Saturday, March 1, 2008
मोर्चाको आह्वानमा फेरी लाहान बन्द
सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबिच हिजो आठबुंदे सम्झौता भएलगतै १६ दिनदेखिको मधेस आन्दोलन फिर्ता भएपनि पूर्वी पहाड र तराईमा आन्दोलनरत गणतान्त्रिक राष्ट्रिय मोर्चाले आफ्नो अनिश्चितकालिन आम हडताललाई निरन्तरता दिएका छन् । सोही क्रममा आज विहानदेखि सिरहाको लहान बजार र पूर्व पश्चिम राजमार्गको लहान खण्डमा यातायत बन्द गराएको छ । सरकार र मधेसी मोर्चाबीच सम्झौता भएपछि आज विहान बजार खुलेपनि मोर्चाका कार्यकर्ताहरुले ११ बजेबाट बजार पुनः बन्द गराएका हुन् । उनीहरुले पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध गर्नुका साथै राजमार्गमा टायर बालेर प्रर्दशन गरिरहेका छन् । गणतान्त्रिक राष्ट्रिय मोर्चाका कार्यकर्ताहरुले लहान बजार बन्द गराउने क्रममा दर्जनौं पसलमा तोडफोड समेत गरेका छन् । बजारका पसलहरुमा तोडफोड गर्दै हिडेका मोर्चाका दुई कार्यकर्तालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकार बिचको हिजो वार्ता असफल भएपछि मोर्चका कार्यकर्ताहरुले बन्दलाई निरन्तरता दिएको दलित जनजाति पार्टीका केन्द्रीय कोषाध्यक्ष डिल्ली मिझारले बताउनुभयो । मिझारले आफूहरुको माग पुरा नभएसम्म बन्द नखोलिन समेत जानकारी गराउनुभयो । मोर्चामा मधेसी जनअधिकार फोरम मधेस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीइ लिम्बु राज्यपरिषद, तामाङ्गसालिङ्ग स्वायत्त राज्यपरिषद, दलित जनजाति पार्टी, थारुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका ८ वटा संगठनहरु छन् । मोर्चाले फागुन १ गतेबाट अनिश्चितकालिन आम हडतालको घोषणा गरेका थिए । गणतान्त्रिक राष्ट्रिय मोर्चामै सम्बद्ध थारु राष्ट्रिय मोर्चाका कार्यकर्ताहरुले बजार बन्द गराउने क्रममा तोडफोडमा उत्रेपछि स्थानीय व्यापारीहरुले प्रतिकार गर्दै बजार खुलाउन समेत सुरु गरेका छन् । बजार बन्द गर्ने र खोलाउने क्रममा गणतान्त्रिक राष्ट्रिय मोर्चा र व्यापारीहरु बिच ठाउँ-ठाउँमा झडप समेत भएकोले सिरहाको लहान तनाबग्रस्त बनेको छ । यसैबीच, अहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बाजागाजाका साथ बिजय जुलुश निकालेका छन् । जुलुश विभिन्न नारका साथ लहान नगर परिक्रमा गरिरहेका छन् ।
सत्तारूढ दलबाटै सम्झौताप्रति आपत्ति
सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सम्झौताका केही बुँदामा सात दलभित्रकै केही सत्तारूढ दलहरूले आपत्ति गरेका छन् भने विभिन्न संघसंस्था र सर्वसाधारणले स्वागत गरेका छन्।सात दलभित्रका नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल र संयुक्त वाममोर्चा नेपालले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौता प्रक्रिया संवैधानिक व्यवस्था र विषयवस्तुका कारण बेठीक, भ्रामक र राष्ट्रहितविरुद्धसमेत रहेको भन्दै असहमति जनाएका हुन्।पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा फागुन ११ गते बसेको सात दलको शीर्ष बैठकको निर्णय विपरीत प्रधानमन्त्रीले सम्झौता गर्नु, मधेसको परिभाषाविना स्वायत्त मधेस प्रदेश विभाजन गर्नु, निर्वाचन ऐनमा भएको २० प्रतिशतलाई बढाई ३० प्रतिशत बनाउनु समावेशी समानुपातिकविपरीत भएको दाबी गरिएको छ। सहमतिप्रति असहमति जनाए पनि ती दलले सात दलीय गठबन्धनमा कुनै असर नपर्ने बताएका छन्।ती दलहरूले नेपाली सेनामा मधेसीलगायत अन्य समुदायको समानुपातिक समावेशी र समूहगत प्रवेशले जटिलता र अन्योल उत्पन्न गर्ने, राज्य पुनः संरचनाको संवैधानिक व्यवस्थालाई असर पुर्याउने दाबी पनि गरेका छन्।जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले मधेस प्रदेशको परिभाषा प्रस्ट नहुँदा यसले भ्रम सिर्जना गर्ने बताउनुभयो भने संयुक्त वाममोर्चा नेपालका अध्यक्ष सीपी मैनालीले सम्झौताले दलहरूलाई साम्प्रदायिक बनाउने र नेपाली सेनाको छवि धमिल्याउने दाबी गर्नुभयो। यसै गरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यो सरकारलाई स्वायत्त प्रदेशको सम्झौता गर्ने अधिकार नभएको बताउनुभयो।यसै गरी शुक्रबार नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत), नेपाल कम्युनिस्ट पार्टी संयुक्त (मार्क्सवादी), नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल विद्यार्थी मञ्चलगायतले विज्ञप्ति जारी गरेर सम्झौताको विरोध गरेका छन्। नेपाल समता पार्टी, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), सिविन, राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, प्याब्सनलगायतले सहमतिको स्वागत गरेका छन्।धोका होः गोइतराजविराज संवाददाताले जनाएअनुसार जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सम्झौतालाई ँधोका’ को संज्ञा दिनुभएको छ। शुक्रबार सप्तरीमा सञ्चारकर्मीहरूलाई टेलिफोन सम्पर्क गरी गोइतले भन्नुभयो- ँहामीले अघि सारेको स्वतन्त्र तराईको माग संयुक्त लोकतान्त्रिकले अघि सारेको ँसमग्र मधेस एक प्रदेश’ सित मेल नखाए पनि उनीहरू आफ्नो मागमा कायम रहन सकेनन्।’आफूहरू वार्ताविरोधी नरहेको दाबी गर्दै संयोजक गोइतले वार्ता संयुक्त राष्ट्रसंघको मध्यस्थतामा हुनुपर्ने पुरानो अडान दोहोर्याउनुभयो।
मोर्चा र सरकारबीच चार वुँदे सहमति
१ मार्च, ०८ । पूर्वी पहाड तथा तराइका जिल्लाहरुमा आन्दोलनरत संघीय गणतान्त्रीक मोर्चा र सरकारबीच चार वुँदे सहमति बनेको छ । मोर्चामा आवद्ध दुइ घटकले सरकारसंग सम्झौता गर्ने विषयमा असन्तुष्टी जनाएपनि अन्य पाँच घटकले मोर्चाका तर्फवाट सरकारसंग हस्ताक्षर गर्दैछन् ।२ बजेपछि प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा दुवैतर्फका नेताहरुले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । यता मोर्चामा आवद्ध मधेशी जनाधिकार फोरम मधेश र संघीय लोकतान्त्रीक मोर्चाले भने वार्ताप्रति विरोध जनाउँदै हिजोदेखि भएका वार्तामा सहभागी रहेका छैनन् । सहमति भएपछि मोर्चाले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।
तराईभर विजय जुलुस प्रदर्शन
मार्च, ०८ । १६ दिनदेखि ठप्प तराईको जनजीवन आजदेखि सामान्य बनेको छ । आज सबेरैदेखि अधिकांश बजार खुलेको छ भने यातायात पनि सुचारु भएको छ ।सरकार र मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच हालै भएको आठबुँदे सम्झौतासंगै तराईको जनजीवन सामान्य भएको हो । आज प्रायः सबै उद्योग र कलकारखाना पनि सञ्चालनमा आएका छन् । सम्झौताको स्वागत गर्दै सिराहा, सप्तरी, धनुषा लगाएत तराईका विभिन्न जिल्लामा मोर्चाका कार्यकर्ताहरु विजय जुलुस पनि निकालेका छन् । प्रहरीसमेत सहभागि विजय जुलुससंगै मध्य तराईका सवै जिल्लामा चहलपहल शुरु भएका छन् ।
मदीरा बिक्री तथा सेवनमा प्रतिबन्ध
काठमाडौँ, १८ फागुन । आसन्न संविधानसभा निर्वाचन अब ४० दिन मात्र बाँकी रहेकाले सो निर्वाचन शान्तिपुर्ण ढङ्गले सम्पन्न गराउन जिल्लाहरूमा विभिन्न प्रकारको तयारी भइरहेको छ ।निर्वाचन शान्तिपुर्ण होस् भन्नका लागि विभिन्न जिल्लामा मदिरा नियन्त्रण गर्ने अभियान पनि सुरु गरिएको छ ।तनहँु, दमौली- जिल्ला प्रशासन कार्यालय तनहुँले संविधानसभा निर्वाचनमा शान्तिपुर्ण वातावरण बनाउन निर्वाचन अवधिभर मादकपदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ -३) अनुसार प्रशासनद्वारा जारी सूचनामा निर्वाचन परिणाम घोषित नभएसम्म पूरै अवधि मादकपदार्थ सेवन तथा बिक्री वितरण निषेध गरिएको छ ।प्रमुख जिल्ला अधिकारी काशीनाथ मरासिनीद्वारा हस्ताक्षरित उक्त सूचनामा शान्तिपुर्ण वातावरण कायम राख्ने कार्यमा सहयोग पुर्याउन सबै राजनीतिक दल, भ्रातृ सङ्गठन, पेसाकर्मी र र्सवसाधारणलाई अनुरोध गरिएको छ ।धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले संविधानसभा निर्वाचन परिणाम घोषणा नभएसम्म हरेक दिन साँझ ८ बजेदेखि जिल्लामा मादकपदार्थको बिक्री वितरण निषेध गरेको छ ।संविधानसभाको निर्वाचन शान्तिपुर्णरुपमा सम्पन्न गर्ने सर्न्दर्भमा निर्वाचन आयोगबाट प्रसारित आचारसंहितामा उल्लेख भएबमोजिम जिल्लामा मादकपदार्थको बिक्री वितरण साँझ ८ बजेपछि रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
ज्वालासिंह समुहद्वारा चुनाव भाड्न एकमहिने कार्यक्रम
पोखरा, १८ फागुन/तर्राईमा आन्दोलनरत पक्षहरु सरकारसितको सहमतिपछि चुनावी अभियानमा जुटिरहेको बेला तर्राईकै शसस्त्र आन्दोलन गरेको जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वालासिंहले चुनाव भाँड्ने चेतावनी दिएको छ । सरकार र लोकतान्त्रिक तर्राई मुक्तिमोर्चाबीच भएको आठबुदे सहमतिलाई धोकाको संकेत गर्दै उक्त चेतावनी दिएको हो । ज्वालासिंह समुहले एक विज्ञप्ति जारी गर्दै मधेशी जनतालाई धोका दिनेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । समुहले मधेशमा चुनाव गर्ने कुनै अधिकार नभएको उल्लेख गर्दै मधेशी जनतालाई चुनाव विफल बनाउन आग्रह समेत गरेको छ । समुहले चुनाव विथोल्ने अभियानमा एकमहिने कार्यक्रम र्सार्वजनिक समेत गरेको छ । एक महिने कार्यक्रम अर्न्तर्गत प्रचार प्रसार, मसाल जुलुस, जग्गा कब्जा, उमेदवारलाई भौतिक कार्वाह गर्ने तथा चैत २० गतेदेखि अनिश्चितकालिन आम हडताल गर्ने चेतावनी दिएको छ ।
Friday, February 29, 2008
अन्य देशका प्रहरीको तुलनामा नेपाली प्रहरी पनि उत्तिकै सक्षम
काठमाडौँ, १७ फागुन । इन्टरनेसनल क्रिमिनल पुलिस अर्गनाइजेसन -इन्टरपोल) को कार्यालयमा अब नेपाल प्रहरीका अधिकृत रहने भएका छन् । नेपाल भ्रमणमा आउनुभएका इन्टरपोलका महासचिव रोनाल्ड के नोबलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । उहाँले विश्वकै दोस्रो ठूलो आपराधिक घटना मानिएको मिर्गौलाको अवैध व्यापार गर्ने डा. अमितकुमार अग्रवाललाई इन्टरपोलले 'रेर्डकर्नर नोटिस' जारी गरेको केही दिनभित्रै नेपाल प्रहरीले पक्राउ गरेकोमा खुसी व्यक्त गर्नुभयो । यस घटनाले नेपाल प्रहरीको अनुसन्धान क्षमता प्रशंसनीय रहेको उल्लेख गर्दै विश्वका अन्य देशका प्रहरीको तुलनामा नेपाली प्रहरी पनि उत्तिकै सक्षम रहेको बताउनुभयो । महासचिव नोबलले आजै बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटी नेपाल प्रहरीलाई अझ सक्षम बनाउन तालिम, प्रशक्षिण र साधन सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले अवैध मिर्गौला व्यापार गर्ने डा. अमितकुमारलाई भारतमा सुपर्ुदगी गरिएको विषयमा पत्रकारद्वारा सोधिएको प्रश्नमा उहाँले नेपाल भारतबीचको उच्च सम्बन्ध रहेको हुँदा एक देशले पक्राउ गरेको अपराधीलाई अर्को मुलुकमा सुपर्ुदगी गरेको विषयलाई विवादमा ल्याउन नहुने धारणा व्यक्त गर्नुभयो । हाल इन्टरपोलमा विश्वका १८५ देश सदस्य रहेका छन् । महासचिव नोबलसँगै इन्टरपोलका चिफ अफ सबरिजनल ब्यूरो पानास्पोङ सिरावाङसेससमेत नेपालको भ्रमणमा हिजो काठमाडौँ आउनुभएको थियो ।
मधेस आन्दोलनका १० प्रतिशत उपलब्धी
सरकार र तीन मधेसी दलविच विहिवार भएको सहमतिपछि अब चै संविधान सभा हुने भयो है भन्ने सकारात्मक शन्देस फैलिएको छ । जे भयो राम्रै भयो । अझैपनि तराइमा निहु खोज्ने दलहरु नै नभएका हैनन । तरपनि यि तीन दललाई सहमतिमा ल्याउनु सरकारको उपलब्धी नै हो । यसको स्वागत गर्नैपर्छ । सहमतिका लागि लामै कसरत भएको थियो । मिल्नै लाग्यो भनेर धेरै दिन अगाडिदेखी नै समाचारहरु आएका नै हुन । कहिले मधेसी जनअधिकार फोरम त कहिले तमलोपा अर्थात तराइ मधेस लोकतान्त्रीक पार्टीले निहु खोजेर सहमति हुन नसकेको समाचार पनि आइरहे । यसमा सहमति भएको समाचार आउनु सुखद नै हो । के भएछ त सहमतिमा भनेर यसो सर्सर्ती आठ बुंदे हेरे । आठं बुंदामा प्राय सबै बुंदाहरु मधेस आन्दोलन साम्य पार्न सात दलको सहमतीमा प्रधानमन्त्री कोइरालाले गरेको दोस्रो सम्बोधनमा उललेख भएकै बुंदाहरु दोहोरिएको देखे । १० प्रतिशत नयां उपलब्धी देखिएका छन ।४६ जना मधेसी होनाहार युवाहरुको बलिदानीवाट पाएको उपलब्धी नै दोस्रो सहमतिको पनि उपलब्धी बनेको छ । केवल यो आन्दोलनले थप ६ जना मधेसी शहिद जन्माएको छ । यि दुबै हेरेपछि म निष्कर्षमा पुगे बेक्कारमा निहु खोज्न मात्र तीन दलले आन्दोलनमा उत्रिएका रहेछन । के मेरो निष्कर्ष अलि पचेन ल २०६३ को प्रधानमन्त्रीको सम्बोधन र २०६४ को सहमतिका बुंदाको बुंदागत चिरफार गरेर हेरौं न त ।
पहिला पनि थियो अहिले पनि छ
२०६३ माघ २३ गते मध्यरात सवां ११ वजे प्रधानमन्त्री कोइरालाले गरेको सम्बोधनको पहिलो बुंदामा राज्य एकात्मक राज्य सरचनावाट हटेर संघिय लोकतान्त्रीक गणतान्त्रीक संरचनामा जाने उल्लेख थियो ।
अनी २०६४ फागुन १६ गते गरिएको सम्झौतामा उही नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने उल्लेख छ ।
मधेस आन्दोलनका क्रममा अङ्गभङ्ग भएकाहरुलाई उचित राहत राज्यले उपलब्ध गराउने आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्चको व्यवस्था र सहादत प्राप्त सहिद घोषणा गरी आश्रित परिवारलाई रु। १० लाखका दरले राहत उपलब्ध गराउने र गिरफ्तार व्यक्तिहरुलाई तत्काल रिहा गरिने बुंदा समान छन ।
सुरक्षा अङ्गलगायत राज्यका सबै निकायहरुमा मधेसी आदिवासी-जनजाति महिला दलित पिछडिएको क्षेत्र र अल्पसङ्ख्यक समुदायको समावेशी समानुपातिक सहभागिता हुने गरी सरकारले नियुक्ति बढुवा र मनोनयन अनिवार्य रुपले गर्नेछ ।
सेनाको विषयमा स्पष्ट रुपमा राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसीलगायत अन्य समुदायको समानुपातिक समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गरिने उल्लेख गरिएपनि यो प्रधानमन्त्रीको दोस्रो सम्बोधनमा समेत उल्लेख थियो ।
तराईमा सङ्घर्षरत सबै सशस्त्र समूहलहरुलाई शान्तिपूर्ण राजनीतिक प्रकि्रयाका लागि वार्तामा आउन आग्रह गर्दै वार्ताबाट सबै समस्या समाधान गर्न आग्रह गर्दछ ।मधेसी नेता तथा कार्यकर्ताहरु माथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता गर्ने तथा सम्झौताका बाँकी बुँदाहरु नेपाल सरकारले अविलम्ब कार्यान्वयन गर्ने छ ।
उपलब्धी
सबैभन्दा ठुलो उपलब्धी त तत्कालका लागि राष्ट्र टुक्रनवाट जोगिएको छ । प्रदेशहरु पूर्णरुपले स्वायत्त अधिकार सम्पन्न हुनेनै हो ।
सहादत प्राप्त गरेकाहरुलाई सहिद घोषणा गर्ने ।
निर्वाचन प्रयोजनमा २० प्रतिशत उम्मेदवारी दिने दललाई समानुपातिक प्रतिनिधित्वको बाध्यता नहुनेलाइ १० प्रतिशत बढाएर तीस पुर्याईएको छ ।
मधेस बन्द फिर्ता ं यो चै मधेसी दलको हैन मुलुकको उपलब्धी हो

दुई हजार काँग्रेसी नेता तथा कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा
लोकतान्त्रिक आन्दोलनमा निष्क्रीय बसेकालाई संविधानसभा निर्वाचनमा उम्मेदवार बनाएको भन्दै रौतहटको क्षेत्र नम्बर ६ का कांग्रेस क्षेत्रीय सभापति अजयकुमार साह र महाधिवेशन प्रतिनिधि नेपाल कार्कीसहितका दुई हजार कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
उनीहरुले शुक्रबार बिहान एक पत्रकार सम्मेलन गरी क्षेत्रीय कमिटिले सिफारिस नगरेका उद्धव ढकाललाई केन्द्रीय समितिले टिकट दिएको भन्दै पदबाट राजीनामा दिएको बताएका हुन् ।
क्षेत्रीय सभापति अजयकुमार साहले जनआन्दोलनमा एक दिन पनि नहिडेका व्यक्तिलाई उम्मेवार बनाएकाले राजीनामा दिएको बताएका छन् । क्षेत्रीय अध्यक्ष लगायतका पदाधिकारीहरुले गाउँ गाउँमा गएर राजीनामा पत्रमा हस्ताक्षर अभियान थालेका छन् ।
यता कांग्रेस रौतहटका उपसभापति गम्भिराप्रसाद निरालासहित ६ जना सक्रिय कार्यकर्ताले पार्टी परित्याग गरी मधेशी जनअधिकार फोरममा प्रवेश गरेको घोषणा गरेका छन् ।

सूर्यबहादुरको पार्टी पनि चुनावमा सहभागी हुने
२९ फेब्रुअरी, ०८ । चुनाब वहिष्कार गरेको राष्ट्रिय जनशक्ति पार्टीले पनि चुनावमा सहभागी हुने घोषणा गरेको छ । मधेशी र सरकारवीचको वार्ता सफल भएपछि पार्टी अध्यक्ष सूर्यवहादुर थापाले एक विज्ञप्ती जारी गरी सम्झौता सकरात्मक भएकाले चुनावमा भाग लिने जानकारी दिनुभएको हो । यसअघि सो पार्टीले सबैको सहभागिता नहुने भन्दै चुनाब बहिष्कारको घोषणा गरेको थियो ।
कतारबासी नेपालीहरुले प्रचण्डलाई सघाउने
२९ फेब्रुअरी, ०८ । नेपाल प्रगतिशिल मञ्च कतारले नेपाल कम्युनिष्ट पार्टी माओवादीको जनयुद्धको १३ औं वर्षगाँठको अवसर पारेर कतारको अलखोरमा जनसाँस्कृतिक कार्यक्रमसहित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो कुरा मञ्चका अध्यक्ष जनार्दन गिरीले एक प्रेस विज्ञप्तीमार्फत जानकारी गराएका छन् । आगामी चैत्र २८ गते नेपालमा हुन गईरहेको संविधानसभाको चुनाव सफल पार्ने उद्देश्यले आयोजना गरिएको हजारौं प्रबासी श्रमजिबी नेपालीबीच भएको उक्त कार्यक्रममार्फत संबिधानसभा बिरोधी प्रतिगमनकारी तत्वहरुलाई प्रबासबाट पनि नंग्याउनुपर्ने बताईएको थियो । विज्ञप्तीमा आगामी चैत २८ गतेको निर्वाचनले सर्वहारा बर्गको मुक्तिको लागि जनताको दुश्मन समाप्त गरी नयाँ जनबादी शासन व्यबस्था साँच्चिकै सर्बहारा बर्गको व्यवस्था ल्याउनको लागि विश्व सर्वहारा मुक्ति आन्दोलनका सर्वोच्च कमाण्डर ने.क.पा.माओबादीका अध्यक्ष क. प्रचण्डलाई नयाँ नेपालको प्रथम राष्ट्रपति बनाउन एवं शहीदको सपना साकार पार्न मंच हरप्रकारको सहयोग गर्न तयार रहने उल्लेख छ ।
आजदेखि लोडसेडिङ घट्यो
२९ फेब्रुअरी, ०८ । कुलेखानी दोस्रोबाट थप १६ मेगावाट बिजुली उत्पादन हुन थालेपछि विद्युत् प्राधिकरणले शुक्रबारदेखि साताको छ घन्टा लोडसेडिङ घटनाएको छ । यसअघि साताको साढे ४६ घन्टा लोडसेडिङ थियो ।राति १२ देखि भोलिपल्ट बिहान ४ बजेसम्म गर्दै आएको लोडसेडिङ पूर्ण रूपमा हटेको प्राधिकरणले जनाएको छ । त्यस्तै बिहान ४ देखि ८ बजेसम्मको लोडसेडिङ पनि एक घन्टा कटौती भएको छ । यसअनुसार शुक्रबारदेखि बिहान ५ देखि ८ बजेसम्म विद्युत् आपूर्ती कटौती हुनेछ । त्यस्तै बिहान ९ देखि दिउँसो १ बजेसम्म हुँदै आएको लोडसेडिङ १२ बजेसम्म कायम हुने प्राधिकरणको भारप्रेषण केन्द्रले बिहीबार जारी गरेको विज्ञप्तिमा छ । प्राधिकरणले अत्यधिक बिजुली खपत हुने समय बेलुकी ५ देखि ९ बजेसम्मको लोडसेडिङ तालिका भने यथावत् राखेको छ । प्राधिकरणले यसअघि विभिन्न १२ खण्डमा लोडसेडिङ तालिका बनाएको थियो । रातिको लोडसेडिङ हटेपछि ११ वटा खण्डमा विभिन्न ७ समूहमा आपूर्ती कटौती हुनेछ । प्राधिकरणको उत्पादन महाप्रबन्धक डा. जीवेन्द्र झाका अनुसार कुलेखानी-२ को अर्को युनिट (१६ मेगावाट) आगामी चैत १८ गते मर्मत पूरा हुनेछ ।कुलेखानी दोस्रोको दुइवटा युनिट गरेर थप ३२ मेगावाट प्रणालीमा जोडिएपछि लोडसेडिङमा सुधार हुने अपेक्षा प्राधिकरणले गरेको छ । गतवर्ष चैत महिनामा एउटा युनिट बिग्रेपछि त्यसलाई मर्मत गर्ने क्रममा अर्को युनिट पनि बन्द हुन पुगेको थियो । त्यही बन्द भएको युनिट गत बुधबारदेखि सञ्चालन भएको हो । यतिखेर प्रणालीमा करिब ७ सय ५० मेगावाट बिजुली माग छ भने आपूर्ती अझै करिब २ सय ५० मेगावाट अपुग छ । सरकार र लोकतान्त्रिक मधेसी मोर्चाबीच बिहीबार भएको सम्झौतापछि तराई क्षेत्रका उद्योग, कलकारखाना सुचारु हुने भई माग फेरि बढ्ने प्राधिकरणले जनाएको छ ।
Thursday, February 28, 2008
खुसीको कुरा, सहमति भयो, आन्दोलन फिर
सरकार र आन्दोलन गरिरहेका मधेसी नेताहरुबीच बल्ल कुरा मिलेको छ। आज दुई पक्षबीच ८ बूँदे सहमति भएको छ। सहमति पत्रमा अहिले केही समयपछि हस्ताक्षर हुने कार्यक्रम रहेको छ। आठ बूँदे सहमति पत्रमा सरकारका तर्फबाट प्रमले र मोर्चाका तर्फबाट मोर्चामा आवद्ध तीन संगठनका प्रमुख महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले हस्ताक्षर गर्दैछन्।
सहमतिपछि प्रमले सम्बोधन गर्ने नगर्ने निश्चित भएको छैन। भनिन्छ मधेसी नेताहरुले माअोवादीसँग शान्ति सहमति भए जस्तो ठूलो कार्यक्रम गरी हस्ताक्षर कार्यक्रम गर्न चाहिरहेका छन्।
जे होस्, अहिलेका लागि खुसीको खबर, आन्दोलन रोकिएको छ र सहमति भएको छ।
सहमतिका बूँदा (Unofficial)
सरकार र संयुक्त मधेसी मोर्चावीच निम्नानुसारको सहमति भएको छ । यस सहमतिलाई संवैधानिक, कानुनी र राजनीतिक तवरबाट कार्यान्वयन गराउने जिम्मेवारी नेपाल सरकारको हुनेछ ।
1 मधेसको शान्तिपूर्ण आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्ने, हालसम्म राहत नपाएका, अङ्गभङ्ग भएकाहरुलाई उचित राहत राज्यले उपलब्ध गराउने छ । यसैक्रममा जारी आन्दोलनमा घाइते भएकाको उपचारसम्बन्धी खर्चको व्यवस्था, मारिएकालाई शहीद घोषणा गरी आश्रित परिवारलाई रु. दश लाखका दरले राहत उपलब्ध गराउने तथा गिरफ्तार व्यक्तिहरुलाई यथाशीघ्र रिहा गरिनेछ ।
2. मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहना साथै अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाली संघीय लोकतान्त्रिक गणतन्त्र राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशका वीच स्पष्ट रुपमा शक्तिको बाँडफाँड सूचिको आधारमा गरिने छ । प्रदेशहरु प्रादेशिक सूची अनुसार पूर्णरुपले स्वायत्त र अधिकारसम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अखण्डतालाई अक्षुण्ण राख्दै केन्द्र र प्रदेशका सूचीहरुको पूर्ण विवरण र अधिकारको बाँडफाँड संविधानसभाबाट निर्धारण गरिनेछ ।
3.संविधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा ७ को उपदफा १४४ मा रहेको २0 प्रतिशतको वर्तमान कानुनी व्यवस्थालाइ ३0 प्रतिशतमा वृद्धि गरिनेछ ।
४ सुरक्षा अंगलगायत राज्यका सबै निकायहरुमा मधेसी, आदिवासी, जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायको समानुपातिक प्रतिनिधित्व गर्न गरी सरकारले आगामी नियुक्ति र बढुवाहरु गर्नेछ ।
५. नेपाली सेनालाई राष्ट्रिय र समावेसी बनाउन मधेसी लगायत अन्य समुदायको प्रवेशलाई सुनिश्चित गरिनेछ ।
६. यो सहमतिसँगै नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी राष्ट्रिय मोर्चा तराईमा आन्दोलनरत सबै समूहहरुलाई वार्तामा आउन आग्रह गर्दै वार्ताबाट सबै समस्या समाधान गर्न आग्रह गर्दछ । यसका साथै आगामी चैत्र 28 गतेको संविधानसभा निर्वाचन शान्तिपूर्ण, हिंसामुक्त, निश्पक्ष्ा स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैलाई अपिल गर्दछौं । यसको लागि तत्कालै अनुकूल वातावरण बनाउन आवश्यक कदम चालिने छ ।
७. सरकार र मधेसी जनअधिकार फोरमवीच भएको २२ बुँदे पूर्व सम्झौता अनुरुप बन्दी राखिएकाहरुको यथाशिघ्र , फोरम लगायत अन्य मधेसी नेता कार्यकर्ताहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता गर्ने तथा बाँकी सम्झौताका बूँदाहरु अविलम्ब कार्यान्वयन गरिने छ ।
८. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी रहेका आन्दोलनका सबै कार्यक्रमहरु तत्काल प्रभावदेखि फिर्ता लिइएको छ ।
नेपाल सरकारका तर्फबाट
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट
महन्थ ठाकुरअध्यक्ष, तराई मधेस लोकतान्त्रिक पार्टी
राजेन्द्र महतोअध्यक्ष, नेपाल सदभावना पार्टी
उपेन्द्र यादवअध्यक्ष, मधेसी जनअधिकार फोरम

नवलपरासी परासी बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
परासी, १६ फागुन । जिल्ला प्रशासन कार्यालय नवलपरासीले आज बिहान १० बजेदेखि पुनः नवलपरासी परासी बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले हिजो बिहान ८ बजेदेखि परासी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेता पनि स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आज बिहान ५ देखि बिहान १० सम्म फुकुवा गरी पुनः बिहान १० बजेबाट अनिश्चितकालीन कर्फ्यु लगाएको हो । यसैबीच मङ्गलबार बेलुका बेलुका ५ बजेदेखि स्थानीय प्रशासनले नवलपरासी सुनवलदेखि बर्दघाट सडक र सो सडकको ५०० मिटर दाया बायाँ अर्को आदेश नभएसम्म सो क्षेत्रमा धर्ना जुलुस तथा राजमार्ग अवरुद्ध गर्न नपाइने गरी निषेधआज्ञा जारी गरिसकेको छ ।
निर्वाचन तालिका सार्न तीन दलवीच सहमती
२८ फेब्रुअरी, ०८ । मधेशी मोर्चासंगको वार्ता प्रकृया र सहमतिका विषयमा सत्ताधारी मुख्य तीनदलका नेताहरुवीच आज विहान छलफल भएको छ । छलफलमा मोर्चासंग गर्न लागिएको आठवुँदे सहमति र त्यसलाइ कार्यन्वयन गर्न निर्वाचन तालिकामा गर्नुपर्ने परिवर्तन वारे कुराकानी भएको छ । जस अनुसार मधेशी मोर्चालाइ चुनावमा सहभागी वनाउन समानुपातिकको वन्दसुचि पेश गर्न फागुन १८ गते र प्रतक्ष्यका लागि फागनु २१ गतेसम्मको मिति तोक्ने र यसका लागि निर्वाचन आयोगलाइ मन्त्रीपरिषदमार्फत औपचारिक अनुरोध गर्ने सहमति भएको छ ।
ट्याङकर दुर्घटनामा एकको ज्यान गयो
२८ फेब्रुअरी, ०८ । वुटवलवाट इन्धन वोकेर गुल्मीको तम्घासतर्फ जाँदै गरेको तेल ट्याङकर आज विहान दुर्घटनाग्रस्त हुँदा एकजनाको ज्यान गएको छ । विहान करिव २ वजेतिर गुल्मीको दुविचौर गाविसको पाँचरातेमा गाडी सडकवाट करिव दुइसय मिटर तल खस्दा चालक तेजप्रसाद श्रीसको मृत्यु भएको हो । परिचालक रमेश पौडेल गम्भीर घाइते भएका छन् । उनलाइ उपचारार्थ भैरहवा ल्याइएको छ ।
अपहरणकारीका नाईके टण्डन राजधानीमा पक्राउ
२८ फेब्रुअरी, ०८ । नेपालका ठूला ब्यापारिक घरानाका सदस्यलाई अपहरण गरी ठूलो फिरौती असुल गर्ने अन्तर्राष्ट्रिय अपराधी अमर टण्डन र उसको सहयोगी रामकुमार प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक देवेन्द्र सुवेदीको नेतृत्वमा गठन गरिएको विशेष अनुसन्धान टोलीले बालाजुको माछापोखरीबाट टण्डन र प्याकुरेललाई पक्राउ गरेको हो । पक्राउ परेका टण्डन लागू औषध तस्करीको अभियोग प्रमाणित भई सजाय काटिरहेका अवस्थामा गत वर्षको फागुनमा डिल्लीबजार सदरखोरबाट फरार व्यक्ति हुन् ।आज आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले दिनुभएको जानकारी अनुसार जेलबाट फरार भई भारतको मुम्बईस्थित गोरगाउँमा बस्दै आएका टण्डनले अपहरण गरी फिरौती असुल गर्ने संगठित समूहको निर्माण गरी बिगत एकबर्षदेखि फिरौती असुल गर्दै आएका थिए । उनले अहिलेसम्म २ करोड ६९ लाख रुपैयाँ फिरौती असुल गरिसकेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार टण्डनको समूहले अपहरण गरी ब्यापारीहरु महेश मुरारकाबाट ७७ लाख, गोबिन्द भट्टराईबाट ४० लाख, शिव सरावगीबाट १० लाख, सुमित शेरचनबाट ३० लाख, डाक्टर आसुतोषबाट २५ लाख, पवन अग्रवालबाट २५ लाख, लक्ष्मी नारायणबाट ७ लाख, अनित्य गुरुङबाट २२ लाख ५० हजार, उमेश गर्गबाट ५ लाख ५० हजार, दिलीप अग्रवालबाट ७ लाख र नाम नखुलेको एक ब्यापारीबाट २० लाख रुपैया फिरौती असुल गरिसकेको छ । टण्डनको समूहले बौद्ध, मैजुबहाल, माण्डिखाटार र रुपन्देहीको छपियामा गरी तीन ठाउंमा अपहरण गरी ब्यापारी राख्ने गरेका थिए भने फिरौती रकम हुण्डीमार्फत विदेश पठाउने गरेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार अभियुक्तहरुले फिरौतीको रकम हुण्डि गर्न लगाई काठमाडौंबाट हङकङ, दुवई, बैंकक हुँदै भारत पुर्याउने गरेका थिए । भारतबाट नेपाल, लक्जम्बर्ग र अमेरिका पठाउने गरेका थिए । टण्डनले फिरौती लिईएको रकम लक्जम्बर्गस्थित रियल डिल कम्पनीमा अमेरिकी नागरिक जान हगलाई पठाउने गरेका थिए । प्रहरी बरिष्ठ उपरीक्षक अर्यालले पींडितहरुले सहयोग नगरेको कारण अभियुक्तहरुले यत्ति ठुलो परिमाणमा फिरौती असुल गर्न सफल भएको बताउनु भयो । अन्तर्राष्ट्रिय लागू औषध तस्करको रुपमा इन्टरपोलद्वारा रेडकर्नर नोटिश जारी भएका टण्डनले डिल्लीबजार सदरखोरमा रहेको बखत मोटरसाईकल चोरीमा रहेका रामकुमार प्याकुरेलसंग चिनजान भई अपहरणको योजना बनाएको प्रहरीले जनाएको छ । प्रहरीले अपहरणकारीको बिषयमा जानकारी दिई यस्ता अपराध नियन्त्रणमा सहयोग गर्न सबैसंग आग्रह समेत गरेको छ ।
मोर्चासंगको वार्ता आज सहमतिमा पुग्ने लक्षण
सरकार र तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाबीच लामो समयदेखि जारी वार्ता आज सहमतिमा पुग्ने अपेक्षा गरिएको छ।
मोर्चामा आवद्ध मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवका अनुसार नेपाली सेनामा मधेशीको समूहगत प्रवेशबारे प्रधानमन्त्रीको प्रतिवद्धता आए दुई पक्षबीच जारी वार्ता आज सहमतिमा टुंगिनेछ ।
दुई पक्षबीच सेनामा मधेशीको प्रवेशसम्बन्धी मुद्दामा मात्र सहमति हुन बाँकी छ। प्रधानमन्त्री निवासमा बिहान ११ बजेपछि हुने भनिएको वार्तामा सो विषयमा छलफल हुने यादवले जानकारी दिनुभयो । यादवकाअनुसार सहमति भए दुईपक्षबीच आजै एक समारोहबीच हस्ताक्षर गर्ने कार्यक्रम छ।
मधेश समस्या समाधानका लागि सरकार र मधेशी मोर्चाबीच केही दिनदेखि वार्ता जारी रहे पनि निष्कर्षमा पुग्न सकिरहेको थिएन ।
यसअघि सरकारले सम्पूर्ण प्रदेशहरु स्वायत्त हुने तथा स्वायत्त मधेश प्रदेश बनाउने प्रतिवद्धता जनाएपछि दुई पक्षबीच जारी वार्ता सहमतितर्फ अघि बढेको थियो । सरकारसँगको वार्ताअघि मोर्चाले तयारीका लागि आन्तरिक छलफल गरिरहेको बुझिएको छ।

अपहरण गिरोहका दर्ुइ पक्राउ
काठमाडौं, फागुन १५ - धनी र प्रतिष्ठित व्यक्तिहरू अपहरण गरी रकम असुल्ने गिरोहका दर्ुइ जनालाई प्रहरीले पक्रेको छ । उनीहरूले ११ जनाबाट २ करोड ६९ लाख रुपैया“ फिरौती लिएको प्रहरीसमक्ष स्वीकारेका छन् ।
पक्राउ परेकामा अपहरणको योजनाकार ४१ वषर्ीय अमर टण्डन र नेपालमा त्यो योजना लागू गर्ने रामकुमार प्याकुरेल छन् । टण्डन जेलबाट फरार अपराधी र प्याकुरेल पर्ूवसैनिक प्रहरी हुन् । समूहका अन्य ७ व्यक्ति फरार छन् । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलमा रेर्डकर्नर नोटिस जारी गरी खोजिएका टण्डनलाई भारतीय प्रहरीले मुर्म्बईको गोरे गाउ“बाट पक्राउ गरेको हो ।
नेपालमा अधिकांश अपहरणको घटनामा उनको संलग्नता देखिएपछि प्रहरीले रेर्डकर्नर नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको थियो ।
पीडितहरूले छिट्टै सूचना नदिएकाले अभियुक्तहरूलाई पक्रन ढिलो भएको अनुसन्धान विभागका प्रमुख एआईजी केशव बरालले पत्रकार सम्मेलनमा बताए । रूपन्देहीको अमुवा-३ का टण्डन अपहरणका लागि मुर्म्बई बस्दै आएका थिए । त्यहींबाट बीकम उत्तर्ीण्ा टण्डन अंग्रेजी, हिन्दी, नेपालीसहित ८ भाषा बोल्छन् । उनी मुर्म्बईमा ११ मोबाइल प्रयोग गर्थे । नुवकोटको उर्लेनी-९ का र्याकुरेल भैरहवाको बुद्धचोक बस्थे । प्याकुरेल टण्डनको योजना कायान्वयन गर्थे । उनीबाट प्रहरीले ७ थान मोबाइल कार्ड बरामद गरेको छ । ती अभियुक्तले शिव सरावगीबाट १० लाख, गोविन्द भट्टर्राईबाट ४० लाख, महेश मुरारकाबाट ७७ लाख, सुमित शेरचनबाट ३० लाख, डा. आशुतोषबाट २५ लाख, पवन अग्रवालबाट २५ लाख, लक्ष्मी नारायणबाट ७ लाख, अनित्य गुरुङबाट २२ लाख ५० हजार लिएका थिए । त्यस्तै उमेश गर्गबाट ५ लाख ५० हजार, दिलीप अग्रवालबाट ७ लाख र नाम नखुलेको एक व्यक्तिबाट २० लाख गरी कुल २ करोड ६९ लाख लिएको उनीहरूले प्रहरीलाई बयान दिएका छन् ।
त्यसरी लिएकोमध्ये एक करोड २३ लाख ३० हजार आफूले लिएको र बा“की काम गर्ने सदस्यहरूलाई बा“डेको टण्डनले बताए । हुन्डीमार्फ मात्रै रकम लिने यो समूहले नेपालबाट पाउने रकम हङकङमा जम्मा गर्न लगाई सिंगापुर, दर्ुबई, बंैकक हु“दै भारतमा जम्मा गर्न लगाउ“थे ।
फिरौतीका लागि उनीहरूले भारतमा नक्कली कागजपत्र राखी लिएको एउटा टेलिफोन ००९१९९२०५९९७७६ प्रयोग गरेका थिए । अपहरणमा उपयोग गरिएको टेलिफोन नम्बरको पछिल्लो तीन नम्बर ७७६ स“ग जोडेर यो अनुसन्धानको नाम 'अप्रेसन ७७६' राखिएको थियो । अनुसन्धानका मुख्य अधिकृत एसपी देवेन्द्र सुवेदी हुन् ।
त्यसैगरी टीका अर्याल र एक डाक्टरका छोरालाई अपहरण गरेपछि सुरक्षाका कारण ३५ र १५ लाख नलिई छाडेको समेत उनीहरूले बताएका छन् । र्
इश्वरदत्त पाण्डेलाई कुराकानीकै क्रममा फिरौती नलिई छाडेको पनि उनीहरूले स्वीकारेका छन् ।
ती अभियुक्तले बयानमा दिएको जानकारीका आधारमा प्रहरीले तीन थान पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरेको छ । उनीहरूले अपहरण प्रयोजनका
लागि बा३च ९३०६, बा३च
४३०६, बा३च ९३२५ सहितका पा“च गाडी र एउटा पल्सर मोटरसाइकल प्रयोगमा ल्याउने गरेको बताएका छन् ।
अपहरण गरेपछि राख्नका लागि उनीहरूले काठमाडांैमा दर्ुइ र रूपन्देही छपियामा एउटा घर भाडामा लिएका थिए । उनीहरूले काठमाडांैको बौद्ध, मैजुबहालमा १६ हजार र धुम्बाराही मन्डिखाटारमा १७ हजार तिरेर सिंगै घर भाडामा लिएका थिए ।
टण्डन जेलबाट फरार अपराधी हुन् । उनलाई लागू औषधका तीन मुद्दामा २२ वर्ष६ महिना कैद सजाय तोकिएको थियो । उनी लागू पदार्थसम्बन्धी मुद्दामा डिल्लीबजार स्थित सदरखोरमा रह“दा केही प्रहरी र कारागारका कर्मचारीको मिलोमतोमा टेकुको बेकरी क्याफेको शौचालयबाट भागेका थिए ।
बेकरीबाट भाग्नुअघि उनले सुन्धारास्थित पिपुल डेन्टल क्लिनिकबाट भाग्ने प्रयास गरे पनि त्यो योजना असफल भएको थियो । टण्डन र प्याकुरेलको चिनाजानी सदरखोरमै भएको थियो ।
विद्यमान कानुनअनुसार टण्डनलाई जेलबाट भागेको कसुरमा विगतमा ठहरिएकै सजायको दोब्बर र अपहरण तथा शरीर बन्धकको अभियोगमा फिरौती रकम बराबरको बिगो जरिवाना र ७ देखि १५ वर्षम्म कैद र थप ५० हजारदेखि २ लाखसम्म जरिवाना हुने व्यवस्था छ

Wednesday, February 27, 2008
निरंकुशता, दण्डहिनता, अज्ञानता र चरम, पुँजिबादको महत्वकांक्षामा उब्जिएको बिद्धोह
-पुरुषोत्तम सुबेदी
मानिश जन्मदात स्वतन्त्रताको अधिकारी हो र मानिश एउटा सामाजिक प्राणि पनि हो । बिगत २३७ बर्षसम्मका अवधिको नेपाली समाजमा ४ जात ३६ बर्णको भेदभावलेनै नेपाली समाजलाई अन्य मुलुकको तुलनामा धेरै पछाडि धकेली दिएको छ । बर्गै बर्ग जातै जात भएको समाजमा जातिय बर्गिकरणले गर्दा समान्तबादले जरो गाडेको पाइन्छ , जसले जान्यो बुझ्यो टाँठो बाठो भयो शिक्षा प्राप्त गर्यो त्यो बर्गले अन्य असिक्षित बर्गलाइ माथि उठन बन्चित गरायो । जातिय भेदभाव बाट सामन्तबादी नङग्रा गाडने बाहुनबाद र सैन्य शक्तिबाटै आफ्नो राज्य टिकाइ राखेको शाह बंसिय समाजले नेपाली सोझा साझा जनतालाई धेरै बर्षसम्म पिंजडामा राख्न शबल भयो ।
प्रकृतिको चक्रसंगै समयपनि परिर्बतनशिल छ । गतिशिल छ समयकै गतिमा मानिश पनि दौडिरहेको छ । पिजडामा राखेको सुगाले पनि पटु भन्छ भने एउटा निरंकुश दण्डहिनताको खुल्ला समाजमा रहेका नेपाली सोझा जनताले लोक तन्त्रको पटु बाक्य उच्चारण गर्न सक्ने भएका छन । तानाशाही र सामन्तबादीहरु दमन शोषणबाट पिडित जनताले यतिबेला निकै छला‹मारि सकेका छन । यो एउटा नेपाली समाजको त्रि्र गतिशिलता हो । हिजो आफैले दमन, शोषण गरेर गूमरामा राखेका दरबारीयाहरुले तिनै सिधा सोझा जनताको हक अधिकारको प्रयोग गरि फेरी सत्तामा पुग्ने बकमफुसे दाउमा छन । ठुलाले जे गरेपनि छुट र सानोले केही गल्तिनै नगरि आफ्नो बाँच्ने अधिकार गुमाएको नेपाली सोझो समाजले अब जतिसुकै महंगो मुल्य चुकाएर पनि निंरंकुशता दण्डहितना र अज्ञानको मुल जडलाईनै समाप्त पार्ने आँट र जमर्को गरेको छ यसले नेपालको बिकाशको ठुलो फड्को मार्ने केही बिदेशी अडकलबाजहरुले बिष्लेशण गरेका छन् ।
निराशा क्रान्तिको चर्का कुराले तरकारिमा नुनै चाहिएन मलाइ ।
जनबादका चिप्ला मलमले ढिडो निल्न गुन्द्धुक चाहिएन मलाइ ।।
हंसिया हतौडाले सज्जित रातो झण्डा मेरै आङको बस्त्र सम्झे ।
र् जर्ज बुशको अगाडि आफ्नै उपज प्रचण्डपथलाई छेप्यास्त्र सम्झे ।।
भाई गुमायं दाइ गुमायं गुमायं सबै श्री सम्पत्ति पनि ।
छोरा-छोरी पनि बिर्षि दिएं समाते बन्दुक गर्छु केहि परिर्बतन भनि ।।
उधारो जनबादको लागि नगद ढिडो र गुन्द्धुक पनि दियँ ।
मन गणन्ते क्रान्ति कथामा छारो भैरेको बलि चढायँ ।।
अब त के रह्यो र म संग - मै रिक्तिए पछि थन्किए हतियार ।
लोक तन्त्रको नयाँ थरले पोतिएको गणतन्त्र अगाडि आई भयो लम्पसार ।।
आशा थियो पेट भरि खाने अनि एक सरो आँङभरि लगाउने ।
अनि हरेक बर्षआउने परम्परागत दशै तिहार लोसार इद रमादानमा रमाउने ।।
खै के भनुँ अब म त लुटिय छैन मेरो कोही कतै पनि ।
परिर्बतन बलिदानीको घुमाउरो बाटो त रुम्जाटार पो रहीछ जाने ।।
मलाई के थाहा मेरो पर्खाइमा कोही पनि आँउदैन भैरेकेा बलिदानी पनि आँउदैन ।
तर पर्खि बसे मेरो भाई मेरो दाई अनि मेरो भैरे समयले मलाइ बिर्षदैन ।।
प्रतिक्षा निकै गरे बषन्तको तर देखिन्छन रुखा फाँटहरु चारैतिर ।
कहिले होला हरियाली नयाँ बषन्तको आगमन हुन्छकि कि चाउरे मुहार रसिला आखिर ।।
लौन म त बिच बाटैमा परे गणतन्त्रलाई भाइ दाइ र भैरे सापट दिय ।
आखिर म घर पनि पुग्न सकिन मेरो जनबाद पनि आएन
लोकतन्त्र पनि आएन
गणतन्त्र पनि आएन
मेरो भाइपनि आएन
मेरो दाइपनि आएन
छोरो भैरे पनि फर्केन आखिर बषन्त पनि आएन
कर्याङ कुरुङ पनि आएनन काँक्रा फर्सि पनि रोप्न पाइएन
पुरुषोत्तम सुबेदी बेल्जियम

फोरम किन भिलेन बन्दैछ
मधेसका जारी संकट समाधानका लागि सरकार र सात दल चककताका साथ प्रस्तुत भएका छन । तर सहमति भने हुन सकेको छैन । यस अगाडि नै मधेसको मामलामा सरकारसंग सहमतिमा आइसकेको मधेसी जनअधिकार फोरमको चुनाव सार्ने एक सुत्रिय माग अहिले सहमतिको बाधक बनेको छ ।सात दलले पुन चुनावको मिति सार्ने हो भने गाउं गाउंका जनताले सात दलका नेता कार्यकर्तालाइ कुटेर भगाउने खतरा त छंदैछ । त्यसमा पनि चुनावका सबै प्रकृया शुरु भइसकेको अवस्थामा कसरी चुनावको मिति सार्ने ?त्यसमा पनि मधेसी जनअधिकार फोरमको एकल मागका कारण ।मधेसका आन्दोलन शुरु गर्दा संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको नाममा आन्दोलन शुरु भएको थियो । मोर्चामा महन्थ ठाकुर अध्यक्ष रहेको तराइ मधेस लोकतान्त्रीक पार्टी राजेन्द्र महतोको सदभावना पार्टी र मधेसी जनअधिकार फोरम रहेका छन ।यस विचमा फोरम बाहेक अन्य २ दल सहमतिका लागि राजी भइसकेका भएपनि फोरम एक्लै एकाएक भिलेनको रुपमा अगाडि आएको छ । तर कारण किन मेसो पाउन न सरकारले सकेको छ न उसकै सहयात्रि दुइ दलले ।एक खालका विष्लेशकहरुको मत अनुसार अहिले फोरम एकाएक ट्याकमा आउन नचाहनुको प्रमुख कारण हुन फोरमका सह-संयोजक जयप्रकाश गुप्ता । जो राजनीतिक चतुर खेलाडि हुन नै ।सरकार मधेसको समस्या समाधान नगरी संविधान सभामा जान सक्दैन भन्नेमा गुप्ता पक्कापक्की नै छन । त्यसमा यदी चुनावको मिति सार्न सकेमा जनताका माझ अलोकपि्रयताको पगरी गुत्थै गएका सात दल थप अलोकपि्रय मात्र हैन बहिष्कार नै हुने सम्भावना पनि उनको आखाका के लुक्थ्यो र ।सात दललाइ असफल बनाउनका लागि यो जत्तिको उचित समय उनका लागि के हुन्थ्यो र । त्यसैले फोरम अहिले एकल रुपमा चुनाव सार्ने रटानमा लागेको हो भन्ने अनुमान लगाउन के गार्हो भयो र ।त्यसमा पनि अहिले चुनाव बहिष्कार गर्ने घोषणा गर्ने सुर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टी र रविन्द्रनाथ शर्माको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पनि भरपुर सहयोग छ फोरमका लागि । कथमकदाचीत मोर्चाका अन्य २ घटक मोर्चावाट बाहीरिएपनि एक्लै तराइको आन्दोलन हाक्ने क्षमता छ भन्ने भ्रम समेत छ फोरमका नेतामा । त्यही कारण हो फोरम अहिले सम्झौताको विन्दुमा भन्दा निहु खोज्ने मुडमा रहेको छ ।अहिले फोरम भारतलाइ समेत टेर्ने पक्षमा नरहेको त कान्तिपुरको नेपाल साप्ताहिकमा यसै हप्ता छापिएको कभर स्टोरीले नै देखाएको छ । यो कत्तिको सत्य हो त्यसको विष्लेशण आफ्नै ठाउंमा होला । तर नेपालका लागि भारतीय राजदुत शिवशंकर मुर्जीले पटक पटक वार्ताका लागि बोलाउंदा पनि उनी नआउनु अनी एकाएक मुखर्जीले अब भारत चांहिदैन भनेर धम्क्याएपछि वार्ताका लागि काठमाडौंमा आउनु तर सहमत नहुनुले फोरम भारतभन्दापनि माथिको शक्ति केन्द्रको आशिर्वादमा हिडेको हो भन्ने देखाएको छ ।त्यो शक्ति के हुन सक्छ त भन्ने एंगलवाट हेर्दा नेपालको मामिलामा भारतलाइ असफल बनाएर अमेरीका हावी हुने राजनीति वा भारतले गणतन्त्र समेत स्विकार गरेकाले उसलाइ बाइपास गर्ने दरवारीया शक्ति नै देख्छु म त ।जे भएपनि फोरमको लक्ष भनेको चैत २८ मा कुनै हालतमा चुनाव हुन नदिने रणनीति नै रहेको प्रष्ट भइसक्यो अब । यसका लागि सरकार अब कि लम्पसार परेर हैन उपेन्द्र प्रभो भन्नु पर्यो हैन भने फोरमविनाको संविधान सभाका लागि मुटु दरिलो बनाएर चुनावमा होमिने बाहेकको अर्को कुनै विकल्पै छैन ।
दीपेन्द्र र नीराजनका शेयर ट्रस्टमा राखिने
काठमाडौं, फागुन १४ - दीपेन्द्र र नीराजन शाहको मृत्युपछि अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवीमा नामसारी भएका शेयर नेपाल ट्रस्टमा राख्ने प्रक्रिया थालिएको छ । गृहमन्त्री कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा मंगलबार बसेको बैठकले त्यसको व्यवस्था मिलाउन राष्ट्र बैंक र नेपाल औद्योगिक विकास निगमलाई निर्देशन दिएको छ । नबिल बैंकका ४० हजार ९ सय ५० र निगमका ६ हजार ७ सय ५० कित्ता शेयरको नामसारी अर्थ मन्त्रालयमार्फ राष्ट्र बैंक र उद्योग मन्त्रालयमार्फ निगमलाई निर्देशन दिइएको हो । यो बैंकको हालको बजार मूल्य प्रतिशेयर ४ हजार रुपैया“ छ । यो काम ट्रस्ट ऐन २०६४ को दफा ४ को उपदफा -२) र -४) बमोजिम गर्न लागिएको हो ।
आगलागीमा परी एकै परिवारका तीन दिदीबहिनीको मृत्यु
रुकुमको आठविसकोट गाविस वडा नम्बर २ मा आगलागीबाट एकै घरका तीन दिदीबहिनीको मृत्यु भएको छ।
गएराति स्थानीय लालबहादुर विकको घरका लागेको आगोले जलेर उनका तीन छोरीको मृत्यु भएको हो ।
मृतकहरुमा ९ वर्षिया चेतना, ६ वर्षिया सुशिला र ४ वर्षिया प्रमिला रहेको प्रहरीले जनाएको छ। आगलागीबाट अन्य दुई घर समेत जलेका छन् ।

तेल नपाएपछि राजधानीमा प्रदर्शन
२७ फेब्रअरी, ०८ । सर्बसाधारणलाई बेवास्ता गर्दै बिचमा ठूलाबडा मान्छेलाई तेल बितरण गरेको भन्दै आज विहान राजधानीका केही स्थानमा प्रदर्शन भएका छन् । प्रहरीको पेट्रोल पम्प रहेको नक्सालमा लाईन वसेका सर्वसाधारणलाई वेवास्ता गर्दै वीचमा 'आफ्ना मान्छे' लाई तेल दिएको भन्दै सर्वसाधारणले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले केहीबेर सवारी साधन सडकमा तेर्साएर आवागमन अवरुद्ध गरे । यसैगरी वालाजु नयाँ वसपार्कक्षेत्रमा पनि यातायात मजदुरहरुले तेल नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आफ्ना सवारीलाई सडकमा राखेर यातायात अवरुद्ध पारेका छन् । बिभिन्न बाहानामा राजधानीमा सजिलैरुपमा सर्बसाधारणले तेल पाउन छाडेको करिब एक महिनानै भईसके पनि समस्या समाधानको साटो झन् कठीन हुँदै गएको छ ।
सिराहामा यात्रुबसमाथि बम प्रहार
२७ फेब्रुअरी, ०८ । गएराति प्रहरीको स्कटीङको सहयोगमा काठमाडौंबाट वेलटार जादै गरेको ना २ ख १२८ नम्बरको एक यात्रुवाहक बसमा जनतान्त्रिक तराई मुक्तीमोर्चा गोईत समूहले पेट्रोल बम प्रहार गरेको छ । बम प्रहारपछि आगजनी भएको बसका केही यात्रुहरू घाईते भएका छन् । गम्भिर घाईते भएका भोजपुर ताङसाका ३५ बर्षीय जिलमान राइ र उनकी २४ बर्षीय बहिनी सम्झना राइलाइ उपचारका लागि विपी कोईराला मेमोरियल अस्पताल धरान लगिएको छ । काठमाडौंबाट प्रहरीको स्कटीङमा पूर्बको वेलटार जादै गरेको सो बस सिराहाको गोलबजारमा पुगेपछि गोइत समूहका कार्यकर्ताले पेट्रोलबम हानेका थिए । पेट्रोलबम प्रहारबाट बस पूर्णरूपमा जलेर नष्ट भएको छ भने वेलटार हिडेका यात्रुहरू सिराहामा नै अलपत्र परेको बताईएको छ ।कर्फ़्यू लागेको समयमा आज मध्यरात १:३० बजे बसमा बम प्रहार गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले बस स्कटिङ गर्नका लागी प्रत्येक राती ९ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा कर्फ़्यू लगाउँदै आएको छ ।
एमालेका २ सय ४० उम्मेदवार
२७ फेब्रुअरी, ०८ । नेकपा (एमाले) को स्थायी समितिको गत शनिबार राती भएको बैठकले उल्लेख्य युवासहित संविधानसभाको निर्वाचनमा २ सय ४० जना उम्मेदवारको अन्तिम नामावली पारित गरेको छ, जुन यसप्रकार छ । २ सय ४० मध्ये एमालेले ६१ जना मधेसीलाई उम्मेदवार बनाएको छ, जुन २५ दशमलव ४१ प्रतिशत हुन्छ । त्यसैगरी, ५१ जना जनजाति उम्मेदवार बनेका छन्, जुन २१ दशमलव २५ प्रतिशत हुन्छ । एमालेबाट २४ जना महिलाले उम्मेदवारी पाएका छन्, जुन कुल उम्मेदवारको १० प्रतिशत हुन्छ । ताप्लेजुङ - १- तिलकुमार मेयाङ्वो, २- डम्बरध्वज तुम्बाहाम्फे । पांचथर - १ - गणेश काङवाङ, २- डम्बर सम्बाहाम्फे । इलाम - १- झलनाथ खनाल, २- सुवास नेम्वाङ, ३- धर्म उप्रेती । झापा- १- नरेश खरेल, २- मेनका काफ्ले, ३- पुष्प पोखरेल, ४- देवेन्द्र दाहाल, ५- तारा समयाङ्या, ६- दीपक कार्की, ७- केपी शर्मा ओली । संखुवासभा - १- कवानसेन राई, २- डम्बर खड्का । तेह्रथुम - १- भवानी खापुङ । भोजपुर - १- जयन्ती राई, २- शेरधन राई । धनकुटा - १- रकम चेम्जोङ, २- धर्मराज पौडेल । सुनसरी- १- मनोजकुमार मेयाङ्वो, २- धर्मराज निरौला, ३- श्रीकुमारी चौधरी, ४- पर्शुराम यादव, ५- महफुज अन्सारी, ६- भीमप्रसाद आचार्य । मोरङ- १- गंगादेवी डा“गी, २- भरतमोहन अधिकारी, ३- नरेश पोखरेल, ४- ज्ञानेश्वर राजवंशी, ५- मीना यादव, ६- महेश रेग्मी, ७- सत्यनारायण चौधरी, ८- गुरु बराल, ९- भुवनसिंह राई । सोलुखुम्बु- १- बुद्धि राजभण्डारी । खोटाङ- १ - पांचर्ण (पी.के.) राई, २- विशाल भट्टराई । ओखलढुंगा- १- यज्ञराज सुनुवार, २- किशोर अधिकारी । उदयपुर - १- अशोककुमार राई, २- बलदेव चौधरी, ३- शम्भु थापा । सप्तरी - १- सुमन प्याकुरेल, २- जगदेव यादव, ३- रञ्जु ठाकुर, ४- जगदीशप्रसाद साह, ५- दानालाल चौधरी र ६- रामेश्वर मण्डल । सिराहा - १- गंगाप्रसाद यादव, २- रामचन्द्र यादव, ३- प्रमोदकुमार यादव, ४- रामऔतार यादव, ५- धर्मनाथप्रसाद साह, ६- सीतादेवी साह । सिन्धुली - १- विषमलाल अधिकारी (दनुवार), २- केशवप्रसाद देवकोटा, ३- सूर्य पाख्रिन । धनुषा - १- रामचन्द्र झा, २- रत्नेश्वर गोइत, ३- हरिदेव मण्डल, ४- रघुवीर महासेठ, ५- रामरतन यादव, ६- योगनारायण यादव, ७- शत्रुघन महतो । महोत्तरी - १- अरूणसिंह थारु, २- डा. राजकिशोर साह, २- रामदयाल मण्डल, ४- जामुन मण्डल, ५- दीपनारायण साह, ६- सुरेन्द्रराज सिंह । सर्लाही - १- प्रकाश पाख्रिन, २- रिझमान अन्सारी, ३- हरि उपे्रती, ४- राजनारायण साह, ५- भाग्यनारायण यादव, ६- अवधेशप्रसाद सिंह । रसुवा - १- माधव अर्याल धादिङ - १- रामहरि अधिकारी, २- गंगालाल तुलाधर, ३- राजेन्द्र पाण्डे । नुवाकोट- १- राजेन्द्र लोहनी, २- विन्दा ढुंगाना, ३- महेन्द्र पाण्डे । काभ्रे- १- संग्रामजीत लामा, २- केशव बडाल, ३- कृष्णप्रसाद सापकोटा, ४- विदुरप्रसाद सापकोटा । सिन्धुपाल्चोक - १- अरूण नेपाल, २- सुभास कर्माचार्य, ३- शेरबहादुर तामाङ । दोलखा - १- पशुपति चौलागाईं, २- आनन्दप्रसाद पोखरेल । रामेछाप - १- देवशंकर पौडेल, २- कैलाश ढुंगेल । काठमाडौं - १- प्रदीप नेपाल, २- माधवकुमार नेपाल, ३- रामेश्वर फुयाल, ४- विद्या भण्डारी, ५ इश्वर पोखरेल, ६- योगेश भट्टराई, ७- राजेन्द्र श्रेष्ठ, ८- अष्टलक्ष्मी शाक्य, ९- कृष्णगोपाल श्रेष्ठ, १०- सानु श्रेष्ठ । भक्तपुर- १- कृष्णसुन्दर घो, २- गणेशबहादुर खत्री । ललितपुर - १- मधुसूदन पौडेल, २- सिद्धिलाल सिंह, ३- रघु पन्त । मकवानपुर - १- बद्री लम्साल, २- वीरबहादुर लामा, ३- अनन्त पौडेल, ४- रामेश्वर रानामगर । रौतहट- १- रेवन्त झा, २- शैलेन्द्र साह, ३- कमलराय यादव, ४- डा. वंशीधर मिश्र, ५- अखिलेश्वरप्रसाद चौधरी, ६- माधवकुमार नेपाल । बारा - १- छटुप्रसाद यादव, २- राजेन्द्र साह, ३- श्रीप्रसाद पासवान, ४- मोहमुद आलम, ५- बलवीर चौधरी, ६- पुरुषोत्तम पौडेल । पर्सा १- बाबुजान अली, २- विचारी यादव, ३- रामचन्द्र साह, ४- प्रद्युम्न चौहान, ५- जयप्रकाश थारु । चितवन - १- लालमणि चौधरी, २- काशीनाथ अधिकारी, ३- देवी ज्ञवाली, ४- पार्वती रावल, ५- विजय सुवेदी । गोर्खा- १ बाबुराम थापा, २- हरि काफ्ले, ३- विकलकुमार श्रेष्ठ । मनाङ- मंगलबहादुर गुरुङ । लमजुङ- मायानाथ अधिकारी, २- पृथ्वीसुब्बा गुरुङ । कास्की - १- खगराज अधिकारी, २-गजकुमारी गुरुङ, ३- रविन्द्र अधिकारी, ४- सीता गिरी । तनहुं - १- एकबहादुर राना, २- प्रतापलाल श्रेष्ठ, ३- किरण गुरुङ । स्याङ्जा - १- हितकाजी गुरुङ, २- चक्रबहादुर पराजुली, ३- मुक्ति पाठक । गुल्मी- १- मैना भण्डारी, २- प्रदीप ज्ञवाली, ३- गोकर्णराज विष्ट । पाल्पा- १- दलबहादुर राना, २- सोमप्रसाद पाण्डे, ३- कुलप्रसाद नेपाल । अर्घाखांची - १- चेतनारायण आचार्य, २- डा. डिल्लीराज खनाल । नवलपरासी - १- देवकला बराल, २- जीवन श्रेष्ठ, ३- कृष्ण पौडेल, ४- वैजनाथ चौधरी, ५- रामलखन हरिजन, ६- राधिका शर्मा । रूपन्देही- १- बाबुराम चौधरी, २- देवी चौधरी, ३- लीला गिरी, ४- विष्णुप्रसाद पौडेल, ५- रामनाथ ढकाल, ६- बाबुलाल यादव, ७- लैलुनिशा मुसलमान । कपिलवस्तु - १- बलराम अधिकारी, २- सहसराम यादव, ३- आजाद मुसलमान दर्जी, ४- नेत्रराज अधिकारी, ५- सफर मियां । मुस्ताङ- चन्द्रबहादुर गुरुङ । म्याग्दी - नरदेवी पुन । बाग्लुङ- १- रामजीप्रसाद शर्मा, २- श्रीप्रसाद शर्मा, ३- सुनिल शेरचन । पर्वत- १- गणेश शर्मा पौडेल, २- मोतीप्रसाद पौडेल । रुकुम - १- देवी वली, २- शेरबहादुर के.सी. । रोल्पा- पृथ्वीप्रसाद रोका, २- शान्तकुमार ओली । प्यूठान- १- धनबहादुर रायमाझी, २- रमेशप्रसाद राजभण्डारी । सल्यान- १- प्रकाश ज्वाला, २- उदयबहादुर बोहरा । दाङ- १- रेवतीरमण शर्मा, २- नरुलाल चौधरी, ३- छविलाल ओली, ४- युवराज ज्ञवाली, ५- गीता शर्मा । डोल्पा - ओमबहादुर बुढा । मुगु- चन्द्रबहादुर शाही । जुम्ला- डिल्ली महत । कालीकोट- तुलाराज विष्ट । हुम्ला - गोरखबहादुर बोगटी । जाजरकोट- १- रीता रावल, २- कृष्णबहादुर वि.सी. । दैलेख - १- अमरबहादुर थापा, २- राजबहादुर बुढा । सुर्खेत - १- ऋषिप्रसाद शर्मा, २- यामलाल कंडेल, ३- नवराज रावत । बांके- १- देवराज भार, २- दिनेश यादव, ३- समसुद्दिन शिद्धिकी, ४- गोविन्द कोइराला । बर्दिया - १- वामदेव गौतम, २- श्याम ढकाल, ३- लक्ष्मण ज्ञवाली, ४- सुष्मा चौधरी । बाजुरा- कर्णबहादुर थापा । अछाम- १- शेरबहादुर कुंवर, २- शिवप्रसाद उपाध्याय । बझाङ- १- भानुभक्त जोशी, २- वीरेन्द्रबहादुर भण्डारी । डोटी- १- हर्कबहादुर सिंह, २- प्रेमबहादुर आलेमगर । कैलाली- १- मदनकुमारी शाह (गरिमा शाह), २- मोहनसिंह राठौर, ३- होरीलाल चौधरी , ४- पार्वती चौधरी, ५- हरिशंकर योगी, ६- दीपक देवकोटा । दार्चुला - १- गणेशसिंह ठगुन्ना बैतडी- १- दामोदर भण्डारी, २- माया भट्ट । डडेल्धुरा - विक्रमबहादुर शाही । कञ्चनपुर - १- रामकुमार ज्ञवाली, २- मायाराम चौधरी, ३- गोविन्द कलौनी, ४- राजेन्द्रसिंह रावल ।

छुट्टाछुट्टै घटनामा ४ को ज्यान गयो
२७ फेब्रुअरी, ०८ । रुकुमको आठबीसकोट गाविस रारीजीउलामा गएराति आगलागी हुँदा एकैघरका तीन बालिकाको ज्यान गएको छ भने यता सुनसरीमा प्रहरीको गोली लागी एकको मृत्यु भएको छ । खरको छाना भएका तीनवटा घरमा आगो लाग्दा प्रेमबहादुर विकका छोरीहरु ९ बर्षिय चेतना विक, ६ बर्षिय सुशीला विक र ४ बर्षिय प्रमिला विकको ज्यान गएको हो । अचानक घरमा आगो सल्केपछि घरभित्र सुतिरहेका बालिकालाई बाहिर निकाल्न नसकीएपछि उनीहरुको ज्यान गएको बताईएको छ । आज बिहान कर्फ़्यू तोड्नेक्रममा प्रहरीले चलाएको गोली लागी सुनसरीको दुहबीमा ३५ बर्षिय विष्कुट मियाँको ज्यान गएको छ । मियाँलाई मधेशी जनाधिकार फोरम र वाईसिएलले आफ्नो कार्यकर्ता भएको दाबी गरेका छन् । कर्फ़्यू उल्लंघन गर्दै प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसंगको झडपमा अन्य पाँच जना घाईते भएका छन् ।
Tuesday, February 26, 2008
ट्राफिक प्रहरीको टोपीमा श्रीपेच
काठमाडौं, फागुन १३ - सरकारले नौ महिनाअघि निशाना छाप परिवर्तन गरे पनि ट्राफिक प्रहरीको टोपीमा श्रीपेच अंकित पुरानै चिह्न छ । ट्राफिक प्रहरीको सेतो टोपीको दाया“तर्फश्रीपेच र खुकुरी क्रस अंकित चिह्न छ ।
'आफैंले झिक्न मिल्दैन के गर्ने -' एक ट्राफिक प्रहरीले भने- 'माथिको आदेश चाहिन्छ ।' लोकतन्त्र पर्ुनर्बहालीपछि सरकारले श्रीपेच अंकित छाप हर्टाई लालिगुरा“स र बीचमा नेपालको नक्सा भएको नया“ चिह्न कायम गरेको थियो ।
गृहमन्त्रालयका सचिव उमेश मैनालीले धेरै प्रहरीको परिवर्तन भइसकेको जनाए । भने- 'ट्राफिक प्रहरीको टोपीमा पुरानै निशाना चिह्न भएको मैले पनि सुनेको छु, बा“कीलाई तत्काल परिवर्तन गर्नेछौं ।'
ट्राफिक महाशाखा रामशाहपथस्थित प्रतीक्षालयमा रहेको श्रीपेच अंकित निशाना पनि हटाइएको छैन । महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीष्म प्रर्साईंले टोपीको टा“क फर्ेन हेडक्वाटरबाट टेन्डर आह्वान भइसकेको जनाए । 'अधिकृतहरू सबैको परिवर्तन भयो ।
सिपाइहरू धेरै भएकाले ढिला भएको हो,' उनले भने । परिवर्तका लागि पैसा निकासा भइसकेको उनले जनाए । ट्राफिकको टोपीमा मात्र होइन सिंहदरबारको मूल गेटमा पनि पुरानै चिह्न छ । 'म त्यो तत्काल भत्काएर नया“ चिह्न बनाउन आदेश दिन्छु,' गृहसचिव मैनालीले भने ।

मैनबत्तीको उज्यालोमा उमेदवारी दर्ता
पोखरा, १३ फागुन/प्रत्यक्ष निर्वाचन प्रणाली अर्न्तर्गत सोमबार निर्वाचन कार्यालय पोखरामा ठुला राजनीतिक दलहरुले मैन बत्तीको उज्यालोमा उमेदवारी दर्ता गरेका छन् । दैनिक आठघण्टाको लोडसेडिङकोले अन्धकार बनेको नर्वाचन कार्यालयमा मैनबत्तीको उज्यालोमा ठुला दलले उमेदवारीको दर्ता गरेका हुन् । विहानैदेखि चहलपहल देखिएको पोखरा उपमहानगरपालिका राष्ट्रबैंक चोकस्थित निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गराउन स्थानीय विकास मन्त्री देव गुरुङ बाजागाजासहित पुग्नुभएको थियो । मैनबत्तीको उज्यालोको सहयोगमा उहाँले उमेदवारी दर्ता गराउनुभएको थियो । उमेदवारी दर्तापछि उहाँले चुनावमा तर्राईबासीलाई पनि सहभागि गराउन माओवादीले् अधिकतम लचकता अपनाएको बताउनुभयो । कास्कीको क्षेत्र नं १बाट उमेदवारी दिनुभएका गुरुङले चुनावलाई राजनीतिक अन्दोलनको रुपमा लिएको बताउँदै तर्राईमा आन्दोलनरतलाई चुनावमा भाग लिन आहवान समेत गर्नुभयो । 'सघीय लोकतान्त्रिक गणतन्त्रण र राष्ट्रियताको विषयलाई लिएर चुनावमा माओवादी सहभागि भएको हो ।' उहाँले सञ्चारकर्मीसित भन्नुभयो-'चुनाव राजनीतिक आन्दोलन समेत हो ।'उहाँले चुनावमा बाम एकताको सम्भावना रहेको समेत उल्लेख गर्नुभयो । मन्त्री गुरुङले अहिलेको अवस्थामा बाम एकताको खाँचो रहेकोले बामएकताको अवधारणा अघि बढेको स्पष्ट पार्नुभयो । मन्त्री गुरुङले कास्की र मनाङबाट समेत उमेदवारी दिनुभएको छ । मनाङमा प्रतिनिध मुकरर गरेर उमेदवारी दिएको जानकारी दिनुभयो । राप्रपा कास्की, नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी, जनमोर्चा, नेपाल जनभावना पार्टी नेकपा संयु्क्त लगायतले उमेदवारी दर्ता गरेका थिए । एचआइभी र एड्ससँग सम्बन्धीत कम्युनिटी सर्पोटग्रुप पोखराका अध्यक्ष मनोज गुरुङले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । राज्य र सरकारले एचआइभी संक्रमितहरुको हकहितको निम्ति कुनै पहल नगरेको भन्दै उहाँल उमेदवारी दिएको स्पष्ट पार्नुभयो । कास्कीको चारै निर्वाचन क्षेत्रमा काग्रेसका तर्फाट क्रमश यज्ञबहादुर थापा, शारदा पौडेल, बृन्दा रानामगर र प्रकाशबहादुर गुरुङ छन् । एमालेको तर्फाट खगराज अधिकारी, गजकुमारी गुरुङ, रविन्द्र अधिकारी र सीता गिरी छन् । त्यस्तै माओवादीको तर्फाट स्थानीय बिकास मन्त्री देव गुरुङ, राजकाजी गुरुङ करण, झलकपाणी तिवारी र दुर्गा विक हुन् । राप्रपाको तर्फाट नन्दबहादुर गुरुङ, कमलमान गुरुङ, हरि प्रसाद बराल र पुर्णाखर सुनार छन् । सवै राजनीतिक दल उमेदवारी दर्ता गराउन दलबलसहित निर्वाचन कार्यालय पुगेका थिए ।
उम्मेदवारी दिने क्रममा भएको झडपमा दुईको मृत्�यु
संविधानसभाको निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवारी दिनेहरूको मनोनयन दर्ता गराउने क्रममा तर्राईका विभिन्न जिल्लामा तनाव हुनुका साथै झडपमा दुइ जनाको मृत्यु भएको छ।
स्थानीय संवाददाताका अनुसार सुनसरीको इनरुवामा भएको तनावमा मनोनयन दर्तास्थलभन्दा केही टाढा सिभिल ड्रेसमा रहेका प्रहरी हबलदार शुक्रलाल माझीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। सीमासुरक्षा बल सुनसरीमा कार्यरत रहेका माझीको हत्याको जिम्मेवारी जनतान्त्रिक तर्राई मुक्ति मोर्चा (ज्वालासिंह समूह) ले लिएको छ।
तनाव साम्य पार्न प्रशासनले इनरुवामा सोमबार राति कर्फर्यु आदेश जारी गरेको छ।
सुनसरीकै दुहबीमा थारू कल्याणकारी सभाले एक मधेस एक प्रदेशको विरोधमा सभा गर्न लाग्दा दुइ पक्षबीच झडप हुँदा त्यहाँ पनि प्रशासनले कर्फर्यु आदेश जारी गरेको छ। तनावका बाबजुद दलहरूले उम्मेदवारी भने दर्ता गराएका थिए।

कर्फ्युको विरोधमा सप्तरीमा विहानै देखी प्रदशन
संविधानसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रममा सोमबार भएको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएपछि दोस्रो दिन पनि सप्तरीको राजविराजमा बिहानैबाट झडप सुरु भएको छ।
स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि कर्फ्यु उल्लंघन गर्दै बिहानैबाट प्रदर्शन भइरहेको बताइएको छ।
स्थानीय प्रशासनले बिहानैबाट कर्फ्यु लगाए पनि राजविराजमा प्रदर्शन भइरहेको छ। सोमबार त्यहाँ गुल्चन दासको प्रहरीको गोली लागी मृत्यु भएको थियो । राजविराजका विभिन्न स्थानमा बिहानैबाट सडकमा टायर बालेर प्रदर्शन भइरहेको छ।
राजविराजको गुनौली मोड भन्ने स्थानमा प्रदर्शनकारीसँग भएको झडपमा प्रहरीले आधा दर्जन बढी हवाई फायर गरेको बताइएको छ। त्यस्तै प्रदर्शनकारीहरुले राजविराजबाहिर भारदह, टोपा बजार, हनुमान नगर, कञ्चनपुरमा पनि प्रदर्शन भइरहेको छ।

बारा, पर्सा, सप्तरी, सुनसरी लगायतका क्षेत्रमा विहानैदेखी कर्फ्यु
सरकारले पेट्रोलियम पदार्थ ढुवानीका लागि भन्दै विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यु आदेश जारी गरेको छ। बारा, पर्सा, सुनसरी, सप्तरीलगायतको क्षेत्रमा स्थानीय प्रशासनले बिहान ८ बजेदेखि कर्फ्यु लगाएको हो ।
वीरगञ्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु पूर्वमा नेशनल मेडिकल कजेल, पश्चिममा रानीघाट, उत्तमरमा बाराको सीमा र दक्षिणमा भारतको सीमासमम्म लागु हुनेछ ।
त्यस्तै बारा प्रशासनले वीरगञ्ज पथलैया करिडोरको दक्षिणमा पर्साको सीमादेखि उत्तरमा सुर्य नेपाल प्रालिसम्म मंगलबार बिहान ८ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु लगाएर इन्धन आयात गर्न झण्डै डेढ सय बढी खाली ट्याङ्कर र ग्यासका बुलेट तयारी अवस्थामा राखिएको बताइएको छ।
त्यस्तै सुनसरीमा बिहानैबाट १२ घण्टे कर्फ्यु जारी गरेको छ। कोशी राजमार्गको दुहवी सोनापुर खण्डमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । त्यस्तै सप्तरीको राजविराजमा पनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।
दुई साता लामो अनिश्चितकालीन आमहड्ताल र कर्फ्युले त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। बन्दको १४औं दिन मंगलबार पनि तराईको जनजीवन प्रभावित बनेको छ। विभिन्न स्थानमा बिहानैबाट प्रदर्शन सुरु भएका छन् भने बजार पसललगायत ठप्प प्रायः छन् ।
बन्दका कारण सुनसरीमा अलपत्र ६ दर्जन बढी सवारी साधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्�याएको जनाएको छ। यस्तै भारतको जोगवनीमा रोकिएका दुई दर्जन बढी कन्टेनरलाई सुनसरी मोरङ औद्योगिक करिडोर पुर्�याइएको छ।
यसैबीच पूर्वी तराईमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधनमाथि आक्रमणको विरोधमा व्यवसायीहरुले मंगलबारबाट पुनः सेवा अवरुद्ध गरेका छन् । आफ्नै प्रतिवद्धताविपरीत प्रदर्शनकारीले सोमबार झापाको दमकमा पुनः एउटा एम्बुलेन्स तोडफोड गरेका थिए । इटहरी, झुक्का, धरान र इनरुवा, सप्तरी, सिराह, विराटनगर लगायत दर्जनौं एम्बुलेन्स सेवा रोकिएका छन् ।
यसैबीच सुनसरीको दुहवीमा प्रहरीको गोली लागी सोमबार घाइते भएका मधेशी जनअधिकार फोरम मधेशका राजेन्द्रकुमार विश्वास, गोपाल साह, अमर अग्रहरि र जाकिर मियाँको गम्भीर अवस्थामा धरानमा उपचार भइरहेको छ। मियाँको टाउकोमा, साहको छातीमा, विश्वासको खुट्टामा र अग्रहरिको हातमा गोली लागेको बताइएको छ।

राजधानीमा संविधानसभाको रौनकता बढ्यो
२६ फेब्रुअरी, ०८ । यो बर्षको लामो चिसो हिउँदको अन्त र फागुण महिनाको तातोपनसंगै संविधानसभाको चुनावी चहलपहलले राजधानीको सरगर्मी ह्वाट्टै बढेर गएको छ । समानुपातिक प्रणालीअन्तर्गत फागुन ८ र १२ मा उम्मेदवारको बन्द सूची पेस हुनुका साथै प्रत्यक्षतर्फ २४० क्षेत्रमै उम्मेदवारी दर्ता भएबाट सो चहलपहल शुरु भएको हो ।दुइ पटक चुनाव सरेपछि जनतामा चुनाव हुन्छ कि हुँदैन भन्ने अविश्वास पैदा भइरहेका बेला केही जिल्लामा तनाबका बीच उम्मेदवारको मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । मधेसमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाले सुनसरी, सप्तरी, सिरहा, नवलपरासीलगायतका केही जिल्लाका अवरोध खडा गर्ने प्रयास भए पनि सबै जिल्लामा उम्मेदवारी दर्ता भएको छ ।काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी २२१ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने मनाङ जिल्लाको एउटा निर्वाचन क्षेत्रमा सबैभन्दा कम तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको क्षेत्र नं. ७ मा सबैभन्दा बढी ३७ जनाले उम्मेदवारी दिएका छन् । २ सय ४० निर्वाचन क्षेत्रमा गरी जम्मा दुइ हजार २ सय ११ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी निर्वाचन आयोगले दिएको छ ।संविधानसभाको चुनाव विथोल्ने अभियानमा लागेको संयुक्त मधेसी मोर्चा, सूर्यबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय जनशक्ति पार्टी उम्मेदवारी दर्ता गराएका छैनन् । काठमाडौंमा उम्मेदवारी दर्ता गराउन आएका विभिन्न राजनीतिक दलहरूले बाजागाजा, विभिन्न झाँकीसहित उम्मेदवारी दर्ता गराएका थिए । काठमाडौंका क्षेत्र नं. १० मा माओवादी अध्यक्ष प्रचण्ड, एमालेका स्थानीय नेता सानु श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता राजन केसी, राष्ट्रिय प्रजातन्त्र पार्टी मदन थापाबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरी क्षेत्र नं ५ मा कांग्रेसका चर्चित गणतन्त्रवादी नेता नरहरि आचार्य, एमालेका इश्वर पोखरेल र माओबादीका बिपेन्द्र महर्जनबीच पनि तिब्र प्रतिस्पर्धा हुने भएको छ । ।काठमाडौं उपत्यका नेकपा (एमाले) क्षेत्र नं. १ बाट शिक्षा तथा खेलकुद मन्त्री प्रदीप नेपाल र नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंह, राप्रपाका तारानाथ लुइँटेल, माओवादीका राममान श्रेष्ठबीच चर्को प्रतिस्पर्धा हुने भएको छ । प्रकाशमान सिंह काठमाडौंका रैथाने हुन् भने प्रदीप नेपाल बाहिरबाट आएर उम्मेदवारी दर्ता गराएका हुन् ।त्यसो त एमालेले उम्मेदवार बनाएका काठमाडौंका प्रदीप नेपाल, माधव नेपाल, विद्या भण्डारी र इश्वर पोख्रेल, योगेश भट्टराई बाहिरी जिल्लाका हुन् । कांग्रेसका सबै नेताहरू काठमाडौंकै स्थायी बसोबास भएका नेताहरू चुनावी मैदानमा छन् राजधानीको काठमाडौं जिल्लाका १० क्षेत्रमा तिब्र प्रतिस्पर्धा हुने देखिएका प्रमुख राजनैतिक दलका उम्मेदवारहरु : क्षेत्र नं. १ मा प्रकाशमान सिंह (नेपाली काँग्रेस), प्रदीप नेपाल (एमाले), राममान श्रेष्ठ (माओबादी) क्षेत्र नं. २ मा दीपप्रकाश कुइँकेल (नेपाली काँग्रेस), माधव नेपाल (एमाले), झक्कु सुबेदी (माओबादी) क्षेत्र नं ३ मा चक्रबहादुर ठकुरी (नेपाली काँग्रेस), रामेश्वर फुँयाल (एमाले), मनु हुँमागाई (माओबादी) क्षेत्र नं. ४ मा सुप्रभा घिमिरे (नेपाली काँग्रेस), बिद्या भण्डारी (एमाले), पवनमान श्रेष्ठ (माओबादी) क्षेत्र नं. ५ मा नरहरि आचार्य (नेपाली काँग्रेस), इश्वर पोखरेल (एमाले), बिपेन्द्र महर्जन (माओबादी) क्षेत्र नं ६ मा भीमसेनदास प्रधान (नेपाली काँग्रेस), योगेश भट्टराई (एमाले), हितमान शाक्य (माओबादी) क्षेत्र नं ७ मा प्रमिला सिंह (नेपाली काँग्रेस), राजेन्द्र श्रेष्ठ (एमाले), हिसिला यमी (माओबादी) क्षेत्र नं ८ मा नविन्द्रराज जोशी (नेपाली काँग्रेस), अष्टलक्ष्मी शाक्य (एमाले), सबोत्तम डंगोल (माओबादी) क्षेञ नं. ९ मा ध्यानगोविन्द रञ्जित (नेपाली काँग्रेस), कृष्णगोपाल श्रेष्ठ (एमाले), माईला लामा (माओबादी) क्षेत्र नं १०. राजेन्द्रकुमार केसी (नेपाली काँग्रेस), सानु श्रेष्ठ (एमाले), पुष्पकमल दाहाल प्रचण्ड (माओबादी)
दुई शसस्त्र समूहबीच एकता
२६ फेब्रुअरी, ०८ । जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुह र तराई कम्युनिष्ट पार्टीवीच कार्यगत एकता भएको छ । मुक्ति समूहले एक हप्ताअघिमात्र ज्वाला समुह छाडेर अर्को समुह खोलेका थिए । मधेश आन्दोलनलाई अझ ससक्त ढंगले लैजाने उदेश्यले कार्यगत एकता गरिएको राजन मुक्तिले बताएका छन । ६ सुत्रिय सम्झौता गरि कार्यगत एकता गरिएको हो ।कार्यगत एकतामा तराईमा शसस्त्र संघर्षरत बिच एकताको पहल गर्ने, हाल चलिरहेको मधेश आन्दोल समर्थन गदै कार्यकर्ता परिचालन गर्ने, अधिकारवादी आन्दोलनलाई व्यवस्थित गर्न स्वतन्त्रता अभियान जनपरिचालन समिति तयार गरेको छ । संगठनको परिचाल समितिका संयोजकमा राजन मुक्तिले गर्ने भएका छन ।यसैगरी कार्यगत एकतामा संविधानसभाको उम्मेदवारका लागी मनोयन दर्ता गराएका ब्यक्तिहरुलाई भौतिक कारवाही गर्ने समेत चेतावनी दिएका छन् ।
उम्मेदवारको नामावली आज सार्वजनिक गरिने
२६ फेब्रुअरी, ०८ । निर्वाचन आयोगले संविधानसभा चुनावका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत सोमबार देशभर दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशित गर्दैछ ।प्रकाशित उम्मेदवारीका सम्बन्धमा भोलि १५ गते उजुरी हाल्न सकिने, १६ गते छानबिन हुने, १७ गते उम्मेदवारी फिर्ता लिने समय आयोगले तोकेको छ । आगामी १८ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित गरिने र १९ गते चुनाव चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । सोमबार काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा गरी २२१ र ललितपुरमा ५६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । देशभरि २४० निर्वाचन क्षेत्रमा २ हजार २ सय ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी
२६ फेब्रुअरी, ०८ । बिभिन्न माग राखि बिगत लामो समयदेखि आन्दोलनरत नेपाल शिक्षक गणतान्त्रिक मञ्चले आजदेखि जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । मञ्चले आज बिहान ९ बजेदेखि देशका ७५ वटै जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।आफ्ना मागहरुप्रति फेरि पनि बेवास्ता गरिए आगामी १९ गतेदेखि रत्नपार्कको शान्तिबाटिकामा अनिश्चितकालिन रिले अनशन बस्ने कार्यक्रम रहेको अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका महासचिव दिनेश थापाले जानकारी दिनु भएको छ ।
Monday, February 25, 2008
डोटीमा वस दुर्घटनाहँदा तीनको मृत्यु
२५ फेब्रुअरी, ०८ । डोटीको रुवस डाँडामा गएराती एक यात्रुवस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै ज्यान गएको छ । दार्चुलावाट आउँदै गरेको म १ ख ५६९४ नम्वरको वस राती करिव एक वजे दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । अहिलेपनि सो क्षेत्रमा उद्दार कार्य जारी रहेको छ । मृत्यु हुनेमा लवदेव पन्त र नवराज भट्टको पहिचान खुलेको वताइएको छ ।
एक मधेशको विरोधमा तराइभर विरोधसभा
२५ फेब्रुअरी, ०८ । थारु कल्याणकारी सभाले समग्र मधेश एक प्रदेशको विरोधमा आज तराइका सवै जिल्लाहरुमा कोणसभाको आयोजना गर्दैछ ।संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले सवै तराइलाइ एक प्रदेश मान्न माग गरेपछि सभाले थारुहरु मधेशी नभएको भन्दै विरोध जनाएका हुन् । संयुक्त थारु मुक्ति मोर्चाले पनि विरोधमा ऐक्यवद्धता जनाएको छ । यसअघि थारुहरुले हिजो काठमाण्डौमा थारुहट राज्यको माग गर्दै धर्ना र प्रदर्शन गरेका थिए ।
उम्मेदवारी दिने क्रम जारी, तराइका बिभिन्न ठाउँमा झडप
२५ फेब्रुअरी, ०८ । बाजागाजा र जुलुस सहित दलहरुले संविधानसभा चुनावको प्रत्यक्षतर्फ दलहरुले देशभरि उम्मेदवारी दर्ता गराइरहेका छन् ।प्रत्यक्ष चुनाव प्रणाली अन्तरगत २ सय ४० चुनाव क्षेत्रमा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।दलहरुले बेलुकी ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन् । नेकपा एमालेका महासचिव माधवकुमार नेपालले काठमाण्डू क्षेत्र नबंर दुइबाट उम्मेदवारी दिनुभएको छ भने माओवादी अध्यक्ष प्रचण्डले क्षेत्र नंबर १० बाट उम्मेदवारी दिनु भएको छ । यसैबीच तराइका केहि जिल्लाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । कतिपय ठाउँमा मनोनयन विथोल्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघीय गणतान्त्रिक मोर्चा र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दर्जनौं घाइते भएका छन् । कडा सुरक्षा घेराबीच दलहरुले सिरहा, र्सलाही, रौतहट, बारा, मोरङ, सुनसरी लगायत तर्राईका जिल्लामा उम्मेदवारी दर्ता गराइरहेका छन् ।
वार्ता अन्योलमा, स्वायत्त प्रदेशको माग सहमति नजिक
सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता संघीय प्रणालीअर्न्तर्गत स्वायत्त प्रदेशहरू निर्माण गर्ने कुरामा सहमतिको नजिक पुगेको छ ।
आइतबार साझदेखि सोमबार बिहान साढे ३ बजेसम्म वार्ता भइरहेको थियो 'हामी स्वायत्त मधेसमा सहमत भएका छौं, हामी अहिले मधेसी जनताको भावनालाई प्रतिविम्बित गर्ने गरी शब्द राख्न सकिन्छ भन्ने कुरामा छलफल गरी रहेका छौं,' बैठकमा सहभागी मोर्चाका नेता हृदयेश त्रिपाठीले सोमबार बिहान साढे ३ बजे भने ।
त्रिपाठीका अनुसार मधेस आन्दोलनका क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्न सरकार सहमत भएको छ । यसअघि मधेसी जनअधिकार फोरमसग भएको सम्झौतामा सरकारले मारिएकाहरूको परिवारलाई सहिदको परिवारलाई बराबर क्षतिपुर्ती दिने सहमति गरेको थियो ।
त्यसैगरी संविधानसभाको निर्वाचनका लागि समानुपातिक सूचीमा ३० प्रतिशतसम्म मात्र उम्मेदवारी दिने राजनीतिक दलले कोटा प्रणाली पूरा गर्नु नपर्नेमा कुरामा समेत सरकार सहमत भएको बताइएको छ । यसअघि यो प्रतिशत २० थियो भने मोर्चाले ५० प्रतिशतको माग गरेको थियो ।
रातभरको वार्तामा सरकारका तर्फाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौली सहभागी थिए भने मोर्चाका तर्फाट महन्थ ठाकुर, त्रिपाठी, राजेन्द्र महतो, उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए ।
मोर्चाले 'एक मधेस एक स्वायत्त प्रदेश' लगायत माग राखी फागुन १ गतेबाट आन्दोलन सुरु गरेपछि जनजीवन कष्टकर हुदै गएको छ । संविधानसभाको निर्वाचनका लागि समानुपातिक निर्वाचनको सूची पेस गर्ने मिति आइतबार सकिएको छ । निर्वाचन आयोगले रातिसम्म फ्याक्समार्फ पठाउन सकिने उल्लेख गरेको थियो ।
तर्राई-मधेस लोकतान्त्रिक पार्टी मधेस जनअधिकार फोरम र सद्भावना पार्टी माघ २६ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका थिए । मोर्चाले आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेशसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अर्न्तर्गत एक मधेस स्वायत्त प्रदेशको व्यवस्था अन्तरिम संविधानमै राख्नुपर्ने माग गरेका थिए ।
अन्य मागहरूमा तर्राई आन्दोलनका क्रममा मारिएका ४५ जनालाई सहिद घोषणा गर्न, घाइतेहरूलाई उचित उपचार तथा क्षतिपुर्तीको व्यवस्था गर्न तथा संविधानसभा चुनाव ऐन संशोधन गर्नुपर्ने, राज्यका हरेक तह, निकाय र अंगमा मधेसीलगायतलाई समानुपातिक प्रतिनिधित्व अविलम्ब गराइनुपर्ने, सैनिक संरचनामा जनसंख्याको अनुपातमा तत्कालै मधेसीहरूको पहिचानसहित सेनामा समूहगत प्रवेश गराइनुपर्ने र राजनीतिक उद्देश्य प्राप्तिका लागि संघर्षरत मधेसी सशस्त्र संगठनहरूलाई मूलधारमा ल्याउन अविलम्ब राज्यको पहलमा र्सार्थक निकास खोजिनुपर्ने छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा वार्ताका लागि मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादव र सद्भावना पार्टी नेता लक्ष्मणलाल कर्णलाई राति पौने ९ बजे सिमराबाट नेपाली सेनाको हेलिकप्टरमा ल्याइएको थियो । उनीहरू काठमाडौ आइपुगेपछि होटलमा छलफल गरे पनि राति अबेर मात्र प्रधानमन्त्री निवास पुगेका थिए ।
यसअघि प्रधानमन्त्री निवासमा मन्त्रीहरूको अनौपचारिक बैठक बसेको थियो । मोर्चाका एक घटकमध्येको फोरमकै सहसंयोजक जयप्रकाशप्रसाद गुप्ताले भने वार्ता हुनुअघि नै प्रधानमन्त्रीको आश्वासन अथवा वार्ता टोलीस�गको समझदारीले मधेसको माग पूरा नहुने उल्लेख गर्दै संविधान संशोधन आवश्यक भएको बताए ।

दलहरु बीचको भिडन्त, को कोसँग भिड्दैछ त ?
१२ फागुन उम्मेदवार छनोटले दलहरूभित्र भाँडभैलो मच्चिएको छ । विवाद सबैजसो दलभित्र छ, कांग्रेस र एमालेका जिल्ला नेताहरूले पार्टीबाट राजीनामा नै दिएका छन् ।
उम्मेदवार छनोटमा मनपरी गरेको भन्दै कांग्रेस महामन्त्री केबी गुरुङको नेतृत्वमा रहेको असन्तुष्ट समूह वरिष्ठ नेता शेरबहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलमाथि खनिएको छ । समूहले आइतबार बिहान प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई भेटर असन्तुष्टि व्यक्त गरेको छ ।
उम्मेदवार छनोटको जिम्मा पाएका देउवा, सुशील र पौडेलको कामप्रति कोइराला पनि असन्तुष्ट रहेको गोविन्दराज जोशीले बताए । 'तपाईंहरूले भनेको कुरा ठीक हो । उहाँहरू (देउवा, सुशील र पौडेल) लाई जिम्मेवारी दिइयो तर, धेरै मान्छे सन्तुष्ट छैनन्,' कोइरालाको भनाइ उद्धृत गर्दै असन्तुष्ट खेमाका केन्द्रीय सदस्य जोशीले नयाँ पत्रिकासित भने । कोइरालाले म हेर्छु भनेर आश्वासन दिएको पनि उनले बताए ।
योग्य र जनमत भएका व्यक्तिलाई टिकट नदिइएको भन्दै विपिन कोइरालालगायत सिन्धुलीका दुई दर्जन नेता तथा कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र स्थानीय पार्टी समितिका पदाधिकारी छन् ।
विपिनको राजीनामापत्रमा 'दोस्रो जनआन्दोलनमा सहभागी नै नभएका, जिल्लामा पाइला नै नटेकेका र कुनै जनाधार नभएका व्यक्तिलाई भागवण्डाका आधारमा टिकट दिएको देखिन्छ' भनिएको छ ।
त्यस्तै, अछाम जिल्ला कार्यसमितिका पूर्वसभापतिहरूलगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले आइतबार सभापति कोइरालालाई असन्तुष्टि पत्र पठाएका छन् । उनीहरूले पत्रको बोधार्थ वरिष्ठ नेता देउवा र कार्यवाहक सभापति सुशील कोइरालालाई पनि दिएका छन् ।
उम्मेदवार छनोटप्रति असहमति जनाउँदै नेपाली कांग्रेस मुगुका सभापति वासुदेवशरण कोइरालाले पार्टीका सबै पदबाट राजीनामा दिएका छन् । जिल्लाबाट सिफारिस नै नगरिएकालाई टिकट दिएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । जिल्ला सभापति वासुदेवले केन्द्रीय सभापति गिरिजाप्रसाद कोइरालालाई पठाएको राजीनामापत्रमा उनले आफूलाई समानुपातिकको सूचीमा नराखिएको र जिल्लाका अन्य उम्मेदवारहरूको निर्णय न्यायोचित नभएको उल्लेख गरेका छन् । उनी विगत ५८ वर्षदेखि कांग्रेसमा आबद्ध थिए ।
कांग्रेस कार्यकर्ताले तत्कालीन शाही शासनको स्वागत गरेका खड्गबहादुर शाहीलाई टिकट दिइएको भन्दै शनिबार राति पार्टी कार्यालयमा तोडफोड गरी महत्त्वपूर्ण कागजात एवं फर्निचर जलाए । कार्यकर्ता तथा भ्रातृ संगठनले केन्द्रले निर्णय नसच्याएमा चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरूले आइतबार गमगढी बजारसमेत बन्द गरे ।
उता, सुर्खेत सहकर्मी कलेन्द्र सेजुवालका अनुसार सुर्खेत ३ मा शिवराज जोशीलाई उम्मेदवार बनाएको विरोधमा कार्यकर्ताले आइतबार प्रदर्शन गरेका छन् । उनीहरूले बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा टायर बालेर यातायात आवागमनमा अवरोध पुर्�याउनुका साथै दिउँसो वीरेन्द्रनगरमा नाराजुलुुससहित प्रदर्शन गरेका छन् ।

Sunday, February 24, 2008
अनुलाई पोखरा मिस टिनको ताज

पोखरा, १२ फागुन/एयर होस्टेज बन्ने लक्ष्य लिएकी अनु ढकालले पोखरा मिस टिन २००८ को ताज पहिरिएकी छिन् । शनिबार राती अबेर सम्पन्न प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज पहिरिएकी हुन् । 'नेपाललाई शान्ति क्षेत्र बनाउन के गर्नुपर्छ -' निर्णायकले अन्तिम प्रतिस्पर्धीहरुलाई राखेको यो प्रश्नमा अनुले छोटो र सटिक जवाफ दिइन् । मुखले मात्रै शान्ति भन्न छाडेर प्रत्येक नागरिकले आफैबाट शान्ति र सदभावको व्यवहार गर्ने हो भने मुलुकमा दिगो शान्ति हुन्छ ।' भन्ने छोटो तर महत्वपुर्ण जवाफ दिएकी थिइन् । मानविकी संकायतर्फ ११ कक्षामा अध्ययनरत उनको उत्तरले निर्णायक माधव शर्मा, दिपेन्द्र श्रेष्ठ, कवि रमेश श्रेष्ठ, अधिवक्ता सारंगा सुवेदी लगायतले उनलाई मिस टिन घोषणा गर्न कन्जुस्याँइ गरेनन्। ताजसँगै उनले एक वर्षो निशुल्क एयर होस्टेज अध्ययन गर्न पाउने भएकी हुन् । उनलाई योर्स एजुकेशन एकेडेमी चिप्लेढुगाले ३६ हजार रुपियाँ बराबरको निशुल्क शिक्षा प्रदान छ । मिस टिनको उपाधिसहित उनले १० हजार रुपियाँ नगदसमेत हात पारिन् । कर्मचार्य ग्रुपको एग्रिनो फुड गे्रन्स प्रालिले उनलाई पुरस्कृत गरेको हो । एक महिनाको लामो समयावधिको तालिम पछि पोखरा सभागृहको र्याम्पमा उत्रिएका १३ जना प्रतिस्पर्धीमा शर्मिला गुरुङ फष्ट रनर अप तथा सविता गुरुङ सेकेण्ड रनर अप भइन् । द राइट आर्म इन्टरनेशनल प्रालिको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा रिता गुरुङले बेष्ट पर्फेन्सको उपाधि जितिन् । यसैगरी अनिता पुनलाई मिस क्वाट वाक, शर्मिला थापालाई मिस चार्मिङ, उपमा प्रधानलाई मिस बेष्ट स्माइलिङ, लक्ष्मी गुरुङ मिस पर्सनालिटीबाट पुरस्कृत गरिएको थियो । दर्शकको रोजाइमा भने भारती गुरुङ परिन भने बेष्ट युनिक अवार्ड रेखा पुरीलाई प्रदान गरियो । द राइट आर्म इन्टरनेशनल प्रालिले गएको माघ १० गते २५ जना युवतीहरुलाई विभिन्न अडिसन गर्दै मिस टिनको लागि छनोट गरेको थियो । एक महिनाको तालिम अवधिमा केवल १३ जनामात्रै उपस्थिति जनाएपछि उनीहरुलाई मात्रै र्याम्पमा उत्रिएका थिए । कार्यक्रममा जबिकले आखाँ भरी आसुँ किन र मेरो हिजोआज गीत प्रस्तुत गरेका थिए । त्यसैगरी उज्जवल भण्डारीले याद त्रि्रो साँची, विमल पराजुलीले तगारो छेउ आएरपनि आँगनै टेकिनौं नेपाली तारा ३ का उत्कृष्ट पाँचौमा पर्न सफल पोखरेली युवराज तिवारी लगायतले सांगितीक माहौल सृजना गरेका थिए । बीच बीचमा प्रस्तुत गरिएको नृत्यले पनि कार्यक्रमलाई थप रौनकता बनाएको थियो
मधेशमा आन्दोलन चर्काउन भारतले पैसा बाडेको छः मैनाली
२४ फेब्रुअरी, ०८ । संयुक्त वाममोर्चाका अध्यक्ष सीपी मैनालीले मधेश आन्दोलन चर्काउन भारतले पैसाको खोलो बगाएको आरोप लगाउनुभएको छ । आज राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उहांले वीरगञ्जमा रहेका काउन्सल स्वयं पैसा बांड्न सक्रिय भएको बताउनुभयो । 'नेपालमाथि बार्गेनिङ शक्ति बढाउन भारत मधेशमा आन्दोलन चर्काउन पैसाको खोलो बगाइरहेको छ,' मैनालीले भन्नुभयो, 'वीरगञ्जमा खटाइएका भारतका काउन्सलर स्वयं सक्रिय भएर करोडौं पैसा बाडिरहेका छन् ।' नेपाल मामलामा भारतले दोहोरो चरित्र देखाएको आरोप लगाउदै कसैको दबाबमा एक मधेश एक प्रदेश स्वीकार नगरिने प्रष्ट पार्नुभयो । भारतको दबाबबाट सात दलका नेताहरु गल्छन् भनेरै भारतीय राजदूतावासमा बैठक डाक्न लगाइएको उहांको भनाई थियो । उहांले भन्नुभयो,'जो जो भारतीय राजदूतावासमा वार्ता गर्न गए उनीहरुले नेपाली जनतासामु माफी माग्नुपर्छ ।' मैनालीले चुनाव अघिनै एक मधेश एक प्रदेशको माग पूरा गर भन्नुलाई अलोकतान्त्रिक माग भन्नुभयो । उहांले भन्नुभयो,'मधेशका केही नेता तानाशाही माग उठाएर नेपाली जनताको शक्तिलाई उपेक्षा गर्न खोज्दैछन् ।' एक मधेश एक प्रदेशको माग कुनै हालतमा स्वीकार गर्न नसकिने बताउदै चुनावमा मत लिएर माग अनुमोदन गर्न चुनौती दिनुभयो । अन्तिम समयसम्म असन्तुष्टहरुलाई चुनावमा भाग लिन आग्रह गर्ने बताउदै कोही चुनावमा भाग लिदैन भन्दैमा सरकार चुनाव सम्पन्न गर्नबाट पछि नहट्ने बताउनुभयो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रमुख घटक सदभावना पार्टीका नेता एवं वार्ता कमिटिका सदस्य अनिलकुमार झाले आफूहरु एक मधेश एक प्रदेशको माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने बताउनुभयो । आफूहरु सार्थक संविधानसभाको पक्षमा रहेको दाबी गर्दै भन्नुभयो,'हामी बन्दसूची बुझाउन पनि जादैनौं, संविधानसभाको 'स' पनि थाहा छैन । आन्दोलन पनि रोक्दैनौं ।' आन्दोलनमा दमन भएको भन्दै सहिद र घाइतेको लिष्ट बनाइरहदा चुनावको उम्मेदवारको लिष्ट बनाउन नसक्ने बताउनुभयो । आफूहरु वार्ता विरोधी नभएको भन्दै आन्दोलन र वार्ता संगै अघि बढाउने जानकारी दिनुभयो । मधेशी जनता मुलुक बिखण्डनको पक्षमा नरहेको बताउनुभयो । सिंगो मधेश एक प्रदेश हुनुपर्ने भन्दै मधेश टुक्राएर प्रदेश बनाउन खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो । उहांले भन्नुभयो,'हामी प्रधानमन्त्री बन्न चाहेका हैनौं, मुख्यमन्त्री बन्न चाहेका छौं ।' भारतीय राजदूतावासमा वार्ता गर्नुलाई तोडमोड गरी आपत्ती गर्न नहुने बताउनुभयो । उहांले भन्नुभयो,'कालापानीमा झण्डा लिएर बि्रफकेश बोकेर आउन हुने, हामी भारतीय राजदूतावासमा वार्ता गर्न जान किन नहुने ?'नेकपा एमाले स्थायी कमिटि सदस्य मोदनाथ प्रश्रतिले एक मधेश एक प्रदेशको माग उठाउनेहरु मधेशमै अत्पमतमा रहेको बताउनुभयो । मधेशमा थारु समुदायका अलावा पहाडे मूलका बासिन्दा र दलितहरु एक मधेश एक प्रदेशको विपक्षमा रहेको भन्दै आन्दोलनकारीलाई संविधानसभामार्फत् त्यसलाई अनुमोदन गराउन चुनौती दिनुभयो । उहांले भन्नुभयो,'मधेशको ३३ प्रतिशत जनसंख्या ओगट्ने पहाडे मूलका जनता एक मधेश एक प्रदेशको विपक्षमा छन् । उत्तिकै संख्यामा रहेका थारु, मुसलमान, मूसहर, डुम, कोचे, मेचेहरु पनि पक्षमा छैनन् ।' एक मधेश एक प्रदेशको माग उठाउनेहरु मधेशका अभिजात्य वर्ग र उनीहरुका समर्थक मात्र रहेको दाबी गर्नुभयो ।माग उठाउनेहरु सामन्ती मनोवृत्तिबाट ग्रस्त रहेको आरोप लगाउनुभयो । दरबार र तराईका अभिजात्य वर्गको भित्री सांठगांठबाट मुलुकलाई सामन्ती युगमै फर्काने प्रयास भइरहेको उहांको आरोप थियो । मधेशका बहुसंख्यक जनताको भावना विपरितको बाटो लिइए गृहयुद्ध हुने खतरा औल्याउनुभयो ।तेस्रोपटक पनि संविधानसभा निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको भन्दै त्यसप्रति सचेत हुन आग्रह गर्नुभयो । चुनाव भाड्न खोज्नेहरुको असली अनुहार समयले उजागर गर्ने भन्दै बलमिच्याईंको संस्कृति विकसित गर्न खोज्नेहरु स्वयं आफूले खनेको खाल्डोमा फस्ने बताउनुभयो ।
एमाले - माओवादी कार्यकर्ताविच झडप, घाईते माओवादी कार्यकर्ताको मृत्यु
अर्घाखाँचीको नुवाकोट गाविसमा एमाले र माओवादीबीचको झडपमा घाइते भएका नेकपा माओवादीका कार्यकर्ता राजेन्द्र बञ्जाडेको आइतबार बिहान राजधानीमा मृत्यु भएको छ।
राजधानीस्थित नर्भिक अस्पतालमा उपचाररत माओवादीका विशेष एरिया इञ्चार्ज बञ्जाडेको आइतबार बिहान मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि शनिबार राजधानी ल्याइएको थियो ।
गत शुक्रबार भित्ते लेखनको विषयलाई लिएर एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । झडपमा बञ्जाडेसहित ४ माओवादी कार्यकर्ता घाइते भएका थिए ।
घाइतेहरुमा काजीमान रायमाझी, कृष्णहरि भुसाल, नारायण खनाल, चुडामणि पौडेल, विष्णु ढुंगाना, पशुपति मरासिनी, सुमन मगर, अम्बिका केसीलगायत रहेका छन् ।

काग्रेस उमेदवारहरु सार्वजनिक
सवै पार्टीहरुले आ-आफ्ना प्रत्यक्ष र समानुपातिक मा छानिने उमेदवारहरुको नामावली सार्वजनिक गरि पुरानो भइसक्दा पनि नेपाली काग्रेसको नामावली आउन सकेको छैन । उमेदवारीमा आ-आफ्ना मन्छे पार्नमा व्यस्त खिचातानी चर्किएको छ । र पनि समानुपातिकको हेरफेर हुदै गरे पनि प्रत्यक्ष चुनावका लागि घोषित नामहरु आज सार्वजनिक भएको छ ।प्रत्यक्षतर्फपूर्वाञ्चलइलाम- टुंगो लाग्न बाँकीताप्लेजुङ- १ सूर्यमान गुरुङ, २ प्रताप प्रकाश हाङग्रामपाँचथर- १ पूर्णकुमार शर्मा, २ भीष्मराज आङ्दम्बेझापा- १ नरेन्द्रविक्रम नेम्वाङ, २ सुधिर कुमार शिवाकोटी, ३ कृष्णप्रसादसिटौला, ४ चक्रप्रसाद बाँस्तोला, ५ कुमार बुढाथामी, ६ सुर्यनारायणसिंह ताजपुरिया, ७ श्रीमती महेन्द्रा सुब्बासंखुवासभा- १ टंकप्रसाद राई, २ गोपालराज पहाडीतेह्रथुम- १ तुलसी सुब्बाभोजपुर- १ ज्ञानेन्द्रबहादुर कार्की, २ नन्दमणि राईधनकुट्टा- १ मनोहरनारायण श्रेष्ठ, २ टिका भण्डारीमोरङ- १ आमोद उपाध्याय, २ बसन्त भट्टराई, ३ सत्यनारायण भगत, ४ गयानन्द मण्डल, ५ मन्तलाल यादव, ६ महेश आचार्य,७ डा. शेखर कोइराला, ८ अशोक कोइराला ९ डीबी लिम्बुसुनसरी- १ हरिनाथ बास्तोला, २ अमरबहादुर गौली, ३ बिजयकुमार गच्छदार, ४ सीताराम मेहता, ५ सुजाता कोइराला, ६ रामबहादुर बस्नेतसोलुखुम्बु- बलबहादुर केसीखोटाङ- १ सुभासकुमार पोखरेल, २ शीब बस्नेतओखलढुंगा- १ बालकृष्ण दाहाल, २ बालाराज कार्कीउदयपुर- डा. नारायण खड्का, २ विदुर बस्नेत, ३ नारायणबहादुर कार्कीसप्तरी- १ श्रवणकुमार विष्ट, २ बिरवल बिराजी, ३ रामकुमार चौधरी, ४ दीनेश यादव, ५ फत्तेह मिया, ६ विश्वेश्वर यादवसिराहा- १ पदमनारायण चौधरी, २ चित्रलेखा यादव, ३ सीतादेवी यादव, ४ रामकुमार यादव, ५ मोती श्रेष्ठ, ६ अमर रेग्मीमध्यमाञ्चलदोलखा- १ भीमबहादुर तामाङ, २ ताराबहादुर कोइरालारामेछाप- १ आङटावा शेर्पा, २ रामहरि ढुंगेलसिन्धुली- १ विनोद गुरुङ, २ उज्ज्वल बराल, ३ श्रीमती दीपशिखा शर्मा (ढकाल)धनुषा- टुंगो लाग्न बाँकी महोत्तरी- टुंगो लाग्न बाँकीसर्लाही- १ सुशीला कार्की, २ सत्यदेवसिंह दनुवार, ३ हरेश महतो ४ लक्ष्मण राय, ५ नागेन्द्रकुमार राय, ६ अमरेश सिंहरसुवा- टुंगो लाग्न बाँकीधादिङ- १ दीलमान पाखि्रन २ रामनाथ अधिकारी, ३ डा. राजाराम कार्कीनुवाकोट- टुंगो लाग्न बाँकीकाठमाडौं- १ प्रकाशमान सिंह, २ दीपकप्रकास कुइँकेल, ३ चक्रबहादुर ठकुरी, ४ शुप्रभा घिमिरे, ५ नरहरि आचार्य, ६ भीमसेनदास प्रधान, ७ श्रीमती प्रमिला सिंह, ८ नगेन्द्रराज जोशी, ९ ध्यानगोविन्द रञ्जित, १० राजेन्द्रकुमार केसी भक्तपुर- १ महेश श्रेष्ठ, २ लेखनाथ न्यौपाने,ललितपुर- १ उदयशमशेर जवरा, २ चन्द्र महर्जन, ३ मोहनश्याम पौडेलकाभ्रे- १ मधु आचार्य, २ तीर्थबहादुर पसखल, ३ शिव हुमागाँई, ४ राजेन्द्र खरेलसिन्धुपाल्चोक- १ मोहनबहादुर बस्नेत, २ भुपेन्द्रबहादुर थापा, ३ निमाग्याल्जेन लामा शेर्पामकवानपुर- १ इन्द्रबहादुर बानियाँ, २ भीम लामा, ३ रामचन्द्र अर्याल माइकल, ४ निर्मला उप्रेती,रौतहट- १ बज्रकिशोर सिंह, २ मो. आफ्ताब आलम, ३ शेख रसिद अलि -लालबाबु), ४ कृष्णप्रसाद यादव, ५ अनिरुद्र यादव, ६ उद्धव ढकालबारा- टुंगो लाग्न बाँकीपर्सा- १ राजेन्द्रबहादुर अमात्य, २ अजय द्विवेदी, ३ अजयप्रसाद चौरसिया, ४ सुरेन्द्रप्रसाद चौधरी, ५ रमेश रिजालचितवन- १, ३, ४ टुंगो लाग्न बाँकी, २ एकनाथ रानाभाट, ५ नारायण शर्मा पौडेलपश्चिमाञ्चलगोरखा- १ चिरञ्जीवी वाग्ले, २. चन्द्रप्रसाद न्यौपाने, ३. चीनकाजी श्रेष्ठमनाङ- पाल्तेन गुरुङलम्जुङ- १. तुलसीनारायण श्रेष्ठ, २. दिलबहादुर घर्तीतनहुँ- १. गोविन्दराज जोशी, २. रामचन्द्र पौडेल, ३. ताराराज रानास्याङ्जा- १. कमल पंगेनी, २. गोपालमान श्रेष्ठ, ३. मोहनप्रसाद पाण्डेगुल्मी- १. श्रीमती सुवर्ण ज्वारचन, २. चन्द्र भण्डारी, ३. सुरेशचन्द्र भुसालपाल्पा- १. धनबहादुर रानामगर, २. राजनप्रसाद पन्त, ३. हरिप्रसाद नेपालअर्घाखाँची- १. मानबहादुर विश्वकर्मा, २.श्रीमती पुष्पा भुसालनवलपरासी- १. सशांक कोइराला, २. महेन्द्रध्वज जिसी, ३. ओमकला गौतम ४. सञ्जय यादव, ५. देवेन्द्र कँडेल, ६. देवकरणप्रसाद कल्वार रुपन्देही १. अब्दुल रज्जाक, २. रामकृष्ण ताम्राका, ३. बालकृष्ण खाँण, ४. सूर्यप्रसाद प्रधान, ५.भरतकुमार शाह, ६. अष्टभुजा पाठक, ७. छविलाल भुसाल कपिलवस्तु- १. दीपकुमार उपाध्याय, २. अत्तहर कमाल, ३. सुधाकर पाण्डे, ४. वीरेन्द्र कनौडिया, ५. डा. रुद्रप्रसाद शाहमुस्ताङ- सुशीलमान शेरचनम्याग्दी- रेशमबहादुर बानियाँ कास्की- टुंगो लाग्न बाँकीबाग्लुङ- १. हरिप्रसाद श्रेष्ठ, २. मणिभद्र शर्मा कँडेल, ३. नरबहादुर पुन (निरज)पवर्त- १. अर्जुनप्रसाद जोशी, २. गिरिराज गौतममध्यपश्चिमाञ्चलरुकुम- १. शेरमान रोका, २ प्रेमप्रकाश वली,रोल्पा- १ माधवप्रसाद आचार्य, २ भीमकुमारी बुढामगर,प्युठान- १ दिवाकर गौतम, २ मुक्तिप्रसाद शर्मा, सल्यान- १ ध्रुवराज पुरी, २ डिल्लीराज रेग्मी,दाङ- १ खुमबहादुर खड्का, २ कृष्णकिशोर घिमिरे, ३ अनिता देवकोटा, ४ डिल्ली चौधरी, ५ दीपक गिरी,डोल्पा- श्रीबहादुर शाहीमुगु- खड्गबहादुर शाही,जुम्ला- दिनबन्धु श्रेष्ठ, कालीकोट- कालीबहादुर सहकारीहुम्ला- जीवनबहादुर शाहीजाजरकोट- १ चिन्ता वाग्ले, २ यज्ञबहादुर खत्रीदैलेख- १ गणेशबहादुर खड्का, २ हिमबहादुर शाहीसुर्खेत- १ दालबहादुर घले, २ हृदयराम थानी, ३ शिवराज जोशी बाँके- १ गजेन्द्र हमाल, २ कैलाशनाथ कसौधन, ३ सुशील कोइराला, ४ कृष्णमान श्रेष्ठबर्दिया- १ काशीदेवी पौडेल, २ सञ्जय गौतम, ३ परशुराम थारु, ४ अरुणप्रकाशसिंह राठौरसुदूरपश्चिमाञ्चलबाजुरा- देवराज जोशीअछाम- १ गोविन्दबहादुर शाह, २ रामबहादुर विष्टबझाङ- १ अर्जुनजंगबहादुर सिंह, २ सत्यराज पहाडी डोटी- १ वीरबहादुर बलायर, २ सिद्धराज ओझाकैलाली- १ फकिरसिंह कडायत, २ टीका चौधरी, ३,४ निर्णय हुन बाँकी, ५ दीर्घराज भाट, ६ टेकबहादुर चोखाल दार्चुला- दिलेन्द्रप्रसाद बडू बैतडी- १ नरेन्द्रबहादुर बम, २ विनयध्वज चन्द डडेल्धुरा- शेरबहादुर देउवा कञ्चनपुर- १ अमरसिंह राना, २ एनपी साउद, ३ भोजराज बोहोरा, ४ शेरबहादुर देउवासमानुपातिकतर्फपूर्वाञ्चलइलाम- खालीताप्लेजुङ- डम्बरबहादुर राईपाँचथर- नरेन्द्रकुमार केरुङझापा- उषा गुरुङ/धनप्रसाद गुरुङ/तमेर राई, गोपाल बस्नेत/काशिला चौधरी, टोम राजवंशी/बलाराम हेमराम सतार, भगिरथ पोखर, सन्तोष मेनाग्वो, विजय अग्रवाल, विष्णुमाया साम्पाङसंखुवासभा- तारामान गुरुङ, पासाङ शेर्पा, दुर्गामणी देवान/एकनारायण श्रेष्ठ/थलकुमार लिंखा/विणा पौडेलतेह्रथुम- सीता गुरुङभोजपुर- मुकुन्दबहादुर बस्नेत, विनोद वान्तवा/ लक्ष्मि राईधनकुटा- आनन्द सन्तोषी राई/केशर सुब्बा/टिकाकुमारी राईमोरङ- गिरिजाप्रसाद कोइराला, फुलवतिदेवी गोडी सहनी, दिलिप गच्छदार, गंगा भगत, भुटनदेवी खवास, डिला संग्रौला, डा.मिनेन्द्र रिजाल, चुमनारायण तावेदार, सीतामाया तामाङसुनसरी- भीष्मराज काफ्ले, दिलकुमारी सुब्बा, जयप्रकाश चौरासिया/कल्पना चौधरी, नन्दनकुमार दत्तसोलुखुम्बु- गोकर्ण राई/पुरुषोत्तम बस्नेतखोटाङ- दिनेश राई, बिष्णुकुमार राईओखलढुंगा- लोकबहादुर गुरुङउदयपुर- टुंगो लाग्न बाँकीसप्तरी- हेमनारायण चौधरी/नागेन्द्र झा/ मुन्निकुमारी गुप्ता, देवनारायण मण्डल/ हिक्मत सिंह/सुचिताकुमारी यादव, शिवचन्द्र मिश्र/ विनीता कर्ण, मोहम्मद उस्मान मिया/डा. उमारानी यादव, नारायण चौधरी/सबुरलाल शाह/राधाकान्त देव, भारती चौधरीसिरहा- तपेश्वरी यादव/रामसुन्दर चौधरी, अमियकुमार यादव, सुरेन्द्रकुमार दास, रामदयाल यादव, प्रदीप गिरीमध्यमाञ्चल दोलखा- जीपछिरिङ लामा, देवीप्रसाद न्यौपाने, माधवमणि राजभण्डारीरामेछाप- लक्ष्मणप्रसाद घिमिरे, रामचन्द्र खड्का सिन्धुली- बद्रीनाथ अधिकारी -दनुवार), विना कोइराला, सुशीला थिङ -तामाङ), वामणसिंह थिङ, दोर्जेसिंह स्याङ्तानसर्लाही- ब्रम्हनारायण चौधरी, सुशिला कार्की, बासुदेव अधिकारी, जयहरि श्रेष्ठ, अशोक खनाल, रामहरि जोशी, रामलखन दास चमार, भीखारी मन्सुर, पल्टन ठाकुर, प्रदीपकुमार यादव, मरानीदेवी शाह, उपेन्द्र महेता, महेन्द्र शाहधादिङ- सेतेमान घले, उषा लामा, गोपाल विश्वकर्मा, शंकर परियार, शिव उप्रेती, टेकबहादुर प्रजा, भरत उप्रेती, नानुमाया तामाङकाठमाडौं- हरिबोल भट्टराई/राधेश्याम अधिकारी,मनोहरि खड्का/ बुद्धलक्ष्मी वजिमय, विष्णुदेवी पुडासैनी/ ज्योति कोइराला/ अम्बिका बस्नेत, चिरञ्जिीवि निधि तिवारी/लोकेश ढकाल/गगन थापा, रमा गुरागाई/दमननाथ ढुंगाना/श्रीविनोद भट्टराई/नरोत्तम बैद्य/डा. बेञ्जु शर्मा, हरिप्रभा श्रेष्ठ खडगी/जीवन डंगोल/ कृष्णा अमात्य, श्यामलाल श्रेष्ठ/ नीलकाजी श्रेष्ठ/ पुण्य वैद्य, मार्सल जुलुम शाक्य/ रुपकराज वंशी/ नवीन चित्रकार, तीर्थराम डंगोल/ दामोदर गौतम, श्रृजना सिंह/कृष्ण खनाल, गणेशमान चक्रधर/रजनी जोन्छे ललितपुर- मथुराप्रसाद घिमिरे/कविर लामा, रामकृष्ण ताम्राकार, मदन अमात्य/कमला मास्केकाभ्रे- चन्द्रबहादुर लामा/ललिता किङरिङ मगर, कमला थापा/गणेशमान लामा, जीवना वादे श्रेष्ठ, हर्षजीत लामा/चन्द्रलक्ष्मी ताम्राकार/कृष्णबहादुर दनुवारसिन्धुपाल्चोक- लिला नेपाल/नारायणबहादुर गुरुङ/बसुन्धारा श्रेष्ठ -लामा), बाबुराम नकर्मी/राजेन्द्रमान ताल्चाभँडैल, दुर्गाप्रसाद घोरासैनीमकवानपुर- अमृत लामा/माधव रिसाल, वीरेन्द्र मानन्धर/उर्मिला पुलामी मगर, महालक्ष्मी उपाध्याय डीना/रीता खनाल, अशोक शाक्य/ठूलो दलबहादुर ब्लोन/अमृता थापामगर/उमा दाहालरौतहट- योगेन्द्र शाह, मोचियादेवी पासवान, योगेश्वर राय यादव, वाल्मिकी प्रसाद यादव/ हृदयनारायण यादव/सुष्मा मुडभरी, गम्भीराप्रसाद निराला/विन्दा सहनी, सरस्वती गिरीबारा- खालीपर्सा- ईश्वरभक्त श्रेष्ठ/ बाबुलाल कुम्हार, जालिम मिया/ शम्भुहजारा पासवान, वीरबहादुर यादव/ गोपालप्रसाद कुर्मी, रामेश्वरप्रसाद रौनीयार/ जनार्दनसिंह क्षेत्री, वशिष्टनारायण प्रसाद/ राकेश सिंह/ ओमप्रकाश शर्मा -माडवाडी)/ कनैयालाल केशरी -पत्रकार)/रामनारायण कुर्मी -डिकोल्ड)चितवन- सेषनाथ अधिकारी, भीमबहादुर श्रेष्ठ पश्चिमाञ्चलगोरखा- जीवनप्रेम श्रेष्ठ, चेतमान श्रेष्ठ, देवेन्द्रप्रसाद भट्ट/चीजकुमारी घले/छेवाङ ग्याल्जेन लामा मनाङ-कोमल घलेलमजुङ- रामबहादुर गुरुङकास्की- खालीतनहुँ- ध्रुवलाल प्रधान, धु्रव वाग्ले, उर्मिला थापा मगर, अमरराज कैनीस्याङजा- धनराज गुरुङ/इन्द्रबहादुर गुरुङ, खगेन्द्र रेग्मी/ मोती आले/खेमराज रेग्मी, लालगोपाल अर्यालगुल्मी- दुर्गाबहादुर राना, राजेन्द्रप्रसाद पन्त, त्रैलोक्य सेनपाल्पा- देवराज ढकाल, गम्भीरजंग कार्की, विधान श्रेष्ठअर्घाखाँची- तारा श्रेष्ठ, अनुपकुमार सिंह (सोल्टी)नवलपरासी- दुर्गादेवी भट्टराई, दुर्गाबहादुर राना/मनभक्त अधिकारी, सत्यनारायण खनाल, महादेवप्रसाद गुप्ता/जयनारायण फौजदार, राधेश्याम पाठक/सीता श्रेष्ठ/ नन्दलाल मिश्ररुपन्देही- विश्वनाथ यादव/दुर्योधनसिंह थारू, दलबहादुर विश्वकर्मा/दीर्घराज काप\mले, गंगा शाही/श्रीमती रमा आर्याल/शैलेन्द्रकुमार अधिकारी/रामचन्द्र ढकाल, युवराज गिरी, छविलाल भुसाल, विनोदकुमार श्रीवास्तव, बसिउल्लाह उसमानकपिलवस्तु- श्रीमती गुणलक्ष्मी शर्मा ज्ञवाली, कमलेश शर्मा/राजेश/परमात्माप्रसाद पाठक/रमेश शर्मा/माधुरी श्रेष्ठ, दिनेशप्रसाद पाण्डे/सुरेन्द्र आचार्य, मंगलप्रसाद गुप्तामुस्ताङ- ङवाङकुंगन विष्टम्याग्दी- नेत्रबहादुर महतबाग्लुङ- रत्ना श्रेष्ठ, सुश्री रत्ना शेरचन, तुलासिंह घर्ती मगरपर्वत- नवराज गुरुङ, ऋषिकेश तिवारीमध्यपश्चिमाञ्चल रुकुम- मीठु मल्ल, रोल्पा- श्रीकुमारी धर्तीमगर, अमरसिंह पुनमगरप्युठान- सुशीला शर्मा/हुकुम ब. विष्ट, शालीकराम पण्डितसल्यान- राजेन्द्रबहादुर शाहा, ध्रुवबहादुर मल्लदाङ- श्रीमती पार्वती डिसी चौधरी, सुशीला चौधरी/तीर्थराज चैतु-ज्ञवाली)/ध्रुव पुन, बलदेव शर्मा मजगैयाू, देवकेशरी गौतम/छविकुमार शर्मा, विजुल विश्वकर्मा/हरिप्रसाद रजौरिया/गीता नेपाली बादीडोल्पा- श्रीमती दुधकुमारी हमालमुगु- छिरिङ क्याप्ने लामाजुम्ला- लाल हमालकालीकोट- मुक्तिप्रसाद न्यौपानेहुम्ला- पदमबहादुर लामाजाजरकोट- राजीव शाहा, मुक्तिप्रसाद आचार्यदैलेख- रविन्द्रनाथ श्रेष्ठ, रंगबहादुर शाहीसुर्खेत- पूर्णबहादुर खड्का, दुर्गाकेशर खनाल, तप्तबहादुर विष्ट/खड्गबहादुर बत्स्यालबाँके- नारायणप्रसाद गौड्याल/बादशाहा कुर्मी, जीनामुद्दिन अन्सारी, आशा विश्वकर्मा/निरञ्जन सिजापति, गोविन्द्रबहादुर श्रेष्ठबर्दिया- नेत्रबहादुर रानाभाट, मोहनलाल थारु, किशोरसिंह राठौर/मालती सोडारी/खेमराज भट्ट मायालुसुदूरपश्चिमाञ्चलबाजुरा- जनक गिरी/रामसिंह लावलअछाम- देवराज देवकोटा/पदमबहादुर रावल, भरत स्वार/मेगराज खड्काबझाङ- नन्दकृष्ण जोशी, सत्यराज भण्डारी/नरेशबहादुर सिंहडोटी- भरतबहादुर खड्का/कल्पना सोप दमाई, आनन्द विष्ट/प्रशिष महरा/कुमारसिंह टेलर्सकैलाली- रणबहादुर रावल/जंगबहादुर साउथ, रामबहादुर महतो थारु/कमल शाह, प्रकाश बम, हरिपि्रया भण्डारीदार्चुला- ललितसिंह बोहरा (सौका)बैतडी- लोकराज अवस्थी, शिवराज भट्ट/चन्द्रीराम टमेटाडडेल्धुरा- शेरे कार्की/डा. आरजु राणा देउवाकञ्चनपुर- पुष्करराज ओझा, तारिणीदत्त चटौत, गंगादत्त जोशी/ शान्ता शर्मा, यज्ञराज जोशी/ मानबहादुर सुनार
दार्जिलिङमा बन्द जारी
दार्जिलिङ, फागुन ११ - 'गोर्खाल्यान्ड' आन्दोलनक्रममा चार दिनदेखि आह्वान गरिएको बन्दका कारण दार्जिलिङ क्ष्ँेत्रको जनजीवन कष्टकर भएको छ । नेपालीभाषीको प्रतिनिधित्व गर्ने गोर्खा जनमुक्ति मोर्चा
-गोजमुमो) ले गरेको बन्दका कारण दार्जिलिङ, कालेम्पोङ र खरसाङ क्ष्ँेत्र प्रभावित भएको हो ।
भारतको केन्द्र र पश्चिमबंगाल सरकारलाई दबाब दिन गोजमुमोले बुधबारदेखि गरेको बन्दले सवारीसाधन चलेका छैनन् । गोजमुमोले शनिबार बिहान १० देखि अपराह्न २ बजेसम्म दार्जिलिङ बजार खुला गरे पनि त्रासका कारण सबै उपभोक्ताले मालसामान खरिद गर्न नपाएको विपक्षी
पार्टर्ीी नेताहरूले बताए । सवारीसाधन नचल्दा अत्यावश्क काम
परेका यात्रुसमेत गन्तव्यमा पुग्न पाएका छैनन् ।
'गोर्खाल्यान्ड' राज्य माग्दै सातादेखि भोक हडतालमा बसेकाहरूको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको छ । दार्जिलिङ डिस्टि्रक मजिस्ट्रेट कार्यालय परिसरमा शनिबारसम्म भोकहडताल बस्नेको संख्या ४० नाघेको मोर्चाले जनाएको छ ।

गाडी नम्बर हेरेर तेल
काठमाडौं, फागुन ११ - सरकारले सवारी साधनका महत्त्व र नम्बरका आधारमा तेल दिने भएको छ ।
मोटरसाइकल, ट्याक्सी, निजी गाडी, कालो प्लेटका बस/ट्रकका लागि सोमबारदेखि बेग्लाबेग्लै पम्पले पेट्रोल र डिजेल वितरण गर्ने आपर्ूर्ति सचिव पुरुषोत्तम ओझाले बताए ।
'जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारीले पेट्रोलियम पाउनेछन्,' उनले भने ।
ओझाले लोडसेडिङमा इन्धन अभावले दैनिक काम ठप्प हुने अवस्थामा पुगेका सञ्चारमाध्यम, डेरी, विमानस्थल, प्राधिकरण, टेलिकम, एम्बुलेन्स, अस्पताल, कूटनीतिक नियोग, खानेपानीजस्ता निकायलाई आपर्ूर्ति गर्न बेग्लै पम्प तोक्ने निर्ण्र्ाामेत भएको बताए ।
ओझाकै अध्यक्ष्ँतामा शनिबार बसेको सबै सचिव र सरोकार- वालाको बैठकले वाणिज्य विभागका महानिर्देशक कैलाश बजिमयको संयोजकत्वमा तीन सदस्यीय
आपर्ूर्ति समिति गठन गरेको हो । उच्चस्तरीय समितिमा आयल निगमका निर्देशक मुकुन्द ढुंगेल र पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष शिवप्रसाद घिमिरे छन् ।
'कुन दिन, कुन सवारी साधनले कुन पम्पबाट कति इन्धन पाउ“छन् भनेर दैनिक सूचना निकालिने छ,' समितिका सदस्य घिमिरेले कान्तिपुरलाई भने । अब मोटरसाइकलले एकपल्टमा ५ सय, कारले १ हजार र ट्याक्सीले १५ सय रुपैया“को पेट्रोल पाउनेछन् । डिजेल भने ठूला सवारी साधनलाई १ हजार, भाडाका गाडीलाई २ हजार र लामो दूरीका बस/ट्रकलाई ३ हजार रुपैया“को दिइने छ ।
अत्यावश्यकीय सेवाका लागि इन्धन दिने पम्प बेग्लै हुनेछ । 'यो पम्पले भने भा“डामा समेत इन्धन दिनेछ,' घिमिरेले भने ।
वितरण भए/नभएको अनुगमन गर्न बेग्लै संयन्त्रसमेत तयार भएको छ । बजिमयको संयोजकत्वमा गठित अनुगमन समितिमा चेम्बर अफ कमर्स, डिलर्स एसोसिएसन, गृह मन्त्रालय, आयल निगमलगायतका प्रतिनिधि छन् ।
उपभोक्ता अधिकारवादीहरूले ढिलै भए पनि सरकारी निर्ण्र्ााआएको भन्दै स्वागत गरेका छन् । 'सरकार छ भन्ने अनुभूति दिलाउन पहिल्यैदेखि यो निर्ण्र्ाागर्न माग गरिरहेका थियौं,' उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानिया“ले भने- 'नारा र हल्लामात्र होइन अब यसको राम्रो कार्यान्वयन होस् भन्ने चाहन्छौं ।'
यसैबीच शनिबार वीरगन्जबाट पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन बोकेर १ सय १६ ट्यांकर राजधानीका लागि हि“डेका छन् । खाना पकाउने ग्यास बोकेका ४० बुलेट पनि काठमाडांै रवाना भइसकेको एक अधिकारीले बताए ।

Subscribe to:
Posts (Atom)