Saturday, March 8, 2008

सुनिल शर्मा प्रहरीको फन्दामा


नोवेल मेडिकल कलेजका साचालक ज्ञानेन्द्र गिरीको अपहरणमा संलग्न सुनिल शर्मा आखिर प्रहरीले फन्दामा परेका छन । विराटनगरवाट प्लेनवाट काठमाडौं आउनेक्रममा शुक्रवार मध्यान्ह एक वजे शर्मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट प्रहरीको फन्दामा परे ।
विराटनगरमा रहेको नोबल मेडिकल कजेलको विवादका विषयमा उनले कलेजका चार जना साचालक डा ज्ञानेन्द्र गिरी नवराज पाण्डे उमेश पाण्डे र आदित्य खनाललाइ काठमाडौंमा बोलाएर अपहरण गरेका थिए । प्रहरीले पक्राउ पनि गर्यो । तर अहिले ज्वाइको रुपमा जेलमा हैन अस्पतालमा राखेको छ ।हुनपनि प्रहरीलाइ के भन्ने नेता नै यस्ता छन । माओवादी र कांग्रेसको समर्थन रहेको शर्मालाइ विचार प्रहरीले के गर्ने ।पहिला नै उनले योङ्ग कम्युनिष्ट लिगका नेताहरुको सहयोगमा अपरहण गरेका थिए । स्वार्थ भनेको कांग्रेस नेता विपि कोइराला पुत्र शेखर कोइरलाका लागि । गिरीलाई काभ्रेको कामिडाडामा लगेर कुट्नु कुटे ।
घटना लगत्तै चिकित्सक र व्यापारीहरु आन्दोलनमा उत्रिएपछि प्रचण्ड र प्रधभानमन्त्री गिरिजाप्रसाद कोइराला मिलेर गोहिको आंशु बगाए ।शर्मा नेपालमै रहेर फरारको बहना बनाएका थिए । तर धन्न शुक्रवार इमान्दार प्रहरी रहेछन एयरपार्टमा र उ पक्राय पर्यो ।
उसको पक्राउसंगै प्रहरीको दिमाग खराव भयो । छोडा पक्रकारले छोड्दैनन । नछोडौ नेताले छोड्दैनन । क्या फसादपिडितले महानगरिय प्रहरी परिसरमा शर्मामाथि ज्यान मार्ने उद्योग गरेको उजुरी दर्ता गराएका छन मोरगंमा अपहरणको मुद्धा रहेछ ।माओवादीको योङ्ग कम्युनिष्ट लिगको समेत संलग्नतामा शर्माले मंसिर २ गते चार जना साचालकमध्ये डा गिरीलाइ छलफलका लागि काठमाडौं बोलाएर काभ्रेको कामिडाडामा लगेर कुट्नु कुटेका थिउ । डा कार्कीको अपहरणमा वाइसिएलको संलग्नता देखिएपछि माओवादी अध्यक्ष प्रचण्डले १४ मंसिरमा विज्ञप्ती मार्फत सार्वजनिक माफि माग्दै घटनामा वाइसिएल नाटकिय रुपमा प्रयोग भएको स्विकार गरेका थिए ।
माओवादीले घटनामा संलग्न रहेको आरोपमा वाइसिएलका इन्चार्ज वर्षमान पुन अनन्तलाई इन्चार्जको जिम्मेवारीवाट मुक्त गरी कुलप्रसाद केसी सोनामलाइ सो जिम्मेवारी दिएको थियो तर कुरो उही कानुनी कार्वाहीमा त आएनन कोही ।
यही हो नेपालको कानुन सानाले जानुन । शर्मा पक्कै छुृट्छन । हामी पत्रकार भनेर फुइ गर्ने हेरेको हेर्यै हुन्छौ ।
यो कांग्रेस भन्दा पनि शर्माको केशमा माओवादी अगाडि छ । चीन भ्रमणमा गएमा माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालका सहयोगि नै उनै हुन । नपत्याएको ल एचके नेपालको फोटो हेर्नुस ।

दुई लाख फिरौती लिएर रिहा

लहान, २५ फागुन । मधेसी मुक्ति टार्इगर्सद्वारा फागुन १७ गते अपहृत कविलासी-५ का गङ्गाराम चौधरी रु. दुई लाख फिरौती दिएर शुक्रबार रिहा भएका छन् ।चौधरीलाई कसहाको गागन खोलानजिकबाट रिहा गरी सञ्चारकर्मी अर्जुन थपलियाको जिम्मा लगाइएको हो ।आफ्नै घरमा बसिरहेका बेला फागुन १७ गते राति टार्इगर्सका कार्यकर्ताहरूले चौधरीलाई अपहरण गरी लगेका थिए ।

दुई लाख फिरौती लिएर रिहा

लहान, २५ फागुन । मधेसी मुक्ति टार्इगर्सद्वारा फागुन १७ गते अपहृत कविलासी-५ का गङ्गाराम चौधरी रु. दुई लाख फिरौती दिएर शुक्रबार रिहा भएका छन् ।चौधरीलाई कसहाको गागन खोलानजिकबाट रिहा गरी सञ्चारकर्मी अर्जुन थपलियाको जिम्मा लगाइएको हो ।आफ्नै घरमा बसिरहेका बेला फागुन १७ गते राति टार्इगर्सका कार्यकर्ताहरूले चौधरीलाई अपहरण गरी लगेका थिए ।

बालिका खोज्ने प्रहरी बढुवा

काठमाडौं, फागुन २४ - वाग्मती खोलामा डेढ महिनाअघि डुबेकी एक बालिका उद्धारमा खटेका चार जना नेपाल प्रहरी बिहीबार बढुवा भएका छन् ।
भोजपुरबाट बुबा आमास“ग राजधानी घुम्न आएकी आठ वषर्ीया रविना र्राई डुबेपछि ती प्रहरीले दर्ुगन्धित खोलाको पानीमा पौडेर खोजी गरेका थिए । बढुवा हुनेमा बानेश्वर प्रहरी वृत्तका मोहन श्रेष्ठ, प्रवीण बोगटी, सञ्जय मगर र विशेष कार्यदलका विपिन श्रेष्ठ छन् । 'उद्धार काममा जुटि प्रहरीको छविलाई उच्च बनाएकाले बढुवा गरिएको हो,' वृत्तका डीएसपी गोरख भण्डारीले कान्तिपुरलाई बताए । उनीहरू सबै जवान थिए ।
बालिका डुबेकोे देख्ने एक बटुवाले बानेश्वर प्रहरीलाई जानकारी गराएपछि प्रहरी र र्सवसाधारणले २८ घन्टापछि रविनाको शव वाग्मतीको फोहोरबाट डोजर लगाएर निकालिएको थियो ।

सेनामा समावेश गर्न नमिल्ने

नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले राजनीतिमा सक्रिय रहेकालाई सेनामा समावेश गर्न नमिल्ने बताएका छन् । शुक्रबार नेपाली सेनाको कल्याणकारी कोषमा भएको रकम सार्वजनिक गर्न जङ्गी अड्डा भद्रकालीमा आयोजित कार्यक्रमपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै क्षेत्रीले राजनीतिबाट अलग भएपछि मात्र सेनामा समावेश गरिने बिश्वब्यापी मान्यता भएको उल्लेख गरे । सरकार र माओवादीबीच गत वर्ष भएको बिस्तृत शान्ति सम्झौतामा पनि माओवादी छापामारलाई सेनामै समावेश गरिने उल्लेख नभएको क्षेत्रीले बताउनु भयो । सरकार र मधेशी मोर्चाबीचको सहमति अनुसार मधेशीहरू समूहगतरुपमा सेनामा प्रवेश हुने या नहुनेबारे संचारकर्मीहरुले सोधेको जिज्ञाशामा सेनाका प्रवक्ता क्षेत्रीले विधीसम्मत बनेको सरकारले विधीसम्मत निर्देशन दिए सेनाले मान्ने उल्लेख गरे । विधीसम्मत बनेको सरकारले नकारात्मक निर्देशन दिन्छ भन्ने सेनालाई नलागेको पनि क्षेत्रीको भनाइ थियो । 'सरकारले सेनालाई विधीसम्मत र ठिक निर्देशन मात्र दिन्छ भन्ने सेनाको बिश्वास छ' क्षेत्रीले बताउनु भयो ।

फेला परेको मानव अवशेष अनुसन्धानको पर्खाइमा

विश्वकै पुरानो मानव अवशेष रामापिथेकसको देब्रे बंगारा फेला परेको वुटवलको चुरेपहाड क्षेत्र आवश्यक अनुसन्धान र विकासको पर्खाइमा रहेको छ । वुटवल देखि ४ किलोमिटर उत्तरमा रहेको चुरे पहाडको खोचमा २०३७ सालमा एक करोड दश लाख वर्ष पुरानो मानव पुर्खाको अवशेष फेला परेको थियो । ढुङगामा टासिएर रहेको अवस्थामा फेला परेको प्राचिन मानव अवशेष नेपाल र अमेरिकाको संयुक्त अन्वेषण टोलीले फेला पारेको हो । रामापिथेकसको अवशेष भेटिएको चुरे पहाड क्षेत्रमा थप अनुसन्धान गरी प्राचिन संग्राहालय स्थापना गर्न आवश्यक रहेको स्थानिय बुद्धिजिवीहरुले वताएका छन् । मानवगुण भएको प्राचिन नरवानरको अवषेश फेला परेको क्षेत्रको संरक्षण र विकासमा कसैले ध्यान नदिएको स्थानियवासीको गुनासो छ । अन्तराष्ट्रिय स्तरको प्राचिन संग्राहलयको स्थापना गरी रामापिथेकसको विषयमा थप अनुसन्धान गनुपर्ने स्थानिय बुद्धिजीवी विमलबहादुर शाक्यको भनाई छ । वुटवलमा रामापिथेकसको अवशेष भेटिनुअघि केन्यामा १ करोड ४० लाख वर्ष पुरानो केन्या पिथिकस नामको प्राचिन मानव अवशेष फेला परेको थियो ।

सेनाद्वारा कल्याणकारी कोष सार्बजनिक

८ मार्च, ०८ । नेपाली सेनाले ११ अर्ब १७ करोडभन्दा बढीको कल्याणकारी कोष पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।यो मध्ये १ अर्ब ६९ करोड बेरुजु रकम फर्स्यौट हुन बाँकी रहेको सेनाले जनाएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरेर कल्याणकारी कोषका निर्देशक कुमार बुढाथोकीले वजेट सार्बजनिक गर्नुभएको हो । कल्याणकारी कोष अन्तरगतको रकम स्वास्थ्य, शिक्षा र यातायातको विकासमा खर्च गरिने निर्देशक बुढाथोकीले जानकारी दिनुभयो । अहिलेसम्म कोषमार्फत १७ वटा बाटो बनिसकेको र १७ वटा बाटो निर्माणाधीन अवस्थामा रहेको सेनाले जानकारी दिएको छ ।चैतको पहिलो हप्ताबाट २ वटा बाटोको निर्माण कार्य थालिने कोषका निर्देशक बुढाथोकीले बताउनुभयो । नेपाली सेनाले लेखा परिक्षणपछि पहिलो पटक कल्याणकारी कोष सार्बजनिक गरेको हो । पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले समावेशीको नाममा नेपाली सेनामा राजनीतिमा सक्रिय रहेका व्यक्तिलाई भर्ना नलिने बताउनु भएको छ । नेपाली सेनामा समायोजन हुने कुरा संविधानमा उल्लेख नभएको बताउँदै उहाँले राज्यले अरु क्षेत्रमा भने समावेशीको कुरा उल्लेख गर्न सक्ने धारणा राख्नु भयो ।नेपाली सेना सरकारको निर्देशनमा चल्न तयार रहेको बताउँदै उहाँले महत्वपूर्ण निकायमा सुरक्षा दिन सेना तयार रहेको स्पष्ट पार्नुभयो ।

माओवादीद्वारा घोषणा-पत्र सार्वजनिक

८ मार्च, ०८ । नेकपा माओवादीले संविधानसभाको ३९ पृष्ठ लामो चुनावी घोषणपत्र सार्वजनिक गरेको छ ।माओबादीले 'नयाँ नेपालका लागि नयाँ विचार र नयाँ नयाँ नेतृत्व' भन्ने नाराका साथ घोषणपत्र सार्वजनिक गरेको हो । राजधानीको पाँचतारे होटलमा एक पत्रकार सम्मेलनको आयोजना गरी ३९ पृष्ठ लामो प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । स्वाधीन र जनमुखी संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापनाको लक्ष्य माओवादी घोषणापत्रले लिएको छ । मुलुकको सार्वभौमसत्ता जनतामा र कार्यकारी अधिकार राष्ट्रपतिमा निहित रहने तथा राष्ट्रपति प्रतक्ष्य निर्वाचनवाट र प्रधानमन्त्रीको चयन संसदवाट हुने प्रस्ताव गरिएको छ ।घोषणापत्रमा राजतन्त्रको पूर्ण उन्मुलन गरी गणतन्त्रको स्थापना, राष्ट्रपतीय प्रणाली, सवैखाले स्वतन्त्रता र मौलीक अधिकारको ग्यारेन्टी लगायतका विषयलाइ समावेश गरिएको छ । घोषणापत्रमा मुलुक धर्म निरपेक्ष रहने, केन्द्रमा दुई सदन र हरेक राज्यमा एक सदन रहने प्रस्ताव गरिएको छ । तल्लो सदनमा जनसंख्याको आधारमा प्रतिनिधित्व गराईने र माथिल्लो सदनमा सवै राज्यका प्रतिनिधिहरु रहने प्रस्ताव गरिएको छ ।११ राज्य र दुई उपराज्य सहितको संघीय राज्य ब्यवस्था कायम हुने, जाली प्रमाण र गलत कागजातका आधारमा लिईएका नागरिकता खारेज गरिने र मुलुकका सवै नागरिकलाई एकै खाले नागरिकता दिईने, केन्द्र र राज्य सरकार गरी दुईखाले न्याय प्रणाली रहने, केन्द्रीय अदालत असाधारण अधिकारयुक्त रहने लगायतका विषय उल्लेख गरिएको छ ।

गएराती नर्वेको राजदूतावासमा लुटपाट

८ मार्च, ०८ । काठमाडौं । गएराती नर्वेजियन राजदूतावासमा झण्डै दुइ दर्जनको संख्यामा आएका लुटेराहरुले लुटपाट मच्चाएको खबर छ । त्यहाँ सुरक्षार्थ खटिएका ६ जना गार्डलाई नियन्त्रणमा लिई गएराती १ बजे राजदूतावासमा उनीहरुले लुटपाट मच्चाएका हुन । ललितपुरको कुपण्डोल हाइटमा रहेको राजदूतावासमा लुटेराहरुले ल्यापटप, क्यामेरा, घडी, विदेशी मुद्रालगायत लाखौं बराबरको धनमाल लुटपाट गरेको बताईएको छ । तर लुटपाटको जानकारी प्रहरीलाई भने निकै ढिलोगरी बिहानपख मात्रै दिइएको थियो । प्रहरीले चोरीको सम्बन्धमा अनुसन्धान गर्नुका साथै फरार लुटेराहरुको खोजी गरिरहेको बताएको छ ।

Thursday, March 6, 2008

माओवादीसँग स्पष्टीकरण माग

एकै क्षेत्रमा दर्जनभन्दा बेशी उमेद्वार उठाएको समाचारबारे निर्वाचन आयोगले माओवादीसँग औपचारिक प्रतिक्रिया मागेको छ । 
काठमाडौको क्षेत्र नम्बर १० मा प्रचण्डसहित माओवादीका १८ उमेद्वार भएको समाचार छापिएपछि त्यसबारे निर्वाचन आयोगले माओवादीसँग औपचारिक जानकारी मागेको छ । निर्वाचन आयोग प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले फागुन २३ गते बिज्ञप्ती प्रकाशित गर्दै माओवादीसँग त्यसबारे औपचारिक प्रतिक्रिया मागिएको जानकारी दिएका हुन् । फागुन २२ गते हिमालखबर डट कमले क्षेत्र नम्बर १० मा माओवादीले प्रचण्डसहित १८ उमेद्वार उठाएको समाचार पहिलो पटक प्रकाशित गरेको थियो ।
यसैबीच, चैत २८ को संविधानसभा चुनावका लागि फागुन १३ गते उमेद्वारी नदिएका दलका उमेद्वारहरुले आज २३ गते उमेद्वारी दर्ता गरे । यसरी उमेद्वारी दर्ता गर्नेमा मधेशवादी दलहरु, राष्ट्रिय जनशक्ति पार्टी लगायतका उमेद्वार छन् ।

राष्ट्रियता बचाउन प्रजातान्त्रिक शक्तिबीच सहकार्य गर्नुपर्नेः थापा

प्रजातन्त्र र राष्ट्रियता बचाउन लागि मुलुकको प्रजातान्त्रिक शक्तिहरुले सहकार्य गरेर जानु पर्न पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्क्तीका अध्यक्ष सुर्य बहादुर थापाले बताएका छन् । संबिधानसभा निर्वाचनका लागि उम्मेद्धारी मनोनयन दर्ता गराउन विहिबार गृह जिल्ला धनकुटा आएका थापाले पत्रकार सम्मेलनमा वोल्दै प्रजातान्त्रिक शक्तिहरु बिच एकता नभए मुलुक बिखण्डन तिर जाने दाबी गरे । उनले राजतन्त्रको बिषयमा फैसला गर्न अधिकार जनतालाई बाहेक अरु कसैलाई नभएको बताए । सबिधानसभाले गरेको सबै निणर्य आफ्नो पार्टीलाई मान्य हुने बताउँदे थापाले भने- राजतन्त्रको बिषयमा जनताले जे निणर्य दिन्छ त्यो हामीलाई स्वीकार्य हुन्छ । राजासगा औपचारिक भोज र पार्टीमा भएको सामन्य भेटघाट भन्दा राजनेतिक बिषयमा कुनै पनि कुराकानी नभएको बताए । पत्रकारहरुले राजाले तपाईलाई चुनावमा सहयोग गदैछ रे नी भन्ने प्रश्नमा थापाले राजाले सहयो गरे लिने बताउँदै ठट्यौली पारामा भने-चुनावमा त जसले सहयोग गर्छ उसको सहयोग लिन्छु तपाईहरुले पनि सहयोग गर्न हो । उनले राजाले आफ्नो पार्टीलाई सहयोग गरे लिने पनि बताए । जातिय स्वाशासन सहिताको सघीय राज्यको पक्षमा राष्ट्रिय जनशक्ति पार्टी रहेको पनि बताए । उनले राष्ट्रिय जनशक्ति पार्टी राज्यको मुलधारबाट पराज्यको मुलधारबाट पछाडी परेका आदिवासी जनजाति , मधेसीको मुद्दा लिएर चुनावमा जाने बताए । तिन बर्ष पछि गृह जिल्ला धनकुटा आएका थापाले धनकुटामा आफ्नो जित सुनिश्चित भएको बताए । माओवादीले थापाको घर जग्गा कब्जा गरेको बिषयमा उनले झन्डा गाडेर कब्जा गरेको दाबी गर्नु केटाकेटी खेलमात्र भएको बताए । थापा मनोनयन दर्ता गराउन कडा सुरक्षा बिच नारा जुलुस सहित गएका पुगेका थिए । जुलुसलाई शसस्त्र प्रहरी र जनपत प्रहरीलेको दुईवटा समुहले कडा सुरक्षा दिएका थिए । पत्रकारहरुसगा निकै ठट्यौली पारामा प्रस्तुत भएका थापाले पत्रकारहरुले गरेको अधिकांस प्रश्नको उत्तर ठट्यौली पारामा दिएका थिए । थापाले धनकुटाको क्षेत्र न-२ बाट उम्मेद्धारी दिएका छन् भने क्षेत्र न-१ बाट पूर्व शाहीकालमा मनोनित जिविस उपसभापति देव ईबाहाङले उम्मेद्धारी मनोनयन दर्ता गराएको छ ।

पृथ्वी नारायण शाहको सालिक ढालिएकै ठाउँमा लखन थापाको शालिक

पोखरा, २३ फागुन । पोखरा उपमहानगरपालिकाको पृथ्वीचोकमा एक वर्षघि पृथ्वीनारायण शाहको सालिक ढालिएकै ठाउँमा नेपालका प्रथम सहिद लखन थापामगरको पूण कदको सालिक निर्माण गरिने भएको छ । नेपाल मगर सङ्घ कास्की जिल्ला समितिको पहलमा उक्त सालिक निर्माण गर्न लागिएको हो । एक वर्षभत्र करिब रु .सात लाखको लागतमा निर्माण गरिने उक्त कार्यका लागि सङ्घको आन्तरिक स्रोत परिचालनलगायत विभिन्न सङ्घसंस्था, व्यक्ति एवम् सरकारी सहयोगसमेत प्राप्त हुने आशा गरिएको छ । गत फागुन १५ गते सङ्घले साविकको पृथ्वीचोक भएको ठाउँलाई सहिद लखन थापा चोक भनी नामकरण गरिएको छ । सालिक निर्माण गर्न सङ्घका अध्यक्ष क्या. कृष्णबहादुर थापामगरको संयोजकत्वमा १०१ सदस्यीय सालिक निर्माण समितिसमेत गठन गरिएको बताइएको छ ।

हामी राजावादी होइनौं ः थापा

धनकुटा, फागुन २३ - पर्ूवप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ूयबहादुर थापाले आफ्नो पार्टर्ीीाजावादी नभएको दाबी गरेका छन् । उनले राजतन्त्रको छिनोफानो जनताबाटै हुनुपर्ने र उनीहरूको म्यान्डेट आफ्नो पार्टर्ीी स्विकार्ने बताए ।
तीन वर्षछि बिहीबार गृह जिल्ला आएका थापाले संविधानसभा बैठक वा जनमत संग्रहबाट हुने राजसंस्था सम्बन्धी जुनसुकै निर्ण्र्ाापार्टर्ीी स्विकार्ने पनि बताए ।
सरकार र आन्दोलनरत दलबीचको सम्झौतालाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले जनतालाई साथमा लिएर गरिने निर्वाचन सफल हुने बताए । थापाले निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

मुस्ताङमा गाडी पुग्यो

७ मार्च, ०८ । हिमालपारिको जिल्ला मुस्ताङमा पहिलोपटक बिहिवार सवारी साधन पुगेको छ ।बिहिवार बेनीबाट छुटेको सवारी साधन मुस्ताङको सदरमुकाम जोमसोममा पुगेका नेपाली सेनाले जनाएको छ ।सैनिक दिवसको अवसर पारेर बेनीदेखि नौवटा सवारी साधनलाई सेनाले जोमसोम पुर्‍याएको बज्रदल गण म्याग्दीले जनाएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्मको ७६ किलोमिटर सडकमध्ये मङ्गलबार बाँदरजुङ्गे भीरको सय मिटर ट्रयाक खुलेपछि गाडी पुर्‍याइएको सेनानी धर्मेन्द्र झाले बताउनुभयो । करिब १० वर्षअघि निर्माण कार्य सुरु भएको उक्त सडक निर्माणको जिम्मा २०५६ सालदेखि नेपाली सेनाले लिएको थियो । सडकको उदघाटन महासेनानी अशोक बिष्टले गर्नुभएको थियो । मुस्ताङ राजमार्गसंग जोडिएपछि मुस्ताङका स्याउले बजार फाउनुका साथै कठिन हिमाली जनजीवनमा समेत सुविधा पुग्ने बताईएको छ ।

तालमेल हुन्छ, हुनैपर्छः प्रचण्ड

७ मार्च, ०८ । माओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको चुनाव अरु संसदीय चुनावजस्तो नभएको भन्दै जित्नैपर्ने र जिताउनुपर्ने उम्मेदवारलाइ नहराउन मुख्य दलहरुवीच चुनावी तालमेल हुन लागेको वताउनुभएको छ । एमाले र नेपाली कांग्रेसले तालमेल नहुने वताईरहेका वेला प्रचण्डले बिहिवार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ती दलहरु तालमेलका लागि तयार रहेको तर खुलेर भन्न नसकेको वताउनुभयो । कांग्रेसलाई पनि तालमेल गर्नुपर्छ भन्ने लागेको छ -प्रचण्डले भन्नुभयो- तालमेल हुँदैन भनेर निर्णय गर्ने वामदलपनि तालमेल गर्नुपर्छ भन्दैछन् । संविधानसभाको चुनावले राष्ट्रपति चुन्ने नभएपनि आफुहरु सम्भावित नेतृत्व अभावलाई मनन गर्दै पहिलेनै जनतालाई आश्वस्त गर्न चाहेको प्रचण्डको भनाइ थियो । उहाँले राजा हटेपछि नेतृत्व ग्याप हुन्छ की भनेर चिन्ता गर्नेलाई राष्ट्रपतिको घोषणाले आश्वस्त तुल्याएको वताउनुभयो । आफुहरुले भन्ने गरेको सत्ता कब्जा वलपूर्वक नभई चुनावकै माध्यमवाट हुने भन्दै उहाँले सशंकित नुहन आग्रह गर्नुभयो । आफुले जस्तो परिणाम आएपनि संविधानसभाको चुनावको परिणामलाई स्वीकार्ने उहाँको भनाई थियो । संविधानसभा, संघीयता र समावेशी जस्ता मुद्दा आज मुलुककै साझा मुद्दा भएपनि हालको नेतृत्वले त्यसलाई सहि तरिकाले लिन नसकेको प्रचण्डको ठम्माइ छ । इतिहासमा पनि नेतृत्वकै अभावमा पटक पटक पुरानै विन्दुवाट आन्दोलन गर्नुपरेको भन्दै उहाँले संविधानसभाले त्यो नेतृत्व संकट टर्ने वताउनुभयो । शान्ति वार्तामा आउँदा आन्दोलनले स्थापित गरेको नेतृत्व सत्तामा नजाने भन्ने र अहिले आफै राष्ट्रपतिको दावी गर्नु वाझिएन र ? भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भन्नुभयो- एकपटक राष्ट्रपति वनेपछि स्टेटम्यानशिप आउँछ ।

राप्रपाको घोषणा पत्र : गणतन्त्र आएनी ठिकै नआएनी ठिकै

राप्रपा भन्छ राजसंस्थाको फैसला जनताको प्रत्यक्षँ सहभागितामा
राजावादी पार्टीको रुपमा आफ्नो पहिचान बनाएको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको फैसला जनताको प्रत्यक्ष सहभागितामा जस्ता अमुर्त शब्दको सहयोग दिन पुगेको छ ।राजसंस्थाको भविष्यबारे जनताले आफ्नो प्रत्यक्षँ सहभागितामा निर्णय गर्न पाउनुपर्दछ भन्ने उसको मुख्य लाइन रहेको छ ।मुल राजनीतिमा जसरी राप्रपा अस्ष्पट रहेको छ त्यसैलाइ आफ्नो घोषणा पत्रमा समेत निरन्तरता दिएको छ ।
ब्यवस्थापिका संसदले संविधानसभापछि लागु हुने गरी घोषणा गरेको गणतन्त्रविरुद्ध जनतासमक्षँ जाने राप्रपाको घोषित नीति रहेको त्यसका अध्यक्ष पशुपति शमशेर राणाले बताए । भनेपछि उनीहरुले कस्तो जनमत खोजेका हुन अचम्म छ ।
संघिय लोकतान्त्रिक बहुदलिय ब्यबस्था तथा अग्रगामी ढंगले राज्यको पुनःसंरचनालाई राप्रपाले संविधानसभा चुनावको मुख्य एजेण्डा बनाएको राणाले दावी छ । यो भन्ने हो भने त अन्तरिम संसदको घोषणाको के विरोध गर्नु हैन र ।
१२ वर्षिय प्रजातान्त्रिक कालमा प्रजातन्त्रको आवरणमा सबैभन्दा धेरै लुट्न सफल राप्रपा अहिले गणतन्त्रको मामलामा पनि उही रणनीति लिएको उसको घोषणा पत्रले देखाएको छ ।उ गणतन्त्र आएपनि ठिकै नआएपनि ठिकै भन्ने रणनीतिमा रहेको देखिन्छ ।

विनोदकुमार यादवसहित तीन जनालाई पक्राउ

इटहरी, २३ फागुन । शसस्त्र प्रहरीको सिद्धकाली गणले वन तथा भूसंरक्षणमन्त्री मातृका यादवका तत्कालिनअङ्गरक्षक भै फरार रहेका सप्तरी मध्यपुरा-४ का विनोदकुमार यादवसहित तीन जनालाई हातहतियारसहित इटहरीबाट हिजो पक्राउ गरेको छ ।छ महिनाअघि वनमन्त्रीसँग सिरहा आएका बेला मन्त्रीलाई छक्याएर एके ४७ हतियार तथा मन्त्री चढ्ने बलेरो वाडीसहित फरार भई गोईत समूहमा प्रवेश गरेको विनोदकुमारलाई यहाँस्थित गोर्खा डिपार्टमेन्टल स्टोरमा आएको समयमा पक्राउ गरिएको हो । को.४प ३९९६ नं.को मोटरसाइकलमा चढेर आएका विनोदकुमार तथा उनका सहयोगीहरु सप्तरी भारदह- १ का २२ वषर्ीय वुधन मण्डल र २१ वषीय महेशकुमार चौधरीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । माओवादीका सक्रिय कार्यकता त रहेका विनोदकुमारले मन्त्री यादवको गाडीसमेत लिएर फरार भएपछि प्रहरीले उनको खोजतलास जारी राखेको थियो । उनले मन्त्री यादवको जिम्मा भएको गाडीलाई सप्तरीमा जलाएका थिए । सप्तरीमा गाडी जलाएपछि भारत वीरपुरमा रहेको गोइत समूहलाई हातहतियार बुझाएर गोइत समूहमा आबद्ध भएको सूचना र्सार्वजनिक गरिएको थियो । उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने गोली तथा पाँच हजार नेपाली र १६ हजार भारतीय रुपैयाँसहित वरामद भएको र उनीहरूलाई कारबाहीका लागि सप्तरी प्रहरीमा जिम्मा दिएको पनि प्रहरीले जनाएको छ ।

सशस्त्र समूहसँग वार्ताको प्रयास जारी

नेकपा एमालेका महासचिव माधवकुमार नेपालले तराईमा आन्दोलनरत सशस्त्र समूहरु वार्तामा ल्याउनका लागि प्रयास जारी रहेको बताउनु भएको छ । बिहीबार राजधानीमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त आव्हान गर्नु भएको हो । साथै उहाँले सरकारको तर्फबाट पनि वार्ताका लागि प्रयास जारी रहेको बताउदै सबै सशस्त्र समूहहरु बार्तामा आउने विश्वास व्यक्त गर्नु भयो । राजनीतिक मागहरुलाई वार्ताको टेवुलमा बसेर समाधान गर्नु पनि उनिहरुसँग अनुरोध गरेका छन्

नेपाली विषयको प्रश्नपत्रमा सतासीवटा त्रुटि

जिल्ला शिक्षा कार्यालय, काठमाडौंद्वारा सञ्चालित कक्षा ८ को जिल्लास्तरीय परीक्षामा बुधबार वितरित नेपाली विषयको प्रश्नपत्रमा सतासीवटा त्रुटि भेटिएका छन् । प्रश्नपत्रमा बग्रेल्ती व्याकरणीय र भाषिक त्रुटिका साथै विद्यार्थीलाई अल्मल्याउने खालका गम्भीर प्राविधिक गल्तीसमेत छन् ।
अधिकांश शब्द अशुद्ध र भाषिक संरचना पनि नमिलेको सम्बन्धित शिक्षकहरू बताउँछन् । तीन पृष्ठको प्रश्नपत्रको पहिलो पृष्ठमै ५२ वटा साना-ठूला गल्ती छन् ।
प्रश्नपत्रमा 'फ्लोरेन्स'लाई 'फलोरेन्स', 'त्यहाँ' लाई 'त्यहा', 'प्राकृतिक'लाई 'प्रकृतिक', 'सांस्कृतिक'लाई 'सास्कृतिक', 'दिइएका'लाई 'दिइइएका', गर्नुहोस्लाई 'गनुहोस्' जस्ता अनेकौं अशुद्ध शब्द छन् ।
दोहोरिएका उही शब्दमा पनि फरक-फरक हिज्जे प्रयोग गरिएको छ । 'हामी' तीन ठाउँमा ह्रस्व (हामि) लेखिएको छ ।
त्यस्तै, प्रश्न नम्बर १४ मा 'कोष्ठकबाट उपयुक्त शब्द छानी खाली ठाउँ भर्नुहोस्' भनी सोधिएका सातवटा प्रश्नमध्ये दुईवटामा अनावश्यक खाली ठाउँ राखिएको छ । ती प्रश्न यस्ता छन् ः ग. .......श्रुतिसमभिन्नार्थक शब्द हुन्........। (उक्ति-सूक्ति, ठूलो-सानो, फूल-फुल) घ. .......अनेकार्थी शब्द हो......। -रहर, बगर, बहर) जिल्लाभरका तीस हजार विद्यार्थीलाई बाँडिएको प्रश्नपत्रमा यति धेरै गल्ती देखिनु जिशिकाको 'चरम लापरबाही' भएको आरोप शिक्षक, विद्यार्थीले लगाएका छन् ।
'यो प्रश्नपत्र व्याकरणिक तथा भाषिक कुनै पनि दृष्टिबाट हेर्दा विद्यार्थीलाई दिन लायक देखिन्न । यस्तो प्रश्नपत्रबाट कस्तो उत्तरको अपेक्षा गर्नु ?' बुद्धनगरस्थित रोजबड स्कुलका नेपाली विषय-शिक्षक दामोदर ढुंगानाले भने । सरकारी निकायबाट नेपाली भाषालाई गरिएको उपेक्षा यसबाट छर्लंग भएको टिप्पणी गर्दै उनले गल्तीको छानबिन गरी जिम्मेवार व्यक्तिलाई कारबाही गर्न मागसमेत गरे ।
विद्यार्थीहरूले पनि जिशिकाको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन् । 'प्रश्नै यस्तो अशुद्ध छ भने उत्तर कसरी शुद्ध लेख्न सकिन्छ ?,' चाबहिलस्थित बाबा बोर्डिङ हाईस्कुलकी परीक्षार्थी कमला अधिकारीले प्रश्न गरिन् ।
जिशिकाले अघिल्ला वर्षहरूमा पनि यस्ताखाले गल्ती गर्ने गरेको शिक्षकहरू बताउँछन् ।
यस सम्बन्धमा बुझ्न खोज्दा निमित्त जिल्ला शिक्षा अधिकारी लीलामणि पोखरेलले आफूलाई यसबारे केही थाहा नभएको बताउँदै यसको पुष्टि भएमा जिल्लास्तरीय परीक्षासमितिले आवश्यक निर्णय गर्ने बताए ।
परीक्षा-शाखाका अधिकृत नारायण न्यौपानेले भने यस सम्बन्धमा कुनै गुनासो नआएको बताउँदै भने, 'सकेसम्म त्रुटि नभेटियोस् भनेर सम्बन्धित विषय-विशेषज्ञद्वारा राम्ररी रुजु गराइएको हो । कसरी त्यस्तो भएछ त ?'
विषय-विशेषज्ञ धनञ्जय शर्माले वर्णविन्यासमा अत्यधिक गल्ती देखिएको स्विकारे । उनले प्रश्नपत्रलाई परिमार्जित गरेर दिएपछि फेरि आफूलाई नदेखाइएको र बुधबार प्रश्नपत्र हेरेपछि मात्र आफूले गल्ती देखेको प्रतिक्रिया दिए ।
'मैले परिमार्जन गरेको पाण्डुलिपिमा कुनै गल्ती थिएन, तर छाप्दाखेरि प्रुफ हेर्न जान्ने भाषा-विशेषज्ञलाई देखाएनन् जस्तो छ,' उनले भने ।
शिक्षा मन्त्रालयका सचिव बालानन्द शर्माले यस विषयमा आफूलाई थाहा नभएको बताउँदै गम्भीर गल्ती भएमा परीक्षा सञ्चालन बोर्डले मान्यता नदिन सक्ने जानकारी गराए ।

आजदेखि फेरि तीन दिन तराई बन्द

तराईवासीको भावना कदर नगरी संविधानसभा निर्वाचन गर्न लागेको विरोधमा अखिल तराई मुक्ति मोर्चा गोइत समूहले आजदेखि तीन दिनसम्म तराई बन्दको आहृवान गरेको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतद्वारा जारी विज्ञप्तिअनुसार तराई तथा तराईका मूल निवासीको समस्याका विषयलाई थाँती राखेर गर्न लागिएको संविधानसभा निर्वाचनले तराईका समस्या ज्यँका त्यूँ रहने भएकाले आन्दोलन गर्नुको विकल्प नरहेको भन्दै बन्दको घोषणा गरिएको उल्लेख छ । इतिहासलाई बिर्सिएर गर्न लागिएको संविधानसभा निर्वाचन तराईवासीले नकार्नुपर्ने र गठबन्धन दललाई चेतावनी दिनका निम्ति पनि बन्द गरिएको गोइतले स्पष्ट गरेका छन् ।एक साता अघि तराईमा आन्दोलनरत विभिन्न संगठनसंग सरकारको सम्झौतापछि तराईका प्रायः राजनीतिक मुद्दा समाप्त भएको उल्लेख गर्दै सबै संघर्षरत समूहलाई वार्ताका निम्ति बोलाइए पनि सशस्त्र संघर्ष गरिरहेका थोरै मात्र समूह वार्ताको निम्ति तयार भएका छन् । अर्कोतर्फ सरकारसंग भएको सम्झौतापश्चात् छुटेका दलहरूले भोलि निर्वाचन आयोगमा प्रत्यक्ष प्रणालीअन्तर्गत उम्मेदवारी दर्ता गराउने तिथि तय गरिएको छ ।

आज महाशिवरात्री

६ मार्च, ०८ । शिवको उत्पत्ति भएको रातको नामबाट शिवरात्री पर्व सुरु भएको धार्मिक विश्वासअनुसार हिन्दु धर्मालम्वीहरुले आज भगवान शिवको पूजा आराधना गरी मुलुकभरी महाशिवरात्री पर्व मनाईदै छ । एकाविहानै नदी, कुण्ड र तलाउमा स्नान गरी धर्मालम्वीहरुले शिवालयहरुमा श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् । यस पर्वका दिन उपवास वसि रातभर जाग्राम वसे सर्वसिद्ध लाभभई यमलोक जानु नपर्ने विश्वास रहेको छ । विश्वभरिकै हिन्दूहरुको सबैभन्दा ठूलो धार्मिकस्थल पशुपतिमा धार्मिक मेला भर्न देश विदेशका लाखौं भक्तजनहरु ओइरिने गर्दछन् । शिवको उत्पत्ति भएको रातको नामबाट शिवरात्री पर्व सुरु भएको धार्मिक विश्वास छ । कालरात्री, महारात्री, सुखरात्री आदिका नामले पनि पुकारिने यस पर्व फागुन कृष्ण चतुदशीका दिन शिवआराधना, भजनकिर्तन, उपवास, धुनीजलन गरी मनाइन्छ । शिवरात्रीको प्रसंगमा एउटा कथन छ- परापूर्वकालमा एक व्याधा शिकार खेल्न वनमा गयो । त्यस दिन उसले शिकार भेटेन र दिन त्यसै बित्यो । रात परिसक्दा ऊ घना जंगलको बीचतिर पुगिसकेकाले हत्तपत्त बासस्थान र्फकने आंट गर्न सकेन र रात बिताउन बेलको रुखमा चढ्यो । निदाए रुखबाट खसिएला भन्ने पीर थियो । त्यसैले निद्रा भगाउन रातभर बेलका पात चुड्दै बस्यो । संयोगशव उसले टिप्दै फ्यांकेको बेलका पातहरु (बेलपत्र) शिवको मूर्तिमा खस्यो । अन्जानमै व्याधाले बेलपत्र चढाएपछि उसको मनमा शिवका जीवनभरका पाप सबै नष्ट भए र तत्पश्चात ऊ पुण्यकर्ममा लाग्यो । यो रात फागुन कृष्ण चतुदशी परेकाले हरेक वर्ष त्यही रात शिवरात्रीका रुपमा मनाइएको किवंदन्ती छ । पछिल्ला दिनमा शिवरात्रीमा विकृतिहरु बढ्न थालेका छन् । विभिन्न नसालु पदार्थले लठ्ठएर बसेका युवाहरुमा गांजा संस्कृति भित्र्याउन बाबाहरुले सहयोग पुर्‍याइरहेका छन् । अघिपछि त चोक र बजारहरुमा गाजा र अरु नशालु पदार्थ खाएर लठ्ठै हुने युवाहरु शिवरात्रीमा त झन् विशेष योजना बनाउंछन् । शिवरात्रीमा शिवको पूजा हुने भएकोले प्रसादको रुपमा गांजा, भाङ, धतुरो खाने प्रचलन छ । शिवरात्रीको आफ्नै महिमा छ । पशुपतिनाथबाहेक देशभरिका शिवमन्दिरहरुमा मेला लाग्छ शिवरात्रीमा । कतिपयले त घरघरै आफ्नै आंगन वा टोल, चोकमा धुनी बालेर शिवलाई हर्षित पार्ने प्रयास गर्छन् । शिवरात्रीको यति ठूलो महिमा हुंदाहुंदै पनि यस पर्वमा भित्रिने खराब गांजा संस्कृतिप्रति सचेत समाजको ध्यान जानु जरुरी भएको संस्कृतिविद् बताउंछन् ।

Tuesday, March 4, 2008

अनमिनको हेलिकप्टरमा मारिएका चै कति हो ?

हरेक विषयमा विवाद देखिने यो नेपालमा मंगलवार अर्को अचम्मको विवाद देखिएको छ । सोमवार दुर्घटनामा परेको अनमिनको हेलिकप्टरमा मारिने कत्ति भन्ने विवाद ।गृह मन्त्रालयले विज्ञप्ती जारी गरेर १२ जनाको मृत्यु भएको दावी गरिरहेको छ भने अनमिनले पनि विज्ञप्ती मार्फत नै १० जना मात्र मारिएको दावी गरेको छ । अनमिने नामावली नै सार्वजनिक गरेको छ । त्यसमा मारिने नेपालीको संख्या तीन जना मात्र उल्लेख छ । गृहले भने पांच जना नेपालीको शव नै फेला परिसकेको बताएको छ ।
हैन भयो यस्तो कसरी भन्ने प्रश्न मात्र हो मेरो । दुर्घटनास्थलमा गृहका प्रतिनिधि पनि पुगेका छन अनी अनमिनटोलि पनि हिजो नै पुगिसकेको छ । तैपनि मारिनेको संख्यामा किन कन्फ्युज भइरहेको हो बुझ्न सकिएन ।
सोमवार सांढे चार वजे रामेछापवाट काठमाडौं आउंदै गरेको हेलिप्टर बेथानमा दुघटनाग्रस्त भएको थियो । अनमिनको विज्ञप्ती अनुसार दुृघटनामा परी मृत्यु हुनेमा चार जना हतियार अनुगमन टोलिका सदस्य तीन जना नेपाली सहयोगि र तीन जना चालक दलका सदस्य छन ।
गृहमन्त्रालयका अनुसार फेला परेको लासमध्ये पवांचवटा नेपालीको छ । अब लास नै फेला परेको हो भने त पक्कैपनि संख्या १२ नै हुनुपर्छ । यसमा अनमिनले १० हो भनेर जिद्धि गर्नु आवश्यक छैन जस्तो लाग्छ ।
माओवादी अस्थायि शिविरको निरिक्षण गरेर फर्कनेक्रममा कुनै माओवादीका अधिकारी हेलिकप्टरमा चढेका पनि त हुनसक्छ नी । यसमा पनि रोचक कुरा के हो भने जुन हेलिकप्टर दुर्घटनामा परेको छ त्यसले नेपालमा उडान अनुमति नै लिएको रहेनछ । भनेपछि साना राष्ट्र भनेपछि युएनले पनि हेप्ने नै रहेछ है ।

ग्रामीण महिला एकजुट भई रक्सीविरुद्ध

बझाङ, २२ फागुन । मेलबिसौना गाविस, तल्कोटकी महिलाले गाउँमा रक्सी व्यापार गर्दैआएका १४ व्यक्तिलाई १०० लिटर कच्ची रक्सी र पाँच पेटी पक्की रक्सीसहित नियन्त्रणमा लिई प्रहरी चौकीमा बुझाएका छन् । पुरुषले गाउँमा रक्सी खाएर सधैँ होहल्ला गरी महिलामाथि कुटपिट गर्ने घटनामा वृद्धि भएपछि ग्रामीण महिला एकजुट भई रक्सीविरुद्ध अभियान थालेका हुन् । प्रहरी चौकीले पक्राउ परेका सबै जनाबाट र दुईहजारका दरले जरिवाना लिई आगामी दिनमा रक्सीको व्यापार नगर्ने कागज गराएर छाडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार सो घटनापछि त्यस इलाकामा रक्सीको व्यापार बन्द भएको छ । संविधानसभाको निर्वाचनको बेला रक्सी खाएर हुने होहल्ला हुन नदिन र संविधानसभाको निर्वाचनलाई शान्ति पुर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाका महिला अहिले रक्सी बन्द गर्ने अभियानमा जुटेको बुझिएको छ ।गाउँघरमा महिलाले रक्सी बन्द गरे पनि सदरमुकाममा भने खुला रूपमा रक्सीको बिक्री वितरण भइरहेकोले पुर्ण नियन्त्रण गर्न समस्या परेको महिला अधिकार मञ्चकी अध्यक्ष सुशीला चन्दले बताउनुभयो ।

प्रहरीलाई १५ दिने तालिम दिई निर्वाचनसम्म रु. १० हजार तलब सुविधा

कास्की, २२ फागुन । संविधानसभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा माग अनुसारको आवेदन नपरेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले एक हप्त्ाका लागि म्याद थप गरेको छ । दुई पटक सूचना निकालेपछि अहिले कास्कीमा म्यादी प्रहरी आवेदन दिनेको सङ्ख्या ५७ महिलासहित ७५४ पुगेको छ । नेपालभरि चाहिने म्यादी प्रहरी सङ्ख्यामा आवेदन थोरै परेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनबमोजिम कास्कीमा म्याद थप गरिएको हो । छनोट भएका म्यादी प्रहरीलाई १५ दिने तालिम दिई निर्वाचनसम्म रु. १० हजार तलब सुविधा दिएर परिचालन गरिनेछ ।

संविधानसभाको विरुद्धमा अझै पनि षड्यन्त्र हुनसक्छ: प्रचण्ड

काठमाडौं, । माओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको विरुद्धमा अझै पनि षड्यन्त्र हुन सक्ने बताउनु भएको छ । मंगलबार राजधानीमा गणतान्त्रिक खेलकुद महासंघको सम्मेलन उद्घाटन गर्दै उहाँले चुनावविरुद्ध स्वदेश र विदेशबाट षड्यन्त्र भइरहेको बताउनु भयो । षड्यन्त्र विरुद्ध सबैले एक भएमा चुनाव विरोधीहरू आफैँ समाप्त हुने उहाँले बताउनु भयो ।

१८ पर्वलाई राष्ट्रिय मान्यता

काठमाडौं, फागुन २१ - सरकारले विभिन्न धर्म र जातिका १८ पर्वलाई राष्ट्रिय मान्यताका साथ र्सार्वजनिक बिदा दिने निर्ण्र्ाागरेको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले धर्मनिरपेक्ष राष्ट्रको भावनाअनुरूप विभिन्न जातजाति र धर्मका पर्वलाई राष्ट्रिय रूपमा मनाउने निर्ण्र्ाागरेको हो । स्रोतअनुसार राष्ट्रिय पर्व घोषित गरिएकामा मुस्लिम धर्मावलम्बीको इद र बकरिद, क्रिस्चियनको क्रिसमस, शिखको नानक जयन्ती छन् ।
त्यसैगरी किरा“त र्राईहरूको उभौली -चण्डी पूणिर्मा), उ“धौली -मंसिर पूणिर्मा), सुदूरपश्चिमको गौरा पर्व, गुरुङ र थकाली जातिको तमु ल्होसार, तामाङ र ह्योल्मो जातिको सोनाम ल्होसार, पश्चिमा थारू जातिको माघी पर्वलाई राष्ट्रिय पर्व घोषणा गरेको छ ।
नया“ वर्ष महाशिवरात्रि, फागू पूणिर्मा र जनै पूणिर्मालगायत राष्ट्रिय पर्वका रूपमा यथावत् छन् । सरकारले दसैं बिदा तीन दिन घटाएको छ ।
यसअघि फूलपातीदेखि पूणिर्मासम्म बिदा दि“दै आएकामा अब फूलपातीदेखि द्वादशीसम्म मात्र बिदा दिइनेछ ।
राजवंशी जातिको सिरुवा पावनी पर्वलाई क्षेत्रीय पर्वको मान्यता दिएको छ । उक्त पर्वमा झापा, मोरङ र सुनसरी तीन जिल्लामा बिदा दिइनेछ ।
सहमति कार्यान्वयन गर्ने निर्ण्र्ाासरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गणतान्त्रिक मोर्चासित भएका सहमतिलाई तुरुन्त कार्यान्वयन गर्ने निर्ण्र्ाागरेको छ । सरकारले मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई सहिद घोषणा गरी तिनका परिवारलाई जनही १० लाख रुपैया“का दरले राहत दिने निर्ण्र्ाामेत गरेको छ ।

भिक्षा वितरण यसपटक प्रधानमन्त्रीले गर्ने

५ मार्च, ०८ । शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनमा आएका जोगीहरूलाई राजा ज्ञानेन्द्रमार्फत वितरण गरिँदै आएको भिक्षा यसपटक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वितरण गर्नुहुने भएको छ ।यसअघि पशुपतिको दर्शनमा आएका जोगिहरूलाई राजा ज्ञानेन्द्रमार्फ गुठी संस्थानले एक-एक जोर कपडा, ओड्ने-ओछ्याउने वितरण गर्दै आएको थियो ।शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शन गर्न भारतबाट ६ सय भन्दा बढी जोगीहरू पशुपतिमा आएका छन् । यसैबीच पशुपति क्षेत्र विकास कोषले बिहीबार हुने महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ ।

कांग्रेसको लागि : ८० देखी ९० सिट

हेर्दा माओवादीको प्रभाव राम्रै रहेपनि चुनाव भनेको चुनाव नै हो । त्यसमा मतदातासम्म सकारात्मक प्रभाव पुग्नु आवश्यक छ । त्यसैको आधारमा नै प्रत्यक्ष निर्वाचनमा माओवादीको प्रतिनिधित्वको बारेमा अनुमान गरिएको हो । निर्वाचन परिणाम मतदाताको मुडमा भरपर्ने कुरो हो । २०५६ पछि निर्वाचन नभएकाले मतदाताको मुड यस्तै छ भन्ने आधार पनि छैन । तैपनि पार्टीमा रहेको गम्भिर्यता लोकपि्रयता र जनरुचिको आधारमा अनुमान लगाउन त सकिन्छ नै ।अब पालो कांग्रेसको । २०५६ सालमा एक सय १३ सिट सहित बहुमत ल्याएको कांग्रेसका लागि पनि संविधान सभा चुनाव फलामको च्युरा बन्ने सम्भावना प्रवल छ ।
पराजयको पाटोपहिलो कारण : पटक पटक कांग्रेसको सरकार हेरिसकेका जनताले अब अर्कै शक्तिलाइ मौका दिने मुडमा आउनसक्छन । त्यसमा पनि कांग्रेसका नयां भन्दा पुरानैको बाुहल्यता रहेको छ । त्यसमा पनि भ्रष्टाचारमा गन्हाएकाहरु पनि छन । यसले नतिजामा उलटपुलट गराउनसक्छन ।
दोस्रो कारण : कांग्रेसले राजतन्त्रको साथ दिन्छ भनेर माओवादी मात्र हैन एमाले पनि प्रचारवाजीमा उत्रिएको छ । यसले मतदातामा हो भन्ने जरा गाड्यो भने त्यो हटाउन कांग्रेसलाइ हम्मे हम्मे पर्ने निश्चित छ ।
तेस्रो कारण : अहिले कम्युनिष्टको माहौल छ । यसमा कांग्रेस प्रजातान्त्रीक शक्तिको रुपमा चिनिन्छ । त्यसमा पनि परिवारवादले गांजेको र चुनावमा कांग्रेले कांग्रेसलाइ नै धोका दिने पुरानै संस्कारका कारण कांग्रेस पछि पर्नसक्ने सम्भावना देखिन्छ ।
विजयको पाटो
पहिलो कारण : नेपालमा बामशक्ति पार्टी विभाजीत अवस्थामा रहेका छन । अहिलेको चुनावमा सबैभन्दा ठुलो प्रतिष्पर्धापनि बाम शक्ति एमाले र माओवादीविच हुने देखिन्छ । उनीहरुले एक अर्काको भोट काट्दा त्यसको फाइदा कांग्रेसका उम्मेदवारले पाउनसक्छन ।
दोस्रो कारण : जत्ति आलोचना भएपनि गिरजाप्रसाद कोइराला एक शक्तिको रुपमा स्थापित भएका नेता हुन । माधव नेपाल भर नभएको नेता अनी प्रचण्डको हावा भाषणका कारण कोइराला अझै बलिया नै देखिएका छन । यही व्यक्तित्वको कारण पनि कांग्रेसले पुन बाजी मार्ने सम्भावना देखिन्छ ।
तेस्रो कारण : नेपालमा कसलाइ उचाल्ने कसलाइ पछार्ने यसको निर्धारण बाह्य शक्तिमा धेरै निर्भर रहेको देखिन्छ । भारत अमेरिकाको नेपालमा बढि प्रभाव रहेको छ । यि दुबै राष्ट्रले सहयोग गर्ने हो भने कांग्रेसले फेरी बहुमत ल्याउने सम्भावना नकार्न सिकंदैन ।

बाख्राले अनौठो खालको पाठो जन्मायो

बाबियाचौर -म्याग्दी), २१ फागुन । म्याग्दी जिल्ला भकिम्ली गाविस वडा न.७ हदेलेगौँडामा एउटा बाख्राले अनौठो खालको पाठो जन्माएको छ ।स्थानीय पविकला र्घर्तीमगरले पालेको बाख्राले तेस्रो बेतमा बा“दरको जस्तो अनुहार, मानिसको जस्तो छाती, घाँटी र टाउको भएको पाठो आइतबार राति जन्माएको हो । मृत अवस्थामा जन्मिएको उक्त पाठोको तौल करिब १० किलोग्राम रहेको अनुमान गरिएको छ । सो बाख्राले एकै बेतमा जन्माएका अन्य दुई पाठा भने सामान्य अवस्थाका छन् । अहिले अनौठो पाठो हेर्ने मानिसको भीड लागेको छ ।जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका पशु चिकित्सक डा.प्रेम शर्मा सापकोटा हर्मोन र बाख्राले विषादीयुक्त घाँसपात खाएका कारण त्यस्तो पाठो जन्मिएको हुनसक्ने बताउनुहुन्छ ।

तेह्र दिन बा“की: एसएलसी तयारी पूरा

काठमाडौं, फागुन २० - आगामी चैत पहिलो सातादेखि हुने यसपालिको एसएलसी परीक्षा तयारी अन्तिम चरणमा पुगेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सबै जिल्लामा उत्तरपुस्तिका पठाइसकेको जनाएको छ । प्रश्नपत्र पुर्‍याउने काम भइरहेको परीक्षा उपनियन्त्रक गोपाल भट्टर्राईले बताए । '७५ प्रतिशत काम पूरा भएको छ,' लोडसेडिङका कारण कम्प्युटरमा हुने काममा बाधा पुगेको गुनासो गर्दै उनले भने- 'कम्प्युटरमा विद्यार्थीको अभिलेख राख्नलाई बिजुलीले समस्या पारेको छ ।'
आगामी चैत ४ देखि १४ गतेसम्म हुने परीक्षामा चार लाख परीक्षार्थी सहभागी हुनेछन् । त्यसनिम्ति १ हजार २ सय ९९ परीक्षा केन्द्र कायम हुनेछ । यो संख्या गत सालभन्दा १ सय १३ ले बढी हो । हरेक केन्द्रका निम्ति एक केन्द्राध्यक्ष र ३० परीक्ष्ँार्थी बराबर एक निरीक्षक रहनेछन् । परीक्ष्ँार्थी संख्या बढ्नु र मागअनुसार गाउ“-गाउ“सम्म केन्द्र विस्तार गरिएको हो ।
हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्ष्ँतामा परीक्षा समिति रहने र उक्त समितिले परीक्ष्ँालाई मर्यादित बनाउने छ । 'आ-आफ्ना ठाउ“मा केन्द्र विस्तार गरिएकाले परीक्षा सहज हुनेछ,' शिक्षा मन्त्रालयका प्रवक्ता लवप्रसाद त्रिपाठीले भने- 'शिक्ष्ँकले एसएलसीलाई मध्यनजर गरी आन्दोलन फिर्ता लिएका छन् । राजनीतिक वातावरणसमेत सरल बनेकाले विगतभन्दा भयरहित भएर परीक्षा दिन पाउनेछन् ।'
दूर शिक्षाका सहभागी हुने
दूरशिक्षाका माध्यमबाट पढेका विद्यार्थी यो वर्षएसएलसी परीक्षा दिने तयारीमा छन् । नियमित पढाइ पूरा गर्न नसक्नेलार्इर्र्यसरी मौका दिइएको हो । यसपटक १ सय ४८ जनाले परीक्षा दि“दै छन् । उनीहरूले खुल्ला विद्यालयका रूपमा रेडियो, पत्रपत्रिका र स्वाध्ययनबाट परीक्षाको तयारी गरेका छन् ।
त्यसका निम्ति पर्ूवाञ्चलका इटहरीस्थित जनता मावि, मध्यमाञ्चलको जुद्ध उच्चमावि गौर, मध्यमाञ्चलको त्रिभुवन उच्चमावि, पश्चिमाञ्चलको अमरसिंह मावि कास्की र सुदूर पश्चिमाञ्चलका सरस्वती मावि धनगढी परीक्षा केन्द्र रहेका छन् ।
तीस कैदी परीक्षार्थी
यसैगरी गरी राजधानीस्थित केन्द्रीय कारागारमा रहेका ३० कैदीले एसएलसीको तयारी गरेका छन् । विद्यार्थीका मागअनुसार परीक्षा केन्द्र कायम गरिएको जनाइएको छ ।
नेपालस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई मध्यनजर गरी यसै वर्षाट विदेशी विद्यार्थीले एसएलसी परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसका निम्ति शिक्षा मन्त्रालयको निर्ण्र्ाानुसार दर्ुइ पाकिस्तानी विद्यार्थी एसएलसी दिने तयारीमा छन् ।
राजधानीको महाराजगन्जस्थित काठमाडौं भ्याली स्कुलका दर्ुइ विद्यार्थी तयारीमा जुटेका छन् । विदेशीले नेपाली विषयको सट्टा ऐच्छिक अंग्रेजी र आठै विषय अंग्रेजी माध्यमबाट जा“च दिने छन् ।
अपांगलाई सहयोगीको व्यवस्था
एसएलसी परीक्षा सञ्चालन निर्देशिकाअनुसार परीक्षार्थी अन्धा वा अपांग -दुवै हात नचल्ने) व्यक्तिले परीक्षाका लागि सहयोगी लेखक राख्न पाउने व्यवस्था छ । कम्तीमा आठ कक्षा उत्तर्ीण्ाले लेखक बन्न पाउने छन् ।
शिक्षा नियमावली २०५९ अनुसार अपांगताको प्रकृतिअनुसार अन्धा, बहिरा, सुस्त मनस्थितिका परीक्षार्थीलाई निर्धारित समयभन्दा बढीमा १ घन्टा ३० मिनेट थप समय दिइने व्यवस्था छ ।

छिमेकीद्धारा एक बृद्बाको हत्या

४ फेब्रुअरी, ०८ । मोरङ्घको शनिश्चरेका एकजना युवकले छिमेकी ५० बषिर्य बृद्बाको घाटी रेटेर हत्या गरेका छन । शनिश्चरे १ नया मगलबारेका ललित सुब्बाले रामरती भनेर चिनिने ५० बषिर्य गौन माया राइको गएराति ११ बजे हत्या गरेका हुन् । हत्यापछि सुब्बा फरार रहेको प्रहरीले जनाएको छ ।यसैगरी घटना लगत्तै त्यहा पुगेका धन बहादुर तामाङ्घलाइ पनि सुब्बाले धारिलो हतियार प्रहार गरि घाइते बनाएका छन् । घाइतेको धरानमा उपचार भैरहेको छ । मृतक राईको भने शब पोस्मार्टमका लागि मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र उर्लाबारी लगिएको छ ।

अनमिनद्धारा मृतकको नाम सार्बजनीक

४ मार्च, ०८ । हिजो रामेछापमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शब आज राजधानी ल्याइइदैछ भने दुर्घटनामा मारिएका १० जनाको नाम संयुक्त राष्ट्र संघीय मिसन अनमिनले सार्वजनिक गरेको छ ।आज अनमिनद्वारा जारी प्रेश बिज्ञप्ती अनुसार, दुर्घटनामा मारिने तीन नेपाली नागरिकमा भीमबहादुर गुरुङ, रविन्द्र खनिया र राजेन्द्र महर्जन छन् । दुर्घटनामा मारिने अन्य सात जनामा जाम्बिया, इन्डोनेशिया, दक्षिण कोरिया र स्विडेनका नागरिक भएको अनमिनले जनाएको छ ।हेलिकोप्टर रामेछापको बेथानमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । अनमिनको हेलिकप्टर सिन्धुलीको दुधौलीमा रहेको माओवादी छापामार शिविरबाट राजधानी फर्कने क्रममा हिजो बेलुका करिब ४ बजे दुर्घटनाग्रस्त भएको थियो ।

देशभर नेकपा माओवादी प्रवेश गर्नेहरुको लहर

४ मार्च, ०८ । संविधानसभा निर्वाचनको प्रचारको तिव्रतासंगै जिल्लाका बिभिन्न पार्टीका प्रभावशाली नेता तथा कार्यकर्ताहरु नेकपा माओवादीमा प्रवेश गर्नेहरुको लहर चलेको छ । हालै बाग्लुङ काग्रेसका प्रभावशाली नेता मुकुन्दसिंह भन्डारी तथा सयौं कार्यकर्ताहरु तथा बागलुङ बलेवा क्षेत्रका एमाले समर्थकहरुको एक समुह सो पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेका छन । यस्तै दाङ क्षेत्र नम्बर १ को देउखुरीमा १८ जना मुक्त कमैयासहित ४० जना अन्य पार्टीका कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । दाङकै श्रीगाउमा विभिन्न पार्टी परित्याग गरी १ सय जना माओवादीमा प्रवेश गरेका छन् । त्यस्तै डुरुवामा आयोजित चुनावी सभाबाट एमालेका कृष्णबहादुर बस्नेतसहित २२ जना माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई क्षेत्र नम्बर ४ का माओवादी उम्मेदवार एवं माओवादी केन्द्रीय सल्लाहकार शिवराज गौतमले स्वागत गर्नुभएको थियो । यसैगरी मानपुरमा आयोजित कार्यक्रमा कांग्रेसका ध्रुब लामिछानेसहित ९, एमालेका तारा नेपालीसहित २३, मालेका प्रेम बस्नेतसहित २३ जना माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी नेता गिरिराज केसीले स्वागत गर्नुभएको थियो । उता क्षेत्र नम्बर ५ को शान्तिनगरमा आयोजित कार्यक्रममा एमालेका थबबहादुर विक, कांग्रेसका खुमप्रसाद पाण्डे, राप्रपाका मिनराज पाण्डे, स्वतन्त्र रामबहादुर केसीसहित ३९ जना माओवादीमा प्रवेश गरेका छन् । माओवादी थारुवान राज्यसमिति सदस्य शितलले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो । नेकपा -माओवादी सल्यानले संविधानसभा अभियानलाई तीब्र पारेको छ । सो क्रममा अन्य पार्टी छाडेर माओवादीमा प्रवेश गर्नेहरुको पनि लहर चलेको छ । । त्यस्तै रिमको शितल वजारमा पनि जनसभा सम्पन्न भएको छ । सो एमालेका वीरबहादुर विक, जनक विक,रणवहादुर महतरा, रेवती घर्ति, दलवहादुर राणा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् । त्यस्तै नेपाली काग्रेसका छविलाल विकलगायतले काग्रेस पार्टी त्यागी माओवादीमा प्रवेश गरेको घोषणा गरे । एमालेका १ नं एरियाको लक्ष्मीपुर गाउकमिटी सदस्य चन्द्र वहादुर वली र नेपाली कांग्रेसका मानबहादुर सिंहले पनि सोमवार वक्तब्यमार्फत माओवादीमा प्रवेश गरेको जनाएका छन् ।

Monday, March 3, 2008

४० बर्षमा बिश्वकै धनी देश बनाउने प्रचण्डको दावी

माओवादी अध्यक्ष प्रचण्डले आगामी ४० बर्ष भित्रमा मुलुकको कायपलट गरी बिश्वकै धनी देश बनाउने दावी गर्नु भएको छ । २० फागुनमा आफ्नो निर्वाचन क्षेत्रमा पहिलो चुनावी आमसभा गर्दै आज प्रचण्डले भन्नुभयो, दश बर्ष भित्रै अनुभव गर्न सकिने गरी हामी परिवर्तन गर्र्छौ ।
यस क्रममा उहाले महाभारत पर्वतको बीचबाट चार्लेङ्गको राजमार्ग र चीनबाट पोखरा हुदै लुम्बीनी सम्मको रेलमार्ग विस्तार गरीने महत्वकांक्षी योजना समेत घोषणा गर्नुभयो ।
आफुहरु अहिले लर्डाईको अन्तिम मोर्चा संविधानसभाको निर्वाचनमा होमीएको बताउदै अध्यक्ष प्रचण्डले अन्य लडाइं झैं यो लडाइमा पनि माओवादीले नै जित्नुपर्ने तर्क राख्नुभयो ।
राजनीतिक क्रान्ति सफल भए लगत्तै आर्थिक क्रान्ति गर्ने पार्टीको नीति सार्वजनीक गर्दै प्रचण्डले भन्नुभयो-संघियता र गणतन्त्रको एजेण्डामा आफ्नो पार्टीले नेतृत्व गरेकाले अब मुलुकको नेतृत्व पनि आफ्ने पार्टीले पाउनुपर्ने धारणा राख्नुभयो ।
कीर्तिपुरे जनताको विरता र शाहशको प्रसंशा गर्दै प्रचण्डले सोही कारणनै आफु कीर्तिपुर क्षेत्रको उम्मेदवार बनेको बताउनुभयो । उहाले आफुले निर्वाचनमा भोट नमाग्ने तर आफ्नो पार्टीले नेतृत्व सम्हाल्न पाउनुपर्ने भनि आव्हान मात्र गर्ने समेत बताउनुभयो ।

'एकपटक सत्ताको नेतृत्व गर्न देऊ'-प्रचण्ड

पोखरा, १९ फागुन/नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एक पटक नयाँ नेपाल निर्माणको लागि माओवादीलाई सत्ताको नेतृत्व गर्ने अवसर प्रदान गर्न जनतासित अपिल गर्नुभएको छ । मुलुक संविधान सभामय बन्दै गएको सर्न्दर्भमा उहाँले माओवादीलाई नेतृत्व दिन सवैपक्षसित आग्रह गर्नुभएको हो । 'नयाँ नेपालको निर्माणको जिम्मा एकपटक माओवादीलाई दिनोस ।' माओवादी अध्यक्ष प्रचण्डले पोखराको नयाँबजारमा अवस्थित रेडियो गण्डकीको आइतबार उदघाटन गर्दै भन्नुभयो-'जनताले अवसर दिनुपर्छ, हाम्रो अपिल छ ।' राजनीतिक क्रान्ति टुंगोमा नलागिसकेको संकेत गर्दै उहाँले संविधान सभाको चुनावले राजनीतिक क्रान्तिको टुंगो लगाउने छ ।पोखराको अत्यन्तै व्यस्त सडक नयाँ बजारको सडक खण्ड जाम नै गरेर गरिएको उक्त उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको राजनीतिक क्रान्ति सधै सम्झौतामा टुंगिएको स्वीकार्दै अब कुनैपनि सम्झौतामा नआल्झिने बताउनुभयो । 'राजनीतिक क्रान्ति सधै सम्झौतामा टुंगिएको छ ।' उहाँले भन्नुभयो-'अब पुर्णता दिनुपर्ने समय आएको छ ।' २००७ सालदेखि नै सम्झौता गरिदैं घोका खाँदै आएको प्रसंग कोट्याउँदै अध्यक्ष प्रचण्डले चुनावले नै राजनीतिक क्रान्तिलाई पुर्णता दिने ठोकुवा गर्नुभयो । सूचनामाथिको अधिकार सुनिश्चित गर्न अझै बाँकी रहेको उल्लेख गर्दै उहाँले राजनीतिक क्रान्तिको पुर्णताले उक्त अधिकार स्थापित हुने र आर्थिक क्रान्तिको लागि बाटो खुल्ने अभिव्यक्ति दिनुभयो । उहाँले सूचनामाथि जनताको अधिकार स्थापित हुन सकेको छैन भन्दै पुँजीपतिहरुको हातमा केन्द्रीत रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले विचार र राजनीतिकको मात्र सम्बन्ध नभएको दावी गर्दै संविधान सभाको लागि माओवादीको रगतको सम्बन्ध रहेको उल्लेख गर्नुभयो । 'संविधान सभासित माओवादीको रगतको सम्बन्ध छ ।' उहाँको भनाई थियो-'विचार र राजनीतिकको मात्र सम्बन्ध होइन ।' रगतको सम्बन्ध रहेको संविधान सभाको चुनावलाई फेरी कुनै शक्तिले टुटाउने होकि भन्ने चिन्ता रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नयाँ नेपाल निर्माणको लागि ४० वर्षो योजना मओवादीले अघिसारेको बताउनुभयो । ल्हासासम्म आइपुगेको रेल मार्गलाई काठमाडौंहुदै पोखरासम्म जोड्ने, पोखरामा हवाई अड्डा बन्नुपर्ने र पर्यटन प्रवर्द्धन गर्न जस्ता तीन आधारभूत कुराहरु उब्जाउँदै त्यसको पुरा गर्न माओवादीलाई एकपटक सत्तामा पुर्‍याउन आग्रह गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डले बोल्ने क्रममै लोडसेडिङ भएको थियो । केहीबेरको विश्राम पछि पुन बोल्न शुरु गर्नुभएका प्रचण्डले दोस्रोपटक समेत विद्युत कटौतीको समस्या उत्पन्न भएको थियो । तेस्रो पटकमा उहाँले सम्बोधन पुरा गर्नुभएको थियो । माघ २७ गतेदेखि परिक्षण प्रसारण शुरु गरेको रेडियो गण्डकीले आइतबारदेखि विधिवत रुपमा उदघाटन गरिएको हो । रेडियोले परिक्षण प्रसारणकै क्रममा समाचार समेत सम्प्रेषण गर्दै आएको थियो ।

मलेसियामा ३ हप्तामा २० नेपालीको मृत्यु

० यस हप्ता पनि ७ जना मृत्यु !
० राजकुमार खान सुतेको सुतै,
० ट्वीन टावरमा कार्यरत दोर्जे सुतेको सुतै,
० रामप्रसाद लिम्बुद्वारा झुण्डिएर आत्महत्या,
० बोमबहादुर ओलीको रहस्यपूर्ण ढंगले मृत्यु,
० औद्योगिक दुर्घटनामा बस्नेतको मृत्यु,
० सडक दुर्घटनामा परी शंकर सुवेदीको मृत्यु,
० कारले ठक्कर दिंदा खड्काको मृत्यु

मलेसियामा श्रमिकहरूको आकस्मिक मृत्यु जारी छ । यस हप्ता पनि मलेसियामा ७ जना नेपाली श्रमिकहरूको मृत्यु भएको छ । यसले गर्दा विगत तीन हप्तामा मलेसियामा मृत्यु हुने नेपालीहरूको संख्या २० पुगेको छ । ती सबैको मृत्यूको बास्तविक कारण खोज्न सकिएको छैन । वास्तविक संख्या गन्न सकिएको छैन । मृतकका परिवारहरू कारण नखुलेको अपुष्ट मृत्युहरू व्यहोर्न बाध्य छन् । कति आफन्तहरूले चाहेर पनि धर्म, संस्कृति अनुरुप यहाँ मृत्यु हुनेहरूको विधिपूर्वक मृत्युसंस्कारसमेत गर्न पाएका छैनन् । धन कमाउन विदेश हिंडेको आफन्तको बदलामा विदेशबाट कसैले लगिदिएको एक मुठी खरानीले चित्त बुझाउनुपर्ने अवस्था विद्यमान छ । यी मृत्युहरूले थप प्रश्नहरू थपिदिएको छ । मृत्यु पश्चात्को अवस्था के हुने ? शव कसरी परिवारको हातमा पुग्छ ? क्षतिपूर्ति तथा विमा कसरी उपलब्ध गर्ने ? कस्ता मृत्युहरूमा कति क्षतिपूर्ति पाउने ? भिषा, राहदानी नभएकाहरूको शवको अवस्था कस्तो हुने ? भवितब्य वा कर्तब्य के कारणले मृत्यु भएको हो, कसरी बिश्वस्त हुने ? मृतकका तर्फबाट विदेशमा कसले खोजी गर्ने ? आम श्रमिकका परिवारहरूलाई यी प्रश्नहरूको उत्तर जानकारी छैन भन्दा फरक नपर्ला । स्पष्ट रुपले यी प्रश्नका उत्तर सम्बन्धित निकायले दिनु जरुरी छ । विदेशमा हुने मृत्यु पश्चात आत्तिने र अरु कसैसंग शब झिकाईदिन गुहार माग्ने भन्दा पनि नागरिकहरू आफैंमा स्पष्ट हुन सक्ने जानकारी राज्यबाट बारम्बार प्राप्त हुनुपर्दछ । शोकाकुल आफन्तहरू शब प्राप्त गर्ने प्रकृयाकै लागि अन्यौल र भ्रममा पर्ने वाताबरण सृजना गर्नुहुँदैन । मलेसियामा बसेर यी तमाम समस्याहरूको हल खोज्नुपर्दा नेपाल सरकारको एकमात्र प्रतिनिधि नेपाली राजदूतावासद्वारा खोजिनु पर्दछ । राजदूतावासले यस्ता संवेदनशील विषय तथा घटनाहरूका लागि आफूलाई साधन श्रोत सम्पन्न गराउँदै लैजानुपर्दछ । यस्ता घटनाहरूसंग सम्बन्धित सरकारी तथा गैर-सरकारी संघसंस्थाहरूसंग सम्पर्क, समन्वय तथा सहकार्य गर्नुपर्दछ । राजदूताबासको भूत र वर्तमानको अवस्था र गति भन्दा धेरै माथि उठेर सरकारको उपल्लो निकायसंग पहुँच बढाउन सक्नुपर्दछ । अन्यथा नीति, सिद्धान्त र जिम्मेवारी भावना र कुराकानीमा मात्र सीमित हुनेछ । बिभिन्न अध्ययनले पुष्टि यही गरेको छ । सुतेको सुतैमलेसियमको सेलांगर राज्यको कापर वातु- १० स्थित एसजेएम कम्पनीमा कार्यरत राजकुमार खानको होस्टलमा सुतेको अवस्थामा मृत्यु भएको छ ।१६ तारिख राति १२ बजे सामान्य अवस्थामा सुतेका खानलाई बिहान साथीहरूले उठाउन जाँदा मृत अवस्थामा पाएका थिए । आजभन्दा ३४ महिना १० दिनअघि मलेसिया आएका खान आगामी एक महिना २० दिनपश्चात् घर फ़र्कने तयारीमा थिए । बुबा, आमा तथा एक बहिनीका धनी खान मलुपा- २, फ़र्साही, सुनसरी निवासी हुन् । उनको शव नेपाल पठाइसकेको जानकारी प्राप्त भएको छ ।बोमबहादुर ओलीको रहस्यमय मृत्युबेवारिसे अबस्थामा क्वालालाम्पुर बिमानस्थलमा भेटिएका बोमबहादुर ओलीको अस्पताल पुत्राजयामा उपचारका क्रममा २५ फेब्रवरीका दिन मृत्यु भएको छ । २२ फेबु्रवरी बिहान ४ बजे एम्बुलेन्सका माध्यमबाट ओलीलाई उक्त अस्पतालमा ल्याएको थियो । अस्पतालबाट प्राप्त जानकारीअनुसार सिकिस्त ओलीलाई बिमानस्थलमा छटपटाईरहेको देखेपछि अपरिचित ब्यक्तिहरूले एम्बुलेन्स बोलाई दिएका थिए । उपचारकाक्रममा रहेका ओलीलाई उक्त अस्पतालमा काम गर्ने नेपालीहरूले २३ तारिख मात्र चिनेका थिए । "घरमा खबर गरिदिनु मेरो अबस्था नाजुक छ भन्दै थिए ।फोनमा पैसा नभएकोले फोन गराउन सकिएन पछि पैसा लोड गरेर आउँदा त साथी त बितिसकेछ" उक्त अस्पतालमा कार्यरत पाँचथर निबासी कुमारदिल राईले २५ फेबु्रअरीमा आश्चर्य ब्यक्त गरे । उक्त अस्पतालमा कार्यरत धादिङ्ग निवासी अर्का श्रमिक रामबहादुर गुरुङ्गको सहयोगमा मृत्युको जानकारी प्राप्त भएको थियो । अपुष्ट जानकारी पाएपश्चात श्रमिक संगठन तथा श्रम साप्ताहिकका प्रतिनिधिहरू अस्पताल पुगेका थिए । प्रतिनिधि मण्डलले मृतको कम्पनीको खोजी गरी मालिकलाई सम्पर्क गर्न, मृत्युको जिम्मेवारी लिन तथा शब नेपाल पठाउन पहल गरेका छन् । प्रतिनिधि मण्डलमा श्रम साप्ताहिकका प्रधान सम्पादक तथा मलेसिया मुल कमिटीका सल्लाकार रमेश तुफान, वेष्ट पोर्ट इकाई कमिटीका अध्यक्ष तथा कापर क्षेत्रिय कमिटीका सदस्य राजु घिमिरे, उक्त कमिटीका सदस्य टोपबहादुर खड्का तथा अन्य एक जना श्रमिकको उपस्थिति रहेको थियो ।मृतक बोमबहादुर जोहरबारु, कुलाईस्थित क्यूसिपि इन्डष्ट्रिजका कामदार भएको थाहा हुन आएको छ । गत डिसेम्बर २००७ मा उक्त कम्पनीमा आएका ओलीको स्वस्थ्य स्थिति बिग्रिएपछि कम्पनीले भिषा रद्द गरी २१ फेब्रुअरीका लागि नेपाल पठाएको बताएको छ ।म्याल पोखरी-७, गुल्मी निवासी ओलीको परिवारले शब नेपाल पठाईदिन राजदूतावास समक्ष निवेदन गरेका छन् ।यसै विषयलाई लिएर नेपाल श्रमिक संगठनका प्रतिनिधिहरूले अनौपचारिक रुपमा राजदूत डा. ऋषिराज अधिकारीलाई भेट गरी मृत्युको आबश्यक छानविन तथा क्षतिपूर्तिका लागि यथाशुघ्र पहल गर्न अनुरोध गरेका थिए ।राजदूत अधिकारीले मलेसियामा हाल बढ्दो मृत्युको छानविन गरिने जानकारी दिंदै बोमबहादुरको शबको छानविन पश्चात मात्र शब नेपाल पठाउने बताउनुभएको छ ।औद्योगिक दुर्घटनामा मृत्युमलेसियाको पेनाङ्ग राज्य अन्तगर्त बि.एम.स्थित सेङ्गसेङ्ग लम्बर कम्पनीमा कार्यरत ३५ वर्षिय देबबहादुर बस्नेतको फ़र्कलिफ्टबाट खसेर मृत्यु भएको छ । २२ फेब्रुअरी ड्युटी सकेर फ़र्कनेक्रममा बस्नेतको मृत्यु भएको कम्पनीमा कार्यरत श्रमिकहरूले बताएका छन् । उनीहरूका अनुसार फ़र्कलिफ्टबाट खस्दा उनको टाउकोमा गम्भीर चोट लागेर घट्नास्थलमै मृत्यु भएको थियो । मृतक सिन्धुली जिल्ला कपुरनापुर- ५ निवासी हुन् । मृतक १३ जुन २००७ का दिन प्रिन्स मेनपावरबाट मलेसिया आएका थिए । मृतकको शव पठाईसकिएको थाहा भएको छ।मोटरसाईकल दुर्घटनामा शंकर सुवेदीको घटनास्थलमै मृत्यु गत फेब्रुवरी १८, तारिख सदा झैं आफ्नो दैनिक ड्यूटी पश्चात मोटरसाईकलबाट होस्टल फ़र्कने क्रममा सेलेंगरको श्रीदमनसारा पब्लिक बैंक सामुन्ने ट्राफिक चौकमा विपरित दिसावाट तिब्र गतिमा आएको कारले ठक्कर दिंदा मोटरसाईकल पछाडि बसेका शंकर सुवेदीको घटनास्थलमै मृत्यु भएको हो । यसैवीच मोटरसाइकल चालक उनका साथी रामजतन यादव सख्त घाइते हुन पुगेका छन् । यादवको हातखुट्टा भाँचिनुका साथै चिन्ताजनक अवस्था उपचार भईरहेको छ । यादवका अनुसार ट्राफिक लाइटले विपरित दिशाबाट आएको कारलाई रोक्ने इशारा दिँदै रातो लाइट बलिरहेकै अबस्थामा ट्राफिक नियमलाई समेत उल्लंघन गरी उक्त मोटरसाइकललाई हान्न पुगेको थियो । कार चालक मलेसियन मूलका इण्डियन तामिल रहेको खुलासा हुन आएको छ । प्रत्यक्षदर्शीहरूको भनाइअनुसार सुवेदीको मुखबाट अत्यधिक मात्रामा रगत बगेका कारण पाँच मिनेटमै उनको मृत्यु भएकोथियो भने कारचालक कार छोडी फरार भएका थिए ।आजभन्दा दुइवर्ष अगाडि रोजीरोटीको लागि काठमाडौंस्थित सार ओभरसिजबाट आफ्नै पैसाले बेचिएर मलेसियास्थित नर्सम इण्डष्ट्रिज गुम्पारत पाहाङ्ग कम्पनीमा आएका संखुवासभा मादिरामिनी खमारे १, वर्ष २१ का शंकर सुवेदी बाबु आमाको एक्लो छोरा हुन् । अत्यन्तै मिजासिला स्वभाव भएका सुवेदी सबैका प्रियपात्र थिए । आफ्नो बाबुआमालाई दुइचार दिन भित्रमै पैसा पठाउँछु भनेर बाबुआमालाई आश्वसन दिएका सुवेदी घरमा पैसा नपुग्दै आफूले यस संसारबाट विदा लिन पुगे । मृतक सुवेदीले आफू आएको कम्पनीमा सर्त र सम्झौता गरे जस्तो सुविधा नपाउँदा कम्पनी छोड्न बाध्य भएका उनले सेक्यूरिटी गार्डका रुपमा अन्यत्र काम गर्दै आएका थिए । हाल उनको मृत शरीर सुंगाईबुलो हस्पिटलमा छ । उनको मृत शरिरलाई नेपाल पुर्‍याउनको लागि विभिन्न संघसंस्था र विशेषगरी संखुवासभाबासीहरूद्वारा सहयोगको अपिल गरिएको छ । झुण्डिएर आत्महत्याआज भन्दा ९ महिना अगाडि मलेसियाको क्यामरुन हाइलेन्डको कुमार रेष्टुरेन्टमा काम गर्न आएका रामबहादुर लिम्बुको रहस्यमय ढंगले मृत्यु भएको छ । मृतक लिम्बुलाई होष्टलको ट्वाइलेट्मा झुण्डिरहेको अबस्थामा भेटिएको थियो । प्राप्त जानकारी अनुसार गत २६ तारिख दिउँसो करिब २ बजे खाना खाने समयमा मृतक लिम्बु खाना खाएर आराम गर्न हिंडेका थिए । "थोरै आराम गरेर म तल रेष्टुरेण्टमा फर्किएँ तर लिम्बु नझरेपश्चात हेर्न जाँदा झुण्डिरहेको अबस्थामा भेटियो ।" सँगै काम गर्ने पाल्पाका एक नेपालीले भने । मृतक लिम्बु २/३ हप्ता पहिलेबाट नै मालिकको दबाबले गर्दा मानसिक सन्तुलन ठिक नभएजस्तो बुझिएको पनि उनका सहकर्मीहरूले बताएका छन् । पहिलेबाट मृतक लिम्बुले काम छोड्दै अर्को ठाउँमा काम गर्छु भन्दा पनि साथीहरूले त्यही गर्दा राम्रो हुन्छ भने पश्चात् पुनः त्यही ठाउँमा काम गरिरहेका थिए । मृतकले मर्नुभन्दा पहिले आफ्नै सासुको नाममा लेखेको चिठी पनि उनको पाईन्टको गोजीमा भेटिएको थियो । चिठी र मृतकको शव हेर्न प्रहरीले नदिएको उक्त क्षेत्रमा कार्यरत श्रमिक अगुवाहरूले बताएका छन् । हाल मृतकको शव अस्पतालमा राखिएको छ । इन्स्योरेन्स पाउने वा नपाउने भन्नेबारे मालिकले केही बताउन चाहेनन् । तेह्रथुम जिल्ला घर भएका मृतक विवाहित हुन् । मृतकका दुइवटा बच्चा र श्रीमती छन् । निज लिम्बु पहिले पनि मलेसियामा ६ वर्षम्म काम गरी नेपाल फर्केका थिए । सडक दुघटना परी खड्काको मृत्युसाईकलमा यात्रा गरिरहेका टिका (राम) बहादुर खड्कालाई २४ फेब्रुअरी, २००८ मा तिब्र गतिमा गुडेको कारले ठक्कर दिंदा घाइते हुन पुगेका थिए । घाइते खड्काको उपचारकै क्रममा २७ फेब्रुवरी दिउँसो ३ बजे मृत्यु भएको थियो । मलेसियाको इपो, तानजुङ्ग रामवचानस्थित तानतुन कम्पनीमा कार्यरत खड्का ५ वर्षअघि मलेसिया आएका थिए । छुट्टीको दिन भएकोले साथीलाई भेट्न साइकलमा जाँदै गर्दा दुघटनाग्रस्त हुन पुगेका थिए । ठक्करका कारण पेट र कलेजोमा गम्भीर चोट लागेको थियो । घाइते खड्काको उपचारका लागि मेजर अपरेशन गर्नुपर्ने डाक्टरहरूले बताएका थिए । तर कारणबश खड्काको अपरेशन हुन भने सकेन । मृतक बाग्लुङ्ग जिल्ला सिंगाना गाविस वाड.न. १ धुँवाखोला निवासी थिए ।३५ वर्षिय विवाहित खड्काको दुइ छोरा छन् । मृतकको परिवारमा श्रीमती, आमा तथा ५ जना भाइहरू समेत रहेका छन् । मृतात्माको चिरशान्तिको कामना गर्दै मृतकका परिवारलाई राहत सहयोग गर्नुपर्ने श्रमिकहरूले ठहर गरेका छन् । ट्वीन टावरमा कार्यरत श्रमिक सुतेको सुत्यै३० जनवरी रातको ड्यूटी सकेर ३१ जनवरी विहान सुतेका दोर्जे तामाङ फेरि कहिल्यै उठेनन् । दिउँसो ४:३० बजे साथीहरूले उनलाई सुतेकै अवस्थामा मृत्यु भएको पाए । मृतक कावालान सेक्यूरिटी कम्पनीमा सुरक्षागार्डका लागि क्वालालाम्पुरस्थित ट्वीन टावरमा कार्यरत थिए । मृत्यु पश्चात उनको मृतशरिर चेरास अस्पतालमा पोष्टमार्टमका लागि लगिएको थियो । मृत्यु भएको ४ दिन पश्चात उनको शव नेपाल पठाई परिवारको जिम्मा लगाईएको थियो । मृतकका परिवारको राहत तथा सहानुभूतिका लागि उक्त कम्पनीमा कार्यरत साथीहरूले पहल गरेका थिए । उक्त पहल अनुसार २८ फेब्रुवरी मा आईएमआई मार्फत आरएम ४ हजार १ सय ११ (नेरु ७९ हजार २ सय ३४) मृतकको परिवारलाई पठाईएको छ । उक्त रकम जेठान राजेन्द्रकुमार घिसिङले पाउने गरी पठाईएको छ । ३ वर्षअघि नुर अपरच्युनिटी ओभरसिजबाट मलेसिया आएका तामाङ ओख्लेनी २ रामेछापका निवासी हुन ।

अनमिनको हेलिकोप्टर दुर्घटनाग्रस्त, ११ को ज्यान गयो

मार्च, ०८ । संयुक्त राष्ट्रसंघ (UNMIN) को हेलिकोप्टर आज अपरान्ह रामेछापको बेथान गाबिस वार्ड नं ९ मा दुर्घनाग्रस्त हुँदा हेलिकोप्टरमा सवार ११ जनाको ज्यान गएको छ । अहिलेसम्म १० जनाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । हेलिकोप्टरमा चालक दलका तीन सहित ११ जना सवार रहेको अनमिनले जनाएको छ । उद्वारमा संलग्न सुरक्षाकर्मीहरुकाअनुसार मृतकहरुमा हालसम्म पाईलट भीमबहादुर गुरुङको मात्र सनाखत भएको थाहा भएको छ भने अन्यको परिचय खुल्न सकेको छैन । परिचयपत्रका आधारमा पाईलटको सनाखत हुन सकेको बताईएको छ । स्थानिय प्रत्यक्षदर्शी राजु खड्काकाअनुसार साँझ ६:३० बजेसम्म हेलिकोप्टरमा आगो बलिरहेको थियो । दुर्घटना करिव अपरान्ह करिव ४ बजेतिर भएको थियो । हेलिकोप्टर सिन्धुली जिल्लाको दूधौली क्याम्पबाट काठमाडौं आईरहेको थियो । उद्वारको लागि सुरक्षाकर्मी खटाइएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भईसकेको छैन ।

प्रत्यक्ष चुनावमा माओवादी सिट : २० देखी २५

मधेसी दल र विभिन्न क्षेत्रमा आन्दोलनमा होमिएका समुहसंग सहमतिमा आएर सरकारले जे होस निर्वाचनको वातावरण बनाइसकेको छ । त्यसैले कुनै भवितव्य नआए चैत २८ मा संविधान सभा चुनाव हुने पक्कापक्कि समान भएको छ नै । त्यसैले अब कुन दलले कत्ति सिट ल्याउंला त्यसको अनुमान गर्नु अनुचित होला जस्तो लागेन र यसको शुरुवातको प्रयास गरेको हुं । पहिलो अनुमान माओवादीवाटै शुरु गरेको छु । माओवादीले प्रत्यक्ष निर्वाचनका लागि ७५ जिल्लैवाट आफ्नो उम्मेदवारहरु उठाएको छ । माओवादी अध्यक्ष प्रचण्ड २ स्थानवाट उठेका छन भने प्राय केन्द्रिय नेताहरु सबैनै आन्दोलनमा होमिएका छन । प्रत्यक्ष निर्वाचनको २ सय ४० स्थानमध्ये सबैमा उम्मेदवारको घोषणा गरेर माओवादी चुनावमा हाम फालिसकेको छ । भित्ते लेखनमा सबैभन्दा अगाडि छ । अनी सबै नेताहरुले माओवादीले बहुमत ल्याउने दावी गरिरहेका छन । त्यसैले यहां उनीहरुको प्रत्यक्ष निर्वाचनमा कति सिट आउनसक्ला भनेर अनुमान गर्ने प्रयास गरिएको छ । माओवादीको विश्वस्तस्रोतवाट पाएको जानकारी र मेरो अनुमान करिव मिल्न गएकाले पनि यो विष्लेशण सहि नै होला भन्ने लाग्छ मलाई । पार्टीका लागि ज्यान फाल्ने कार्यकर्ता भएर पनि तल्लोतहसम्म पार्टीपक्तिको निर्माण गर्न नसक्नु, माओवादी कार्यकर्ताको धम्क्याउने ब्यबहारमा सुधार आउन नसक्नु अनी युद्ध छाडेको तीन वर्ष वित्दापनि हतियारको दम्भ कायमै रहने जस्ता अवगुणहरुका कारण माओवादी संविधान सभाको चुनावमा तेस्रो ठुलो दलको रुपमा उपस्थित हुने पक्का छ । सिट संख्यामा केही तलमाथि हुनसक्छ तर, पोजीसन भने उही तेस्रो नै हो । सिट संख्या त्यस्तै २० देखी २५ को हाराहारीमा आउने देखिन्छ ।
सामान्य रुपमा उम्मेदवारहरुको नामावली हेर्दा पक्का विजय हुने उम्मेदवारमा २ जना मात्र देखिएका छन । रोल्पा २ नम्बर र काठमाडौं १० नम्बरवाट उठेका पार्टी अध्यक्ष प्रचण्ड र गोर्खा २ नम्बरवाट उम्मेदवार बनेका डा बाबुराम भट्टराइ बाहेक अन्यको हकमा यही हुन्छ भनेर ठोकुवा गर्नसक्ने अवस्था छैन । प्रचण्डको हकमा रोल्पा त विजयि समान भएपनि काठमाडौंमा भने यसैभन्न सकिने आधार छैन । एमाले वा कांग्रेससंग तालमेल गरे जित्नसक्छन नत्र काठमाडौंमा विजयको झण्डा गाड्न प्रचण्डलाइ समेत हम्मेहम्मे पर्ने देखिन्छ ।
सिन्धुली २ वाटै उठेका सिपि गजुरेल र दांगको ३ नम्बर क्षेत्रवाट उठेका कृष्णबहादुर महरा बलिया उम्मेदवार हुन । अप्रत्यासित नतिजा बाहेकको अवस्थामा दुबैको अवस्था राम्रो मानिन्छ । सिन्धुपाल्चोक २ नम्बरका उम्मेदवार अग्नी सापकोटा र कालीकोटका खड्गबहादुर विश्वकर्मा समेत बलिया उम्मेदवार हुन । कालीकोटको राजनीतिक अवस्था त्यत्ति बुझ्न नसकेपनि सिन्धुपाल्चोकमा भने सापकोटा बलिया उम्मेदवार हुन ।
माओवादी गठ रुकुमको २ वटै निर्वाचन क्षेत्रमा माओवादी आउनसक्छ । जयकुमारी रोका मगर र जनार्दन शर्मा बलिया उम्मेदवार नै हुन । रोल्पाको एक नम्बरकी उम्मेदवार जयपुरीघर्ती मगर पनि बलियी उम्मेदवार हुन ।
तनहुं २ मा उठेका शुरेस आलेमगरका लागि चुनाव जित्नु फलामको च्युरा चपाउनु समान हो । धादिंगमा सालिकराम जम्मरकट्टेलले ३ नम्बरमा विजयको झण्डा फहराउनसक्छन । नुवाकोटमा पोष्टबहादुर बोगटीले एमाले र कांग्रेसमध्ये एकको सहयोग पाए मात्र हो विजय । चितवन २ मा उठेका रामबहादुर थापा बलिया नै देखिन्छन । सोलुखुम्बुमा गोपाल किराती विजयी बन्नसक्छन । तराइमा माओवादीको हातल खराव छ । आउ सिराहावाट महेन्द्र पासवान र रौतहटवाट प्रभु शाह हुन । रुपन्देही ३ का उम्मेदवार बामदेव क्षत्रिपनि बलिया नै मानिन्छन ।

काठमाडौंलाइ माइतिको साइनो लगाएर सात नम्बरवाट उठेकी हिसिला यमीको पराजय निश्चित छ । ललितपुरमा वर्षमान पुन र पम्फा भुषाल उठेका छन । त्यसैले यसै हुन्छ भन्न सकिन्न । कैलाली ५ मा उठेका लेखराज भट्ट बलिया रहेको बताइन्छ ।

यिमध्ये अरुको हालत खराव नै देखिन्छ । यसमा केही उछिटिएर आउनपनि सक्छन नै । यसैको आधारमा यसो हेरोको माओवादीको प्रत्यक्ष चुनावमा प्रतिनिधि भनेको त्यही २० देखी २५ सम्मको हाराहारीमा हुने देखिन्छ ।

अब प्रत्यक्ष त पाएको मतको आधारमा हो । यसमा केही बढोत्तरी भएर त्यस्तै ३० जना छानिन सक्छन । प्रतिशत हेर्दा त्यस्तै १५ प्रतिशत मत ल्याउछ कि जस्तो लाग्छ । २ करोड ५० लाख मतदाता मान्ने हो भनेपनि कमसेकम ४० लाख जत्ति मत चाहियो १५ प्रतिशत ल्याउन ।

माओवादीको गिर्दो शाख, सर्वसाधारणको मनमा कायमै रहेको बदलाको भावना, माओवादी कार्यकर्तामा आउन नसकेको नरम व्यबहार आदीको आधारमा हेर्ने हो भने हैन नै भन्ने बलियो आधार पनि त छैन ।

तीन थान भरुवा बन्दुक सहित १५ जनालाई पक्राउ

टहरी, २० फागुन । कोसीटप्पु वन्यजन्तु आरक्षको सुरक्षामा खटिएको श्रीबक्स गुल्म र आरक्ष प्रशासनद्वारा संयुक्त रूपमा सञ्चालित 'स्विप अपरेसन'अर्न्तर्गत तीन थान भरुवा बन्दुक र बन्दोबस्तीका विभिन्न सामानसहित १५ जनालाई पक्राउ परेका छन् । आरक्षभित्र अवैध गतिविधि बढेको सूचनाका आधारमा सेना र आरक्ष प्रशासनले फागुन १७ देखि १९ गतेसम्म सञ्चालन गरेको सो अभियानअर्न्तर्गत ५५ वटा भैँसी पनि बरामद गरिएको छ । पक्राउ पर्नेहरूमा आरक्षभित्र कछुवाको अवैध शिकार गर्ने सप्तरी जिल्लाको ओद्राहा गाविस निवासी ५० वर्षिय अजोदी सदा, १८ वर्षिय अमर सदा र एक नाबालक ११ वर्षिय मन्तु सदा रहेको संरक्षणअधिकृत मनोज साहले जानकारी दिनुभयो । यस्तै आरक्षभित्र चखेवाको शिकार गर्ने काममा संलग्न सप्तरी जिल्लाकै पथरी रेञ्जपोस्टअर्न्तर्गत बसोबास गर्ने रामदेव मुखिया पनि पक्राउ परेका छन् ।अपरेसनअर्न्तर्गत टोलीले आरक्षमा रहेका संरक्षित जङ्गली जनावरहरू मृग, लगुना, हरिणलगायतको तस्करी गर्ने कार्यमा संलग्न सुनसरी जिल्लाको प्रकाशपुर गाविस निवासी दीपक र्राई र छत्रप्रकाश गुरुङ तथा सुनसरी जिल्लाकै महेन्द्रनगर गाविस निवासी अर्जुन लिम्बु र ललित लिम्बुलाई पनि पक्राउ गरिएको बताएको छ । अभियुक्तहरूबाट तीन थान भरुवा बन्दुक, तीन बोतल बारुद, एक पाउ र्छरा, एक थान खुकुरी र भरुवा बन्दुकको १५ वटा केपसमेत बरामद भएको श्रीबक्स गुल्मका गणपति महेश थापाले जानकारी दिनुभयो । उनीहरूबाट लगुना मारेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको एक बोरा आलो मासुसमेत बरामद भएको छ ।अभियुक्तहरूले आरक्षमा रहेका लगुना, मृग, जरायो र बँदेलजस्ता जनावरहरूको अवैध शिकार गरी सुनसरी जिल्लाका प्रमुख बजार धरान र इटहरी तथा मोरङ जिल्लाको विराटनगरसम्म मासु तथा सुकुटी बिक्री गर्दै आएको स्वीकार गरेको पनि गणपति थापाले बताउनुभयो । यसैगरी टोलीले आरक्षको मध्यक्षेत्रमा घरेलु भैँसीको अवैध गोठ राखेर अर्नासँग घरेलु भैँसीलाई क्रस गराउने कार्यमा संलग्न सप्तरी जिल्लाका बसन्त यादव, बलराम यादव, प्रतीक यादव, देवदत्त यादव, रामदत्त यादव र सभापति यादवलाई पनि पक्राउ गरेको छ । अभियुक्तहरूले आरक्षभित्र राखिएका अवैध गोठमा रहेका साना तथा ठूला गरी ५५ वटा भैँसीलाई पनि नियन्त्रणमा लिएर आरक्ष प्रशासनमा बुझाएको थाहाभएको छ ।पक्राउ परेकाहरूमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको आरक्ष प्रशासनले जनाएको छ ।

थप १६ दलद्वारा आयोगमा वन्दसूची पेश

२ मार्च, ०८ । यसअघि छुटेका राजनीतिक दलहरुले संविधानसभा चुनावका लागि समानुपतिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारहरुको वन्दसूची आज निर्वाचन आयोगमा पेश गरेका छन् ।दुईपटक थपिएको समयमा पनि दर्ता नगरेका र वहिष्कारको चेतावनी दिएका सहित १६ दलहरुले निर्वाचन आयोगमा वन्दसूची वुझाएका हुन् ।आयोगले जानकारी गराएअनुसार आज राष्ट्रिय जनशक्ति पार्टी, मधेशवादी दलहरु क्रमश: तराई मधेश लोकतान्त्रिक पार्टी मधेशी जनअधिकार फोरम, राजेन्द्र महतोको सदभावना पार्टी साम्यवादी दल, नेपाल जनता पार्टी, राष्ट्रिय एकता पार्टी, रामराजाप्रसाद सिंहको नवजनवादी मोर्चा, नेपाली राष्ट्रिय जनभावना पार्टी, संघिय लोकतान्त्रिक राष्ट्रिय मंच, राष्ट्रिय युवा मोर्चा, राष्ट्रिय जनता दल, नेपाल विकास पार्टी, राष्ट्रिय एकता पार्टी लगायतले वन्दसूची वुझाएका हुन ।तराई मधेश लोकतान्त्रिक पार्टीले १ सय जना, मधेशी जनअधिकार फोरमले २ सय १ जना र राजेन्द्र महतोको सदभावना पार्टीले १ सय जनाको वन्दसूची पेश गरेको छ । त्यस्तै यसअघि निर्वाचन वहिष्कार गर्ने धम्कि दिएको राष्ट्रिय जनशक्ति पार्टिले पनि उम्मेदवारको वन्द सूची वुझाएको छ । सूचीमा सहअध्यक्ष प्रकाशचन्द्र लोहनी सहित २९९ जना उम्मेदवार रहेका छन् ।

वामदलबिच तालमेल हुन्छः मन्त्री गुरुङ

मार्च, ०८ । स्थानिय विकास मन्त्री देव गुरुङले संविधान सभा निर्वाचनमा वामदलबिच तालमेल हुने बताउनुभएको छ । आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाम तालमेलका लागि भईरहेको गृहकार्य अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।'वामदलबिच तालमेल प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ,' नेकपा माओवादीका केन्द्रीय सदस्य समेत रहनुभएका गुरुङले भन्नुभयो,'हामी राजावादीलाई हराउन केन्द्रित हुनेछौं ।' नेकपा एमाले र जनमोर्चा नेपालसंग तालमेल हुने सम्भावना रहेको उहांको भनाई थियो । व्यवहारिक तालमेलका लागि आन्तरिक गृहकार्य सकारात्मक रहेको बताउनुभयो । नेपाली कांग्रेसभित्रका गणतन्त्र पक्षधरसंग सहयोग आदानप्रदान हुनसक्ने बताउदै विचारका आधारमा व्यवहारिक तालमेल हुने बताउनुभयो । यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य शंकर पोखरेलले वामदलबिच तालमेल नहुने बताउनुभएको छ । एमाले देशभर एक्लै चुनावी प्रतिष्पर्धा गर्न सक्षम छ भन्दै पोखरेलले भन्नुभयो,'एमाले अन्य वामदलसंग तालमेल गरेर जादैन, कांग्रेससंगको तालमेल झन् व्यवहारिक हुदैन ।' लोकतन्त्रका पक्षधरलाई शून्यको अवस्थामा पुर्‍याउने पक्षमा नभएकाले व्यवहारिक रुपमा सहयोग गर्न सकिने बताउनुभयो । प्रचण्डलाई चुनाव जिताउन सघाउनुहुन्न भन्ने प्रश्नमा पोखरेलको भनाई थियो,'व्यक्तिको कुरा हैन । एमाले काठमाडौं क्षेत्र नं १० मा चुनाव जित्न सक्षम छ ।' राजतन्त्रवादी कहीं कतैबाट जित्ने अवस्था उत्पन्न भएमा भने अन्य दलसंग सहयोग आदान-प्रदान हुनसक्ने बताउनुभयो । नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले लोकतन्त्रका पक्षधरसंग तालमेल हुनसक्ने बताउनुभयो । व्यवहारिकरुपमा तालमेल गरी सबैको सहभागितालाई सुनिश्चित गर्न कांग्रेस गम्भीररुपमा लागेको उहांको भनाई थियो । दलित जनजाति पार्टीका अध्यक्ष विषेन्द्र पासवानले तराईमा सशस्त्र संघर्षरत समूहहरु चुनावमा भाग लिने बताउनुभयो । राज्यले चुनावमा सहभागी बनाउने वातावरण बनाउनुपर्नेमा उहांको जोड थियो । तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला सिंह र जयकृष्ण गोइतसंग सुमधुर सम्बन्ध रहेका पासवानले खुलासा गर्नुभयो,'सरकार र सशस्त्र समूहबीच नियमित सम्पर्क भइरहेको छ । तराइ मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य श्रीकृष्ण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरसंग चुनावी तालमेल हुने बताउनुभयो । चुनावमा मधेशवादीहरु एकतावद्ध हुने उहांको भनाई थियो ।जनमोर्चा नेपालका महासचिव घनश्याम शर्मा पौडेल वाम दलबीच तालमेल हुने बताउनुभयो । वामपन्थी दलले एक्लै चुनावमा जानखोजे मतविभाजन भई अन्य पक्षलाई फाइदा पुग्नसक्ने उहाँको भनाइ थियो ।

उम्मेदबारको घरमा बम बिस्फोट

३ मार्च, ०८ । नेपाली कांग्रेस बाँकेका सभापति एबं क्षेत्र नं ४ का उम्मेदबार कृष्णमान श्रेष्ठको घरमा अज्ञात समूहले गएराति बम बिष्फोट गराएको छ ।नेपालगन्ज नगरपालीका-१३ स्थित घरको बरन्डामा प्रेसर कुकर बम बिस्फोट भएको थियो । बिस्फोटबाट घरको कम्पाउन्ड भत्किनुका साथै झ्यालका सिसाहरु फुटेका छन् ।बिस्फोटका कारण कुनै मानबिय क्षति नभएको श्रेष्ठले बताउनुभयो । बिस्फोटनको बेला उहां घरमै हुनुहुन्थ्यो ।

कांग्रेसका ६ नेता फोरममा प्रबेश

मार्च, ०८ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदार सहित ६ जना नेताहरुले पार्टी परित्याग गरी मधेसी जनअधिकार फोरममा प्रबेश गरेका छन् । तराइमा समस्या समाधान नभएसम्म उम्मेदरवार नवन्ने घोषणा गरेका मधेशी मुलका नेताहरु दुइदिनमै कुरा मिलेपछि पार्टी परित्याग गरेका हुन् । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेता गच्छेदार सहित, सरदसिंह भण्डारी, रामजनम चौधरी, हरिनारायण चौधरी, लक्ष्मण मेहेता र मंगल थारुले पार्टी परित्याग गरि मधेशी जनाधिकार फोरममा प्रवेश गरेको घोषणा गरे । उनीहरुले नेपाली कांग्रेस दिशाहिन भएको, गुटवन्दी हावी भएको लगायतका आरोप लगाएका छन् । सरकार र मधेशी मोर्चावीच सम्झौता भएपछि वालुवाटार पुगेर आफुलाइ पुन प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवार वनाउन सभापति गिरिजाप्रसाद कोइरालालाइ आग्रह गरेपनि सुनुवाइ नभएपछि पार्टीवाट वाहिरिने घोषणा गरेका हुन् ।

Sunday, March 2, 2008

बालिका बिक्री गर्ने एक युवा पक्राउ

स्थानीय बासिन्दाले अभियुक्त विकलाई घर आएको मौकामा समातेर प्रहरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ । अभियुक्तले आफ्नो अपराध स्वीकारिसकेको बताइएको छ । बेचिएकी बालिकाको भने हालसम्म उद्धार भएको छैन ।

बेलुकी ९ बजेपछि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्ने सहमति

फिदिम, १९ फागुन । जिल्लामा दिनहुँ बढ्दै गइरहेको चोरीडकैती तथा लागुपदार्थ दुर्ब्यसन नियन्त्रणका क्रममा प्रहरीले यहाँ पाँच जना युवालाई पक्राउ गरेको छ । सदरमुकाम फिदिमलगायतका बजारक्षेत्रमा दिनहुँजसो चोरीडकैती तथा लागुपदार्थ सेवनका क्रियाकलाप बढेपछि अनुसन्धानका लागि प्रहरीले हिजो साँझ ती युवालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तारणीप्रसाद लम्सालले बताउनुभयो ।पक्राउ परेका युवाहरूको नाम भने र्सार्वजनिक गरिएको छैन । प्रहरी नायब उपरीक्षक लम्सालका अनुसार आवश्यक छानविनपछि नाम र्सार्वजनिक गरी थप कारबाहीको प्रक्रिया अघि बढाइने छ । यसैबीच संविधानसभा निर्वाचनलाई ध्यानमा राखेर जिल्लाको शान्तिसुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय र होटल व्यवसायीबीच होटल सञ्चालन गर्दा इजाजतपत्र लिने तथा बेलुकी ९ बजेपछि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्ने सहमति भएको छ ।

माओवादीको घोषणा पत्रमा चालिस बर्षिय आर्थिक क्रान्ति

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेकपा माओवादीले संविधानसभा निर्वाचन घोषणापत्र मार्फत चालीस वर्षिय आर्थिक क्रान्तिको योजना ल्याउन लागेको बताउनुभएको छ।
पोखरामा स्थापित रेडियो गण्डकीको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपालको संचार माध्यमले छाटो अवधिमा नै दक्षिण एसियामा लोकप्रीयता हासिल गरेको बताउनुभयो।
करिब १ घण्टाको सम्बोधनमा प्रचण्डले राजनीतिक मुद्दालाई भन्दा आर्थिक मुद्दालाई केन्द्रमा राखेर आफ्नो सम्बोधन दिनुभएको थियो । राजनीतिक मुद्दालाई संविधानसभा निर्वाचनको माध्यमबाट टुंगोमा पुर्�याएपछि आर्थिक क्रान्तितर्फ अग्रसर हुनुपर्ने चर्चा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले जारी गर्ने घोषणापत्रमा ४० वर्षिय आर्थिक क्रान्तिको योजना अघि सारिएको बताउनुभयो ।
जनताको अधिकार स्थापित गर्ने र जनताको आवाज सम्बोधन गर्ने दिशामा भारतको भन्दा नेपालको संचार माध्यम धेरै अगाडि भएको बताउनुभयो ।

गोइत समूहद्वारा कांग्रेस नेताको हत्या

२ मार्च, ०८ । जनतान्त्रिक तराई मुक्तिमोर्चा गोईत समूहले गएराति रुपन्देहीमा नेपाली कांग्रेसका जिल्ला नेताको गोली हानी हत्या गरेको छ ।कांग्रेस रुपन्देहीका क्षेत्रिय सदस्य गोकर्ण कंडेलको सूर्यपुरा गाविस-३ स्थित आफ्नै घर नजिक राति ८ बजेतिर अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको बताईएको छ । गोली लागेर घाईते कंडेलको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारका गर्नेक्रममा गएराति ९ बजे मृत्यु भएको हो ।

शरणार्थी शिबिरमा भिषण आगलागी

२ मार्च, ०८ । झापाको गोलधापस्थित भूटानी शरणार्थी शिबिरमा गए राति भिषण आगलागी भएको छ । आगलागीबाट ९ सय भन्दा बढी छाप्राहरु जलेर खरानी भएका छन् । साँझ साढे ६ बजेदेखि शुरुभएको आगलागीबाट शिबिरका ७० प्रतिशत छाप्रा जलेको बताईएको छ । शिबिरमा एकहजार पाँचसयभन्दा बढी छाप्रा थिए ।आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ । इटहरी, दमक र भद्रपुरका दमकलले करिव चारघण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।आगलागीवाट चारजना घाइते भएका छन् भने एक बच्चा अझै हराइरहेको वताईएको छ । आगलागीबाट करिब ७ हजार शरणार्थी घरबारबिहिन भएका छन् भने खुला आकाशमुनी रात काट्न बाध्य भएका छन् ।यसैबीच गृहमन्त्री कृष्णप्रसाद सिटौलले आज बिहान क्षतिग्रस्त शिबिरको भ्रमण गर्नुभएको छ ।