब दिइन् । तर मैले मानिनँ । उनले मलाई पढाई खर्च र चाहिएजति पैसा दिन्छु पनि भनिन् तर मेरा लागि त्यो कुरा स्वीकार्य भएन ।प्रकाश ओझा जेलबाट मुक्त भएलगत्तै उसले मसँग माफ मागिसकेको छ । उसका पनि घर परिवार छन् भनेर मैले उसलाई माफ गरिसकेको छु । हुन पनि गल्ती मेरो पनि हो । प्रकाशले आफ्नो चाहना धम्कीको शैलीमा व्यक्त गर् यो त्यो उसको कुरा हो मैले प्रतिवाद गर्न सकिन र चुपचाप स्वीकरा गरें वास्तवमा त्यो मेरो गल्ती थियो । उसले मलाई बलात्कार गरेको थिएन ।सुदेशाले प्रकाश पक्राउ परेलगत्तै अदालतलाई बयानमा भनेकी थिइन् प्रकाशका अश्लील दृष्यहरु मैले सेभ गरेर राखेकी छु । मैले सोधें किन दिदी भनेर । सुदेशाले भनिन् न्यायाधीशले पैसा खाएर प्रकाशको पक्षमा फैसला गरे भने काम लाग्छ नि ।शिशिरले इमेदलमा मेरो नाङ्गो फोटो ठाउँठाउँमा पठायो भनेर पनि मैले सुनें । सुनेपछि मैले शिशिरलाई सोधें । शिशिरले सुदेशाले हो भन्यो । सुदेशालाई सोधें उसले शिशिरले हो भनी । फोटोहरु पठाउने कर्तुत गरेपछि फेरि पनि मलाई शिशिरले भन्यो ुज्योति बिगि्रएको केही पनि छैन म तिमीलाई अझै पनि स्वीकार गर्छु । मेरो यो आशक्तिलाई बुझिनौं भने म जे पनि गरिदिन्छु ।ु उसले फोन गरेका नम्बरमा मैले कलब्याक गर्दा त्यो त पिसिओबाट गरेको रहेछ । यसबाट प्रष्ट हुन्छ विभिन्न व्यक्तिलाई इमेलमार्फत मेरो फोटो पठाउने मान्छे शिशिर हो । अनि पछिल्लो समयमा मेरो बद्नाम गर्ने उद्देश्यले सीडी बजारमा ल्याउने सुदेशा र शिशिर नै हुन् । किनभने त्यो सीडीमा सुदेशाले आफ्नी छोरीलाई जोगाएकी छन् र मलाई मात्रै प्रस्तुत गरेकी छन् । भरपर्दो आधार छ उनले अदालतमा चिप्स कपी गरेर राखेको बयान दिएकी थिएन ।यसबीचमा मैले पटक पटक मर्ने प्रयास गरें । मलाई जीवन भन्दा श्रीषा कार्की बन्नु उचित पनि लाग्यो । तर मरेपछि हारिन्छ भनेर म मर्न सकिन । जित्छु एकदिन ममाथि भएको अन्याय जित्छु भनेर आजसम्म बाँचेकी छु । तर राति राति मोबाइलमा फोन आउँछ- कति पैसा चाहिन्छ त्यसले पाउने हामीले नपाउने… तिम्रो …त कति राम्रो रैछ हेर्न मात्रै देऊ न यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें । बाँचौ आज पनि समाजले राम्रो भन्दैन मरौं हारेजस्तो हुन्छ म के गरौं दोधारमा छु ।साभार : नयां पत्रिका

प्रतिबन्धित लागु औषधिसहित पक्राउमा

भद्रपुर, २६ पुस । प्रतिबन्धित लागु औषधिसहित पाँचथर जिल्लाका दुइ युवालाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टाले पक्राउ गरेको छ । पक्राउमा पर्नेहरूमा पाँचथर जिल्लाको फिदिम नगरपालिका, वडा नं. १ का २२ वषर्य दिनेश मगर र राजेश लामा रहेका छन् ।अभियुक्तहरूबाट प्रतिबन्धित औषध ५९ थान, नाइट्रोजिपाम चक्की ३३ पत्ती र प्रोक्सोभिन चक्की एक पत्ती बरामद भएको सो कार्यालयले जनाएको छ ।

पहिलो चरणमा १० हजार भुटानी शरणार्थीहरुलाई अमेरिका

१० जनवरी, ०८ । नेपालका लागि अमेरिकी राजदूत नान्सी जे पावेलले पहिलो चरणमा १० हजार भुटानी शरणार्थीहरुलाई अमेरिका पुनर्वास गराईने बताउनु भएको छ । शरणार्थीहरुको अवस्था नाजुक बन्दै गएकोले अमेरिकाले यो योजना ल्याएको जानकारी दिनुभयो । "यो अमेरिकाको मानवीय सहयोग हो"- पावेलले भन्नुभयो- "यसलाई अन्य अर्थमा नलिनुहोला ।" शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईओमको कार्यालय उदघाटनकाक्रममा बोल्दै उहाँले अमेरिका पुनर्वासको योजना चाँडै लागू हुने जानकारी दिनु भयो । यद्यपि उनले समयसीमाबारे भने बताउनु भएन । ससम्मान स्वदेश फिर्ता हुन पाउनु शरणार्थीहरुको पहिलो अधिकार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो- "शरणार्थीहरुले जहाँ जान चाहेपनि स्वतन्त्र छन् ।" शरणार्थी शिविरहरुमा बढ्दै गएको असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै राजदूत पावेलले शिविरहरुमा सानो सङ्ख्याले ठूलो समूहलाई दबाब दिईरहेको बताउनुभयो ।

सात नयाँ सांसद सहभागि

आज संसदमा सात जना नयाँ सांसदहरु सहभागि हुने भएको छ । सहभागि हुनेहरुमा नेपाली कांग्रेसका नागेन्द्र झा, लक्ष्मण राय यादव र ऋषिकेश तिवारी, एमालेका रविन्द्र बैठा, राप्रपाका अभिशेकप्रताप शाह, नरेन्द्र चौधरी र रासनारायण राय रहेका छन् । नेपाली कांग्रेस र एमालेले भर्खरै मधेशी दल खोल्न राजिनामा दिएकाहरुको स्थानमा सांसद मनोनित गरेका हुन् भने राप्रपाले जनआन्दोलन बिरोधी भनेर संसद पद खोसिएकाहरुको स्थानमा मनोनित गर्न अहिले पाएको हो । यो मनोनयनपछि तीन सांसद रहेको राप्रपाको ६ सांसद हुने भएको छ ।

बस दुर्घटनामा दुईको मृत्‍यु

पोखराबाट काठमाडौ आइरहेको यात्रुवाहक माइक्रोबस बिहीबार विहान पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबु खैरेनीमा दुर्घटनाग्रस्त हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
मृतक कास्की लेखनाथ नगरपालिका-८ बुडी बजारका २८ वर्षिय तिल बहादुर गर्भुजा पुन भएको इलाका प्रहरी कार्यालय आँबु खैरेनीले जनाएको छ ।
तीब्र गतिमा रहेको ग १ ज ३६५१ नम्बरको यात्रुवाहक माइक्रोबस बाक्ने हुसुका कारण राजमार्गमा चिप्लिएर बिहीबार विहान ७.३० बजेतिर दुर्घटना हुन पुगेको थियो ।
उता भैरहवाका सिद्धार्थ रंगशालाभित्र बिहीबार विहान एक प्रहरी जवान मृत फेला परेका छन् । मृतक लुम्बिनी अञ्चल सशस्त्र प्रहरी गुल्म भैरहवाका जवान दिपेन्द्र सिंह थापाको भएको प्रहरीले जनाएको छ ।
डढेलधुरा घर भएका थापाको शप पोष्टमार्टमका लागि अस्पताल पठाइएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

भोली संविधानसभा निर्वाचनको मिती घोषणा गर्ने

सरकारले भोली संविधानसभा निर्वाचनको मिती घोषणा गर्ने सभामुख सुवास नेम्वाङले जानकारी दिनुभएको छ ।
आज विहान वालुवाटारमा प्रधानमन्त्रिसंग भेटे पछि प्याप्सनको महाधिवेशन उदघाटनमा सभामुख नेम्वाङले सो जानकारी दिनुभएको हो ।
नेम्वाङका अनुसार प्रधानमन्त्रि गिरीजाप्रसाद कोइरालाले भोली निर्वाचन मिती घोषणा गर्ने कार्यक्रम स्वरुप आज केहीमन्त्रिहरुसंग वालुवाटारमा भेटघाट गर्नुभएको हो ।
सोही छलफलमा भोली वस्ने मन्त्रि परिषदको वैठकले चुनावको मिती घोषणा गर्ने भएको छ । भेटमा नेम्वाङले चुनावको घोषणा, सुरक्षाको प्रवन्ध लगायत बारे प्रधानमन्त्रि संग छलफल गर्नुभएको थियो ।

Wednesday, January 9, 2008

सहारा क्लबलाई सडन डेथमा हराउदैँ पुलिस फाइनलमा

पोखरा, २५ पुस/सहारा क्लबको भाग्यमा फेरी एकपटक पेनाल्टी सुटआउट तगारो बन्दा टोली बुधबार छैटौं आहा गोल्डकपको फाइनल प्रवेश गर्न अफसल भयो भने दुइ पटकको पूर्व विजेता नेपाल पुलिस क्लब छैटौं पटक उपाधिको संघारमा पुगेको छ । क्याराभान गोल्डकपका नाममा आयोजित पहिलो संस्करण तथा पहिलो आहा गोल्डकपको विजेता पुलिसले पोखरा रंगशालमा हिजोको अन्तिम चार भिडन्तमा आयोजक सहारा क्लबलाई सडन डेथमा ७-६ले निराश पार्‍यो । १ सय २० मिनेटसम्म शहीद स्मारक लिग विजेता तथा एएफसी प्रेसिडेण्ट्स कपको उपविजेता पुलिस विरुद्ध डटेर प्रस्तुत भएपनि सडन डेथमा विष्णु गुरुङले प्रहार गरेको सातौं पेनाल्टी विपक्षी गोलकिपर रितेश थापाले बचाउँदा सहारा फेरी एकपटक पेनाल्टीको शिकार बन्यो । यसअघि क्याराभान गोल्डकपको सेमिफाइनलमा पनि पुलिससँग सहाराले यस्तै नियति भोग्नुपरेको थियो । टाइब्रेकरहुदै सडन डेथका ११/११ पेनाल्टी हान्दापनि खेल बराबरी भएपछि निर्णयार्थ टस गरिदाँ सहाराले पुलिसलाई फाइनलको बाटो खुला गर्नुपरेको थियो । त्यस्तै गतवर्षबुढासुब्बा गोल्डकपको सेमिफाइनलमा पनि सहारा अफ्रिकन युनाइटेडसित टाइब्रेकरकै भएको थियो । पहिलो पटक घरेलु आहा गोल्डकपको फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको सहाराले सातवटा पहेलो कार्ड वषिर्एको खेलको निर्धारित समय पुलिसलाई २/२ को बराबरीमा रोकेको थियो । थप गरिएको अतिरिक्त ३० मिनेटमा दुवैतर्फाट गोल हुन नसक्दा खेल निर्णयार्थ पेनाल्टी सुटआउटमा धेकलिएको थियो । टाइब्रेकरमा पनि ५/५ पेनाल्टी बराबर भएपछि सडन डेथमार्फ विजेता निर्धारण गर्नुपरेको थियो । फिफा रेफ्री लव खत्रीले सहाराका गोलकिपर लिगल, विकास गुरुङ, नाम्गेल, विष्णु गुरुङ, सन्तोष गुरुङ र राजन अधिकारी तथा पुलिसका राकेश श्रेष्ठलाई पहेलो कार्डको दर्शक गराएका थिए । दिपेन्द्र पौडेलको लामो क्रसलाई जुमानु र्राईले विपक्षी गोलकिपर सुमन लिगलको गल्तीमा गोलमा परिणत गर्दै पुलिसलाई छोटो समयको लागि भएपनि अग्रता दिलाएका थिए । जुमानुका ड्रप हेड लिगलको अगाडि ठोकिएर सहजै गोलमा परिणत भएको थियो । तर अनुभवी पुलिसको अग्रतालाई तत्काल बराबरी ल्याउने क्रममा सहाराका लागि म्यान अफ दि म्याच विष्णु केसीले १४ औं मिनेटमा गोल फर्काए । करीव ३० यार्डको दुरीबाट विष्णुले प्रहार गरेको कडा सट पुलिस गोलकिपर रितेशलाई चालै नदिई सिधै जालीमा सर्म्पर्कमा पुगेपछि खेल बराबरीमा आएको थियो । प्रतियोगितामा विष्णुको यो तेस्रो गोल हो । उच्च गोलकर्ताको दौडमा उनीसँगै शसस्त्र प्रहरी बलका गणेश लावतीले पनि र्सवाधिक तीन गोल गरेका छन् । विष्णुको गोलमा राम्ररी खुशी मनाउन नभ्याउँदै सहाराको युवा टोलीले अर्को खुशीको क्षण आत्मसात गर्‍यो । लगत्तै ४ मिनेटपछि सन्तोष गुरुङको क्रसमा राजकुमार घिसिङले विपक्षी पेनाल्टी बक्स भित्रबाट गोल गरेपछि सहाराले खेलमा अग्रता लियो । यसअघि नै विपक्षी गोलकिपर लडेको बेला तेज परियारले पेनाल्टी बक्स भित्रबाट हानेको कडा सट बाहिरिदाँ सहारा १३ औं मिनेटमै खेल बराबरी ल्याउनमा चुकेको थियो । पुन २४ औं मिनेटमा घिसिङको पासमा परियारले विपक्षी गोलकिपर रितेश अगाडि बढेको मौकामा चिप गरेको बल पोष्टभन्दा थोरै माथिबाट बाहिरिदाँ टोली पहिलो हाफमै जित पक्का गर्ने सुनौलो अवसरबाट चुकेको थियो । उता पुलिसका अनन्त थापा र चेतन घिमिरेले पहिलो हाफमा पाएका एक एक अवसर खेर जादा सहाराले मध्यान्तरसम्म २-१ को अग्रता कायम राख्यो । राकेश श्रेष्ठले ओभर ल्यापमा आएर क्रस गरेको बलमा अनन्त थापाको हेडले सही दिशा लिन नसकेको तीन मिनेट नवित्दै २९ औं मिनेटमा पर्वत पाण्डेको प्रिmकिकमा चेतन घिमिरेले गरेको प्रहार पनि सफल भएन् । दोस्रो हाफको अधिकांश समय सहारालाई निरन्तर दवाव दिएको पुलिसका लागि ४८ औं मिनेटमा अनन्त फेरी बराबरी गोलगर्नबाट चुके । विपक्षी पेनाल्टी बक्सभित्र कर्नरबाट आएको बल छातीले नियन्त्रणमा लिएपनि अनन्तले पोष्टमा प्रहार गर्न सकेनन् । तर त्यसको पाँचमिनेट नवित्दै कप्तान रमेश बुढाथोकीले गोल गरेपछि पुलिसले खेल बराबरीमा ल्याएको थियो । जुमानुले गरेको सनसनीपूर्ण क्रसलाई रमेशले विपक्षी पेनाल्टीबक्सभित्रबाट गोलमा परिणत गरेका थिए । अस्वस्थ्यताका बावजुद पुरै दुइ घण्टा मैदानमा विताएका भोला सिलवालका लागि बुधबारको खेल विर्सन योग्य रहृयो । तीन वटा राम्रा अवसरमा बल बाहिर फ्याँकेका भेलाले जुमानुको हेडपासलाई गोलको दिशा दिन नसक्दा पुलिस ६० औं मिनेटमा नतिजा आफनो पक्षमा पार्नबाट बञ्चित बनेको थियो । यसैगरी बुधबारका अर्का अभागी खेलाडी अनन्त मध्यान्तरपछि दुइवटा अरु राम्रा अवसरमा चुके । अतिरिक्त समयमा अनन्तको शसक्त एउटा हेडबल बाहिर फालेर सहारालाई जोगाएका गोलकिपर लिगलले निर्धारित समयको ७३ औं मिनेटमा पनि अनन्तको ६ यार्डबाट प्रहार गरेको सटलाई बचाएका थिए । त्यस्तै अतिरिक्त समयमा राकेशले ओभरल्यापमा गएर एकल प्रयासमा ३० यार्डबाट प्रहार गरेको कडा बल बारमा लागेर बाहिरिएको थियो । सहाराका तर्फाट भने सन्तोष केसीलाई स्थानान्तरण गरेका अनिल गुरुङले दिएको पासमा सृजित सहज अवसर राजकुमार घिसिङलाई स्थानान्तरण गर्दै मैदान छिरेका राजन अधिकारीले ७० औं मिनेटमा खेर फालेका थिए भने समय सकिन ६ मिनेट बाँकी रहदँा सन्तोष गुरुङलको क्रसमा तेज परियारले गरेको हेड पोष्टभन्दा माथि बाहिरिएको थियो । पराजयका बावजुद सहारा प्रशिक्षक किरण श्रेष्ठले सन्तुष्टि व्यक्त गर्दै सेमिफाइनल सम्मको यात्रालाई उपलब्धी मुलक बताए । उनले भने-'यहाँसम्म आइपुग्नु नै हाम्रा लागि ठुलो कुराहो त्यसमाथि पुलिस जस्तो टिमलाई टाइब्रकेरसम्म पुर्‍याउनु एउटा साहसको कथा नै हो । तथापि घिसिङ सन्तोष केसी र नाम्गेल जस्ता उच्च प्रदर्शन गरिरहेका खेलाडीहरु घाइते भएर मैदान छोड्नुपर्दा हामी जित्ने सम्भावनाबाट टाढियौं ।' दुइघण्टासम्म एकनासले भिडेर खेल्दा फिटनेसमा कमजोरीका कारण सहाराका सवैजसो खेलाडीहरु पटक पटक मांशपेशी तन्किएर मैदानमा ढलिरहेका थिए । उता पुलिस प्रशिक्षक विराटकृष्ण श्रेष्ठले आफनो खेलाडीले विपक्षीलाई कमजोर आक्दाँ अनाबश्यक दवाव खेप्नु परेको बताए । 'केटाहरुले विपक्षीलाई निकै कमजोर आँके त्यसको फल भोग्नुपर्‍यो । कुनैपनि बेला केटाहरुले विपक्षीबक्समा आत्मविश्वास प्रदर्शन गर्न सकेनन् । समयमै थप गोल गर्न नसक्दा उल्टो दवाव भोग्नुपर्‍यो ।' लिग विजेता तथा प्रसिडेण्ट्स कपको उपविजेता हुनुको लाज निकै कठिनता पूर्वक जोगाएका श्रेष्ठले भने । आहा गोल्डकपको गतवर्षसम्पन्न पाँचौ सस्करणमा सहभागिता नजनाएको पुलिस बाँकी सवै सस्करणको फाइनल पुगेको छ । आज दोस्रो सेमिफाइनलमा सहारा युकेले सशस्त्र प्रहरीबलको एपीएफसँग खेल्ने छ ।

'तर्राईको अपराधिक क्रियाकलाप रोक्न सुरक्षाबल थप्नुपर्छ'-राज्यमन्त्री यादव

पोखरा, २४ पुस/समान्य प्रशासन राज्यमन्त्री रामचन्द्र यादवले चुनावबाटै तर्राईको समस्या समाधान हुनेहुदाँ तर्राईमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन विस्थापित चौकीहरु पुनस्थापित गर्नुपर्ने बताउनुभएको छ । 'चुनावबाटै तर्राईको समस्या समाधान हुन्छ ।' उहाँले प्रेस चौतारी कास्कीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो-'चुनावमा फुटेर होइन जुटेर अगाडि बढनुपर्छ ।' चुनावको समयमा तर्राईमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मी थप्न समेत सरकारसित आग्रह गर्नुभयो । तर्राईमा बढदै गएको विभिन्न हिसांत्मक गतिविधिलाई राजनैतिक र अपराधिक छुट्टायाएर समाधान गर्नु अहिलेका आवश्यक बनेकोप्रति मन्त्री यादवले ध्यानाकर्षा गराउनुभयो । 'तर्राईमा भएको अपराधिक गतिविधिलाई राजनीति भए राजनीतिक तवरबाट समाधान गर्नुपर्छ ।' उहाँले भन्नुभयो-'अपराधिक क्रियाकलाप हो भने सोही अनुरुपको कानूनी व्यवस्था गरी नियन्त्रण गर्नुपर्छ ।' सरकारले कर्डाईको रुपमा तर्राईमा कार्वाही गर्न नसक्दा पनि अपराधिक गतिविधि बढेको दावी गर्नुभयो । तर्राई क्षेत्रमा भएका सुरक्षा क्याम्पहरुमा सुरक्षाकर्मी थप्दै विस्थापित चौकीहरुको पुनार्स्थापना गरी बढदो अपराधलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्नेमा मन्त्री यादवको सुझाव थियो । नयाँ दल गठन गर्दैमा मधेशको समस्या नहुने दावी गर्नुभएको छ । 'नयाँ दल गठन गर्दैमा मधेशको समस्या समाधान हुन्छ भन्न सकिन्न ।' उहाँले भन्नुभयो-'पार्टी जिम्मेवारी तहबाट मन्त्री समेत भइसकेको अवस्थामा मधेशलाई सम्बोधन गर्न नसकेका उनीहरुले नयाँ दल गठन गर्दैमा मधेशको समस्या समाधान हुन्छ भनेर विश्वास लिन सकिदैन् ।' उहाँले मधेशको मात्रै समस्या नभएको बताउँदै उपेक्षित विकट जिल्लाहरुलाई पनि सरकारले सम्बोधन गर्नुपर्नेमा जोडदिनुभयो । 'सरकारले अहिले मधेशलाई मात्रै हेरको छ ।' उहाँले भन्नुभयो-'भोलि विकट जिल्लामा पनि उस्तै समस्या आउन सक्छ ।' मन्त्री यादवले मधेशी समस्या समाधान गर्नको लागि संविधान सभाको चुनाव गर्नुपर्ने जिकिर गर्नुभयो । 'मधेशमा मधेशीहरु अधिकारबाट उपेक्षित छन् भने महिला, जनजाति, दलित लगायतका बर्गहरु मात्रै नभई विकट पहाडी जिल्लापनि अधिकारबाट बञ्चित भएका छन् ।' उहाँले थप्नुभयो-'एकात्मक शासनप्रणालीको जड नै मुख्य कारण हो ।' मधेशमात्र होइन पहाडी जिल्लाहरु पनि उपेक्षित भएको स्पष्ट पार्दै उहाँले १२ जिल्लामा सडकले छुन नसकको अर्थयाउनुभयो । चुनावको लागि माओवादीले आफनो व्यवहारमा पनि सुधार्नुपर्ने खाँचो मन्त्री यादवले औंल्याउनुभयो । 'माओवादीको व्यवहार परानै जंगली पाराको छ जुन शान्ति सम्झौता विपरित हो ।' उहाँले भन्नुभयो । उहाँले संविधान सभाको चुनाव चैतभन्दा पर कुनैपनि हालतमा र्सार्न नहुने बताउनुभयो । राजाका दाहिने हातमानिएका पञ्चहरुले राजधानीमा देखाएको प्रदर्शनले पनि जतिसक्दो छिटो चुनाव गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो । पत्रकार सम्मेलन प्रेस चौतारीका अध्यक्ष हरि बस्तोला र उपाध्यक्ष श्याम कुवँरले बोल्नुभएको थियो ।

चुनाव मिति आजै तोकिनसक्ने

सभामुखसँग प्रधानमन्त्रीले संविधानसभा चुनावको मिति अब हुने मन्त्री परिषदको बैठकले तोक्ने बताएका छन् । 
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सभामुख सुवास नेम्वाङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुष २६ गते बिहान भएको भेटमा सभामुखले संविधानसभा चुनावको मिति तत्काल तोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीले पुष २७ गतेसम्म मन्त्री परिषदको बैठक बसी चुनावको मिति घोषणा गरिने बचन दिएको सभामुखले संचारकर्मीहरुलाई बताए । सभामुखले प्रधानमन्त्रीसँग बेपत्ता नागरिक खोजीबारे बिधेयक ल्याउन पनि आग्रह गरेका थिए।
यसैबीच, मन्त्री परिषदको बैठक आजै बस्ने भएको छ । आज हुने मन्त्री परिषदको बैठकले संविधानसभा चुनावको मिति तोक्ने सम्भावना छ ।
आजै सभामुख र राष्ट्र संघीय मानवअधिकार उच्चायुक्त रिचार्ड वेनेटबीच सिंहदरवारस्थित सभामुखको कार्यलयमा भेट भएको छ ।वेनेटले मुलुकमा दण्डहिनता बढेको र शान्ति सम्झौताले भने अनुसार आयोगहरु नबनाइएको बताएका थिए ।

सेना समायोजनको विषय निर्वाचन अनिश्चित बनाउने खेल

काठमाडौँ, पुस २५ गते । विभिन्न राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरूले मुलुकमा विकसित नयाँ घटनाक्रम र सरकारको कार्यशैली हेर्दा चैतमा पनि चुनाव हुने सम्भावना नदेखेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय निर्वाचन अनुगमन सञ्जालद्वारा बुधबार आयोजित संविधानसभा निर्वाचन सुनिश्चितताका लागि नागरिक बहसमा उनीहरूले चुनाव अगाडि सेना समायोजनका विषयलाई विवाद बनाएर दलहरूले पुनः चुनाव अनिश्चित बनाउने दाउमा लागेको आरोप लगाउँदै चैतमा चुनाव हुन नसके मुलुकले ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिएका थिए । सरकारले चुनावको वातावरण बनाउन शान्तिसुरक्षाको अवस्थामा सुधार ल्याउनुपर्ने, कानुनको कडाइका साथ कार्यान्वयन हुनुपर्ने, विभिन्न पक्षसँग भएका सम्dmौता कार्यान्वयन गर्नुपर्ने र तर्राईका समस्यालाई गम्भीर भएर सम्बोधन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले चैतमा चुनाव हुने सम्भावना नरहेको भन्दै गर्दा निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोखरेलले भने चुनाव हुँदैन भनेर जनतालाई निराश नबनाउन आग्रह गर्दै भन्नुभयो- "सबैले हुँदैन-हँुदैन भन्दा हुने चुनाव पनि विथोलिन सक्छ, त्यसैले सबैले हुन्छ भन्नुहोस्, चुनाव अवश्य हुन्छ ।" उहाँले यो मुलुकलाई संविधानसभाको चुनाव नभई हुँदैन, त्यसकारण यसका बाधाहरू हटाउन सबै लागौँ भन्नुहुँदै पटक-पटकको चुनाव स्थगनबाट मुलुकले आफ्नो साख गुमाइसकेको छ, यो साख जोगाउन सबै सकारात्मक भएर चैतको चुनाव गराउन लागौँ भनी आग्रह गर्नुभयो । २३ बुँदे सहमति सकारात्मक भए पनि यी बुँदाहरू नै चुनाव हुन नदिन बाधक बन्नसक्ने भएकोले यसप्रति नागरिक समाज चनाखो हुनुपर्ने धारणा प्रस्तुत गर्दै मुलुकप्रति सबैको उत्तरदायित्व भएकोले यसबाट कोही पनि भाग्न नपाउने बताउनुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(एमाले) का स्थायी समिति सदस्य केपी शर्मा (ओली) र नेपाल बार एसोसिएसनका पर्ूवअध्यक्ष शम्भु थापाले चैतमा संविधानसभा हुनै नसक्ने दाबी गर्नुभएको थियो । ओलीले ०६२/६३ को परिवर्तन संस्थागत गर्न र लोकतन्त्रको अनुभूति हरेक नेपाली जनतासम्म पुर्‍याउन पनि संविधानसभा निर्वाचन अपरिहार्य रहेको बताउँदै सरकार सरकार जस्तो हुन सकेको छैन, शान्तिसुरक्षा छैन, माओवादी सरकारमा बसेर पनि विपक्षी जस्तो भूमिका खेल्छ, अहिले आएर सेनाको कुरा ल्याएर विवाद सुरु गरिएको छ, यस्तो अवस्थामा चुनाव कसरी हुन सक्छ - भन्नुहुँदै प्रश्न गर्नुभयो । संविधानसभा निर्वाचनको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गर्ने भन्ने कुरा व्यावहारिक नभएको र यसबाट जनतालाई )झुक्याउने काम मात्रै भएको बताउँदै तर्राईको सवालमा त्यहाँ चलेको आन्दोलनलाई आपराधिक गतिविधि र राजनीतिक मागलाई छुट्टयाएर सरकारले सोही अनुसार सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले राष्ट्रिय सेना र एउटा दलको सेनालाई समान ढङ्गले हर्ेन नहुने धारणा राख्दै माओवादी सेनालाई सही ढङ्गले सम्बोधन गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।उनीहरूलाई पुनःस्थापना गर्न सकिने विभिन्न सम्भावनाहरू प्रस्तुत गर्दै प्रवक्ता केसीले भन्नुभयो- नेपाली सेनाले गरेका गल्तीलाई मात्र औँल्याउने र अर्को सेनालाई चोखो देख्नु, यो राम्रो होइन । उहाँले नेपालको राष्ट्रियताको चुरो बलियो भएको दाबी गर्दै राष्ट्रियतामा खलल पुर्‍याउने, जातीय सद्भाव भड्काउने क्रियाकलापप्रति कडाइका साथ लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । पर्ूवसभामुख दमननाथ ढुङ्गानाले दलहरू विभिन्न बहाना झकिेर चुनाव नगराउनतर्फलागेको आरोप लगाउँदै जनवादी सत्तामा विश्वास गर्ने माओवादी र आन्दोलनको करकापबाट संविधानसभा निर्वाचनको नाम लिन बाध्य भएका अन्य दल यति सजिलै चुनाव गराउलान् भन्ने आफूलाई नलागेको बताउनुभयो । बुद्धिजिवी नीलाम्बर आचार्यले चुनाव नहुने हो भने सात दल, अहिलेको संसद् र दलहरूबीचको एकताको औचित्य समाप्त हुने धारणा राख्दै चुनाव गर्ने हो भने कसैले पनि पर्ूवशर्त र मागहरू राख्ने काम बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले सेनालाई विवादमा ल्याउने कार्यले माओवादीलाई नै घाँडो हुने दाबी गर्नुभयो । सर्वोच्च अदालतका पर्ूवन्यायाधीश लक्ष्मणप्रसाद अर्यालले सेना समायोजन गर्ने विषयमा धेरै सोचविचार गरेर निष्कर्षा पुग्नुपर्ने बताउँदै चुनावको मुखमा यो विषय उठाउनु 'बेमौसमको बाजा' भएको टिप्पणी गर्नुभयो । सो अवसरमा पूर्वनिर्वाचन आयुक्त र्सर्ूयप्रसाद श्रेष्ठ, माओवादीका नेता एकराज भण्डारी, मानवअधिकारवादी कपिल श्रेष्ठ, आयोगका पर्ूवआयुक्त वीरेन्द्रप्रसाद मिश्र, मीना आचार्य, नेपाल आदिवासी जनजाति महासङ्घका पासाङ शेर्पा, मानवअधिकारवादी चरण प्रर्साईंलगायतका वक्ताले चुनाव चैतभित्र गराउन सरकार र राजनीतिक दल बढी जिम्मेवार ढङ्गले लाग्नुपर्ने बताउनुभएको थियो ।

एयरवेज कार्यालयमा बमको हल्ला

काठमाडौं, पुस २५ - हात्तीसारस्थित कतार एयरवेजको कार्यालयमा बुधबार दिउ“सो बम राखिएको हल्लाले उक्त क्षेत्र झन्डै डेढघन्टा तनावग्रस्त रह्यो ।
'कार्यालयभित्र बम छ, कुनै पनि बेला पड्कन सक्छ' भन्ने सूचना फोनमार्फ एयरवेजमा र कार्यालयको सुरक्षा दिने कम्पनी 'ग्रुप फोर' मा समेत आएको
थियो । कलर आईडी नभएकाले आएको नम्बर थाहा नभएको सम्बद्ध कर्मचारीहरू बताउ“छन् । 'सूचना आएलगत्तै कार्यालय खाली गराएर कुकुरसमेतको सहयोगमा निरीक्षण गरेका थियौं, केही भेटिएन,' प्रहरी निरीक्ष्ँक मधुसूदन सिलवालले भने । केही नभेटिएपछि एयरवेजमा नियमित कामकाज सञ्चालन भएको थियो ।

डोल्मा शर्ेपालाई मृत्युदण्डको सुनाइएकोबारेउनको गाउ“ बेखबर

गुम्बा -सिन्धुपाल्चोक, पुस २५ - कुवेतको जेल परेकी २७ वषर्ीया डोल्मा शर्ेपालाई मृत्युदण्डको
सजाय सुनाइएकोबारे उनको गाउ“ बेखबर छ ।
निगालो काट्न एक साताअघि जंगल गएका डोल्माका सासू-ससुरा फर्केका छैनन् । डोल्माको घरमा ताल्चा लगाइएको छ । उनी कुन देशमा छिन् र किन मृत्युदण्ड दिइ“दैछ परिवारका कसैलाई थाहा छैन । गाउ“का केहीले रेडियोको समाचार सुनेका छन् । तर ती डोल्मा आपmनै गाउ“की हुन्/होइनन् त्यो पनि उनीहरूलाई पत्तो छैन ।
'तल्लो घरको रेडियोले डोल्मालाई मार्ने भयो भन्यो रे,' छिमेकी ६० वषर्ीया पेम्बा शर्ेपाले भनिन्- 'जिउ“दो आए हुन्थ्यो ।'
गाउ“बाट महिला विदेश जाने र आउने क्रम चलिरहने भएकाले को कहा“ छ भन्ने गाउ“ले त्यति चासो दि“दैनन् । डोल्माका पति आङतेन्जी पनि विदेशमै -इराकपछि जोर्डनमा) छन् । 'साढे चार वर्षो डोल्माको छोरा पनि कता छ पत्तो छैन,' छिमेकीले भने ।
बिहे गरेर आएको दर्ुर्ुइ वर्षति डोल्माले निक्कै मिहिनेतले बारी खनेको सम्झ“दैै शर्ेपाले भनिन्- 'छोरा पाएर सहर पसेको गाउ“ फर्किनन् । काम धेरै नगरेको केटीजस्तो लाग्यो, कोदालो खन्न सकेन विदेश गएकी थिइन् ।'
प्रेम विवाह गरेर गाउ“ आएकी डोल्मा कम बोल्थिन् । सदरमुकामबाट दर्ुर्ुइ दिन हि“डे पुगिने यो विकट बस्ती धेरै घरमा ताल्चा लागेको छ । आलुमात्र उत्पादन हुने यो लेकाली गाउ“का अधिकांश बासिन्दा धेरै समय जंगलको गोठमै बिताउ“छन् । थोरैका घरमा रेडियो भए पनि राम्ररी सुनिन्न ।
'डोल्मा यही गाविसकी रहिछन् मलाई त यादै भएन,' पर्ूवगाविस अध्यक्ष तर्ीथबहादुर लामाले भने- 'गाउ“बाट को-को विदेश जान्छन् थाहै हु“दैन ।' गुम्बा गाविसबाट मात्र अर्ढाई वर्षा ३० महिला विदेश गएका छन् । यो गाविसको गुम्बा, बोल्दे, क्याङसिङ, पाङगापर्ुर्ुबस्तीबाट बढी विदेशिएका छन् । पाङगापर्ुर्ुट मात्र १५ जना कुवेत गएका छन् । 'दलाल गाउ“मै छन्,' एक शिक्षकले भने- 'पासपोर्ट बनाउ“छ्यौ भन्दै उनीहरू केटी फकाउन गाउ“मै आउ“छन् ।' गाउ“मा प्राथमिक विद्यालयमात्र छ । द्वन्द्वका बेला यो गाविसलाई माओवादीले आपmनो आधारइलाका भन्दै कब्जामा राखेका थिए ।
यसैबीच कुवेती केन्द्रीय महिला कारागारमा रहेकी डोल्मालाई रियादस्थित कूटनीतिक नियोगका प्रतिनिधिले बुधबार भेटेका छन् ।
'डोल्माको स्वास्थ्यस्थिति राम्रो रहेको र उनको सजाय तथा कारबाही प्रक्रियाबारे सोधपुछ सुरु भएको छ,' रियादस्थित नेपाली नियोगका कार्यवाहक राजदूत प्रकाशकुमार सुवेदीले कान्तिपुरस“ग फोनमा भने- 'उनले पाएको सजायबारे अदालती प्रक्रिया बुझेपछि मात्रै स्पष्ट हुनेछ ।'
कुवेती विदेश मन्त्रालयको सहमतिपछि रियाद नियोगका प्रथम सचिव लोकबहादुर थापाले डोल्मालाई भेटेका हुन् ।
त्यसैगरी काठमाडौंमा लोकतान्त्रिक शर्ेपा संघले डोल्माको जीवन रक्षाका लागि कुवेत सरकारलाई अपिल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

चुनावलाई थप १ अर्ब ४२ करोड माग

काठमाडौं, पुस २५ - निर्वाचन आयोगले सरकारस“ग संविधानसभा चुनावका लागि १ अर्ब ४२ करोड रुपैया“ थप रकम मागेको छ । यो वर्षो बजेटमा मंसिरमा चुनाव हुने आधारमा १ अर्ब ७० करोड रुपैया“ छुट्टयाइएको थियो । मंसिरको निर्वाचन सरेपछि आयोगले थप रकम मागेको हो ।
निर्वाचन सुरक्ष्ँाका लागि रकम माग भएको छैन । स्रोतका अनुसार निर्वाचन सुरक्षाका लागि करिब १ अर्ब ५० करोड लाग्न सक्ने अर्थ मन्त्रालयको अनुमान छ ।
मंसिरमा निर्वाचन गर्ने भनी मतदाता शिक्ष्ँा, कर्मचारी तालिम, चुनावी सामग्री खरिद ढुवानी, मिडिया सेन्टर स्थापना, सञ्चारमाध्यमको अनुगमन तयारीलगायत काममा रकम खर्च भएको थियो । असोज अन्तिम साता निर्वाचन कार्यक्रम रद्द गरिएको
थियो । खर्च बढेका बेला थप माग आए पनि निर्वाचनको माग पूरा गर्नुपर्ने बाध्यता रहेको अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीले बताए । चुनाव र माओवादी छापामारलाई गरी चालू बजेटमा उल्लेख गरिएभन्दा करिब ५ अर्ब रुपैया“ बढी खर्च लाग्ने अनुमान छ ।
आयाल निगमका लागि ३ अर्ब आन्तरिक ऋण उठाउनुपर्ने भएकाले पूरक बजेटमा करिब ८ अर्ब रुपैया“ खर्च मिलाउनुपर्ने प्रारम्भिक अनुमान छ । साधारण खर्चको माग बढे
पूरक बजेटमार्फ करका दर बढाउनुपर्ने अवस्था आउने मन्त्रालयले जनाएको छ ।
संविधानसभा चुनावको तयारीमा यसअघि आयोगले ५१ करोड ५१ लाखभन्दा बढी खर्च गरिसकेको छ । आयोगका अनुसार आर्थिक वर्ष०६४/६५ को बजेटबाट २८ करोड १० लाख ९२ हजार र ०६३/६४ को बजेटबाट २३ करोड ४९ लाख ६९ हजार खर्च भएको हो । विदेशीबाट ५३ करोड ३५ लाखको प्राविधिक र वस्तुगत सहयोग आएको थियो ।

प्रतिसांसद १० लाख रुपैया“

काठमाडौं, पुस २५ - अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रममा खर्च गर्न प्रतिसांसद १० लाख रुपैया“ दिन सुरु गरेको छ । पहिलो चरणमा मंगलबार १ सय ९२ सांसदका लागि १९ करोड २० लाख विनियोजन गरिएको छ ।
जिविसमार्फ सांसदले आफ्नो निर्वाचन क्षेत्रमा चाहेको परियोजनामा यो रकम खर्च गर्नुपर्ने प्रावधान छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअर्न्तर्गत यो रकम राखिएको थियो ।
बजेट बनाउ“दा निर्वाचन तय भएकाले सांसदलाई सीधै रकम दि“दा चुनाव प्रभावित हुने भन्दै
यसमा विनियोजन गरिएको थिएन । तर सबै पार्टर्ीी सांसदले रकम नराखे बजेट स्वीकृत नगर्ने चेतावनी दिएपछि अर्कै शर्ीष्ाक राखेर मिलाइएकोे हो । त्यसलगत्तै निकासासमेत गरिएको हो ।
पहिलो पटक सांसद भएका र निर्वाचन क्षेत्र खुलेका सांसदलाई आफ्नो क्षेत्र तोक्न भनिएको थियो । ९ जना सांसदबाहेक सबैले आफ्नो गृह जिल्ला तोकेका छन् ।
सांसदले पहिचान गरेको योजनामा जिविसले उपभोक्ता समितिलाई यो रकम भुक्तानी दिन्छ

मलेसियामा दुई नेपालीको मृत्यु

९ जनवरी, ०८ । वैदेशिक रोजगारीमा मलेसिया पुगेका सप्तरीका दुई युवकको सवारी दुर्घटनामा परी त्यही मृत्यु भएको छ । केही महिना अघि वैदेशिक रोजगारीमा मलेसिया पुगेका सप्तरीको विषहरिया ४ निवासी २९ बषिर्य वरुणकुमार यादवको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थाहा भएको छ । मलेसियाको एक प्रतिष्ठित कम्पनीमा सुपरभाइजर पदमा कार्यरत यादवको मोटरसाइकल दुर्घटनामा परी दुई दिनअघि नै मृत्यु भएपनि त्यसको खवर भर्खरै मात्र पाएको मृतकका पिता देवीलाल यादवले बताए । सोही दुर्घटनामा परी सप्तरीकै अर्का एक युवकको पनि मृत्यु भएको बताइए पनि हालसम्म उनको सनाखत हुन नसकेको थाहा भएको छ ।

राजधानीमा गोली चल्यो दुई जाना घाइते

राजधानीको मुख्य चोकमा दिनदहाडै अज्ञात व्यक्तिले गोली प्रहार गरी दुई जनालाई घाइते बनाएको छ । राजधानीको बानेश्वरस्थित शान्तिनगरमा बिहान सवा ११ बजेतिर अज्ञात व्यक्तिको गोलीप्रहारबाट चरिकोट घर भएको आशीष गुरुङ र वरुणसिंह लामा घाइते भएको प्रहरीले जनाएको छ। आशीषको छाती र वरुणको खुट्टामा गोली लागेको र उनीहरुको अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । वैदेशिक रोजगारका लागि राजधानी आएका उनीहरुमाथि गोली प्रहार गर्नेको खोजी तीव्र पारिएको महानगरीय प्रहरी प्रभाग बानेश्वरले जानकारी दिएको छ ।

अज्ञात समुहद्वारा श्रृङ्खलावद्ध बम विष्फोट

अज्ञात समूहले बाराका विभिन्न स्थानमा गएराति श्रृङ्खलावद्ध सुतली बम विष्फोट गराएको छ ।
विष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार सो अज्ञात समूहले बाराको कलैया नगरपालिका-४ का जनार्दन आचार्यको घरमा राति ९ बजे सुतली बम विष्फोट गराएको हो । त्यस्तै गएराति ११ बजे जितपुर-३ स्थित नकुल कार्की र हिराबहादुर मोक्तानको घरमा पनि अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ।
ठुलो आवाजका साथ भएको सो विष्फोटबाट कुनै मानवीय क्षति नभए पनि सर्वसाधारण आतंकित भएका छन् ।
यसअघि प्रहरीले मंगलबार बिहान जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहका दुई कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको थियो ।

भाडा बढाउनुपर्ने माग राख्दै ट्याक्सी चालकहरु प्रदशनमा

भाडा बढाउनु पर्ने लगायतका माग राखी ट्याक्सी चालकले गरेको प्रदशनका कारण प्रभावित राजधानीको सवारि आवागमन केहिबेर अघिबाट सुचारु हुन थालेको छ ।
विच सडकमै ट्याक्सि रोकेर उनिहरुले गरेको अवरोधका कारण पुरानो वसपार्क र त्रिपुरेश्वरको क्षेत्रमा भने अझै यातायात अवरुद्व भईरहेको छ ।
२१ सुत्रिए माग राख्दै ट्याक्सि चालकले आज यातायात अवरुद्व गरेका हुन । आफ्ना माग पुरा नभए सम्म आन्दोलनलाई निरन्तरता दिने नेपाल ट्याक्सि चालक संघ र युनियनले जनाएको छ ।
श्रम ऐन र सवारी ऐन २०३९ एवम नियमावली २०५४ को पुर्ण कार्यान्वयन , ट्याक्सि चालकलाई अनिवार्य नियुक्ति पत्रको व्यवस्था, उपत्यकाका विभिन्न स्थानमा ट्याक्सिलाई निशुल्क पार्किङ, महानगरिय ट्राफिक प्रहरी मंहाशाखा को जरिवाना काउटन्टर खारेजी, सरकारसंग यसअघि भएका सहमतिको कार्यान्वयन लगायत माग राखी उंनिहरुले विरोधका कार्यक्रम अघि सारेका हुन ।

संघियतामा जादा टुक्रिन्छ देश टुक्रने बेलायती राजदूत

नेपालका लागि बेलायती राजदूत एड्रीयु हलले विकासोन्मुख मुलुक संघीतामा जाँदा सर्वसाधारण नागरिकले दुःख पाउने बताउँदै अझ जातीय आधारमा संघीयता दिने हो भने देश टुक्रने बताउनुभएको छ।
पूर्वाञ्चल भ्रमणका क्रममा पाँचथर सदरमुकाम फिदिममा बुधबार बिहान त्यहाँस्थित दलका जिल्ला नेताहरुसँगको सामूहिक भेटमा बेलायती राजदूत हलले सो कुरा बताउनुभएको हो ।
प्रशासनिक र सुरक्षा निकाय, राजनीतिक दल र असन्तुष्ट पक्षसितको भेटमा सक्रिय रहनु भएका राजदूत हलले स्रोत र साधन नभएको राष्ट्रमा संघीय शासन प्रणाली असफल हुने बताउनुभयो ।
जातीय आधारमा संघीय शासन लागू गरिए देश टुक्रन सक्ने बताउँदै हलले सरकारले असन्तुष्ट समुहहरुलाई वार्तामा बोलाएर चाडै निकाश खोज्नुपर्नेमा जोड दिनुभयो ।
संविधान सभा निर्वाचन गर्ने दलहरुको सहभागीताकम देखिएको उल्लेख गर्दै उँहाले शान्ति, विकाश र संविधानसभा निर्वाचनलाई उच्च प्राथमिकता दिएर बेलायती सहयोग जारी रहने जानकारी समेत दिनुभयो

भक्तपुरको तलेजु मन्दिर भत्कियो

मध्यपुर -थिमी, २५ पुस । ऐतिहासिक तथा धार्मिक महत्वको भक्तपुरको तलेजु भवानी र कुमारी चोक-दशैँघरको मूलचोकको दक्षिण मोहडा छाने जिर्ण भई भत्किएर २५ वटा दलिनसमेत खसेर वहुमूल्य काष्ठकला नष्ट हुने अवस्थामा पुगेको छ । मल्लकालीन राजा जयस्थिति मल्लद्वारा स्थापना गरिएको तलेजु भवानी मन्दिरको दक्षिणपटिको ड्रागन झयाल, अष्टमङ्गल, नाग, शिवपार्वतीको कलात्मक एवं अति आकर्ष ढोकासहित भवनका छानोबाट पानी चुहिएर भत्कने अवस्थामा पुगिसकेको छ । तलेजु मन्दिरका मूल नाइके नरेन्द्रपंरसाद जोशीले रासस प्रतिनिधीलाई सो स्थानको अवलोकन गराउँदै विश्वमै दुर्लभ मानिने अनुपम काष्ठकला, पाँच दर्जनभन्दा वढी देवदेवीको आकर्ष काष्ठकला रहेको झयाल, ढोका, एवं तोरणको संरक्षण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने वताउनुभयो । कुमारी चोकको दक्षिण मोहडाको भडेल नाइकेको कोठा पूरै भत्किएर दलिनलगायत सवै खसिसकेको, दक्षिणपटि भवनको एकापटिको जग भत्किसकेको छ । दशैँघरको दक्षिणपटिको छानाको पानी चुहिए आधा दर्जनभन्दा वढी देवीको आकर्ष र बहुमूल्य टुडालहरूसमेत नष्ट हुँदै गएकोले यसको संरक्षणमा चासो नदिएको देखेर असाध्यै मन दुखेको तलेजुका कर्मचारी नाइके र्सूयबहादुर कर्माचार्यले वताउनुभयो । मन्दिर संरक्षण र जिर्णोद्वारको लागि आठवर्षघिदेखि नै सम्वन्धित निकायमा वारम्वार पहल गर्दा पनि कतैबाट सहयोग नभएको गुनासो गर्दै उहाँले अब केही महिनाभित्र पनि यसको जिर्णोद्वार हुन नसके अब आउने वर्षयाममा सबै भत्किएर नष्ट हुन सक्ने उहाले वताउनुभयो । तलेजुका मूल नाइके जोशीले २०५७ सालदेखि नै स्मारक संरक्षण एवं दरवार हेरचाह कार्यालय, पुरातत्व विभाग, गुठी संस्थान, भक्तपुर जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, भक्तपुर नगरपालिकासमेतलाई पटक पटक जानकारी गर्राई निवेदन दिँदा पनि संरक्षणमा आवश्यक चासो नदिएकोमा दुःख व्यक्त गर्नुभयो । जिर्णोद्वारको लागि सम्बन्धित निकायवाट स्वीकृति लिइसके पनि भक्तपुर नगरपालिकाबाट बनाउने सहमतिमा बि.स. २०५७ साल वैसाख ३१ गते प्राध्यापक डा. मङ्गलराज जोशीले दिएको शुभसाइतमा भक्तपुर श्री तलेजु भवानी दक्षिणको आगमघर यथास्थानवाट मूलचोकको पूवपटि स्थानान्तरण गरिएको र छिटो जिर्णोद्वार गरी तलेजुलाई यथास्थानमा राख्नुपर्ने वताउनुभयो । बि.स. २०६१ सालमा भक्तपुर नगरपालिका र पुरातत्व विभाग अर्न्तर्गतको स्मारक संरक्षण तथा हेरचाह कार्यालयले तलेजु मन्दिरको जिर्णोद्वार तत्काल गर्नु पर्नेखालको निर्माण गरेपनि हालसम्म त्यसलाई कार्यान्वयन नगर्नु दुःखको कुरा भएको जोशी वताउनुहुन्छ । श्री तलेजु भवानी आगमघर जिर्णोद्वार उपभोक्ता समितिका संयोजकसमेत रहेका मूल नाइके जोशीलगायतका समूहले कुमारी चोक दशैँघरको पूवपटिको एघार गजुर भएको छानो भक्तपुर नगरपालिकाको एक लाख तीसहजार र पुरातत्व विभागको ८० हजारको सहयोगमा छानो जिर्णोद्वार केही महिना अघिमात्र गरेपनि जिर्णोद्वार ढिलाई गर्नाले त्यहाँ रहेको वहुमूल्य र आकर्ष भित्ते चित्रको एउटा पाटोनै नष्ट भएको जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत इन्दुबहादुर कार्कीले भने सात दलको बैठक वोलाउँदा पनि वस्न नसकेका कारण तलेजुको जिर्णोद्वारको निर्णय लिन गाहो भएको तथा तलेजुका मूल नाइके जोशी कला संस्कृतिको जगेनामा सातैदललाई चासो दिन आग्रह गर्नुभयो ।मल्ल प्रधानाङ्ग प्रतिष्ठानबाट जिर्णोद्वारको लागि पहल गर्नुका साथै केही सहयोग गर्न आफू तयार रहेको प्रतिष्ठानका अध्यक्ष ऐर्श्वर्यलाल प्रधानाङ्गले जानकारी दिनुभयो ।यता पुरातत्व विभाग स्मारक संरक्षण एवं दरबार हेरचाह कार्यालयकी प्रमुख अरुणा नकर्मीले यसवर्षपुरातत्व विभागले मन्दिर जिर्णोद्वारको लागि १२ लाख रूपैया र तलेजु भारी कोठाको जिर्णोद्वारको लागि आठ लाख रूपैया छुट्याइसकेकोले जिर्णोद्वारको कार्य अगाडि बढाइने बताउनु हुँदै नपुग रकम आगामी साल थप गर्दै जाने वताउनुभयो। नेपाल सम्वत ४४४-वि.स.१३८१ मा राजा नान्यदेव कर्णाटकका राजा भएको समयमा मुसलमानले आक्रमण गरेपछि धर्म जोगाउन भागेर स्रि्रौनगढमा वास बसेको बेला सपनामा तलेजुले खोलामा उत्खनन गरी हेर्नु भनेकाले उत्खन गरी हेदा तलेजुको मूर्ति भेटिएको र त्यसपछि राजा नान्यदेवले श्री तलेजुलाई कूलदेवताकोरूपमा मान्दै आएको इतिहासविद् एवं संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । भारतमा तुलजा भवानीको नामले जानिने तलेजुलाई रामचन्द्र भगवानले रावण माथि विजय प्राप्त गर्न आराधना गर्दै आएको र रामचन्द्रपछिको पुस्ताले पनि पुज्दै आएपछि पुस्ता टुङ्गिएकोले सरमुनदीपमा छाडी गएको तलेजु देवीलाई राजा नान्यदेवले सपनानुसार भेटाएको किंवदन्ती रहेको संस्कृत्रि्रेमी ओम धौभडेलले बताउनुभयो ।नान्यदेवको अन्तिम पुस्ता राजा हरिसिंह देवले राति देवलदेवीको भक्तपुरस्थित माइतीमा तलेजुलाई ल्याएपछि तलेजुकै निर्देसानुसारको स्थान भक्तपुरको दरबार क्षेत्रभित्र स्थापना गरिएको उहाँले बताउनुभयो । अहिले तलेजु भएको स्थानमा त्यतिखेर युधिनियमा दरबार रहेको र त्यो क्षेत्र अग्निहोत्र नामका व्राम्हणको ठाउँ भएकोले त्यो ठाउँ छोड्न बारम्वार आग्रह गर्दा पनि नमानेपछि ती व्राम्हणलाई जबर्जस्ती निकाली तलेजु स्थापना गरेकाले ती व्राम्हणले त्यहीँ आत्महत्या गरेको किंबदन्ती रहेको उहाँ वताउनुहुन्छ । व्राम्हणले आत्महत्या गरेको स्थानमा अहिले पनि ढुङ्गा रहेकोले तलेजुको पूजा गर्दा ढुङ्गालाई पहिला प्रेतआत्मा भनेर भाग चढाउने परम्परा अहिले पनि रहेको धौभडेल बताउनुहुन्छ । जयस्थिति मल्लले तलेजुको मन्दिर स्थापना गरेपछि नेपाल सम्वत् ८१२ मा जितामित्र मल्ल, त्यसपछि भूपतिन्द्र मल्ल, रणजीत मल्लले पनि सो मन्दिरको पटक पटक जिर्णोद्वार गर्दै आएको शिलालेखमा उल्लेख छ ।

प्रधानसेनापतिको भनाइले आफ्नो पार्टीलाई उत्तेजित नपार्ने

सेना समायोजन नहुने प्रधानमन्त्री र प्रधानसेनापतिको भनाइले आफ्नो पार्टीलाई उत्तेजित नपार्ने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । 
सेना समायोजनबारे प्रधानमन्त्री र प्रधानसेनापतिको भनाइले आफ्नो पार्टी उत्तेजित नहुने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । मारवाडी सेवा समितिका पदाधिकारीसँग पुस २५ गते भएको भेटघाट कार्यक्रममा प्रचण्डले आफ्नो पार्टीले गम्भिरतापूर्वक चुनावमा भाग लिन जाने उल्लेख गरे ।
किर्तिपुरमा भईरहको केन्द्रीय समिति बैठक स्थगित गरेर कार्यक्रममा पुगेका प्रचण्डले सेना समायोजन बारे २३ बुँदे सहमतीमै स्पष्ट उल्लेख भइसकेकाले यस विषयमा अहिले टिका टिप्पणी गरिरहन आवश्यक नभएको बताए । प्रचण्डले प्रधानमन्त्री र प्रधानसेनापतिको अभिव्यक्तिले चैतमा हुने भनिएको चुनावप्रति आशङ्का उब्जाएको उल्लेख गरे ।
प्रचण्डले सेना समायोजनबारे प्रधानमन्त्रीको भनाइ केहि महिना अघि चलेको प्रजातान्त्रिक 'कू' को चर्चा अनुसार आएको त होइन भन्ने प्रश्न गरे । आफ्नो पार्टीको बैठक चलिरहेको बेला यस्तो अभिव्यक्ति आउनु संयोग मात्र नभएको प्रचण्डको भनाइ थियो । कार्यक्रममा बोल्दै माओवादीका अर्का नेता डा. बाबुराम भट्टराईले आफ्नो निहित स्वार्थको लागि मण्डलेहरुले शान्ति प्रक्रिया विथोल्न लागेको बताए ।

Tuesday, January 8, 2008

फ्रेण्ड्स बाहिरियो, सहारा युके सेमिफाइनल

पोखरा, २४ पुस/छैटौं आहा गोल्डकपमा अनपेक्षित नतिजाहरुले निरन्तरता पाउने क्रममा ए डिभिजनको टोली एनआइबिएल फ्रेण्ड्स क्लबलाई १-० ले पराजित गर्दै बेलायतबाट आमन्त्रित सहारा युकेले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । फ्रेण्ड्सको र्समर्थनमा पोखरा रंगशालामा उपस्थित करीव ३ हजार दर्शकको भावनामा चोट पुर्‍याउँदै खेलको आठौं मिनेटमै सहारा युकेका बहार लक्जम्बाले गोल गरेका थिए । विमल शेरचनले करीव ३५ यार्डको दुरीबाट प्रहार गरेको फ्रिकिकमा कसैको निगरानीमा नरहेका बहारले पेनाल्टीबक्सभित्रबाट सहज हेडमा उक्त गोल गरेका थिए । सहारा युकेले भोलि बिहीबार हुने सेमिफाइनलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्ने छ । फ्रेण्ड्सको पराजयपछि प्रतियोगितामा ए डिभिजनका सहभागि छ मध्ये दुइ क्लबमात्र बाँकी रहेका छन् । त्रिभुवन आर्मी क्लब, डिफेन्डिङ च्याम्पियन नबिल थ्रीस्टार, र एनआरटी पहिलो चरणबाटै पराजय भोग्दै घर फर्किसकेका छन् । अनपेक्षित ढंगले खेलमा पछाडि परेपछि फ्रेण्ड्स अतारिएर खेल्दा पहिलो हाफमै सहारा युकेले अग्रता दोब्बर पार्ने अर्को अवसर पाएको थियो । तर विमलले खुला अवस्थामा छ यार्डबाट प्रहार गरेको बल गोलमा परिणत हुन नसक्नुमात्र सहाराको दुर्भाग्य थिएन् । विमलको प्रहार फ्रेण्ड्स गोलकिपर रुपक श्रेष्ठले फर्काएपछि रिवाउन्डमा साइमन विलियम्सको कडा प्रहार क्रसबार माथिबाट आकासिएको थियो । पहिलो हाफमै सविन्द्र श्रेष्ठको सहज हेडबल पनि पोष्टभन्दा माथिबाट बाहिरिदाँ सहारा युके अग्रता फराकिलो पार्न असफल भएको थियो । खेल पश्चात सहारा युकेका प्रशिक्षक जेफ ग्लास्गो निकै उत्साहित थिए । विपक्षी नेपालको प्रिमियर डिभिजनको टिम भएको हामीलाई थाहा थियो उनीहरु निकै छरितो छन भन्ने पनि हामीले थाहा पाइसकेका थियौं । त्यसैले आज हामीले रक्षात्मक रणनीतिमा बढी जोड दियौं बास्तवमा हाम्रो टिमको सवल पक्ष भनेको पनि रक्षापंक्ति नै हो ।' उनको प्रतिक्रिया थियो-'पोखराको मैदानमा यो हाम्रो पहिलो खेल भएकाले आज त्यति जम्न सकिएन् सेमिफाइनलमा हामी आज भन्दा अझै राम्रो भएर प्रस्तुत हुने छौ. ।' गतवर्षसहारा युके पहिलो चरणमै झापाको नाइटचेस क्लबसित टाइबे्रकरमा ४-२ ले पराजित भएको थियो । फ्रेण्ड्सले हिजो नतिजा फर्काउनको लागि पुरै खेल अवधिभर बल आफनो नियन्त्रणमा राखेपनि गोल गर्न भने सफल भएन् । विशेष गरी दोस्रो हाफमा विनोद लामाको एक तथा निलेन्द्र देवानका दुइ खतरनाक प्रहारहरु पोष्टमाथिबाट बाहिरिदाँ फ्रेण्ड्सका र्समर्थकहरु चुकचुकाउनु पर्‍यो । तीनै अवसरमा पेनाल्टीबक्स भित्रबाट विनोद र निलेन्द्रले गरेका कडा प्रहारहरुमा सहारा युकेका गोलकिपर दिलिप क्षेत्री निरिह बनिसकेका थिए । दिलिपको जजमेन्ट गलत सावित भइसक्दा तीनैपटक बलले पोष्टको दिशा लिन सकेन् । यसबाहेक अधिकांश समय विपक्षी पेनाल्टीबक्सको वरिपरि खेल्नाका बावजुद सहारा युकेको जब्बर रक्षापंक्ति चिर्न फ्रेण्ड्सको अग्रपंक्ति सफल भएन् । सहारा युकेका अग्ला रक्षक जेम्स एप्स म्यान अफ दि म्याच घोषित भए । फ्रेण्ड्स प्रशिक्षक मृगेन्द्र मिश्रले आफनो टोलीले राम्रो खेलेपनि फिनिसिङमा रहेको कमजोरीका कारण नसोचेको पराजय व्यहोर्नु परेेको बताए । 'हामी आज जित्ने आत्मविश्वासका साथ मैदानमा उत्रिएका थियौं । यो खेल हारिएला जस्तो एकप्रतिशतपनि लागेको थिएन् तर पाएका अवसरहरु सदुपयोग नहुदाँ पराजय भोग्नुपर्‍यो ।' उनले भने-'रक्षात्मक कमजोरीका कारण पहिलो गोल खानु हाम्रो सवैभन्दा ठुलो दुर्भाग्य थियो ।' बुधबारको पहिलो सेमिफाइनल खेल लिग विजेता नेपाल पुलिस क्लब र आयोजक सहारा क्लब पोखराबीच हुने छ ।

गाउँको नाम परिर्वतन गर्ने निर्णय

कुमालगाँउ -सल्यान), २४ पुस । माटाका विभिन मुर्ति तथा भाँडाहरू बनाइने सल्यान जिल्लाकै एक मात्र प्रसिद्ध गाउँ 'कुमाल गाउँ'का बासिन्दाहरू आफ्नो पेशाबाट पलायन हुन थालेपछि गाउँको नाम नै परिवर्तन गर्न तम्सिएका छन् । अबदेखि माटाको भाडा बनाउने व्यवसायबाट जिविकोपार्जन नहुने देखेपछि कुमालहरू कोही तरकारी खेती तथा घर बनाउने काममा लागे भने युवाहरू भारत जान बाध्य भएका छन् । कुनै दिन माटाका भाँडा बनाएर फर्सदै नपाइने डेकबहादुर पुनलाई अहिले कामको खोजीमा दिनरात पीरोलिनु परेको छ । मार्क गाविस वडा नं. ३ कुमाल गाउँका उनी जस्ता २३ घरपरिवारको रोजीरोटी भनेकै माटाका भाँडा बनाउनु र बिक्री गर्नु थियो । अहिले बजारमा देखिने प्लाष्टिक र आल्मोनियमका भाँडाहरूले उनीहरूको व्यापार नै सङ्कटमा पारिदिएको छ । पेशाबाट पलायन भएपछि यो ठाँउको नाम उच्चारण गर्न समेत यहाँका बासिन्दाहरू लजाउन थालेका छन् । गाउँको नाम परिर्वतन गर्ने निर्णय पुगे पछि जयलक्ष्मी महिला समूहको नेतृत्वमा कुमाल गाँउको नाम परिर्वतन गरी ज्वालापुर राख्ने निर्णय गरिएको छ । गाउँको नाम परिवर्तन गर्ने निर्ण्र्ाामात्र भएन कि कसैले पुरानो नाम उच्चारण गरेभने पनि उसलाई जरिवाना समेत गर्ने निर्णय गरिएको छ ।

एकै व्यक्तिले एकै अपराधमा दुइ पटक सजाय

खलङ्गा -सल्यान), २४ पुस । विगतको द्वन्द्वको परिणामस्वरूप एकै व्यक्तिले एकै अपराधमा दुइ पटक सजाय पाएको घटना प्रकाशमा आएको छ ।खलङ्गास्थित मर्मपरिकाँडा ६ इखारका लुके राना भन्ने व्यक्ति अहिले एउटै आरोपमा दुइ पटक सजाय भोग्दै छन् । अंशवण्डाको विवादमा आफ्नै कान्छीआमा भद्रकाली रानालाई हत्या गरेको आरोपमा २०५३ सालमा लुके रानालाई माओवादीले श्रमकैदमा राखेर आठ वर्षनिर्मम यातनासहितको सजाय दिइसकेको थियो भने हाल उनी सोही अपराधमा उनी कारागारमा परेका छन् ।माओवादीबाटको श्रमकैदबाट मुक्त भएपछि २०६१ सालमा भारत पसेका उनी दुइ वर्षछि घर फर्के । तर मृतकका आफन्तले उनी विरुद्ध सरकारमा उजुरी हालेपछि गत चार महिनादेखि उनी सरकारी कारागारमा बस्न वाध्य भएका छन् ।

राप्रपा नेपालद्वारा विरोध

काठमाडौँ, पुस २३ गते । अन्तरिम व्यवस्थापिका संसद्ले स‹ीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालले सोमबार एक विरोध कार्यक्रमको आयोजना गर्‍यो ।कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष रविन्द्रनाथ शर्मा, कमल थापा, राजेश्वर देवकोटा, पद्मसुन्दर लावतीलगायतका नेताहरूको सहभागिता रहेको थियो । सो र्‍यालीका कारण त्यस क्षेत्रको सवारी आवागमन करिब तीन घण्टासम्म अवरुद्ध भएको थियो ।

चुनावको मिति घोषणा छिट्टै

काठमाडौँ, पुस २४ गते । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाको निर्वाचन आगामी चैतको २७/२८ गते गर्ने गरी छिट्टै घोषणा गरिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले देशका सम्पूर्ण समस्याको दीर्घकालीन समाधान संविधानसभाको निर्वाचनपछि मात्र सम्भव हुने भएकाले आफ्नो सम्पूर्ण ध्यान त्यसतर्फनै केन्द्रित रहेको बताउनुभयो ।उहाँले मन्त्रिपरिषद्को आगामी बैठकबाट निर्वाचनको मिति घोषणा गरिनेछ भन्नुभयो । संविधानसभाको निर्वाचनबाट मात्र प्रजातान्त्रिक संरचनाहरू सबल हुने बताउँदै प्रधानमन्त्रीले यसमा प्रेसजगत्को भूमिका महìवपर्ूण्ा हुन्छ भन्नुभयो । मधेसका विभिन्न समूहहरूसँग वार्ता भइसकेको उल्लेख गर्दै उहाँले संविधानसभाको निर्वाचनबाट मात्र दिगो समाधान निस्कने भएकाले मधेसका दलहरूलाई निर्वाचन आयोगमा दर्ता गरी निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।प्रधानमन्त्री कोइरालाले प्रधानसेनापतिको हालैको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रधानसेनापतिको भनाइ अतिशयोक्ति नभएको बताउँदै भन्नुभयो, "सेना राष्ट्रको अङ्ग हो, यसलाई राजनीतिकरण गरिनु हुँदैन ।" विश्वमा कहीँ पनि व्रि्रोही सेनालाई राष्ट्रिय सेनामा स्वतः समायोजन गरिएको उदाहरण नभएको स्पष्ट गर्दै उहाँले भारतमा पनि सुवासचन्द्र वोसका सेनालाई प्रधानमन्त्री पण्डित जवाहललाल नेहरूले अस्वीकार गर्नुभएको, वरु ती सेनाका प्रमुखलाई मन्त्री बनाइएको थियो भन्नुभयो ।माओवादी लडाकूहरुलाई नेपाली सेनामा नभई अन्य सुरक्षा फोर्स वा क्षेत्रमा समायोजन गर्न सकिने बताउँदै प्रधानमन्त्रीले सेना सरकारको नियन्त्रणमा रहनुपर्दछ, सरकारको निर्ण्र्ाामान्नर्ुपर्दछ भन्नुभयो । सुस्ता र कालापानीमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमणबारे सोधिएको अर्को प्रश्नमा प्रधानमन्त्रीले शान्त कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।दर्ुइ छिमेकी मित्रराष्ट्रबीच सीमाबारे विवाद उठेमा धर्ैयतापर्ूवक कूटनीतिक ढङ्गबाट समाधान निकाल्नुपर्ने बताउँदै उहाँले यसबारेमा उच्चस्तरमा कुराकानी भइरहेकाले त्यसलाई बिथोल्नेगरी अभिव्यक्ति र व्यवहार नगरिदिन पनि सम्बन्धित पक्षहरुसँग आग्रह गर्नुभयो । झन्डै एक घण्टा जति सञ्चारकर्मीहरुबीच रहँदा प्रधानमन्त्रीले आफूले संविधानसभाको निर्वाचन गरी 'रिटायर्ड लाइफ' बिताउने चाहना राखेको बताउनुभयो । वि.सं. २००७ को क्रान्ति सफल भएपछि राजनीतिमा नलाग्ने आफ्नो विचार रहे पनि परिस्थितिले मलाई सधैँ राजनीतिबाट अलग बस्न दिएन- उहाँले भन्नुभयो । चैतमा संविधानसभाको निर्वाचन सम्पन्न गरी मुलुकलाई एउटा प्रणालीमा हिँडाएपछि भने म थकाई मार्नेछु । प्रधानमन्त्री कोइरालाले संविधानसभाको निर्वाचनलाई सम्पन्न गर्न पत्रकारहरुले महìवपर्ूण्ा भूमिका खेल्नसक्ने बताउनुभयो ।उहाँले प्रजातान्त्रिक संरचनाहरु बलियो बनाउन पत्रकारहरुले खेल्नसक्ने सकारात्मक भूमिकालाई आफूले राम्रोसँग बुझेको बताउनुभयो । नेपालमा केही वर्षता मात्र पत्रकारिताको थालनी भएको र यसले भोग्नुपरेको आर्थिक समस्याबारे आफूलाई राम्रो जानकारी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले पत्रकारहरुको सशक्तीकरणका लागि सरकारले सक्दो सहयोग गर्नेछ भन्नुभयो । उहाँले क्लबको माग अनुसार भवन निर्माण गर्न र पत्रकारहरुको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने जानकारी दिनुभयो । सो अवसरमा रिपोर्र्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले सूचनाको हकको उपयोग गर्नसक्ने वातावरण निर्माण गर्न, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्न, पत्रकारहरुको सेेवा सुरक्षाको प्रत्याभूति गर्न र संविधानसभाबारे व्यापक जनमत निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउनसमेत प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री निवास, व्यवस्थापिका-संसद् र मन्त्रिपरिषद् सचिवालयमा सुविधासम्पन्न 'मेडिया सेन्टर' स्थापनाका लागि पनि सरकारसँग अनुरोध गर्नुभयो

चुनावी सभाका लागि सात दलबीच छलफल

छलफलले नेपाली कांग्रेसका उपवसभापति प्रकाशमान सिंहको संयोजकत्वमा सातै दल सम्मिलित अनुगमन समितिसमेत गठन गरेको छ । समितिलाई सभाको अनुगमनको जिम्मा दिइएको नेपाली कांग्रेसले जनाएको छ । आगामी पुस ३० गते राजधानीमा हुने सात दलको संयुक्त सभाको तयारीको जिम्मा पाएको नेपाली कांग्रेसले आज सातै दलका नेताहरुसँग छलफल गरेर यस्तो समिति बनाएको हो । कांग्रेस पार्टी मुख्यालय सानेपामा भएको छलफलमा सभाको व्यवस्थापन तथा प्राविधिक तयारी, जुलुसको रुटलगायतका विषयमा कुराकानी भएको उपसभापति प्रकाशमान सिंहले जानकारी दिनुभयो । नेकपा एमालेले पनि राजधानीमा हुने सभाका लागि आज दिउँसो यहाँ रहेका सबै नेता, भ्रातृ संगठनका प्रमुख तथा अगुवा कार्यकर्तासँग छलफल गर्दैछ ।

माधवकुमार नेपाललाई फोरमले देखायो कालोझण्डा

एमाले महासचिव माधवकुमार नेपाललाई विरोध स्वरुप कालोझण्डा देखाउन ने मधेसी जनअधिकार फोरम र सदभावनाका कार्यकर्ता र प्रहरी विच आज रौतहटको गरुणामा झडप भएको छ ।
नेकपा एमाले रौतहटको आयोजनामा गरुणामा अयोजित कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा एमालेका महासचिव माधव कुमार नेपालले विरुद्व फोरम र सदभावनाका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए ।

प्रधानमन्त्री-अमेरिकी राजदुत भेट

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग २५ गते बिहान अमेरिकी राजदुतले भेटेकी छिन् । 
अमेरिकी राजदुत न्यान्सी पावेलले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुष २५ गते बिहान भएको आधा घण्टा लामो भेटमा अमेरिकी राजदुतले संविधानसभा चुनावको मिति तत्काल तोक्न आग्रह गरेकी थिइन् । बालुवाटार श्रोतका अनुसार, अमेरिकी राजदुतले संविधानसभा चुनावका लागि अमेरिकाले गरिरहेको सहयोगमा निरन्तरता दिने तथा अमेरिकी सरकार थप सहयोग गर्न पनि इच्छुक रहेको बताएकी थिइन् ।
अमेरिकी राजदुतसँग प्रधानमन्त्रीले चुनावको मिति एक दुई दिनमै तोकिने तथा चैतमा चुनाव गर्न आफू दृड रहेको बताएको श्रोतले जानकारी दियो ।
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।

सुस्ता विरोध औचित्यहीन ः महतो

कपिलवस्तु, पुस २४ - सुस्तालगायत नेपाली सीमा अतिक्रमणको विरोध गर्नु औचित्यहीन रहेको सद्भावना अध्यक्ष्ँ राजेन्द्र महतोले बताएका छन् ।
'मधेस रक्ष्ँा बाहिनी' गठन गर्ने सिलसिलामा कपिलवस्तु आएका अध्यक्ष्ँ महतोले मंगलबार सञ्चारकर्मीस“ग सीमा अहिले अतिक्रमण नभएको बताए । उनले यतिबेला सुस्ता अतिक्रमणको विरोध गर्नु मधेस आन्दोलनबाट मधेसी समुदाय अलग्याउन उठाइएको सात दलको राजनीतिक मुद्दा मात्र भएको दाबी गरे ।
महतोले भने, 'सय वर्षघिको विषयवस्तुको यतिबेला विरोध गर्नु पर्ूवाग्रही मानसिकताको उपज हो ।'

जापानले म्यानपावरमार्फत नेपाली लैजाने

काठमाडौं, पुस २४ - जापानले नेपालबाट म्यानपावर एजेन्सी मार्फ प्रशिक्षार्थी कामदार लैजाने भएको छ । सरकारी माध्यमबाट प्रशिक्षार्थी कामदार पठाउने द्विपक्षीय सहमति चार वर्षम्म कार्यान्वयन नभएपछि म्यानपावर एजेन्सीलाई खुल्ला गर्न लागिएको हो ।
सरकारले प्रतिस्पर्धात्मक रूपमा काम गर्न पाउने वातावरण यसै साता तयार गर्न सके तीन महिनाभित्र कामदार जान पाउने जापानका लागि नेपाली राजदूत गणेश योञ्जनले कान्तिपुरलाई बताए । योञ्जन हाल यो प्रक्रिया अघि बढाउन काठमाडौंमा छन् ।
श्रम मन्त्रालयद्वारा म्यानपावर कम्पनीले जापानमा प्रशिक्षार्थी कामदार पठाउन सक्ने कानुनी व्यवस्था गरेपछि नेपाली युवाले कामका लागि नया“ गन्तव्य पाउनेछन् ।
जापान इन्टरनेसनल टे्रनिङ कोअपरेसन अर्गनाइजेसन -जिट्को) का पदाधिकारीले सरकार र उद्योग वाणिज्य महासंघले प्रशिक्षार्थी कामदार पठाउन नसकेकाले निजी क्षेत्रका रोजगार व्यवसायीलाई यो जिम्मेवारी दिने व्यवस्था मिलाउन योञ्जनलाई आग्रह गरेका थिए । विदेशी कामदार जापान भित्र्याउन गठित जिट्कोको समूह तीन महिनाअघि काठमाडौं आएको
थियो । समूहले साविककै प्रक्रियाअनुसार सरकार र उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा नेपाली कामदार पठाउन अप्ठ्यारो पर्ने महसुस गरी प्रक्रिया परिवर्तनको सिफारिस गरेको हो ।
योञ्जनका अनुसार श्रम मन्त्रालयले निजी क्षेत्रका म्यानपावर एजेन्सीलाई समेत खुल्ला गर्न छिट्टै र्सार्वजनिक सूचना जारी गर्ने भएको छ ।
'श्रममन्त्री रमेश लेखकले उद्योग वाणिज्य महासंघलाई समेत सहभागी गराउ“दै अरू व्यवसायी तथा व्यक्तिले समेत जिट्कोमार्फ जापानमा प्रशिक्षार्थी कामदार पठाउने व्यवस्था गर्न उच्चपदस्थ कर्मचारीलाई निर्देशन दिइसकेका छन्,' उनले भने ।
जिट्कोका पदाधिकारीले नेपालको आर्थिक विकासमा टेवा पुग्ने गरी निर्ण्र्ाागर्दा पनि ढिलाइ भएकामा गुनासो गरेकाले छिटो प्रक्रिया सुरु गर्न योञ्जनले श्रम मन्त्रालयलाई आग्रह गरेका छन् ।
मन्त्रालयले सूचना प्रकाशित गरे लगत्तै जापानी रोजगारदाता कम्पनी समक्ष नेपाली व्यवसायीहरू प्रतिस्पर्धामा जान पाउनेछन् । उनीहरूले ल्याएको माग टोकियो स्थित दूतावासले परीक्षण गरी प्रमाणित गरेपछि श्रम विभागले औपचारिक रूपमा स्वीकृत दिने छ ।
नेपालीलाई जापानी भाषा प्रशिक्षण दि“दै आएको संस्था 'साकुरा फाउन्डेसन' का प्रबन्ध निर्देशक पाण्डवराज कार्कीले वैदेशिक रोजगार व्यवसायीलाई खुला गरेरमात्र पर्याप्त रोजगारीका अवसर नपाइने बताए । 'जतिबेलासम्म जापान सरकारले नेपालीलाई प्राथमिकता देऊ भन्दैन, तबसम्म नेपालीले काम पाउन गाह्रो छ,' उनले भने । 'उच्चस्तरीय पहल हुने हो भने नेपालले दर्ुइ वर्षा कम्तीमा एक लाख जनशक्ति पठाउन सक्छ,' उनले भने । हाल जापानमै रहेका कार्कीका अनुसार बंगलादेश सरकारले जापानस“ग सम्झौता गरेर कामदार पठाउन सुरु गरिसकेको छ । कार्कीले म्यानपावर व्यवसायीलाई स्वतन्त्र बनाउ“दा कामदारस“ग लिने शुल्क जथाभावी हुन सक्ने र अवधि पूरा भएपछि कामदार र्फकने प्रत्याभूति दिन अप्ठेरो पर्ने बताए । जापान जाने कामदारले तीन वर्षम्म त्यहा“का विभिन्न उद्योगमा काम पाउने छन् । सन् २००९ मा जाने कामदारको कार्यावधि पा“च वर्षहुने छ ।
डेढ दशकदेखि प्रशिक्षार्थी कामदार लि“दै आएको जापानले दक्षिण अमेरिकी राष्ट्र पेरु र १५ एसियाली मुलुकबाट हालसम्म १३ लाख प्रशिक्षार्थी कामदार लिइसकेको छ । जापानमा आगामी दर्ुइ वर्षभत्र विदेशीलाई १७ लाखभन्दा बढी रोजगारीका अवसर छन् ।

कुराकानी उपेन्द्र यादव संग

मधेसका बाँकी माग चुनावपछिपूरा हुने

विराटनगर, पुस २३ गते । शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र पौडेलले आदिवासी जनजाति तथा मधेसीका कतिपय माग सरकारले सम्बोधन गरिसकेको र बाँकी रहेको माग संविधानसभा निर्वाचनपछि पूरा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा सोमबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले अहिलेका लागि सरकारको प्रमुख कार्यसूची चैत महिनामा निर्वाचन गराउनु हो भन्नुभयो ।मन्त्री पौडेलले समानुपातिक प्रतिनिधित्वका लागि राज्यका हरेक अङ्गमा मधेसी समुदायलाई समावेश गराउन सरकारले निजामती ऐन संशोधन गरेको जानकारी दिनुभयो । उहाँले सेना तथा प्रहरीमा समेत आदिवासी, जनजाति र दलितलाई प्राथमिकताका साथ समावेश गरिने पनि बताउनुभयो । मन्त्री पौडेलले तर्राईका सशस्त्र आन्दोलनरत पक्षलाई वार्तामा आउनसमेत आग्रह गर्नुभयो । "तर समस्या समाधानका लागि संयुक्त राष्ट्रस‹को मध्यस्थता आवश्यक छैन", उहाँले भन्नुभयो । उहाँले समस्या सुल्झाउन सशस्त्र समूह नै वार्ता गर्न अग्रसर भएर आउनुपर्ने बताउनुभयो ।यसैबीच हाम्रा धरान समाचारदाताका अनुसार मन्त्री पौडेलले जनताको प्रत्यक्ष शासन स्थापनाका लागि जनपक्षीय शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ । सोमबार नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं. १ द्वारा धरानमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पौडेेलले जनपक्षीय शक्तिहरूको एकता नै वर्तमानको राजनीतिक निकासको प्रमुख मार्ग हुनसक्छ भन्नुभयो ।नेकपा (माओवादी)ले लोकतन्त्रको र्समर्थन गर्दै नेपाली काङ्ग्रेसलगायतका दलसँग एकता गरी जनआन्दोलनमा भाग लिएकाले नै जनआन्दोलन भाग-२ सफल भएको र यो राजनीतिक शक्तिहरूको एकताले नै राजनीतिक उपलब्धि हासिल हुन्छ भन्ने एउटा उदाहरण भएको बताउनुभयो । उहाँले नेपाली काङ्ग्रेसभित्रको एउटा समूहमा अझै राजाप्रति आशक्ति कायम रहेकोसमेत जानकारी दिनुभयो । "यसले पार्टर्ीीई मात्र होइन, सिङ्गो राष्ट्रको शान्ति र संविधानसभा उन्मुख भविष्यलाई नै सखाप पार्नसक्ने भएकाले नेपाली काङ्ग्रेसका सबै जिम्मेवार कार्यकर्ता राजतन्त्रको भ्रमबाट मुक्त हुन अनिवार्य छ", मन्त्री पौडेलले भन्नुभयो ।यसैबीच सोमबारै बीबीसी नेपाली सेवाको कार्यक्रम 'साझा सवाल'को धरान विशेष कार्यक्रमका लागि पत्रकार तथा र्सवसाधारणले सोधेका प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले जातीय, क्षेत्रीय, ऐतिहासिक पृष्ठभूमि अथवा कुन आधारमा राज्यको पुनःसंरचना गर्ने भन्नेबारे विशेषज्ञ छलफल तथा भेला गरेर निक्र्योल निकालिने बताउनुभयो । यसैबीच राससका अनुसार नेपाली काङ्रग्रेसका उपसभापति एवं शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस नेपाली जनता र कार्यकर्ताहरूको भावनाअनुरूप चल्ने बताउनुभएको छ । उहाँले सोमबार धनकुटामा नेकाका नेता तथा कार्यकर्ताहरूको भेटघाट कार्यक्रममा चैत मसान्तभित्रमा संविधानसभाको निर्वाचन जसरी भए पनि हुने भएकाले काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूलाई निर्वाचन अभियान लिएर गाउँगाउँ जान आग्रह गर्नुभयो । संविधानसभाको निर्वाचन हुन नदिन केही तìव लागिपरेको बताउँदै श्री पौडेलले त्यस्ता तìवहरूविरुद्ध सम्पर्ूण्ा लोकतान्त्रिक शक्ति एक भई संविधानसभाको निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाली काङ्ग्रेस संविधानसभाको निर्वाचनपछि वैधानिक किसिमबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न क्रियाशील रहेकाले संविधानसभाको निर्वाचन सफल पार्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्दै उपसभापति पौडेलले संविधानसभाको विकल्प नरहेको बताउनुभयो । त्यस अवसरमा नेपाली काङ्ग्रेस राज्य पुनःसंरचना समितिका केन्द्रीय सदस्य आनन्दसन्तोषी र्राईले संविधानसभाको निर्वाचनपछि मात्र आदिवासी, जनजाति, मधेसी, महिला, दलितलगायत सबै वर्ग, क्षेत्र र समुदायको अधिकार सुनिश्चित हुने बताउनुभयो । नेपाली काङ्ग्रेस धनकुटाका सभापति मनोहरनारायण श्रेष्ठले नेपाली काङ्ग्रेस संविधानसभाको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मुख्य एजेन्डा बनाएर क्रियाशील भएको बताउनुभयो ।

हात्तीको अक्रमणबाट एको मृत्यु

८ जनवरी, ०८ । सप्तरीको ठेलीया-१ का बोधही चौधरीको गएराती हात्तीको अक्रमणबाट मृत्यु भएको छ । मानसिक सन्तुलन ठिक नभएका ३५ बषिर्य चौधरीलाई घर छेउमा पराल ओछ्याएर सुतिरहेका बेला ठाउँमा हात्तिले लछारपछार गरी मारेको प्रहरीले जनाएको छ । चौधरीलाई मारे पछि हात्ती जंगल तर्फ भागेको स्थानियवासीले वताएका छन् ।

वाइसीयलका अध्यक्ष एक सातादेखि बेपत्ता

माओवादीको सहायक संगठन वाईसीयलका अध्यक्ष आशिष भनिने नवराज तिमल्सिना गत पुस १६ गतेदेखि बेपत्ता भएका छन् । मकवानपुर आमभञ्जयाङ गाविस-२ नयाँ बस्ती घरभएका तिमल्सिना हेटौंडा नपा पशुपतिनगरमा बस्दै आएका थिए । छत्तिवन गाविसमा आयोजित वाईसीयलको प्रशिक्षण शिविर सकेर डेरामा मोटरसाईकल राखी हिँडेका तिमल्सिना हालसम्म पनि घर नफर्किएको उनका दाजु सीताराम तिमल्सिनाले बताए । विगतमा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईका अगंरक्षक समेत रहेका तिमल्सिनाले एक साता अघि जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाएका थिए । बेपत्ता भएका वाईसीयल अध्यक्षको खोजी कार्य भईरहेको माओवादीका जिल्ला नेता प्रेमबहादुर पुलामीले बताए । तिमल्सिना पलायन भएर रोजगारीको लागि विदेशिएको आशंका माओवादीले गरेको छ ।

मोबाईल र टेलिफोनको महसुल घाटाईने

नेपाल टेलिकमले आउदो फागुन १ गतेदेखि सबै किसिमका मोबाइल र साधारण टेलिफोनको महसुल घटाउने घोषणा गरेको छ।
टेलिकमले जीएसएम पोस्टपेड मोबाइलमा प्रतिमिनेट ५० पैसादेखि ७० पैसासम्म घटाएको छ भने प्रिपेडमा ३० पैसादेखि ५० पैसासम्म प्रतिमिनेट घटाउने भएको छ। त्यस्तै सीडीएमएको प्रिपेड (स्काइफोन) मा ३० पैसादेखि एक रुपियाँसम्म कटौती गर्ने घोषणा टेलिकमले गरेको छ।
उता साधारण टेलिफोनबाट देशभित्र हुने कलमा प्रतिमिनेट ५० पैसा महसुल दर कटौती गरेको छ। निर्वाचनको मिति घोषणापछि लागू हुने आचारसंहिताका कारण टेलिकमले आगामी फागुन १ गतेबाट लागू हुने सो महसुल दरलाई एक महिनाअघि नै र्सार्वजनिक गरेको हो।
यो महसुल दरलाई नेपाल दूरसञ्चार प्राधिकरणले अनुमोदन गरेपछि लागू हुनेछ� -टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भन्नुभयो। टेलिकम सञ्चालक समितिको आइतबार बसेको बैठकले जीएसएम मोबाइल, सीडीएमए मोबाइल, साधारण तथा सीडीएमए टेलिफोनको विद्यमान महसुललाई घटाउने निर्ण्र्ाागरेको हो।
टेलिकमको वाषिर्कोत्सवको अवसर पारेर महसुल दरलाई घटाउने निर्णय भएको बताइएको छ। वाषिर्कोत्सव माघ २२ गते भए पनि प्राविधिक रूपमा सोही दिनदेखि घटाउन अप्ठयारो परेकाले फागुन १ गतेदेखि मात्रै महसुल दर घटाउन लागिएको टेलिकमका अधिकारीहरूले जानकारी दिएका छन्।
फागुन १ गतेदेखि लागू हुने महसुल दरमा पोस्टपेड मोबाइलतर्फबिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म हाल रहेको ३ रुपियाँ प्रतिमिनेटलाई घटाएर २ रुपिया ४० पैसा हुनेछ।

हतियार नछाडेकाले तराईमा सरकारले वार्ता गर्ने सकेन

तराईमा आन्दोलनरत समुहले हतियार नछाडेकाले सरकारले उनीहरुसँग वार्ता गर्न नसकेको सामान्य प्रशासन राज्यमन्त्री रामचन्द्र यादवले बताउनुभएको छ ।
सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका यादवले सर्वसाधरण र कर्मचारीमाथि आतंक र ज्यादत्ति कायम राखेकाले ती समुहसँग वार्ता हुन नसकेको बताउनुभयो ।
प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार भेटघाटमा राज्यमन्त्री यादवले तराईमा आन्दोलनरत पक्ष सहमतिमा नआएपनि सरकारले चैत महिनाभित्र संविधानसभा चुनाव गरेरै छाड्ने जिकिर गर्नुभयो ।
उहाँले बुधबारसम्म बस्ने सातदलको बैठकले चुनावको मिति घोषणा गर्ने जानकारी दिनुभयो । यादवले अगाडि भन्नुभयो, चैतभित्र चुनाव नगरे मुलुक झन् दलदलमा फस्ने भएकाले अब सरकारका लागि चुनाव निरविकल्प हो ।
हतियार, धम्की र आतंकले तराईको भलो नहुने भन्दै उहाँले संघर्षरत समुहलाई हतियार त्यागेर वार्तामा आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, हतियार छाडेर वार्तामा आउँछन् भने सरकार उनीहरुका माग पूरा गराउन गम्भीर छ ।
उहाँले तराईको जस्तै मुलुकमा दलित, महिला जनजाति, कर्णालीको समस्या रहेको उल्लेख गर्दै कुनै छुट्टै दल खडा गरेर मात्र तराईको समस्या समाधान नहुने जिकिर गर्नुभयो । मुलधारको राजनीतिक दल त्यागेर तराई मुलका नेताहरुले नयाँ दल गठन गरेकोमा असन्तुष्टि प्रकट गर्दै उहाँले ती नेताहरुले समस्या झन् चर्काएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, सातदललाई बाइपास गर्दै नयाँ दल खोलेर टायर बाल्दैमा तराईको समस्या समाधान हुँदैछ ।
यसैबीच उहाँले संविधानसभाको मिति घोषणा गर्नुअघि पाँचै विकास क्षेत्रमा क्षेत्रीय प्रशासक नियुक्त भइसक्ने जानकारी दिनुभयो ।

राजा बादी ले गरे पर्दसन

काठमाडौं, पुस २३ - अन्तरिम संसद्ले संविधानसभापछि कार्यान्वयन गर्ने गरी संघीय गणतन्त्र घोषणा गरेको दर्ुइ सातापछि राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालले सोमबार जुलुस र सभामार्फ त्यसको विरोध गरेको छ । राजावादीहरूले राजतन्त्र अन्त्यको फैसला प्रधानमन्त्री फेरेझैं कसैले फर्ेन नसक्ने दाबी गरेका छन् ।
जुलुसमा शाहीकालका मन्त्री र साधुहरूको उल्लेख्य सहभागिता थियो । 'तेस्रो संशोधन खारेज गर', 'हिन्दु अधिराज्य कायम गर', 'संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र कायम गर' लगायतका प्ले कार्ड बोकेको जुलुस सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क हु“दै भद्रकालीमा पुगी सभामा परिणत भएको थियो ।
शाहीकालीन मन्त्री तथा पार्टर्ीीेता कमल थापाले तेस्रो पटक गरिएको संविधान संशोधन अप्रजातान्त्रिक र अवैधानिक भन्दै आफूहरूलाई उक्त कदम अमान्य भएको बताएका छन् । 'अन्तरिम संसद्ले हालै संविधानमा संशोधन गरी राजतन्त्र हटाउन सक्ने प्रावधान राखेको छ । यो हामीहरूलाई मान्य छैन,' उनले भने- '२ सय ४० वर्षो इतिहास भएको राजतन्त्र कसैले प्रधानमन्त्री फेरेझैं फर्ेन सक्दैन र त्यो संशोधन हामी मान्दैनौं ।'
उनले सात दलको अधिनायकवादी चरित्रको पर्दाफास गर्न सडकमा उत्रिएको बताउ“दै राष्ट्रिय संकट बढेको टुलुटुलु नहर्ेर्ने चेतावनी दिए । 'हामी डराएर सडकमा नआएको होइन,' उनले भने- 'लोकतन्त्र र शान्ति स्थापनाले राष्ट्रिय एकता निर्माण हुन्छ कि भन्ने आसले सात
दलको अवैधानिक र अधिनायकवादी व्यवहार सहेको हौं ।'
सात दल र सरकारले आफूहरू निर्वाचनको पक्षमा हु“दाहु“दै राजनीतिक कार्यक्रममाथि हस्तक्ष्ँेप गरेको आरोप लगाउ“दै थापाले संविधानसभा नजन्म“दै राजसंस्थाको फैसला गर्न जिकिर गरे ।
जनआन्दोलनको सफलतापछि राजतन्त्रको पक्षमा पहिलोपटक आयोजना भएको उक्त कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष रवीन्द्रनाथ शर्माले लोकतन्त्रको नाममा सात दलले जनताको अधिकार खोसेको बताए । उनले जनअधिकार रक्षाका लागि आफूहरू टाउकामा कफन बा“धेर सडकमा ओर्लिएको दाबी गर्दै राष्ट्रले रगत मागे दिन तयार रहेको बताए । 'राष्ट्रवादीको भेल फुटेको छ,' पार्टर्ीीेता राजेश्वर देवकोटाले भने- 'यो खोला हु“दै समुद्र भएर अराष्ट्रवादीलाई पखालेर लैजान्छ ।' माओवादी अध्यक्ष प्रचण्डले केहीअघि राष्ट्रवादीस“गको सहकार्यबारेको धारणालाई तुक नभएको अभिव्यक्ति भन्दै उनले आलोचना गरे । 'दिल्लीमा सम्झौता गर्ने र नेपालमा राष्ट्रवादीस“ग मेल गर्ने टिप्पणीको कुनै तुक छैन,' उनले भने- 'राष्ट्रवादी हुन सजिलो छ तर राष्ट्रवादी भएर बा“च्न गाह्रो छ ।' जुलुस कडा प्रहरी सुरक्षाबीच शान्तिपर्ूण्ा थियो ।

६ वर्षछि फर्के विस्थापित

महेन्द्रनगर, पुस २३ - माओवादीबाट लखेटिएका डडेल्धुरा, भित्री मधेशका ५ परिवार ६ वर्षछि लालाबालासहित सोमबार घर फर्केका छन् । घर फर्केर्नेमा जोगबुढा, शर्ीष्ा र आलिताल गाविसका ५ परिवारका १९ सदस्य हुन् ।
उनीहरू ०५८ साल मंसिर/ पुसदेखि महेन्द्रनगर बसपार्क आसपास खुद्रा व्यवसाय गरेर गुजारा गर्दै आएका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सकुशल घर फर्काउन पहल गरेको हो ।
'गा“सबास आफ्नै थातथलोमा हुन पाउनु राम्रो हो,' बसपार्कनजिक चमेनागृह चलाइबसेका जोगबुढा ४ का दिलबहादुर विस्टले भने- 'घर सम्पत्ति माओवादीले स्वाहा गरिसकेका छन्, अब नया“ सुरुवात गर्नुपर्नेछ ।' लामीडा“डा गाउ“मा रहेको घर आफूहरू विस्थापित भएको २ वर्षछि माओवादीले बम प्रहार गरी ध्वस्त पारेको उनले बताए ।
शर्ीष्ा गाविसकी मंगलादेवी विस्थापित छ“दै चार महिनाअघि बिधवा हुन पुगिन् । ०५८ मंसिरमा श्रीमान् उदय सिंहस“गै महेन्द्रनगर पुगेकी उनी एक्लै फर्किंदै छिन् । माओवादीले मरणासन्न हुनेगरी श्रीमान्लाई कुटपिट गरेका थिए । 'समयमा उपचार गराउन नपाएर चार महिनाअघि उनको मृत्यु भयो,' उनले सञ्चारकर्मीस“गै रु“दै भनिन्- 'रित्तो घरमा अब म कसरी बा“च्ने -' जनपद र सशस्त्र प्रहरीमा उनका दर्ुइ छोरा छन् ।
घर फर्किने विस्थापितमध्ये अधिकांशलाई माओवादीले सुराकी गरेको र भिन्न राजनीतिक आस्था राखेका आधारमा गाउ“बाट लखेटेको उनीहरू बताउ“छन् । उनीहरूका बालबालिका घर र्फकने कुराले खुसी देखिन्थे भने घरमुली घटना दोहोरिने हो कि भनी चिन्तित थिए ।
'आफ्नो थातथलो पितरकुडी र्फकन लाग्दा को खुसी हु“दैन,' दिलबहादुरले भने- 'यो सबैको सहयोगले भएको हो ।' 'मर्नेमार्ने स“गै जोगाउने पनि ह“ुदारहेछन्,' उनले भने । आलितालका गोविन्दराम श्रेष्ठ पनि परिवारका ७ सदस्यस“गै घर फर्केका छन् । १ वर्षअत्तरिया र ५ वर्षमहेन्द्रनगरमा विस्थापित जीवन बिताएका थिए ।
घर फर्किंदै गरेका जोगबुढाका जगनसिंह खडायत र शर्ीष्ाका कृष्णदत्त पाण्डे अझै माओवादीप्रति आस्वस्त हुनसकेका छैनन् । 'गाउ“मा माओवादी दबदबा उस्तै छ, खै फर्केर बस्न पाइने हो कि होइन,' सञ्चरकर्मीस“ग कुरा गर्दा पाण्डे चिन्तित देखिन्थे । घर फर्केका विस्थापितलाई मंगलबार डडेल्धुरामा स्थानीय प्रशासन र रेडक्रस लगायत संस्थाले राहत सहयोग प्रदान गर्ने कार्यक्रम छ । अन्य राहत सहयोगस“गै उनीहरूलाई सरकारले चार महिनासम्म प्रतिव्यक्ति दैनिक ६० रुपैया“ आर्थिक सहयोग प्रदान गर्ने इन्सेक प्रतिनिधि युवराज घिमिरेले बताए ।

नेपाली चेली लाई कुवेती अदालतले मृत्युदण्डको फैसला

काठमाडौं, पुस २३ - हत्या अभियोगमा डोल्मालाई कुवेती अदालतले मृत्युदण्डको फैसला सुनाएको त्यहा“का कानुन व्यवसायीले पुष्टि गरेका छन् ।
कुवेतस्थित कानुन व्यवसायी हसिम मजेदका अनुसार आफू कार्यरत मालिकका घरमा बसेकी अर्का फिलिपिनो कामदारको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोककी २७ वषर्ीया डोल्मा शर्ेपालाई मृत्यु दण्डको फैसला सुनाएको हो । उनले अदालतले लामो प्रक्रियापछि मृत्युदण्ड सजायको निर्ण्र्ाागरेको जानकारी दिए ।
मजेदले 'डोल्माको कानुनी स्थिति एकदमै कमजोर रहेको' बताए । काठमाडौंस्थित मानव अधिकारवादी संस्था पौरखी नेपालका संयोजक विजय श्रेष्ठलाई दिएको इमेल जानकारीमा घरमालिक मोहम्मद अब्राहिम मोहम्मद अल्दारीकी अर्की कामदारलाई सन् २००५ डिसेम्बरमा छुरा प्रहारबाट हत्या गरेकी थिइन् ।
हत्यापछि उनी फरार भएकी थिइन् । पछि सामयास्थित नाजी अब्दुल अजिज अहम्मदको घरमा पक्राउ गरी मुद्दा चलाइएको मजेदले जनाए । 'मारिएकी युवतीका हातमा डोल्माको केस भेटिएको थियो,' उनले भनेका छन्- 'यसबारे नेपाल सरकार र कुनै निकायको आवाज नरहेकाले डोल्माको कानुनी स्थिति कमजोर देखिन्छ ।'
कानुन व्यवसायी मजेदले 'अब डोल्मालाई आफ्नोतर्फाट सहयोग गर्न सकिने आधार टुंगिएको' समेत बताएका छन् । राहदानी नं. २६०५६९२ की डोल्मा पहिलोपटक कुवेत १० नोभेम्बर २००५ मा प्रवेश गरेकी थिइन् ।

खानेपानीको धारामा ढल

काठमाडौं, पुस २३ - सिनामंगलको कालिमाटीटोल क्ष्ँेत्रमा सोमबार खानेपानीको धाराबाट ढल आएको छ ।
स्थानीयवासी शेखर पोखरेलका अनुसार खानेपानी संस्थानले वितरण गरेकोे पानीमा ढल मिसिएर आएको हो । उनका अनुसार संस्थानले चार/चार दिनमा बिहान पा“च बजेदेखि दर्ुइ घन्टा पानी छोड्ने गरेको थियो । दर्ुइसाता अघि केही उपभोक्ताको धारामा ढल मिसिएको पानी आएपछि पानी वितरण रोकिएको थियो । उक्त पानी खाएपछि केहीमा वान्ता गर्ने, पखाला लाग्ने समस्या देखिएको छ ।

ँचुनावमा षड्यन्त्र भए जनव्रि्रोह’

काभ्रे, पुस २३ - संविधानसभा चुनावमा षड्यन्त्र भए 'जनव्रि्रोह' हुने राजनीतिक कार्यदिशा माओवादीले पारित गरेको छ । संविधानसभामा एकीकृत भएर पार्टर्ीींक्ति लाग्नुपर्ने नीति उसले लिएको छ ।
चुनाव सफल पार्ने कार्ययोजनामा गृहकार्य बा“की रहेकाले तीन दिनका लागि सोमबार बैठक स्थगन गरिएको छ । संविधानसभामा जाने वा जनव्रि्रँेहको तयारी गर्ने भन्नेमा पार्टर्ीी छलफल भएको थियो ।
'विवाद र छलफल भयो तर सहज ढंगले समाधान गर्‍यौं,' नेता मोहन वैद्य 'किरण'ले भने- 'यदि चुनावमा षड्यन्त्र भए जनव्रि्रोह हुन्छ ।'
फूलबारी गाविसस्थित नमोबुद्ध रिसोर्टमा शनिबार सुरु केन्द्रीय कमिटीको बैठक अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारितपछि स्थगन भएको हो ।
'चुनाव र व्रि्रोहमा हामी अन्योलमा थिएनौं, बाहिरबाट अन्योल सिर्जना गर्ने कोसिस गरियो,' पार्टर्ीी्रवक्ता कृष्णबहादुर महराले भने- 'बैठकबाट पार्टर्ीी नया“ उचाइमा पुगेर सुदृढ एकता कायम गरेको छ, सबैभन्दा खुसीको कुरा यो हो ।' पार्टर्ीीे संगठनात्मक संरचना र कार्यक्रमबारे गृहकार्य गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको महराले बताए ।
चुनाव बिथोल्न र राज्य पर्ुनर्संरचनाको मुद्दा ओझेल पार्न खोजे जनव्रि्रोहलाई रोक्न नसक्ने महराले बताए । 'राजा र विदेशी शक्तिले जनचाहनाविपरीत परिवर्तनमा बाधा हाले त्यो जनव्रि्रोहमा परिणत हुन्छ । त्यसैले त्यो सम्भावना छैन, शून्यमा छ भनेर बस्ने कुरा हु“दैन,' महराले भने ।
चुनावमा षड्यन्त्रविरुद्ध पार्टर्ीी जनता एक भएर मुकाबिला गर्नुपर्ने भएकाले जनआन्दोलन पनि हुन सक्ने विषयलाई पार्टर्ीी खुला गरेको उनले बताए ।
'चुनाव केन्द्रित संगठनात्मक संरचना र कार्यक्रमबारे गृहकार्य गर्न बैठक स्थगित गरेका छौं,' महराले भने । गणतन्त्र र राष्ट्रियता मूल मुद्दा बनाएर संंविधानसभा चुनावमा जानेमा प्रतिवेदन केन्द्रित रहेको उनले बताए ।
'लेनिनवादी शैली' भन्दै प्रचण्डले बु“दागत प्रतिवेदन पेस गरेर मौखिक व्याख्या बढी गरेका थिए । 'हामीले कार्यशैली बदलेर जानर्ुपर्छ । गाउ“ अहिले खाली छ, हामी सहरमुखी भयौं । जनव्रि्रोह होस् वा मतदान, जनताले नै गर्ने हो । त्यसैले जनताका बीच जाऔं,' प्रचण्डलाई उद्धृत गर्दै एक सदस्यले कान्तिपुरस“ग भने ।
चुनावी घोषणापत्र बनाउने, समानुपातिक र समावेशी उम्मेदवार छनोट, ग्रामीण तह र निर्वाचन क्षेत्रसम्म जनसम्बन्ध सुदृढ गर्नेबारे तीन दिनपछि बैठकले टुंगो लगाउने छ ।
माओवादी सेना समायोजनबारे प्रधानसेनापतिको अभिव्यक्ति सेनाभित्र आफ्नो कुरा हुन सक्ने भएकाले यसले समायोजनमा असर नपर्ने महराले बताए ।
'सेना समायोजन हुन सक्दैन भन्नु शान्ति प्रक्रिया बिथोल्नु हो,' महराले भने- 'सरकारले जे निर्ण्र्ाागर्‍यो सेनाले त्यो मान्ने हो, राजनीतिक विषय सेनाले बोल्ने विषय होइन ।'

माओवादी चुनावबाट भाग्न सक्ने

संविधानसभामा माओवादीलाई अन्य दलले निश्चित सिट नदिए माओवादी अझै पनि चुनावबाट भाग्नसक्ने एक एमाले नेताले बताएका छन् । 
संविधानसभामा हिस्सेदारीको सुनिश्चितता नपाए माओवादी अझै संविधानसभा चुनावबाट भाग्नसक्ने एमाले स्थायी समिति सदस्य इश्वर पोखरेलले बताएका छन् । माओवादीले 'संविधानसभा चुनाव नभए बिद्रोह' भन्नु हिस्सेदारीका लागि सुनिश्चिता खोजेको पनि पोखरेलले उल्लेख गरे । पुष २४ गते एमाले केन्द्रीय कार्यलय बल्खुमा 'तीन महिने संगठन परिचालन अभियान' कार्यक्रममा बोल्दै पोखरेलले एमालेले नेपाली कांग्रेस र माओवादीको बिचको शक्तिका रुपमा मध्यमार्गी भूमिका निर्वाह गरिरहेको दावी गरे ।
एमाले उपत्यका समन्वय कमिटीले बल्खुमा आयोजना गरेको कार्यक्रममा पुष ३० गते राजधानीमा हुने सात दलको कार्यक्रममा 'गणतन्त्र स्थापना गरौं, संविधानसभाको निर्वाचन गरौं' नारा उल्लेखित ब्यानर बोकेर जाने जानकारी दिइएको थियो । अभियानको तीन महिनामा कूल मतदाताको पाँच प्रतिशतलाई पार्टीको साधारण सदस्यता दिने पार्टीको योजना रहेको पनि कार्यक्रममा बताइएको थियो ।

'माओवादी सेना राष्ट्रियमा समायोजन हुदैन'

माओवादी सेना राष्ट्रिय सेनामा समायोजन नहुने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भनाइले सात दलबीचको सहमति प्रभावित हुने सम्भावना देखीएको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी सेना राष्ट्रिय सेनामा समायोजन हुननसक्ने बताएका छन् । पुष २४ गते बालुवाटारमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले राष्ट्रिय सेना कुनै 'वाद' को प्रभावमा पर्न नसक्ने प्रधानसेनापति रुक्मांगद कटवालको भनाइप्रतिआफ्नो पूरा समर्थन रहेको उल्लेख गरे । राष्ट्रिय सेनालाई राजनीतिक पार्टीबाट प्रभावित हुन कुनै हालतमा नदिने पनि प्रधानमन्त्रीले त्यहाँ दृढता ब्यक्त गरे । सेनालाई अनुशाषित संगठन बनाउन आफू लागिरहने प्रधानमन्त्रीले बताए ।
माओवादी सेनालाई समायोजन गर्ने भनिएको अरु कुनै ठाउँमा कुनै हिसाबले समायोजन गरिने भनिएको हो भन्ने प्रधानमन्त्रीको भनाइ थियो। सात दलबीच पुष ८ गते भएको २३ बुँदे सहमतिमा सेना समायोजनबारे पनि सहमति भएको थियो । प्रधानमन्त्रीले संचारकर्मीहरुसँगकोअर्न्तक्रियामा माओवादी सेनाको अन्य हिसाबमा समायोजन पनि संविधानसभा चुनाव पछि मात्र हुने उल्लेख गरे ।
प्रधानमन्त्री कोइरालाले संविधानसभा चुनावको मिति पुष अन्तमा हुने मन्त्री परिषदको बैठकले घोषणा गर्ने र चुनाव चैतभित्रै हुने बताए ।भारतसँगको सिमा बिबादबारे बोल्दै प्रधानमन्त्रीले सिमा बिबाद सडकमा उफ्रेर समाधान नहुने उल्लेख गरे । सिमा बिबाद समाधान गर्नआफूले कुटनीतिक पहल थालिसकेको पनि प्रधानमन्त्रीको दावी थियो ।

Monday, January 7, 2008

ँआ“धी आउनुअघिको सन्नाटा हुनसक्छ’

राजास“ग कत्तिको भेटघाट हुन्छ -
सरकारस“ग भेटघाट नहुने होइन । समारोहहरूमा भेटघाट हुन्छ । मन लाग्यो भने कहिलेकाही“ आफै“ पनि बिन्ती गर्छर्ुु
पार्टर्ीीले गणतन्त्र घोषणा गरे, कस्तो लाग्यो -
यो निर्ण्र्ााा कुनै औचित्य, संवैधानिकता र तर्क छैन । त्यस्ता कुरा कसले मान्छ - अहिलेको संसद् नै असंवैधानिक हो । सांसदहरू पनि निर्वाचित होइनन् । यो त जङ्गबहादुरले गरेभन्दा बढी भयो ।
संसद्ले गरेको कुराको पनि औचित्य छैन -
यो संसद् राजाले खडा गरििदएका हुन् । संसद् खडा गरििदने राजाले तर त्यसैले राजाको सबै शक्ति झिकिदिने, यस्तो पनि कही“ हुन्छ - यो त हरलिठ्ठक काम भयो ।
यसमा राजाको प्रतिक्रियाचाहि“ के पाउनुभएको छ -
निर्ण्र्ााो औचित्य भए न प्रतिक्रिया दिने हो † औचित्य नै नभएको निर्ण्र्ााा के प्रतिक्रिया दिने - तपाईंको नाम काटिदिन्छु, तपार्इंले खाइपाइ आएको सेवा-सुविधा हडप्छु भन्छ भने के भन्ने - हावा खुस्केको मानिसले गरेको कुरास“ग के तर्क गर्ने - त्यही भएर राजा चुपचाप लागिबक्सेको छ ।
यति हु“दा पनि दरबार मौन बसिरहनुले सबै निर्ण्र्ाास्वीकारेको दर्शाउ“दैन र -
तथ्य, सत्य र संवैधानिकता नै नभएको कुरामा के टिप्पणी गर्ने - किन टिप्पणी गर्ने - अहिलेका प्रधानमन्त्री -गिरजिाप्रसाद कोइराला) राजाबाट शपथ लिएका व्यक्ति हुन् । हामीले बुझ्न नसकेको कुरा, उनले आफै“लाई कसरी जङ्गबहादुर घोषणा गरे -
पछिल्लोपटक त राजाकहा“ गएनन् नि -
पछिल्लो भनेको कहिले - उनी अहिलेसम्म राजाले तोकेका प्रधानमन्त्री हुन् । आफूले आफै“लाई प्रधानमन्त्री बनाएर राजाकहा“ शपथ गर्न नगएदेखि नै नियम, कानुन र संविधानको उल्लङ्घन सुरु भयो । अन्तरमि संविधानमा -राजाका बारेमा) संविधानसभाले निर्ण्र्ाागर्छ भनेर लेख्ने अनि अर्को घोषणा गर्ने≤ त्यसको के मतलब भयो -
तपाईं पार्टर्ीीको यस्तो चर्को विरोध किन गर्नुहुन्छ -
मैले त राजावादी भएकाले विरोध गरे“ हु“ला । तर, विदेशीहरूस“ग कुरा गर्नोस् न † उनीहरू त अहिलेको सरकारलाई सिल्पट -मर्ूख) भन्छन् ।
नेताहरूस“ग त विदेशीले राम्रै भइरहेको छ भन्छन् रे -
'डिप्लोमेसी' भनेकै त्यही हो ।
जनताले त सात दललाई नै साथ दिएका छन् नि -
जनतालाई लोकतन्त्र भनेको त जङ्गबहादुरतन्त्र पो ल्याएछा“ै कि भन्ने परेको छ । सात दलले कुन प्रजातान्त्रिक प्रक्रिया अपनाएका छन् - एउटा पार्टर्ीीग हातहतियार हुने, सरकारको हातहतियारचाहि“ ब्यारेकमा राखिदिने । यस्तो पनि हुन्छ -
यसबारे दरबारको प्रतिक्रिया किन नआएको होला -
राजाले केही भन्नेबित्तिकै अब यही संसद्ले गणतन्त्र घोषणा गर भन्न थाले भने के गर्ने -
त्यही डरले राजा चुप लागेका हुन् त -
डर हो कि के हो - हामी लागेको कुरा राजालाई सुनाउ“छौ“ । तर, राजाबाट ठीक/बेठीक भन्ने प्रतिक्रिया आउ“दैन ।
राजास“ग कस्ता कुरा गर्नुहुन्छ त -
परििस्थतिको ब्रिफिङ् गर्छु । जनताले दुःख पाएको, हैकम बढेको, जङ्गबहादुर शैलीले काम भएको, आर्थिक स्थिति डा“वाडोल भएको, मुलुकमा ऐन-कानुन नभएको विषयमा जाहेरी गर्छर्ुु राजा गम्भीर होइबक्सिन्छ । कतिपयले मौसूफको मौनतालाई आ“धी आउनुअघिको सन्नाटा पनि भन्छन् ।
नेपाली सेना त राजाप्रति बफादार देखिएन नि -
सरकारमा जो छ, त्यसस“ग सेनाको सम्बन्ध रहन्छ । आतङ्कवादीलाई मन्त्री बनाएपछि सेनाले चाहि“ उस“ग किन कुराकानी नगर्ने -
सेनाको बफादारी पार्टर्ीीतिर देखिएको हो कि होइन -
मलाई के थाहा - म अहिले सेनामा छैन । सेनाको चिफसाहेबले नै राष्ट्र, राष्ट्रियता र संवैधानिकतामा सेना कटिबद्ध छ भन्नुभएको छ ।
भनेपछि सेनाले राजालाई र्समर्थन गर्न छाड्दैन -
दर्ुइ करोड ५० लाख जनताले संविधानसभामार्फ मतदान/जनमतसङ्ग्रह भएर गरे एउटा कुरा । नत्र कसले मान्छ -
संविधानसभाको बहुमतले राजा नराख्ने भन्यो भनेचाहि“ मान्नुहुन्छ -
मान्नुपर्‍यो नि † किन नमान्ने - तर, त्यो निर्वाचन निष्पक्ष हुनर्ुपर्छ । अन्तर्रर्ााट्रय समुदायको सुपरीवेक्षणमा हुनर्ुपर्छ । त्यस्तो परण्िाामलाई प्रजातन्त्रवादी हो भने मान्नुपर्‍यो, होइन भने माओवादीले झै“ हतियार उठाउनुपर्‍यो ।
चैतमा संविधानसभाको चुनाव होला कि नहोला -
अहिलेको हिसाबमा त ज्यान जाला हु“दैन । तर्राईलाई छाडेर काठमाडौ“मा मात्रै गर्ने हो र -
तर्राईमा त राजाले उक्साए रे नि -
जे भने पनि हुन्छ - एउटा एसएमएस जोक- तपाईंको घरमा पेट दुख्यो भने पनि राजाले गर्दा भन्नेसम्मको कुरा आयो । यस्तो हु“दा पनि राजा किन चुप लागेर बसेका छन् - म आफै“ आर्श्चर्यमा परेको छु ।
कार्यान्वयनमा अस्पष्टता
अन्तरिम संसद्को घोषणाले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र त भइसक्यो तर यसको कार्यान्वयन गर्ने प्रक्रियामा भने केही अस्पष्टता देखिन्छ । जस्तो- संविधानसभा बैठकको साधारण बहुमत वा दर्ुइतिहाइ बहुमत केका आधारमा यसको कार्यान्वयनसम्बन्धी निर्ण्र्ाागर्ने - संशोधनमा संविधानसभाको पहिलो बैठकले गणतन्त्रको कार्यान्वयन गर्ने मात्र उल्लेख छ ।
अन्तरिम संविधानका एक मस्यौदाकार एवम् नेपाल बार एसोसिएसनका पर्ूवअध्यक्ष शम्भु थापा संविधानसभाले संसद्को यस निर्ण्र्ाााई कसरी लिन्छ, त्यसैमा भर पर्ने बताउ“छन् । भन्छन्, "यो उधारो लेखाइ मात्र हो । संविधान बनाउन संविधानसभा सदस्यहरू पर्ूण्ा स्वतन्त्र छन् । उनीहरूले पर्ूवर्सत नै मान्छन् भन्ने ग्यारेन्टी छैन ।"
नेकपा एमालेका स्थायी समिति सदस्य भरतमोहन अधिकारी पनि कार्यविधि तोक्ने अधिकार संविधानसभाकै भएकाले त्यसमा नबोलिएको स्वीकार्छन् । तर, साधारण बहुमतले त्यस्तो निर्ण्र्ाागर्न सक्ने बताउ“छन् । नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुननरसिंह केसी भने यो व्यवस्था संविधानसभाका लागि आदेश वा निर्देश नभएको उल्लेख गर्छन् । भन्छन्, "यो हाम्रो प्रतिबद्धता मात्रै हो किनभने हामी संविधानसभालाई निर्देश गर्न सक्दैनौ“ ।"

कासिन्द्र यादव अपहरणकारीको घेरातोडी भाग्न सफल

७ जनवरी, ०८ । आईतबार राति सिराहा चन्द्रलालपुर चोहर्वास्थित घर जाँदैगर्दा अपहरणमा परेका जिल्ला जनस्वास्थ्य कार्यालय सिराहाका नायवसुब्बा कासिन्द्र यादव अपहरणकारीको घेरातोडी भाग्न सफल भएका छन् । सिराहाका प्रहरी उपरिक्षक मिङमार लामाका अनुसार नासु यादव सिराहाको बेल्हा गाविसबाट भागेर प्रहरीको सर्म्पर्कमा आईसकेको बताएका छन् । यादवलाई सिराहा नगरपालिका र भलुवाही बीचको सडकबाट ५र६ जनाको हतियारधारी अज्ञात समूहले अपहरण गरेका थिए । अपहरणकारीको नियन्त्रणबाट यादव भागे पनि स १ प ७८९२ नम्बरको उनको मोटरसाइकल भने अपहरणकारीले लगेका छन् । यादवको खोजीका लागि आईतबार रातिदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

अन्तरिम संबिधान जलाईयो

७ जनवरी, ०८ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली र आत्म निर्णयको अधिकार सहितको स्वायक्त राज्यको माग गर्दै आन्दोलनगरीरहेको संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले आज माइतीघरमा अन्तरिम संविधान जलाएको छ ।अन्तरिम संविधानको तेश्रो संशोधनले पनि आफूहरुको मांगलाइ सम्बोधन नगरेकोले मोर्चाले संशोधित धारा जलाएको हो । माइतीघर मण्डलामा संबिधान जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेपनि कसैलाइ पक्राउ भने गरेन ।मोर्चामा आबद्ध सात वटा संगठनमध्ये मधेसीजनअधिकार फोरम गुप्ता समुहका नेता किशोरकुमार बिश्वासले पिछडिएको क्षेत्रलाइ समेट्ने गरि संविधानको चौथो सम्वोधन हुनुपर्ने मांग गर्नुभयो

राजवादीले राजधानीमा जुलुस निकाले

७ जनवरी, ०८ । संविधानमा गणतन्त्र लेखिएपछि असन्तुष्ट वनेको राजावादी राप्रपा नेपालले आज राजधानीमा विरोध जुलुस निकालेको छ । सात दलले जनताको अधिकार अपहरण गरेको भन्दै राप्रपा नेपालले त्यसविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।आज अपरान्ह १२ वजे सुन्धारावाट शुरु भएको जुलुस भद्रकालीमा आएर कोणसभामा परिणत हुने वताइएको छ । यसअघि राजावादीहरुले गर्ने धरैजसो कार्यक्रम सात राजनितिक दल निकट विद्यार्थीले विथोल्दै आएका छन् ।

अहिले पनि गाउमा पञ्चायती पद्धति छ

गणतन्त्र स्थापना भइसकेको छ तर नेपालभित्रै पञ्चायती पद्धति छ । अहिले पनि गाउमा पञ्चायत बस्छ, बहस गर्छ र कसैको जिन्दगीबारे फैसला गर्छ ।
सप्तरीको रूपनगर निवासी २५ वर्षिया महिलालाई त्यही पञ्चायतले देशनिकाला गरेको छ ।
ज्यालामजदुरी गरेर ज्यान पाल्दै आएकी २५ वर्षियसीतादेवी मण्डललाई अघिल्लो शनिबार स्थानीय 'पञ्चायत' ले देशनिकाला गरेको फैसला सुनाएको छ । लोग्नेले छोडेपछि उनी माइतै बस्दै आएकी छिन् । श्रीमान्विना एउटी महिला एक्लै कसरी बस्न सक्छे - 'पञ्चायत' ले प्रश्न गर्‍यो । तर, उनको जवाफ सुनेन । बरु फैसला सुनायो- यो महिला पक्कै व्यभिचारी हो ।
सीतादेवीलाई 'पञ्चायत' खडा गरेर काचो बस -करची) ले हानियो । उनलाई टाउको, छाती र पेटमा करची हानियो, गुप्तांगबाट रगत बग्न थाल्यो । तर, पनि 'पञ्चायतका कानुन रक्षकहरूले' उनलाई कुट्न छोडेनन् । उनी मूछा परेपछि फैसला सुनाए- सीता मण्डल आजदेखि देश-निकाला भई ।
सीताको बिहे १६ वर्षो उमेरमै निर्मली -भारत) का विकास मण्डलसग भएको थियो । अभिभावकले धेरै पैसा खर्चेर रीतिरिवाजअनुसार उनको बिहे गराइदिएका थिए । सुरुमा भनिएको थियो- बेहुला विकास भारतमा गाडीचालक छन्, कमाइ राम्रो छ । पछि थाहा भयो- उनी बेकामी आवारा हुन् । तर पनि सीताले गुनासो गरिनन् ।
'माइती पनि त गरिबै थिए, त्यसैले श्रीमान् गरिब छ भनेर अचम्म लागेन । बाबुआमाले जहा� बिहे गरिदिए, त्यही� थियो मेरो र्स्वर्ग,' उनले नया� पत्रिकासित भनिन् ।.... श्रीमान् बेकामी थिए, सीताले आपत्ति गरिनन् । सीताका माइती पनि गरिब थिए- यसमा श्रीमान्लाई आपत्ति थियो । उनलाई दिनह गा�जा, भाङ र रक्सी खानुपथ्र्यो । पैसा श्रीमतीसग माग्थे, दिन नसकेपछि कुट्थे । श्रीमान् बेकामी मात्रै होइन, अम्मली । त्यसमाथि दिनहु कुट्ने । सीताको जीवन नर्क बन्यो । त्यहीबेला रेल्वे स्टेसन बनाउन उनको घर पनि सरकारले भत्काइदियो ।
बासै उठ्यो । उनले भनिन्, 'दुइ महिनापछि बुबा भेट्न जादा उहासगै आए । पछि श्रीमान् लिन आएका थिए, तर बानी उस्तै रहेछ । जानी-जानी नर्कमा किन जानु -' उनी घर गइनन्, श्रीमान्ले घुर्की लगाए । मौखिक रूपमा छोडपत्र पनि भयो ।
सीताका श्रीमान् विकासले धेरै पर्खिएनन्, दुइ-तीन महिनामै बिहे गरे । तर, अर्की श्रीमतीले पनि विकासको ज्यादती सहन सकिनन्, उनले पनि अर्को बिहे गरिन् । 'म त माया मारेर माइतमा बस्दै आएकी थिए, तर पाच वर्षछि श्रीमान् मलाई फकाउन फर्किए,' उनले भनिन्, 'बाबुआमाले दिएको घर हो, चार/पाच वर्षछि आयो भनेपछि त पक्कै सुध्रियो होला भन्ने लाग्यो मलाई । त्यसैले ऊसगै जीवन बिताउने निर्णय गरे� ।' सीताका अनुसार विकास धेरै दिनसम्म ससुरालीमै बस्यो, घरज्वाइ� बनेर । तर, उनी जब गर्भवती भइन्, श्रीमान् विकास बाहिर निस्किए, काम गरेर कमाउने निहुमा ।
सीता सुत्केरी भएको छैटौं दिनमा विकास फर्किए, तर खर्च लिएर होइन । 'राति रक्सी खाएर आएको रहेछ, यो मेरो बच्चा हुदैहोइन भन्दै मलाई कुट्यो, मेरी ६० वर्षी आमालाई पनि कुट्यो,' उनले भनिन् । सीताले त्यतिबेलै गाविस उपाध्यक्ष भुवनेश्वर यादवसग गुहार मागेकी थिइन् । यादवले उजुरी गरेपछि प्रहरीले उनलाई गिरफ्तार पनि गरेको थियो । 'एक दिन चिसो छिडीमा बसेपछि विकासले माफी माग्दै आफ्नै घरतिर गयो,' सीताले भनिन् । त्यसपछि विकास फर्किएर आएनन्, छोरी भने अहिले ६ वर्षी भएकी छिन् । छोरी र आफ्नो ज्यान पाल्न सीताले मजदुरी गर्दै आएकी छिन् । उनलाई अर्को बिहे गर्ने मन पनि लागेन । भनिन्, 'एउटै बिहेले मलाई जिन्दगी देखायो, अब अर्को थप दुःख के बिसाउनु -'
सीताका श्रीमान् विकास बेपत्ता भए, मजदुरी गरेर उनले छोरी पनि हुकाउदै थिइन् । तर, माइतीतिरैका ठूला-बडालाई असैह्य भयो । 'आखिर एउटी महिला श्रीमान्विना वर्षौं कसरी बस्न सक्छे, त्यो पक्कै व्यभिचारी हो, त्यस्ताले दण्ड पाउनैपर्छ' स्थानीय ठूला बडाले निर्णयगरे । अघिल्लो शनिबार बिहान ११ बजेतिर सीता खान खाएर मुख धुदै थिइन् । स्थानीय गंगाराम मण्डल उनलाई बोलाउन आए । मण्डल नेपाल धानुक मण्डल समाज युवा कमिटीका सिपाही - नेता) हुन् । उनैले गाउमा 'पैचयती' बसेको छ भनेर सीतालाई बोलाए । मण्डल जातिभित्र 'अनुशासन' कायम गर्न बनेको धानुक मण्डलका अगुवाहरू जम्मा भइसकेका रहेछन् । सीताविरुद्ध आरोप लगाउन, फैसला सुनाउन र उनलाई तत्कालै दण्डित गर्ने 'अधिकार' लिएर 'पैंचयती' बसिसकेको थियो, बिचरी सीतालाई पत्तै थिएन । 'न बिराउनु न डराउनु । मलाई केको डर भन्दै पैचयतीमा गए�,' उनले भनिन् ।
सीता 'पैचयती'मा पुग्नासाथ 'पञ्च'हरूले प्रश्न वषर्ाउन थाले, 'तेरी ६ वर्षी छोरी कसकी हो - छोडपत्र भइसकेको श्रीमान्स�ग किन बसेकी - एउटी छोरीलाई लिएर कसरी बस्न सकेकी -' उनीहरूले 'पैंचयती'ले तोकेका मान्छेस�ग बिहे गर्न सीतालाई दबाब पनि दिए । सीताले बिहे नगर्ने बताइन् । बरु जवाफ दिन थालिन, 'मेरी छोरी मेरो श्रीमानकै हो ।' जवाफ सुन्नासाथ सीताकै काका नसिवलाल मण्डल उचाल्न थाले, 'होइन, बद्मास यही हो, जस्तो भए पनि यसले घर गर्नुपथ्र्यो ।'
नसिवलालको कुरा सुनेपछि 'पञ्चहरू' एकैसाथ उपmन थाले- यल्ले त्यत्तिकै मान्लाजस्तो छैन्, त । आदेश पाउनासाथ गंगारामले लाठी/लाठीले हान्न थाले । 'मैले गंगारामको हात समातेर सोधे�- पहिले भन मेरो गल्ती के हो -,' सीताले भनिन्, 'ए, मुख लाग्ने भनेर सबै पञ्च उप्रिmए । बलराम, बिहारी, राजेन्द्रवसिब लाललगायतका दसजनाले रुखका हा�गा भा�चेर मलाई कुट्न थाले ।'
१० जनाको लाठीको कुटाइ एक्ली सीताले सहन सकिनन्, उनी लडिन् । सीता लडेपछि 'पञ्च' हरूले उनलाई इटामाथि राखेर कुट्न थाले । उनको गुप्तांगबाट रगत बग्न थाल्यो, तर 'पञ्च' पदधारी काकाहरूले उनलाई कुट्न छोडेनन् । अस्पतालको बेडमा कुरा गरिरहदा उनी भक्कानिएर रोइन्, पटक-पटक उनको गला अवरुद्ध भयो । 'म भुइमा लडेकी थिए, इटामाथि राखेर मलाई केही मान्छे कुट्दै थिए, केही मान्छे भने कागजमा मेरो औंठाछाप लगाउ�दै थिए ।' 'यसलाई कागज गरा, नत्र प्रहरीमा उजुरी गर्न जान्छे' भन्दै 'पञ्चहरू' ले उनलाई कागज गराए । कागजमा लेखिएको छ, 'मेरी ६ वर्षी छोरी मेरो श्रीमान्को होइन, 'अनेरवा' -अरू कसैको) हो ।'
'पैंचयती'मा सीताका बाबुलाई पनि हाजिर गराइयो । ती विवश बाबुले पनि कागजमा औंठाछाप लगाए जसमा लेखिएको छ, 'मेरी छोरी मेरो काबुभन्दा बाहिर गएकीले त्योस�ग मेरो कुनै तालुक -सम्बन्ध) छैन ।' भुइ�मा पछारिएकी सीतालाई 'पैंचयती'ले अर्को फैसला सुनायो- 'यो आजको मितिदेखि देश-निकाला भई ।' श्रीमान्बाट छाडिएकी सीता माइती र देश पनि छाडेर कहा� जाने - 'जस्तो भए पनि म आफ्नो श्रीमान्कै घर जान्छु । ऊ जहा� भए पनि खोज्छु । मलाई देश-निकाला नगर्नुस्' उनले बिन्तीभाउ गरिन् ।
यो बिन्तीभाउले 'पञ्चहरू' फेरि भड्किए । उनीहरूले गंगारामलाई फेरि आदेश दिए, 'यसलाई त अझै पुगेन छ, हसिया तताएर ल्याऊ त ।' हसियाले डाम्ने भएपछि सीताले आफ्नो अनुरोध फिर्ता लिइन् । उनले भनिन्, 'पैचयतीले जे भन्छ, मलाई मञ्जुर छ ।' सीतालाई 'कारबाही' गरेपछि 'पैंचयती' सकियो, ठूलै काम गरियो भन्दै 'पञ्चहरू' भोज खान गए । सीता घाइते थिइन्, तर देश-निकाला भएकीले उनले सोचिन्, 'नेपालमा उपचार गर्‍यो भने फेरि पंैचयतीमा बोलाएर मार्छन् ।'
सीता आफ्नी दिदीको भारत, वीरपुरस्थित घरमा बसेर उपचार गराउ�दै थिइन् । यताबाट आमा गइन् । 'पैंचयतीले अन्याय गरे पनि अरू समाजले न्याय दिन्छ,' भन्दै उनले सीतालाई घर फर्काइन् । अहिले उनी सप्तरीको कञ्चनपुरस्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेकी छिन् । उनी आफूमाथि भएको अन्यायविरुद्ध लड्न चाहन्छिन् । 'तर सहरतिर भए धेरैले साथ दिन्थे होला, यो गाउमा मजस्ती अबला नारीलाई कसले सोध्ला, बुझ्ला -,' उनी भन्दै थिइन् ।
रूपनगर गाविसका पूवउपाध्यक्ष भुवनेश्वर यादवले सीतामाथि 'पंैचयती' ले ज्यादती गरेको बताएका छन् । 'जातीय सुशासन कायम गर्ने नाममा सीतामाथि भयंकर अपराध हो । यस्तो मानवविरोधी अपराध रोक्नर्ुपर्छ,' उनले भने । त्यस्तै स्थानीय समाजसेवी रामलखन यादवले पनि सीतामाथि अमानवीय अपराध गर्नेहरूमाथि कडा कारबाही गर्न प्रहरी-प्रशासनसग माग गरेका छन् । 'अदालतले त कसैलाई देश-निकाला गर्न सक्दैन, पंचयती को हो, यिनीहरूलाई कारबाही गरेर सबक सिकाउनुपर्छ,' उनले भने ।
त्यस्तै स्थानीय महिला अधिकारकर्मी उषा पोखरेलले पनि सीतामाथि भएको ज्यादतीले कानुनको खिल्ली उडेको टिप्पणी गरेकी छिन् । पितृसत्तात्मक समाजको ज्यादती हो यो, सम्पुर्ण महिला एकजुट भएर अपराधीलाई कारबाही गराउनर्पर्छ, पीडितलाई क्षतिपूर्ति दिलाउनुपर्छ,' उनले भनिन् । इलाका प्रहरीका कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले भने 'पंैचयती' ले सीतामाथि गरेको ज्यादतीबारे उजुरी नपरेको बताए । 'उजुरी आए कानुनबमोजिम कारबाही गर्छम्,' उनले भने ।
तर, नेपाल धानुक मण्डल समाज युवा समितिका अध्यक्ष -पैंचयतीका प्रमुख पनि) लक्ष्मी मण्डलले भने आफूहरूले गरेको कारबाही जायज भएको दाबी गरे । 'जातीयअनुशासन कायम गर्न यस्तो समान्य कुरा भइहाल्छ,' उनले भने । सीतालाई देश-निकाला गरेको उनले स्विकारे । 'तर, हामीले उसलाई पूरै देश-निकाला गरेका छैनौं, बिहे, मदार्, पर्दा बढीमा एक साता नेपालमा बस्न पाउ�छे । त्योभन्दा बढी त बस्न दिदैनौ, समाज ब्रि्रन्छ,' उनले खुलेरै भने ।