Saturday, February 23, 2008

पोखरामा व्याट्रीबाट चल्ने सुपर बाइक

पोखरा, १० फागुनर्/पर्यटकीय पोखरामा प्रदुषणरहित बाइक बजारमा आएको छ । सुपर बाइक नाम दिइएको उक्त बाइक रिर्चाजवल ब्याट्रीबाट चल्छ । झट्ट हेर्दा साइकल जस्तो देखिने उक्त बाइकको अधिकृत विक्रेता भने जेनेक्स टे्रडसले बजारमा ल्याएको हो । विना पेट्रोल चल्ने भएकोले र्सवसाधारण यसप्रति आर्कषित हुदै गएका छन् । व्याट्री चार्ज गरेपछि बाइक प्रति घन्टा ४० देखि ५० किलोमिटर गुडने जनाइएको छ । व्याट्रीको चार्ज सकिएपनि साइकल झैं पाइडल घुमाएर गन्तव्यस्थलसम्म पुग्न सकिने छ।बाइकमा डिस बे्रक समेत जडान गरिएको छ । बाइकको १ सयदेखि १ सय ३० केजीसम्म भार क्षमता भएको ट्रेडर्सले जनाएको छ । सवारी प्रदुषण रोक्नका लागि बजारमा ल्याइएको सुपर बाइकको नेपाली मूल्य ३३ हजार ५ सय रहेको छ । पाँच रुपैयामा ५० किलोमिटरसम्म चल्ने बाइकको नेपालमै स्पेयर पार्टस जडान गरिने जेनेक्स टे्रडसका प्रोपाइटर नवीन पौडेलले बताए । पोखराको चिप्लेढुङास्थित आर के विल्डिङमा सुपर बाइकको डिलर रहेको छ । सुन्दर सफा स्वच्छ शहरको परिकल्पना गरी निर्माण गरिएको बाइकको विना लाइसेन्स, बिना पेट्रोल, विना दर्ता चलाउन पाइन्छ । बजारमा आएलगत्तै उपभोक्ताहरु बाइकप्रति आकषिर्त भएको ट्रेडर्सको दावी छ ।

मधेस आन्दोलनको यथार्थता

सात दलका शिर्ष नेताहरुले आखिरमा एक मधेस एक प्रदेशको माग अस्विकार गर्दै संविधान सभा चुनावमा सकि्रय हुने निष्कर्षमा पुगेका छन । ल यसका लागि बधाइ छ सातै दलका सात नेतालाइ । कमसे कम ढिलै भएपनि गलत मागका साथ शुरु भएको आन्दोलनवाट विचलीत भएनन सात दलका नेता । यसका लागि त बधाइ दिनै पर्यो नै । त्यसमा अझ धन्यवाद पनि छ विभाजीत नेपालको नागरिक हुनवाट रोकेकोमा । यसको मतलव संयुक्त लोकतान्त्रिक मोर्चाले अगाडि सारेका हरेक माग नकारात्मक छन भन्ने आशय भने हैन नै । एक मधेस एक प्रदेश र अन्तमनिर्णयको अधिकार सहितको संघियताको मात्र विरोध गरेको हुं । कारण यि दुबै मागमा राष्ट्र विखण्डनको नमिठो गन्ध लुकेको छ ।समस्या समाधानको बहानामा नेपालमा रहेको भारतिय दुतावासमा बसेर मधेसको आन्दोलनलाइ अगाडि सारेर ब्ल्याकमेलिगंको जुन राजनीति भयो त्यसैले नै स्पष्ट पारेको थियो आखिर मधेसको आन्दोलनको डोरी कसको हातमा छ भन्ने ।
आत्म निर्णयको अधिकार सहित एक मधेस एक प्रदेशको मागमा कसरी राष्ट्र विखण्डनको गन्ध आउंछ यो त एकपक्षिय धारणा हो भन्ने सोच आउनपनि सक्छ । ल पख्नोस म त्यसलाइ पनि स्पष्ट पार्छु । आत्मनिर्णयको अधिकार भनेको राष्ट्रवाट छुट्टीने निर्णय गर्नेसम्मको अधिकार हो । त्यसमा एक मधेस एक प्रदेश बनाएपछि मधेसको प्रतिनिधित्व त राम्रै हुने पक्का छ । तराइ जत्ति सबैलाइ मधेसमा गाभ्ने । अनी त्यसैको आधारमा संघिय अधिकार लिने । अनी बहुमत पुर्याएर नेपालवाट छुट्टीएको घोषणा गर्ने । अहिले आन्दोलनमा उत्रिएका मधेसी दलका नेताहरुको रणनीति भनेको यही हो ।
नत्र भने हिजोका दिनदेखी जसले मधेसको शोषण गर्दै आएका छन अहिले तीनिहरु नै मधेसको मसिहा बनेर आएका छन । हिजोका अपराधिहरु अहिले गाइको दुखले चोखिने दाउमा रहेका छन । अहिले आन्दोलनमा होमिएकामध्ये एक ब्यक्ति महन्थ ठाकुर बाहेकका अन्य सबै नेताहरु पाचायतका भुत हुन ।
सर्वेन्द्रनाथ शुक्ल जसलाइ मधेसको कुनै वास्ता छैन । हिजो सडकमा गणतन्त्रको नारा लाग्दा हैन राजा त चाहिन्छ भन्दे वकालत गर्दै हिडेका थिए अहिले उनलाई गणतन्त्र मात्र हैन संघियता मात्र हैन आत्मनिर्णयको अधिकार नै चाहियो रे । जो गणतन्त्रको मागकर्ता बन्न सकेन त्यो अहिले मधेसका विषयमा सबैभन्दा धेरै क्रान्तीकारी बनेका छन ।
यो त पहिलो उदाहरण हो । ह्दयश त्रिपाठी । जो पाचायतकालका कुशल राजनीतिक खेलाडि हुन तीनले आफ्नो राजनीतिक जीवनमा कहिल्यै संघियताको समेत सपना देख्न सकेनन । १२ वर्षको राजनीतिमा तीनले मधेसका बारेमा के कुरा गरे कत्ति पटक आन्दोलन गरे आपुर्ती मन्त्री रहेको बेलामा यिनको यो मधेस प्रेम कता लुकेर बसेको थियो पहिलो मधेस आन्दोलन हुंदा त मन्त्रीमा ह्दयश त्रिपाठी नै थिए नी ।
राजेन्द्र महतोले मन्त्री पद गुमाएपछि मधेस याद आयो । उनी आपुर्ती मन्त्री रहेसम्म उनलाइ संविधान सभा प्यारो थियो जव आफ्नै पार्टीमा विवाद आएर उनी मन्त्री विहिन बने निर्वाचन आयोगले जव उनलाइ अध्यक्ष नभनी आनन्दीदेवीलाइ अध्यक्षको मान्यता दियो बल्ल उनलाइ मधेसको याद आयो ।
अनिलकुमार झा आनन्दीदेवी समुहमा बसुन्जेलसम्म मधेसको वास्ता थिएन । अहिले उनी आफु एक्लै मधेसका वकालतकर्ता हुं जसरी अगाडि आएका छन । जयप्रकाश गुप्ता १२ वर्षमा पटक पटक मन्त्री बनेर भ्रष्टाचारमा चुर्लुम्म डुब्दासम्म मधेसको वास्ता भएन । जव जनताका विचमा म जयप्रकाश गुप्ता हुं भनेर जान समेत लाज भयो उनलाइ मधेसको याद आयो अनी मधेसीवादी नेता बनिदियो टन्टै साफ ।
उपेन्द्र यादव । गणतन्त्रको माग सहित नागरिक ज्यानको माया मारेर आन्दोलनमा होमिएको बेलामा दुलामा लुकेर बसे । जव लोकतन्त्र आयो तव उनको चेतना खुल्यो । अनी उनीपनि मधेसवादी भइहाले ।यि र यस्तै नक्कली पात्र छन मधेसका वकालतकर्ताहरु अहिले । जो भावनाले हैन स्वार्थले मधेसवादी बनेका छन । यस्ता हावादारी नेताको के भर छ र राष्ट्रको के माया छ र यिनलाइ आत्मनिर्णयको अधिकार दिने ।
जसले सारा राष्ट्रलाइ विगत ३० वर्षदेखी चुसिरहेका छन तीनिहरु नै अब मधेसको मुद्धा बोकेर मधेस रित्याउन लागेका छन । त्यसैले यिनै पृष्ठभुमिको आधारमा सात दलका नेताले जे निर्णय गरे त्यो उचित हो भन्ने मेरो निष्कर्ष हो ।
हो हिजोका दिनमा मधेस पिडित नै हो । एउटै देशका नागरिक भएर पनि उनीहरु पहाडेवाट भारतीयको व्यवबहार पाउंथे । यसले पक्कै पनि उनीहरुको चित्त कुंडिएको हुनुपर्छ । र चित्त कुडिनु पनि जायज नै हो ।तर अहिले परिस्थीति बदलिएको छ । राष्ट्र संविधान सभा मार्फत संघियतामा जाने निश्चित भइसकेको छ । त्यो बेलामा त मधेस शक्तिशाली भइहाल्छ नी ।
तर आन्दोलनकारीहरु संविधान सभा चाहंदैनन । उनीहरु जसरी हुन्छ चैत २८ को संविधान सभा भाड्न चाहन्छन अराजकता फैलाउन चाहन्छन । मधेसको अधिकार हैन । त्यसैले यो बेलामा सात दल चनाखो भएर मधेसमा जान आवश्यक छ । अब सरकारले आन्दोलनकारी दलसंग हैन मधेसका नागरिक समाजसंग संवाद शुरु गर्नुपर्छ अनी त्यसैको आधारमा संविधान सभाको वातावरण निर्माण गर्नुपर्छ ।

माओबादीलाइ एक मधेश एक प्रदेश अमान्य

२३ फेब्रुअरी, ०८ । नेकपा माओवादीले एक मधेश एक प्रदेशको माग स्वीकार्न नसकिने ठहर गरेको छ ।आज विहान बसेको केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठकले तराईमा आन्दोलन गरिरहेका मधेशी पार्टीहरुको माग अनुसार नया राज्य संरचनामा आत्मनिर्णयको अधिकार सहितको स्वायत्तता स्वीकार्ने तर एक मधेश एक प्रदेश हुन नदिने निश्कर्ष निकालेको छ ।बैठकमा सहभागी नेता दिनानाथ शर्माका अनुसार सातदलको बैठकमा सहभागी नेताहरुले पार्टीको अडान प्रस्तुत गर्नेछन् । बैठकमा संविधानसभा चुनावका लागि समानुपातिक र प्रत्यक्ष तर्फको उम्मेदवार सूची बारे छलफल भएको थियो । नेकपा माक्र्सवादीसाग भर्खरै एकीकरण भएको र अरु पार्टीसाग पनि सहकार्यको गृहकार्य भइरहेकोले निर्वाचन आयोगमा पेश भएको बन्द सुची संशोधन गर्नुपर्ने नेताहरुले बताएका थिए ।

समानुपातिकका लागि एमालेका उम्मेदवारहरु

२३ फ़ेब्रुअरी, ०८ । एमाले पार्टिका तर्फबाट आगामी संविधानसभामा समानुपातिक प्रतिनिधित्वका लागि ३ सय ३५ जना उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगसमक्ष बुझाएको छ । बुधबार महासचिव माधवकुमार नेपालको नेतृत्वमा गएको प्रतिनिधिमले आयोगसमक्ष बन्दसूची पेश गरेको थियो । जुन यसप्रकार छ - १. सकुन्तला लेप्चा २. जीवन घिमिरे ३. विमला विक ४. सुमित्रा भण्डारी ५. डम्बर चुडाल ६. अमग वान्तवा ७. जीतु गौतम दर्जी ८. भीष्म धिताल ९. बन्दन मुण्डा १०. मानसिंह राजवंशी ११. मणि सुब्बा १२. मेनका काफ्ले १३. निर्मला इजम १४. परशुमेघी गुरुङ १५. द्वारिकालाल चौधरी १६. ओम कोइराला १७. शिवमाया तुम्बाहाम्फे १८. जीवन घिमिरे १९. खेम नेपाली २०. कृपाशुर शेर्पा २१. यशोदा अधिकारी २२. महिम लिम्बु २३. विष्णुमाया विक २४. भगवती चौधरी २५. इन्दु गौतम २६ सावित्री श्रेष्ठ २७. कृष्णा राई २८. मिरा गुरुङ २९. शान्ति बर्मा विश्वकर्मा ३०. टिका चेम्जोङ ३१. राजेन्द्र गौतम ३२. जफर अहमद जमाली ३३. घनश्याम खतिवडा ३४. अम्बिका थापा ३५. दुर्गा परियार ३६ जया घिमिरे ३७. रामरति राम ३८. उषाकला राइ ३९. सरियार चौधरी ४०. पार्वती रावत ४१ आर्ङइगेल शेर्पा ४२. हर्कबोल राइ ४३. जगन्नाथ खतिवडा ४४.र् धर्मनाथ यादव ४५. हीरालाल चौधरी ४६. सत्यनारायण मण्डल ४७. अब्दुल मजीद साकीर ४८. कर्ण घले ४९. मञ्जु चौधरी ५०. राजेन्द्र चौधरी ५१. केशवप्रसाद ढुंगाना ५२. रविन्द्र्र बैठा ५३. किरणदेवी राय ५४. कमलादेवी महतो ५५. रुपनारायण सिंह ५६. रामचन्द्र चौधरी ५७. रामचन्द्र पण्डित ५८. राजकिशोर यादव ५९. गोपाल मुखिया ६०. चुलाई महरा ६१. शारदा झा ६२. उर्मिला साह ६३. राम पदारथ कापड ६४. भोला साह ६५. गणेश नेपाली ६६. कालिचरण साह ६७. महमुद आलम ६८. सुशीलादेवी कुशवाहा ६९. दिपनारायण साह ७०. उमा कोइराला ७१. प्रदीप कटुवाल ७२. सन्त परियार ७३. कल्याणी खड्का ७४. जयरानीदेवी सहनी ७५. विभा कार्की ७६. सीता गुरुङ ७७. कल्पतीयादेवी साह ७८. मखन पासवान ७९. त्रिलोकी चौधरी ८०. अच्युत मैनाली ८१. हर्कमाया रुम्बा ८२. नागेन्द्र चौधरी ८३. प्रभु हजारा पासवान ८४. निर्मला देवकोटा ८५. सन्ध्या भट्ट ८६. चिरञ्जीवी आचार्य ८७. केदार न्यौपाने ८८. रणध्वज कन्दङ्वा ८९. जुनेली श्रेष्ठ ९०. गोविन्दप्रसाद चेपाङ ९१. रामचन्द्र राई ९२. शारदा कुमाल ९३. दावा लामा ९४. सुरेन्द्र पाण्डे ९५. सीताकुमारी पौडेल ९६. केशवलाल श्रेष्ठ ९७. शिवकुमारी गोतामे सार्की ९८. काशीनाथ अधिकारी ९९. कृष्णलाल महर्जन १००. मिठाराम शर्मा बजगाईं १०१. राजेन्द्रमान श्रेष्ठ १०२. डा. बालचन्द्र मिश्र १०३. लालबहादुर तामाङ १०४. टहलबहादुर खड्का १०५. रामकृष्ण दुवाल १०६. कृष्ण राई १०७. रत्न महर्जन १०८. सावित्रा भुसाल १०९. मैया पोडे ११०. मैना अछामी १११. रत्ना गुरुङ ११२. प्रभा बज्राचार्य ११३. कमलप्रकाश सुनुवार ११४. शिव कार्की ११५. शान्ति पाख्रिन ११६. ठुला थामी ११७. फुल्मु शेर्पा ११८. भगवती नेपाल ११९. डोल्मा लामा १२०. मुकुन्द गौतम १२१. तुयुकाजी ताम्राकार १२२. शिला कतिला १२३. गोमा भूर्तेल १२४. गोविन्द नेपाली १२५. श्रीमाया लामा १२६. विजय लोप्चन १२७. गंगा तुलाधर १२८. इन्दिरा ढुंगाना १२९. जानुका सिंखडा १३०. कृष्णा लामा १३१. टेकु नेपाली १३२. हसिना वेगम १३३. टुका हमाल १३४. देवी थापामगर १३५ शान्ति खनाल १३६. नरकुमारी गुरुङ १३७. चुडामणि जंगली विश्वकर्मा १३८ रवीन्द्र अधिकारी १३९. धनप्रसाद तामाङ १४०. त्रिलोचन ढकाल १४१. झकबहादुर थापामगर १४२. कृष्णा नेपाली १४३. खड्गबहादु नेपाली १४४. मीना गुरुङ १४५. जुनुमाया गुरुङ १४६. पद्मा अर्याल १४७. नेत्रप्रसाद पन्थी १४८. केशवराज ज्ञवाली १४९. देवेन्द्र घिमिरे १५०. रुक्मिणी कु?वर १५१. पुष्पाञ्जली उपाध्याय १५२. नारायणी शर्मा १५३. कमलराज श्रेष्ठ १५४. लोकबहादुर राना? बुँद राना १५५. रोशन गाहामगर १५६. दिलशोभा पुन १५७. बिना रानामगर १५८. दमयन्ती थापा १५९. एकराज विश्वकर्मा १६०. जंगबहादुर नेपाली १६१. बोमबहादुर विश्वकर्मा १६२. कमला विश्वकर्मा १६३. अमृता विश्वकर्मा १६४. मीना परियार १६५. तुलसी चौधरी १६६. जागेश्वरी चौधरी १६७. त्रिलोत्तमा चौधरी १६८. आदित्यनारायण कसोधन १६९. विश्राम चौधरी १७०. गंगा ठटेर १७१. तुलसी पासी १७२. शान्तिदेवी हरिजन १७३. थममाया थापा १७४. श्रीमाया थकाली १७५. गोविन्द नेपाली १७६. डम्बरकुमारी गुरुङ १७७. कृष्ण पाठक १७८. ऋषिराम शर्मा १७९. नरबहादुर थापामगर १८०. रीमा नेपाली १८१. मेनका पोखरेल १८२. शान्ता आचार्य १८३. तिर्था गौतम १८४. नन्दलाल शर्मा १८५. सरस्वती गौतम १८६. हस्तबहादुर केसी १८७. अशोक चौधरी १८८. मानबहादुर बाठा मगर १८९. भागवत विश्वासी -दमै १९०. टिकराम शर्मा १९१. धीरेन्द्र श्रेष्ठ १९२. प्रेमबहादुर थापा १९३. सोनाम छेजुङ लामा १९४. देवीलाला थापा १९५. लोकबहादुर हमाल १९६. जादे ऐडी १९७. धीरबहादुर विष्ट १९८. पेजकुमारी न्यौपाने १९९. मेहेले पार्की २००. पवन रोकाया २०१. धीरबहादुर बम २०२. दलबहादुर सुनार २०३. राजु गुइदेल २०४. हस्तबहादुर पुन २०५. मीना रखाल २०६. अब्दुल मौलाना जब्बर मञ्जुरी २०७. कलावती रोकाय २०८. डम्बरबहादुर सिंह २०९. चिरञ्जीवी थारु २१०. गौरा प्रसाइ २११. बीना ज्ञवाली २१२. राधा महत २१३. लालबहादुर महतारा २१४. शारदा भट्ट २१५. गौरी ओली २१६. मीना विश्वकर्मा २१७. पाउसरा थापा २१८. धुवा कुँवर २१९. भीमबहादुर रावल २२०. भानसिंह विश्वकर्मा २२१. नारदमुनी राना थारु २२२. कालीबहादुर शाही २२३. भैरे कामी २२४. अफिलाल उखेडा २२५. नवराज जोशी २२६. कमल तिमिल्सिना २२७. मानप्रसाद खत्री २२८. बसुन्धरा रोकाय २२९. भैरबहादुर सिंह २३०. चन्द्रलाल चौधरी २३१. हिरासिंह सार्की २३२. पठानसिंह बोहरा २३३. दुर्गादेवी धामी २३४. जानकी अवस्थी २३५. पुरनसिंह दयाल २३६ इन्दु कडेरिया विष्ट २३७. विरबहादुर ठगुन्ना २३८. विजय सुब्बा २३९. डा. ल्हाकेल लामा -खिम्बु छिरिङ २४०. कुमार थापा २४१. सूर्यकुमारी गुरुङ २४२. निरञ्जन टिवडेवाला २४३. पर्तमान धिमाल २४४. श्रीलाल माझी २४५. गोविन्दराम चेपाङ २४६. शान्ति जिरेल २४७. ज्ञानबहादुर भुजेल २४८. पूर्णबहादुर बराम २४९. बलराम उराउ २५०. दुर्गा लिंखा २५१. सगमलालसिंह मण्डल २५२. बमजन मुण्डा २५३. भोटोलो थामी -लक्ष्मण थामी २५४. प्रा. कृष्ण पोखरेल २५५ इ. अलिखख्तर मिकरानी २५६. सपना मल्ल २५७. डा. रेणु राजभण्डारी २५८. शान्ति अधिकारी २५९. घनश्याम पाण्डे २६०. पासाङ शेर्पा २६१. मीना बुढामगर २६२. रामलाल काफ्ले २६३. विनोद चौधरी २६४. उङ्दी शेर्पा २६५. ज्ञानबहादुर बोटे २६६. विन्दा पाण्डे २६७. विनोद श्रेष्ठ २६८. योगीलाल यादव २६९. डीवी कार्की २७०. सविया अन्सारी २७१. रामचरित्र साह २७२. मोहम्मद हारुन हलुवाई २७३. अजम्बर काङमाङ २७४. अमर गिरी २७५. लालबहादुर विश्वकर्मा २७६ इश्वरी रिजाल २७७. धनबहादुर चन्द २७८. पासाङ शेर्पा २७९. अमृतकुमार बोहरा २८०. मुकुन्द न्यौपाने २८१. सहाना प्रधान २८२. गोपाल शाक्य २८३. घनेन्द्र बस्नेत २८४. युवराज कार्की २८५. विष्णु रिमाल २८६. शान्ता मानवी २८७. शंकर पोखरेल २८८. सुरेश कार्की २८९. हेमराज राइ २९०. छविलाल विश्वकर्मा २९१. राधा ज्ञवाली २९२. लालबाबु पण्डित २९३. बेदुराम भुसाल २९४. गंगालाल तुलाधर २९५. अग्नि खरेल २९६.र् धर्मदत्त देवकोटा २९७. रज्जुदिन आलम २९८. नरबहादुर खाँड २९९. गोविन्द ज्ञवाली ३००. महेश चौधरी ३०१. हिरालाल चौधरी ३०२. रामकुमारी झाक्री ३०३. सुशीलचन्द्र अमात्य ३०४. लक्की शेर्पा ३०५. शारदा स्वर्णकार ३०६. लक्ष्मी थापा ३०७. डेण्डी शेर्पा ३०८. मधु गुरुङ ३०९. कमला पराजुली ३१०. प्रेमबहादुर कुँवर ३११. दोर्जीजाङ्बु शेर्पा ३१२. गोपालसिंह बोहरा ३१३. गोपाल ठाकुर ३१४. माया ज्ञवाली ३१५. नत्थुराम कठरिया ३१६. शिवचन्द्र मण्डल ३१७. दलवीर विश्वकर्मा ३१८. लिलानाथ श्रेष्ठ ३१९. डा. मंगलसिद्धि मानन्धर ३२०. डा. विजय पौडेल ३२१. गणेश विश्वकर्मा ३२२. गोमा देवकोटा ३२३ भोजप्रसाद श्रेष्ठ ३२४. कुमार थापामगर ३२५. रामप्रित पासवान ३२६. रामअवतार पासवान ३२७. अब्दुल कलाम आजाद ३२८. रामनरेश यादव ३२९. सरला यादव ३३०. बुद्धभक्त चित्रकार ३३१. पे्रम दंगाल ३३२. शारदा सुवेदी ३३३. राजकुमार राइ ३३४. ध्यानबहादुर राइ ३३५. जीतेन्द्रनारायण देव

१५ सय कांग्रेस नेता कार्यकर्ताले पार्टी परित्याग

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले संविधानसभा निर्वाचनको टिकट वितरणमा अनियमितता गरेको भन्दै मुगु कांग्रेसको जिल्ला कार्यालयमा शनिबार साँझ कांग्रेस कार्यकर्ताहरुले नै आजगनी गरेका छन् ।
जिल्ला सभापति हस्तबहादुर मल्ललाई टिकट नदिई राजावादी खगबहादुर शाहीलाई दिएको भन्दै असुन्तुष्ट कार्यकर्ताहरुले सदरमुकाममा रहेको पार्टी कार्यालयमा आगजनी गरेका हुन् । आगजनीपछि झण्डै एक सय बढी कार्यकर्ताले पार्टीका शिर्षस्थ नेताका विरुद्ध नाराबाजीसमेत गरेका थिए । आजगनीबाट फर्निचर, कागजपत्र, पार्टीका झण्डलगायतका सामाग्री जलेर नष्ट भएको छ।
त्यस्तै मधेश आन्दोलनप्रति गम्भीर नभएको र निर्वाचनमा उम्मेदवार छनोट गर्दा चाकडी र चुक्ली लगाउनेले मात्र टिकट पाएको आरोप लगाउँदै भोजपुर र सप्तरीका झण्डै १५ सय कांग्रेस नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । अन्तरिम सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेससमेत मधेश समस्या समाधान गर्न गम्भीर नभएको भन्दै सप्तरी क्षेत्र नम्बर १ का झण्डै १५ सय नेता तथा कार्यकर्ताले शनिबार पार्टी त्यागेको घोषणा गरेका छन् । कांग्रेस महासमिति हेमराज ताटडको अगुवाईमा कञ्चनपुरको सर्वोदय उच्च माविमा भएको भेलाले पार्टी परित्याग गरी मधेश आन्दोलनमा लाग्ने निर्णय गरेको हो ।
समस्या समाधानविना मधेशमा निर्वाचन सम्भव नभएको र कांग्रेसले मधेश समस्या समाधान गर्न गम्भीर पहल नगरी आलटाल मात्र गर्न खोजेको आरोप लगाउँदै भेलाले पार्टी परित्याग गरिएको तातटले बताउनुभयो । भेलामा सो क्षेत्रका चर्चित कांग्रेसी नेताहरु हजारी साह, भिखारी गुप्तालगायतका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका थिए ।
त्यस्तै भोजपुरका चार जना महासमिति सदस्य, पाँच जना महाधिवेशन प्रतिनिधि र दुई जना बरिष्ठ नेताले पनि शनिबार कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति जारी गरी पार्टी त्याग गर्नेमा भोजपुरका महासमिति सदस्यहरु नारायणबहादुर कार्की, चित्रबहादुर कार्की, बालकृष्ण थापा, इर्खबहादुर राई तथा महाधिवेशन प्रतिनिधिहरु कुलदिप राई, माया राई, रविन राई, शालिकराम खत्री, गोविन्द कार्कीलगायत रहेका छन् ।

चिप्लेटीले बालकको मृत्यु

काठमाडौं, फागुन १० - बूढानीलकण्ठस्थित एक विद्यालयमा अध्ययनरत एक बालकको खेलिरहेको अवस्थामा चिप्लेटी पल्टिएर मृत्यु भएको छ ।
मृतक बालक बूढानीलकण्ठस्थित पञ्चकन्या निम्न माध्यमिक विद्यालयमा कक्षा ३ का १३ वर्षीय सुशील थिङ हुन् ।
'चिप्लेटी जमिनमा गाडिएको भए पनि धेरै छात्रछात्रा एकै पटक खेल्दा उखेलिएर पल्टिएको हो,' सहायक प्रधानाध्यापक दिलीप थापाले भने । बिहान साढे नौ बजे कक्षा सुरु हुनुभन्दा अघि घटना भएको हो । प्रहरी निरीक्षँक गोविन्द अधिकारीका अनुसार स्कुल व्यवस्थापन र पीडित परिवारबीच सहमति भएपछि शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ ।
बालकको काज किरियाका लागि स्कुलले नगद ७० हजार दिने भएको थापाले बताए । उक्त रकम स्कुलले मात्र दिन नसक्ने भएकाले स्कुलबाट २० हजार, छिमेकी, त्यही क्षेत्रको बोर्डिङ स्कुलहरूबाट रकम जम्मा गरेर करिब १० दिनभित्र मृतकका परिवारलाई दिइने भएको छ ।

एमाले र माओवादी झडप

अर्घर्ाा“ची, फागुन १० - चुनाव प्रचारका लागि आएका एमाले कार्यकर्ता र माओवादीबीच यहा“ शुक्रबार भएको झडपमा चारजना घाइते भएका छन् ।
नुवाकोट गाविस हटियँमा एमाले सभामा माओवादीले अवरोध गर्दा झडप भएको थियो । घाइते हुनेमा माओवादीका गोविन्द केसी, राजेन्द्र बन्जारे, काजीमान रायमाझी र कमला रूपा छन् । उनीहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।

तर्राई वार्ता अझै निष्कर्षीन

काठमाडौं, फागुन १० - सरकार र तर्राईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबार भएको वार्ता निष्कर्षा पुग्न सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा मोर्चा प्रतिनिधिहरू एक मधेस एक प्रदेशको माग छाड्न तयार भएनन् । सरकारी वार्ताकारहरूले यस्तो घोषणा गर्ने अधिकार सरकार र आफूहरूस“ग नभएको उल्लेख गर्दै संविधानसभाबाटै यसको टुंगो लगाउनुपर्ने अडान राखेपछि वार्ता टुंगोमा पुग्न नसकेको हो ।
सरकारी वार्ताकारहरूले मोर्चाका अन्य पा“चवटा माग पूरा गर्न आफूहरू तयार रहेको दाबी गरेका छन् भने मोर्चाका नेताहरूले सरकारी पक्ष वार्तामा संवेदनशील नभएको आरोप लगाएका छन् । आफ्ना माग पूरा नभएको भन्दै मोर्चाले आन्दोलन जारी राख्ने बताएको छ ।
'पा“चवटा माग पूरा गर्न हामी सहमत भएका थियौं,' वार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य झलनाथ खनालले भने- 'उहा“हरूले एक मधेस एक प्रदेशको अडान छाड्नु भएन ।'
उनले वार्ताबाट समस्या समाधान गर्न मोर्चा उद्यत नदेखिएको दाबी गर्दै सहमतिका लागि अन्तिम प्रयास गर्ने बताए । 'कस्तो र कति प्रदेश बनाउने भन्ने निर्धारण संविधानसभाले गर्नेछ,' उनले भने- 'संविधानसभाले गर्ने निर्ण्र्ााअहिले नै गर्ने अधिकार कसैलाई नभएको कुरा अवगत गराएका छौं ।'
तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी हृदयेश त्रिपाठीले सरकार गृहकार्य बिना प्रस्तुत भएका कारण वार्ता निष्कर्षीन भएको आरोप लगाए । 'हामीले जति अनुमान गरेका थियौं, सरकार त्यति गम्भीर देखिएन,' उनले भने ।
वार्तामा संलग्न फोरमकी नेतृ रेणु यादवले भनिन्- 'आजको वार्तामा प्रधानमन्त्रीले संवेदनशीलता देखाएनन्, उनले माधव नेपालस“ग कुरा गर्न भने, केहीछिनको कुराकानीपछि निष्कर्षा पुग्न नसक्ने भएकाले हामी औचित्यहीन ठानेर बाहिर निस्कियौं ।' सरकारले वार्ता लम्ब्याउन खोजिरहेको दाबी गर्दै उनले संविधानसभापछि माग पूरा हुन्छ भनेर आलटाल गरिरहेको आरोप लगाइन् ।
सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतोले मधेसको माग पूरा गर्न आन्दोलनलाई अझ सशक्त बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै आन्दोलन तीव्र हुने दाबी गरे ।
वार्तामा मोर्चातर्फाट तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष महन्थ ठाकुर, हृदयेश त्रिपाठी, रामचन्द्र राय, महेन्द्र राय र र्सर्वेन्द्रनाथ शुक्ला, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, रेणु यादव र सद्भावना पार्टर्ीीट अध्यक्ष राजेन्द्र महतो र अनिल झा सरिक थिए । सरकारी टोलीमा भने एमाले महासचिव माधव नेपाल, झलनाथ खनाल, महेश आचार्य, आमोद उपाध्याय र केहीपछि गृहमन्त्री कृष्णप्रसाद सिटौलासमेत पुगेका थिए ।
मोर्चाका ९ जना सा“झ ५ बजे बालुवाटार पुगेका थिए । स्रोतका अनुसार उनीहरू पुग्नासाथ अध्यक्षत्रय ठाकुर, यादव र महतोलाई प्रधानमन्त्री गिरिजाप्रसादले बोलाएर माधव नेपालस“ग कुरा गर्न आग्रह गरेका थिए ।
मोर्चाको वार्ता टोलीले ६ बु“दे मागका अतिरिक्त शान्तिपर्ूण्ा आन्दोलनमा रहेका मधेसीमाथि अविलम्ब बलप्रयोग बन्द गर्नुपर्ने गृहमन्त्री र माधव नेपाललाई बताएका थिए । उनीहरूले बलप्रयोग नरोकिए मुलुकले ठूलो दुष्परिणाम भोग्नुपर्ने चेतावनी दिए ।
मोर्चा सम्बद्घ तीनै दलका नेताहरूले शुक्रबार शान्तिनगरस्थित एक मधेसी नेताको निवासमा विशेष बैठक गरी एक मधेस एक प्रदेशको माग नछाड्ने निर्ण्र्ाागरेका थिए । आन्दोलनको समीक्षा गर्दै उनीहरूले संयुक्त राष्ट्रसंघीय बडापत्रअनुरूप आत्मनिर्ण्र्ााो अधिकार माग गरेका छन् ।
उनीहरूले संविधानसभा निर्वाचन ऐनमा संशोधन गरी मधेसको प्रतिनिधित्व २० प्रतिशतबाट कम्तीमा ३७ प्रतिशत बनाउन अडान राख्ने निर्ण्र्ाागरेका छन् । यसअघि उनीहरूले ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए ।ट्यांकर फिर्ता
तनह“ु, १० फागुन -कास)- पेट्रोलियम पदार्थको हाहाकार भएपछि गोरखाका यातायात व्यवसायीले बिहीबार बेलुकादेखि कब्जामा लिएको तेल ट्यांकर शुक्रबार सा“झ छाडेका छन् ।
व्यवसायीले बाराको अमलेखगन्जबाट १२ हजार लिटर डिजेल लिएर राजधानी जा“दै गरेको ना२ख ३६४४ नम्बरको ट्यांकर मुग्लिनबाट कब्जामा लिएका थिए ।
शव बाहन र एम्बुलेन्सलाई समेत तेलको अभाव भएपछि आयल निगमलाई दबाब दिन ट्यांकर कब्जा लिएको यातायात व्यवसायी संघ गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।
आयल निगम र गृह मन्त्रालयस“ग वार्ता गरी सट्टामा शुक्रबार सा“झ गोरखाका लागि त्यत्ति नै तेल पठाएपछि ट्यांकर फिर्ता पठाएको श्रेष्ठले बताए । 'गृह मन्त्रालयले कब्जामा लिएको ट्यांकरको तेल प्रयोग गर्न अनुमति दिए पनि आयल निगमले मानेको थिएन,' उनले भने- 'सट्टामा पठाउने भएपछि फिर्ता गरेका हौं ।'
कब्जामा लिएको ट्यांकरलाई शुक्रबार सा“झ प्रहरीले स्कर्टिङ गरी फिर्ता लगेको थियो । कब्जामा लि“दा नै ट्यांकरको नम्बर प्लेट कागजले छोपेपछि प्रहरीलाई समेत पत्ता लगाउन समस्या परेको थियो । 'प्रहरीले बिलबुक हेरेर मात्र नम्बर पत्ता लगाए,' उनले भने ।
तेल नहु“दा प्रहरी प्रशासनलाई समेत समस्या परेको थियो । व्यवसायीले ट्यांकर कब्जामा लिएपछि अन्य तेल ढुवानी कर्ताले कब्जामा रहेको ट्यांकर सुरक्षित फिर्ता नगरेसम्म थप ढुवानी नगर्ने चेतावनी दिएका थिए ।

Friday, February 22, 2008

वार्ता भंग भएको गुप्ताको दाबी

२२ फेब्रुअरी, ०८ । सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता भंग भएको मधेसी जनअधिकार फोरमका सहसंयोजक जेपी गुप्ताले दावी गर्नु भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले आफूहरुको मागप्रति सरकार गम्भीर नभएकाले वार्ता भंग भएको घोषणा गर्नुभएको हो । मोर्चा र सरकारबीच जारी वार्ता भंग भईसकेको बताउँदै गुप्ताले हामीले लचकता प्रस्तुत गरेपनि सरकारले माग पूरा गर्नेतर्फ गम्भीरता नदेखाएपछि वार्ता भंग गर्न वाध्य भएको बताउनुभयो । आत्मनिर्णयको अधिकार सरकारलाई आपत्ती भए सारमा त्यस्तै आशयको शब्द प्रस्तुत गरी एक मधेश एक प्रदेशको ग्यारेन्टी गर्न भन्दा पनि सरकारले अस्वीकार गरेको बताउनुभयो ।स्वायत्त राज्यको ग्यारेन्टी गर्न अन्तरिम संविधानमा अध्यादेशमार्फत भएपनि सम्बोधन गर्न भन्दा सात दलका नेताले हस्ताक्षर गर्ने या प्रधानमन्त्रीले त्यसलाई देशवासीका नाममा सम्बोधन गर्ने भनिएपछि सरकार आफूहरुको छ बुंदे मागप्रति गम्भीर छैन भन्ने देखिएको गुप्ताको आरोप थियो । गुप्ताले आफूहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जनगणना, संसद बिघटन, वर्तमान सरकार बिघटनलगायतका माग छाडी लचकताका साथ प्रस्तुत हुंदा पनि कमजोरी ठानिएको बताउनुभयो । उहांले जबर्जस्ती चुनाव गर्न खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिदै चुनावमा भाग नलिने स्पष्ट पार्नुभयो ।भारतीय राजदूतावासमा आफूहरुको आग्रहमा नभई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा वार्ता भएको खुलासा गर्नुभयो । राजदूतावासमा वार्ता गर्ने परिस्थिति प्रधानमन्त्रीकै कारण सृजना भएको गुप्ताको भनाई थियो ।राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सबैलाई सहभागी नगराई चुनाव गर्न खोजे मुलुक बिखण्डन हुनसक्ने खतरा औल्याउनुभयो । आफूहरु चुनावविरोधी नभएको दाबी गर्दै भन्नुभयो, मूल कुरा सबैलाई सहभागी गराउनुपर्छ भन्ने हो । चुनावले समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी नभएको बताउनुभयो । केन्यामा चुनावका कारण हिंसा भड्किएको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै परिणाम आउनसक्ने बताउनुभयो । एक मधेश एक प्रदेशको मागप्रति राजपाको धारणा के छ भनी सोध्दा लोहनीको भनाई थियो, सबैले सबै किसिमका माग राख्न सक्छन्, मूल कुरा संविधानसभामा कसरी सबैलाई सहभागी गराउने भन्ने विषय हो । नेकपा माओवादीका डेपुटी कमाण्डर वर्षमान पुन अनन्तले एक मधेश एक प्रदेशको टुंगो संविधानसभाले मात्र लगाउन सक्ने बताउनुभयो । आफूहरु आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेशको पक्षमा रहेको स्पष्ट पार्दै कस्तो प्रदेश बन्ने भन्ने कुरा जनताको मतले मात्र टुंगो लगाउन सक्ने बताउनुभयो । उहांले चुनौती दिदै भन्नुभयो, एक मधेश एक प्रदेशका पक्षधरले चुनावबाट त्यसका विरोधीलाई बढार्न सकुन् । विगतमा आफूहरुले आत्मनिर्णयको अधिकारसहित जातीय, क्षेत्रीय, भाषिक आधारमा स्वायत्त प्रदेश बन्नुपर्छ भन्दा बिखण्डनकारीको आरोप लगाउनेहरु मधेश आन्दोलनको प्रवक्ता बनेको देख्दा आश्चर्यचकित भएको बताउनुभयो । उहांले भन्नुभयो,'जनतालाई अधिकारसम्पन्न बनाउने विषय उठाउदा हामीलाई बिखण्डनकारी र तानाशाही भन्नेहरु आज मधेश आन्दोलनका प्रवक्ता भएका छन् ।' चैत २८ गते चुनाव हुनैपर्ने बताउदै चुनाव बिथोल्न खोज्ने इतिहासमै कलंकित हुने चेतावनी दिनुभयो ।

माओवादी र माक्सवादीवीच एकता

२२ फेब्रुअरी, ०८ । नेकपा माओवादी र नेकपा माक्सवादीवीच आज पार्टी एकता भएको छ । साना वाम पार्टीहरुसंग एकता र सहकार्य गर्ने माओवादी नीतिअनुरुप एकता भएको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा माओवादी नेता मोहन वैद्य किरण र माक्सवादीका टीका हमालले एकता सम्झौतामा हस्ताक्षर गर्नुभयो । सभामा वोल्दै दुवै नेताले पार्टी एकताले सवै वाम एक हुन ढोका खोलेको वताए ।

यो हप्ता मलेसियामा ६ नेपालीको मृत्यु, ३ को आफ्नै साथीद्वारा हत्या

२२ फ़ेब्रुअरी, ०८ । मलेसियामा नेपाली श्रमिकहरूको मृत्युले संख्यात्मक निरन्तरता पाउँदै आएको छ । यहाँस्थित बिभिन्न स्थानबाट प्राप्त समाचार अनुसार यस हप्ता पनि ६ जना श्रमिकहरूले मृत्युवरण गर्न पुगेका छन् । यस्तो संख्यात्मक मृत्युले नेपालीहरूमाझ कस्तो असर पार्ला ? डर, त्रासको मानसिक रोगको दृश्य आँखामा बोकेर श्रमिकहरूले कसरी खुलेर कार्यक्षमता देखाउन सक्लान् ? मृत्यु शिरमा र ज्यान झिरमा राखेर कतिञ्जेल रोजगारी गर्न सकिएला ? रोजगारीको लामो अवधि पुरा गरी नेपाल फर्किदा उनीहरूको मानसिक स्थिति कस्तो हुन पुग्ला ? यी प्रश्नहरूको उत्तर दिने सम्बन्धित निकायहरू कति चनाखो र जवाफदेही छन् ? यथाशिघ्र समाधान खोजिनु जरुरी छ । अब्यवस्थित र असुरक्षित बैदेशिक रोजगारी किनेर बिदेशिएका नेपालीहरूमाथि थप चुनौतिहरू बढ्दै गएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा यस्ता मृत्युहरूले पार्ने तत्कालिन तथा दीर्घकालिन असरहरूको बारेमा सम्बन्धित निकायको ध्यान नगएको प्रष्टै देखिन्छ । ती मृत्यको क्षतिपूर्ति तथा हत्याको छानबिन गर्न हत्यारालाई कारबाहीका लागि नेपाल सरकारले पहल गर्नु अनिबार्य भएको छ । तर हालसम्म यस सम्बन्धमा नेपाल सरकारले सोंच्न पनि सकेको छैन । त्यसैले गर्दा पनि अकल्पनीय र आकस्मिक मृत्युहरूको संख्याले बढ्ने अवसर पाएको ठहर श्रमिक अगुवाहरूले गरेका छन् । घिसिङ्ग सुतेको सुत्यै भएकुनै पनि रोगको लक्षणविना नै सुतेकै ठाउँमा मृत्यु हुने श्रृंखलामाथि हालसम्म कुनै पनि संस्थाको ध्यान जान सकेको छैन । यसै क्रममा जोहर प्रान्तको मुहारस्थित तान्जुङ्ग आगोसको एक कम्पनीमा कार्यरत शिव घिसिङ्गको मृत्यु भएको छ । BOFUNG INDM SDN BHD मा कार्यरत शिव घिसिङ्ग ११ फेब्रुअरीका दिन सुतिरहेको ओछ्यानमा नै मृत अवस्थामा फेला परेका थिए । उक्त कम्पनीमा कार्यरत श्रमिकहरूले बताएअनुसार मृतक घिसिङ्ग १० तारिख बेलुका सामान्य अवस्थामा सुतेका थिए । झापा शनिश्चरेका छत्रबहादुर विश्वकर्मा र पाँचथरका रघु खत्रीसंग तीन जनाको संयुक्त मेसमा खाना खाने मृतक घिसिङले १० तारिख आफैंले खाना पकाएर खुवाएका थिए । त्यसै रात ३ बजे उक्त होस्टलमा संगै सुत्ने शंकर न्यौपानेसंगै मृतकले पानी समेत पिएर पुन:सुतेका थिए । 'चिनियाँ नयाँ बर्ष २००८ को लामो बिदाका कारण १० तारिखसम्म कम्पनीमा काम पनि थिएन । ११ तारिखदेखि काम शुरु गर्नका लागि ११ तारिख बिहान सबै तयार हुँदा पनि घिसिङ्ग नउठेपछि उठाउन खोज्दा उनी चिसो भइसकेको' कुरा उक्त कम्पनीमा कार्यरत प्रकाश खड्काले हामीलाई बताए । मृतक सिन्धुपाल्चोक जिल्लाको ठूलो धादिङ गाविस वडा नं. २ निवासी हुन् । २७ वर्षिया घिसिङ्ग नेपालको विजय ओभरसिजबाट सन् २००६-२-१९ तारिख मलेसिया रोजगारीका लागि आएका थिए । जाँडरक्सी, सूर्ती, चुरोट नखाने मिलनसार स्वभावका घिसिङ्गलाई गुमाउनु पर्दा ५५ जना नेपाली लगायत करिब ४ सय जना अन्य देशका कामदार तथा कम्पनी प्रशासन समेत दुःखी भएको जानकारी त्यहाँ कार्यरत श्रमिकहरूले दिएका छन् । परिवारका एक मात्र छोरालाई गुमाउनु पर्दा मृतकका बुबा श्याम घिसिङ्गलाई ठूलो चोट परेको छ । खेतीपातीबाट गुजारा गर्दै आएका श्याम घिसिङ्गले 'बुढेसकालको सहाराबिना कसरी बाँचुला म' भन्दै बेदना पोखेका छन् । ६ र ७ वर्षका कलिला दुई छोरा र श्रीमतीलाई टुहुरो बनाएर घिसिङ्गले मृत्युवरण गरेका छन् । मृतकको परिवारका लागि कम्पनीले पनि सहयोग गर्ने आश्वासन दिएको छ । उक्त कम्पनीमा कार्यरत श्रमिकहरूले अलग्गै सहयोग जुटाउन भिष्म खनाल ०१६७८२५०७६ तथा प्रकाश खड्का ०१६६४१०८५४ लाई खटाइएको छ । उक्त राहत कार्यक्रमको मनिटरिङ्ग नेपाल श्रमिक संगठन श्री सुलुङ्ग इकाई कमिटीले गर्ने जानाकारी उक्त क्षेत्रमा सक्रिय श्रमिक अगुवाहरूले दिएका छन् । मृतकको शव फेबु्रवरी २० तारिख मात्र नेपाल पठाईएकोमा श्रमिकहरूले आश्चर्य ब्यक्त गरेका छन् । आईद्वारा शेर्पाको छुरी हानी हत्याकेही समययता नेपालीहरूद्वारा नेपालीको हत्याको क्रम पनि बढ्न थालेको छ । यसै क्रममा होस्टलको एउटै कोठामा बस्ने सहकर्मी निङ तेन्जी शेर्पाको रामबहादुर राईले सुतिरहेको अवस्थामा छुरी हानेर हत्या गरेका छन् ।सेलागंर राज्यको वान्तिङ्गस्थित फ्यासिलेट ग्लोब कम्पनीमा १३ तारिख राति १ बजे शेर्पाको ढाड तथा छातीमा छुरा प्रहार गरी राईले हत्या गरेका थिए । घट्नास्थलमै शेर्पाको मृत्यु भएको थियो । करिब २ सय जना नेपाली कामदार रहेको उक्त कम्पनीमा यो घट्नाले त्रास फैलाएको छ । तरकारी काट्ने छुरीले शेर्पाको हत्या गरेपछि मृतकका काका कमल शेर्पालाई पनि मार्ने उद्देश्यले राईले छुरा प्रहार गर्दा भाग्यवश कमल शेर्पाको हातमा लागी ज्यान बचाउन सफल भएका छन् । काकामाथि भएको प्रहारले खैलाबैला मच्चिन थालेपछि सुतिरहेका अरु साथीहरू उठेर राईलाई नियन्त्रणमा लिन खोज्दा राई भागेका थिए । भाग्ने क्रममा कम्पनी सुरक्षा गार्डहरूले तुरुन्तै पक्राउ गरी अभियुक्तलाई प्रहरीको जिम्मा लगाइ दिएका छन् । पाखुरामा गहिरो चोट लागेपछि उनलाई तुरुन्त अस्पताल पुर्‍याईएको थियो । हत्यारा राईलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाईएको छ । मृतकको शव अस्ति बुधवार काठमाण्डौं पठाई आफन्तको जिम्मा लगाईसकेको जानकारी प्राप्त भएको छ । छुरा प्रहरी गरी हत्या गर्नुको कारण भने राईले बताएका छैनन् । यद्यपि मृतक तथा हत्यारा राई दुबैजना संखुवासभा पाथिभरा निवासी हुन् । मृतकको घरमा एक छोरा तथा एक छोरी, आमा, बुबा तथा श्रीमती रहेका छन् । मृतक तथा हत्यारा दुबैजना अलसौगात मेनपावर कलंकीबाट मलेसिया आएका थिए । हत्यारा र्राईले १४ तारिख दुई वर्षको करार अवधि पूरा गरी नेपाल फ़र्कने तयारीमा रहेका थिए । उनीसंगै नेपाल उड्ने तयारीमा रहेका अन्य दुई जनालाई पनि कम्पनीले उडान स्थगित गराएको छ ।सुरेन्द्र साहद्वारा छुरा हानी साथीको हत्याअत्यधिक रक्तश्रावका कारण मृत्यु भएका रामकृपाल शाहको हत्या सुरेन्द्र शाहले गरेको खुल्न आएको छ । प्राप्त घटना विवरणअनुसार सुरेन्द्र साहले साथीको हत्या योजनाबद्ध ढंगले गरेका छन् । फेब्रुअरी ९ तारिख बजार गएका हत्यारा साहले बजारबाट चाक्लो र तिखो नयाँ छुरी तथा छुरीको साथमा काँक्रो समेत किनेर ल्याएका थिए । त्यसै गरी हातमा लगाउने पञ्जा समेत उनले तयारी गरेका रहेछन् । उक्त दिन बेलुका ८ः५० बजे होस्टल फर्किएका सुरेन्द्र शाहले नाटकीय ढंगले पञ्जा लगाएर कांक्रो काटे । आफूसँग बस्ने तीनै जनालाई काँक्रो खुवाए । बेलुकीसम्म ओभर टाईम गरेर थाकेका राम कृपाल शाह ओछ्यानमा लडिरहेका थिए । कोठामा संगै बस्ने रामहुलास साहले भने, "काँक्रो खाएको लवि भन्दा भित्र कागजले बारेको मेरो छुट्टै सानो कोठा छ । त्यही कोठा भित्र म लुगा फ़ेर्दै थिएँ एक्कासी राम कृपाल चिच्यायो । म मेरो कोठाबाट बाहिर निष्कँदा ऊ (सुरेन्द्र) छुरी फालेर, पंञ्जा लेर मूल ढोकाबाट बाहिर निस्किसकेको थियो । त्यो घट्ना देखेपछि अत्तालिँदै म रेशम भुसाल, टेकनाथ बराल दाईलाई गुहार माग्न गएँ उहाँहरू आएर त्यसलाई समात्नु भयो । एम्बुलेन्स बोलाउनु भयो, पुलिस बोलाउनु भयो । राम कृपाल टेकनाथ दाईसंग 'दाई मलाई मार्‍यो, सुरेन्द्रले भन्दै थियो । पछि बेल्नै छाड्यो ।" श्रमिक संगठन क्षेत्रिय कमिटी सदस्यहरू रेशम भुसाल तथा टेकनाथ बराल लगायतको सहयोगमा थप उद्दार कार्य भएको थियो । "बिदाको दिन भएकोले समयमै एम्बुलेन्स आउन सकेन । अस्पताल पुर्‍याउनुअघि राम कृपालको थुप्रै रगत बगिसकेको थियो । ९:४५ बजे (बेलुका) तिर अस्पताल पठाईएको थियो । १२ बजे रातितिर खबर आयो, ऊ (कृपाल) खस्यो भनेर ।""सुरेन्द्र साह धेरै फटाहा रहेछ । उसल, हिन्दी भाषा जानेको भएर फ़ूर्तिफार्ती गर्ने रहेछ । त्यो हत्याको दोष उसले राम हुलासलाई लगायो । राम उसलाई पर्खाउन उसले काँक्रो खुवाउने र एक छिन पर्ख भन्ने गरेको बुझियो । उसैले भनेको भरमा प्रहरीले निर्दोष राम हुलासलाई पनि हत्कडि लगाएको थियो तर बचाइयो । प्रहरीले लगे पनि सामान्य सोधपुछ पछि राम हुलासलाई छोडिदिएको छ ।" रेशम भुषालले भने । हत्यामा संलग्न सुरेन्द्र साह सिराहा जिल्ला मिर्चैया निवासी हुन् भने मृतक राम कृपाल साह सोही जिल्ला कल्याणपुर- ७ निवासी हुन् । उनीहरू दुबैजना रवरेक्स रवर कम्पनी बर्चाम इपोमा कार्यरत थिए । उनीहरू दुबैजना नेपालको एमएन मेनपावरबाट मलेसिया आएका थिए । अभियुक्त साहको फासीसम्म हुनसक्ने प्रहरीले बताएको छ । मलक्कामा केश राईको रहस्यमय मृत्युमलक्का राज्यको बुकित रम्बाई स्थित योङ्गमोर्टर् इडिङ्ग फर्निचरमा कार्यरत केश राईको रहस्यमय मृत्यु भएको छ । मृतक राईको शब १३ फेबु्रवरी ३ बजे दिउँसो कम्पनी भन्दा केही पर नालीमा फेला परेको थियो । मृतक राई १२ फेब्रुवरी बिहान ९ बजेदेखि कम्पनीबाट हराएका थिए । मृतको शब नालीमा घाँस र झार फाड्ने एक स्थानिय मलेसियनले देखे पश्चात कम्पनीमा जानकारी दिएका थिए । उक्त जानकारी पश्चात कम्पनीले प्रहरीलाई शब जिम्मा लागाएको थियो । "निज राईको शरिरमा चक्कुको डामहरू देखिन्थे भने, शरिरको धेरैजसो भागमा टायरको डामहरू देखिन्थे ।" प्रत्यक्षदर्शी एक श्रमिकले हामीलाई बताए । उनीसंगै कार्यरत एक मात्र नेपाली ओखलढुङ्गाका राम श्रेष्ठलाई समेत कम्पनीले रहस्यमय ढंगले त्यस कम्पनीबाट अन्यत्र सारेको छ । मृतक राई करिव आजभन्दा १ वर्ष अगाडि रियल रिर्सच म्यानपावर अनामनगर मार्फत रोजगारीको सिलसिलामा मलेसियाको मलक्का स्थित योङ्गमोर्टर् इडिङ्ग फर्निचर कम्पनीमा आएका हुन । मृतक खोटाङ्ग जिल्ला फिर्दि गाविस वाड.न. ९, छेमछुमी गाउँ निवासी थिए । जम्मा दुई जना नेपाली मात्र कामदार रहेको उक्त कम्पनीमा बेसिक मात्र ड्यूटी दिने गरेको थाहा भएको छ । मृतक राईलाई आजभन्दा १ महिना अगाडि पनि आफ्नो किचनको लागि सामान किनमेल गर्न जाँदा बेलुका ७.३० बजेतिर अपरिचित ४ जना व्यक्तिले अपहरण गरी जंगलतिर लगेका थिए । उक्त घटनामा राई एक्लैले प्रतिकार गरी भाग्न सफल भएका थिए । सो घटनाको आधारमा उनको मृत्यमा अरु कसैको हात हुन सक्ने अनुमान स्थानिय कामदारहरूले गरेका छन् । साहूको ऋण लिई आफ्नो परिवारको सुनौलो भविष्य कोर्ने सपना बोकेर आएका राईको मृत्यु हुँदा परिवाजन तथा उनका साथीहरू सबै स्तब्ध भएका छन् । निज राईको २ छोरा, १ छोरी आमा, बाबु र एक श्रीमती रहेका छन् । राईको मृत्युको खोजी सम्बन्धित निकायले गर्नु पर्ने देखिन्छ । अन्यथा राईले मृत्युपश्चात पनि न्याय नपाउने अड्कल गर्न सकिन्छ ।यमबहादुर खत्रीको असामयिक निधनसेलेंगर राज्य केलाङ्गजया औद्यौगिक क्षेत्रको एक प्लाष्टिक कम्पनीमा कार्यरत यमबहादुर खत्रीको सुतेको अबस्थामा मृत्य हुन पुगेको छ । फेब्रुअरी १ तारिख बेलुका सामान्य अबस्थामा सुतेका खत्रीलाई राति ३ बजे श्वासप्रशवासमा सकस भए पछि अस्पताल पुर्‍याउँदा अस्पतालमै उनको मृत्यु भएको थियो ।उक्त कम्पनीमा कार्यरत श्रमिकहरूले बताएअनुसार मृतक खत्रीले राति ३ बजे ठूलो ठूलो श्वास फेरे पछि ब्यूँझिएका साथीहरूले उनलाई के भयो भनि सोधेका थिए । उनले श्वास फ़ेर्न गाह्रो भयो भनेको र तुरुन्तै अस्पताल लगिएको थियो ।मृतक खत्री आज भन्दा दश महिना अघिदेखि मलेसियामा कार्यरत थिए । आएको तीन महिनामा उनको हातको औंलाहरू काटिएको थियो । उनी गुल्मी जिल्ला मरभुङ्ग गाबिस वाड नं. ७ निवासी हुन् । मृतक खत्रीको ३ छोरा, एक छोरी, बुबा आमा तथा दाजु भाउजु छन् । नेपाल श्रमिक संगठन केलाङ्गजयार् इकाई कमिटीले शोक ब्यक्त गर्दै मृतकका परिवारप्रति समबेदना ब्यक्त गरेको छ । मृतकका परिवारको राहतका लागि नेपाल श्रमिक संगठन केलाङ्गजयार् इकाई कमिटीका प्रतिनिधि मिन रिजालले आम श्रमिकमाझ आव्हान गरेका छन् ।सुतेको अवस्थामा आफ्नै साथीको हत्या गरी फरारश्रृंखलाबद्ध रुपमा साथीको हत्या गर्ने क्रम बढेको छ मलेसियामा । जोहरबारु स्थित तामान जस्कोको Winco Manufacturing कम्पनीमा कार्यरत पूर्णबहादुर गुरुङ्गको सोही कम्पनीमा कार्यरत सुनिलकुमार चौधरीले हत्या गरी फरार रहेका छन् ।होस्टलमा सुतिरहेका गुरुङ्गको टाउकोमा ग्यास सिलिण्डरले हानी हत्या गरेर चौधरी भागेका छन् । १६ फेब्रुवरी २००८ का दिन कम्पनीमा भएको सामान्य बिबादलाई लिएर त्यसै दिन राति चौधरीले गुरुङ्गको हत्या गरेको आशंका सोही कम्पनीमा कार्यरत श्रमिकहरूले बताएका छन् । उक्त क्षेत्रमा कार्यरत खगेन्द्र अबिरलका अनुसार चौधरीलाई प्रहरीले पक्राउ गरेको अपुष्ट समाचार छ । यद्यपि प्रहरीले चौधरीलाई मलेसिया बाहिर उम्कन नसक्ने गरी नाकाबन्दी गरेको छ । चौधरीको फोटो र फिङ्गरप्रिन्ट लिएर गएको कम्पनीले जनाएको छ ।मृतक गुरुङ्ग रुपन्देही भलुही, देवदह २ निवासी हुन् । मृतक डिएन म्यानपावरबाट २०६३ साल श्रावण २४ गते मलेसिया आएका थिए । मृतकका एक बहिनी तथा दाजु र भाउजु रहेको जानकारी हुन आएको छ । त्यसै गरी हत्या गरी फरार हुने चौधरी शुनसरी झुम्का निवासी हुन् । चौधरीले अन्य साथीहरूको पैसा र मोवाईल समेत लिएर फरार भएका छन् । उनलाई चिन्नु हुने तथा भेट्नु हुने महानुभावहरूलाई निम्न नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध गरिएको छ । -फोन नं. ०१६७०५५७०८, ०१६७९५०१५० । मृतकको शब नेपाल लैजाने तयारी भईरहेको छ । उक्त कम्पनीमा करिब ४० जना नेपाली कामदार रहेका छन् ।

भारतिय राजदुतावासमा के पाक्दैछ ?

मधेसको अधिकारको माग गर्दै १० दिनदेखी मधेस बन्द गराएका मधेसी दलका नेताहरु आखिर किन गए भारतीय दुतावासको शरणमा ?
नेपाली कांग्रेसका नेता र मधेसी नेताहरु मात्र किन वार्तामा ?
भारतिय अधिकारीहरुको आडमा के प्रस्ताव ल्याएका छन मधेसी दलका नेताले ?
के मधेसको आन्दोलन अधिकारका लागि नै हो त ?
केही दिनदेखी संचारमाध्ययमा एक समाचारले बढो प्राथमिकता पाएको छ । मधेसको समस्या समाधानका लागि नेपालमा रहेको भारतिय दुतावासमा नेपाली कांग्रेस र मधेसका नेताहरु भारतिय अधिकारीको रोहवरमा वार्ता गरिरहेका छन ।
अचम्म । समस्या नेपालको समाधान भारतिय राजदुतावासभित्र खोिजंदै छ । विचार मधेसी जनताको अधिकारका लागि लडेको दावी गर्ने नेताहरु कत्ति लाचार रहेछन । उनीहरुले सबैका सामु प्रष्टै पारे आखिर उनीहरुको गुरु चै को हो भनेर ।
मधेसी नेताहरुका लागि अब शुरक्षित स्थान भनेको भारत मात्र रहेछ भन्ने यसको प्रमाण हो । बाहिर भयो न के हो के हो । बार्गेनिगं गर्न पनि नसक्ने । कमसेकम दुतावास भित्र भएपछि त अन्य दलका नेतालाइ गलाउन पनि सकिन्छ । त्यस्तै परे देश टुक्राएर भारतमा विलय गराउने चेतावनी पनि दिन सकिन्छ ।
मधेसको समस्या समाधान गराएवापत भारतले के पाउने त्यसको हिसाव किताव पनि सहजै गर्न सकिन्छ दुतावास भित्र गयो भने । यदी हैन समस्या समाधानको पहल हो भने किन दुतावास नै रोजियो वार्ताका लागि ?
अनी विचरा नेताहरु मधेसका नेताले जता भन्यो त्यतै लुरुलुरु जान बाध्य छन । मधेसका नेताहरु भारतको आडमा छाति फुलाएर बसिरहेका छन अनी कांग्रेसका महेश आचार्यशेखर कोइराला र अमोद उपाध्याय निरिह बनेर हां जी हां जी भन्न बाध्य छन । सोच्दै दिमाग तिल्मीलाउंछ । िदंगदिगं लाग्छ । अनी कहिले कांही यस्तो निरिह नेताहरु भएको देशमा जन्म लिएकोमा आफैलाइ धिक्कार्न मन लाग्छ । पटक पटक मनले भन्छ-थुक्क म ।
यसले देखाउंछ तराइमा भइरहेको अशान्तीको पछाडि को रहेछ भन्ने । भारतले मधेस समस्या समाधानका बारेमा कुरा उठ्यो कि आफुलाइ अलग राख्ने प्रयासमा सधै लागिरहेको नै हो । तर अन्तमा यदी भारतले चाहने हो भने मधेसको समस्या सहजै समाधान हुने रहेछ भन्ने पनि यसले देखाएको नै हो ।नत्र किन भारतिय पक्षको रोहवरमा भारतिय एम्बेसी भित्र नेपालको समस्या समाधानको बाटो खोजिन्छ त्यो पनि केभि राजन एसडि मुनि जस्ता खुंखार भारतियहरुको प्रत्यक्ष निर्देशनमा ?के यसले स्पष्ट हुन्न अहिले मधेसको अधिकारको नारा अलापीरहेका महन्थ ठाकुर उपेन्द्र यादव र राजेन्द् महतोहरु प्रत्यक्ष रुपमा भारतको एजेन्टको रुपमा राजनीतिक नाराको भरमा नेपालको सार्वभौमसत्ताको दलाली गरिरहेको ? के यही हो उनीहरुको अधिकार ?
बढो दुःखलाग्दो अवस्था छ । तराइ बलिरहेको छ । अत्यावश्यक सामागि्रको अभावमा सामान्य नागरिकको मनभित्र पनि विद्रोहको विउ झांगिदै गइरहेको छ । त्यो विद्रोह झिल्कोको प्रतिक्षामा छ । कसैले झिल्को लगाइदियो भने यस अगाडि भएका सबै आन्दोलन विर्साउने छ । अनी यसको जस कुनै दलको मण्डलीले नपाउने निश्चित छ नै ।

दुई माना पुराना मुद्रा चोरी

नुवाकोट, १० फागुन । मदानपुर- १ पाँचमूलेका अमरबहादुर गुरुङको घरबाट गए राति दुई माना पुराना मुद्रा चोरी भएको छ । रातको समयमा चार जनाको सङ्ख्यामा आएको लुटेरा समूहले गुरुङको घरमा रहेको दुई तोला सुन र नगद रु. दुई हजार ५०० समेत चोरी गरेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ । गाउँलेले चोरीमा संलग्न रहेकाहरुको पहिचान गरिसकेका र पाँचमूलेका सुरज तामाङ र प्रकाश तामाङलाई आज बिहान समातेका छन् भने चोरीमा संलग्न अर्का राजकुमार तामाङ भने फरार रहेका गुरुङले जानकारी दिएका छन् । समातियका व्यक्तिहरु १५-१६ वर्षा किशोर रहेको बताइएको छ । गाउँलेले आजै उनीहरुलाई प्रहरीको जिम्मा लगाएका छन् । गुरुङको चोरी भएका पुराना मुद्राहरु भने फिर्ता हुन नसकेको बताइएको छ ।

यात्रुवाहक बस मा लुट्पाट

तुलसीपुर -दाङ), १० फागुन । सल्यानबाट दाङको तुलसीपुर्रतर्फ आउँदै गरेको ना.२ख ९६०० नं.का यात्रुवाहक बसलाई गए राति लुटेराहरूले राप्ती राजमार्गअर्न्तर्गत तुलसीपुर नगरपालिका, वडा नं. १ को साततले भन्ने स्थानमा हिजो लुटपाट गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ । सो घटनामा लुटेराहरूले चलाएको गोली लागी चार जना यात्रु घाइते पनि भएका छन् । घाइतेमध्ये एक रुकुममा कार्यरत सेनाका जवान लेखबहादुर दाहाल पनि छन् । उनको दायाँ खुट्टामा गोली लागेको छ । दाहाललाई महेन्द्र अस्पताल, दाङमा सामान्य उपचार गरेपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको बताइएको छ । घटनामा संलग्न अन्य व्यक्तिमध्ये राप्ती बस व्यवसायी समितिका दर्ुइ कर्मचारी र अन्य एक व्यक्ति भने सामान्य उपचारपछि घर फर्केको थाहाभएको छ । लुटपाटमा संलग्न लुटेराहरूको खोजी भइरहेको सो कार्यालयले जनाएको छ ।

'वार्ता सकारात्मक दिशामा'

मधेशी मोर्चासँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको एमाले महासचिव माधवकुमार नेपालले बताएका छन् । 
१० फाल्गुण २०६४ १४:०७ मा पोष्ट गरिएको
प्रिन्ट ईमेल सम्पादकलाई चिट्ठी अक्षरको आकार:
एमाले महासचिव माधवकुमारले मधेशी मोर्चासँगको वार्ता सकारात्मक दिशामा गइरहेको बताएका छन् । पार्टीसम्बद्ध ६८ वर्षीय कलाकार रमेश अर्यालले मेची-महाकाली साइकल यात्रा सुरु गर्न लागेको अवशरमा फागुन १० गते एमाले केन्द्रीय बल्खुमा आयोजित कार्यक्रममा बोल्दै नेपालले मधेशी मोर्चासँगको वार्ता सकारात्मक दिशामा अघि बढनाले संविधानसभा चुनावका लागि अनुकुलता सिर्जना भएको उल्लेख गरे । श्रोतहरुले मोर्चा र सरकारबीच आज हुने वार्ताले निश्कर्ष निकाल्न सक्ने बताएका छन् ।
यसैबीच, हिमालखबर डट कमसँग कुरा गर्दै मोर्चाका वार्ताकार महेन्द्र राय यादवले वार्ता सकारात्मकरुपमा अघि बढेको पुष्टि गरेका छन् । यद्यपि, यादवले कुन मुद्धामा को कति लचकदार भएको भने खुलाएनन् । २० प्रतिशतभन्दा बेशी उमेदवारी दिनेले समावेशी सिद्धान्त अपनाउनुपर्ने अहिलेको ब्यवस्था परिवर्तन गरेर ३० प्रतिशतमा पुर्‍याउनेमा सहमति हुने सम्भावना रहेको श्रोतहरुको दावी छ ।

माटोले पुरिएर दुई वालिकाको मृत्यु

२२ फेब्रुअरी, ०८ । सुनसरीको चाँदबेलामा माटोले पुरिएर दुईजना बालबालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा ६ वर्षका मनिष चौधरी र १२ वर्षकि चाँदनि चौधरी छन् । बिहिबार बिहान आफ्नै खेतमा घर लिप्ने माटो खन्न गएका उनिहरुलाई माटोको ढिस्कोले पुरेको हो ।यसै गरि माटोले पुरिएर दुई बालबालिका घाईते भएका छन् । घाईते हुनेमा ८ वर्षकि रुपा चौधरी र ११ वर्षकि अनिषा चौधरी रहेका छन् । घाईते दुबैको ईनरुवा अस्पतालमा उपचार भैरहेको छ ।

प्रदर्शनकारीद्वारा तीन ट्याङकरमा आगजनी

२२ फेब्रुरी, ०८ । अज्ञात समुहले आज विहान वाराको लिपुनीमा तीनवटा ट्याङकरमा आगजनी गरेको छ । पेट्रोलपम्प अघि पार्किङ गरी राखिएका खाली ट्याङकरमा आगजनी गरिएको प्रहरीले जनाएको छ । आगजनीका कारण तीनवटै ट्याङकर जलेर नष्ट भएका छन् । विहान करिव सभा पाँचवजे भएको आगजनीको कारण खुल्न नसकेपनि प्रहरीले स्कर्टीङ गरि तेल ढुवानी गरेकाले आगजनी गरेको हुन सक्ने अनुमान गरेको छ ।

नेकपा माओवादी उमेदवार को कहाबाट भिड्दैछन ?

22फेब्रुरी, ०८ । नेकपा माओबादीले पचहत्तरै जिल्लाका दुइ सय ४० क्षेत्रमा उम्मेदवार निश्चित गरेको छ ।माओवादी अध्यक्ष प्रचण्ड काठमाडौंको क्षेत्र नं १० र रोल्पाको क्षेत्र नं २ बाट चुनाव लड्ने भएका छन् । पार्टी वरिष्ठ नेता डा, बाबुराम भट्टर्राई गोरखा-२, रामबहादुर थापा "बादल" चितवन-२, सिपी गजुरेल सिन्धुली-२ र कृष्णबहादुर महरा दाङ-३ बाट चुनावमा उठ्ने भएका छन् । त्यस्तै, पोष्टबहादुर बोगटी "दिवाकर" नुवाकोट-३, वर्षमान पुन "अनन्त" ललितपुर-१, जनार्दन शर्मा "प्रभाकर" रुकुम-२, पम्फा भुसाल ललितपुर-३, अग्नि सापकोटा सिन्धुपाल्चोक २, टोपबहादुर रायमाझी अर्घाखाँची-१ र लेखराज भट्ट कैलाली-५ बाट प्रतिस्पर्धा गर्दैछन् । कालिकोट-१ बाट खड्गबहादुर विश्वकर्मा, रोल्पा-१ बाट जयपुरी घर्तीमगर,तनहुँ-२ बाट सुरेश आलेमगर, धादिङ-३ बाट शालिकराम जम्मरकट्टेल, नुवाकोट-२ बाट हितबहादुर तामाङ, सुनसरी-२ बाट कुमार फुदुङ, रूपन्देही-३ बाट वामदेव क्षेत्री र गुल्मी-२ बाट चन्द्रबहादुर थापा "सागर" चुनावमा उठ्ने भएका छन् । माओवादीले काठमाडौंको क्षेत्र नं १ बाट राममान श्रेष्ठ, २ बाट मनु हुमागाईं, ३ बाट माइला लामा, ४ बाट पवनमान श्रेष्ठ, ५ बाट दिलकुमार प्रजापति, ६ बाट हितमान शाक्य, ७ बाट हिसिला यमी, ८ बाट सर्वोत्तम डंगोल र ९ बाट कमला लिम्बूलाई उठाउने भएको छ । माओवादी उम्मेदवारमा ५२ जना मात्र महिला छन् । समानुपातिकमा भने माओवादीले एक सय ६८ जना महिलालाई टिकट दिएको छ । यस्तै देशभरका चुनावी क्षेत्रमा माओवादी उम्मेदवारहरुमा-१ दार्चुला लक्ष्मणदत्त जोशी २ बैतडी १-देवीदत्त पाण्डे, २- रेणु चन्द३ डडेलधुरा खगराज भट्ट४ बझाङ १-देवकी मल्ल, २-शंकर खड्का५ बाजुरा मीनबहादुर विष्ट६ अछाम १-मीना चलाउने, २- शरदसिंह भण्डारी७ डोटी १-त्रिलोचन भट्ट, २-खेम बम८ हुम्ला कर्णजित बुढाथोकी९ मुगु मंगल बहादुर शाही१० जुम्ला नरेश भन्डारी११ कालीकोट खडकबहादुर विश्वकर्मा१२ डोल्पा रामबहादुर बोहरा१३ जाजरकोट १-कालीबहादुर मल्ल, २- भक्तबहादुर शाह१४ दैलेख १-कर्णबहादुर बस्नेत, २-थीरबहादुर कार्की१५ सुर्खेत १-सीता नेपाली, २-मंगल विक, ३-धर्मेन्द्र बास्तोला १६ रुकुम १-जुनकुमारी रोका मगर, २-जनार्दन शर्मा१७ रोल्पा १-जयपुरी र्घर्ती मगर, २-पुष्पकमल दाहाल१८ सल्यान १-टेकबहादुर बस्नेत, २-उमाकान्त शर्मा१९ प्यूठान १-नारायण अधिकारी, २-भवानी के।सी।२० बाग्लुङ १-चन्द्रबहादुर बुढा, २-धनप्रसाद, ३-बलावती शर्मा२१ म्याग्दी गोविन्दप्रसाद पौडेल -प्रवीण० २२ गुल्मी १-सुदर्शन बराल, २-रिज्जु श्रेष्ठ, ३-चन्द्रबहादुर थापा२३ अर्घाखाँची १-टोपबहादुर रायमाझी, २-रामप्रसाद बन्जाडे२४ पाल्पा १-दीपेन्द्र पुन मगर, २-लीला सोमई, ३-नेत्र पाण्डे२५ मुस्ताङ सत्यनारायण सेरचन२६ पर्वत १-गुनाखर वस्याल, २-मनरुपा शर्मा२७ मनाङ देवप्रसाद गुरुङ२८ गोरखा १-पार्वती थापा मगर, २-बाबुराम भट्टर्राई, ३-अमर तमु२९ लमजुङ १-बुद्धिराम तमु, २-मधुमाया अधिकारी३० कास्की १-राजकाजी तमु, २-कञ्चन खनाल, ३- झलकपानी तिवारी, ४- दुर्गा वि।क।३१ तनहु १-श्रीराम ढकाल, २-सुरेस आले मगर, ३- आशा खनाल३२ स्याङ्जा १-फूलमाया त्रिपाठी, २-दीपक चर्ती मगर, ३-खिमकुमार वि।क।३३ मकवानपुर १-दिलबहादुर घिसिङ, २-प्रेमबहादुर पुलामी मगर, ३-प्रह्लाद लामिछाने, ४-कुमारी मोक्तान ३४ धादिङ १-पुष्पविक्रम मल्ल, २- कल्पना धमला, ३-शालिकराम जम्मर कट्टेल३५ नुवाकोट १-विमला सुवेदी, २-हितबहादुर तामाङ, ३-पोष्टबहादुर बोगटी३६ रसुवा १-प्रेम तामाङ३७ सिन्धुपाल्चोक १-राजकुमार श्रेष्ठ, १-अग्नि सापकोटा, ३-दावा तामाङ३८ दोलखा १-देवी खड्का, २- हेम श्रेष्ठ३९ काभ्रे १-सूर्यमान दोङ, २- अकलबहादुर थिङ, ३-मिमा तामाङ, ४-तेजबहादुर मिजार४० रामेछाप १-तारानारायण श्रेष्ठ, २-डिल्लीमान तामाङ४१ सिन्धुली १-शान्तिमान कार्की, २-चन्द्रप्रसाद गजुरेल, ३- निरु दर्लामी कुँवर४२ चितवन १-शोभा कट्टेल, २-रामबहादुर थापा, ३- चित्रबहादुर श्रेष्ठ, ४-र्सूयप्रकाश सुवेदी, ५-नारायण दाहाल४३ भोजपुर १-पदम र्राई, २-सुदन र्राई४४ खोटाङ १-पासाङ र्राई, २-समिता कार्की४५ ओखलढुंगा १-केशव र्राई, २-बालकृष्ण ढुंगेल४६ सोलुखुम्बु गोपाल किराँती४७ उदयपुर १-राजन किराँती, २-मनि खम्बु, ३-मोहन पौडेल४८ संखुवासभा १-पूणप्रसाद र्राई, २-दीपक यामहाङ४९ धनकुटा १-हेमराज भण्डारी, २-हरि खेवा५० तेह्रथुम नरबहादुर थम्बो५१ ताप्लेजुङ १-सुरेन्द्र कार्की, २-टंक आङबुहाङ५२ पांचथर १-श्रीप्रसाद जबेगु, २-अमरसिंह थापा५३ इलाम १-सुर्यबाला र्राई, २-हर्क लावती, ३-शोममाया र्राई५४ झापा १-धर्म घिमिरे, २-गौरीशंकर खड्का, ३- पूर्णसिंह राजवंशी, ४-धर्मशिला चापागाइ, ५- हर्क खड्का, ६- सुलोचना राजवंशी, ७-सुरेश लिङ्देन५५ मोरङ १-शान्ता र्राई, २-लालबहादुर सुसलिङ, ३-सावित्रीकुमारी काफ्ले, ४-शिवकुमार मण्डल, ५-राजेन्द्र गुप्ता, ६-सीताराम पोखरेल, ७-शान्ति मोदी, ८-जितेन्द्र मोहरा, ९-नगेन्द्र धिमाल५६ सुनसरी १-किरण र्राई, २-कुमार फुदुङ, ३-रामकुमारी चौधरी, ४-सुरेन्द्र मेहता, ५-रामजन अली, ६- नरेन्द्र बस्नेत५७ सिराहा १-कृष्णदेव सिंह दनुवार, २-विष्णुदेव यादव, ३- बोधमाया यादव, ४-श्यामचन्द्र यादव, ५- महेन्द्र पासवान, ६- फुलगेन नायक५८ सप्तरी १-र्सूर्यनाथ यादव, २-अशोक मण्डल, ३-उमेश यादव, ४- छेडी रजक, ५-सरस्वती चौधरी, ६-सुकदेव साह५९ धनुषा १-श्रवण यादव, २-रामचन्द्र मण्डल, ३-शोभियत यादव, ४- रोशन जनकपुरी, ५-महादेव यादव, ६-रामकुमारी यादव, ७- जागेश्वर महतो ६० महोत्तरी १-तेजप्रसाद अधिकारी, २-रामपुकार यादव, ३-भरत साह, ४-राजेन्द्र शाह, ५-वीरेन्द्र यादव, ६-काशी महतो६१ र्सलाही १-लुमडी धिताल, २-सुरेन्द्र यादव, ३-विजय कुमार, ४- शंकर चौधरी, ५-ठगाराम राय६२ बारा १-शम्भु मण्डल, २-शिवचन्द्र कुसवाहा, ३- शिला यादव, ४- सोनालाल साह, ५-तपेश्वर चौधरी, ६-जयाराम दाहाल६३ पर्सा -कोपिला साह, २-हरि मण्डल, ३-रामआश्रय राम, ४-पार्वती चौधरी, ५- क्षेत्रबहादुर श्रेष्ठ६४ रौतहट १-इन्दलराय यादव, २-पुनम पटेल, ३- प्रभु साह, ४-सत्यनारायण भगत, ५-विन्देश्वर यादव, ६-कृष्ण थापा६५ नवलपरासी १-देवेन्द्र पौडेल, २-मोती रिजाल, ३- सीता बौडेल, ४- चिनक कुर्मी , ५-राजुप्रसाद हरिजन, ६- रोहितप्रसाद केवट ६६ रूपन्देही १-घनश्याम यादव, २-विनोदकुमार उपाध्याय, ३- वामदेव क्षेत्री, ४-भक्तिप्रसाद पाण्डे, ५-दयाराम नेउपाने, ६-देवेन्द्र पाण्डे, ७-सोनिया यादव६७ कपिलवस्तु १-चन्द्रप्रसाद खनाल, २-रामलौटन तिवारी, ३-सीता घिमिरे, ४-इलियास मुसलमान, ५-चन्द्रबहादुर चन्द६८ काठमाडौं १-राममान श्रेष्ठ, २-मनु हुमागाईं, ३-माइला लामा, ४- पवनमान श्रेष्ठ, ५-दिलकुमार प्रजापति, ६- हितमान शाक्य, ७- हिसिला यमी, ८-सर्र्वोत्तम डंगोल, ९-कमला लिम्बू, १०-पुष्पकमल दाहाल"प्रचन्ड"६९ ललितपुर १-वर्षान पुन, २-राजकाजी महर्जन, ३-पम्फा भुसाल७० भक्तपुर १-दिवाकर श्रेष्ठ, २-हरि क्षेत्री७१ कञ्चनपुर १-दुगा खुना थारू, २-देवीलाल थारू, ३-टेकेन्द्रप्रसाद भट्ट, ४-कमल क्षेत्री७२ कैलाली १-रूपा चौधरी, २-भगत बडवाल , ३- वीरमान चौधरी, ४- कृष्णबहादुर चौधरी, ५-लेखराज भट्ट, ६- लीला भण्डारी७३ बर्दिया १-शक्ति बस्नेत, २-विष्णुप्रसाद चौधरी, ३-सरला रेग्मी, ४- रामचरण चौधरी७४ बांके १-तिलक परियार, २-अतहर हुसेन फारुकी, ३-पर्मानन्द बर्मा, ४-पूर्णा सुवेदी७५ दाङ १-इन्द्रजित चौधरी, २-दामा शर्मा, ३-कृष्णबहादुर महरा, ४-शिवराज गौतम, १-सुष्मा घिमिरे

मृगौला तस्करीमा संलग्नमध्येका पंकज झा पक्राउ

मृगौला तस्करीमा संलग्नमध्येका पंकज झा पक्राउ परेका छन् ।
उनलाई ९ फागुनको राति सप्तरीको वरैयापुरबाट सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो ।
मृगौला व्यापारमा संलग्नमध्यका अमितकुमार रावलाई प्रहरीले दुइ हप्ता अघि पक्राउ गरिसकेको छ । उनलाई भारत सरकारसमक्ष सुपुर्दगी गरिसकिएको छ । उनका सहयोगीमध्यका झाको गिरफ्तारीले मृगौला तस्करका गिरोहको गैरकानुनी कार्य थप उजागर हुने देखिन्छ ।
तास खेलिरहेको अवस्थामा पक्राउ परेका झालाई प्रहरीले राजविराजमा राखेको छ । उनलाई आजै काठमाडौं ल्याइने प्रहरी स्रोतले बताएको छ ।

बन्दसूचीलाई ४ दिन थप

काठमाडौं, फागुन ९ - निर्वाचन आयोगले संविधानसभा चुनावका लागि समानुपातिकका निम्ति उम्मेदवारको बन्दसूची बुझाउने समय ४ दिन थपेको छ ।
सरकारको आग्रहअनुसार शान्ति प्रक्रिया र मुलुकको 'विशिष्ट परिस्थिति' लाई दृष्टिगत गरी आउ“दो आइतबार सूची बुझाउने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।
आयोगका अनुसार आइतबार आयोगमा बिहान १० देखि ५ बजेसम्म इच्छुक दलले सूची बुझाउन सक्नेछन् । त्यसको भोलिपल्ट प्रत्यक्ष सिटका लागि जिल्ल्ाा जिल्लामा उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यक्रम छ ।
आयोगको पर्ूवकार्यतालिका अनुसार बुधबारको बन्दसूची बुझाउने कार्यक्रममा मधेसमा आन्दोलनरत दलहरू सहभागी नभएपछि उनीहरूलाई चुनावमा ल्याउने प्रयासस्वरूप सरकारले आयोगलाई सूची बुझाउने समय थप्न पत्र पठाएको थियो ।

Thursday, February 21, 2008

काठमाडौंमा चुनाव लाग्यो, मधेस उस्तैछ

आज समानुपातिक निर्वाचन प्रणाली अन्र्तगतको बन्द सुचि बुझाउने दिन काठमाडौं चुनाव भए बनेको थियो । सबै दलका नेताहरु मधेसी बाहेक है जुलुश सहित निर्वाचन आयोग गएका थिए । झन माओवादीको त के कुरा पहिलो चुनाव भएर होला समर्थक पनि गज्जपकै जम्मा पारेर गएका थिए । एमाले कांग्रेस लगायतका दलका नेताहरु कमै कार्यकर्ताले घेरिएका थिए । आज काठमाडौंको दृष्य देख्दा लाग्यो अहो अब चै चुनाव हुन्छ कि क्या हो । तर पुन फर्कौ यथार्थमा । मधेस आज पनि उस्तै छ । मधेसी नेताहरु निर्वाचन आयोगको कार्यालय गएनन । सुन्छु उनीहरु नेपालस्थीत भारतीय दुतावासमा गएका थिए । सायद जाउं कि नजाउं भन्ने निर्देशनका लागि हुनसक्छ । अन्तसम्ममा उनीहरु गएनन । मधेसी दलमध्ये नेपाल सद्भावना पार्टी आनन्दीदेवीको पनि मन्त्री श्यामशुन्दर गुप्ता मात्र गए ।
उता मधेसमा आज पनि आन्दोलन उस्तै नै हो । तर बेलुकासम्म शहिदको संख्या थपिएको समाचार भने आएको छैन । यो नै शुभ समाचार हो आजका लागि । बन्द उस्तै हो । सरकारको रवैया उस्तै नै हो । मधेस अनी काठमाडौं दुबैतिरको माहौल हेर्दा एकातिर चुनावमय बनेको छ । अर्कोतिर आन्दोलनमय बनेको छ । देश एक दृष्य अनेक झै ।एक साथिले ब्लगमा कमेन्ट गरेका छन पाकिस्तानमा यस्तो अवस्थामा त चुनाव भयो नेपालमा किन हुन्न भनेर । इच्छा शक्तिको कुरो हो । नेपालका दलविच इच्छा शक्ति हुने हो भने चैतमा चुनाव हुन्छ नै ।

अशोक साहको लास आज गौशालामा

महोत्तरी, ७ फागुन । महोत्तरी जिल्लाको सोनमा गाविस ९ निवासी दिनेश साह सुडीको ११ वषर्य छोरा अशोक साहको लास आज गौशालामा फेला परेको छ । अशोक साहलाई चार महिना अघि खैरवन्नी गाविसका गुलरिया निवासी पन्नेलाल यादवले काम लगाई दिन्छु भनी काठमाडौँ लगेको थियो । इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी टोली सो घटनाको आवश्यक अनुसन्धान गर्न घटनास्थल पुगी सकेको प्रहरीले जनाएको छ ।

पुर्व प्रधानमन्त्रिको जन्मोत्सवमा राजा

पूर्व प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता कृष्णपसाद भट्टराइको ८४औं जन्मजयन्तीमा राजा ज्ञानेन्द्र पुगेका छन् ।
विहिबार ललितपुरको होटल हिमालयमा विशेष समारोहकाबीच मनाइएको भट्टराइको जन्मजयन्तीमा राजा ज्ञानेन्द्र गएका हुन ।
करीब १५ मिनेटको भलाकुसारीपछि राजा समारोहबाट बाहिरीएका थिए । पत्रकारहरुलाई जान नदिइएको सो कार्यक्रममा राजा र भट्टराइबीच के कस्तो कुरा भयो भन्ने एकिन नभएपनि पछिल्लो राजनीतिक परिस्थितिको बारेमा छलफल भएको बुझिएको छ ।
ज्ञानेन्द्र फर्किएको करीब १५ मिनेटपछि प्रधानमन्त्री कोइराला समारोहस्थल पुग्नुभएको थियो ।समारोहमा सभामुख सुवास नेम्वाङ्ग, पूर्व प्रधानमन्त्रीहरु, पूर्व प्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठ, मन्त्रीहरु एवं विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहको छ

एक सय बत्तीस ट्यांकर तेल भित्रियो

काठमाडौं, फागुन ८ - केही दिनको अवरोधपछि बुधबार भारतको रक्सौलबाट १ सय ३२ ट्यांकर पेट्रोलियम पदार्थ आयात भएको छ ।
तर्राई बन्दको आठौं दिन बुधबार बारा र पर्सर्ाा लगाइएको कफ्यर्ुर्ु क्रममा सुरक्षाकर्मी परिचालन गरी पेट्रोलियम आयात गरिएको हो । यो १८ लाख ७० हजार लिटर हुन्छ ।
बन्दले एक सातादेखि इन्धनलगायत अत्यावश्यक उपभोग्य वस्तुको आयात अवरुद्ध हु“दा पूरै देश प्रभावित छ । राजधानीमा लामो समयदेखिको पेट्रोलियम अभाव चर्किएको छ । पम्पहरूमा तेल भर्ने सवारी साधनको लाम दिनहु“ बढेको बढ्यै छ ।
आयल निगमको अमलेखन्ज डिपोका अनुसार बुधबार कफ्यर्ुर्ुे समय १ सय ३२ वटा ट्यांकर तेल लिन रक्सौल पुगेका थिए । सा“झ ६ बजेसम्म सबै ट्यांकर अमलेखगन्ज फर्किएका छन् । सुरक्षाकर्मी परिचालन गरी दर्ुर्ुइ खेपमा तेल ल्याइएको हो । पहिलो खेपमा ६१ र दोस्रँेमा ७१ वटा ट्यांकर आएका थिए ।
यसमध्ये पेट्रोल ३ लाख २० हजार लिटर भित्रिएको छ । डिजेल ८ लाख ८ हजार र मट्टीतेल ३ लाख ९८ हजार लिटर आयात भएको छ । हवाई इन्धन ३ लाख ४४ हजार लिटर छ ।
तर्राई बन्दले यी ट्यांकर अमलेखगन्जमा रोकिएका थिए । सरकारले दबाब दिए पनि व्यवसायी र चालकहरूले चलाउन मानेका थिएनन् । तर्राईमा सक्रिय विभिन्न समूहबाट व्यक्तिगत धम्की आइरहेकाले उनीहरू ढुवानी गर्न अनिच्छुक थिए ।
जिल्ला प्रशासन कार्यालयल पर्सर्ाा सदरमुकाम वीरगन्ज र आसपासको क्षेत्रमा बुधबार बिहान ७ देखि अनिश्चितकालीन कफ््यर्ुर्ुगाएको थियो ।
राति ७ बजे कफ्यर्ुर्ुफर्ता लिएको प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटीले जानकारी दिए । सा“झसम्म १ सय ३२ ट्यांकर पेट्रोलियम पर्सर्ााे सीमा कटाएर बारा पठाएको उनले बताए ।
कफ्यर्ुर्ुे समय वीरगन्जको प्रतिमा चोक, रानीघाट, बाइपास सडक, श्रीपुरलगायत स्थानमा पर््रदर्शन भएका थिए ।
रक्सौल जा“दै गरेका पेट्रोलियम ट्यांकर प्रतिमा चोक पुग्दा पर््रदर्शनकारीले ढुंगा हानेपछि आधा दर्जनभन्दा बढी हवाई फायर गरियो ।
ट्याङकर एस्कर्टिङ गरी अमलेखगन्ज पठाउने क्रममा पनि वीरगन्जको मुर्ुर्लीमा दोहोरो झडप भयो । यसक्रममा सुरक्षाकर्मीले एक दर्जनभन्दा बढी हवाई फायर गर्‍यो ।
सुरक्षाकर्मी परिचालन गरी भित्रिएकामध्ये ठूलो परिमाणको तेल काठमाडौं पठाएको निगमले जानकारी दियो ।
अमलेखगन्ज डिपोका अनुसार २ लाख ९६ हजार डिलर पेट्रोल काठमाडौं आइरहेको छ । डिजेल ४ लाख २४ हजार, मट्टीतेल २ लाख ६ हजार र हवाई इन्धन २ लाख ४४ हजार लिटर छ । 'सा“झ यहा“बाट काठमाडौं हि“डेको छ,' अमलेखगन्ज डिपोका एक अधिकारीले भने- 'भोलि -बिहीबार) सम्म पुग्छ ।' बा“की पोखरा, जनकपुरलगायत स्थान पठाउने उनले बताए ।
यसैबीच निगमको थानकोट डिपोले बुधबार ६० हजार लिटर पेट्रोल राजधानीमा वितरण गर्‍यो । डिजेल २ लाख ४० हजार र मट्टीतेल १ लाख २० हजार लिटर बिक्री गरियो ।
अघिल्लो दिनजस्तै निगमले पेट्रोल दर्ुर्ुइवटा मात्र निजी पम्पलाई बिक्री गर्‍यो । सुरक्षा निकाय र साझाका पम्पलाई बढी तेल दियो । डिजेल भने निजी पम्पलाई पनि दिइएको थियो ।
निगमले भैरहवा डिपोमा स्टक रहेको तेल थानकोटमा सार्ने काम पनि जारी राखेको जनाएको छ । आईओसीका मुगलसराय र बेतालपुर डिपोबाट समेत तेल आइरहेको छ । भैरहवाबाट पाल्पा, स्याङ्जा, पोखरा हु“दै केही ट्यांकर राजधानी आउने क्रममा रहेको निगमका एक अधिकारीले जानकारी दिए ।

गाडी दर्ुघटनामा तीनजनाको मृत्यु

कालिकोट, फागुन ८ - कर्ण्ााली राजमार्गको पाखा-१ सेरावाडामा बुधबार बिहान ना३ख ४४५० नम्बरको मिनीटाटा दर्ुर्ुघटना हु“दा तीनजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दर्ुर्ुइजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक बालकको कालिकोट जिल्ला अस्पताल मान्ममा उपचार हु“दाह“ुदै बुधबार दिउ“सो मृत्यु भएको अस्पतालले जनाएको छ ।
सुर्ुर्खेतबाट जुम्लाका लागि व्यापारीको सामान बोकेर गएको उक्त मिनीटाटा सा“गुरो र अप्ठ्यारो बाटाको कारण दर्ुर्ुघटनाग्रस्त भएको हो । जिल्ला प्रहरी प्रमुख महेशकुमार भट्टर्राईका अनुसार दर्ुर्ुघटनामा परी मृत्यु हुनेमा जुम्ला कार्तिकस्वामी-७ की ५५ वषर्ीया राती देवकोटा र सुर्ुर्खेत चौरबुढा-१ का १८ वषर्ीय दिल बुढाको घटनास्थलमै र जुम्ला कार्तिकस्वामी-७ का ८ वषर्ीय बालक ज्योति देवकोटाको उपचार ह“ुदाह“ुदै मृत्यु भएको छ । दर्ुर्ुघटनामा परी घाइते हुनेमा जिल्ला विकास समिति कालिकोटका कार्यक्रम अधिकृत कृष्णबहादुर शाही, कालिकोट फोइमहादेवका प्रेम नेपाली, जुम्ला चन्दनाथ गणका सिपाही अशोक विक, जुम्लाकै जगत बुढा र दीपबहादुर थापा छन् ।
गाडी सडकबाट करिब सय मिटर तल तिला नदीको किनारमा खसेको छ । गाडी पर्ूण्ारूपले क्षत्रि्रस्त भएको छ । दर्ुर्ुघटनापछि फरार चालक प्रेम रोकायालाई बुधबारै कालिकोटको जुबिथास्थित खल्लागाड चौकीले जुम्लातर्फभाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

मन्त्री-क्वार्टरलाई पनि सधै“ बिजुली

काठमाडौं, फागुन ८ - दिनहु“ आठ घन्टाको लोडसेडिङले कलकारखाना, उद्यँेग व्यवसायदेखि र्सवसाधारणसम्म हैरान खेप्नुपरे पनि मन्त्री-क्वार्टरमा भने विद्युत् प्रँधिकरणले कहिल्यै ननिभ्ने बत्ती व्यवस्था गरेको छ ।र्
र्सवसाधारणको घरमा पालैपालो गेरर चौबीसै घन्टा विद्युत् आपर्ूर्ति कटौती हुन्छ । मन्त्री-क्वार्टरमा दर्ुइ, दर्ुइवटा 'फिडर' बाट बिजुली आपर्ूर्ति हुने हु“दा त्यहा“ लोडसेडिङ कहिल्यै नभएको हो ।
प्राधिकरणको ललितपुरस्थित पुलचोक वितरण केन्द्रका अनुसार मन्त्री-क्वार्टरमा पाटन र सानेपा गरी दर्ुइवटा फिडरमार्फत बिजुली आपर्ूर्ति गरिएको छ । 'पाटनको लाइन जा“दा सानेपाबाट आपर्ूर्ति हुन्छ, सानेपाको जा“दा पाटनको आउ“छ,' केन्द्रका एक इन्जिनियरले बुधबार कान्तिपुरसित भने- 'यस्तो प्रावधान व्यवस्थाले मन्त्री क्वार्टर सधैं झलझलाकार हुन्छ ।' लोडसेडिङ सञ्चालन गर्ने निकाय फिडर हो । फिडरलाई राष्ट्रिय प्रसारण लाइन -ग्रीड) ले सबस्टेसनमार्फत बिजुली आपर्ूर्ति गर्छ । मन्त्रीजस्तो नीति-निर्माण र कार्यान्वयन तहमा बसेकालाई लोडसेडिङ अनुभूति नभएसम्म मुलुकबाट अ“ध्यारो नहट्ने प्रँधिकरणका कर्मचारीको तर्क छ ।
'मन्त्री निवासमा पनि लोडसेडिङ नहुने हो भने उनीहरूलाई कहिल्यै अ“ध्यारो अनुभूति हु“दैन,' प्रँधिकरण केन्द्रीय कार्यालयका एक अधिकारीले कान्तिपुरसित भने- 'तिनलाई बोध गराउन मात्र होइन, जनताले भोगेको दुःखमा सहभागी गराउन पनि लाइन काट्नर्ैपर्छ ।'
केन्द्रका ती इन्जिनियरका अनुसार मन्त्री-क्वार्टरमा बिजुली आपर्ूर्ति अवरुद्ध नहुने गरी प्राधिकरणले लोडसेडिङको तालिका मिलाएको छ । 'पाटन र सानेपा फिडरमा एकैपटक लोडसेडिङ नहुने व्यवस्था छ,' उनले भने- 'मन्त्री निवासलाई सुरक्षित पार्न यस्तो तालिका मिलाइएको हो ।'
प्राधिकरणले नारायणहिटीस्थित राजदरबारलाई पनि यस्तै सुविधा दिएको छ । त्यहा“ पनि प्राधिकरणको प्रत्यक्ष लाइन र लैनचौर फिडरबाट बिजुली जान्छ । कुनै एक ठाउ“बाट बिजुली गएका बेला अर्काे फिडरबाट आउने भएकाले लोडसेडिङ कहिल्यै हु“दैन । केन्द्रका अनुसार एकजना मन्त्रीले आपmनो निवासमा मासिक औसत २ हजार युनिट बराबरको बिजुली खपत गर्छन् । ग्रामीण क्ष्ँेत्रको एउटा घरमा २० युनिट बिजुली खपत हु“दैन । सहरी क्ष्ँेत्रमा सामान्य परिवारले ५० युनिटसम्म खपत गर्छन् । मन्त्री-क्वार्टरमा यतिखेर २२ मन्त्री बस्छन् ।
हिटर, वातानुकूलित यन्त्र -एसी), 'राइस कुकर' जस्ता बिजुली धेरै खर्च हुने सामग्री अत्यधिक प्रयोग हुने गरेको केन्द्र स्रँेतले बतायो ।

Wednesday, February 20, 2008

उदितका छोरा आदित्य अब हिरो हुने

१९ फेब्रुअरी, ०८ । नेपाली तथा हिन्दी गायक उदितनारायण झाका छोरा आदित्यनारायण झा चांडै बलिउडमा नायक भएर देखापर्ने भएका छन् । आदित्यले यसअघि पनि "जब प्यार किसी से होता है" फिल्ममा नायक सलमान खानको छोराको भूमिका निभाएका थिए । जुन फिल्मबाट उनी फिल्मफेयर अवार्डमा उत्कृष्ट बालकलाकारका रुपमा छनोटमा परेका थिए । नेपाली चलचित्र मोहनीमा "यो गाउंको ठिटो म... " बोलको गीतमा पिता उदितसंगै गीत गायका आदित्यले त्यसपछि नेपाली गीत गायका छैनन् । जुन गीत लोकप्रिय मानिन्छ । त्यसपछि आदित्यले लगत्तै थुप्रै हिन्दी फिल्मका गीतहरुमा स्वर दिएका छन् । गीत गाउन छाडेर लण्डनमा संगीतमा डिप्लोमा सकेलगत्तै आदित्यले जी टेलिभिजनद्वारा सञ्चालित सारेगमप कार्यक्रमको उदघोषण गरेका थिए । सुरिलो स्वर र आकर्षक जीउडाल भएका कारण कार्यक्रम दौरानमा थुप्रै युवतीहरुले आदित्यसंग प्रेम प्रस्ताव पनि राखेका थिए । हङकङमा आयोजित एक कार्यक्रममा त एउटी युवती स्टेजमै पुगेर आदित्यको गालामा किस खाएकी थिइन् । अब आदित्य बलिउडमा हिरो बन्ने भएपछि पिता उदितको मनोकांक्षा पूरा हुने भएको छ । किनभने उदितले पहिलेदेखि नै आदित्य बलिउडमा नायक हुनेछ भन्ने गरेका थिए । हम दिल दे चुके सनम, देवदास, ब्ल्याक, सांवरिया फिल्म बनाएर बलिउडमा छुट्टै नाम कमाएका सञ्जयलीला भन्सालीले बनाउन लागेको नयां फिल्ममा आदित्यलाई नायकको भूमिकामा खेलिदिन प्रस्ताव राखेका छन् । विशेष गरी नयां कलाकार जन्माउने र तिनीहरुलाई चर्चामा ल्याउन भन्साली माहिर मानिन्छन् । उनले गतवर्ष बनाएको सांवरियामा ऋषि कपुरका छोरा रणवीर कपुर र अनिल कपुरकी छोरी सोनम कपुरलाई नायिका बनाएर खेलाएका थिए । फिल्म हिट नबने पनि रणवीर र सोनम रातारात हिट भए । उनीहरुसंग यतिखेर थुप्रै फिल्म हातमा छन् ।

सवै कैदीको आधा कैद मिनाहा

१९ फेब्रुअरी, ०८ । अन्तरिम मन्त्रीपरिषदको आज वसेको वैठकले मुलुकभरका जेलमा रहेका सवै कैदीको सजाय आधा मिनाहा गर्ने निर्णय गरेको छ । कैदीहरुले रिहाईको माग गर्दै केही समयदेखि आन्दोलन गरिरहेका वेला सरकारले प्रजातन्त्र दिवसको अवसरमा पारेर सवै कैदीको आधा कैद घटाउने र १५७ जना कैदीलाई रिहा गर्ने निर्णय गरेको गृहमन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।जिउ मास्ने वेच्ने र वन्यजन्तु विक्रि गर्ने अभियोगमा कैद भुक्तान गरिरहेका वाहेकका कैदीलाई यो निर्णय लागु हुनेछ । वैठकले सरकारी स्रोत र साधनको भरपुर प्रयोग गरेर तेल लगायत अत्यावश्यक वस्तुको आपूर्ती सहज वनाउने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

राजधानीमा तेल भित्रियो, आपूर्ती सहज हुने आशा

२० फेब्रुअरी, ०८ । नेपाल आयल निगमका नायब महाप्रबन्धक बच्चुकुमार काफ्लेले राजधानीमा तेल आयात गरिएको बताउनुभएको छ । उहांले आज विहान एक ट्याङ्कर पेट्रोल, १४ ट्याङ्कर डिजेल र ७ ट्याङ्कर मट्टीतेल थानकोट नाकाबाट उपत्यका भित्रिएको खुलासा गर्नुभयो । 'तेल भित्रने क्रम पुनः सुचारु भएको छ,' काफ्लेले खुलासा गर्नुभयो,'भैरहवाबाट नाकाबाट दुइ दर्जन पेट्रोलिय पदार्थ बोकेका ट्याङ्कर आजै उपत्यका भित्रदैछन् ।' ट्याङ्करहरु उपत्यका भित्रिए लगत्तै डिपोहरुमा पठाईने उहांको भनाई थियो । एक सय २३ वटा ट्याङकर रक्सौल आईपुगेको र भोलिंभित्रै पेट्रोलियम पदार्थ बोकेर राजधानीलगायत प्रमुख शहरहरुमा पुग्ने बताउनुभयो । नेपाल आयल निगमले असहजताका बाबजुद पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्न कुनै कसर नराखेको उहांको भनाई थियो । निगमका नायब महाप्रबन्धक काफ्लेले इन्डियन आयल कर्पोरेशनलाई २ अरब ७६ करोड भारतीय रुपियां तिरिएकाले पेट्रोलियम पदार्थ प्राप्त गर्न कुनै कठिनाई नभएको बताउनुभयो । ढुवानीमा समस्या नआए आपूर्ती सुचारु हुने स्पष्ट पार्नुभयो । निगमलाई मासिक ५४ करोड घाटा परिरहेको उल्लेख गर्दै भन्नुभयो,'जस्तोसुकै कठिन घडीमा पनि हामी जनताको सेवा गरिरहेका छौं ।' तराई आन्दोलनका कारण उत्पन्न हुने असहजलाई मध्यनजन गर्दै ट्याङ्कर चालकका लागि ५-५ लाखको जीवन विमा गरिएको बताउनुभयो । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीले तेलको आपूर्ति गर्न नसकेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताको राजीनामा माग्नुभयो । आपूर्तिमन्त्रीको बोली र व्यवहारनै गैरजिम्मेवारीपूर्ण भएको बताउदै भन्नुभयो,'यस्तो गैरजिम्मेवार मन्त्रीको कुनै काम छैन, तत्काल राजीनामा दिनुपर्छ ।' पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघका अध्यक्ष वीरेन्द्रकुमार दासले आयल निगमको अक्षमताले तेलको आपूर्ति असहज बनिरहेको बताउनुभयो । निगमले तेल आपूर्तिको जिम्मेवारी राम्ररी निभाउन नसक्ने भन्दै निजी क्षेत्रलाई जिम्मेवारी दिईनुपर्ने उहांको माग थियो । निजी तथा आवासिय विद्यालय एशोशिएसन प्याब्सनका अध्यक्ष भोजबहादुर शाहले तेल नपाएर राजधानीका निजी विद्यालय बन्द भएको बताउनुभयो । बन्दका कारण मधेशका सबै विद्यालय बन्द हुनुले यस वर्षको शैक्षिक क्यालेन्डरनै प्रभावित हुने बताउनुभयो । उहांले वार्षिक कम्तिमा १ सय ५० दिन पढाई हुनुपर्नेमा यसवर्ष ९० दिन पनि पठनपाठन हुननसकेको बताउनुभयो । यस्तै अवस्था रहे आसन्न एसएलसी परिक्षा पनि प्रभावित हुने शाहको भनाई थियो । ट्रक ट्यांकर तथा परिवहन व्यवसायी संघका अध्यक्ष माधव अधिकारीले सरकारले ढुवानी व्यवसायी र मजदूरको सुरक्षा दिन नसकेको बताउनुभयो । मधेश बन्दका क्रममा तेल आपूर्ति गर्न प्रहरी र सेनाले ट्याङ्कर चलाएर लगेको बताउदै भन्नुभयो,'यसरी कति दिन चल्छ ?' विगतमा भएको तोडफोडको क्षतिपूर्ति नपाएको बताउदै आन्दोलनकारीको तारो आफूहरुनै बन्ने गरेकोमा गुनासो गर्नुभयो । पेट्रोलियम डिलर एशोशियसनका प्रवक्ता विश्वप्रसाद अर्यालले तेलको आपूर्ति नहुंदा आफूहरुको व्यवसायनै धरापमा परेको बताउनुभयो । आपूर्ति नियमित नहुंदा विक्रीवितरण गर्न नपाएकाले घाटा व्यहोर्नु परिरहेको बताउनुभयो । नेपाल आयल निगमले विगतमा पनि तेल आपूर्ति नियमित नगर्दा मर्कामा परेको र पछिल्लो चरणमा पनि तेल नपाईरहेको बताउनुभयो ।

३७ दलहरुले मात्र वन्दसुचि पेश गरे

२० फेब्रुअरी, ०८ । संविधानसभाको निर्वाचनका लागि सुचिकृत भएका ७४ राजनितिक दलहरु मध्ये ३७ले मात्र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत वन्दसुचि पेश गरेका छन् । वन्द सुचि पेश गर्न सत्ताधारी नेपाली कांग्रेस, एमाले, माओवादी, जनमोर्चा नेपाल, सदभावना आनन्दीदेवी, मजदुर किशान पार्टी र वाममोर्चा अन्तिम समयमा आयोग पुगेका थिए । अन्तिम समय साँझ पाँच वजेसम्म सुचिकृत ७४ मध्ये कुल ३७ वटा दलले वन्द सुचिका लागि कुपन लिएका छन् । कुपन लिएका हरुको दर्ता प्रकृया कार्यालय समय पछि पनि जारी रहेको थियो । जसमा नेपाली कांग्रेसले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाइ र वलवहादुर राइलाइ समानुपातिकको सुचिमा राखेको छ भने एमालेले परराष्ट्रमन्त्री साहना प्रधान, माओवादीले वरिष्ठ नेता मोहन वैद्य किरण र दिनानाथ शर्मालाइ पनि वन्द सुचिमा समावेश गरेको छ । उहाँहरु प्रतक्ष्य चुनाव लडनुहुनेछैन् । सुचि वुझाउन मुख्य दलका शीर्ष नेताहरु दलवल र नाराजुलुस सहित आयोग परिसर पुग्नुभएको थियो ।

नेपालीसेनाको हेलिकप्टर कालापत्थरमा दुर्घटना

नेपालीसेनाको हेलीकप्टर आज बिहान सगरमाथा बेश क्याम्पको कालापत्थर भन्ने ठाउमा दुर्घटनामा परेको छ ।
बिहान काठमान्डौबाट उडेको चिता हेलीकप्टर बिहान १० बजेर ३८ मिनेटमा काला पत्थरमा आपतकालीन अवतरणका क्रममा दुर्घटनामा परेको नेपालीसेनाले जनाएको छ ।
उद्वारका लागी गएको सो हेलीकप्टरमा चालकदलका दुई जना मात्र रहेको र उनिहरु सकुशल रहेको सैनिक जनसम्पर्क निर्देशनालयका तारा बहादुर कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार सो ठाँउमा थप सम्पर्क हुन नसकेकाले घटनाको पुर्न विवरण आउन बाकी छ ।

चार पार्टीले उमेदवारी पेश गरे

निर्वाचन आयोगमा चार साना दलले दिउँसो १ बजेसम्म उमेदवारको नाम पेश गरेका छन् । 
८ फाल्गुण २०६४ १३:१३ मा पोष्ट गरिएको
प्रिन्ट ईमेल सम्पादकलाई चिट्ठी अक्षरको आकार:
संविधानसभा चुनावका लागि उमेदवारको बन्द सूची पेश गर्नुपर्ने दिन आज फागुन ८ गते दिउँसो १ बजेसम्म चार दलले उमेदवारको नाम पेश गरेका छन् । उमेदवारी पेश गर्ने दलमा नेपाल राष्ट्रिय बिकाश पार्टी, मुस्कान सेना नेपाल पार्टी, समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल जनभावना पार्टी छन्। बिकाश पार्टीले ४०, मुस्कान सेनाले ७६, समाजवादीले १२९ र जनभावनाले ४९ उमेदवारको नाम पेश गरेको निर्वाचन आयोगले पुष्टि गरेको छ । केही साना दल उमेदवारको नाम पेश गर्न अहिले आयोग परिशरमै तयारी गरिरहेका छन् । आज समानुपातिकतर्फको उमेदवारी पेश गर्ने कार्यक्रम निर्धारित छ ।
एमालेले जुलुशसहित उमेदवारको नाम पेश गर्न कार्यकर्तालाई रत्नपार्कमा दिउँसो १ बजे बोलाएको छ । एमाले कार्यकर्ता रत्नपार्कमा भेला भइरहेका छन् । रत्नपार्कमै चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाका कार्यकर्ता पनि उमेदवारको नाम पेश गर्न जुलुशको तयारी गरिरहेका छन् ।
फागुन ७ गते नेपाली कांग्रेस, एमाले र माओवादी नेताहरुको बैठकले एक मधेश एक प्रदेशको माग अस्विकार गर्ने, आत्मानिर्णयको माग पनि अस्विकार गर्ने तथा चुनावी कार्यक्रम नर्सार्ने निर्णय गरेको श्रोतहरु बताउछन् । श्रोतका अनुसार, आन्दोलनरत मधेशी संगठनहरुलाइं चुनावमा सहभागि गराउन समानुपातिकतर्फको मनोनयनका लागि २ वा ३ दिन थप्न सक्ने पनि हिजोको बैठकले निर्णय गरेको थियो ।
हिमालखबर डट कम

र्सप हालसम्म पनि मन्दिरभित्र

निजगढ, ८ फागुन । बारा जिल्लाको खट्वा जब्दी- १ स्थित तारकेश्वरनाथ महादेव मन्दिरमा केही दिनदेखि आएर बसेको र्सपको दर्शन गर्न श्रद्धालुहरुको भीड बढिरहेको छ । उक्त मन्दिरभित्र रहेको शिवलिङ्गमा गत माघ २८ गते दिउँसोको समयमा देखापरेको र्सप हालसम्म पनि सोही मन्दिरभित्र रहेकोले उक्त र्सपलाई नाग देवता र शिवको गहना ठानी दर्शन गर्न श्रद्धालु भक्तहरुको भीड लागेको हो । मन्दिरभित्र रहेको र्सप प्रायः शिवलिङ्गमा मालाजस्तो बनेर रहने र समयसमयमा मन्दिर वरिपरि घुम्ने गरेको छ । ,करिब तीन फिट लामो उक्त र्सपले भक्तहरुले मन्दिरमा चढाएको दूध खाने गरेको मन्दिरका पुजारीले बताए । यसैबीच बारा जिल्लाको निजगढस्थित पर्वतनाथ महादेव मन्दिर परिसरमा वाषिर्क रुपमा सञ्चालन हुने मेला मङ्गलबारबाट सुरु भएको छ । पुर्व-पश्चिम महेन्द्र राजमार्गबाट करिब दुई किलोमिटर उत्तर्रतर्फ आदिवासी बस्तीमा रहेको मन्दिरलाई निजगढकै आराध्य देवताको रुपमा मानिन्छ । तीनदिनसम्म उक्त मन्दिर परिसरमा सञ्चालन हुने मेलामा बारा जिल्लाका उत्तरी भेगका गाविस र मकवानपुर जिल्लाका केही गाविसहरुबाट हजाराँैका सङ्ख्यामा आएका भक्तजनहरुले मेला भरिरहेका छन् । मेलामा विभिन्न स्थानबाट आएका साँस्कृतिक समूहले झाँकी, नृत्य तथा रोचक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । साथै उक्त मेलामा बालबालिकाहरुलाई मनोरञ्जन दिने सामग्रीका साथमा व्यापरिक उत्प्दनहरु पनि राखिएका छन् । मेला बिहीबार बिहान समापन हुनेछ ।

जिल्ला प्रशासन कार्यालय, छेउमा बम विस्फोटबाट

इनरुवा, ८ फागुन । जिल्ला प्रशासन कार्यालय, सुनसरीको भवन छेउमा गए राति भएको बम विस्फोटबाट झ्याल ढोकामा क्षति पुग्न गएपछि सो कार्यालयको प्रशासनिक काम जिल्ला कृषि विकास कार्यालयबाट सुचारु गरिएको छ । कार्यालयको भौतिक संशाधनमा क्षति पुग्न गई काम गर्न बाधा परेको हुँदा कार्यालयका अभिलेखहरु कृषि विकास कार्यालयमा सारेर सेवाग्राहीको काम सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले बताउनुभयो । रातको समयमा कार्यालयमा सुरक्षाको प्रबन्ध फितलो भएका कारण उक्त विस्फोट भएको बताइएको छ । सो विस्फोटनको जिम्मा जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला सिंह समूलहे लिएको जनाएको छ ।

Tuesday, February 19, 2008

आजको खास ख़बर हरु ...........

आज तराइ बन्दको छैठौ दिन पनि मधेसी दलहरुले तराइ बन्दलाइ निरन्तरता दिएका छन । तराइ बन्दको कारण तराइको जनजीवन त अस्तव्यस्त छ नै त्यसका साथै मुलुकका अन्य भु-भाग समेत अस्तव्यस्त बनेको छ ।

बन्दको प्रभावका कारण काठमाडौंको सडक बन्द नै नभएपनि बन्द समान छ । चामल महंगो बन्दै गएकाले नागरिकको चुलो बन्द हुने सम्भावना बढेको छ । सस्तोमा ग्यास चुलो पाउंदासाथ पुरानो भुसे चुलो मिल्क्याएकाहरु पछुतो मान्छै पुन भुसे चुलोमा फर्किने तयारीमा लागेका छन ।

तराइ बन्दको आव्हान गर्ने नेताहरु सबै काठमाडौं बसेको समाचार प्राप्त भएको छ । आज सोमवार बन्द आव्हान गर्ने मधेस तराइ लोकतान्त्रिक दल मधेसी जनअधिकार फोरम र सद्भावना पार्टी तीनवटै दलका अध्यक्षहरु एकै मंचमा उपस्थित भएर भाषण गरेको समाचार प्राप्त भएको छ । उनीहरु तीनै जनाको भाषणको सार थियो तराइ बन्द कायमै रहने छ ।

आज गृह मन्त्रालयले विज्ञप्ती जारी गरेर तराइ आन्दोलनको क्रममा मारिएका व्यक्तिको परिवारलाइ उचित क्षतिपुर्ती दिने र घाइतेको निःशुल्क उपचार गर्ने आश्वासन दिएको छ । उसले यही आश्वासको भरमा तराइ खुल्छ कि भनेर संयम अपनाउन आन्दोलनरत पक्षसंग आग्रह गरेको छ ।

यसैविच आज बसेको केन्द्रिय शुरक्षा समितिको बैठकले शुरक्षाकर्मी परिचालन गरेर भारतवाट इन्धन ल्याउने निर्णय गरेको छ । सोही निर्णयसंगै विरगंजमा कर्फ्यूको घोषणा गरिएको छ । अपुष्ट समाचार अनुसार कर्फ्यूको समय पारेर शुरक्षाकर्मीको घेराका विच इन्धनका ट्यांकर काठमाडौंतिर आइरहेका छन ।

गोइत समूहका इन्चार्जको हत्या

जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) का बारा-पर्सा इन्चार्ज बिराटलाई अज्ञात समूहले सोमबार हत्या गरेको छ ।

रौतहट जिल्लाको सिमावर्ती बर्गिनिया भन्ने ठाउँमा गोलीहानी हत्या गरिएको हो । हत्याको सम्बन्धमा मोर्चाले हालसम्म कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।

सातदल र संयुक्त मधेशी मुक्तिमोर्चा विच आज वार्ता हुने

सत्तारुढ सातदल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विच आज वार्ता हुने भएको छ ।

अपराहान्न १ वजे प्रधानमन्त्रि निवास वालुवाटारमा वार्ता हुने मोर्चामा आवद्व तराई मधेस लोकतान्त्रिक पार्टिका अध्क्षय महन्त ठाकुरले जानकारी दिनुभयो । वार्ता अघि धारणा तय गर्ने मोर्चामा आवद्व तराईमधेश लोकतान्त्रिक पार्टि, मधेशी जनअधिकार फोरम र सदभावनाको प्रमुख नेताहरु विच आज विहान देखी राजधानीमा छलफल भईरहेको छ ।


ठाकुरका अनुसार सातदलिय वार्ता समिती र मोर्चाको वार्ता टोली विच छलफल भएपछी प्रधानमन्त्रि गिरीजाप्रसार कोइराला प्रसाद कोइराला र मोर्चाका शिर्ष नेताहरुविच अनौपचारीक परामर्श हुने छ । एक मधेश, एक प्रदेश लगायतका ६ बुँदे माग राख्दै मोर्चाले फाल्गुन १ गतेबाट तराईमा अनिश्चितकालीन आम हड्ताल थालेको हो ।



यस बिच मोर्चाले हिजो मधेश आन्दोलनको दमन तत्काल बन्द गर्नुपर्ने, आन्दोलनका क्रममा घाईते भएकाहरुलाई उपचारको व्यवस्था गर्नु पर्ने , पक्राउ परेका सबैलाई बिना सर्त मुक्त गर्नुपर्ने लगायतका सर्त अगाडी सारेको थियो । घाईतेहरु सवैलाई ग्रिहमन्त्रालयले सेवा, सुविधा उअपलब्धउपलब्ध गराउने निर्णय गरेपछि वार्ता हुन थालेको हो ।

विराटनगरमा अनिश्चितकालीन कर्फ्यु, नेपालगञ्ज अझै अस्तव्यस्त

मोरङको विराटनगरमा बन्दको क्रममा प्रहरी र प्रदशनकारी विचको झडप पछि उत्पन्न तनाव नियन्त्रका लागी स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

भोली विहान ११ वजेदेखी विराटनगरको टङ्के सिनौल देखि, रानी, राजमार्गको २ किलोमिटर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रशासनलाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।


त्यस अघि प्रदशनकारी र प्रहरी विच महाविर चोकमा करिव दुई घण्टा सम्म दोहोरो झडप भएको थियो । झडपका क्रममा २५ जना प्रदशनकारी घाईते भएका छन् भने सुरक्षाकर्मी तर्फ ५ प्रहरी पनि सामान्य घाईते छन् । प्रदशनकरीले स्थानिय शानिमन्दिर अगाडी एउटा एम्बुलेन्स तोडफोड गरे । प्रदशनकारीले को १ झ २७१७ न को सो एम्बुलेन्सको सिसा तोडफोड गरेका हुन ।



तोडफोडको विरोधमा चालकहरुले सो क्षेत्रमा आन्दोलन तेर्साएर अवरुद्व गरेका थिए । अस्ति अपराहान्न प्रहरीको गोली लागी एक सर्वसाधरणको म्रितु पछि तनाव ग्रस्त बनेको नेपालगञ्जमा स्थानिय प्रशासनले ३ घण्टालाई खुकुलो पारेको कर्फ्यु पुन जारी गरेको छ । कर्फ्यु अनिश्चितकालका लागी जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रजातन्त्रको फल सवैले चाख्न पाउनुपर्छः राजा ज्ञानेन्द्र

१९ फेब्रुअरी, ०८ । राजा ज्ञानेन्द्रले प्रजातन्त्रको प्रतिफल सवैले समानरुपले पाउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

५८ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा हिजो राति एक सन्देश जारी गरी देशको अखण्डता, राष्ट्रियता तथा स्वतन्त्रता अक्षुण्ण राख्दै सदियौंदेखि नेपाली नेपालीबीच रहिआएको सद्भाव सुदृढ तुल्याएर प्रजातन्त्रको प्रतिफल सबैले समानरूपमा पाउने वातावरणका साथै समुन्नत र सबल नेपाल बनाउन सबैलाई सफलता मिलोस् भन्ने कामना व्यक्त भएको छ ।

सन्देशमा राजाबाट स्व. त्रिभुवन, वीर सहिद तथा प्रजातन्त्रका लागि आफ्नो जीवन आहुति दिने समस्त नेपालीप्रति श्रद्धाञ्जलि समेत अर्पण गरिएको छ ।

कपिलवस्तुमा माओवादी नेताको हत्या

१९ फेब्रुअरी, ०८ । संयुक्त तराई जनतान्त्रीक मुक्तिमोर्चाले नेकपा माओवादीका एक जिल्ला नेताको गएराती कपिलवस्तुमा हत्या गरेको छ ।

पार्टी कामको सिलसिलामा कपिलवस्तुको तितिर्खा जादै गरेका बेला माओवादीका कपिलवस्तु जिल्ला सदस्य मोतीपुर घर भएका प्रेम परियारको जनतान्त्रीक तराई मुक्तिमोर्चाका कार्यकर्ताल बाटोमा गोली हानी हत्या गरेका हुन ।

मार्चाले हत्याको जिम्मेवारी लिएको छ ।

Monday, February 18, 2008

यो कस्तो मनोक्रान्ति अभियान


विचारवाट समाज परिर्वतन गर्नुपर्छ भन्दै प्रवचन दिने विकाशानन्दका चेलाहरुले साचारमाध्ययमा आफ्नो संगठनको बारेमा नकारात्मक समाचार मात्र आएको भन्दै नांगो जुलुश निकालेर नेपालमा नयां किर्तीमान कायम गरेका छन । पश्चिमादेशहरुमा विभिन्न माग लिएर नांगो जुलुश निस्केको प्रशस्त पढ्न पाइन्थ्यो । उनीहरुको माग पनि जायज नै हुने गर्थ्यो ।

मनोक्रान्तीका चेलाहरुले हत्या, िहंशा र नकारात्मक समाचार मात्र आएको विरोधमा नांगे जुलुश निकाले । तर ति नांगो जुलुश निकाल्नेहरु बुझेनन नग्नता पनि समाजका लागि नाकारात्मक नै हो भन्ने ।
मनोक्रान्ति अभियान नेपालमा एक विवादास्पद अभियान हो । अभियान भनेर जे जस्तो प्रचार गरिएको छ त्यसले भन्छ हरेक तथ्यलाइ सकारात्मक ढंगले हेर्ने विचार गर्ने र व्यबहारमा लागु गर्ने । मनवाट सकारात्मक क्रान्ती गर्ने यसको प्रचार यही थिमवाट शुरु भएको हो । तर उनीहरुले नै आज दिमागलाइ हैन शरिरलाइ प्रयोग गरे कथित प्रचारका लागि ।

यसका प्रवर्तक भनिने स्वघोषित डाक्टर विकाशानन्दको चरित्रको बारेमा नाकारात्मक समाचार आउथे । अब ब्यक्ति नै नकारात्मक भएपछि समाचार आउनुपनि सामान्य नै हो । तर विकाशानन्दले आफ्नो स्वार्थका लागि चेलाहरुलाइ उपयोग गरे र नेपालमा अहिलेसम्म नभएको नांगो जुलुश निकाले त्यो पनि सामान्य मागका बारेमा ।

विचरा गुरुको उक्साहटवाट अन्धो भएका चेलाहरुले वित्थैमा प्रहरीको लाठि खानु पर्यो । उनीहरुले गोरखापत्र संस्थान अगाडिवाट नांगो जुलुश निकालेमा मात्र थिए नजिकै रहेको जनसेवाका प्रहरीले हस्तक्षेप गरेर गलहत्याउंदै लगिहाले ।

मनोक्रान्तिका प्रवर्तक सकारात्मक सोचको माध्यमवाट समाज परिवर्तन गर्न सकिने प्रवचन िदंदै हिड्छन । तर उनमै त्यो सकारात्मक सोचको अभाव देखियो । यदी उनमा सकारात्मक सोच हुंदो हो त उनले प्रकाशित समाचारलाइ पनि सकारात्मक रुपमा लिन्थे र उनका चेलाहरुले यसरी प्रहरीको लाठि खानुपर्ने थिएन । तर भन्नु र गर्नुमा धेरै अन्तर छ भन्ने उनकै व्यबहारले पुष्टी गरेको छ ।

बालमुकुन्द नेपालले बोकेर आएको उनीहरुको भावि कार्यक्रम यस्तो रहेछ

फागुन ८ गते महिलाद्धारा अर्धनग्न जुलुश

फागुन ९ गते महिलाद्धारा पुरै नांगो जुलुश

फागुन १० गते महिला पुरुष दुबै पुरै नांगो भएर यातायात ठप्प पार्ने ।

फागुन ११ गतेदेखी महिला पुरुष दुबै पुरै नांगो बसेर आमरण अनशन बस्ने ।

तराई जनतान्त्रिक मुक्तिमोर्चाका बारा ईन्चार्जको हत्या

जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका बारा पर्सा इन्चार्ज विनोद महतोको हत्या भएको छ ।



५ फागुनको राति रौतहटको सीमावर्ती वैरगनिया नजिकै भारतीय दसगजा क्षेत्रमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेपछि उपचारका क्रममा मृत्यु भएको हो ।


बारा बरियारपुर घर भएका इन्चार्ज महतोलाई गोली हानी घाइते अवस्थामा सीतामढी भारतमा उपचारको क्रममा ६ फागुनमा विहान मृत्यु भएको बैरगनियाका अमित नन्दनले जानकारी दिनुभएको छ ।


घाइते भएका महत्तोले आफूलाई गोली हान्ने बाराकै जंगबहादुर भएको समेत बताएको अमित नन्दनको भनाइ उदृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।

सगरमाथा प्रवेशद्वारमा बस

रामेछाप, फागुन ५ - जिल्लाको दर्ुगम ठोसेबाट सगरमाथा आधारशिविर जाने बाटामा पर्ने बाम्तीसम्म बुधबारदेखि बस सञ्चालनमा आएको छ ।
पहिलोपटक बस पुग्दा त्यहा“का बासिन्दा निकै हषिर्त थिए । उनीहरूले चालक र बसलाई फूलमालाले स्वागत गरे । जिरीबाट दर्ुइ दिन पैदल हि“डेर पुगिने यो ठाउ“मा यातायात सञ्चालन भएपछि त्यहा“का बासिन्दालाई सुविधा पुग्ने भएको छ ।

स्थानीयवासी अध्यक्ष छोङ्बा शर्ेपाले भने- र्'पर्यटक जिरीसम्म बसको यात्रापछि दर्ुइ दिन हि“डेर बाम्ती आइपुग्थे ।

यातायात सञ्चालन हुन थालेपछि बिरामीलाई उपचारका लागि लैजान सजिलो हुने गाउ“का विकास कार्कीले बताए । उनले भने- 'बिरामीलाई डोकामा बोकाएर जिरी लैजानुपथ्र्यो । धेरै समय लाग्ने भएकाले कतिपयलाई बचाउनै गाह्रो पथ्र्यो ।'

बाम्ती राजधानीबाट २ सय ३४ किलोमिटर पर्ूवमा पर्छ । जिरीलाई बाम्तीस“ग ४७ किलोमिटर कच्ची सडकले जोडेको छ । गाउ“लेले चन्दा संकलन गरेको २८ लाख रुपैया“ तथा जिविस र गाविसको अनुदानबाट सडक बनाइएको हो ।

अरनिको यातायात सेवा समितिको बा२ख २३४३ नम्बरको बसले पहिलो सेवा सञ्चालन गरेको हो । समितिले यस वर्षरामेछापमा बनाइएका विभिन्न सडकमा सेवा थालेको छ ।

रामेछापका ठोसे, चुचुरे, बाम्ती, कुमुकास्थली, गुम्देल ओखलढुंगाका खिजी, कार्तिक, रावादोलु, भुसिंगा र सोलुखुम्बुका उत्तरी भेगका बासिन्दाले अब यातायात सुविधा पाउनेछन् । बाम्तीबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरी हि“डेर एक दिनमा पुगिन्छ ।

स्थानीय उत्पादनले बजार पाउने आशा राखेको गाउ“लेले बताए । यसअघि यो सडकमा व्यवसायीले ट्याक्टर सञ्चालन गर्दै आएका

थिए । बस सञ्चालनमा आएपछि ती साधन विस्थापित भएका छन् । सडक उपभोक्ता समितिले बाटो बिगार्ने भएकाले ट्याक्टर सञ्चालनमा रोक लगाएको छ ।

पा“चौं दिन पनि तर्राईको जनजीवन कष्टकर

काठमाडौं, फागुन ५ - अनिश्चितकालीन बन्दको पा“चौं दिन पनि तर्राईको जनजीवन कष्टकर भएको छ । यस क्रममा कतिपय जिल्लामा प्रहरी र पर््रदर्शनकारीबीच झडप भएको छ ।
बन्दका कारण तर्राईमा यातायात ठप्प छ । व्यापार- व्यवसाय र कलकारखाना चल्न सकेका छैनन् । स्कुल-क्याम्पसमा पढाइ अवरुद्ध छ । अस्पतालहरू बन्द हु“दा बिरामीले उपचार पाएका छैनन् ।

तर्राई बन्दका कारण त्यहा“बाट खाद्यान्न पुग्ने पहाडी जिल्ला ताप्लेजुङमा खाद्यान्न अभाव भएको छ । कतिपय ठाउ“मा आन्दोलनकारीले समाचार नछापेको भन्दै पत्रिका जलाएका छन् ।

काठ तस्करी गरेकोमा अध्यक्ष पदबाट निलम्बन

उर्लाबारी -मोरङ), ६ फागुन । हतियारधारीहरूको एक समूहले हिजो राति मोरङ जिल्लाको जाँते गाविस, वडा नं. ८ निवासी डिल्लीराम तिम्सिनाको घरबाट रु.एक लाख १७ हजार नगदसहित १० तोला सुनका गहना र एक थान मोबाइल सेट लुटेर लगेका छन् । पन्ध्र/बीस जनाको सङ्ख्यामा आएको सो समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिई लुटपाट गरेको प्रहरीले जनाएको छ ।

यसैबीच मोरङ जिल्लाकै मधुमल्ला गाविसको मनोहर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्रीप्रसाद भट्टर्राईलाई सरकारी स्वामित्वमा रहेको वन संरक्षण गर्ने बहानामा वनको काठ तस्करी गरेकोमा अध्यक्ष पदबाट निलम्बन गरिएको छ । भट्टर्राईलाई जिल्ला वन समितिको निर्णय बिना नै करिब चार हजार क्युविक फिट सखुवा र करमका काठ चोरी निकासी गर्दै गरेको अवस्थामा एक साताअघि इलाका वन कार्यालय, मङ्गलबारेको गस्ती टोलीले पक्राउ गरेको थियो । समितिको हिजो बसेको बैठकले अध्यक्ष भट्टर्राईलाई निलम्बन गरेको बताइएको छ ।

Sunday, February 17, 2008

रक्तचन्दन तस्करको आतंकमा सञ्चारकर्मी

अहिले रक्तचन्दन तस्करीका समाचार निक्कै कम भएका छन । तर, यसको मतलव तस्करी रोकिएको भने हैन नै । तस्करहरुको पकड बलियो बन्दै गएको हो । कसरी हुन्छ रक्तचन्दन तस्करी, तस्करको पकड कत्तिको बलियो छ अनी तस्कर र तस्करीको समाचार प्रकाशन प्रशारण गर्दा पत्रकारले कस्तो यातना पाउंछन, त्यसका साक्षि हुन पत्रकार रोशन कार्की । उनी चन्दन तस्करको ज्यान मार्ने चेतावनीका कारण अहिले जिल्ला छोडेर राजधानीमा बसेर पत्रकारीता गर्न बाध्य छन । यहां उनको अनुभव राखिएको छ । जसले स्पष्ट पार्नेछ चन्दन तस्करीको तथ्य अनी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको लाचारीको ।
रोशन कार्की
चीनको स्वशासित क्षेत्र तिव्वतको खासा बजारबाट जुन समय देखी सिन्धुपाल्चोक जिल्लाको तातोपानी स्थीत कोदारी राजमार्ग अन्तरगत भन्सार नाका खुलेपछि नेपालमा व्यवसायिक रुपमा खासाको व्यापार सुरु भएको हो ।
खासाको छोटो स्थलमार्गको रुपमा रहेको तातोपानी भन्सार नाका काठमाडौबाट ११४ किलो मिटर सवारी साधनमा पार गर्न सकिने सो नाका भएर नेपाली र विदेशी व्यापारीले तस्करी कार्यको धन्धा चलाउन समेत सजिलो मार्गको रुपमा परिचित रहदै आएको छ । सरकारी मातहतको नाकामा खुल्ला चोरी निकासीको सामानको कारोवार भन्सार कर्मचारीको सहायोगमा भएपछि एउट कलमजीवी सञ्चारकर्मीले आफ्नो अगाडी भएको तस्करीको समाचार आफु कार्यरत सस्था मार्फ आम जनमानसमा सत्यतथ्य समाचार दिनु थियो दिईएकोमात्र हो ।
सोही समाचार दिएको आधारमा व्यापारीले सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिदै आउनु र्सार्वजनीक ठाउँमा अपशव्द बोल्दै अपमानीत गर्नु सिन्धुपाल्चोकका सञ्चारकर्मीलाई सामान्य भएको थियो । जुन अरनीको राजमार्गबाट भारतको कर्ण्र्ाा प्रदेशको जंगलबाट लुकाई छिपाई नेपालको नाकाहुदै प्रतिबन्धित रक्तचन्दनको कारोवार नेपाली व्यापारीले दिउसै तस्करी गर्न थालेको समाचार प्रशारण गरेपछि तस्करका नाईकेका भरौटेहरुले नशाको सुरमा मार्ने धम्की दिदै आए ।
सञ्चारकर्मीले समाजमा भएका खराव कार्यको भन्डाफोर गर्नु कर्तव्य नै हो । सोही अनुसार हामीले समाचार लेख्दा र प्रशारण गर्दा तातोपान्ाीका तस्करको निर्देशनमा पहिलो पटक फोन बाट म -रोशन कार्की) लाई हत्या गर्ने धम्की आयो । मैले जिल्लामा साथीहरु र नेपाल पत्रकार महासंघका जिल्ल्ाा सभापतिलाई फोन मार्फ सो बारे जानकारी गराए । साथीहरुले आफू कार्यरत सञ्चारमाध्याममा समाचार बजाउनु भयो । तर पत्रकार महासंघबाट खासै केही गरीएन जव तस्करले अन्य सञ्चारकर्मीलाई पनि मार्ने धम्की आएछि अहिले कसरी पत्रकार महासंघले अरनीको राजमार्ग सञ्चारकर्मीलाई असुरक्षित धोषण गरेको हो रु अहिले आएर मात्र सो राजमार्ग असुरक्षित भएको हो र रु
अरनीको राजमार्गमा सुरुदेखीनै सञ्चारकर्मीलाई असुरक्षित भएको हो अरनीको यातायातको मनपोलीको समाचार संकलन गर्न गएका सिन्धुपाल्चोकका पत्रकारको क्यामेरा र अन्य सवै सामान दिउसै अरनीको यातायातका तत्कालिन सचिव हालका अध्यक्ष केदार क्षेत्री नामका व्याक्तिले गुण्डा लगाएर मेरो र भुपेन्द्र भन्डारीको सामान लुटिदा महासंघलाई सो कार्यका आवाज उठाउने आट गरेन । हाम्रो समान लुटेर लैजादा र पटक-पटक मार्ने धम्की आउदा सो को बारे महासंघका सभापतीलाई जानकारी गराउदै आए । तर न कुनै विज्ञप्ती निकालियो न त्यस कार्यको जानकारी जिल्ला महासंघले केन्द्रमा कुनै जानकारीनै गरायो । अहिले उनीहरु माथी नै धम्की आए पछि मात्र यो राजमार्ग कसरी सञ्चारकर्मीलाई मात्र असुरक्षित भयो रु
आज म र साथी माथी जुन अमानविय कार्य भयो भोली अरुमाथी हुन्छ कारबाहिका लागी पहल गर्नु पर्छ भन्ने साथीको कुरा महासंघले सुनेन हाल ति तस्करले आखीर कसैलाई नछोड्ने देखेपछि महासंघको घैटोमा धाम लाग्न पुग्यो र केन्द्रीय महासंघले विज्ञप्ती मार्फ सो राजमार्ग असुरक्षित धोषण गरेर मात्र महासंघले औपचारीक पुरा गरेकोछ । महासंघले जव ती तस्करलाई कारवाही गर्न सरकारलाई कडा दवाव दिदैन तव सम्म महासंघको कार्य सफल हुदैन ।
सुरुकै समयमा महासंघले कारबाही अगाडी बडाएको भए हाल यो अवस्था आउने थिएन । किनकी सूरुमा यो समस्या अरुलाई परेको थिएन हाल सवैलाई परेपछि ढिलै भएपनि बल्ल आखाँ खुल्यो । रोग लाग्नु पूवनै यो समस्या आउछ भनी सोची दिएको भए विरामी भई अन्तीम अवस्थामा पुगेछि उपचार गर्नु पर्ने थिएन । यो युनिटी सूरुकै समयमा भएको भए तस्करले टाउको उठाउने आट गर्ने थिएनन् । मेरो र साथीको समाग्री लुटिने थिएन । तस्करले गरेका अन्य कार्यमा जिल्ला महासंघले एक पेज लेटर प्याड खर्च गर्न त्यस बेला कञ्न्जुर्साई गरेर घटनाको बारे जानकारी समेत केन्द्रमा आफ्नो तर्फाट महासंघले गर्न चाहेन । आज त्यसैको परिमाण खेप्दैछन पत्रकारहरुले ।
हामीले सप्रमाण समाचार संप्रषण गर्दा सहनु परेको मार्ने धम्कीले राज्य, राजनैतीक दल, मानव अधिकारबादी र खुद नेपाल पत्रकार महासंघको समेत कुनै ध्यान गएन । त्यस समयमा । उनीहरुले आवज उठाएको भए यो समस्या आउने थिएन । पहिले तीनै सघ स्ास्थाले तस्करीहरु रिसाउद छन की भनेर आवाज उठाउने आँट नगरेका कारण अरनीको राजमार्गमा सञ्चारकमीको लाग्ाी मात्र होईन र्सवसाधारणलाई पनि असुरक्षित भएको छ । यो राजमार्गमा नेपाल सरकारले नै विशेषरुपमा लागेर प्याकेजका रुपमा राजमार्गमा गुण्डागर्दी गर्नेलाई कडा कारवाहि नगरे सम्म समस्या समधान हुदैन । जव कारवाही हुन्छ तव मात्र समस्या समधान हुन्छ । नत्र झन झन यो समस्या बढ्दै जाने गर्दछ ।

आयोजक विना नै बन्द छ काठमाडौं

बन्द भएको त तराइ हो । तर काठमाडौंको हालत हेर्ने हो भने यो पनि बन्द समाननै छ । सडक सुनसान समान छन । करिव ४० प्रतिशत गाडि चलेका छन होला काठमाडौंमा । कसैले काठमाडौं बन्दको आव्हान गरेका छैनन । न कसैले तराइ आन्दोलनमा समर्थन नै गरेका हुन । इन्धन छैन पानीले सवारीसाधन चल्दैन । त्यसैले बन्द समान बनिसकेको छ काठमाडौं । तराइ आन्दोलनले लगभग मुलुक प्यारालाइज्ड बनिसकेको छ । तराइको जनजीवन ठप्प छन । मधेसमा बस्ने पहाडेहरु आक्रमणको डरले घर बाहिर निस्कन नसक्ने अवस्था छ । अनी तराइ आन्दोलनका कारण काठमाडौंसम्म इन्धन आउन नसक्दा उपत्यकाका सडक सुनसान छन । खाद्यान्न सामागि्रको भाउ आकाशिएको छ । तेल छैन मट्टितेल छैन । अब के हुने होला भन्ने पिरले प्रत्येक नेपालीको मनका शन्तोष छैन ।
माधेसको माग सम्बोधनमा सकि्रय देखिएका प्रधानमन्त्री कोइरालाले एक मधेस एक प्रदेश आत्मनिर्णयको अधिकार र राष्ट्र विखण्डनको माग पुरा गर्न नसकिने बताए । यता काठमाडौंमा बसेको सात दलको सर्वदलिय बैठकले मधेस आन्दोलनमा मारिएकाहरुलाई शहिदको बराबरको सम्मान दिने निर्णय गरे ।१० लाख क्षतिपुर्ती दिने निर्णय त यो भन्दा अगाडि नै गरेका हुन । तर त्यसको पालना भयो या भएन थाहा हुन सकेको छैन । तराइ आन्दोलनकोक्रममा मारिएकाको संख्या कत्ति हो अझै एकिन हुन सकेको छैन ।सरकारी तथ्याङ्कमा संख्या २३ छ भने आन्दोलनकारी समुहहरुले ४५ जना रहेको दाबी गर्दै आएका छन् । यही विवाद कायमै रहने हो भने पनि मधेसी पार्टीका लागि आन्दोलन कायमै राख्ने निहुं जीवीतै रहने छ नै ।त्यसमा पनि शहिद नै नभनेर शहिद समान सम्मान भन्ने शब्द प्रयोग गरिएको छ । यसले पनि समस्या समाधानको बाटो पहिल्याउंछ जस्तो लाग्दैन मलाइ । त्यसैले यदी शहिद समान सम्मान दिने हो भने शहिद नै भन्ने के को हिच्किचाहट हो सरकारलाईयस अगाडि तराइका सशस्त्र समुहले मारेका सरकारी कर्मचारीलाई शहिद मानिएको नै हो । त्यसैले तराई आन्दोलनमा मारिएकालाई पनि शहिद घोषणा गर्न कन्जुसाइ गर्नुको कुनै अर्थ छैन ।आत्म निर्णयको अधिकार सहितको संघिय राज्यमधेसमा मारिएकालाइ शहिद घोषणा लगायतका ६ बुंदे माग अगाडि सारेर मधेसका तीन दल फागुन एक गतेदेखी आन्दोलनमा उत्रिएका थिए । तर राज्यले उनीहरुको माग सम्बोधन गरेन । समस्याको विउ यही नै हो । यसैको आधारमा उनीहरुले जनसमर्थन लिने प्रयास गरिरहेका छन । जसलाइ चिर्न सरकार र सात दल असफल बन्दै गएका छन ।मधेस आतंकको कब्जामा परेको अहिले हैन । त्यसैले मधेस बन्द गराउन वा अन्य कुनै आतंक फैलाउन कुनै जनसर्मथन रहेको दल नै आवश्यक पर्छ भन्ने हैन । त्यसमा मधेसी जनअधिकार फोरमसंग यस अगाडि गरेको आन्दोनलनको अनुभव छ ।राजेन्द्र महतो समुहपनि तराइमा केही प्रभाव जमाएको समुह नै हो । त्यसमा हालसालै जन्मिएको तराइ मधेस लोकतान्त्रिक दलको जनप्रभाव नभएपनि त्यसमा रहेका नेताको भने राम्रै प्रभाव रहेको छ । यसैको बलमा नै बन्द सफल बन्दै गएको देखिन्छ ।वार्ताको नाममा वार्ता गर्नु सरकारको काम नै हो । यस अगाडि मधेसी जनअधिकार फोरमसंग भएको वार्तामा भएको सहमतिलाइ सरकारले पुर्ण रुपमा कार्यान्वयन नगरेको नै हो । त्यही सानो निहु नै अहिले आन्दोलनको कारण बनेको छ ।सायद यि तिनवटै दलले सोचेका थिए होलान उनीहरुले आन्दोलन गर्ने भनेपछि यस अगाडि मधेसमा भएको आन्दोलनको स्वरुपमा आन्दोलन हुनेछ जसले पुरै राज्य नै हल्लीने छ । तर त्यस्तो हुन सकेको छैन । तर प्रभाव भने परेको छ नै ।अहिलेकै अवस्था कायम रहने हो भने चैत २८ संविधान सभाको चुनाव असम्भव नै छ । मुखले भनेर चुनाव हुने भए जेठमा नै भइहाल्थ्यो नी । त्यसैले यदी सरकार र सात दल संविधान सभा चुनावप्रति प्रतिवद्ध हुन भने मधेसी दलले उठाएको कुन मागलाइ सम्बोधन गर्न सकिने हो कुन मागलाइ सम्बोधन गर्नै नसकिने हो त्यसमा स्पष्ट भएर तत्काल समस्या समाधानमा कि्रयशिल हुनु आवश्यक छ ।

कर्फ्युमा गोली चल्दा नेपालगंजमा एकको मृत्यु

१७ फेब्रुअरी, ०८ । नेपालगंजमा कफ्युका समयमा प्रहरी र संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झड्पमा परि आज १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नेपालगंज १६ बेलासपुरका गुल्जार खां छन । उहांको नगरभवन नजिकै टाउकोमा गोली लागि मृत्यु भएको हो । झडपमा परि प्रहरी र मोर्चाका कार्यकर्ता गरी दर्जनौ घाईते भएका छन । घाईते हुनेमा सशस्त्र प्रहरीका डिएसपि बिक्रम हुमागाईसहित १५, जनपद प्रहरीका डिएसपि गोबिन्द दमाईसहित १९ घाईते छन । लोकतान्त्रिक मधेसी मार्चाको हड्तालका क्रममा स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय बांकेले नेपालगंज नगरपालिका र आसपासका दश गाबिसमा कफ्यु आदेश जारी गरेको छ । दिउंसो २ बजेदेखि जारी गरिएको कफ्यु आदेश राति ९ बजेसम्म यथावत रहने भनिएकोमा प्रशाशनले अनिश्चितकालिन घोषणा गरेको छ ।

तनाबग्रस्त भक्तपुरको जनजीवन आज सामान्यतर्फ

१७ फेब्रुअरी, ०८ । दुई दिनदेखि तनाब ग्रस्त बनेको भक्तपुरको जनजीबन आज सामान्य बनेको छ ।अस्ति राती प्रहरीले चलाएको गोली लागी भत्तपुर नगरपालिका-७ का गंगाराम लागेजुको मृत्यु भएपछि हिजो थप तनाब उत्पन्न भएको थियो । मृतकका परिवारलाई १० लाख रुपैया क्षतिपुर्ती दिने सहमति भएपछि स्थिति सामान्य बनेको हो । प्रहरी र प्रदर्शनकारीबीच हिजो ठाउँ ठाउँमा झडप हुँदा भिडलाई तितरबितर गर्नका लागी प्रहरीले अश्रुग्यासको १२ भन्दा बढि सेल प्रयोग गरेको थियो ।

पाँचदिन देखिको तराई बन्दले जनजीवन कष्टकर

१७ फेब्रुअरी, ०८ । संयुक्त मधेसी मोर्चाले पाँच दिनदेखि तराई क्षेत्रमा गर्दै आएको बन्दका कारण आज पनि त्यस क्षेत्रको जनजीबन प्रभाबित बन्न पुगेको छ । बन्दका कारण कुनै पनि सवारी साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन भने बजारमा दैनिक उपभोग्य बस्तुको अभाब हुँदा बजार भाउ आकाशिएको छ । बन्दले सिराहा, सप्तरी, धनुषा, राजबिराज, बारा पर्सा, सर्लाही मात्र नभई पहाडी जील्लाहरु धरान, धनकुटा, भोजपुर पनि प्रभाब परेको छ । बन्दमा कुनै पनि सवारी साधन नचल्दा खाद्यान्य र पेट्रोलीय पदार्थको अभाब सिर्जना भएको छ । सप्तरीमा हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थीतीलाई नियन्त्रणमा लिन लगाईको कर्फयु आज बिहान सात बजे हटाईए पनि अहिले पनि ठाँउ ठाउँमा प्रदर्शन जारी रहेको हाम्रा स्थानीय सहकर्मीले जनाएका छन् ।यसैगरि पेट्रोलको अभाबका कारण राजधानीका धेरैजसो स्कुलका बसहरु ग्यारेज मै थन्किएका छन भने केहि साना उद्योगहरु पनि बन्द भएका छन ।यसैगरी पेट्रोलकै अभाबका कारण राजधानीमा आजदेखि फोहोर पनि उठ्न सकेको छैन ।

तनावपछि सप्तरीमा कफर््र्यु

राजविराज, फागुन ४ - संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच तनाव बढेपछि सप्तरी कल्याणपुरमा प्रशासनले कफ्यर्ुर्ुगाएको छ । शनिबार सा“झ ६ बजेबाट
आइतबार बिहान ६ बजेसम्मका लागि जिल्ला प्रशासनले कपmयर्ुर्ुादेश जारी गरेेको हो ।
मोर्चाले आफ्ना माग पूरा गराउन चार दिनदेखि तर्राईमा अनिश्चितकालीन बन्द आह्वान गरेको छ । सप्तरीका प्रशासकीय अधिकृत ज्ञानेन्द्र पराजुलीका अनुसार कल्याण गाविस क्षेत्रमा तनाव बढ्दै गएपछि शान्तिसुरक्षा कायम राख्न कफर््यु लगाइएको हो ।
कल्याणपुरअर्न्तर्गत पर्ूवपञ्चिम राजमार्गमा छिटफुट रूपमा चलेका सवारीसाधन प्रहरीले स्कटिङ गरी सञ्चालन गराउने क्रममा पर््रदर्शनकारीस“ग झडप भएको थियो ।
झडपमा फोरमका मुकेश कर्ण्र्ााराधेश्याम यादवलगायत दर्जनभन्दा बढी पर््रदर्शनकारी घाइते भएका छन् । घाइतेको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रहरीले पर््रदर्शनकारी तितरबितर पार्न केही राउन्ड अश्रुग्यास तथा हवाई फायर गरेको थियो । यता संयुक्त थारू मुक्ति मोर्चाका कार्यकर्ता र प्रहरीबीच रञ्जितपुरमा झडप हु“दा आधा दर्जन पर््रदर्शनकारी घाइते भएका छन् । ५ पर््रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको मोर्चाको दाबी छ ।
एम्बुलेन्स तोडफोड
मोर्चाका कार्यकर्ताले लहानबाट बिरामीसहित विराटनगरतर्फजा“दै गरेको एम्बुलेन्स तोडफोड गरेका छन् । बन्दमा चलाएको भन्दै मे१च ७०४ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् ।
सप्तरी, बिसनपुर चोकमा भएको तोडफोडको विरोधमा जिल्लाका एम्बुलेन्स सञ्चालकले सेवा ठप्प गरेका छन् ।
मोर्चाले शनिबार जिल्लामा बैंकबाहेक सम्पर्ूण्ा सरकारी कार्यालय तालाबन्दी गरे । मोर्चामा आबद्ध मधेसी जनअधिकार फोरम, तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीीथा सद्भावना पार्टर्ीीन् । तिनका कार्याकर्ताले सप्तरी जिल्ला प्रशासन, मालपोत, भूमिसुधार, सडक, नगरपालिका, जिविसलगायत कार्यालयमा तालाबन्दी गरेका हुन् । बन्दका कारण शनिबार चौथो दिन पनि जिल्लाका उद्योग, व्यापार र यातायात ठप्प रहे ।
तालाबन्दीपश्चात् आयोजित सभामा महेश यादव, दीपेन्द्र चौधरीलगायतका वक्ताले
सरकारस“ग वार्तामा नफस्न नेतृत्वलाई आग्रह गरे ।
बर्दियामा अवज्ञा
मोर्चा, फोरम र सद्भावनाको बन्द आहवानले बर्दियामा चौथो दिन व्यवसायीले अवज्ञा गरेका छन् । सदरमुकाम गुलरिया नगरपालिका, महम्मदपुर गाविसबाहेक अन्यत्र बन्द निस्प्रभावी रह्यो ।
गुलरिया-नेपालगन्ज सडक खण्डमा यातायात चलेनन् । पर्ूव-पश्चिम राजमार्गमा सवारी सामान्य चले । व्यवसायीले बन्द अवज्ञा गर्दै राजापुर, सानोश्री, बासगढी, भुरीगाउ“लगायतका बजार खुला गराए । यसैबीच नागरिक समाजको अनुरोधमा आइतबारदेखि जिल्लाका सबै शिक्षण संस्था खोल्ने सहमति भएको फोरमका जिल्ला अध्यक्ष्ँ कृष्ण यादवले बताए ।
गोलीले युवक घाइते
बारा- प्रहरी र आन्दोलनकारीबीच शनिबार बिहान बाराको जितपुरमा भएको झडपमा गोली लागी एक युवक गम्भीर घाइते भएका छन् । पर््रदर्शनकारी र प्रहरीबीच तनाव बढ्दै गएपछि बिहान करिब १० बजे प्रहरीको गोलीले जितपुरका २० वषर्ीय मनोज साह -कलवार) घाइते भएका हुन् । पेटमा गोली लागेका साहको प्राथमिक उपचार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भएको छ । अस्पतालले साहलाई थप उपचारका
लागि काठमाडांै रिफर गरेको छ ।
शनिबार बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गरिरहेका प्रहरी र सडक खुलाउन गएका सशस्त्र प्रहरीबीच बिहान आधा घन्टासम्म ढुङ्गा हानाहानसमेत भएको थियो । यस क्रममा प्रहरीले झन्डै एक सय राउन्ड हवाई फायरसमेत गरको थियो । स्थिति नियन्त्रणमा लिन पथलैयाबाट दर्ुर्ुइ ट्रक सश्ास्त्र प्रहरी आएपछि आन्दोलनकारी केही पछि हटेका थिए ।
आफ्ना साथी गोली लागी घाइते भएपछि आन्दोलनकारीले जितपुरस्थित प्रहरीचौकीका फर्निचर तथा सरसामान सडकमा ल्याएर जलाइदिएका छन् । त्यस्तै जितपुर चोकनजिक रहको सश्ास्त्र
प्रहरीको बिट पनि आन्दोलनकारीले उखेलेका छन् ।

रात्रिबजारलाई हटाइयो

काठमाडौँ, ५ फागुन । काठमाडौँ दरबारक्षेत्र संरक्षण तथा व्यवस्थापन महासमितिले काठमाडौँ महानगरपालिकाद्वारा हनुमानढोका दरबारक्षेत्रमा सञ्चालित रात्रिबजारलाई स्थानीय बासिन्दाको अनुरोधमा सञ्चालकसँगको सम्झौता रद्द गरी पुर्ण रूपमा हटाएकोमा महानगरपालिकाप्रति हार्दिक आभार व्यक्त गरेको छ ।सो महासमितिले एक विज्ञप्ति प्रकाशित गर्दै सो ऐतिहासिक क्षेत्रभित्र र उक्त क्षेत्रभित्र पर्ने महानगरपालिका, वडा नं. १९, २९, २३ र २५ मा रात्रिबजार वा अन्य कुनै पनि किसिमका फुटपाथजन्य पसलहरू अबदेखि राख्न नदिने र ऐतिहासिक धरोहरको संरक्षणको निम्ति त्यस प्रकारका कार्यहरू निषेधित गर्ने निर्णय पनि सम्बन्धित वडाका सङ्घसंस्था एवम् राजनीतिक दल इकाईका प्रतिनिधिहरूको संयुक्त भेलाले र्सवसम्मत रूपमा गरिसकेको जनाइएको छ ।

आनन्दीदेवी सात दलबाट अलग

काठमाडौं, फागुन ४ - नेपाल सद्भावना पार्टर्ीीआनन्दीदेवी) ले आफ्नो पार्टर्ीीातदलीय गठबन्धनबाट शनिबारदेखि अलग भएको घोषणा गरेको छ ।
अध्यक्ष आनन्दीदेवी सिंहले सात दलका प्रमुख घटकले मधेस समस्याप्रति आ“खा चिम्लेको आरोप लगाउ“दै आफ्नो पार्टर्ीीठबन्धनबाट अलग भएको घोषणा गरेकी हुन् । सिंहले शनिबार पत्रकार सम्मेलन गरी अन्तरिम संसद्समेत मधेसको समस्याप्रति गम्भीर नरहेको दाबी गर्दै सांसद पदबाट पनि राजीनामा दिएकी
छन् । उनले पार्टर्ीीनिबारदेखि
नै मधेस आन्दोलनमा ओर्लेको बताइन् । सिंहको घोषणापछि संसद्बाट राजीनामा दिने मधेसी सांसदको संख्या नौ पुगेको छ ।
'पार्टर्ीी सरकारलाई बारम्बार आग्रह गर्दासमेत सात दलका प्रमुख घटकको अवहेलनाका कारण मधेसमा यो स्थिति देखिएको' दाबीसमेत सद्भावनाले गरेको छ ।
सद्भावना अहिंसात्मक मधेस आन्दोलनमा जाने वरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डलले बताए । मधेसमा आन्दोलनरत संयुक्त मधेसी मोर्चास“ग कार्यगत एकता हुनसक्ने उल्लेख गर्दै उनले भने- 'सद्भावनाले उठाउ“दै आएको माग नै मोर्चाको माग हो ।'
सद्भावनाले गत माघ ८ मा राजविराजमा भएको बैठकमा मधेस द्वन्द्वको अवस्थामा रहेको निष्कर्षनिकाल्दै आफू अन्तरिम व्यवस्थापिकामा रहन आवश्यक नभएको निर्ण्र्ाागरेको थियो ।
सद्भावनाले आफ्नो पार्टर्ीीट मन्त्री बनेका श्यामसुन्दर गुप्तालाई पदबाट हटाउन प्रधानमन्त्रीलाई बिहीबारसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएको पर्सिपल्ट सद्भावना सात दलबाट अलग भएको घोषणा गरेको हो ।
अर्को पक्षकी नेतृ सरिता गिरीले भने पार्टर्ीी गठबन्धनबाट हट्ने निर्ण्र्ाानगरेको बताइन् । 'हामी सरकारमै छौं,' उनले भनिन् । सद्भावनाका तीन सांसदहरू यज्ञजित साह, गोविन्द थारू, भरतविमल यादव संसद्मा छन् ।

आनन्दीदेवी सात दलबाट अलग

काठमाडौं, फागुन ४ - नेपाल सद्भावना पार्टर्ीीआनन्दीदेवी) ले आफ्नो पार्टर्ीीातदलीय गठबन्धनबाट शनिबारदेखि अलग भएको घोषणा गरेको छ ।
अध्यक्ष आनन्दीदेवी सिंहले सात दलका प्रमुख घटकले मधेस समस्याप्रति आ“खा चिम्लेको आरोप लगाउ“दै आफ्नो पार्टर्ीीठबन्धनबाट अलग भएको घोषणा गरेकी हुन् । सिंहले शनिबार पत्रकार सम्मेलन गरी अन्तरिम संसद्समेत मधेसको समस्याप्रति गम्भीर नरहेको दाबी गर्दै सांसद पदबाट पनि राजीनामा दिएकी
छन् । उनले पार्टर्ीीनिबारदेखि
नै मधेस आन्दोलनमा ओर्लेको बताइन् । सिंहको घोषणापछि संसद्बाट राजीनामा दिने मधेसी सांसदको संख्या नौ पुगेको छ ।
'पार्टर्ीी सरकारलाई बारम्बार आग्रह गर्दासमेत सात दलका प्रमुख घटकको अवहेलनाका कारण मधेसमा यो स्थिति देखिएको' दाबीसमेत सद्भावनाले गरेको छ ।
सद्भावना अहिंसात्मक मधेस आन्दोलनमा जाने वरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डलले बताए । मधेसमा आन्दोलनरत संयुक्त मधेसी मोर्चास“ग कार्यगत एकता हुनसक्ने उल्लेख गर्दै उनले भने- 'सद्भावनाले उठाउ“दै आएको माग नै मोर्चाको माग हो ।'
सद्भावनाले गत माघ ८ मा राजविराजमा भएको बैठकमा मधेस द्वन्द्वको अवस्थामा रहेको निष्कर्षनिकाल्दै आफू अन्तरिम व्यवस्थापिकामा रहन आवश्यक नभएको निर्ण्र्ाागरेको थियो ।
सद्भावनाले आफ्नो पार्टर्ीीट मन्त्री बनेका श्यामसुन्दर गुप्तालाई पदबाट हटाउन प्रधानमन्त्रीलाई बिहीबारसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएको पर्सिपल्ट सद्भावना सात दलबाट अलग भएको घोषणा गरेको हो ।
अर्को पक्षकी नेतृ सरिता गिरीले भने पार्टर्ीी गठबन्धनबाट हट्ने निर्ण्र्ाानगरेको बताइन् । 'हामी सरकारमै छौं,' उनले भनिन् । सद्भावनाका तीन सांसदहरू यज्ञजित साह, गोविन्द थारू, भरतविमल यादव संसद्मा छन् ।