Saturday, February 2, 2008

साउदी अरबमा अर्को नेपाली लाई मृत्युदण्ड

कतार, माघ १८ - साउदी अरबमा हत्याको अभियोगमा तीन नेपाली कामदार मृत्युदण्डलगायत कानुनी निर्ण्र्ााो पर्खाइमा लामो समयदेखि थुनामा छन् ।
साउदीको उत्तर-पश्चिम अलजौफ क्षेत्रमा कार्यरत नेपाली कामदार सन्तबहादुर पुन मगरमाथि आफ्ना अरेबियाली घर मालिकको हत्या अभियोग लागेको छ । उनी सात वर्षेखि थुनामा छन् ।
अभियोगमा अदालतबाट मृत्युदण्ड फैसला भए पनि हत्या गरिएका व्यक्तिको परिवारले सजायको अन्तिम निर्ण्र्ाादिन बा“की छ । 'सरिया कानुनमा अदालती निर्ण्र्ााछि पनि सम्बद्ध पीडित परिवारका तर्फाट सजाय वा माफी दिन सक्ने व्यवस्था छ,' रियादस्थित नियोगका कार्यवाहक राजदूत प्रकाशकुमार सुवेदीले कान्तिपुरस“ग भने ।
मारिएका व्यक्तिका एक छोरा अझै किशोर -१४ वषर्ीय) रहेकाले अबको दर्ुइ वर्षछि मात्रै यो परिवारले सजाय वा माफीको निर्ण्र्ाालिन सक्नेछ । 'मैले उक्त क्षेत्रका गभर्नरसमेत रहेका साउदी राजकुमारलाई भेट गरेर सन्तबहादुरको मृत्युदण्ड निर्ण्र्ााा पुनर्विचारका लागि आग्रह गरेको छु,' सुवेदीले भने । पर्वत घर भएका सन्तबहादुर जोर्डन सिमानामा पर्ने साउदीको गुडायत कारागारमा छन् ।
यस्तै, पर्ूर्वी प्रान्तको दमाम छेउमा नेपाली कामदार विवेक दाहाल आफ्नै नातेदार राजेन्द्र बिष्टको हत्या अभियोगमा एक वर्षेखि थुनामा छन् । 'नेपाली कामदारको हत्या अभियोग भए पनि विवेकलाई यहींको कानुनअनुसार कारबाही हुने निश्चित छ तर अदालती पेसी बा“की भएकाले कारबाही प्रक्रियाबारे स्पष्ट भइसकेको छैन,' सुवेदीले फोनमा भने । दाहालको मूलघर उदयपुर हो भने बिष्टको भोजपुर ।
साउदीको पर्ूर्वी प्रान्तकै अलहासा सहरनजिकै अर्का एक नेपाली कामदार पनि हत्या अभियोगमा एक महिनादेखि थुनामा छन् । एक फिलिपिनो कामदारलाई मारेको अभियोगमा थुना परेका यी नेपालीबारे प्रहरी अनुसन्धान भइरहेकाले नाम खुलाउन नमिल्ने सुवेदीले बताए ।
चन्द्रशेखरको अन्तिम अपिल
नेपाली कामदार चन्द्रशेखर यादवले कतारी अदालतबाट पाएको मृत्युदण्डमा अन्तिम पटक सफाइपत्र बिहीबार बुझाइएको छ ।
नेपाली दूतावासले छनोट गरेकी अधिवक्ता मोना अब्देल रहिमले पुनरावेदन अदालतसमक्ष सफाइपत्र बुझाएकी हुन् । दर्ुइ भारतीय कामदारस“ग मिलेर यादवले एक इन्डोनेसियाली महिलालाई बलात्कार र हत्या गरेको अभियोगमा तीन वर्षेखि जेल सजाय भोग्दै आएका यादवलाई यहा“को तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

बुबालाइ सघाउन मन्त्री बने सुजाता

सुजाता कोइराला अब नेपाली सन्चार माध्ययमका लागि मात्र आर्कशणको केन्द्र रहिनन । उनी के भन्छीन अब त्यो अनतराष्ट्रिय सन्चार माध्ययमका लागि समेत रुचिको विषय हुन थालेछ । यसको कारण उनको व्यक्तित्वमा आएको निखारता वा अन्य कुनै सकारात्मक पाटोका कारण भने हैन । उनको विवादास्पद छवी अनी कार्यबाहक राष्ट्राध्यक्षकी पुत्रि अनी उनमा रहेको राजतन्त्रप्रतिको मोह ।
अन्तरिम संविधानमा नेपाल गणतन्त्रात्मक मुलुक भएको लेखिएको छ । त्यसैको आधारमा बाबु कार्यबाहक राष्ट्राध्यक्ष छन । अनी उनैले विना विभागियको बहनामा प्रधानमन्त्री कार्यालयमा नियुक्त गरेकी छोरी भन्छे राजतन्त्र त चाहिन्छ नी । क्या मिठो सिक्वेन्स छ । अनी यस्तोमा किन चुक्थे र अन्तराष्ट्रिय मिडिया ।
मन्त्री नियुक्त हुनु अगाडिसम्म पत्रकार भनेपछि हुरुक्कै हुने सुजाता अहिले नेपाली पत्रकार भनेपछि तिनवित्ता भाग्ने गरेकी छिन । हिजो फोटो खिच्न घरमै पत्रकार बोलाउने उनी अहिले फोटो पत्रकार अगाडि आएभने पनि मुख छोपेर हिड्छिन ।
मन्त्री बनेपछिको उनको पहिलो अन्र्तवार्ता एएफपिमा छापिएको छ । राजनीतिक ज्ञान नभएको आरोप लाग्दै आएकी उनले एएफपिमा राजनीतिक वातावरणमा हुर्केकाले विरासतमै राजनीतिको गुण पाएको बताउने गरेकी छिन ।
कांग्रेस भित्र आफु निक्कै लोकपि्रय रहेको र संविधान सभा निर्वाचनमा उठ्न दवाव आइरहेको हास्यास्पद दावी समेत गर्न उनी चुकेकी छैनन । तर सबैलाइ थाहा छ पार्टीभित्र उनको लोकपि्रयता कत्तिको छ अनी निर्वाचनमा उठ्न उनलाइ जनताले दवाव दिएका हुन कि बाबुले ।
मन्त्री भएपछिको आलोचनाका पछाडि आफ्नो बाबुपछि नेतृत्व गर्न चाहेकाहरुको काम भएको रेडिमेड तर्क दोहोर् याएकी छिन उनले एएफपिसंग ।
मन्त्री हुनुको कारण के होला बुबालाइ सघाउनु । हो उनले यस्तै तर्क दिएकी छिन । अनी कांग्रेसका नेताहरुलाई आफुसंग नडराउन उनको सल्लाह छ । उनले मिलेर काम गर्ने आश्वासन दिएकी छिन ।यो एक राम्रो जोक हो सुजाताको । त्यसैले केही प्रस्तुत गरेको हुं । अरु जोक पढ्न मनलाग्यो भने यो िलंकमा जानुस ।
र समय छ भने यो पनि हेर्नुस
सुजाता राजतन्त्रको पक्षमा-हिन्दुस्तान दैनिक

चुनाव हुनेमा प्रधानमन्त्री पुत्रि सशंकित

पाँच लाख बराबरको मोबाइल सेट चोरी

२ फेब्रुअरी, ०८ । राजधानीको नयाँबानेश्वरस्थित एक मोवाइल पसलबाट गएराति करिब पाँच लाख रुपैयाँ बराबरको मोवाइल सेटहरु चोरी भएको छ । नयाँबानेश्वरको नमस्ते मोवाइल पसलबाट पाँच लाख बराबरको मोवाइल सेटहरु चोरी पिडीतले बताएका छन् । मोवाइल पसले आज बिहान पसल खोल्न आउँदा मात्र पसल चोरी भएको थाहा पाएका थिए ।प्रहरीले पसलको सुरक्षार्थ सटिएका सुरक्षा गार्डलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

राजधानीमा ४० लाख लुटने बुटवलमा पक्राउ

२ फेब्रुअरी, ०८ । राजधानीमा गत माघ १५ गते दिउसै ४० लाख लुट्ने गिरोहका चारजना बुटवलमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार उनीहरुलाई पक्राउ गरेपनि हिजो दिउसो मात्रै सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्ला अधिकारीचौरका १९ वषिर्य देबेन्द्रकुमार घर्ति, रामेछाप दुरागाउँका २४ वषिर्य रमेश राणा, दोलखा सुब्बाडाँडाका २७ वषिर्य बिदुर शर्मा र बुटवल १५ बेलबासका २५ वषिर्य कमल राना रहेका छन् । सुराकीको आधारमा उनीहरुलाई बुटवलका दुई होटलबाट पक्राउ गरिएको र थप कारवाहीका लागि काठमाडौं पठाइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी जगतमान श्रेष्ठले बताउनुभयो ।

वाईसियद्वारा भारतिय ट्रकमा आगजनी

नेकपा माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग वाइसीएलले शनिबार बिहान विरानगरमा एउटा मालबाहक भारतीय ट्रक जलाइदिएका छन् ।
भारतको जोगवनी नाका हुँदै विराटनगरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको सो ट्रकलाई वाइसीएलका कार्यकर्ताले स्थानीय रोडमा जलाएका हुन् ।
भारतीय सीमा सशस्त्र बल एसएसबीले शुक्रबार झापामा आफ्ना साथी पक्राउ गरेको विरोधमा ट्रकमा आगजनी गरिएको उनीहरुले बताएका छन् ।

सुनसरीमा बम विष्फोट

नेपाली कांग्रेसले सुनसरीको इनरुवमा गर्नलागेको सभा बिथोल्ने उद्येश्यले बम बिष्फोट गराइएको छ ।
१९ माघमा सभास्थल रहेको भगवती माविनजिकै गराइएको बिष्फोटमा एक बालिका घाइते भएकी छिन् ।
घाइते भएकी स्थानीय तानियादेवीको उपचार भइरहेको छ । बिष्फोटको जिम्मेवारी जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला समूहले लिएको छ । संविधानसभा निर्वाचन अभियानमा जुट्नुभएको कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बोल्ने कार्यक्रम तय भएको स्थान नजिकै विष्फोट गराएका थिए ।
यसैगरी देउवालाई कालो झण्डा देखाउने क्रममा प्रहरी र संयुक्त मधेश मुक्ति मोर्चाका कार्यकर्ताबीच झडप हुदा आधा दर्जन मोर्चा कार्यकर्ता घाइते भएका छन् ।

संविधानसभाको विकल्प छैन-एमाले नेता शर्मा

बागलुङ, १९ माघ । नेकपा -एमालेका वैकल्पिक केन्द्रीय सदस्य रामजीप्रसाद शर्माले संविधानसभा निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।नेकपा -एमाले गाउँ पार्टीक्रिय दल दुदिलाभाटीले आयोजना गरेको जनसभामा बोल्दै उहाँले तोकिएको मिति चैत्र २८ मा नै संविधानसभाको निर्वाचन हुनेछ भन्नुभयो । निर्वाचन नभएमा जनताका शत्रुले फाइदा लिने र देश अराजकतामा जाने उल्लेख गर्दै नेता शर्माले निर्वाचनका लागि सबै दल एकढिक्का भएर अघि बढ्नुपर्छ भन्नुभयो । नेकपा -एमाले जिल्ला सचिव जनक पौडेलले संविधानसभा निर्वाचनविरुद्ध लाग्नेहरुलाई पराजित गर्दै सात दलअघि बढिरहेको बताउनुभयो । दिलबहादुर खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा सो पार्टी क्षेत्रीय इन्चार्ज नरबहादुर थापा, इलाका सचिव कुलबहादुर केसी, नेकपा -एकीकृतका बलबहादुर गुरुङलगायतले तोकिएको मितिमा नै संविधानसभाको निर्वाचन गर्नेतर्फलाग्नु पर्नेमा जोड दिनुभएको थियो । जनसभापछि आयोजित भेलाले तेजीन्द्रबहादुर केसी सचिव रहेको ११ सदस्यीय गाउँ पार्टी कमिटी पनि गठन गरेको छ ।

डाका र प्रहरीबीच फायरिङ, दुई डाका पक्राउ

नेपालगन्ज, १९ माघ । नेपालगन्जको बुलबलिया क्षेत्रबाट गए राति दुई डाकालाई पक्राउ गरिएको छ । सुराकीको आधारमा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद शर्माको नेतृत्वमा गएको टोलीले निजामुद्दिन खा र बाबु शाहलाई पक्राउ गरी उनीहरूको साथबाट एक थान पेस्तोल र थ्री नट थ्री बन्दुकको गोलीसहित बरामद गरेको छ । प्रहरी निरीक्षक शर्माका अनुसार, प्रहरी टोलीमाथि डाकाको समूहबाट फायर भएपछि प्रहरीतर्फबाट १३ राउन्ड फायर भएको र त्यसपछि केही डाकाहरु पुर्वतर्फको बाटोबाट भागेका थिए । सो घटनाको छानबिन तथा अनुसन्धान भइरहेको छ भने भागेको डाकाहरुको खोजीका लागि सीमाका नाकाहरुमा सुरक्षा संयन्त्रलाई कडा तुल्याएको प्रहरीले जनाएको छ ।

Friday, February 1, 2008

अवैध हतियार र विष्फोटक पदार्थ सहित चार जनालाई पक्राउ

बारा जिल्लाको भोडाहा गाविसबाट बिहीबार राती प्रहरीले अवैध हतियार र विष्फोटक पदार्थ सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको रघुनाथपुर गाविस-१ निवासी बाबुलाल चौधरी, सोही गाविसका रमेश चौधरी, लखन चौधरी र खोपवा गाविस-३ निवासी रामदास चौधरी रहेका छन् । शसस्त्र प्रहरी उपरिक्षक शिवबहादुर मल्लको नेतृत्वमा गएको टोलीले उनिहरुको साथबाट २ थान सुथली बम, बाराबोरको बन्दुक २ थान, थ्रीनट बन्दुकमा प्रयोग हुने गोली ६ थान, हतियार र विष्फोटक पदार्थ बरामद गरेको हो । उनिहरुलाई शसस्त्र प्रहरी कार्यालय कलैयामा राखी थपअनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

सेना परिचालन गर्नुपर्छः वादल

१ फेब्रुअरी, ०८ । नेकपा माओवादीका बरिष्ठ नेता रामबहादुर थापा 'बादल'ले संविधानसभा निर्वाचन बिथोल्ने खोज्नेहरुविरुद्ध सेना परिचालन गर्न सकिने बताउनुभएको छ । लिम्बुवान राज्य समितिले इलाममा आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै नेता बादलले जनता र राष्ट्रको सुरक्षाका लागि सेना परिचालन गर्नुको बिकल्प नरहेको पनि उल्लेख गर्नुभयो ।नेता बादलले संविधानसभा नै दीर्घकालिन राजनैतिक निकासको ढोका भएकाले त्यसलाई बिथोल्न षडयन्त्र गर्ने जोकोहिलाई नियन्त्रण गर्न सेना परिचालन गर्नुपर्ने बताउनुभयो । दुईपटक तय भएको संविधानसभा चुनाव मिति प्रतिगामिहरुकै कारण बिथोलिएको उल्लेख गर्दै नेता बादलले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन सात दलीय एकता अझ मजबुद हुनुपर्नेमा जोड दिनुभयो ।

तराईका जिल्ला प्रशासनहरुमा तालाबन्दी

१ फेब्रुअरी, ०८ । संयुक्त मधेसी मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज तराईका बिभिन्न जिल्ला प्रशासन कार्यालयहरुमा तालावन्दी गरेका छन ।तालाबन्दी गर्ने क्रममा धनुषा, सिरहा र सप्तरी जिल्ला प्रशासन कार्यालयहरुमा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताहरुवीच झडप समेत थाहा भएको छ ।मोर्चाको लाहान घोषणा अनुसार २० गतेसम्म दोश्रो चरणको बिरोध कार्यक्रमहरु अहिले गरिरहेको छ ।

मृगौला व्यापारको गिरोह, दर्ुइ नेपाली गिरफ्तार

नया“दिल्ली, माघ १७ - भारतमा मृगौला व्यापारमा संलग्न गिरोहबारे अनुसन्धानका क्रममा हरियाणा प्रहरीले बुधबार दर्ुर्ुइ नेपालीलाई गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएका नेपालीहरू रमेश र सुरेश मृगौला व्यापारका मुख्य अभियुक्त डा. अमितकुमारको घरमा भान्सेका रूपमा काम गर्दै आएका थिए । अर्बौ रुपैया“ कारोबार गर्ने अन्तर्रर्ााट्रय गिरोहका प्रमुख ठानिएका डा. अमितकुमार भने फरार छन् ।
हरियाणा प्रहरीले गुडगावबाट सात दिनअघि मृगौला प्रत्यारोपणको व्यापार गर्ने गिरोह पत्ता लगाएको थियो । गुडगावको पालम बिहारस्थित सेक्टर २३ को एक निजी अस्पतालबाट प्रहरीले एक चिकित्सक र एक नक्कली चिकित्सकसहित पा“च जनालाई गिरफ्तार गरेपछि यो अन्तर्रर्ााट्रय गिरोह र्सार्वजनिक भएको हो । उक्त अस्पताल डा. अमितकुमारले सञ्चालन गर्दै आएका थिए ।
उत्तर प्रदेशका तीन जना कामदारको मृगौला उनीहरूलाई थाहा नदिई झिकिएपछि यो गिरोहबारे पत्ता लागेको हो । उनीहरूलाई राम्रो रोजगारी दिने नाममा दिल्ली ल्याइएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरीले छानबिन क्रममा रमेश र सुरेशलाई पक्राउ गरेको कान्तिपुरलाई बताए । 'कुकका रूपमा काम गर्ने भएकाले उनीहरूलाई अमितकुमार र मृगौलाको धन्दाबारे थाहा हुन सक्छ भनेर सोधपुछका लागि ल्याइएको हो,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने- 'दुवै नेपाली नागरिक हुन् ।' छानबिनका क्रममा रहेकाले उनीहरूको पूरा विवरण प्रहरीले र्सार्वजनिक गरेको छैन । दुवैलाई शुक्रबार अदालतसमक्ष प्रस्तुत गरिनेछ ।
प्रहरीले सुरुमा मुख्य अभियुक्त अमितकुमार नेपाल भागेको आशंका गरेको थियो । अहिले उनी क्यानडा पुगेको अनुमान छ । उनलाई गिरफ्तार गर्न क्यानडा सरकारस“ग कुराकानी भइसकेको छ भने इन्टरपोललाई पनि सजग गराइएको छ ।
प्रारम्भिक अनुसन्धानबाट व्यापारको विश्वव्यापी सन्जाल हुनसक्ने खुलासा भएको छ । मुख्य गरी व्यापारको नेर्टवर्क लेबनान, दुर्ुबई र ग्रिसमा रहेको प्रहरी अनुमान छ । नेपालबाट समेत मृगौला प्रत्यारोपणका लागि बिरामी आउने गरेको खुलेको छ । पक्राउ परेकामध्ये उपेन्द्रले बल्लवगढबाट एमबीबीएस गरेका छन् भने अर्का नक्कली डाक्टर रहेको पत्ता लागेको छ ।
प्रहरीले बुधबारै मृगौला व्यापारमा संलग्न रहेको आशंकामा डा. लिन्डालाई पनि गिरफ्तार गरेको छ । मणिपुरकी लिन्डा अमितकुमारको सहयोगी हुन् । अमितकुमारका भाइ डा. जीवनकी श्रीमती र उनका ड्राइभर हरपललाई पनि प्रहरीले छानबिनका लागि पक्राउ गरेको छ । अर्का मुख्य अभियुक्त डा. जीवन पनि भागेका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको निर्ण्र्ाानुसार केन्द्रीय जा“च ब्युरो -सीबीआई) ले मृगौला व्यापार तस्करीको छानबिन सुरु गरेको हो । हिरासतमा रहेका डा. उपेन्द्रले ६/७ वर्षा करिब ५ सय मृगौला बेचेको बताएका छन् । मृगौला दिनेलाई १ लाखसम्म दिने गरेको र १० देखि १८ लाखसम्ममा बेच्ने गरेको पनि उनले बताएका छन् ।
धन्दामा ठूला अस्पताल संलग्न हुने शंकामा बिहीबार एपोलो र बत्रा अस्पतालमा पनि छापा मारिएको छ

हतियारधारी समूहमा भारतीय अपराधि रहेको एमाले महासचिव माधवकुमार नेपाल

ज्वालासिंह र गोइत जस्ता तराईका हतियारधारी समूहमा भारतीय अपराधि रहेको एमाले महासचिव माधवकुमार नेपालले बताएका छन् ।
एमाले महासचिव माधवकुमार नेपालले तराईका हतियारधारी समूहमा कुख्यात भारतीय अपराधिहरु रहेको बताएका छन् । माघ १८ गते राजधानीमा पार्टीसम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय समिति बैठकलाई सम्वोधन गर्दै नेपालले संविधानसभा चुनाव भाड्न र अपराधिक गतिविधि गर्न ती अपराधीहरुले ज्वालासिंह र गोइतजस्ता हतियारधारी समूह प्रयोग गरिहेको पनि उल्लेख गरे । संविधानसभा चुनाव गराउन कमजोर रहेको सुरक्षा ब्यवस्था सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो ।
पुष ३० देखि माघ १६ सम्म सात ठाउँमा भएका सात दलको संयुक्त सभा सफल भएको कार्यक्रममा महासचिवले बताए । 'बम र बन्दको बीच सभाहरु सफल हुनु सकारात्मक हो' नेपालले भने ।

जोमसोम मोटरबाटोको निर्माण कार्य अन्तिम चरणमा

बाबियाचौर -म्याग्दी) १८ माघ । हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने बेनी­-जोमसोम मोटरबाटोको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एकानब्बे किलोमिटर लामो उक्त सडक खण्डमध्ये अव करिब एक किलोमिटर सडक निर्माण कार्य मात्र बाँकी रहेको मोटरबाटो निर्माण कार्यको जिम्मा लिएको नेपाली सेनाले जनाएको छ । बेनी-­जोमसोम मोटरबाटो निर्माण गणका सेनानी कृष्ण रायमाझीले दिनुभएको जानकारी अनुसार म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बाँदरजुङ्गे भीरमा पाइलट ट्रयाक खोल्ने र म्याग्दीको ओखरेबगरमा कालीगण्डकी नदीमाथि बेलीबृज निर्माण गर्ने काम बाँकी छ ।"युद्धस्तरमा काम भइरहेको छ, माघ मसान्तसम्ममा जोमसोमलाई सिधा राजमार्गसंँग जोड्ने लक्ष्य लिएका छौँ भन्दै सेनानी रायमाझीले भन्नुभयो- " अव बढीमा एक किलोमिटर बाटो खन्न बाँकी छ ।" यसअघि सेनाले मङ्सिर मसान्तभित्र जोमसोमलाई राजमार्गसँग जोड्ने बताएको थियो । जाडो र केही प्राविधिक कठिनाइका कारण मङ्सिरमा काम पूरा गर्न नसकिएको उहाँले बताउनुभयो । दस वर्षअघिदेखि निर्माण सुरु गरिएको उक्त मोटरबाटोको मुस्ताङको घाँसदेखि जोमसोम र म्याग्दीको बेनीदेखी ओखरेबगर तथा भुरुङ तातोपानीदेखि दानासम्म करिब ७० किलोमिटर सडक खण्डमा जिप, मोटरसाइकल र ट्रयाक्टर गुडिसकेका छन् । अहिले त्यहाँ नेपाली सेना र अन्य गरी ३०० जना सडक खन्ने काममा लगिरहेका छन् ।

Thursday, January 31, 2008

जिम्मा लिने समूह सात पुगे

बिरगंजमा बम बिष्फोट गराएको दावी गर्ने समूहको संख्या सात पुगेको छ । 
१७ माघ २०६४ ११:३१ मा पोष्ट गरिएको
प्रिन्ट ईमेल सम्पादकलाई चिट्ठी अक्षरको आकार:
बिरगंजमा माघ १६ गते बम बिष्फोट गराएको दावी गर्नेहरुको संख्या आधा दर्जन पुगे पनि प्रहरीले अझै बिष्फोटमा संलग्नहरुको पहिचान गर्न सकेको छैन । घटनाका प्रत्यक्षदर्शीको भनाइका आधारमा प्रहरीले बम बिष्फोट गराउने पनि घाइते भएको हुनसक्ने अनुमान गरेको थियो र घाइतेमध्ये केहीलाई निगरानी गरेको बताएको थियो । सात दलको सभा चलिरहेको बेला सभास्थलबाहिर एक जनाले झोला छाडेको र तत्कालै बम बिष्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका थिए । तर, माघ १७ गते बिहान प्रहरीले घाइतेमाथिको शंका निवारण भएको बताएको छ । कुन घाइतेलाई शंका गरिएको थियो भन्ने भने प्रहरीले जानकारी दिन चाहेन ।
१६ गते बेलुकासम्म बम बिष्फोट गराएको दावी गर्ने समूहको संख्या सात पुगेको पत्रकार रवि दाहालले बताए । यस्ता घटनाको जिम्मेवारी लिएर अपराध जगतमा चर्चित हुन घटनाको जिम्मेवारी लिने होड चलेको जानकारहरु बताउछन् । सात दलको सभामा भाग नलिन चेतावनि दिदै भाग लिए भौतिक कारवाही गर्ने धम्की ज्वालासिंहलगायत चार सशस्त्र समूहले दिएका थिए । उनीहरुले १५ र १६ गते बिरगंज बन्दको पनि आह्वान गरेका थिए । आज ज्वालासिंह समूहको भात्रृ संगठन मधेशी बिद्यार्थी मोर्चाले बिरगंज बन्द घोषणा गरेको छ ।
बम आक्रमणबाट घाइते भएका ६६ मध्ये १६ गते बेलुका ४ जनालाई उपचारका लागि राजधानी लगिएको छ । आज अरु ८ जना घाइतेलाई राजधानी लगिदैछ । ११ जना अझै अस्पतालमा उपचार गराइरहेका छन् । बाँकि घाइतेहरु सामान्य उपचारपछि घर फर्केका छन् । राजधानीमा उपचारका लागि लगिएकी एक महिलाबाहेक अन्य घाइतेको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । ती महिलालाई छातीमा छर्रा लागेको छ ।

जनमोर्चा नेपाल र माओवादी एक हुने संभावना

१ फेब्रुअरी, ०८ । फरक पार्टी रहे पनि माओवादीको वकालत गर्दै आएका एकताकेन्द्र मसाल र त्यसको खुला संगठन जनमोर्चाका नेताहरू माओवादीमा प्रवेश गर्ने भएका छन् । सार्वजनिक सभा-समारोहमा माओवादीकै भाषा बोलिरहने अमिक शेरचन, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, घनश्याम शर्मा पौडेलका साथै भूमिगत शैलीमा उनीहरूकै सेवा गर्ने नारायणकाजी श्रेष्ठ (प्रकाश) समेत माओवादीमा मिसिदै छन् । माओवादीमै विलयका लागि नेकपा (एकताकेन्द्र) आतुर देखिएको बताईन्छ । 'नेकपा एकताकेन्द्रले पार्टी एकताको निर्णय गरिसकेको छ । हामीले विचार गरिरहेका छौ“'- नेकपा (माओवादी) का केन्द्रीय सचिवालय सदस्य एवम् माओवादीका तर्फबाट पार्टी एकता कार्यदलका सदस्य वर्षमान पुन (अनन्त) ले भन्नुभयो । आफ्नो पार्टीको पृथक् सिद्धान्त र नीति केही नभएपछि सधैभरि माओवादीकै वकालत गर्ने बानी लागेको एकताकेन्द्रका नेताहरू संविधानसभाको चुनावलाई मध्यनजर गरेर माओवादीमै मिसिन लागेका हुन् । चुनावमा कसरी जाने भन्ने विषयमा नै अप्ठ्यारो देखेपछि पार्टी एकताका लागि एकताकेन्द्रले महासचिव नारायणकाजी श्रेष्ठ (प्रकाश) लाई वातावरण मिलाउने जिम्मेवारी दिएको छ । 'पार्टी एकताको सम्भावना छ । अब २२-२३ गते बस्ने पार्टीको बैठकले यस विषयमा ठोस निर्णय गर्नेछ'- जनमोर्चा नेपालका महासचिव घनश्याम शर्मा पौडेलले भन्नुभयो । जनमोर्चाले पार्टी एकताका लागि लीलामणि पोखरेलको संयोजकत्वमा समिति नै गठन गरेको छ । माओवादीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले दुवै पार्टीग एकता गरिहाल्नुपर्ने निर्णय निकालेको छ । गएको कात्तिकमा जनमोर्चा नेपालले गठन गरेको पार्टी एकता समितिले निरन्तर रूपमा औपचारिक छलफल गरिरहेको महासचिव पौडेलले बताउनुभयो । पार्टीसदस्यहरू सकिदै गएपछि एकता नगरी नहुने अवस्थामा पुगेको एकताकेन्द्र जनमोर्चाले पदमा बार्गेनिङ गरेपछि एकतामा ढिलाइ भइरहेको माओवादीले बताएको छ । माओवादीले पार्टी एकताका लागि मोहन वैद्य (किरण), दीनानाथ शर्मा र वर्षान पुन (अनन्त) रहेको वार्ता समिति गठन गरेको छ ।

विश्व बैकको १६ अर्ब सहयोग

नेपालको ग्रामिण क्षेत्रको विकासका लागि विश्व बैंकले १६ अर्ब रुपैयाँ सहयोग गरेको छ । ग्रामिण क्षेत्रका विकास जनताको सशक्तिकरण र आयआयर्जन बढाउने कार्यका लागि विश्व बैंकले यो सहयोग गरेको हो । सहयोग ग्रामिण सडक र सिँचाइको पूर्वाधार तयार गर्न केन्द्रीत हुने बताइएको छ । विश्व बैंकले सबैका लागि शिक्षा कार्यक्रमका लागि पनि सहयोग रकम छुट्याएको छ । आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव विद्याधर मल्लिक र विश्व बैंकका नेता प्रतिनिधि सुसान गोल्डमार्कले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

पोखरामा हिमपात, जनजीवन कष्टकर

पोखरा, १७ माघ/कास्की जिल्लाको उत्तरी केही गाविसमा गएराती हिमपात भएको छ । हिमपातले जनजीवन कष्टकर बनेको छ । बुधबार राती परेको पानीले कास्की जिल्लाको कास्कीका पर्यटकिय गाउहरु तान्चोकको देउराली, पोथना, लुम्ले, घान्दु्रक, लान्द्रुक, पन्चासै लगाएतका स्थानहरुमा हिमपात भएको छ । हिमपातसंगै वढेको चिसोको कारण दैनिक कार्यमा समस्या उत्पन्न भएको छ । तरकारी तथा अन्नवालिमा सामान्य क्षति पुगेको छ । चौपायालाई असर परेको स्थानियवासिले बताएका छन् । कास्कीको ठूलाखर्कमा वुधवार साँझबाट हिउँ परेको थियो । हिउँ परेपछि हिउँका पारखीहरु हिउँखेल्न त्यहाँ पुगेका छन् । पोखराबाट बिहिबार दिउँसो हिउँ खेल्न उल्लेख्य संख्यामा अष्ट्रेलियन क्याम्प तर्फगएका छन् । हिउँमा खेल्न मानिसहरु जाने क्रम अझैं बढि रहेको त्यहाँबाट ध्रुव देवकोटाले टेलिफोन मार्फ जानकारी दिनुभएको छ । यसैविच कास्कीको ठूलाखर्कमा अघिल्लो वर्षन्दा छिटो हिउँ परेको हो । गतवर्षमाघको अन्तिम समयमा हिउँ परेको थियो । हिउँ परेपछि पोखराको बातावरण निकै चिसो बनेको छ । चिसोले जनजीवन प्रभावित बनेको छ । गतवर्षपनि पोखरासँगै जोडिएको लुम्ले गाविसमा हिउँ परेको थियो । यता पार्चे गाविसको पर्यटकीय गाउँ सिक्लेसमा पनि हिउँ परेको छ । हिउँ खैल्नैकै लागि पोखराबाट मात्र नभई अन्य छिमैकी जिल्ला र स्थानीय युवायुवती अष्ट्रेलियन क्याम्प पुगेको त्यहाँबाट फर्केका नवराज सापकौटाले जानकारी दिए ।

Wednesday, January 30, 2008

सांस्कृतिक राजतन्त्र चाहिन्छ: सुजाता कोईराला

विना विभागीय मन्त्री सुजाता कोईरालाले नेपालमा सांस्कृतिक राजतन्त्रको आवश्यकता रहेको बताएकी छिन्।
उनका अनुसार यो उनको व्यक्तिगत भनाइ हो।
राजतन्त्रको पक्षमा वकालत गरेको भनी मन्त्री कोइराला पटक पटक विवादमा परेकी छिन।
कोईरालाले भनिन, “अन्तरिम संविधानमा गणतन्त्रको उल्लेख गरीसकिएकाले राजतन्त्र र गणतन्त्रको बहस अन्त्य भइसकेको छ।"
आफु संविधानको विपरित जान नसक्ने पनि उनले बताइन्।
तर उनले भनिन्, “विविधताले भरिएको नेपालको राष्ट्रिय एकता र विशिष्ट परिचय कायम राख्न सांस्कृतिक राजतन्त्र भएपनि राख्नु पर्छ भन्ने मेरो व्यक्तिगत मान्यता अझैपनि यथावत छ।"
बीबीसी नेपाली सेवा र बीबीसी वर्ल्ड सर्भिस ट्रष्टद्वारा आयोजित साझा सवाल कार्यक्रममा बोल्दै मन्त्री कोईरालाले आफ्नो व्यक्तिगत धारणा राख्न आफु स्वतन्त्र भएको बताएकी थिइन्।
आलोचकहरुले कोईरालाको मन्त्रीमा नियुक्तिलाई राजतन्त्र जोगाउन उनको दल नेपाली काँग्रेसद्वारा गरिएको प्रयासको रुपमा हेरेकाछन्।
खण्डन
मन्त्री कोइरालाले सो आरोपको खण्डन गरिन्।
नेपाली काँग्रेसले संविधानसभा चुनावको आफ्नो घोषणापत्रमा गणतन्त्रमा जाने उल्लेख गर्ने निर्णय भइसकेको उनले बताइन्।
तर मन्त्री कोइरालाले भनिन, “नेतृत्वमा जाने मानिसले देशलाई निकास दिन सबै विकल्पहरु खुल्ला राख्नु पर्छ।“
अन्तरिम संविधानमा हालै गरिएको संशोधन अनुसार चैतका लागि प्रस्तावित संविधानसभा चुनावको पहिलो बैठकले गणतन्त्रको कार्यान्वयन गर्नेछ।
नेपाल गणतन्त्रात्मक देश हुने निर्णय चाहिं अन्तरिम संविधानमा गरिसकिएको छ।
कमजोर सुरक्षा स्थितिका कारण चुनाव अझै अनिश्चित रहेको ठानिएकाले विभिन्न विकल्पहरुका बारे राजनीतिक क्षेत्रमा अडकलबाजीहरु भइरहेका छन्।

बिरगंज सभामा बम बिष्फोट

सात दलको सभा भइरहेकै बेला बिरगंज सभास्थल बाहिर १२ जना घाइते हुनेगरी बम बिष्फोट भएको छ । 
बिरगंजमा सात दलको सभा भइरहेको बेला सभास्थल बाहिर बम बिष्फोट हुँदा १२ जना घाइते भएका छन् । घाइतेहरुलाई बमको छर्रा लागेको र उनीहरुको अवस्था गम्भीर नभएको बताइएको छ । उपचारका लागि घाइतेहरुलाई स्थानीय अस्पतालमा लगिएको छ । सभा सकिनु केही अघि अन्तिम वक्ता नेपाली कांग्रेस नेता तथा मन्त्री र्फमुल्ला मन्सुरले बोलिरहेको बेला दिउँसो ३ बजेर ५५ मिनेटमा बम बिष्फोट भएको थियो । रंगशाला बाहिर मोटर पार्किङ गरिएको ठाउँमा बम बिष्फोट गराइएकोले घाइते हुनेमा सभाबाट फर्कदै गरेका मानिसहरु छन् । ठूलो आवाजमा बम बिष्फोट भएपछि सभामा भागदौड मच्चिएको थियो ।
ज्वालासिंहलगायत चार सशस्त्र समूहले सभामा सहभागी नहुन चेतावनि दिएका कारण सात दलको सभामा कम सहभागिता हुने अनुमानबिपरीत बिरगंजको सभामा ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । नेपाली कांग्रेसका मन्सुर, एमालेका भरतमोहन अधिकारी, माओवादीका बर्षामान पुन अनन्त, सदभावना आनन्दीदेवीकी सरिता गिरी, जनमोर्चाका घनश्याम शर्मा पौडेल, नेमकिपाका सुनिल प्रजातपती, बाममोर्चाका सिपी मैनालीले सभालाई सम्बोधन गर्दै सबैलाई संविधानसभा चुनावमा भाग लिन आह्वान गरेका थिए । उनीहरुले अब संविधानसभा चुनाव कुनै हालतमा नसार्ने पनि सभामा प्रतिवद्धता ब्यक्त गरेका थिए ।

चुप लागेका मात्र छैनौँ । त्यसको धेरै अर्थ छ । .ज्ञानेन्द्र शाह, नारायणहिटी दरबार-

-ज्ञानेन्द्र शाह, नारायणहिटी दरबार-
हामी चुप लागेर बसेको पनि शान्ति सम्झौता भएर शान्ति प्रक्रिया सफल पार्न नै हो । मुलुक कुन अवस्थातिर गइरहेको छ, कस्तो दिशातिर डोरिएको छ, किन अस्तव्यस्त भइरहेको छ भन्ने कुरातिर नेपाली जनताले नै बोल्नु र भन्नुपर्‍यो । कहिल्यै पनि राजसंस्थाले शक्ति खोजेको छैन । राजसंस्थाको इतिहासमा यस्ता क्षणहरु कति आए-कति गए, नेपाली जनताको चाहना अनुसार नेपाली राजसंस्था चलेको छ र त्यतै तिर लागेको छ
मैले सुनेको र ज्ञात नभएको होइन, जनता पनि बोल्न सकेका छैनन्, विभिन्न कारणले । प्रजातान्त्रिक तौर तरिकाका नाममा बेढंगबाट देशको भौतिक संरचना नास गर्ने कुरा प्रजातान्त्रिक भएन जस्तो लाग्दछ । कसैले पनि कुनै बेला जनतालाई टेक फर ग्रान्टेड गर्न हुँदैन ।
शान्ति होस्, प्रजातन्त्र रहोस्, राष्ट्रियता बलियो बनोस् । कुन किसिमको राजनीतिक व्यवस्था नेपाली जनताले चाहन्छन्, त्यो नेपाली जनताको चाहनामा हुनुपर्दछ त्यो नेपाल र नेपालीलाई सुहाउँदो हास् । नेपालीको शिर ठाडो पारेर हिँड्ने व्यवस्था होस् । अस्थिरतालाई सुल्झाउने कुरा पनि प्रजातान्त्रिक तौर तरिकाबाट होस् भन्ने चाहना हो ।
साइलेन्स अल्सो एक्सन । चुप लागेका मात्र छैनौँ । त्यसको धेरै अर्थ छ । जसले बुझेको छ, बुझेका छन् । कसैले बुझ पचाए जस्तै लाग्छ । नेपाली जनताको आफ्नै पन छ । त्यसैमा राजसंस्थाको विश्वास छ । सहरको कुरा गरेर मात्र हुँदैन । डाँडाकाँडामा दुःख पाएर रहेका नेपालीलाई उत्तिकै महत्व दिइनु पर्दछ ।
राजसंस्था नेपाल एकीकरणभन्दा पनि पुरानो संस्था हो । राजसंस्था पहिला पनि थियो । राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहबाट नेपालको एकीकरण गरिबक्स्यो, मौसुफबाट एकीकरण नभएको भए आज हामी कहाँ हुन्थ्यौँ ? राष्ट्रनिर्मातालाई बेइज्जत गर्ने कुरा आफूलाई र राष्ट्रलाई बेइज्जत गरेको जस्तो लाग्छ । हामीले नै ककसलाई कति ठाउँ दियौँ, त्यसको सम्झनाभन्दा पनि दोष अरुलाई दिनेभन्दा पनि आफूलो सुधार्ने बानी बसाल्नु पर्दछ कि ?
राजसंस्थालाई अगाडि बढाउने प्रयासमा नेपाली जनता नै अग्रसर हुनुपर्दछ । नेपालको छाति यति गहिरो र फराकिलो छ , जहाँ सबै नेपाली अटाउँछन् ।हामीले दर्ुइ वर्षअगाडि गर्न खोजेको प्रयास पनि २०४७ साल कै नेपाल अधिराज्यको संविधानअनुसार नै जनताको नासो जनतालाई फर्काउने प्रयास प्रजातान्त्रिक तौरतरिकाबाट गरेकै हो । माओवादीले प्रयोग गरेका उपायहरु बारे खुसी थिएनौँ । त्यसैले हामीले कुनै न कुनै किसिमबाट जनताको माग बमोजिम शान्ति प्रयासमा लागेका हौँ । सफल हुन सकेनौँ । हामीले त्यो मान्नै पर्छ । त्यसको नतिजा अहिले राष्ट्र र जनताले भोगिरहेको जस्तो लाग्छ। हामीले कोसिस गरेको प्रयास ठीकै थियो, कुनै न कुनै रुपले प्रमाणित हुँदै गएको छ कि जस्तो लागेको छ । राजसंस्था राजनीतिमा सरोकारै राख्दैन, राख्नु पनि हुँदैन । नेपाली जनताले जस्तो चाहना गर्छन्, राजसंस्थालाई त्यतैतिर ढाल्नुपर्दछ र त्यसअनुसार अगाडि बढाउनु पर्दछ । प्रजातन्त्र कमजोर भएको छ त्यसैले राजतन्त्र र प्रजातन्त्रको बलियो सम्बन्ध बढाउनु र बढ्नु परेको छ।

Tuesday, January 29, 2008

२ हजार सुरक्षाकर्मी परिचालन

वीरगन्ज, माघ १५ - सात दलले बुधबार यहा“ गर्ने आमसभाका लागि २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सभा बिथोल्न जनतान्त्रिक तर्राई मुक्ति मोर्चा, संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा, मधेसी मुक्ति मोर्चालगायतले मंगलबारदेखि बारा, पर्सर्ाा रौतहट बन्दको आह्वान गरेकाले सुरक्षा कडा बनाइएको हो ।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भने सभा बिथोल्ने खालको गतिविधि नगर्न कार्यकर्तालाई विज्ञप्तिमार्फ आग्रह गरेका छन् । जनकपुरमा शनिबार भएको सभा बिथोल्न फोरम सम्मिलित संयुक्त मधेसी मोर्चाले प्रयास गरेको थियो ।
नेपाल र सशस्त्र प्रहरीका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी रहेको वीरगन्जमा त्यति नै संख्यामा सुरक्षाकर्मी थपिने पर्सर्ाा प्रमुख जिल्ला अधिकारी भोला शिवाकोटीले जानकारी दिए । सुरक्षाकर्मी परिचालनका लागि नेपाल प्रहरी र सशस्त्रका अतिरिक्त महानिरीक्षकहरू श्यामसिंह थापा र अमर नेम्बाङ आइसकेका छन् ।
सहरबाहिरबाट सभामा सहभागी हुन आउनेको सुरक्षाका लागि मोबाइल टोली र पिकेटिङको व्यवस्था मिलाइएको पर्सर्ाा प्रहरी उपरीक्षक योगेश्वर रोमखामीले जनाए । उनका अनुसार प्रत्येक प्रहरी इकाइलाई आफ्नो ठाउ“बाट सहभागी हुन जानेसित समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ ।

ँसेना परिचालनको आवश्यकता छैन’

काठमाडौं, माघ १५ - कांग्रेस महामन्त्री डा. रामवरण यादवले संविधानसभा निर्वाचन गर्न नेपाली सेना परिचालन आवश्यक नभएको बताएका छन् ।
मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवले सशस्त्र र जनपद प्रहरी परिचालनबाटै निर्वाचन गर्न सकिने धारणा व्यक्त गरे । तर्राईका विभिन्न जिल्लामा कार्यकर्ता भेटघाट र आमसभा गरेर हालै फर्केका यादवले स्थलगत अध्ययनको आधारमा निर्वाचन गर्न सकिने बताए ।
'बृहत् शान्ति सम्झौता र अन्तरिम संविधानमा विशेष परिस्थितिमा राजनीतिक सहमतिका आधारमा मात्रै सेना परिचालन गर्न सकिने सहमति भएको छ,' उनले भने- 'त्यसकारण सेना परिचालन गर्न मिल्दैन । मिले पनि सहमति चाहिन्छ ।'
मधेसमा सुरक्षाका केही चुनौती भए पनि संविधानसभाका लागि सेना परिचालन गर्नुपर्ने अवस्था नभएको उनको दाबी थियो । 'सशस्त्र र जनपदको परिचालनले सफलता र र्सार्थक संविधानसभा गर्न सकिन्छ,' उनले भने- 'त्यसकारण सेना परिचालनको आवश्यकता छैन ।'
मधेसका जिल्लामा भएका राजनीतिक कार्यक्रममा सभास्थल वरपर बम विस्फोट, ढुंगामुढा, अभद्र व्यवहार, कालो झन्डा देखाएर अवरोध गर्ने कोसिस गरे पनि जनताको व्यापक सहभागिता भएकाले संविधानसभा गर्न सकिने निचोडमा पुगेको बताए ।

चितुवाले ६ बालबालिका खायो

भक्तपुर, माघ १५ - चितुवाले ६ महिनाको अन्तरालमा नंखेल गाविसका ६ जना बालबालिका मारिसकेको छ । तर कुनै पनि निकायले चितुवा नियन्त्रणमा ध्यान दिएको छैन ।
कुकुर, बाख्राजस्ता घरपालुवा जनावरसमेत मारिएका छन् । स्थानीयवासीले प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कतैबाट नियन्त्रणको पहल हुनसकेको छैन ।
गत बिहीबार सा“झ नंखेल-६ स्थित सात वषर्ीय अनुप महतलाई चितुवाले खाएको थियो । 'सा“झ नपर्दै बालक हरायो', स्थानीय विश्वराम खत्रीले भने- 'खोज्दै जा“दा घरदेखि पा“च सय मिटर पर बिच्छेद अवस्थामा पायौं ।' पटक-पटक गरी ६ जनाभन्दा बढी बालबालिका चितुवाले खाएको उनले बताए ।
हरेक सा“झ चितुवाको गन्ध र आवाज सुन्नासाथ स्थानीयवासी रा“को बालेर जाग्राम बस्ने गरेको उनले सुनाए । 'सा“झ ६ बजेपछि घरबाहिर निस्किन गाह्रो भएको छ,' उनले भने । चितुवा आतंकका कारण कार्यालयमा काम गर्ने कर्मचारीसमेत चा“डै घर फर्किनुपर्ने बाध्यता आएको उनले सुनाए । घटना दोहोरिएपछि पटक-पटक जिल्ला प्रशासन कार्यालयमा निवेदन गर्न गएको खत्रीले सुनाए । 'तर कतैबाट सुनुवाइ भएन' उनले गुनासोे गदर्ैर्ैैने- 'प्रजिअले मेरो निकायमा पर्दैन भन्छन्, अन्त कहा“ जाने हामीलाई थाहा छैन ।'
स्थानीयवासीका गुनासो र सुरक्षाको माग संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी डिल्लीप्रसाद सिवाकोटीले बताए ।

क्रान्तिकारीले स्ववियु चुनावमा भाग लिने

काठमाडौं, माघ १५ - माओवादी विद्यार्थी संगठन अखिल -क्रान्तिकारी) ले स्ववियु निर्वाचनमा भाग लिने घोषणा गरेको छ ।
यसअघि असहमति जनाउ“दै आएको क्रान्तिकारीले संगठनको पर्ूण्ा बैठक बसी 'भ्रष्टाचार मुक्त स्ववियुका लागि विद्यार्थी अभियान' नारासहित चुनावमा जाने निर्ण्र्ाागरेको हो ।
उसले निर्वाचन नियमावली संशोधन गरी समानुपातिक प्रणालीमा चुनाव गराउनुपर्ने माग राख्दै आएको थियो ।
'हामी चुनावविरोधी होइनौं,' मंगलबार पत्रकार सम्मेलनमा संगठनको पा“चौं पर्ूण्ा बैठकको निर्ण्र्ाासुनाउ“दै अध्यक्ष लेखनाथ न्यौपानेले भने- 'लोकतान्त्रिक गणतन्त्रको अवस्थामा पुरानो नियमावलीले हाम्रा सबै मुद्दा समेट्न नसक्ने भएकाले मात्र संशोधनको माग राखेका हौं ।'
स्ववियु र संविधानसभाको चुनाव महिना दिनको फरक हुने भएकाले एकसाथ प्रचार अभियान जारी राख्ने उनले जनाए । 'नियमावली संशोधन प्रस्तावको त्रिविले बेवास्ता गरे पनि स्ववियु चुनावलाई अग्रगामी परिवर्तनका रूपमा लिएका छौं,' उनले थपेे- 'यथास्थितिवादविरुद्ध धक्कामूलक रूपमा स्ववियु चुनावमा सहभागी हुने निर्ण्र्ाागरेका छौं ।' गुणस्तरीय शिक्षा र परिवर्तनका लागि स्ववियु निर्वाचनलाई उपयोग गर्ने न्यौपानले जनाए ।
विद्यार्थी संगठनबीच स्वस्थ प्रतिस्पर्धा र व्यवस्थित निर्वाचनका निम्ति अध्यक्ष न्यौपानेको संयोजकत्वमा मूल समितिसमेत गठन गरेको जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयले फागुन १६ गते स्ववियु निर्वाचन गर्ने मिति तय गरिसकेको छ । अन्य विद्यार्थी संगठनले देशव्यापी प्रचार-प्रसार अभियान थालेका छन् ।
यसअघि संविधानसभा निर्वाचनलाई असर पार्ने भन्दै स्ववियु निर्वाचन स्थगित गर्न माओवादीले मंगलबार राखेको प्रस्तावलाई अन्य दलले अस्वीकार गरेका थिए । सात दल संयुक्त समन्वय समितिको माओवादी केन्द्रीय कार्यालयमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले संविधानसभाको तयारीमा लाग्नुपर्ने युवा विद्यार्थी आफ्नै निर्वाचनमा लाग्नु उपयुक्त नहुने उल्लेख गर्दै स्ववियु निर्वाचन रोक्न सात दलसम्बद्ध विद्यार्थी संगठनहरूलाई निर्देशन दिने प्रस्ताव गरेका थिए ।
अन्य दलका नेताहरूले प्रस्तावप्रति असहमति जनाउ“दै शाही कालमा पनि नरोकिएको स्ववियु निर्वाचन रोक्न नहुने अडान राखेका थिए ।
स्ववियु निर्वाचनको कार्यक्रम प्रकाशित भइसकेको र सात दलसम्बद्ध विद्यार्थी संगठनहरूले मित्रवत् प्रतिस्पर्धाको घोषणा गरिसकेको उल्लेख गर्दै उनीहरूले त्यस विषयमा कुनै निर्ण्र्ााआवश्यक नभएको बताए ।

निर्वाचन भव्यरुपमा सफल पार्ने उद्देश्यले पैदल यात्रा

भद्रपुर, १६ माघ । संविधानसभाको निर्वाचन भव्यरुपमा सफल पार्ने उद्देश्यले जनमोर्चा नेपालले झापामा चार दिने पैदल यात्रा सुरु गरेको छ । 'राष्ट्र बनाआँ, जनआन्दोलनको लक्ष्य पूरा गरौं' भन्ने मूल नाराका साथ चन्द्रगढीबाट हिजो सुरु गरिएको पैदल यात्रा माघ १८ गते गौरीगन्जमा समापन गरिने बताएको छ । सो अवसरमा जनमोर्चाका मेची संयोजक गणेश बुढाथोकी, एमालेका पुष्प पोखरेल, माओवादीका प्रशान्त, जनमोर्चाका केन्द्रीय सदस्य ज्योतिसिह दर्लामी, आदिवासी जनजाति महासङका केन्द्रीय सदस्य लक्ष्मी गुरुङ, महिला नेत्री तारा न्यौपाने, अस्पताल विकास समितिका अध्यक्ष नारायण उप्रेतीलगायतका वक्ताहरुले संविधानसभाको निर्वाचनलाई सफल बनाउनका लागि एकजुट भएर जनतामाझ पुग्नुपर्ने धारणा प्रकट गर्नुभयो ।

बिशाल जनसहभागिताका साथ नेपालगंजमा संयुक्त सभा

२८ जनवरी, ०८ । संविधान सभा चुनावको माहौल वनाउन सात राजनीतिक दलले आज नेपालगंजमा छैठौं संयुक्त चुनाबि सभा सम्पन्न गरेका छन ।सभालाई सम्बोधन गर्ने सबैजसो नेताहरुले चैत २८ मा चुनाब भएरै छाड्ने प्रतिबद्धता दोहार्‍याएका थिए । उनीहरुले मध्यपश्चिमबासीलाई निर्धक्क भएर चुनाबमा होमिन आग्रह गर्दै अबको चुनाब कसैले रोकेर नरोकिने समेत दाबी गरेका थिए । सभालाइ संवोधन गर्ने सवैजसो नेताहरुले संविधानसभाको चुनाव नभए निरंकुश राजतन्त्र हावी बताएका थिए । सभालाइ सम्बोधन गर्दै नेकपा एमालेका बामदेब गौतमले आन्दोलनरत सवै पक्षलाई वार्तामा आउन आग्रह गर्दै निर्वाचन अघि पुरा हुने मागलाई सम्वोधन गर्न सात दल प्रतिबद्ध रहेको वताउनुभयो ।यसैगरी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले मुलुकमा कस्तो संघीय सासन हुने र मुलुकलाइ कति प्रदेशमा विभाजन गर्ने भन्ने कुरा लामो वहस र छलफलपछि मात्र तय गरिनुपर्ने भन्दै चुनाव अघिनै स्वायत्त प्रदेश घोषणा गर्न नसकिने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कुनैपनि तागतले संविधानसभाको चुनाव रोक्न नसक्ने दावी गर्दै चैत २८ गते चुनाव हुनेमा आश्वस्त पार्ने प्रयास गर्नुभयो । जनमोर्चा अध्यक्ष अमिक शेरचनले चैत २८ मा संविधानसभाको चुनाव हुन नसके मुलुकमा पुन निरंकुश राजतन्त्र सक्रिय हुने र प्राप्त अधिकार पनि गुम्ने हुनाले सवै मधेशी जनतालाई चुनावमा भाग लिन आग्रह गर्नुभयो । सूचना तथा संचारमन्त्री एवं नेकपा माओवादीका नेता कृष्णवहादुर महराले मधेसी, जनजाति, दलित, हिमाल, पहाड सवैतिर समस्या अझै बांकी रहेकाले त्यसलाई संविधान सभापछि बन्ने नया संविधानले मात्र सम्वोधन गर्ने वताउनुभएको थियो ।सदभावना आनन्दीदेवीका महासचिव देवेन्द्र मिश्रले तराईमा आन्दोलनरत पक्षसंग चुनाव अघिनै गोलमेच सम्मेलन हुनुपर्ने वताउनुभयो । सभालाई संवोधन गर्दै वाममोर्चाका नेता नारायणप्रसाद आचार्यले सात राजनीतिक दलवीच थुप्रै बुँदामा असहमति रहेकोपनि ती विषय चुनावका वाधक नवन्ने वताउनुभयो । आयोजकले अहिलेसम्मकै सवैभन्दा उत्साहजनक सहभागिता भएको दावी गरेपनि सभास्थलमा करिव पचास हजारको संख्यामा मात्र सर्वसाधारण उपस्थित भएको बताईएको छ ।

कांग्रेसले पनि प्रत्येक बुथमा एकसय युवा पठाउने

२९ जनवरी, ०८ । वाईसिएलले हरेक वुथमा दुईसय वाईसिएल परिचालन गर्ने घोषणा गरेलगत्तै नेपाली कांग्रेसले पनि 'तरुण-युवा' परिचालन गर्ने घोषणा गरेको छ ।नेपाली कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गरी संविधानसभा चुनावको हरेक वुथमा एकसय युवा तरुण परिचालन गर्ने वताएको हो । यसका लागि पार्टी केन्द्रीय कार्यालयले हरेक जिल्ला समितिलाइ फागुन दशगतेभित्र नामावली पठाउन निर्देशन समेत दिएको वताइएको छ । प्राप्त नामावली मध्येवाट फागुन १५ गतेभित्र छनौट गरि सकिने विज्ञप्तीमा उल्लेख छ । यता नेपाली कांग्रेसले माघ १६ गतेदेखि मसान्तसम्म हरेक जिल्लामा आमसभा आयोजना गर्ने भएको छ ।

बैंकका कर्मचारीबाट ४० लाख लुटियो

राजधानिको न्युरोडबाट हतियारधारी समुहले अपराहान्न एक फाईनान्स कम्पनिका कर्मचारीलाई खुकुरीहानी उँनको साथमा रहेको ४० लाख रुपैया लुटेको छ ।
विशाल बजार स्थित इनभेष्टमेन्ट् बैंकबाट झिकेको रकम लैजादै गर्दा शेयर मार्केट एन्ड फाईनान्स लिमिटेडका सुरक्षा गार्ड राजु तामाङलाई रन्जना गल्लिमा ४-५ जनाको समुहले टाउको र खुट्टामा खुकुरी हानि सो रकम लुटेर लगेको जनसेवा प्रहरीले जनाएको छ ।
पुरानो नैकाप घर भएका घाईते तामाङको विर अस्पतालमा उपचार भइरहेको छ ।
फाईनान्सकी प्रवन्धक समिता मानन्धरका अनुसार तामाङ र अर्का कर्मचारी विन्दु जोशी अपराहान्न १२ वजेतिर बैंकबाट पैसा लिएर फाईनान्स तर्फ पैदल जादै गर्दा लुटेराहरु पैसा खोसेर भागेका हुन । स्थानिय प्रहरीका अनुसार लुटेराहरुको खोजी भईरहेको छ ।

जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -ज्वाला) द्वारा एकको हत्या

जनकपुर, माघ १४ - जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -ज्वाला) का कार्यकर्ताले सोमबार धनुषाको पुष्पलपुरमा एक मजदुरको गोली हानी हत्या गरेका छन् ।
काठमाडौंको एक 'मिनरल वाटर' कारखानामा काम गर्दै आएका २४ वषर्ीय मदनकुमार मोक्तानलाई अपहरण गरेर गोली प्रहार गरिएको धनुषा प्रहरीका निरीक्षक रामप्रकाश चौधरीले बताए । मोक्तान दिगम्बरपुर-५ का बासिन्दा हुन् ।
मोर्चाका केन्द्रीय सदस्य राजन मुक्तिले मोक्तानको हत्याको जिम्मा लिएका छन् । उनले मोक्तानमाथि मधेसवादी आन्दोलनविरुद्ध काम गरेको आरोप लगाए

यातायात बन्द ,पोखरा जाने यात्रु अलपत्र

धादिङबेसी, १५ माघ । निजी गाडीले यात्रु बोक्ने गरेको विरोधमा बस व्यवसायीहरूले धादिङबेसीबाट सञ्चालन हुने सवारी साधनहरू अनिश्चितकालका लागि बन्द गराएका छन् । निजी गाडीले यात्रु ओसारपसार गर्दा बस सञ्चालनमा प्रभाव पार्ने गरेको कुरा प्रशासन समक्ष राख्दा कुनै सुनुवाइ नभएकाले यातायात बन्द गर्नु परेको धादिङ यातायात व्यवसायी सङ्घका कृष्णप्रसाद लम्सालले बताउनुभयो ।यातायात बन्द हुँदा धादिङबेसीबाट काठमाडाँ, नारायणघाट र पोखरा जाने यात्रु अलपत्र परेका छन् । जिल्लाको विभिन्न कच्चीबाटोमा २१ वटा निजी गाडी सञ्चालनमा रहेको बताइएको छ।

किर्तिपुरमा बेवारिसे महिलाको शव

किर्तिपुर, १५ माघ । किर्तिपुरस्थित निर्माणाधीन त्रि.वि.रङ्गशाला नजिकै हिजो साँझ एक महिलाको शव फेला परेको छ । अन्दाजी ३५/३६ वर्षो अनुमान गरिएको उक्त मृत शरीर ठाउँठाउँमा हतियारको चोट लागेको र शरीर पुर्ण रूपमा सुन्निएको अवस्थामा फेला परेको थियो ।आधिकारिक परिचय खुलाउने कुनै कागजात फेला नपरेका कारण हालसम्म सनाखत हुन नसकेको महानगरीय प्रहरी प्रभाग, किर्तिपुरका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताउनुभयो ।

Monday, January 28, 2008

सुजातालाई उपस्थितिका लागि पत्र

काठमाडौँ, माघ १३ गते । व्यवस्थापिका महिला सांसद समूहले बिनाविभागीयमन्त्री सुजाता कोइरालालाई जनआन्दोलनको भावना र उद्देश्यसम्बन्धमा छलफल गर्न समितिमा उपस्थितिका लागि पुनः पत्र पठाउने भएको छ । मन्त्री कोइरालाले राजसंस्थाका पक्षमा अभिव्यक्ति दिनुभएपछि महिला सांसद समूहले जनआन्दोलनको भावना र त्यसविपरीतका अभिव्यक्तिसम्बन्धमा छलफल गर्न आइतबार आमन्त्रण गरेको थियो ।सांसद सुशीला नेपालको अध्यक्षतामा आइतबार बसेको समितिको बैठकमा मन्त्री कोइराला उस्थिति हुनुभएन । निर्धारित समयभन्दा दर्ुइ घण्टा ढिलासम्म उहाँ नआउनुभएपछि बैठकले पुनः आमन्त्रण गर्ने निर्ण्र्ाागर्‍यो ।

कडा सुरक्षा व्यवस्था विच नेपालगञ्जमा सातदलको सभा

संविधानसभा निर्वाचनको प्रचारप्रसारका लागि सात दलले दुई साताअघि राजधानीबाट सुरु गरेको संयुक्त सभा आज नेपालगञ्जमा हुने भएको छ।
मध्यान्ह नेपालगञ्जस्थित टण्डन राइस मिलमा हुने सभाका लागि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।
प्रशासन स्रोतले दिएको जानकारीअनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन झण्डै ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि सात दलले विराटनगर र जनकपुरमा आयोजना गरेको संयुक्त सभाको पूर्व सन्ध्यामा तराईमा संघर्षरत समूहहरुले विष्फोटनलगायतका घटना गराएपछि प्रहरीले विशेष सुरक्षा व्यवस्था अपनाउँदै आएको छ।
सात दलको सभा अनुगमनका लागि नेपालस्थित राष्ट्र संघीय नियोग अन्मिनसमेत नेपालगञ्जमा एक सातादेखि सक्रिय रहेको बताइएको छ। यसअघि जनकपुरमा गरिएको सभामा तराईमा संघर्षरत समूहहरुले अवरोध सिर्जना गर्ने बताए पनि आजको सभा विथोल्ने कुनै समाचार आएको छैन।
जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहले आज बाँकेमा यातायात तथा बजार बन्द आव्हान गरे पनि त्यसको कुनै प्रभाव नपरेको बताइएको छ। नेपालगञ्जमा आज हुने सभाको जिम्मेवारी नेपाल मजदुर किसान पार्टीले पाएको छ।
सभामा सात दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधन गर्नेहरुमा माओवादी नेता एवं सूचना तथा संचार मन्त्री कृष्णबहादुर महरा, एमाले स्थायी समिति सदस्य बामदेव गौतम, नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेलगायत रहेका छन् ।

धनुषा स्थित माओवादी कार्यलयमा बम विष्फोट

जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूह सोमबार बिहान धनुषामा एक युवकलाई सुराकीको आरोपमा गोली हानी हत्या गरेको छ भने जनकपुरस्थित माओवादीको जिल्ला कार्यालयमा बम विष्फोट गराइएको छ।
काठमाडौबाट सोमबार बिहान धनुषाको पुष्पपुरको सिद्धनगरस्थित घर जाँदै गरेका करिब ३५ वर्षिय मदनकुमार लामालाई ज्वालासिंह समूहको टाइगरसिंहको नेतृत्व समूहले गोली हानी हत्या गरेको बताएको छ।
लामाले आफूविरुद्ध सुराकी गरेको आरोपमा सोमबार बिहान सात बजेतिर त्यहाँस्थित जग्दर खोलामा गोली हानी सफाया गरिएको मोर्चाका केन्द्रीय सदस्य राजन मुक्तिले बताएका छन् । यद्यपि प्रहरीले भने लामाको शव नभेटेको जनाएको छ।
त्यसैगरी मोर्चाका कार्यकर्ताले गएराति जनकपुर नगरपालिकाको रजौरस्थित माओवादीको जिल्ला समितिको कार्यालयमा पेट्रोल बम विष्फोट गराएको छ। बम विष्फोटनमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

वाईसीएलले एक करोड चन्दा माग

संखुवासभा, माघ १३ - वाईसीएल कार्यकर्ताले मागेको चन्दा दिन नसकेपछि यहा“का एक र्सवसाधारणको घरजग्गा कब्जा गरेका छन् ।
वाईसीएलले मागेको १ करोड रुपैया“ खा“दबारी-३ गुवाबारीका भुवनसिंह गुरुङले दिन नसकेपछि एक महिनाअघि घरजग्गा कब्जा गरेका हुन् । गुरुङ पत्नी पूर्ण्ााका अनुसार घरमा रहेका चार बालबालिकालाई बाहिर निकालेर ताला लगाएका थिए । २० मुरी धान फल्ने खेतमा पनि झन्डा गाडेका छन् ।
पूर्ण्ााको खुट्टा भा“चिएकाले उपचारका लागि गुरुङ एक महिनादेखि राजधानमै छन् । 'घरमा केटाकेटीमात्रै थिए,' पूर्ण्ााले भनिन्- 'सबै लुगाफाटा, भा“डाक“ुडा फ्या“किदिएर जबरजस्ती कब्जा गरे ।' उनका अनुसार बालबालिका काकास“ग शरण लिएर बसेका छन् ।
वाईसीएलले धेरै अघिदेखि गुरुङ परिवारसित चन्दा माग्दै आएको थियो । गुरुङले भने 'सामान्य आर्थिक अवस्था भएकाले' चन्दा दिन नसक्ने बताउ“दै आएका थिए । 'एक करोड रुपैया“ कहा“बाट
ल्याउनु -' उनले भनिन्- 'सक्दैनौं भन्दा बिचल्ली पारे ।'
माओवादी कार्यकर्ता विनयले भने गुरुङको घर भाडामा लिएको दाबी गरेका छन् । वाईसीएल अध्यक्ष विश्वास जिल्ला बाहिर रहेकाले सर्म्पर्क हुन सकेन ।
जिल्लाका अधिकारकर्मीले सात दलको सहमतिविपरीत माओवादीले संविधानसभा निर्वाचन बिथोल्ने क्रियाकलाप जारी राखेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

Sunday, January 27, 2008

माओवादीका ११ उम्मेदवार को कहांवाट

माओवादीको आज बसेको केन्द्रिय समितिको बैठकले संविधान सभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ११ जना टाउके नेताको निर्वाचन क्षेत्र तोकेको छ । यसरी निर्वाचन क्षेत्र तोकिएका पार्टी अध्यक्ष प्रचण्ड डा बाबुराम भट्टराइ कृष्णबहादुर महरा मोहन बैद्य सिपी गजुरेल देव गुरुङ्ग पोष्ठबहादुर बोगटी वर्षमान पुन टोपबहादुर रायमाझी र नेत्रविक्रम चन्द रहेका छन ।
प्रचण्ड - काठमाडौंको क्षेत्र नम्बर एक र रोल्पा
डा बाबुराम भट्टराई- गोर्खा
कृष्णबहादुर महरा- दागं
मोहन बैद्य- दागं
रामबहादुर थापा वादल- चितवन ।
सिपि गजुरेल- सिन्धुली
देव गुरुङ्ग -मनागं
पोष्टबहादुर वोगटी -नुवाकोट
वर्षमान पुन अनन्त- ललितपुर
टोप बहादुर रायमाझी- अर्घाखांचि
नेत्रविक्रम चन्द- कैलाली

'मधेशका जनता चुनावविरोधी हैनन्'

२७ जनवरी, ०८ । मधेशका नेताहरुले मधेशी जनता चुनावविरोधी नभएको बताएका छन् । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशका माग पूरा भए संविधानसभा चैतभित्रै हुने बताउनुभयो ।आफूहरु सार्थक संविधानसभा निर्वाचनको पक्षमा रहेको बताउदै भन्नुभयो,'मधेशको माग पूरा गरी तोकिएकै समयमा चुनाव गर्नुपर्छ, सरकार चुनावबाट भाग्न खोज्दैछ हामी कुनै हालतमा भाग्न दिदैनौं ।' समग्र मधेश एक प्रदेशको ग्यारेन्टी, प्रशासन देखि सेना प्रहरीमा मधेशीको न्यायिक सहभागिताको ग्यारेन्टी गरिए चैतमा चुनाव हुनबाट कसैले रोक्न नसक्ने बताउनुभयो । मधेशलाई टुक्रा पारेर शासन गर्ने षड्यन्त्र भइरहेको उहांको आरोप थियो । आफूहरु मुलुक बिखण्डनको पक्षमा नरहेको स्पष्ट पार्दै भन्नुभयो,'मधेशी जनता यो मुलुकको राष्ट्रपति बन्न चाहन्छन्, मुलुक टुक्राउने पक्षमा छैनन् ।' नेकपा माओवादीका केन्द्रीय सदस्य दिनानाथ शर्माले मधेशलाई अधिकारसम्पन्न बनाउन संविधानसभा अनिवार्य भएको बताउनुभयो । मधेशी जनता वास्तविक रुपमा संविधानसभाको पक्षमा रहेकाले चुनाव सफल हुने दाबी गर्नुभयो । उहांले भन्नुभयो,'केही व्यक्तिहरु मधेशको प्रतिनिधित्व गर्छौं भन्दै चुनाव बिथोल्न हिडेंका छन् तर मधेशी जनताले उनीहरुलाई नंग्याउनेछन् ।' मधेशको माग सम्बोधनका लागि वार्ताको विकल्प नभएको बताउदै सशस्त्र समूहलाई पनि वार्तामा ल्याउनुपर्नेमा उहांको जोड थियो । राजनीतिक रुपले समस्या हल गर्नुपर्ने बताउदै भन्नुभयो,'मधेशका असन्तुष्ट पक्षलाई मनाएर भएपनि चुनावमा सहभागी गराउनुपर्छ ।' चुनाव चैतमा हुने दाबी गर्दै त्यसमाथि शंका नगर्न आग्रह गर्नुभयो । तराई मधेश लोकतान्त्रिक पार्टीका प्रभावशाली नेता सर्वेन्द्रनाथ शुक्लाले मधेशी जनता संविधानसभा मार्फत् अधिकारसम्पन्न हुन चाहिरेको बताउनुभयो । सार्थक संविधानसभा होस् भनेर आफूहरुले ११ बुंदे माग अगाडि सारेको बताउनुभयो । ११ बुंदे माग पूरा नभएका मधेश देखि पहाडसम्म चुनाव सफल हुने उहांको भनाई थियो । नेकपा एमालेका केन्द्रीय सदस्य रघुवीर महासेठले चुनावको मुखमा मधेशमा आन्दोलन उठाउनुलाई बेमौसमको बाजा भन्नुभयो । उहांले माग असिमित हुने बताउदै भन्नुभयो, 'जति माग उठायो उति तन्कन्छ । यस्तै हो भने पाएका माग समेत गुम्छ ।' प्राप्त उपलब्धिको रक्षा गर्दै मधेशलाई अधिकारसम्पन्न बनाउन संविधानसभामा होमिन आव्हान गर्नुभयो । चुनाव नभए राजतन्त्रलाई फाइदा हुन्छ भन्दै महासेठले मधेशीमाथि राजतन्त्रलाई फाइदा पुर्‍याएको कलंक लाग्ने खतरा बढेको बताउनुभयो । उहांले संविधानसभामा होमिन आम मधेशीलाई आग्रह गर्नुभयो । राष्ट्र बिखण्डनबाहेकको आत्मनिर्णयको सुनिश्चितता चुनावले गर्ने भएकाले सस्ता नारामा नअल्झन आग्रह गर्नुभयो

माओबादीले १४ लाख युवा परिचालन गर्ने

२७ जनवरी, ०८ । माओवादी भातृसंगठन वाइसिएलले आसन्न संविधानसभाको चुनावमा देशभरी १४ लाख युवा परिचालन गर्ने भएको छ । वाइसिएलद्वारा हिजो राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गणेशमान पुनले स्वयंसेवकका रुपमा वाइसिएललाइ परिचालन गर्न लागिएको जानकारी दिनुभयो । हरेक वुथमा दुइ सय वाइसिएल परिचालन गरिने वाइसिएलले जनाएको छ ।युवा परिचालनका लागि कुलवहादुर केसी सोनामलाइ तोकिएको छ भने उपत्यका संयोजकमा सागरलाइ तोकिएको छ ।

बमको हल्लाले महानगरपालिका तनावग्रस्त

काठमाडौं महानगरपालिकाको कार्यालय बागदरबारमा बम राखिएको आशंकामा आज दिउसो केही बेर तनावग्रस्त बनेको छ । महानगरपालिका कार्यालयको भर्‍याङमुनिको बाकसमाथि भेटिएको कालो झोलामा बम भएको आशंकामा त्यहाँको वातावरण त्रस्त बनेको हो । सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यस क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा त्यसमा बम फेला नपरेको जनाएको छ । बम राखिएको हल्लाले कर्मचारीहरुसमेत आतंकित बनेका थिए । नगरपालिकाका कार्यकारी निर्देशक दिनेश थपलियाका अनुसार बम राखिएको हल्ला चलेपछि बम डिस्पोजल टोलीले सो झोलामा बम फेला नपारेको जानकारी दिनुभयो । मन्त्रालयबाट महानगरपालिकाको भवनको भर्‍याङमा बम राखिएको सूचना प्राप्त भएको थियो ।

हिमपातका कारण मुलुकभरको जनजीवन प्रभावित

गत सातायता मुलुकभर भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ। सुदूरपश्चिमी भेगका अधिकांश जिल्लामा हिमपात भएको छ।
बैतडी,डढेल्धुरा,सिमिकोट, डोटीलगायतका स्थानमा परेको बाक्लो हिउँका कारण जनजीवन कष्टकर भएको बताइएको छ। गत बिहीबार साँझबाट ति स्थानमा अत्याधिक हिमपात भइरहेको छ।
बैतडी-डढेल्धुरा दशरथचन्द्र राजमार्गमा हिउँ परेकाले यातायात चलेका छैनन् । यातायात अवरुद्ध हुँदा पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानी गर्न सकिएको छैन । अवरुद्ध राजमार्ग खुलाउन प्रहरी तथा नेपाली सेना प्रयासरत रहेका छन् ।
डोटीमा राजमार्ग अवरुद्ध भई सडकमा रोकिएका सवारी साधन हिउँले ढाकेको बताइएको छ।
धादिङ जिल्लाको दक्षिणी सिमानामा पर्ने मकवानपुर जिल्लाको त्रिभुवन राजपथको दामन सिमभञ्ज्याङ्ग सडकखण्डमा शनिबार साँझ हिउँ परेपछि जाडोले जनजीवन प्रभावित भएको छ । त्रिभुवन राजपथको अघोरदेखि पालुङ सडकखण्डसम्ममा हिउँ परेपनि राजपथ भने अवरुद्ध भएको छैन ।
सिमभञ्ज्याङ्गका सुमन सुवेदीले डाँडाभरि जताततै हिउँ जमेको भएपनि यातायात सुचारु रहेको बताउनुभयो । विगतका वर्षहरुमा हिउँ परेपछि यातायात अवरुद्ध हुने गरेको थियो । यातयात रोकिएपछि काठमाडौंबाट गएकाहरु दामनमा र हेटौंडाबाट गएकाहरु अघोरमै रहनुपथ्र्यो ।
शनिबार राति थप हिउँ नपरेपछि यातायात सुचारु रहँदा पर्यटकहरुले अघोरदेखि टिस्टुङसम्म हिउँ खेल्न पाउने छन्।
दामनमा हिउँ परेपछि ७८ किमि टाढा रहेको काठमाडौं र ५८ किमि यता रहेको हेटौंडाबाट पनि मानिसहरु हिउँ खेल्न पुग्छन् । दामनको हिउँ खेल्न वीरगंज, नवलपरासी,धादिङ ,नुवाकोट र चितवनबाट पनि मानिसहरु जानेगर्दछन। हिमपातले जनजीवन अत्यधिक प्रभावित भएपनि आर्थिक कारोबार हिउँ परेकै बेला आउने आन्तरिक पर्यटकहरुको कारण बढी हुने भएकोले दामन र सिमभञ्ज्याङ्गका होटलहरु चिसोको कुनै परवाहनै नगरी अहिले पर्यटकको सेवामा तल्लिन रहेका छन् ।
तीनदेखि लगातार परेको हिमपातका कारण सुदूरपश्चिमको पहाडी जिल्लाको जनजीवन कष्टकार बनेको छ । हिमपातका कारण पहाडी जिल्लामा तीनदेखि ठप्प भएको यातायात सेवा शनिबार साँझदेखि आंशिक रुपमा संचालन भएको छ ।
सुरक्षाकर्मीहरुले भीमदत्त राजमार्गमा पर्ने हगुल्टे र गैरा सडकखण्डको हिउँ पन्छाएपछि यातायात सेवा आंशिक रुपमा संचालन हुन सकेको हो । उक्त सडकखण्डको हिमपातको अवरोध हटाउन कैलालीको गोदावरीस्थित सडक डिभिजन कार्यालयबाट डोजर समेत त्यसतर्फ पठाईएको सेती अञ्चल प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार आइतबार उच्च पहाडी भेगमा हिमपात हुनेछ । विभागले चिसोसँगै फैलिएको शितलहरका कारण हवाई सेवा स्थगित गरिएका छन् । काठमाडौ उपत्यकामा समेत तीन दिनयता निकै चिसो महशुस गरिएको छ। उपत्यकाको आइतबार बिहानको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ।

सुन तोलाको २२ हजार नजिक

काठमाडौं, माघ १२ - विवाहको सिजनस“गै स्थानीय बजारमा सुनको मूल्य २२ हजार नजिक पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अन्तर्रर्ााट्रय मूल्य पछ्याउ“दै शुक्रबार स्थानीय बजारमा प्रतितोला बहुमूल्य धातुको मूल्य २१ हजार ८ सय -प्रतिदस ग्राम १८ हजार ६ सय ९०) रुपैया“ पुगेको नेपाल सुनचा“दी व्यवसायी संघले जनाएको छ ।
'अन्तर्रर्ााट्रय सुन बजारमा देखापरेको अस्थीरताको प्रभाव स्थानीय बजारमा परेको छ,' संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'मंगलबार तोलाको २० हजार ८० सय -प्रतिदस ग्राम १७ हजार ८ सय ३५) रुपैया“मा झरे पनि फेरि वृद्धि भई नया“ रर्ेकर्ड कायम भएको छ ।' साताको सुरु दिन आइतबार प्रतितोला पहेंलो धातुको कारोबार मूल्य २१ हजार १ सय ४६ -प्रतिदस ग्राम १८ हजार १ सय ३०) रुपैया“ पुगेको थियो ।
स्थानीय बजारमा अघिल्लो महिनादेखि निरन्तर सुन भाउ बढेको छ । पुस १९ गते करिब डेढ वर्षघिको रर्ेकर्ड तोड्दै प्रतितोला सूनको मुल्य २० हजार २ सय रुपैया“ पुगेको थियो । यसको २ साता नबित्दै पुस ३० गते सुनको मूल्य २१ हजार १ रुपैया“ पुग्यो ।
अन्तर्रर्ााट्रय बजारमा शुक्रबार प्रतिआउन्स सुनको मूल्य ९ सय २० अमेरिकी डलर पुग्यो । यो सुनको औपचारिक कारोबार भएयताकै उच्च मूल्य हो ।
अघिल्लो शुक्रबार अन्तर्रर्ााट्रय बजारमा प्रतिआउन्स सुन ८ सय ७१ अमेरिकी डलर खरिदबिक्री भयो ।
दक्षिण अप्रिmकामा रहेको विश्वको दोस्रो ठूलो प्रशोधन केन्द्रले विद्युत् अभावले उत्पादन रोकेकाले पनि अन्तर्रर्ााट्रय बजारमा सुनको मूल्य
आकाशिएको हो ।
अमेरिकाले व्याजदरमा गरेको कटौती र तेलको भाउ ९० अमेरिकी डलरभन्दा माथि चढ्नुले पनि सुनको मूल्य वृद्धिमा सहयोग पुर्‍याएको छ ।
तेल र सुनको मूल्यबीच सकारात्मक सम्बन्ध हुन्छ भने डलर र सुनको मूल्यमा विपरीत सम्बन्ध हुन्छ

६ महिनामा १ लाख ११ हजार विदेसिए

काठमाडौं, माघ १२ - चालू आर्थिक वर्षो पहिलो ६ महिनामा १ लाख ११ हजार युवा वैदेशिक रोजगारमा गएका छन् ।
श्रम तथा रोजगार पर््रबर्द्धन विभागका अनुसार गत वर्षो तुलनामा यो संख्या २५ प्रतिशतले बढी हो । अघिल्लो वर्षयो अवधिमा ९० हजार ९ सय २७ जना वैदेशिक रोजगारमा गएका थिए ।
यसबाहेक सरकारी स्विकृति नलिई विदेश जाने युवाको संख्या पनि उल्लेख्य रहेको व्यवसायी बताउ“छन् ।
इराक, अफगानिस्तानलगायत प्रतिबन्धित मुलुकमा महिला कामदार भारतको बाटो हु“दै विदेश जाने गरेका छन् । देशमा रोजगारी नपाउ“दा विदेश जानेको संख्या पछिल्ला केही वर्षेखि निरन्तर बढ्दै गएको छ ।
यो वर्षखाडीक्षेत्र कतारतर्फर्सवाधिक बढी नेपाली गएका छन् । केही वर्षेखि मलेसियातर्फसबैभन्दा बढी नेपाली जाने गरेकोमा यस वर्षेखि कतार अघि भएको छ । कतार जाने कामदारको संख्या ९८ दशमलव ४० प्रतिशतले बढेर ४३ हजार २३ जना पुगेको छ ।
गत वर्षम्म बढी कामदार मलेसिया जाने गरेकामा यस वर्ष३५ दशमलव ५० प्रतिशतले कमी आएको छ ।
चालू आवको ६ महिनामा २३ हजार ६ सय ३२ जना नेपाली मलेसिया गएका छन् । मलेसियामा साना उद्योग विश्वव्यापी प्रतिस्पर्धाले बन्द भएका र नेपाली कामदार कम लिने अघोषित नीति तय पछि प्रभावित भएको हो ।
यो वर्षयर्ूर्एइतर्फ९ हजार १ सय ७२ नेपाली कामदार गएका छन् । यो अघिल्लो वर्षन्दा ८३ दशमलव ९० प्रतिशत बढी हो । नेपालले केही महिना अघि यर्ूर्एइस“ग श्रम सम्झौता गरेकाले त्यसतर्फजाने कामदारको संख्या बढेको हो । यर्ूर्एइ यो वर्षेखि तेस्रो ठूलो गन्तव्य मुलुक भएको छ । साउदी अरेवियामा १९ हजार ९२ जना कामदार गएका छन् ।
केही वर्षअघिसम्म वैदेशिक रोजगारका प्रमुख गन्तब्य साउदी अरेविया र मलेसियामा भन्दा कतार र यर्ूर्एइमा तुलनात्मक रूपमा बढी तलब तथा सुविधा र काम गर्ने स्वच्छ वातावरण भएकाले त्यसतर्फनेपाली कामदारको संख्या वृद्धि भएको हो ।
कतार, यर्ूर्एइ, मलेसिया, साउदीअरेबिया लगायत मुलुकले नेपाली कामदारलाई शान्त र मिहनेती स्वभावका भन्दै झन्डै एक दशकदेखि प्राथामिकतापर्ूवक लिने गरेका छन् ।

ँमाओवादीले सम्पत्ति फिर्ता गरेन’

माघ १२ - माओवादीले पर्ूर्वी पहाडी जिल्लाका र्सवसाधारणको सम्पत्ति अझै फिर्ता नगरेको पीडितले बताएका छन् ।
सुनसरीसहित खोटाङ, ओखलढुं्गा, भोजपुरमा माओवादीले सम्पत्ति फिर्ता नगरेको तर्राईमा बस्दै आएका र्सवसाधारणले बताएका हुन् । नेपाली कांग्रेस महासमिति सदस्य पद्मबहादुर निरौलाले माओवादीले आफ्नो लाखौंको सम्पत्ति फिर्ता नगरेको बताए ।
'आफूलाई मर्‍यो भनी फ्या“केर घरमा भएका सम्पत्ति लगे,' निरौलाले भने- 'सरकारलाई पनि पटकपटक ध्यानाकर्षा गराइयो तर उनीहरूले अझै फिर्ता गरेका छैनन् ।'
माओवादीबाट सम्पत्ति कब्जामा लिएर खेदाइएका पिलेलेश्वर पोखरेलले लोकतन्त्र स्थापना हुनासाथ माओवादी केन्द्रीय नेतृत्वले सम्पत्ति फिर्ता गर्न निर्देशन दिएपछि पहाड जा“दा धम्की दिएको बताए ।
सुनसरी र मोरङमा माओवादीद्वारा खेदाइएका २४ भन्दा बढी र्सवसाधारणको परिवार घर र्फकन सकेका छैनन् । उनीहरूले विस्थापित संर्घष्ा समिति गठन गरी सरकारलाई दबाब दिइरहेको जनाएका छन् ।

तीन बिघा जग्गामा लगाइएको अफिम नष्ट

गौर, १३ माघ । इलाका प्रहरी कार्यालय, कोपवा पिपरियाले रौतहट जिल्लाको बसन्तपट्टी गाविसको भेडियाही टोलको तीन बिघा जग्गामा लगाइएको अफिम नष्ट गरेको छ । सो गाविसको वडा नं. २, ३ र ४ मा गत केही वर्षेखि अफिम खेती हुँदै आएको सुराकीमार्फत थाहा पाएपछि कार्यालयबाट गएको टोलीले अफिम नष्ट गरेको थियो । नष्ट गरिएको अफिमको मूल्य तयार हुँदाको अवस्थामा करिब रु.एक करोड हुने बताइएको छ ।अफिम खेती गर्ने व्यक्ति भने प्रहरी पुग्नासाथ फरार भएको सो कार्यालयले जनाएको छ । स्थानीय व्यक्तिहरूले भने सो कार्यालयमा कार्यरत अघिल्लो प्रहरी निरीक्षककै संलग्नता र संरक्षणमा सो ठाउमा अफिम खेती हुँदै आएको बताएका छन् ।