Saturday, January 26, 2008

मधेसका जनता के चाहन्छन ?

यहीवाट शुरु हुन्छ मधेसका जनता र पार्टीहरु के चाहन्छन अलग राज्य वा संविधान सभा मार्फत अधिकारसम्पन्न नेपालको नागरिक । आज सात पार्टीले जनकपुरमा आयोजना गरेको संयुक्त आमसभामा जे देखियो जे घटना भए त्यसवाट विष्लेशण गर्ने हो भने स्पष्ट छ मधेसका जनता नेपाल भन्ने शब्दवाट विरक्तिएका छन । उनीहरु अलग राष्ट्र चाहन्छन । तर त्यहां उपस्थित जनताले भनिरहेका छन छुट्टै राज्य हैन अधिकार देउं । हो अन्यौल यहीवाट शुरु भयो ।बम र बन्दुकसंग नेपालीको साक्षात्कार ज्वालािसंह र गोइतले गराएका हैनन । माओवादीले २०५१ सालवाट शुरु गरेको सशस्त्र जनयुद्धवाटै नेपाली जनता दाजुभाइ मरेको र मारिएको अनी बम र बारुद्ध पड्केको समाचारसंग साक्षात्कार भइसकेका हुन । यसमा ज्वालािसंह र गोइतको कुनै योगदान छैन ।
तर जव माओवादी सशस्त्र युद्ध त्यागेर शान्तिपुर्ण राजनीतिमा आयो तव यस्त घटनामा केही कमि भएको हो । तैपनि पुराना अनुभव नेपाली जनताले विसर्िएका छैनन । तर आज प्रशंग अलि बदलिएको छ । अहिले राजाको अधिकार खोस्ने जनतालाइ अधिकार सम्पन्न बनाउने मुद्धा मात्र अगाडि छैन । यहां विषय उठान भएको छ अलग राज्यको । जहांको नागरिक हुनका लागि धोति लगाउनु पर्छ अनी रङ्ग कालो हुनुपर्छ ।
विषय गम्भिर हो । तर सहज पनि हो । मधेसका नागरिकले स्पष्ट गर्नु अनिवार्य छ मधेसका जनता अधिकार सम्पन्न हुन चाहन्छन कि छुट्टै राष्ट्र चाहन्छन । यदी अधिकारसम्पन्न हुन चाहेको हो भने सलाम छ हामी पनि तपाइहरुको साथमा छौं । हैन यही स्वतन्त्र राष्ट्र खोजेको हो भने आउनुस भिडौ । हामी बांचे हाम्रो राष्ट्र तपाइहरु बांचे तपाइहरुको ।
हो अहिलेको अवस्था यही भन्ने बाध्यतामा पुगेको छ । के गर्ने त अब खाली बम र बारुद । सक्ने हो भने लडेर स्वतन्त्र राष्ट्र बनाए हुन्छ नै । तर यो अधिकारको लडाइको बहानामा पुरै राष्ट्रलाइ प्यारालाइज गर्न कसैले पाउंदैन ।
के मधेस के पहाड के हिमाल हिजोसम्म सबै नेपाली हुनुमा गर्व गरिरहेको नै हो । हिजोको एकिकृत शासकहरुको कारण पहाड बलियो भयो होला मधेस कमजोर बन्यो होला । शासक वर्गले विभेद गर्यो भन्दैमा त्यसको सबै दोष चुच्चो नाक भएका नेपालीले भोग्नुपर्छ भन्ने केही छैन ।
सबै नेपालीको नजरमा के मधेस के हिमाल के पहाड सबै समान हो । तर अहिले यो क्षेत्रिय राजनीतिको बहानामा देश नै टुक्राउने शड्यन्त्र भएको छ जो राष्ट्रभक्त नेपालीको सहनशिलता भन्दा बाहिर हो ।
संविधान सभा चाहिने हो वा हैन मधेसका पार्टी र नागरिकले स्पष्ट गर्नुपर्ने पहिलो आवश्यकता हो । हैन संविधान सभा नचाहिने हो भने ठिकै छ राज्यले त्यही अनुसार व्यहार गर्दा । तर हैन संविधान सभा मार्फत अधिकार सम्पन्न बन्ने हो भने तराइका यि राजनीतिक दलले सात दलले गरेको सभा विथोल्ने हैन सहभागि भएर आफ्नो आवाज र माग अगाडि बढाउनु पर्छ ।
सबै नेपालीको कामना भनेको संविधान सभा निर्वाचन सम्पन्न होस र पहाड हिमाल र तराइका सबै नेपाली अधिकार सम्पन्न हुन । तर के यो सम्भव छ त ?

जनकपुरमा सातदलको संयुक्त सभा सम्पन्न

२६ जनवरी, ०८ । विरोध र झडपकावीच सात राजनीतिक दलले आज पाँचौ संयुक्त सभा जनकपुरमा सम्पन्न गरेका छन ।१२ गते १२ वजे वाह्रविगाहा मैदानमा जाउँ भन्ने नाराका साथ प्रचार गरिएको भएपनि तीनदिन देखि जारी वन्दका कारण अपेक्षा गरेअनुरुप सहभागिता हुन सकेन । वाह्रवजे हुने भनिएको सभापनि अपरान्ह दुईवजेमात्र शुरु भई करिव डेढघण्टा मात्र चलेको थियो । सभालाई संवोधन गर्दै जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले २३८ वर्षदेखि जारी मधेशी माथिको थिचोमिचोको अन्त्य संविधानसभाको चुनावमार्फत हुने भएकाले यसमा साथ दिन आग्रह गर्नुभएको थियो । सात राजनीतिक दलले जनकपुरमा आयोजना गरिरहेको संयुक्त सभालाई प्रमुख अतिथिको आसनवाट वोल्दै शेरचनले इतिहासमै पहिलोपल्ट जनताको सहभागितामा संविधान लेखिन लागेको भन्दै एकजुट भएर चुनावमा सहभागी हुन आह्वान गर्नुभयो । आजको उपस्थितिले मधेशका जनता चुनाव चाहान्छन भन्ने पुष्टि भएको भन्दै शेरचनले चुनावले कसैलाई काखा र कसैलाइ पाखा नगर्ने स्पष्ट पार्नुभयो । सभालाइ संवोधन गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडयालले मधेशका जनताका सवै माग पुरा भईसकेको र तिनलाइ लागुगर्न मात्र वाँकी रहेको वताउनुभयो । मधेशले पाएका उपलब्धीलाई संस्थागत गर्न पनि संविधानसभाको चुनाव अपरिहार्य भएको उहाँको भनाइ थियो । संविधानसभापछि मुलुकका सवै नागरिकको आफ्नै शासन र प्रशासन हुने भन्दै पौडेलले मधेशीको सो चाहना पनि पुरा हुने दावी गर्नुभयो । सरकारले स्वायत्त मधेशको प्रतिवद्धता जनाईसकेको, शहिद परिवारलाइ राहत दिईसकेको, केही घाइतेलाई दिल्लीमा उपचार गराईरहेको र नागरिकता समस्या समेत समाधान भएको भन्दै पौडेलले अन्य अधिकारका लगि चुनाव जरुरी रहेको दोहोराउनुभयो । तराइ मधेश लोकतान्त्रिक पार्टीतर्फ इंगित गर्दै शान्तिमन्त्री समेत रहेका पौडेलले भन्नुभयो- पहिले वार्ता गर्छौ भन्ने अनि सरकारले पत्र पठाएपछि वार्ताको अर्थ छैन भन्ने यो कस्तो चाला हो ?नेकपा एमालेका केन्द्रीय सदस्य रामचन्द्र झाले वन्दका वावजुद भएको उपस्थितिलाइ उत्साहजनक भएको प्रतिक्रिया दिनुभयो । नेपाली जनताको २००७ सालदेखिकै सपना संविधानसभाको चुनाव गर्नु रहेको भन्दै झाले चुनाव हुन नसके २३८ वर्षदेखि भारी वनेको राजतन्त्र नेपालीको शिरमा थोपरिने चेतावनी दिनुभयो । दोश्रो जनआन्दोलनका वाचा पुरा गर्न पनि संविधानसभाको चुनाव आबश्यक भन्दै झाले सवै मधेशी जनतालाई अधिकार सुनिश्चीत गर्न चुनावमा सहभागी हुन आग्रह गर्नुभयो । चुनाव पहिलेनै सम्पूर्ण मेधश एक प्रदेशको माग गर्नेहरुलाइ चेतावनी दिंदै झाले त्यस्तो गम्भीर विषयको निर्णय संविधानसभाको चुनाववाटै हुनुपर्ने वताउनुभयो । नेकपा माओवादीका केन्द्रीय सदस्य मातृका यादवले मधेशको अधिकारका लागि भनेर आन्दोलन गरेका दलहरुले मधेशी शहिदको भावना वुझ्न नसकेको आरोप लगाउनुभयो । संविधानसभाको चुनाव भाँडन मधेशका सामन्त, प्रतिगामी र दरवारियाहरु लागिपरेको भन्दै यादवले मधेशी जनतालाई सचेत हुन आग्रह गर्नुभयो । संविधानसभाको चुनाव मार्फतनै नयाँ नेपालको उदय हुने भन्दै यादवले सवै दललाइ एकजुट भएर चुनावमा लाग्न आह्वान गर्नुभयो । आन्दोलनरत दलहरुले हाम्रो सभामा रोक लगाएका छन्- आक्रोशित मुद्रामा यादवले भन्नुभयो- हामीले उनीहरुका कार्यक्रममा रोक लगायौ भने के हुन्छ ? मधेशको नाममा आन्दोलन गरेका भए उनीहरु पाईलामा पाईला मिलाएर चुनावमा होमिनुपर्ने यादलको भनाइ थियो । नेपाल सदभावना पार्टी आनन्दीदेवी नेतृ सरिता गिरीले अन्य नेपालीका लागि भन्दापनि मधेशीका लागि संविधानसभाको चुनाव जरुरी रहेको भन्दै सशस्त्र समुहलाइ पनि हतियार छोडी चुनावमा भाग लिन आग्रह गर्नुभयो । मधेशी नेता गजेन्द्रनारायण सिंहले मुलुक टुक्राउनका लागि नभई अधिकारका लागि आन्दोलन गर्नुपरेको भन्दै गिरीले अहिले राष्ट्रनै टुक्राउने कुरा आउनु जायज नभएको वताउनुभयो । २७ दिनको मधेश आन्दोलनले नेपाली शासकहरुलाई पाठ सिकाईसकेको भन्दै गिरीले मधेशीहरु सच्चा राष्ट्रवादी भएको दावी गर्नुभयो । सशस्त्र समुहसंग वार्ताका लागि आग्रह गर्दै गिरीले सवै मधेशीलाई चुनावमा भाग लिन आह्वान गर्नुभयो ।वाममोर्चाका अध्यक्ष सीपी मैनालीले जात र भाषाका मात्र कुरा गर्नेले मुक्ति दिन नसक्ने भन्दै सात दलको नेतृत्वमा हुने संविधानसभामा सहभागी हुन आग्रह गर्नुभयो । विपन्न समुदाय र महिलाको हित संविधानसभाको चुनाव मार्फत हुने भन्दै मैनालीले चुनावपछिनै शान्तिपूर्ण क्रान्ति हुने दावी गर्नुभयो । आफ्नो संक्षिप्त संवोधनमा मैनालीले मधेशी जनतालाइ चुनावमा सहभागी हुन आह्वान गर्नुभयो । सभा सकिन लाग्दा प्रदर्शनकारी र प्रहरीवीच झडप भएको थियो ।

डाकाद्वारा दुई बिद्यार्थीको हत्या

२६ जनवरी, ०८ । सशस्त्र डाकाको समूहले जनता बहुमुखी क्याम्पस कक्षा ११ मा अध्ययनरत योगेन्द्र कोइराला र प्रकाश भट्टराईको निर्ममतापूर्वक हत्या गरेको विरोधमा राजमार्गमा विद्यार्थीले यातायात ठप्प पारेका छन् । गएराति इटहरी ५ पचरुखीमा हतियारधारी डाकाहरुले घरमा भात पकाउन लागेका योगेन्द्र र प्रकाशलाई खुकुरी र कैचीले पेट टाउको तथा शरीरको विभिन्न ठाउँमा काटेर हत्या गरेका थिए । हत्यामा संलग्न ७ जना मध्ये सुनसरी पकली ३ का सलिम मिया, मोरङ्ग बनिगामाका सम्शेर मियाँ, सदिर मियालाई स्थानीय जनताको सहयोगमा प्रहरीले राति नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । विद्यार्थी हत्याको विरोधमा विहानैदेखि महेन्द्र राजमार्ग खण्डको पचरुखी पकली खण्डमा टायर बालेर यातायात ठप्प पारेका कारण सयौं सवारी साधन इटहरी क्षेत्रमा अलपत्र परेका छन् ।

राजस्व वृद्धिदर २५ प्रतिशत

काठमाडौं, माघ ११ - चालू आर्थिक वर्षो ६ महिनामा २५ दशमलव ४ प्रतिशतले राजस्व वृद्धि भई नया“ रकर्ेड कायम भएको छ ।
यो वृद्धिदर एक दशकयताकै सबैभन्दा उच्च हो । अर्थमन्त्रालयले शुक्रबार र्सार्वजनिक गरेको चालू आर्थिक वर्षो ६ महिनाको सरकारी खर्च र आम्दानी सम्बन्धी विवरणअनुसार ६ महिनामा ४७ अर्ब ३८ करोड राजस्व उठेको छ । बजेटमा उल्लेख भएको एक खर्बभन्दा बढी राजस्व उठाउन १५ प्रतिशतको वृद्धिदर भए पुग्छ । आर्थिक वर्षो पछिल्ला महिनामा वृद्धिदर उच्च हुने भएकाले बजेटको लक्ष्य नाघ्ने अनुमान अर्थमन्त्रालयको छ ।
सरकारी खर्च पनि बढेकाले राजस्व उच्च वृद्धिले धान्नसकेको छैन । ६ महिना कुल सरकारी खर्च ५५ अर्ब ९० करोड छ । यो गत वर्षो ६ महिनाको तुलनामा ३१ दशमलव १ प्रतिशतले बढी हो । कुल खर्चमध्ये विभिन्न सरकारी काममा जाने चालू खर्च ३८ अर्ब २४ करोड छ । विकास गतिविधिमा जाने पु“जीगत खर्च १० अर्ब २८ करोड रुपैया“ छ । सरकारी ऋणको सावा“ भुक्तानीका लागि सरकारले ७ अर्ब ३८ करोड उपयोग गरेको छ ।
सरकारले ६५ अर्ब २७ करोड रुपैया“ निकासा दिएको छ । यो निकासा गत वर्षो पुससम्मको तुलनामा २८ दशमलव २ प्रतिशतले बढी हो । चालू खर्चमा ४४ अर्ब ५८ करोड र पु“जीगत खर्चमा १२ अर्ब ९३ करोड रुपैया“ निकासा दिइएको छ ।

मृतकका विवरण अब कम्प्युटरमा

काठमाडौं, माघ ११ - दाहसंस्कारका लागि आर्यघाट लगिने व्यक्तिको फोटोसहितको विस्तृत विवरण कम्प्युटरमा राखिने भएको छ ।
एक महिनाभित्रै आर्यघाटमा स्थापना गर्ने भनिएको 'मानव स्मृति गृह' मा ती विवरण सुरक्षित रहनेछन् ।
अहिले पशुपति क्षेत्र विकास कोषले सामान्य रजिष्ट्ररमा विवरण राख्दै आएको छ । त्यसमा मृतकको फोटो र विस्तृत जानकारी हु“दैन । कागजी अभिलेख सुरक्षित र चाहिएका बेला सजिलै उपलब्ध हुन नसक्ने भएकाले कम्प्युटरमा राख्न लागिएको हो ।
वाग्मती सभ्यता एकीकृत र पशुपति क्षेत्र विकास कोषको पहलमा 'गृह' बनाइने छ । एकीकृत विकास कोषका संयोजक कृष्ण केसीका अनुसार मृतकका परिवारले उपलब्ध गराएका विवरणलाई अभिलेखीकरण गरिन्छ । ती सयौं वर्षा लागि सुरक्षित हुन्छन् । 'आफ्ना बाबु, बाजे र पर्ूखाको अभिलेख सजिलै हर्ेन सकिनेछ,' उनले भने ।
उक्त गृहमा अहिलेसम्म कोषले रजिष्ट्ररमा लेखेका विवरणसमेत समेटिने छन् । ती विवरण अपुरो भए पनि मृतकका आफन्तले गृहमा गएर फोटोसहित विस्तृत थप्न सक्छन् । साथै स्मृति गृहमा राजनेता, सहिदलगायतका व्यक्तिको जीवनी खोजेर समावेश गरिनेछ ।
उनका अनुसार गृहमा जडान गर्ने कम्प्युटरलगायतका सबै उपकरण आइसकेका छन् । आर्यघाट पुलको दक्षिण घाट पारी अस्थायी 'फोल्डिङ' घर बनाउने पहल भइरहेको छ । गृह स्थापनाका लागि उद्योग व्यवसायीले सहयोग गरिरहेको उनले बताए । त्यसमा एउटा एम्बुलेन्स र शववाहन पनि राखिनेछ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव निर्मल कुइ“केलले गृह स्थापनामा कोष सकारात्मक भए पनि परिषद् वा कार्य सम्पदान समितिबाट निर्ण्र्ााभई नसकेको बताए । 'माघ अन्तमा निर्ण्र्ााहुन्छ होला,' उनले भने- 'अनि काम सुरु हुन्छ ।'
कुइ“केलले पशुपति गुरुयोजनाबाट निर्देशित विश्व सम्पदा सूचीमा रहेको क्षेत्र भएकाले प्रक्रियाअनुरूप काम गर्नुपर्ने बताए । 'संवेदनशील क्षेत्रमा काम गर्दा दाया“बाया“ विचार गर्नर्ुपर्छ,' उनले भने- 'तर पनि गृहलाई राजनेता, समाजसेवी लगायतका व्यक्तिको जीवनी र योगदानलाई समेट्ने अध्ययन केन्द्र बनाउन सकियो भने उपलब्धि हुनेछ ।
आर्यघाटबाहेक देशका अन्य क्षेत्रमा दाहसंस्कार गरिने व्यक्तिको विवरणसमेत समेट्ने संयन्त्र बनाइने केसीले बताए । उनका अनुसार मृतकका विवरण राख्न प्रमाणसहित देशका कुनै पनि कुनाबाट आएका परिवारका सदस्यलाई यो सुविधा हुनेछ । यसका लागि पर्यटन तथा नागरिक उडड्यनमन्त्री संरक्षक रहने गरी पा“च सदस्यीय गृह सञ्चालन तथा समन्वय समितिसमेत बनाइएको छ ।

भारतद्वारा १२ सय सवारी सहयोग

काठमाडौं, माघ ११ - भारतले उपलब्ध गराएको १ हजार २ सय सवारीसाधन, १४ हजार सञ्चारसेट सरकारले प्राप्त गरेको छ । भारतीय दूतावासले यी सामग्रीको अन्तिम खेप शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । शान्ति प्रक्रिया र सरकारी प्रयोजनका लागि भारतले यी साधन उपलब्ध गराएको हो । दूतावासमा आयोजित समारोहमा भारतीय राजदूत शिवशंकर मुखर्जीले गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई सामग्री हस्तान्तरण गरे ।

मधेसका सशस्त्र-निःशस्त्र समूहबीच सहमति

जनकपुर, माघ ११ - मधेसमा आन्दोलनरत सशस्त्र र निःशस्त्र समूहबीच शुक्रबार अज्ञात स्थलमा भएको बैठकमा २३ बु“दे सहमति भएको छ । बैठकमा आमसभालाई सामूहिक प्रतिकार गर्ने सहमति भएको सहभागी मधेस रक्षा वाहिनीका जिल्ला अध्यक्ष मनोज मुक्तिले बताए । स्रोतका अनुसार अल्पकालीन र दर्ीघकालीन सहमतिमा मधेसीलाई अपहरण नगर्ने, चन्दा नमाग्ने, आन्दोलन संयुक्त रूपमा गर्ने प्रमुख छन् ।
बैठकमा फोरम, मधेस रक्षा वाहिनीलगायत सशस्त्र संर्घष्ारत ज्वाला समूह, संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा, मधेसी मुक्ति टार्इगर्सका प्रतिनिधि सहभागी थिए । बैठकले तर्राईमा प्रहरी परिचालनलाई अराजनीतिक र असंवैधानिक भनेको छ ।

बर्डफ्लु रोग महामारीको रुपमा फैलीयो

भद्रपुर, १२ माघ । नेपालको पुर्वी नाकासित जोडिएको भारतको पश्चिम बङ्गाल राज्यको विभिन्न क्षेत्रमा पंक्षीमा पाइएको बर्डफ्लु रोग महामारीको रुपमा फैलिएपछि सीमावर्ती क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ । खासगरी कुखुरा, हाँस, अन्डा र पंक्षी प्रवेश गर्न नदिन नेपाल सरकारले कडा सुरक्षाको व्यवस्था गरेको हो । यसैबीच झापा जिल्लामा कुनै प्रकारको बर्डफ्लुको सङ्केत नदेखिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

Friday, January 25, 2008

तराईमा बन्दका कारण जनजीवन प्रभावित

चुनावप्रतिको प्रतिबद्धता जाहेर गर्न संयुक्तसभाहरु गरिरहेको बेला तराइका विभिन्न संगठनहरुले चक्काजाम र हडताल आह्वान गरेका छन्।
मध्य र ‍पूर्वी तराईमा शुक्रबार विभिन्न संगठनहरुले गरेको चक्काजाम र बजार बन्दबाट जनजीवन नराम्ररी प्रभावित भएको थियो।
हाम्रा जनकपुरस्थित संवाददाता भन्छन्, बिहानदेखि नै पर्साभन्दा पूर्वतर्फ रहेका जिल्लाहरुमा सवारी साधन चलेका ‌थिएनन्। प्रमुख बजारहरु बन्द थिए।
बन्द समर्थक र सुरक्षाकर्मीबीच सप्तरी जिल्लाको राजविराजमा भएको झडपमा कम्तीमा छ जना घाइते भएको र १० जना भन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शनिवार जनकपुरमा आयोजना गरिन लागेको सात दलको संयुक्तसभालाई बिथोल्न बन्द र हडताल गरिएको आरोप आयोजकले लगाएका छन्।
यस्तो तनावका बीच सभालाई सफल बनाउन शुक्रबार जनकपुरमा मोटरसाइकल र्‍याली गरिएको थियो।
सुरक्षा व्यवस्था
मध्य क्षेत्रका प्रहरी नायव महानिरीक्षक किरण गौतमले सुरक्षा व्यवस्थालाई कडा तुल्याइएको बताए।
तर नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालासमेत उपस्थित राजविराजमा भएको एउटा कार्यक्रमस्थल नजिकै बम विष्फोट गराइएको थियो।
कार्यक्रममा गृहराज्यमन्त्री रामकुमार चौधरी पनि थिए।
मधेशमा आन्दोलनरत्त दलहरुलाई सरकारले वार्तामा आउन बारम्बार आव्हान गर्दै आएको छ।
तर हालसालै गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टीका साथै अन्य सशस्त्र र निशस्त्र दल एवं संगठनहरुले सरकारको त्यस्तो आग्रह अस्वीकार गर्दै आएका छन्।

मैना सुनुवारको बारेमा चलचित्र बन्ने

२५ जनवरी, ०८ । माओवादी जनयुद्धको क्रममा सेनाबाट मारिएकी मैना सुनुवारको बारेमा चलचित्र बन्ने भएको छ । निर्देशक/ निर्माता के.पी पाठकले सुनुवारको वियोगान्त कथामा आधारित चलचित्र निर्माण गर्ने भएका छन् । आज राजधानीमा एक पत्रकार सम्मलेनको आयोजना गरेर स्वर्गीय मैना सुनुवारको बारेमा चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् । सहित्यकार तथा लेखक नयनराज पाण्डेको लेखन, रामेश श्रेष्ठको संगीत तथा केपी पाठकको निर्माण/ निर्देशनमा निर्माण हुन लागेको उक्त चलचित्रको मुख्य पात्र मैनाको भूमिकामा ईमाडोल ललितपुरकी १८ बर्षिया अनिता केसीले अभिनय गर्ने भएकी छिन् । मैनाको रहनसहन, तस्वीर, रुप र व्यवहारबारे परिवारसंग सम्पर्क गरी अध्ययन गरेपश्चात् केसीलाई छनोट गरिएको हो । पाठकले बताएअनुसार चलचित्रका अन्य पात्र यथार्थमा आधारित रहनेछन् । उनले चलचित्रमा गैरव्यवसायिक कलाकारलाई मात्र लिईने र पात्रहरुको खोजी कार्य भईरहेको जानकारी गराए ।मैनाका बाबु पूर्ण सुनुवारले आफ्नी छोरीको हत्या गर्नेहरुलाई दण्ड दिन दबाब सृजना गर्न चलचित्रले योगदान दिने विश्वास गर्नुभयो । मैनाको जस्तो वियोग अरुले भोग्न नपरोस् भन्दै चलचित्र र निर्देशक केपी पाठकको अभियानको सफलताको कामना गर्नुभयो । संगीतकार रामेशले आफूहरुले 'बलिदान' पछि मैना सुनुवारको बारेमा यथार्थवादी चलचित्र निर्माण गर्न लागेको बताउदै हत्याका अपराधीहरुले जनआन्दोलन २ पछि पनि सजाय नपाएकामा असन्तुष्टि पोख्नुभयो । उहांले पीडितले कुनै राहत नपाएको उल्लेख गर्दै नेपालमा लोकतन्त्र नै नआएको बताउनुभयो । कार्यक्रममा संचारकर्मी रमण घिमीरेले 'मैना' चलचित्रको सफलताको कामना गर्दै यस्तो सत्य घटनामा चलचित्र निर्माण गर्नु नेपाली चलचित्र क्षेत्रका लागि गर्वको बिषय हो भन्नु भयो । 'मैना' चलचित्रको आगामी फागुन महिनाबाट छायाङ्कन शुरु हुदैछ

माओवादीले ४० प्रतिशत महिला उठाउने

२५ जनवरी, ०८ । नेकपा माओवादीले संविधानसभाको चुनावमा चालिस प्रतिशत महिला उम्मेदवार खडा गर्ने वताएको छ । पार्टीको भातृसंगठन अनेमसंघ क्रान्तिकारीको आज राजधानीमा आयोजित भेलालाई संवोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले प्रत्यक्ष्यवाट चालिस प्रतिशत र समानुपातिकमा ५१ प्रतिशत महिला उम्मेदवार उठाइने जानकारी गराउनुभएको हो । यसअघि आजै विहान सम्पन्न जनवर्गीय संगठनहरुको प्रशिक्षण तथा भेलामा अध्यक्ष प्रचण्डले जनतावीच लोकप्रियय उम्मेदवारलाई सिफारिस गर्न आग्रह गर्नुभएको थियो ।

आवश्यक परेको खण्डमा सेना परिचालन हुने

नेपाली कांग्रेसका नेता शुसील कोइरालाले निर्वाचनमा आवश्यक परेको खण्डमा मधेसमा नेपाली सेना परिचालन हुनसक्ने बताउनुभएको छ । लाहानमा प्रेस युनियनले आज विहान आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले उक्त कुरा बताउनुभएको हो । सम्मेलनमा कोइरालाले देश बिखण्डल बाहेक तराईको हरेक माग सरकारले पुरा गर्ने भन्दै तराईका सशस्त्र समुहहरुलाई वार्तामा आउन पनि आग्रह गर्नुभयो । साथै कोइरालाले अहिले पनि तराइमा सुरक्षाको स्थिति आफूले नाजूक पाएकोले तराइको जनतालाई भरपर्दो सुरक्षा दिन आग्रह गर्दै सशस्त्र समूहहरु हतियार त्यागेर वार्तामा आए उनीहरुलाई पूर्ण सुरक्षा दिएर वार्ता सम्पन्न गरी संविधानसभाको चुनाव गराउने समेत बताउनुभयो । त्यसैगरी, कांग्रेसका महामन्त्री रामबरण यादवले अहिले तराइमा व्यापक रुपमा आत्मनिर्णयको अधिकार माग भइरहेकोले आत्म निर्णयको अधिकार सरकारले कहिल्यै पनि नदिने दाबी गर्नु भयो । उहाँको भनाइ थियो- आत्म निर्णयको अधिकार दिएपछि देश बिखण्डन हुने समेत यादवले बताउनु भयो । सोही कार्यक्रममा गृहराज्यमन्त्री रामकुमार चौधरीले सिराहा र सप्तरीका पत्रकारहरुले भयानक समाचारहरु लेखेर देशमा अहिले आतंक मच्चाइरहेको आरोप लगाउनु भएको छ । शुक्रबार सिराहाको लाहानमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । चौधरीले आफू गृह नगर सप्तरीको राजविराज आएको बेला कुनै प्रकारको बिस्फोट नभएको भन्दै पत्रकारहरुले आफू माथि पूर्वाग्रही तरिकाले समाचार लेखी आतंक मच्चाएको बताउनु भयो । मन्त्रीको यो भनाईप्रति पत्रकारहरुले असहमति जनाएपछि मन्त्री र पत्रकारहरुबीच भनाभन समेत भएको थियो ।

५ वर्षा वाणिज्य बैंकको नाफा ५ अर्ब

काठमाडौं, माघ १० - विदेशी विज्ञ समूहले व्यवस्थापन सम्हालेको ५ वर्षा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलेे ५ अर्ब ६९ करोड रुपैया“ खुद मुनाफा आर्जर्न गरेको छ ।
बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले नाफा र प्रगतिको यो क्रमलार्इर्र्निरन्तरता दि“दै यो आर्थिक वर्ष१ अर्ब ७० करोड खुद नाफा गर्ने लक्ष्य लिएको बताए । बैंकको ४३ औं वाषिर्क साधारणसभामा उनले यो आर्थिक वर्षो पहिलो तीन महिनामा १६ करोड मुनाफा गरेको उनले बताए ।
सरकारी हस्तक्षेप र अव्यवस्थाका कारण निष्कृय कर्जा उच्च रूपमा बढेको र राजनीतिक प्रभावमा कर्जा असुलीसमेेत गर्न बैंक असफल भएपछि ५ वर्षघि सरकारले यो बैंकको व्यवस्थपन विदेशीको जिम्मा दिएको थियो । विश्व बैंकलगायत दातृ संस्थाको सहयोगमा सञ्चालित वित्तीय क्ष्ँेत्र सुधार कार्यक्रम अर्न्तर्गत वाणिज्य बैंक र अर्ध सरकारी स्वामित्वको अर्को ठूलो नेपाल बैंकको व्यवस्थापन पनि विदेशीलाई दिइएको थियो ।
बैंकको भाखा नाघेको कर्जा विगतको ७२ प्रतिशतबाट अहिले २८ प्रतिशतमा झार्न सफल भएको दाबी पनि आचार्यले गरे ।
कार्यक्रममा राष्ट्र बैंकका कामु गभर्नर कृष्णबहादुर मानन्धरले नया“ वाणिज्य बैंकहरूले अर्ध सहरी क्षेत्रमा प्रवेश गरिरहेको अवस्थामा वाणिज्य बैंकले आफ्नो सेवा ग्रामीणलगायत अन्य क्ष्ँेत्रमा कायम गर्न सुझाव दिए ।
बैंकका अध्यक्ष भोला चालिसेले बैंकका व्यावसायिक लागत बढिरहेको बताउ“दै यसबाट प्रतिस्पर्धी क्ष्ँमतामा ह्रास आइसहेको बताए ।
कार्यक्रममा बैंकका कर्मचारी युनियनका प्रतिनिधिहरूले ऋण स्थानान्तरण गर्न अनुमति दिनुपर्ने बताए । अन्य बैंकमा ऋण स्थानान्तरण गर्न नपाउ“दा बैंकको कुसलता बढ्न नसकेको बताएका थिए ।
तर मानन्धरले भने केन्द्रीय बैंकका र्सतहरू पूरा नगरेसम्म यस्तो सुविधा दिन नमिल्ने बताए ।

स्ववियु चुनाव फागुन १६

काठमाडौं, माघ १० - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव फागुन १६ गते गर्ने निर्ण्र्ाागरेको छ । त्यसनिम्ति शिक्षाध्यक्ष प्रा. र्सर्ूयलाल अमात्यको संयोजकत्वमा निर्वाचन संयोजन समिति
गठन गरेको छ ।
'फागुन १६ गते स्ववियु चुनाव गर्ने घोषणा भएको छ,' उपकुलपति प्रा.डा. माधव शर्माले भने- 'त्यसैअनुसार सबै क्याम्पसमा परिपत्र गरिनेछ ।'
विद्यार्थी हक, हितका निम्ति हरेक दर्ुइ वर्षा क्याम्पसमा अध्ययनरत विद्यार्थी संगठनबीच स्ववियु चुनाव हु“दै आएको छ ।

Thursday, January 24, 2008

अज्ञात समूहद्वारा दर्ुइको हत्या

मुगु, माघ ९ - अज्ञात समूहले जिल्लाको कोटडा“डा गाविसमा दर्ुइजनाको हत्या गरेको छ । कोटडा“डा-८ निवासी ४० वषर्ीय सुरेन्द्रकुमार विक र सोही गाविस-९ निवासी ८२ वषर्ीय हिरासिंह कार्कीको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार राति ८ बजे विक र कार्की घर र्फकंदै गर्दा अज्ञात समूहले टाउको र घा“टीमा गोली प्रहार गरी हत्या गरेको हो । विक कर्मचारी संगठनका अध्यक्ष र कार्की महादेव मस्टा चतर्ुर्देव क्यम्पस व्यवस्थापन सदस्य हुन् । प्रमुख जिल्ला अधिकारी रामप्रसाद उपँध्यायले हत्याको खबर आएपछि २९ जना सुरक्षाकर्मी पठाएको बताएका छन् ।
यसैगरी सिरहाको विष्णुपुर-४ का तीन युवाको शव चिकना-३ स्थित कमला नदी किनारमा गाडिएको अवस्थामा गाउ“लेले मंगलबार फेला पारेका छन् ।
शवहरू विष्णुपुर-४, डरौलाका १९ वषर्ीय रामएकवाल यादव, १८ वषर्ीय नेमकुमार ठाकुर र २१ वषर्ीय सत्यनारायण यादवको भएको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धारिलो हतियारले उनीहरूको हत्या भएको हो । उनीहरूलाई शनिबार राति १०-१२ जनाको हतियारधारी समूहले नियन्त्रणमा लिएको
गाउ“लेले बताए ।

बस दर्ुघटनामा तीनको मृत्यु, ३२ घाइते

तनहु“, माघ ९ - सिसाघाटबाट दमौली आउ“दै गरेको ना२ख ५८८५ नम्बरको बस बुधबार बिहान श्याम्घा-६, बडगाउ“मा दर्ुघटनाग्रस्त हु“दा तीन यात्रुको मृत्यु भएकोेे छ । दर्ुघटनामा ३२ यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा श्याम्घाका नवराज नागिला, ८ वषर्ीय बालिका कविता गुरुङ र चालक गोपाल र्राई रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २२ जनाकोेे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा र ६ जनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पोखरा लगिएकामध्ये तीनको स्थिति गम्भीर छ ।
सा“घुरो सडकमा चालकले नियन्त्रण लिन नसक्दा दर्ुघटना भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार बसमा करिब ५० यात्रु थिए । बस सडकबाट करिब सय मिटर तल खसेको थियो ।
तीनको अवस्था चिन्ताजनक
पोखरा सम्वाददाताका अनुसार उपचार्रार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएका २२ जनामा तीनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
अधिकांशको टाउकामा चोट लाग्नुका साथै हातखुट्टा भा“चिएका छन् ।
पोखरामा उपचार गराइरहेका घाइतेमध्ये १६ जना स्याम्घाका छन् । स्याम्घाका ३५ वषर्ीय तिलबहादुर भन्ने ठागु गुरुङ, वडा नं ४ का ५५ वषर्ीय यमबहादुर थापा र व्यास नगरपालिका ४ का ६८ वषर्ीय वमबहादुर भण्डारीको अवस्था चिन्ताजनक छ । तिलबहादुर र वमबहादुरको आकस्मिक शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ ।
पोखरा ल्याइएका अन्य घाइतेमा स्याम्घाका २४ वषर्ीय पवन
दवाडी, ५२ वषर्ीय चुडामणि नागिला, २४ वषर्ीय रुपेश नागिला, ५० वषर्ीय उमानाथ नागिला, ४० वषर्ीया मनमाया गिरी, ३० वषर्ीया सुवी श्रेष्ठ र ७० वषर्ीया मानकुमारी श्रेष्ठ छन् ।
यसैगरी स्याम्घाकै ३७ वषर्ीय टुकबहादुर दुरा, २५ वषर्ीया विन्दु नागिला, ४६ वषर्ीय पदमबहादुर दुरा, ३३ वषर्ीय अमृत दुरा, १८ वषर्ीय सागर दुरा, ३१ वषर्ीया अन्जना पन्त, १० वषर्ीय सञ्जीव पन्तको उक्त अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी व्यास नगरपालिकाकी २७ वषर्ीया चुना पन्त, १९ वषर्ीया

गाडिएको अबस्थामा तीन शब भेटिए

२४ जनवरी, ०८ । सिराहाको कमला नदी किनारमा गाडिएको अवस्थामा तीनवटा मृत शरिर फेला परेका छन् । चिकना गाबिस अन्तर्गतको निर्दना टोलस्थित कमला नदीको किनारमा गाडिएको अबस्थामा स्थानीयबासीहरुले मंगलबार साँझ फेला पारेका हुन् ।ती शव बिष्णपुर प्र.रा.४ डडौल बस्ने रामनारायण यादबको १८ बर्षीय छोरा गुगली भनिने सत्यनारायण यादब, सोही स्थान बस्ने १८ बर्षीय नेमकुमार भनिने प्रेमचन्द्र ठाकुर र १९ बर्षीय रामएकबाल यादबको रहेको स्थानीयबासीको भनाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।मृत अबस्थामा फेला परेका तीनै जनालाई अज्ञात समुहले माघ ६ गते राति चिकना गाबिसस्थित निर्दना टोलबाट अपहरण गरि हत्या गरेको हुनसक्ने अनुमान स्थानीयबासीले गरेका छन् । पोष्टमार्टमका लागी तीनै शवलाइ मंगलबार राति नै सिराहास्थित अस्पतालमा लगिएको छ

वाईसिएल आन्दोलनको फोहोर फाल्न व्यस्त

२४ जनवरि,०८ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय पश्चात देशव्यापी बिरोधकाक्रम सरकारले मुल्य वृद्धि फिर्ता लिए पछि आन्दोलन फिर्ता भएको छ । आज राजधानीको स्थिति सामन्य भएको छ भने शहरमा यातायात व्यबस्थापन गर्न र चारैतिर फैलिएको आन्दोलनको फोहर हटाउन वाईसिएलले आज राजधानीव्यापी अभियान थालेको समाचार छ । जनजीवन सामान्य बनेपछि रागधानी बाहिरिने यातायात र भ्यालीभित्रको ट्राफिक व्यस्थापनका लागि राजधानीका मूल चोकहरुमा वाईसिएल सदस्यहरु विहानैदेखि जुटेका छन । साथै शहरभित्र थुप्रिएको आन्दोलनको फोहर टायर तथा रुखहरु र ईटाढुङ्गाहरु हटाउन उनीहरु बिहानैदेखि जुटेका छन ।

चुनाबका लागि बिशेष सुरक्षा रणनीति सार्बजनिक

२४ जनवरी, ०८ । सरकारले संविधान सभाको चुनाबको लागि बिशेष सुरक्षा रणनीति लागु गर्ने भएको छ । तीन चरणमा बिभाजन गरिएको सुरक्षा रणनीति माघ १५ देखि लागुहुने सरकारले जानकारी दिएको छ । आज ब्यवस्थापिका संसदको संविधान सभा निर्वाचन ब्यवस्थापन तथा अनुगमन विशेष समितिको बैठकमा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले माघ १५ गतेदेखि फागुन ७ गतेसम्म पहिलो चरणको, फागुन ८ गतेदेखि चैत्र २७ गतेसम्म दोश्रो चरणको र निर्वाचन सम्पन्न भएदेखि विजयरयालीसम्मलाई गरि तीन चरणको सुरक्षा रणनीति अपनाईएको जानकारी दिनुभयो ।सो क्रममा २२ हजार सशस्त्र सहित ६२ हजार प्रहरी, ६९ हजार ७ सय म्यादी प्रहरी परिचालन हुने जानकारी दिदै जिल्ला जिल्लामा ५० जना सुरक्षाकर्मीको विशेष टोली परिचालन गरिने पनि सिटौलाले जानकारी दिनुभयो ।

Tuesday, January 22, 2008

मलेसियामा एक नेपालीको मृत्यु

२२ जनवरी, ०८ । बैदेशिक रोजगारीका लागि मलेसिया गएका झापा कुमरखोदका एक युवकको मृत्यु भएको छ ।एकबर्षअघि मलेसिया गएका कुमरखोदका २६ बर्षिय कुमार खनालको मृत्यु भएको उनका आफन्तजनले जानकारी दिएका छन् । हिटर बालेर सुतेका खनाल ४ दिनअघि मृत फेला परेका थिए ।

माओबादी नेताहरुद्वार गाडी प्रयोग नगर्ने घोषणा

२२ जनवरी, ०८ । राजधानीमा जारी माओबादीको भेलामा देशभरवाट भेला भएका कार्यकर्ताले पार्टी नेतृत्व सुविधाभोगी भएको भनेर आलोचना गरेपछि प्रचण्डले त्यसलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।अब अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराइ र बादल वाहेकका पार्टी नेतालाई पार्टीले आबश्यक ठानेमात्र गाडी सेवा उपलब्ध गराउने निर्णय भएको वताईएको छ । तर यो नियम मन्त्रीहरुबाहेकका नेताहरुलाई लागु हुने बताईएको छ । भेलामा सहभागी एक नेताकाअनुसार गाडिनै नचढ्ने भन्दा पनि उपयोग कम गर्ने निर्णय भएको बताउनु भयो । उहाँले गाडि क-कसलाई उपलब्ध गराउने भन्ने बारेमा समिति बनाईने र त्यही समितिको निर्णयअनुसार आफुहरु चल्ने बताउनु भयो । जारी राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा निर्देशन दिदै प्रचण्डले संविधान सभा निर्वाचनमा आवश्यक्ताअनुसार बामपंथी दलहरु र कांग्रेससंग पनि तालमेल हुनसक्ने वताउनुभयो । बैठक आजै सकिने बताईएको छ ।

प्रहरी चौकीमा आक्रमण

गएराति खोटाङ जिल्लाका तीन प्रहरी चौकी लुट्ने समूहको अझै पहिचान भइनसकेको प्रहरीले बताएको छ । खोटाङ जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक शम्भु बरालका अनुसार, प्रहरी चौकि लुटिएका हुक्नाचौर, चिसापानी र देविथानमा घटनाको अनुसन्धानका लागि जनपद र सशस्त्र प्रहरी पुगेका छन् । सप्तरीको बरमझियामा रहेको सशस्त्र प्रहरी क्याम्पबाट दिउँसो हेलिकप्टरबाट सशस्त्र प्रहरीलाई घटनास्थलहरुमा झारिएको छ । घटनास्थलहरुको नजिकका जिल्लाहरु भोजपुर र उदयपुरमा पनि नाकाबन्दीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ । खोटाङको दक्षिणी भेकको हुक्नाचौरमा ७ गते बेलुका ६ बजे नै प्रहरी चौकी लुटिएको थियो । प्रहरीका अनुसार, पहिले दुई जना मानिस गाउँमा झगडा भएको रिपोर्ट लेखाउन आएका थिए । उनीहरुसँग कुरा हुँदैगर्दा २५ जना जति हतियारधारी मानिसहरुले एक्कासी सेन्ट्री र अरु प्रहरीलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि उनीहरुले सबै प्रहरीलाई बाँधेर त्यहाँ रहेको ३ थ्रि नट थ्रि राइफल, एउटा पेस्तोल र गोलीहरु लुटेर हिडेका थिए । प्रहरी निरिक्षक बरालका अनुसार, त्यहाँ आक्रमण गर्न आउने समूहसँग कटुवा पेस्तोल तथा सामान्य हतियार मात्र थिए । राती साँढे एक बजे चिसापानी चौकीमा आक्रमणकारीले एसएमजी र एलएमजीबाट फायर खोलेको प्रहरी निरिक्षक बराल बताउछन् । उनका अनुसार, दुवैतर्फबाट पौने एक घण्टा जति गोली हानाहान भएको थियो । त्यसपछि अर्सइको नेतृत्वमा रहेको प्रहरी शक्ति पराजित भएको थियो र हतियारधारीहरुले ४ थ्रि नट थ्रि राइफल र त्यसका गोली लुटेर लगेका थिए । त्यो आक्रमणमा ५० भन्दा धेरै हतियारधारी संलग्न रहेको प्रहरी बताउछ । देविथानमा रहेको प्रहरी चौकीमा बिहान पाँच बजे आक्रमण भएको थियो । त्यहाँ प्रहरीसँग हतियार नभएकाले हतियारधारीहरुले प्रहरीलाई बाँधेर कुटपिट गरी हिडेका थिए ।

श्यामसुन्दर गुप्ताले एक अरब २६ करोड भ्रष्टाचार

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताले साल्ट ट्रेडिङ कर्पोरेसनभित्र एक अरब २६ करोडको भ्रष्टाचार भएको खुलासा गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी अञ्चल शाखाद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहांले कर्पोरेसन संचालन समितिका वर्तमान अध्यक्षदेखि पूर्वमहाप्रबन्धक समेतको मिलेमतोमा भ्रष्टाचार भएकाले छिट्टै कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो । भारतबाट नुन आयात गर्दा ढुवानीबापत प्रतिकेजी चार रुपैयां लाग्नेमा ११ रुपैयां देखाई भ्रष्टाचार भएको उहांको खुलासा थियो । चिनी आयातका क्रममा डेढ करोड भ्रष्टाचार भएको प्रमाण पाइएको बताउनुभयो । भ्रष्टाचारमा संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरका अलावा राजेन्द्रमान शेरचन प्रत्यक्ष संलग्न भएको उहांको भनाइ थियो। मन्त्री गुप्ताले भ्रष्टाचारको खुलासा हुने भएकाले आफूविरुद्ध साल्ट टेड्रिङ कर्पोरेसनका उच्च अधिकारीहरुले रकम खर्च गराएको आरोप लगाउनुभयो । उहांले भन्नुभयो,'साल्ट टे्रडिङका पूर्व महाप्रवन्धक चन्द्रशेखर सिंहमार्फत आनन्दीदेवी सिंहका भाइ सुरेन्द्रकुमार सिंहलाई ४० लाख पठाइएको प्रमाण भेटेको छु ।' सुरेन्द्रकुमार सिंहले रकम पाएपछि आनन्दीदेवी सिंहलाई आफूविरुद्ध उक्साएको आरोप लगाउनुभयो। नेपाल सदभावना पार्टी आनन्दीदेवीका बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा भएकाले आफू वरिष्ठ उपाध्यक्षका रुपमा कायम रहने बताउनुभयो। पार्टीको बहुमत सदस्यको निर्णयबमोजिम आफू सात दलको बैठकमा शीर्ष नेताका रुपमा सहभागी भएको बताउनुभयो। पार्टीको बहुमत सदस्यले नहट भनेसम्म आफू मन्त्री पदबाट पनि नहट्ने स्पष्ट पार्नुभयो। डिजेल, मट्टीतेल र एलपी ग्यासको मूल्यवृद्धि बाध्यतात्मक भएको बताउनुभयो। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले आयल निगम मासिक ६० करोड घाटा बेहोर्न बाध्य भएपछि मूल्यवृद्धि गरिएको बताउनुभयो। मूल्यवृद्धिपछि पनि मासिक २३ करोड घाटा कायमै रहेको जानकारी गराउनुभयो। इन्डियन आयल कर्पोरेसनलाई तिर्न बांकीमध्ये एक अरब रुपैयां हिजो पठाइएको खुलासा गर्नुभयो। बांकी रकम बिस्तारै तिरिने गरी नीति बनाइएको बताउनुभयो। अन्तर्राष्ट्रिय बजारमा एक महिनापछि मूल्य घट्ने जानकारी पाएको बताउदै एक महिनापछि मूल्य घट्नसक्ने जानकारी दिनुभयो। मूल्यवृद्धिले आम जनतामा मार परेकाले आफू दुखी भएको बताउदै त्यसको विरोध नगर्न आग्रह गर्नुभयो। सरकार चैतमा संविधानसभा निर्वाचन सफलताका साथ सम्पन्न गर्न दृढ रहेकाले चुनाव हुने बताउनुभयो। मधेसका आन्दोलनरत सबै पक्षलाई वार्तामार्फत् चुनावमा सहभागी हुन आग्रह गरिने बताउनुभयो। आफूले जनतान्त्रिक तराई मुक्तिमोर्चा गोइत पक्षका अध्यक्ष जयकृष्ण गोइतसंग हालै टेलिफोनमा कुराकानी गरेको खुलासा गर्नुभयो।

तीन प्रहरी चौकी लुटिए

खोटाङमा हतियारधारी समूहले तीन प्रहरी चौकी लुटेको छ तथा लुटेराहरुको अझै पहिचान हुन सकेको छैन। 
माघ ७ गते राती र ८ गते बिहान खोटाङ जिल्लाका तीन प्रहरी चौकी लुट्ने समूहको अझै पहिचान भइनसकेको प्रहरीले बताएको छ । खोटाङ जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक शम्भु बरालका अनुसार, प्रहरी चौकि लुटिएका हुक्नाचौर, चिसापानी र देविथानमा घटनाको अनुसन्धानका लागि जनपद र सशस्त्र प्रहरी पुगेका छन् । सप्तरीको बरमझियामा रहेको सशस्त्र प्रहरी क्याम्पबाट दिउँसो हेलिकप्टरबाट सशस्त्र प्रहरीलाई घटनास्थलहरुमा झारिएको छ । घटनास्थलहरुको नजिकका जिल्लाहरु भोजपुर र उदयपुरमा पनि नाकाबन्दीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ ।
खोटाङको दक्षिणी भेकको हुक्नाचौरमा ७ गते बेलुका ६ बजे नै प्रहरी चौकी लुटिएको थियो । प्रहरीका अनुसार, पहिले दुई जना मानिस गाउँमा झगडा भएको रिपोर्ट लेखाउन आएका थिए । उनीहरुसँग कुरा हुँदैगर्दा २५ जना जति हतियारधारी मानिसहरुले एक्कासी सेन्ट्री र अरु प्रहरीलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि उनीहरुले सबै प्रहरीलाई बाँधेर त्यहाँ रहेको ३ थ्रि नट थ्रि राइफल, एउटा पेस्तोल र गोलीहरु लुटेर हिडेका थिए । प्रहरी निरिक्षक बरालका अनुसार, त्यहाँ आक्रमण गर्न आउने समूहसँग कटुवा पेस्तोल तथा सामान्य हतियार मात्र थिए ।
राती साँढे एक बजे चिसापानी चौकीमा आक्रमणकारीले एसएमजी र एलएमजीबाट फायर खोलेको प्रहरी निरिक्षक बराल बताउछन् । उनका अनुसार, दुवैतर्फबाट पौने एक घण्टा जति गोली हानाहान भएको थियो । त्यसपछि अर्सइको नेतृत्वमा रहेको प्रहरी शक्ति पराजित भएको थियो र हतियारधारीहरुले ४ थ्रि नट थ्रि राइफल र त्यसका गोली लुटेर लगेका थिए । त्यो आक्रमणमा ५० भन्दा धेरै हतियारधारी संलग्न रहेको प्रहरी बताउछ ।
देविथानमा रहेको प्रहरी चौकीमा बिहान पाँच बजे आक्रमण भएको थियो । त्यहाँ प्रहरीसँग हतियार नभएकाले हतियारधारीहरुले प्रहरीलाई बाँधेर कुटपिट गरी हिडेका थिए ।
आक्रमणमा संलग्न समूहको स्पष्ट पहिचान नभइसके पनि उनीहरु मंगोल अनुहारका भएको प्रहरीको भनाइ छ । स्थानीय बासिन्दाहरु भने आक्रमणकारीहरु 'किरात जनशक्ति पार्टीका कार्यकर्ता भएको बताउँछन् । किराँत जनशक्ति पार्टी किराँत वर्कस पार्टीबाट फुटेको संगठन हो । गोपाल खम्बुले आफ्नो नेतृत्वमा रहेको किराँत वर्कस पार्टीलाई माओवादीमा मिलाएपछि असन्तुष्टहरुले किराँत जनशक्ति पार्टी गठन गरेको जानकारहरु बताउछन् । गोपाल अहिले माओवादीको केन्द्रीय सदस्य छन् ।
प्रहरीका अनुसार, हुक्नाचौर चौकीमा आक्रमण गर्नेहरुले 'हामीलाई तिमिहरुले भोली चिन्छौ, संविधानसभा चुनाव कुनै हालतमा हुन दिन्नौ भनेका थिए ।'

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, विरोधमा विहानैदेखि प्रदर्शन

नेपाल आयल निगमले मंगलबारबाट लागु हुने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्इ बढेको भन्दै निगमले पुनः डिजेल, मट्टीतेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको हो । मूल्यवृद्धिपछि मट्टीतेलको बजार मूल्य प्रतिलिटर ६१ रुपैयाँ, डिजेलको प्रतिलिटर ६१ रुपैयाँ ३९ पैसा र खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर १२ सय ५० रुपैयाँ पुगेको छ।यसअघि डिजेलको प्रतिलिटर ५६ रुपैयाँ २५ पैसा, मट्टीतेलको प्रतिलिटर ५१ रुपैयाँ २० पैसा र एलपी ग्यासको प्रतिसिलिण्डर एक हजार एक सय रुपैयाँ कायम थियो ।मूल्यवृद्धिपछि काठमाडौ उपत्यका बाहिर मट्टीतेल र डिजेलको बजार मूल्य न्युनतम ६० देखि अधिकतम ६२ रुपैयाँ ५० पैसासम्म पर्ने बताइएको छ।यता सरकारले तेलको भाउ वढाएको विरोधमा विद्यार्थीहरुले आज विहानैदेखि राजधानीमा प्रदर्शन गरिरहेका छन् । चुनावको मुखैमा आएर सरकारले हिजो डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासमा मुल्यवृद्धि गरेपछि विद्यार्थीहरु सडकमा ओर्लीएका हुन् । विद्यार्थीहरुको समुहले प्रदर्शनीमार्ग, ठमेल, चावहिल लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले आज देशभर विरोध प्रदर्शन गर्ने जनाएका छन् । विरोध प्रदर्शनका कारण यातायात ब्यवस्था केही प्रभावित भएको छ ।

Monday, January 21, 2008

फाप्लु बजारमा आगलागीबाट पाँच घर नष्ट, एक बालकको मृत्यु

मोरङ, पुस ६ गते । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीस्थित फाप्लु बजारमा शनिबार राति आगलागी हुँदा एक तीन वषीर्य बालकको मृत्यु हुनुका साथै एक सरकारी कार्यालयसहित पाँचवटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परी स्थानीय निङ्गमा शर्ेपाका तीन वषीर्य छोरा तेन्जिङ शेर्पाको मृत्यु भएको र आगलागीबाट चार करोड रुपियाँ मूल्य बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थानीय कर्म लामाको घरको चुल्होबाट सुरु भएको उक्त आगलागीबाट नजिकैको जिल्ला स्वास्थ्य कार्यालय रहेको नुरु शेर्पाको घर जलेर पूरै नष्ट हुँदा उक्त कार्यालयमा रहेको भौतिक सामग्री र औषधिसमेत नष्ट भई डेढ करोड रुपियाँ बराबरको क्षति भएको जनाइएको छ । आगलागीबाट स्थानीय कर्म लामा, निङ्गमा शेर्पाको घर पनि जलेर पूरै नष्ट भएको छ भने जिल्ला वन कार्यालय र नेपाल वायुसेवा निगमको कार्यालयमा पनि क्षति पुगेको छ । राति ११ बजे सुरु भएको उक्त आगलागी प्रहरी, सेना र स्थानीयवासीको सक्रियतामा राति साढे एक बजे नियन्त्रणमा आएको जनाइएको छ । यसैगरी, सशस्त्र प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार धनुषा जिल्लाको ढल्केबर-५ स्थित ढल्केबर चोकमा शनिबार राति आगलागी हुँदा मखन साहको पसलमा क्षति पुगेको छ । सो आगलागीबाट करिब दर्ुइ लाख मूल्य बराबरको क्षति भएको छ ।

सप्तरीमा आज बम विष्फोट, घटनाको जिम्मेवारी मधेशी टाईगरले लियो

सप्तरीको राज विराजमा गृहराज्य मन्त्री रामकुमार चौधरीले कार्यकर्तालाई संवोधन गर्ने भनिएको कार्यक्रम स्थलमा आज अपराहान्न बम विष्फोट भएको छ ।
कार्यक्रम शुरु हुन लाग्दा अपराहान्न ३: ३० वजे विष्फोट भएपछि सहभागीहरुमा निकै त्रास छाएको थियो ।
कार्यक्रमस्थलमा प्रवेश गर्ने लागेका गृहराज्य मन्त्रि त्यहा नपुगी सोझै घर तर्फ लाग्नु भएको छ । सोही समयमा नगरपालीका, मिनीवजार र हटियामा पनी श्रीङ्खलाबद्व विष्फोट गराईएको छ ।
विष्फोटमा भएको क्षतीको विवरण प्राप्तहुन सकेको छैन । कडा सुरक्षा व्यवस्था वावजुत जिल्ला प्रहरी कार्यलय सगै जोडिएको कार्यक्रम स्थलमा ग्रिनेट बम प्रहार गरेको छ । राज्य मन्त्रि नियुक्त भएपछि चौधरी पहिलो पटक गृहजिल्ला पुग्नु भएको हो । विष्फोटको मधेशी टाईगरले जिम्मा लिएको छ ।

माओवादी करको विरोध

धनकुटा, माघ ६ - माओवादीले मालबाहक सवारीमा जबर्जस्ती कर उठाएको भन्दै उद्योग वाणिज्य संघले आइतबार विरोध जनाएको छ ।
माओवादीले कोसी राजमार्गको मालबासेमा मालबाहक सवारी रोकेर जबर्जस्ती महिनौंअघिदेखि कर उठाउ“दै आएको संघले जनाएको छ । त्यसरी कर असुल गरी आफूहरूलाई हैरान पारेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न पनि आग्रह गरिएको छ ।
संघले आइतबार विज्ञप्ति जारी गर्दै माओवादीद्वारा ना३ख ३८०१ नं.को मालबाहक ट्रक रोकी लाखौं मूल्यको सामग्री जबर्जस्ती जफथ गरिएको उल्लेख गरेको छ ।
संघका जिल्ला अध्यक्ष लालचन्द गोङ्वँद्वँरँ हस्ताक्षरित विज्ञप्तिमा माओवादीले शान्ति सम्झौताविपरीत र आसन्न संविधानसभा निर्वाचनमाथि असर पर्ने कार्य गरेकाले तत्काल त्यस्ता कार्य बन्द गर्न अपिल गरिएको छ । कर उठाउने कार्य बन्द गर्न र व्यापारीमाथिको धम्की तत्काल बन्द नगरे आफूहरूले त्यसविरुद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने विज्ञप्तिमार्फ चेतावनी दिइएको छ ।

माओवादी करको विरोध

धनकुटा, माघ ६ - माओवादीले मालबाहक सवारीमा जबर्जस्ती कर उठाएको भन्दै उद्योग वाणिज्य संघले आइतबार विरोध जनाएको छ ।
माओवादीले कोसी राजमार्गको मालबासेमा मालबाहक सवारी रोकेर जबर्जस्ती महिनौंअघिदेखि कर उठाउ“दै आएको संघले जनाएको छ । त्यसरी कर असुल गरी आफूहरूलाई हैरान पारेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न पनि आग्रह गरिएको छ ।
संघले आइतबार विज्ञप्ति जारी गर्दै माओवादीद्वारा ना३ख ३८०१ नं.को मालबाहक ट्रक रोकी लाखौं मूल्यको सामग्री जबर्जस्ती जफथ गरिएको उल्लेख गरेको छ ।
संघका जिल्ला अध्यक्ष लालचन्द गोङ्वँद्वँरँ हस्ताक्षरित विज्ञप्तिमा माओवादीले शान्ति सम्झौताविपरीत र आसन्न संविधानसभा निर्वाचनमाथि असर पर्ने कार्य गरेकाले तत्काल त्यस्ता कार्य बन्द गर्न अपिल गरिएको छ । कर उठाउने कार्य बन्द गर्न र व्यापारीमाथिको धम्की तत्काल बन्द नगरे आफूहरूले त्यसविरुद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने विज्ञप्तिमार्फ चेतावनी दिइएको छ ।

४५ लाख बरामद

काठमाडौं, माघ ६ - गोंगबुबाट शनिबार घरैबाट हराएको ४५ लाख रुपैया“ प्रहरीले बरामद गरेको छ ।
गोंगबुका जगन्नाथ श्रेष्ठको घरबाट रकम हराएको थियो । प्रहरीले श्रेष्ठकै नातिहरूबाट रकम बरामद गरेको हो ।
श्रेष्ठले आफन्तले रकम चोरी गरेको आशंकासहित परिवारका सदस्यबीच खोजतलास गर्दा नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै अपराध अनुसन्धान महाशाखा र सोह्रखुट्टे प्रहरीले संयुक्त रूपमा घटनास्थलको अनुसन्धान गरी शंकास्पद आफन्तलाई नियन्त्रणमा लिई सोधपुछ गरेपछि रकम गोंगबुस्थित धौलागिरि होटलबाट बरामद
भएको हो ।
अनुसन्धानमा संलग्न डिएसपी विष्णु केसीका अनुसार हराएको
रकम पीडितकै नातिद्वय बीपीन श्रेष्ठ र पिटर श्रेष्ठले चोरी गरेको
खुलेको छ ।
परिवारका सबै सदस्य भोज खान गएको मौका पारी उनीहरूले मूल ढोका र दराज फोर्दै रकम चोरेका थिए । ४५ लाख रुपैया“स“गै चोरी गरेर लगेका पुराना सिक्कासमेत प्रहरीले बरामद गरेको हो । दर्ुर्व्यसनीको लतमा फसेका दुवैलाई प्रहरीले हिरासतमा लिएको छ ।

तीन वर्षेखि बमका र्छरा शरीरभित्रै

जामुने -तनहु, माघ ६ - उनी अझै राम्ररी हि“डडुल गर्न सक्दिनन् । घाउ सधै“ दुखिरहने बताउने यी बालिकालाई बस्नसमेत गाह्रो पर्छ । 'उपचार गर्न पाए हुन्थ्यो,' उनी दुःखेसो पोख्छिन्- 'तर गरिब छौं ।'
यो पीडा हो पौने तीन वर्षघिको विस्फोटमा परेकी एक बालिकाको । जुन घटनामा उनीलगायत ७ जना घाइते भएका थिए । एकको मृत्यु भएको थियो ।
'शरीरभरि र्छर्रर्ैैर्ा छन्,' उनै उर्मिला भन्छिन्- 'सानैमा निकाल्नुपर्ने हो, उपचार गर्न नसक्दा सहेर बसेकी छु ।'
०६२ वैशाख ८ गते करेसाबारीमा भेटिएको वस्तुलाई बालबालिकाले खेलौना ठानी आ“गनमा ल्याएर खेल्दा विस्फोट भएको थियो । जसमा जामुने-६ की १० वषर्ीया उर्मिला श्रेष्ठलगायत छिमेकी सुदीप शाही, चिजकुमारी खा“ड, उनका छोरा कुशल, देवेन्द्र र छोरी कोपिला परेका थिए । ८ वषर्ीया हीरा खा“डको भने उपचारका क्रममा तीन दिनपछि मृत्यु भएको थियो । घाइते भएका बेला उर्मिलालाई अस्पताल भर्ना गर्नसमेत पैसा नभएको आमा वसन्तीले बताइन् । 'त्यतिबेला गाउ“लेको सहयोगले उपचार गराए“,' उनले भनिन्- 'पछि ठूलो खर्च लाग्छ भनेकाले उपचार गर्न सकेकी छैन ।' विस्फोटमा घाइते भएकी कोपिलाको दाया“ आ“खाको ज्योति गुमेको छ । 'शरीरभरि र्छरा भएकाले छोराछोरी हि“डडुल गर्नसमेत सक्दैनन्,' चिजकुमारी भन्छिन् । 'पैसा पनि छैन, कहा“ जानर्ुपर्छ, थाहा पनि छैन ।' उनले छोराछोरीले पढ्नसमेत नसकेको बताइन् ।
घाइते बालबालिकाको उद्धार गरेको समाज सुधार युवा केन्द्रका तत्कालीन अध्यक्ष रामभक्त घिमिरेले उपचारमा कसैले सहयोग नगरेको बताए । 'विस्फोटमा पर्ने सबैको आर्थिक स्थिति कमजोर छ,' उनले भने- 'त्यसैले रोग बढाएर बसेका छन् ।' उनले घाइतेको उपचारका लागि त्यतिबेला गाउ“घरबाट करिब २४ हजार रुपैया“ चन्दा उठाइएको बताए । 'प्रशासनले १६ हजार रुपैया“ दिएको थियो,' उनले भने- 'त्यति
हो ।' सरकारले मृतकका परिवारलाई १ लाख ५० हजार रुपैया“ दिएको उनले बताए ।
दमौली अस्पतालका प्रमुख डा. सुशीलनाथ प्याकुरेलले र्छरा निकाल्न ढिलाइ गरेपछि असर पर्ने बताए । 'र्छराको छेउमा मासु पलाउ“दै गएर नसा थिचिन सक्छ,' उनले भने- 'त्यसैले जति ढिला भयो, त्यति खतरनाक हुन्छ ।'
प्रमुख जिल्ला अधिकारी काशीनाथ मरासिनीले द्वन्द्वकालका घाइतेको उपचारमा सरकारले नया“ व्यवस्था गरेपछि मात्र सहयोग गर्न सकिने बताए । 'सहयोगको अहिले कुनै योजना छैन,' मरासिनीले भने ।

सातदलको संयुक्त सभा भैरहवामा शुरु

२१ जनवरी, ०८ । संविधानसभाको चुनावी माहौल वनाउन सात राजनितिक दलले आयोजना गर्दै आएका संयुक्त सभाको तेस्रो संस्करण आज भैरहवामा हुँदैछ । सदभावना पार्टी आनन्दीदेवीको मुख्य आयोजनामा हुन लागेको सो सभामा सातै राजनितिक दलका दोस्रो दर्जाका नेताहरुले वोल्ने कार्यक्रम रहेको छ । सभालाइ सदभावना पार्टी आनन्दीदेवीका उपाध्यक्ष श्यामसुन्दर गुप्ता, एमालेका झलनाथ खनाल, माओवादीका टोपवहादुर रायमाझि, जनमोर्चाका अमिक सेरचन, वाममोर्चाका सीपी मैनाली र नेपाली कांग्रेसका गोपालमान श्रेष्ठले संवोधन गर्ने कार्यक्रम रहेको छ । सभाको सवै तयारी पुरा भएको र सुरक्षा ब्यवस्थालाइ प्रमुख प्राथमिकता दिइएको आयोजक सदभावना पार्टी आनन्दीदेवीले जनाएको छ । राजधानी र विराटनगरमा आयोजीत सभामा वम विष्फोट भएपछि आयोजक र प्रसासनले सुरक्षा ब्यवस्था कडा पारेका छन् । सभलाइ वाइसिएल, तरुण दल र पिपुल्स भोलेन्टिर्यका कार्यकर्ताहरुले पनि सुरक्षा दिनेछन् । सभामा करिव दुइलाखको सहभागीता हुने अनुमान गरिएको छ । सभामा भाग लिन रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा लगायतका जिल्लावाट सर्वसाधारण आउनेछन् ।

Sunday, January 20, 2008

महतोद्वारा राजीनामा

सिराहा, माघ ५ गते । सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतोले सरकारले तेस्रो पटक संशोधन गरेको अन्तरिम संविधानमा मधेसका माग पूरा नभएको भन्दै अन्तरिम व्यवस्थापिकाको सदस्य पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । लहानमा संयुक्त मधेसी मोर्चाद्वारा आयोजित सहिद श्रद्धाञ्जली तथा सङ्कल्प सभामा बोल्दै महतोले आन्दोलन अधिकारका लागि भएको र यो कुनै समुदायविशेषको विरुद्धमा नभएको बताउनुभयो ।मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले आत्मनिर्ण्र्ााो अधिकार र स्वायत्त शासनको सुनिश्चितता नहुन्जेल मधेसी जनताले आफ्नो सङ्र्घष्ा नरोक्ने बताउनुभएको छ ।मधेसी जनअधिकार फोरमका सहसंयोजक जयप्रकाश गुप्ताले मधेस आन्दोलनको एक वर्षो उपलब्धिलाई मूल्याङ्कन गर्दै मधेसका विद्यमान समस्या समाधानका लागि विभिन्न चुनौतीको सामना गर्न सबै मधेसवादीले थप सङ्कल्प लिनुपर्ने बेला आएको बताउनुभयो ।सद्भावना पार्टर्ीी उपाध्यक्ष लक्ष्मणलाल कर्ण्र्ाा मधेसमा रहेका सारा असमानतालाई समाप्त पारी समानुपातिक रूपले मधेसी जनतालाई सबै क्षेत्रमा सहभागी गराउन सरकारसमक्ष माग गर्नुभयो । सभामा फोरम र सद्भावना पार्टर्ीी माघ २१ गतेसम्मका लागि विभिन्न सर्‹ष्ाका कार्यक्रमको घोषणा गरेका छन् ।

प्रधानमन्त्री कोइराला फेरी बिरामी

२० जनवरी, ०८ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको फेरी स्वास्थ्य बिगि्रएको बताइएको छ । आज बिहान कोइरालाको स्वाश प्रश्वासमा समस्या देखिएको उहाको उपचारमा संलग्न चिकित्सकहरुले वताएका छन । उहाको उपचारको लागि चिकित्सकहरुको टोली अहिले पनि वालुवाटारमा रहेको छ । कोइरालालाइ श्वास लिन अप्ठय्रो भएको छ ।पुष २९ गते समेत प्रधानमन्त्री अस्वस्थ्य हुनुभएको थियो । त्यतिबेर उहालाइ घाटी र छातीमा समस्या देखिएको थियो । सुख्खा खोकी लागेपछि चिकित्सकहरुले उहालाइ केही दिन आराम गर्न सल्लाहा दिएका थिए ।

तराई-मधेस लोकतान्त्रिक पार्टीले अब कर रोक्का गर्ने

२० जनवरी, ०८ । तराई मधेस लोकतान्त्रिक पार्टीले मधेशका समस्या संबोधन नभएको भन्दै माघ २९ गतेसम्म देशभर बिरोध ्सभा गर्ने र फागुन १ गतेदेखि सरकारलाई असहयोग आन्दोलन गर्ने जसमा राजस्व, कर र अन्न रोक्ने घोषणा समेत गरेको छ । अवदेखि तराईमा उठेका सम्पूर्ण राजश्वहरु रोक्का गर्ने सो पार्टीका केन्द्रीय अध्यक्ष महन्त ठाकुरले वताउनुभएको हो। शनिबार तराई मधेश लोकतान्त्रिक पार्टीद्वारा जनकपुरमा आयोजित संकल्प सभामा तराईका समस्याहरु दुई चार सिडीओ र प्रशासन बढुवा गर्दा समाप्त नहुने भन्नु हुदैं मधेशका जायज माग पुरा नहुन्जेल सविधान सभाको चुनावमा भाग नलिने अडान पनि उहांले दोहोराउनुभयो ।मधेशी समस्या भनेको मधेशमा रहेका दलीत, जनजाती, आदीवासी सबैको सहभागिता हरेक अंगमा पूर्ण समाबेशी हुनु पर्छ भन्दै उहाले अनिमात्र संविधान सभाको औचित्य पुरा हुने प्रष्टाउनु भयो । आफुलाई मन्त्री पदको लोभ नभई मधेशी जनतालाई अधिकार सम्पन बनाउन मात्र लोभ भएकोले राजिनामा दिएर आन्दोलित हुन आएको वताउनुभयो ।कार्यक्रममा अहिलेको आन्दोलन खुद्रामा नभई होलसेलमा भैरहेको भन्दै केन्द्रीय नेता हृदयश त्रिपाठीले वर्तमान अवस्थामा सरकारले मधेश को अधिकार उधारो राख्न खोजेको तर तराई एवं मधेशका जनतालाई नगदमा चाहिएको प्रष्टाउनु भयो ।सत्ताधारीले मधेसका मागहरुलाई वास्ता नगरी संविधान सभाको चुनावपछि समस्या समधान हुने भ्रम पैदा गरेको आरोप पनि उहांको थियो ।सांसदहरुलाई दश लाख रुपैया दिई मधेशी जनतालाई किन्न खोजेको आरोप लगाउदै मधेशी जनतालाई यो निर्णायक आन्दोलनमा एकत्रित भई अघि बढन उहाले आग्रह समेत गर्नुभयो ।९३ हजार नेपाली सेनामा ८ सय ५२ मात्र मधेशी सेना रहेकोले कुन रुपमा मधेशी सभागीता भएको छ भने सरकार संग प्रश्न गर्नु भयो । वर्तमान परस्थितिमा पहाडमा जन्मेका खगेन्द्र संग्रोला,पदम रत्न तुलाधरले मधेसलाइ साथ दिएको तर मधेशमा जन्मेका नेताहरुले मधेश लाई भजाउन खोजेको आरोप लगाउनु भयो । जनतालाई चार अक्षरका अधिकार, सम्मान र स्वभिमान मात्र चाहिएको भन्दै उहांले त्यो दिन पनि कन्ज्युस्यांइ गरिएको भनाई राख्नुभयो ।

विदेश हिंडेकाको होटलमै मृत्यु

काठमाडौं, माघ ५ - बैदेशिक रोजगारका लागि झापाबाट आएका एक युवक राजधानीको गोंगबुस्थित रिगोल्ड पोखरा गेस्ट हाउसमा मृत फेला परेका छन् ।
मृत्युको ५ दिनपछि शुक्रबार मात्र जानकारी पाएका आफन्तले होटल सञ्चालक र प्रहरीको मिलेमतोमा हत्या भएको आरोप लगाएका छन् । प्रहरीले अत्यधिक मदिरा सेवनपछि आत्महत्या गरेको जनाएको छ ।
दर्ुबई रोजगारका लागि हिंडेका झापा, सतासीधाम -४ झिलझिलेका ३२ वषर्ीय प्रकाशचन्द्र सापकोटा गत सोमबार उक्त होटलमा बसेका थिए । त्यसै रात प्रहरीको गस्ती टोलीले होटलको भुइ“तलामा सापकोटालाई मृत फेला पारेको हो । प्रहरीका अनुसार उनको मुखबाट रगत बगेको भए पनि अन्य भागमा चोट छैन ।
आफन्तले सापकोटास“ग करिब २० हजार रुपैया“, सुनको सिक्री, विदेश जाने कपडा र टेलिफोन डायरी हुनुपर्ने दाबी गरे पनि प्रहरीले केही फेला नपरेको बताएको छ । 'सर्म्पर्क गर्ने कुनै आधार नभेटिएकाले आफन्तलाई खबर गर्न सकेनांै,' महाराजगन्ज बृतका अनुसन्धान अधिकृत रविन्द्र रेग्मीले भने, 'यसले अनुसन्धानमासमेत बाधा पुग्यो ।' उनले पोस्टमार्टमको रिपोर्ट आएपछिमात्रै मृत्युको प्रकृतिबारे किटान गर्न सकिने बताए । शिक्षण अस्पतालले आइतबार पोस्टमार्टम रिपोर्ट दिने भएको छ ।
रेग्मीका अनुसार सापकोटाले गेस्ट हाउसमा सविन निरौला, पा“चथर भनेर गलत नाम, ठेगाना लेखाएका छन् । उनीस“गै होटलले उपलब्ध गराएकी महिला पनि सुतेकी थिइन् । 'म बिरामी भएकाले एकै छिनमा निदाइहाले,' उनले भनिन्- 'राति प्रहरी आएर ढोका खोल्न कराउ“दा मात्रै उनी -सापकोटा) नभएको थाहा पाए“ ।' प्रहरीले ती महिला र होटल व्यवस्थापकलाई हिरासतमा लिएको छ ।

जन्ती बस दुर्घटना अस्पतालमै बिहे

खुमानसिं तामाङ
काभ्रे, माघ ५ - युवती ः निको हुन्छ त -
डाक्टर ः ढाडका दुइटा हड्डी भा“चिएका छन् । लामो समयसम्म बेडमै आराम गनर्ुर्ुर् ।
युवती ः कति आराम गनर्ुर्ुर् -
डाक्टर ः लामो समय लाग्न सक्छ । यति नै भन्न सकि“दैन । रिपोर्ट आएपछि यकिन हुन्छ ।
युवती ः जानकारी दिनुभो, धन्यवाद ।
यो कुनै बिरामी र डाक्टरबीचको कुराकानी होइन । दुलहीका रूपमा सजिएर आएकी महादेवस्थान गाविस-९ की शर्मिला लम्साल बनेपास्थित शिर मेमोरियल अस्पतालकी डाक्टर रिना श्रेष्ठस“ग आपmना दुलहाबारे जानकारी लिइरहेकी थिइन् । रयाले गाविस-१ पर्खाल चौरका नवराज सापकोटा जन्ती लिएर दुलही घर जा“दै गर्दा शनिबार बिहान बस पल्ट“दा घाइते भएका थिए । जन्ती घरबाट निस्किएको केहीबेरमै बस पल्टिएको थियो । दर्ुर्ुघटनापछि घाइते दुलहालाई उपचारका लागि अस्पताल ल्याइएको हो ।
'मेरो यस्तो अवस्थामा पनि बिहे गर्न उनले मानिन् । खुसी लाग्यो,' बिहेपछि दुलहा नवराजले भने- 'यो मप्रतिको विश्वास हो ।' उनले बिहेको छिनोफानो गर्दा समेत दुलहीस“ग कुरा गरेका थिएनन् । उनले अस्पतालमै मोबाइल फोनमार्फ शर्मिलास“ग कुरा गरेका थिए । 'सन्चो-बिसन्चोबारे कुरा गरियो,' नवराजले भने । बिहे गर्ने तयारीसाथ शर्मिला परिवार र आफन्तस“ग बेलुकी छ बजेतिर अस्पताल आइपुगेकी थिइन् । अस्पतालमै बिहे गर्दा कस्तो लाग्यो भन्ने सञ्चारकर्मीको जिज्ञासामा लामो समय चुप लागेर बसिन् शर्मिला । खुसी हुनुहुन्छ - भन्ने अर्को प्रश्नमा उनले भनिन्- 'खुसी नभएको भए यहा“सम्म किन आउ“थें र -'
१९ वषर्ीया शर्मिला गाउ“नजिकै डेडीथुम्का क्याम्पसमा स्नातक पहिलो वर्षा अध्ययनरत छिन् । दुलहीकै उमेरका नवराज बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसमा ११ कक्षा पढ्दै छन् ।
'यस्तो बेला पनि बिहे हु“दा म निकै खुसी छु,' दुलहाका बाबु भीमप्रसादले भने । जेठा छोरा राजु सुस्त मनस्थितिको भएकाले कान्छो नवराजको बिहे गराएको उनले बताए । 'घर-व्यवहार सम्हाल्ने नभएर बिहे गनर्ुर्ुेको थियो,' उनले भने । दुलहीका बाबु कृष्णप्रसादले बिहेपछि यति मात्र प्रतिक्रिया दिए- 'परिस्थितिले यस्तै गरायो ।'
अस्पतालको बिहेमा दुलहा र दुलहीले एक-अर्कालाई टीका र माला लगाइदिएका थिए । दुलहाले दुलहीलाई सिन्दूरसमेत हालिदिएका थिए । जिविस महासंघका सभापति कृष्णप्रसाद सापकोटा र महिला नेतृ गोमा भुर्ुर्तेलले पनि उनीहरूलाई टीका लगाई माला पहिराइदिएका थिए । अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. रिचार्ड रेन्पmोले आइतबारै कम्मरमा पेटी बा“धेपछि नवराजले सामान्य हि“डडुल गर्न सक्ने बताए । 'दुखाइ नभए भोलि नै अस्पतालबाट पठाउन सकिन्छ,' उनले भने ।
दर्ुर्ुघटनामा दुलहासहित ३३ घाइते भएका थिए । अन्य घाइते सामान्य उपचारपछि फर्केका छन्