

प्रधानमन्त्री कोइरालाको सम्पत्ति विवरण
सुजाता कोइरालाको सम्पत्ति विवरण कस्तो होला ल एसो अनुमान लगाउनुस त । मुलुकका राष्ट्रपतिकी छोरी बेलायती नागरिककी श्रीमति लाउडा काण्डकी नायिका । उनले नचाहेर पनि उनको सम्पत्ति विवरण त आउंछ नै । सार्वजनिक पद धारण गरेको ३५ दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने बाध्यतात्मक कानुनी व्यवस्था छ । त्यसैले सुजाताको सम्पत्ति विवरण त आउंछ नै । उनको बुबा प्रधानमन्त्री राष्ट्रपति नेपाली कांग्रेसका सभापति सात पटक प्रधानमन्त्री बनिसकेका गिरिजाप्रसाद कोइरालाको सम्पत्ति विवरण बढो उदेक लाग्दो छ ।
उनको नाममा विराटनगरमा रहेको पैतृक सम्पत्ति बाहेक अरु कुनै सम्पत्ति छैन । हातभरी सुनका औठि देखिन्छ । तर सम्पत्ति विवरणमा एक तोला पनि सुन नभएको उल्लेख छ । बैंक व्यालेन्स छैन । कतै लगानी छैन । सवारीसाधनको नाममा राज्यले दिएको सुविधामा किनेको एक गाडि मात्र उल्लेख छ उनको विवरणमा । कतै उनकी छोरीको पनि यस्तै सन्त सम्पत्ति विवरण त आउने हैन शंका छ नै ।
पछिल्लो पटक मन्त्री बनेर सम्पत्ति विवरण सार्वजनिक गर्नेमा पहिलो नम्बरमा परेका छन स्थानीय विकास राज्यमन्त्री नवीनकुमार विश्वकर्मा । उनको सम्पत्तिको नाममा रहेछ ढुंगा माटोले बनेको एक घर दुईमुरी अन्न फल्ने पाखो जग्गा रहेको उल्लेख छ । उनको घर कालिकोट जिल्लाको कोटवाडा गाविस वडा नं। ७ हो । विश्वकर्माको चार आना सुनको गहना मात्र रहेको र अन्य नगद जवाहरात सेयर र बैङ्क व्यालेन्स केही उल्लेख नभएको उल्लेख छ ।प्रधानमन्त्री कोइरालाको सम्पत्ति विवरण
अन्य माओवादी मन्त्री र कांग्रेसका थप २ जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण अहिलेसम्म बुझाएका छैनन । माओवादी मन्त्रीहरुले त सबै सम्पत्ति पार्टीको नाममा रहेको विवरण बुझाउने पक्का छ अन्यको सम्पत्ति चै कति रहेछ त्यो थाहा पाउन केही दिन कुर्नैपर्ला ।
