Saturday, March 15, 2008

प्रकृति टप थ्रीमा

प्रकृति टप थ्रीमा
मार्च १५ -भोपालमा सम्पन्न छोटे उस्ताद प्रतियोगितामा प्रकृति गिरी टप थ्रीमा परेकी छिन्। कम भोटका कारण नयाँ दिल्लीका भ्वोम कपुर प्रतियोगिताबाट बाहिरिएका छन्। अब प्रतियोगितामा ऐश्वर्य, अन्वेशा र प्रकृति बाँकी रहेका छन्।
प्रकृतिलाई भोट गर्नःमोबाईलमार्फतः ustaad 05 टाईप गरी 57827अनलाइनमार्फतः www.indya.com/chhoteustaad/vote.asp
watch video ..
Chotey Ustaad 14th March Part 1
Chotey Ustaad 14th March Part 2
Chotey Ustaad 14th March Part 3
Chotey Ustaad 14th March Part 4
Chotey Ustaad 14th March Part 5

प्रकृति टप फोरमा
मार्च ८ -शुक्रवारको एपिस्योडमा प्रकृति गिरी टप फोरमा परेकी छिन्। पाँच जना प्रतिस्पर्धीहरूमा उनी द्वितीय स्थानमा रहिन् भने सोनिया शर्मा कम भोटका कारण प्रतियोगिताबाट बाहिरिइन्।
प्रकृति गिरी मुस्किलले टप फाइभमा
मार्च १ -छोटे उस्ताद प्रतियोगितामा भिडीरहेकी प्रकृति गिरी मुस्किलले टप फाइभमा परेकी छिन्। निर्णायकहरुले प्रतियोगीहरुमध्ये प्रकृतिलाई सबैभन्दा कम अंक दिएर पछाडि पारेका थिए। बढी पव्लिक भोट पाउनेमा उनी द्वितीय स्थानमा रहिन्। पव्लिक भोट ५० र निर्णायक भोट ५० प्रतिशत अंकको आधारमा निर्णायकबाट सबभन्दा कम अंक प्राप्त गरे पनि प्रकृति टप फाइभमा पर्न सफल भईन्। स्केरील्याण्डमा परेका रिग्वेद र भ्योममध्ये रिग्वेद प्रतियोगिताबाट बाहिरिएका छन्।
प्रकृतिलाई सर्वाधिक पब्लिक भोट, तर जर्जहरु बेखुसीएचकेनेपाल डट कम, फेब्रुअरी २३ -प्रकृतिलाई यस हप्ता सर्वाधिक पब्लिक भोट प्राप्त भए पनि उनको प्रस्तुती राम्रो हुन नसकेको जर्जहरुले बताए। प्रकृतिलाई छोटे उस्तादमा विजयी बनाउने एक मात्र विकल्प हो अत्याधिक पब्लिक भोट। जसको लागि देश विदेशमा रहेका नेपालीहरुले प्रकृतिलाई गत हप्ताहरुमा झैं निरन्तर बढी भन्दा बढी भोट दिइरहनु पर्ने देखिएको छ।

राजदूतनिवासमा लुटपाट गर्ने पाँच पक्राउ

काठमाडौं, (नेस) एक साताअघि नर्वेली राजदूत टोरे टोरेङको भैंसेपाटीस्थित निवासमा लुटपाट तथा डकैती गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। गएको शनिबार मध्यरातमा आठ जनाको समूहमा जबर्जस्ती राजदूतनिवास प्रवेश गरेका लुटेरा समूहले राजदूत टोरे टोरेङकी छोरी, एक आफन्तसहित ६ सुरक्षाकर्मीलाई नियन्त्रणमा लिई तीन घण्टासम्म लुटपाट गरेको थियो।घरभित्र पसी राजदूतको शरीर खानतलासी गर्न थालेपछि राजदूतले ८० अमेरिकी डलर र ७० युरो दिनुभएको थियो। सो समूहले राजदूतनिवासबाट ४५ हजार नगद लुटपाट गरेको थियो।महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार पत्रकार सम्मेलन आयोजना गरी पाँच जना लुटेराको नाम र्सार्वजनिक गरेको थियो।पक्राउ पर्नेमा रामेछाप गौश्वारा-४ घर भई काठमाडौंका विभिन्न स्थानमा बस्ने चार र एक जना दोलखाका रहेका छन्।सुरज भन्ने गोविन्द थापामगर, लीलाबहादुर थापामगर, मिलनबहादुर श्रेष्ठ, अञ्जन थापामगर र सुमन कुँवर पक्राउ परेको र अन्य तीन जना फरार छन्। पक्राउ परेका सबै पेसेवर लुटेरा रहेको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उपेन्द्रकान्त अर्यालले बताउनुभयो।पक्राउ गरिएको लुटेरा समूह अन्य लुटपाटको घटनामा पनि संलग्न रहेको बताउँदै अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी उपरीक्षक पशुपति उपाध्यायले भन्नुभयो- ँसबैलाई डकैती मुद्दामा कारबाही अगाडि बढाइनेछ।’

चीनद्वारा नेपालतर्फाट पनि सागरमाथा अरोहणमा रोक

काठमाडौं, चैत १ - चीनले उत्तरी मोहडाबाट सगरमाथा अरोहण अनुमति नदिने निर्ण्र्ाारेपछि आउ“दो मे १० अघि नेपालतर्फाट पनि आरोही नपठाउन नेपाल सरकारलाई अनुरोध गरेको छ ।
ओलम्पिक र्टच सर्वोच्च शिखरमा पुग्गे अवधिमा अरू आरोही नहोऊन् भन्ने आशयको पत्र चीनले पठाएको एक उच्च सरकारी अधिकारीले कान्तिपुरलाई बताए । आउ“दो अगस्ट ८ देखि बेइजिङमा सुरु हुने खेलकुदको कुम्भ ओलम्पिकको सर्न्दर्भमा यो पत्र आएको हो ।
मे महिनाको पहिलो साता ओलम्पिक र्टचसहितको र्‍याली पा“चै महादेशका २२ प्रमुख सहर पुग्ने क्रममा सर्वोच्च शिखर पुग्ने अनुमान छ । 'यो अवधिमा नेपालबाट सगरमाथाको दक्षिण मोहडा भएर पनि आरोहण अनुमति नदिन आग्रह गर्ने आशयको पत्र पठाएको छ,' एक अधिकारीले कान्तिपुरलाई भने, 'यस अवधिमा चीनविरोधी गतिविधि नेपालमा नहोस् भनेर चीनले पत्रमा चासो देखाएको छ ।'
'एक चीन नीति' अवलम्बन गरेको नेपालले व्यवहारमा पनि त्यो लागू गर्ने आशय पत्रमा रहेको पनि उनले बताए । यसबारे शुक्रबारसम्म कुनै निर्ण्र्ाानभएको पर्यटन मन्त्रालयका अर्का अधिकारीले जानकारी दिए । चीनले उत्तरी मोहडातिरबाट अनुमति नदिनेभन्दा आरोहण सञ्चालक कम्पनीहरूलाई सोमबार पत्र पठाएको थियो । पत्रमा आरोहणसम्बन्धी व्यापक गतिविधिका कारण सगरमाथा क्ष्ँेत्रमा वातावरणीय चासो र सुरक्ष्ँा समस्या पर्ने जनाउ“दै चीनले अनुमति नदिने निर्ण्र्ाागरेको जनाएको छ । आरोहण अनुमतिका लागि आवेदन दिएका विभिन्न मुलुकका प्रतिनिधिलाई चीन तिब्बत पर्वतारोहण संघले यो जानकारी दि“दै सोमबार पत्र पठाएको हो । यो चीनको सरकारी निकाय हो ।
'त्यसबाहेक हामी तपाईहरूको आरोहण स्वीकार गर्नसक्ने अवस्थामा छैनौं,' पत्रमा भनिएको छ, 'त्यसैले कृपया तपाईको आरोहण योजना मे १० पछिका लागि सार्नुहोला ।' सिसापाङमालगायत अन्य चुचुराहरूको भने नियमितझैं आरोहण सञ्चालन हुने पत्रमा उल्लेख छ ।
सुरक्षा र स्वतन्त्र तिब्बतको मुद्दा चर्कन नदिन चीनले यस्तो नीति अवलम्बन गरेको अन्तर्रर्ााट्रय समाचार संस्थाहरूले जनाएका छन् । सर्वोच्च शिखर पुगेको ओलम्पिक र्टच र्‍यालीमा अवरोध पुर्‍याएर यो मुद्दा उचाल्ने सम्भावना रोक्न चीनले यस्तो
निर्ण्र्ाागरेको आरोप पश्चिमलेली मुलुकका अधिकारवादी संस्थाले लगाउ“दै आएका छन् ।
चीनले भने अनुसार मे १० सम्म नेपालबाट पनि आरोहण गर्न नदिनेबारे कुनै निर्ण्र्ाानभएको पर्यटन मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 'तर चीनको चासो सम्बोधन गर्ने प्रयास गरिरहेका छौं,' उनले भने, 'नेपालका पर्यटन व्यवसायीस“ग यसबारे छलफल भइरहेको छ ।'
नेपालमा आरोहण व्यवसाय सञ्चालन गर्ने कम्पनीहरूले पनि ठूलो संख्यामा उत्तरी मोहडाबाट आरोही पठाउने गरेका छन् । गत वर्षउत्तर र दक्षिणी मोहडाबाट करिब पा“च दर्जन आरोहण दल नेपालका व्यवसायीले मात्र पठाएको नेपाल पर्वतारोहण संघका एक पदाधिकारीले जानकारी दिए । नेपालबाट चीनमा आरोहणका लागि जाने आरोहीले नेपालको पर्यटक भिसा लिन्छन् । चीनबाट समूह भिसा लिएर तिब्बत हु“दै आरोहणमा जाने गरेका छन् ।
वसन्त ऋतुमा सगरमाथा आरोहणको क्रम अप्रिल मध्यदेखि सुरु हुन्छ । नेपालतिर दक्षिणी मोहडामा छिटो हिमपात हुने भएकाले मे अन्तिमसम्म मात्र आरोहण हुने गरेको छ । यो आरोहणको मुख्य मौसम हो । 'मे १० पछि पनि चीनतर्फाट आरोहण गर्न सकिन्छ,' एक व्यवसायीले भने । अन्तर्रर्ााट्रय समाचार संस्था एपीका अनुसार बेइजिङ ओलम्पिक आयोजक समितिका प्रमुख ल्यू क्वीले ओलम्पिक र्टच बोकेर संसारभर ८५ हजार माइल यात्रा गरिने बताए । यसका लािग १ सय ३० दिन लाग्नेछ ।
'ओलम्पिकको इतिहासमा यसले सबैभन्दा लामो दूरी पार गर्नेछ र सबभन्दा बढी मानिसलाई सहभागी गराउनेछ' क्वीले भने । ओलम्पिक र्टच सगरमाथा शिखरदेखि लन्डन, पेरिस, सेन्ट पिर्टसवर्ग, सान पmन्सिस्को, व्यर्ुनर्स आयर्स, मुर्म्बईलगायत संसारका प्रमुख २२ सहर पुग्नेछ । र्टच बोक्ने र्‍याली आउ“दो मार्च ३१ का दिन चीनबाट हि“ड्ने छ ।

शिवपुरीमा भेटिएका शंकास्पद बस्तु फिनल्याण्ड पठाइयो

१४ मार्च, ०८ । राष्ट्रिय मानवअधिकार आयोगले शिवपुरी राष्ट्रिय निकुन्जमा भेटिएका शंकास्पद बस्तुमा मानव अवशेष भए नभएको थाहा गर्न फिनल्याण्डको प्रयोगशालामा पठाएको छ । संयूक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयको पहलमा नेपाल आएका फिनल्याण्डकै दुइजना विशेषज्ञले विदेशी आधुनिक प्रयोगशालामा अनुसन्धान गर्न सिफारिश गरेपछि आयोगले थप अनुसन्धानको लागि पठाएकको हो । आयोगका प्रबक्ता गौरी प्रधानका अनुसार, विशेषज्ञहरुको सिफारिश अनुसार शंकास्पद देखिएका चारवटा नमुना परिक्षण गर्न पठाइएको छ । नेपाली सेनाको भैरवनाथ गणबाट बेपत्ता पारिएका राजनीतिक बन्दीलाई मारेर गाडिएको वा जलाइएको हुन सक्ने आशंकामा आयोगले शिवपुरी राष्ट्रिय निकुन्जभित्र शंकास्पद मानिएको ठाउँ र त्यहाँ भेटिएका बस्तुका नमुनाको परिक्षण शुरु गरेको थियो ।

बिवाह भोज खादा ४ सय विरामी

१५ मार्च, ०८ । पर्वत जिल्लाको धाइरिङ गाउ विकास समितिको सल्यान गाउमा विवाहको भोज खादा ४ सय गाउले बिरामी परेका छन । स्थानिय रामजी आचार्यको विवाह घरमा भोज खाएका धाइरिङ गाविसको वडा नं २,३,८ र ९ का ४ सय गाउले बिरामी परेका हुन । निरन्तर वान्ता गरिरहेका उनीहरुमध्ये ७० जनालाइ म्याग्दीको बेनी अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । अन्यको स्थानिय स्तरमै उपचार भइरहेको वताइएको छ । अधिकांस महिला तथा वालवालिकाहरु बिरामी परेको र अस्पताल भर्ना गरिएका मध्य वालक निशान परियारको अवस्था गम्भिर रहेको छ ।बिषादी प्रयोग गरिएको बन्दा कोभीको तरकारी खाएको कारण उनीहरु बिरामी परेका हुन । सामाजिक भोज भतेरमा प्रयोग हुने तरकारी गाउबाट आफुखुसी टिप्ने प्रचलनको कारण त्यहा प्रयोग गरिएको बन्दा कहावाट ल्याइएको भन्ने प्रष्ट हुन सकेको छैन । बिरामी हरुको भने स्वास्थ्य सामान्य बन्दै गएको बताइएको छ ।

तिब्बतमा हिंसात्मक प्रदर्शन, १० को मृत्यु

१५ मार्च, ०८ । नेपालको उत्तरी छिमेकी चीनको स्वाशित क्षेत्र तिब्बतमा हिंसात्मक प्रदर्शनहुँदा १० जनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन् । प्रदर्शनकारीहरुले विभिन्न पसल कवलमा आक्रमण, तोडफोड र आगजनी गरेको प्रदक्ष्यदर्शीहरुले जनाएका छन् । प्रदर्शनकारीहरुले चिनियाँ सरकार र प्रसासन विरुद्ध प्रदर्शन गरेका छन् । स्वतन्त्र तिब्बतको आन्दोलन चलाइरहेका दलाइ लामाका अनुयायीहरुले वौद्ध गुम्वाहरुको आवरणमा चीन विरोधी गतिविधि गरेको भन्दै निगरानी शुरु गरेको छ । गुम्वाहरुमा हतियारधारी भिक्षुहरु भेटिएको भन्दै प्रसासनले ती क्षेत्रमा छापा मार्ने र भिक्षुहरुलाइ पक्राउ गर्ने क्रम चलाएपछि त्यहाँ हिंसात्मक प्रदर्शन भएको वताइएको छ । स्वतन्त्र तिब्वत आन्दोलनलाइ सघाइरहेको अमेरिका सहितका पश्चीमा देशहरुले यी घटनापछि तिव्र प्रतिक्रिया जनाउँदै चीनलाइ संयम हुन आग्रह गरेका छन् । तर चीनले भने सरकार विरोधी संकास्पद गतिविधिमा विदेशीको हात रहेको वताउँदै आएको छ । केही समयअघि पनि तिब्वती शरणार्थीहरुले नेपाल र भारतको दिल्लीमा प्रदर्शन गरेको थिए । यसैवीच चीन सरकारको आग्रहमा नेपालले आगामी मे महिनाको १ देखि १० गतेसम्म कुनैपनि आरोहीलाइ सगरमाथाको आधारशिविर माथि जान रोक लगाएको छ ।

Friday, March 14, 2008

हतियारधारी समूहद्वारा रौतहट शाखाबाट रु.तीन लाख लुटपाट

गौर, १ चैत । अज्ञात समूहले गौरस्थित कृषि विकास बैङ्क, रौतहट शाखाबाट बिहीबार अपरान्ह रु.तीन लाख १९ हजार ९०९ लुटेर लगेको सो बैङ्कले जनाएको छ ।तीन जनाको सङ्ख्यामा आएका हतियारधारी समूहले बैङ्क काउन्टरका कर्मचारीलाई हतियार देखाई उक्त रकम लुटेर लगेको बताइएको छ ।सो समूहले कर्मचारीका चार थान मोबाइलसमेत लुटेर लगेको लेखा शाखाका चन्देश्वर पटेलले बताए । घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगे पनि लुटेराहरू फरार भएको प्रहरीले जनाएको छ ।नम्बर प्लेट नभएको मोटरसाइकलमा आएका सो समूहले बाटोमा मोटरसाइकल चालु राखी बैङ्क लुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अपहरण गरी बेपत्ता बनाइएका तीर्थराज ओझाको लास फेला

बर्दिबास, १ चैत । अपहरण गरी बेपत्ता बनाइएका महोत्तरी जिल्ला बर्दिबास चोकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका तीर्थराज ओझाको लास बिहीबार फेला परेको छ । गत फागुन १५ गते अपहरण गरिएका ओझाको लास बारा जिल्लाको जितपुरमा फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक पुर्णसिंह खड्काले लासको प्रारम्भिक जाँचबाट उनलाई अपहरणलगत्तै मारेर फालिएको हुनसक्ने बताउनुभयो । साठ्ठी वषर्ीय ओझालाई बर्दिबासबाट र्सलाहीको कर्मैया जाने क्रममा अपहरण गरिएको थियो । अपहरणमा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

जिप सेती नदीमा खसेर दुर्घटना हुँदा एक जना बेपत्ता

दमौली, १ चैत । तनहुँ, खहरेभञ्ज्याङ गाविसको खहरे भन्ने स्थानमा गएराति एउटा जिप सेती नदीमा खसेर दुर्घटना हुँदा एक जना बेपत्ता हुनुका साथै दुई जना घाइते भएका छन् । नदीमा डुबेर बेपत्ता हुनेमा जामुने गाविस-१ का ३१ वषर्ीय जगदीश भटृर्राई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते पोखरीभञ्ज्याङका शेरबहादुर थापा दमौली अस्पतालमा उपचार गर्राई घर फर्केका र गम्भी घाइते काहँ शिवपुरका दिपक पौडेललाई थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा पठाइएको छ ।ग १ च ५३४६ नम्बरको जिप उक्त स्थानको बुद्धसिंह मार्गबाट तीनसय मिटर तल सेती नदीमा खसेको थियो । बेपत्ता व्यक्तिको स्थानीय बासिन्दा र प्रहरीद्वारा खोजी भइरहेको छ ।

दलित र महिलाले उम्मेदवारी पाएनन्

दिपायल, फागुन ३० - डोटीमा दलित र महिलाले कुनै पनि दलबाट उम्मेदवारी पाएनन् । उनीहरूले अवसर नदिएको भन्दै असन्तुष्टि जनाएका छन । र्
दईवटा क्षेत्र रहेको डोटीमा ८ राजनीतिकबाट १६ जना उम्मेदवार छन् । २५ प्रतिशत जंनसंख्या रहेको डोटीमा तीमध्ये जनमोर्चा नेपालले मात्र १ जना दलितलाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएको छ । अरू कुनै दलले पनि प्रत्यक्ष निर्वाचनमा दलितलाई उम्मेदवारी दिएको छैन ।
'कुनै पनि दलले दलितलाई प्रत्यक्ष चुनावको उम्मेदवार नबनाइनुले दलितलाई हर्ेर्ने दृष्टिकोण अहिले पनि बदलिएको छैन भन्ने देखिएको छ,' दलित अगुवा युवा अधिराज बीसीले बताए- '५३ हजार दलित जनसंख्या रहेको डोटीमा प्रत्यक्ष चुनावका लागि कम्तीमा ४ जना जति उम्मेदवार हुनुपथ्र्यो । चुनाव लड््न सक्ने योग्य दलित सबै दलमा हु“दाहु“ुदै पनि उम्मेदवारी दिइएन ।'
२०५८ सालको जनगणनाअनुसार डोटीमा २ लाक १२ हजार ६ सय ७० जनसंख्यामा सबैभन्दा बढी क्षेत्री ५२.७९ प्रतिशत रहेका छन् । दोस्रोमा २५ प्रतिशत दलित रहेका तथ्यांक कार्यालयले जनाएको छ । यसैगरी ब्राह््मण ९ दशमलव १८ प्रतिशत छन् । मगर, थारू, तामाङ, नेवार, मुस्लिम, यादव, र्राई, गुरुङ, लिम्बू र ठाकुरलगायत जाति १३ प्रतिशत रहेको तथ्यांक कार्यालयले
जनाएको छ । जनसंख्याका अधारमा १६ जनामा ४ जना जति प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुनुपथ्र्यो । डोटीमा स्वतन्त्रलगायतका उम्मेदवारमा ६ जना ब्राह्मण, ९ क्षेत्री, १ जनजाति र १ दलित
रहेका छन् ।
'दलहरूले प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दि“दा दलितमाथि अन्याय गरे । १ जना दलितलाई पनि प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिइएको छैन,' नेपाली काग्रेसका दलित नेता कुमारसिंह टेलरले भने । समानुपातिक चुनावका लागि कांग्रेसले १ महिलासहित २ जना राखेको प्रति भने सन्तोष गर्ने ठाउ“ भएको उनले बताए ।
समानुपातिकमा नाम राखिएकालाई पनि दलितका भोट ल्याउन अहिले राखेर पछि छनोट हुने सूचीबाट हटाइदिने हुन् कि भन्ने शंका यहा“का दलितमा छ ।

घाइते उम्मेदवार अस्पतालमा

काठमाडौं, फागुन ३० - वाईसीएल आक्रमणबाट घाइते रामेछाप-१ का उम्मेदवार देवशंकर पौडेललगायत चार कार्यकर्तालाई उपचारका लागि बिहीबार राजधानी ल्याइएको छ ।
शिक्षण अस्पतालमा भर्ना गरिएका पौडेलको टाउको र आ“खामा गम्भीर चोट लागेको छ भने शरीरभरि नीलडाम छन् । राजधानी ल्याइएका तीन कार्यकर्ताको पनि टाउको र शरीरभरि चोट लागेको एमाले नेता अमृत बोहराले बताए ।
एमालेका नेता कार्यकर्ताहरू बुधबार रामेछापको पिर्ती गाविसमा घरदैलो कार्यक्रममा गएका बेला वाईसीएलले आक्रमण गरेको हो । आक्रमणबाट अन्य २५ जना घाइते छन् । एमालेका अनुसार वाईसीएल कार्यकर्ताले घेराबन्दी गर्दै आक्रमण गरेका हुन् । उनीहरूले रुपैया“, लुगाफाटो र प्रचार सामग्रीको झोला समेत लुटेको एमालेको दाबी छ ।
माओवादीलाई चेतावनी एमालेले घटनाको भर्त्सना गर्दै बिहीबार जारी गरेको विज्ञप्तिमा आइन्दा यस्तो क्रियाकलाप नदोहोर्‍याउन चेतावनी दिएको छ ।
केन्द्रीय कायर्ँलय बल्खुले जारी गरेको विज्ञप्तिमा जनर्समर्थन गुमाउ“दै गएकाले हतास मानसिकतामा पुगेको माओवादीले यी क्रियाकलाप गरेको ठहर एमालेको छ ।

कृषि विकाश वैंकमा लुटपाट

१४ मार्च, ०८ । रौतहटको गौरमा रहेको कृषिविकाश वैंकवाट अपरिचित अपराधिक समुहले हिजो साँझ करिव ३ लाख रुपैयाँ लुटपाट गरेको छ ।हतियारधारी समुहले साखा प्रमुख तपेश्वर चौधरी सहितका कर्मचारीलाइ नियन्त्रण गरी तीन लाख २२ हजार रुपैयाँ लुटपाट गरेको कर्मचारीहरुले वताएका छन् । साथै सो समुहले कर्मचारीका चार थान मोवाइल समेत लुटेको छ ।रकम लुटेर सो समुह भारतीय सिमातर्फ भागेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Thursday, March 13, 2008

हतियारधारीलाइ समर्थन छैनः मार्टीन

१२ मार्च, ०८ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुख इयान मार्टिनले संविधानसभा निर्वाचनमा असन्तुष्टिका कारण हिंसात्मक क्रियाकलाप गर्ने वा निर्वाचन प्रक्रिया बिथोल्न खोज्ने कुनै पनि समूहप्रति अन्तरराष्ट्रिय समुदायको कुनै सहानुभूति नरहने बताउनुभएको छ ।मार्टिनले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा अनमिनले विश्वसनीय निर्वाचनको परिस्थिति निर्माण एवम् निर्वाचनको चरणबाट संविधान निर्माणको चरणमा सहज रूपान्तरणका लागि आफ्ना गतिविधि र क्रियाकलाप केन्दि्रत गरेको जानकारी दिनुभयो ।अनमिनले संयुक्त अनुगमन समन्वय समितिसमेतका माध्यमबाट निर्वाचनका अवधिमा तोकिएको स्थानमा रहने एवम् हतियार अनुगमन गर्दै विस्तृत शान्ति सम्झौता एवम् हतियार अनुगमन सम्झौताको पूर्ण सम्मान गर्नेबारेमा नेपाली सेना र माओवादी सेनासाग छलफल गरिरहेको मार्टिनले पत्रकारसम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाउनुभएको छ ।उहाँले आफ्ना निर्वाचन सल्लाहकारहरू देशभर परिचालित भइरहेका छन् भन्दै सल्लाहकारको अन्तिम समूह यस हप्ताभित्रै सम्बन्धित जिल्लामा परिचालित हुने बताउनुभयो । मार्टिनले राजनीतिकर्मीले कानुनी तवरबाट पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाही पुरा हुनुभन्दा पहिले नै रिहाइको माग गर्न नहुने धारणा पनि व्यक्त गर्नु भएको छ ।स्वतन्त्र र निष्पक्ष चुनावका माध्यमबाट निर्वाचित समावेशी संविधानसभाले विविधतापूर्ण यो मुलुकको भविष्य निर्धारण गर्नेछ र शान्ति र विकासका चुनौतीलाई सम्बोधन गर्न सरकारलाई आवश्यक वैधता पनि प्रदान गर्नेछ भन्दै उहाँले यस प्रक्रियामा सहयोग पुर्‍याउनका लागि अनमिन र समग्र संयुक्त राष्ट्रसङ्घले अनुरोध गरिएबमोजिमका आवश्यक भूमिका निरन्तर निर्वाह गर्ने दृढता व्यक्त गर्नुभएको छ ।

'छापामार क्याम्पबाट बाहिरीएका छन्'

१३ मार्च, ०८ । अर्थमन्त्री डा. रामशरण महतले माओवादी छापामार सुर्खेतको दशरथपुर क्याम्पबाट बाहिर आएको सूचना आएको दाबी गर्न भएको छ । आज राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपालस्थिति संयुक्तराष्ट्रसंघीय मिसन अनमिनलाई बलियो गरी सुपरीवेक्षण गर्न सुझाव पनि दिनु भएको छ ।महतले चुनावी प्रचारप्रसारमा गएका दलका नेता कार्यकर्तामाथि आक्रमण गर्ने माओवादी कार्यकर्तामाथि कडा कारबाही हुने बताउनुभएको छ ।महतले हिंसात्मक व्यवहार देखाउनेमाथि सरकार सशक्त रुपमा प्रस्तुत हुने बताउनु भयो । सरकारको सदाशयतालाई कमजोरी ठान्नेहरुले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिदै माओवादीले युद्धकालिन मानसिकता नछाडेको दाबी गर्नु भयो । रामेछापमा एमाले नेता देवशंकर पौडेललगायतमाथि माओवादीबाट भएको आक्रमणको जति निन्दा गरेपनि कम हुने उहांको भनाई थियो । सोही कार्यक्रममा बोल्दै अर्थविद डा. विश्वम्भर प्याकुरेलले दलहरुले संघात्मक राज्यप्रणालीको नारा उठाएपनि त्यसका लागि आवश्यक आर्थिक स्रोत र भविष्यमा पर्ने प्रभावबारे ध्यान नदिएको बताउनुभयो । अर्थविद् डा. शंकर शर्माले दलहरुले राजनीतिक मुद्यालाई भन्दा आर्थिक मुद्यालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याउनुभयो । राजनीतिक मुद्यामै अल्झदा नेपाल आर्थिक वृद्धिमा समकालिन दलहरुभन्दा पछि परिसकेको बताउदै भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले संविधानसभामा उद्योगी व्यवसायी एक भएर औद्योगिक सुरक्षा, निजी क्षेत्रको सम्मान, लगानीमा प्रोत्साहनलगायतका नारा लिएर सहभागी हुने बताउनुभयो ।

को को परे त काँग्रेसको बन्द सुचीमा ?

नेपाली कांग्रेसले लामो विवाद र असन्तुष्टिका बीच संविधानसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसुची सार्वजनिक गरेको छ। कांग्रेसले ३ सय ३५ सिटका लागि अन्तिम सुची आयोगलाई बुझाएको हो । कांग्रेसले ३ सय ३५ सिटमा १ सय ६७ महिला र १ सय ६८ पुरुष उम्मेदवार चयन गरेको छ।
जसमा जनजातिबाट १ सय ७७, जसमा ६४ पुरुष र ६३ महिला छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको उम्मेदवारहरुको विवरण तल प्रस्तुत छ।
गिरिजाप्रसाद कोइराला बलदेव शर्मा मजगैयालक्ष्मणप्रसाद घिमिरे सुनील कुमार भण्डारी प्रदिप गीरी पूर्णबहादुर खड्का मिनेन्द्रप्रसाद रिजाल प्रकाशशरण महत जीप छिरीङ्ग लामा शेपा मनमोहन भट्टराई शिवचन्द्र मिश्र इन्द्रबहादुर गुरुङ्ग दलसिं कामी रमेश लेखक पुरुषोत्तम बस्नेतशोभाकर पराजुली जीवन प्रेम श्रेष्ठ डम्बर बहादुर राई (डीबी)
हिमाल कर्माचार्य टिकाराम सुब्बा लेप्चा गोपाल कुमार बस्नेत मदन गुरुङ्ग तम्मर राई दिपक तामाङ्ग अमृतलाल राजबंशी भगिरथ पोध्दार दिलिप सापकोटा हरिनारायण चौधरी शिवनारायण गनगाई नन्दनकुमार सरदार गोपालमानसिंह राजभण्(डारी वीरेन्द्र माझी बोधनारायण सरदार विष्णु मुर्मु मन्तलाल यादव विनोद राई ताहिर अन्सारी भद्रलाल उराव सत्यनारायण यादव नन्दन कुमार दत्त मीनबहादुर विश्वकर्माआन्दसन्तोषी राई मुकुन्दबहादुर बस्नेत कुमार राई पासाङ्ग शेर्पा गोकर्ण राई प्रेमराज राई विष्णुकुमार राई राधाकान्त देव शुशीलकुमार पपिरयार अमियकुमार यादव वामनसिंह थिङ्ग शिवधारी यादव रामहृदय मण्डल खत्वे वैद्यनाथ प्रसाद साह रामसरोज यादव राजक'मार महत्तोमहेन्द्र यादव बसन्तकुमार गुरुङ्ग महेश्वरप्रसाद सिंह हरिशंकर मिश्र जानकी शरण शाह रजि हैदर
विष्णुदेव यादव रामहरि जोशी भिखारी मन्सुर थुप्तेन तोप्साङ्ग लामा शेर्पा गोपाल विश्वकर्मा जगदिश्वर नरसिंह केसी दिलबहादुर लामा गगन थापा हरिबोल भट्टराई राधेश्याम अधिकारी श्रीहरि अर्याल हरिहर विरही तीर्थराम ड्रगोल रुपक राजबंशी विजय तुलाधर दिवाकर गोल्छा गणेशमान चक्रधर रामकृष्ण चित्रकार हर्षजीत लामा सोनामकुमार लामा योञ्जनसानो दल बहादुर व्लोन अशोक शाक्य विन्देश्वर यादव सन्तलाल साह लालबाबु सिंह तेजनारायण प्रसाद कलवार इश्वरभक्त श्रेष्ठ वशिष्ठ नारायण प्रसाद कुर्मी शम्भु हजारा पासवान रामेश्वर प्रंसाद रौनियार विजयलाल कर्ण राम नारायण कुर्मी रामकृष्ण घिमिरे शेषनाथ अधिकारी राजेन्द्र चौधरी चिजकुमार श्रेष्ठ दिपकबहादुर गुरुङ्ग सुरेन्द्र राज पोण्डे चेतमान श्रेष्ठ भिमबहादुर दूरा रामबहादुर गुरुङ्ग सोभियतत्रबहादुर अधिकारी आनन्दराज मूली
रधुनाथ पौडेल रामचन्द्र पोखरेल धु्रवचन्द्र वाग्ले यमबहादुर आले गजेन्द्र प्रकाश मल्ल खगेन्द्रराज रेग्मी धनराज गुरुङ्ग क्या मोतीप्रसाद आले कृष्णबहादुर नेपाली गम्भीरजंग कार्की बसन्त श्रीनेत मगर रेवतीप्रसाद भूसाल महेन्द्र शर्मा भुसाल कृष्णचन्द्र नेपाली गजेन्द्रबहादुर लागेनन्दलाल मिश्र रामचन्द्र ढकालदूर्योधन सिंह थारु बाबुराम नारा दलबहादुर विश्वकर्मा पूर्णप्रंसाद चौधरी मगंलप्रसाद गुप्ता रोमी गौचन खमबीर गबुर्जा मगरमदमपसिंह विश्वकर्मानवराज गुरुङ्ग मिठारम विश्वकर्मा गोपाल जी जंग शाह अमरसिंह पुन मगर देवीइराम पुन मगर विजुलकुमार विश्वकर्मा लाल हमाल राजीव शाह मुक्तिप्रसाद आचार्य गड्गे नेपाली गड्गबहादुर बस्याल (सार्की)सिताराम थारु निजामुदिन अन्सारी राजकमाुर बर्मा बादशाहा कुर्मी किशोरसिंह राठौर खेमराज भट्ट मायालु
ओमप्रकाश शर्मा रामसिंह रावल महा नेपाली ध्वजबहादुर कुँबर नन्द कृष्ण जोशी भरत खड्का कुमार सिंह टेलर रणबहादुर रावल परशुराम चौधरी मानबहादुर महत्तो प्यारेलाल राना थारु राम चरण चौधरी टेकबहादुर रैका चाद्रसिं सामन्त लोकराज अवस्थि चन्द्रीराम टमटा नरभान कामी तारिणीदत्त चटौत बलदेव बोहरा बीरबहादुर सुनार उमा अधिकारी मीना पाण्डे महालक्ष्मी अर्याल उपाध्याय सुश्री अम्बिका बस्नेत आरजु राणा देउवा श्रीमती लीला बोखिम कान्त रिजाल निर्मला प्रसाई श्रीमती विष्णु दहाल लिम्बू गोमा कुमार भट्टराई हरीता प्रसाई सुशीला ढकाल दमयन्ती गणेश श्रीमती फुलवती राजबंशी श्रीमती उषा गुरुङ्ग
श्रीमती विष्णुमाया साङ्गपाङ्ग रुक्मिणी कोइराला शान्ता रिजाल डिला संग्रौला फुलवती देवी गोडी भुटिनीदेवी खवासशोभा चेमजुङ (पालुङ्ग) कविता सर्दारवातर रामवती चौधरी दिलकुमारी राइ हमिदा खातुन हुसेनकल्पना गच्छेदार लीला सुब्बा सुश्री सिता गुरुङ्ग श्रीमती उषा कार्की विना पौडेल गोमा केसी हीरा गुरुङ्ग शान्ति राई लीला राई प्रमिला राई लक्ष्मी परियार राजन विक श्रीमती मुन्नी कुमारी गुप्ता गीता यादव डा उमारानी सिंह सायरा वानो श्यामादेवी गुप्ता तपेश्वरी यादव सुषमा दास यादव राधीका मण्डल खत्वे मिना विक सुशीला थिङ्ग श्रीमती तुलसा आचार्य लक्ष्मी भण्डारी पुष्पलता लामा सरस्वती चौधरी कृष्णा ठाकुर प्रमिला दास तत्मा मिनाक्षी झा श्यामादेवी पासवान श्रीमती गीरीजादेवी पाण्डे संगीता मण्डल श्रीमती किरण यादव मरिनीदेवी शाह गोदावरी चौधरी कलवार उषा लामा कल्पना नेपाली सुश्री प्रतिमा गौतम कल्याणी रिजाल मञ्जु खाँण विष्णुदेवी पुडासैनीरमा गुराई पुन्य वैद्य राधा घले धम्मा वती गुरुमा
कृष्णा अमात्य बृद्धलक्ष्मी बजिमय हरिप्रभा श्रेष्ठ खड्गी यमुना श्रेष्ठ जीवना ड्रगोल कौशर साहा श्रीमती रजनी जोन्छे शारदा झा (अम्बीका देवी) विजया केसी श्रेष्ठ शारदा चिकार कमला थापा श्रीमती ललिता किङ्रिङ मगर जीवना वादे श्रेष्ठ चन्द्रलक्ष्मी ताम्राकार लीला नेपाल उमा दाहाल रीता खनाल लक्ष्मी श्रेष्ठ मोछिया देवी पासवान साहा जहाँ वेगम सरस्वती गिरी मीना लामा फुलकलीया देवी कुर्मीनी मीरादेवी तेलीनी सुश्री शान्ति कार्की रामकली देवी चमार कलावती देवी शिवाकुमारी यादव संगीता गुृप्ता सावित्रीदेवी भूमिहार सिर्जना अधिकारी
सुनदेवी जोशी कृष्णकुमारी श्रेष्ठअंजनी श्रेष्ठ सुश्री विष्णुमाया परियार कमला पन्त सानुमाया गुरुङ्ग ज्ञानु शाह कोपिला विकस श्रीमती दिलशोभा गुरुङ्ग कृष्णकुमारी परियार इन्दिरा खनाल पार्वती राना मगर (उर्मीला)सरस्वती अर्याल तिवारी राजकुमारी गुरुङ्ग माया राना मगर सानु थापा (मगर) श्रीमती सुमित्रादेवी खनाल सुश्री रुपमा फौजदार सिता श्रेष्ठ श्रीमती रमा अर्यालतिर्थ कुमारी चौधरी श्रीमती गंगा शाही श्रेष्ठ मनोरमा शेरचन मालतीदेवी श्रीवास्तव सावित्री सिंह शशी शर्मा गुणलक्ष्मी शर्मा ज्ञवाली श्रीमती पाती थारु श्रीमती माधुरी श्रेष्ठ गंगोत्रीदेवी सिंह कुन्ती पासी सुश्री रत्ना शेरचन रत्ना श्रेष्ठ ललितकला (दिलमाया) गुरुङ्ग श्रीकुमारी घर्ती मगर श्रीमती शुशीला शर्मा पद्मा शाह श्रीमती पार्वती डिसी चौधरी सुशीला चौधरी विमला नेपाली गीता नेपाली वादी दुधकुमारी हमाल श्रीमती अम्बकला दर्जी सुश्री रंगमती शाही अमृता शाही श्रीमती दुर्गा गुरुङ्ग श्रीमती उत्तम हमाल मोहमद्यि सिद्यिकी आशा विकस काशी पौडेल पुष्ष योगी टिका चौधरी राधा शर्मा झा सुश्री जुनाकुमारी दानी पशुपती खड्का द्रौपती विकस कल्पना सोप दमाई श्रीमती ईश्वरी न्यौपानेसुश्री सुशीला स्वार हरिप्रिया भण्डारी गंगादेवी चौधरी जंगीदेवी चौधरी श्रीमती ललीता सुनार माता कामी शान्ता शर्मा ।

म साच्चैको राष्ट्रपति भएँ भने के होला ? : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीय पद्धति प्रस्ताव राख्ने दलहरुले संवैधानिक राजतन्त्र राख्न चाहेको आरोप लगाउनुभएको छ। उहाँले प्रधानमन्त्रीय पद्धति भएका अधिकांश मुलुकमा संवैधानिक राजतन्त्र रहेको तर्क पनि अघि सार्नुभएको छ।
बुधबार राजधानीको इन्द्रचोकमा आयोजित कार्यक्रमा अध्यक्ष प्रचण्डले एमालेको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, तपाईहरुले सुन्नु भएको छ, भित्ते राष्ट्रपतिको कुरा तर मलाई के लागेको छ भने हाम्रो पार्टीले मलाई राष्ट्रपति भनेर प्रस्ताव गर्नुभन्दा धेरै अगाडि नै जनयुद्धकै बेलामा नेपालको मेचीदेखि महाकालीसम्मका सम्पूर्ण देशभक्त र राष्ट्रवादी र गणतन्त्रवादी जनताको हृदयमा म राष्ट्रपति पहिला नै भइसकेको छु । उहाँले अगाडि भन्नुभयो, मलाई भित्तामा राष्ट्रपति हुन जरुरी नै छैन म जनताको हृदयको राष्ट्रपति पहिला नै भइसकेको छु ।
उहाँले भन्नुभयो, बरु प्रश्न के हो भने यो भित्ताको राष्ट्रपतिदेखि डराउने एमालेहरुको भोलि म साँच्चैको राष्ट्रपति भएँ भने के होला भन्ने चिन्ता छ ।
कार्यक्रममा नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले संविधानसभा निर्वाचनमा पार्टीको प्रचारका लागि देशभर विद्यार्थी परिचालन गर्ने जानकारी दिइएको थियो ।

फोरमद्वारा सुजातालाई अवरोध

सुनसरी, फागुन २९ - मधेसी जनअधिकार फोरमले विनाविभागीय मन्त्री तथा सुनसरी-५ की उम्मेदवार सुजाता कोइरालाविरुद्ध पर््रदर्शन र नाराबाजी गर्दै बुधबार कालो झन्डा देखाएको छ । सुरक्षाकर्मीले हस्तक्षेप गरेकाले कांग्रेस र फोरम कार्यकर्ताबीच झडप भने भएन ।
मन्त्री कोइरालाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै फोरमका कार्यकर्ताले आचारसंहिता उल्लंघन गरेको र केही उच्छृंखल समूहले उम्मेदवारको नैर्सर्गिक अधिकारबाट वञ्चित गर्न खोजेको आरोप लगाइन् ।
उनी बुधबार सुनसरी-५ लौकहीस्थित बजारमा पार्टर्ीी्रचार कार्यालय उद्घाटन गर्न गएकी थिइन् । फोरम प्रभावित क्षेत्रमा पुग्नासाथ उनीविरुद्ध नाराबाजी सुरु भएको थियो । फोरमका कार्यकर्ताले कालो झन्डा पनि पर््रदर्शन गरेका थिए ।
मन्त्री कोइराला गाडी लिएर लौकही पुग्दा फोरमका कार्यकर्ताले बाटो छेकेका थिए । नाराबाजी क्रममा उनलाई विदेशी नागरिक भएको आरोप लगाइएको थियो । विवाद साम्य भएपछि कोइरालाले लौकहीमा सीमित सञ्चारकर्मी र कार्यकर्तासित फोरमका कार्यकर्ताले आचारसंहिता उल्लंघन गरेको आरोप लगाइन् ।
कोइरालाले श्रीपुर, लौकहीलगायत क्षेत्रमा चुनावीसभालाई सम्बोधन गरेकी थिइन् । अवरोधबारे मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले आफूलाई थाहा नभएको बताए । उनले भने, 'उम्मेदवारलाई चुनावीसभा गर्ने छुट छ, अवरोध गर्ने पक्षमा हामी छैनांै तर जनताले सोधेका प्रश्नको जबाफ भने दिनर्ुपर्छ ।'

गोली प्रहार गरी हत्या गरिएको शव फेला

कलैया, ३० फागुन । बारा जिल्लाको वगही र सिमरामा गरी हिजो दुई जनाको शव फेला परेको छ । ती शवमध्ये बारा हर्दिया गाविस वडा नं. २ चरमोहना गाउँ बस्ने हितलाल सिंहको वगही- १ स्थित नहरमा गोली प्रहार गरी हत्या गरिएको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो घटनाको जनतान्त्रिक तर्राई मुक्त मोर्चा ज्वाला समूहले जिम्मेबारी लिएको कुरा पनि थाहा भएको छ । यसैगरी हिजै बारा सिमरा- ३ स्थित जङ्गलमा रूखमा बाँधी छातीमा गोली प्रहार गरी हत्या गरिएको शव फेला परेको छ । करिब ५५ वषर्ीय मृतकको नाम, ठेगाना थाहा हुन नसकेको बताइएको छ ।

Wednesday, March 12, 2008

दुलहीले भित्राईन दुलाहा

पितृ सत्तात्मक मुलुक नेपालमा केटाले केटी विवाह गरेर भित्राएको त सुनेको र देखेकै हो । यो हाम्रो परम्परा नै हो । तर, केटीले केटा विवाह गरेर भित्राएको भने तपाई हामीले कमै सुनेका छौं ।
तर, इलामको एउटा गाउँमा केटीले केटा भित्राएकी छन् । उत्तरी जमुना-९ का मनबहादुर राईकी कान्छी छोरी ताराले सोही ठाउँ निवासी हर्कबहादुर राईका छोरा अनिष राईलाई भित्राएकी हुन् । त्यो पनि भगाएर वा लुकीछिपी नभएर धुमधामका साथ विवाह गरेर ।
आइतबार केटीको घरमा आफन्त छरछिमेक र शुभचिन्तकलाई बोलाएर विवाह गरिएको थियो । सो जोडी अहिले केटीकै घरमा बस्दै आएको छ।
आफू विवाह गरेर अन्यत्र जाने अवस्था नरहेकाले केटालाई नै आफ्नो घरमा ल्याएको दुलही तारा राईले बताइन् । केटाको घरमा जस्तै अवस्थामा पनि केटी जानुपर्ने पराम्परालाई चुनौति दिन पनि यसो गरेका हौं उनको भनाइ थियो ।
विरलै देखिने र सुनिने यस्तो विवाह स्थानीय समाजलाई जायज नै लागेको छिमेकीहरुले वताएका छन् ।

चुनाबपछि राजनीतिबाट बिश्राम लिन्छुः कोइराला

१२ मार्च, ०८ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले संविधानसभाको निर्वाचनपछि राजनीतिबाट बिश्राम लिने वताउनुभएको छ । गृहनगर बिराटनगर पुग्नु भएका कोइरालाल मंगलबार राजधानी फर्कने क्रममा बिराटनगर बिमानस्थलमा पत्रकारहरुसग कुरा गर्दै आफु बुढो हुदै गएकोले निर्वाचनपछि सरकार छाडने र पार्टी नेतृत्व पनि नया पुस्तालाइ हस्ताण्तरण गर्ने वताउनुभएको हो ।उहाले सरकारले युद्ध नगरेकोले शान्ति बार्ताको लागि युद्धविराम गरिरहनु नपर्ने जिकिर गर्नुभएको छ । तराइका सशस्त्र संगठनले वार्ताको लागि युद्धविरामको कुरा उठाइरहेको वेला प्रधानमन्त्री कोइरालाले शान्तिपूर्बक बिना शर्त बार्तामा आउन सशस्त्र संगठनहरुलाइ आग्रह गर्नुभयो । कोइराला ४ दिने गृहनगर बासाइपछि मंगलबार राजधानी फर्कनु भएको छ ।

भारतीयद्वारा ५ नेपाली पक्राउ

गुलरिया, फागुन २८ - भारतीय सुरक्षा बल -एसएसबी) ले नेपाली भूमिबाट पा“च नेपालीलाई सोमबार पक्राउ गरेर लगेको छ ।
बर्दियाको खैरीचन्दनपुरमा हातहतियारसहित आएका सुरक्षाकर्मीले त्यहा“का सुरज विक, विक्रम चन्द, राजकुमारी दमाई, दिलबहादुर सुनार र भरत विकलाई पक्रेर लगेका हुन् ।
उनीहरूलाई बहराइचस्थित मैलानाला क्याम्पमा राखिएको इलाका प्रहरी राजापुरका निरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
भारतीय सुरक्षाकर्मीले भारतीय भारतीय भूमिको सिमलको रूख काटेको आरोप लगाएका छन् । पक्राउ परेकाहरूले भने खैरीचन्दनपुरकै रूख काटेका थिए ।

ठूला अपराधिक घट्नामा संग्लन अपराधीहरूलाई समात्न सफल

भक्तपुर, २९ फागुन । महानगरीय प्रहरी परिसर भक्तपुरले केही समय अगाडि भक्तपुरमा घटेका केही ठूला अपराधिक घट्नामा संग्लन अपराधीहरूलाई समात्न सफल भएको छ ।गएको मङ्सिर ५ गते दुवाकोट २ मा भएको हत्याको घट्नामा संग्लन दुई जना पक्राउ गरेको, गएको साउन १६ गते भक्तपुरको बालाखु टोलको सुन पसलमा भएको डकैती, चोरी घटनामा संग्लन तीन जना पक्राउ गरेको र गएको फागुन १४ गते कौशलटारमा जबरजस्ती करणी गर्ने दुई जनालाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर भक्तपुर सफल भएको प्रहरी उपरीक्षक पंकज श्रेष्ठले बताउनुभयो ।दुवाकोट २ मा २१ बर्सिय अनिल बादीकारलाई लाठी प्रहार गरी कर्तव्य गरी हत्या गर्नेमा संग्लन मध्यपुर ठिमी-५ बस्ने राजन दुवाल र श्यामकृष्ण ध्वजूलाई पक्राउ गरी आवश्यक कारबाही गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभयो ।त्यस घट्नामा संग्लन अन्य तीन जना व्यक्तिहरू अझै फरार रहेको जानकारी दिदै व्यक्तिहरूको पनि खोजतलास कार्य जारी रहेको प्रहरीले बताएको छ ।त्यसैगरी भक्तपुरको बालाखुस्थित नरेशमान बज्राचार्यको सुन पसलबाट सुन, चादी, नगदसहित रु.तीन लाख ८१ हजार बराबरको धनमाल लुटी डकैती गर्ने कार्यमा संग्लन तीन जना अपराधीहरूलाई गएको हप्ता प्रहरीले समात्न सफल भएको प्रहरी निरीक्षक बज्राचार्यले बताउनुभयो ।पक्राउ पर्नेहरूमा झापा घर भई हाल काठमाडौको महादेव स्थान बस्ने रोहित भन्ने राहुल के.सी., काभ्रे घर भई हाल काठमाडौ नागरिक प्राधिकरणको क्यान्टीनमा काम गर्ने रेशम लामा, र गुल्मी जिल्ला घर भई हाल काठमाडौको नया“बानेश्वर बस्ने गोपाल र्घर्ती क्षेत्री रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । त्यस घट्नामा संग्लन अन्य दुई जना व्यक्तिहरू पनि फरार रहेको र तिनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै कौशलटारमा दुई बालिकाहरूलाई बलात्कार गर्ने घटनामा संग्लन सिपाडोलका राजेन्द्र सापकोटा र निजकी श्रीमती रमा सापकोटालाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको प्रहरी निरीक्षक बज्राचार्य बताउनुभयो ।भक्तपुरमा सकेसम्म अपराधिक घट्ना नै हुन नदिन प्रहरी प्रशासन क्रियाशील रहेको जानकारी दिँदै प्रहरी उपरीक्षक पंकज श्रेष्ठले त्यसका लागि आवश्यक योजनाका साथ प्रहरी परिचालन गरिरहेको बताउनुभयो ।

प्रचण्ड एमालेप्रति आक्रोशित

तुलसीपुर -दाङ, २९ फागुन । दाङमा गोरुको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार हापुर गाविस-७ निवासी करिब ६० बर्सियजीतबहादुर नेपाली गाई चराउन गएको बेला हिजो गोरुले हानेकोले गम्भीर घाइते भएका थिए ।नेपालीलाई उपचारको क्रममा नेपालगन्ज लग्दै गर्दा उनको बाटोमा नै मृत्यु भएको बताइएको छ ।

Tuesday, March 11, 2008

'संवैधानिक राजतन्त्र चाहिन्छ'

शाही गृहमन्त्री कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले संविधानसभा चुनावमा संवैधानिक राजतन्त्रको पक्षमा मत माग्नेगरी घोषणपत्र सार्वजनिक गरेको छ ।
शाही गृहमन्त्री कमल थापाको नेतृत्वको राप्रपा नेपालले संविधानसभा चुनावमा संवैधानिक राजतन्त्रात्मक संसदीय प्रजातन्त्रको पक्षमा मत माग्ने भएको छ । फागुन २८ गते राजधानीमा थापाले चुनावी घोषणापत्रका रुपमा 'संकल्पपत्र' सार्वजनिक गर्दै राष्ट्रप्रमुख राजा तथा शासकीय अधिकार र कार्यकारी अधिकारसहितको प्रधानमन्त्री हुनुपर्ने पक्षमा आफ्नो दल रहेको जानकारी दिए । चैत २८ को संविधानसभा चुनावका लागि प्रत्यक्षतर्फ २०७ क्षेत्रमा उमेदवार उठाएको यो पार्टी मात्र अहिले संवैधानिक राजतन्त्रको पक्षमा खुलेआम उभिने पार्टी भएको छ । राजावादी मानिएका अन्य पार्टीले भने संविधानसभा चुनावमा राजतन्त्रबारे निरपेक्ष हुने घोषणा गरिसकेका छन् ।
संकल्पपत्र सार्वजनिक गर्दै थापाले सात दलीय गठवन्धनको मार्गचिले प्रजातन्त्रको उग्रबामपन्थीकरण गर्ने, बिदेशी हस्तक्षेप निम्त्याउने र राष्ट्रको बिखण्डन गर्ने स्पष्ट भइसकेको बताए । राजा, माओवादी तथा सम्पूर्ण प्रजातन्त्रवादी शाक्ति अटाउने राजनीतिक वातावरण र पद्धति बिकाश गरे मात्र मुलुक तथा प्रजातन्त्र जोगिने पनि उनले दावी गरे । राजतन्त्रबारे जनमत संग्रहबाट निर्णय गर्नुपर्ने पनि कार्यक्रममा थापाले जोड दिएका छन् । सात दलको मार्गचित्र र अन्तरिम संविधानमा संविधानसभाबाट राजतन्त्रबारे निर्णय गरिने उल्लेख छ ।

मधेस आन्दोलनका ३२ जनालाई सहिद घोषणा

काठमाडौं, फागुन २७ - तर्राई/मधेस आन्दोलनमा मृत्यु भएका ३० आन्दोलनकारी र दर्ुर्ुइ प्रहरीलाई सरकारले सहिद घोषणा गरेको छ ।
संयुक्त मधेसी लोकतान्त्रिक मोर्चास“ग भएको सहमतिबमोजिम सरकारले २०६३ माघमा मृत्यु भएका २४ जना र यही फागुनमा मृत्यु भएका ६ जनालाई सहिद घोषणा गरेको हो ।
सरकारले आन्दोलनका क्रममा मृत्यु भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका दर्ुर्ुइ जनालाई पनि सहिद घोषणा गरेको छ ।
सरकारले सहिदका परिवारलाई सम्मान र राहतस्वरूप १०/१० लाख रुपैया“ दिने घोषणा गरेको छ । गृह मन्त्रालयद्वारा सोमबार प्रेसित विज्ञप्तिमा ०६३ माघमा मारिएका मोरङका राजकुमार कामत, तलुहस्दा भन्ने तलु हेमरम, निर्मल राजवंशी, सदानन्द यादव, दिनदयाल मण्डल, सुनसरीका हरि मेहता र श्यामसुन्दर मेहता, र्सलाहीका राम एकवाल राय, आशिषअलि मिकरानी, रामनारायण साह, सञ्जयकुमार राय यादव, दिनेश राय यादवलाई सहिद घोषणा गरिएको उल्लेख छ ।
त्यसैगरी पर्सर्ाा महावीर साह, दीपेन्द्र साह र वीरवल मुखिया, सिरहाका रमेशकुमार महतो, बेचन यादव, मोहम्मद अनिश, प्रमोद सदाय, विजयकुमार सहनी, बाराका असरफ भन्ने शेख अब्दुल अनसनी र मजिर मिया भन्ने मजिद अहमद, महोत्तरीका राजेशकुमार ठाकुर र धनुषाका शिवशंकर यादवलाई पनि सहिद घोषणा गरिएको छ ।
यही फागुनको आन्दोलनमा मृत्यु भएका सुनसरीका बिस्कुट मिया, सिरहाका सम्झना र्राई र राजेश ठाकुर, नवलपरासीका जगदीश पासवान, सप्तरीका गुल्टेन दास र बा“केका गुल्जार खा“लाई सहिद घोषित गरिएको छ । त्यसैगरी मधेस आन्दोलनका क्रममा मृत्यु भएका प्रहरीद्वय नरेशजंग कार्की र शुक्रलाल माझीलाई पनि सहिद घोषणा गरिएको छ ।

हात्तिको आक्रमणबाट दुइको ज्यान गयो

११ मार्च, ०८ । झापाको दमकमा आज बिहान जङ्गली हात्तीले आक्रमण गर्दा दुइ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर-१ का बीरबहादुर तामाङ र जलथल घर भइ आफन्तको घरमा पाहुना आएका महेन्द्र पौडेल रहेका भएको बताइएको छ ।दमकको ढुकुरपानीमा बिहान करिब ४ बजे हात्तीले आक्रमण गरी घाइते बनाएपछि उपचारका लागि आम्दा अस्पताल दमक पुर्याइएपछि दुबैको मृत्य भएको बताइएको छ ।

बफेट दुनियाका सबैभन्दा धनी ब्यक्ति, बिल गेट्स तेस्रो नम्बरमा

प्रतिष्ठित आर्थिक पत्रिका फोर्ब्स ले यस बर्षको दुनियाका सबैभन्दा धनी अरबपतीहरुको नाम सार्वजनिक गरेको छ । पत्रिकाका अनुसार वारेन बफेट संसारका सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका छन् । उनको संपति १० अरब डलर बाट बढेर पछिल्लो बर्ष ६२ अरब डलर पुगेको छ । यस समयमा बिल गेट्सको सम्पति दुई अरब डलर बढेर ५८ अरब डलरमा सिमित रहन पुगेको छ । यसले बिल गेट्सलाई तेस्रो नम्बरमा पुर्याएको छ । उनी भन्दा थोरै मात्र बढी संपति अर्थात ६० अरब डलर संपति भएका कार्लोस स्लिम हेलू दोस्रो नम्बरमा रहन सफल भएका छन् । अरबपतिहरुको सूचीमा फोर्ब्स ले २००८ को बिश्वका ११२५ ब्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । उनीहरुको कूल संपति ४४ खरब डलर रहेको छ । "मानव इतिहासमा यसभन्दा पहिले कहिल्यै यति ठूलो परिणामको संपति नभएको र यति धेरै आर्थिक उन्नति पनि हासिल भएको थिएन जुन हालक बर्षहरुमा भईरहेको छ " फोर्ब्सका मुख्य कार्यकारी स्टीव फोर्ब्स ले भनेका छन् ।अरबपतिहरुको सूचीमा रहेका दूई तिहाई ब्यक्तिले आफ्नो जीवनको मेहनत लगाएर यति धेरै संपति कमाएका छन । यीनिहरु मध्ये ५० ब्यक्तिको उमेर ४० बर्ष भन्दा कम रहेको छ । सोशल नेटवर्किंग वेबसाइट 'फेसबुक' का संस्थापक २३ वर्षीय मार्क जुकेरबर्ग यस सूची का सबैभन्दा कम उमेरका अरबपति हुन । फोर्ब्स का अनुसार उनको १.५ अरब डलर संपत्तिले उनलाई यस सूचीको ७८५ औं स्थान दिलाएको छ । यस्तै दक्षिण अफ्रीका का पैट्रिस मॉटसेपे आफ्नो २.४ अरब डलरको संपत्तिका साथ अरबपतिहरुको यो सूची मा स्थान पाउने पहिलो काला जातीका ब्यक्ति बनेका छ्न । संसारका अरबपति महिलाको सूचीमा सबभन्दा माथि लॉरियल की प्रमुख लिलियन बेटेनकोर्ट रहेकी छिन । यस सूचीमा उनको स्थान १७ औं नम्बरमा रहेको छ । यस सूची मा रहेका अन्यमा स्टार ओप्रा विनफ्री ( २.५ अरब डलर), प्रोपर्टी व्यावसायी डोनाल्ड ट्रंप (३ अरब डलर) र हैरी पोर्टर की लेखिका जेके रोलिंग (१ अरब डलर) रहेको छ । यस सूचीको दुईवटा चाखलाग्दो बिषय रहेको छ । एउटा बिश्वका उच्च धनाढ्यहरुको सूचीमा टप १० मध्य ४ जना भारतीय नागरिक रहेका छन । दोश्रो लगातार १४ साल सम्म प्रथम स्थानमा रहन सफल बिल गेट्स तेस्रो नम्बरमा रहन पुगेका छन । यसको कारकको रुपमा केहि ह्प्ता पहिले माइक्रोसफ्ट द्वारा गरिएको याहू खरीद गर्ने प्रस्तावलाई मानिएको छ । याहू खरीद प्रस्ताव को केहि हप्तामानै माइक्रोसफ्ट को शेयरमा १५ प्रतिशतले गिरावट आएको थियो । उता पहिलो स्थानमा रहन सफल ७७ वर्षीय वारेन बफेट को सफलतामा उनको कोका-कोला, प्रोक्टर एण्ड ग्याम्बल तथा टेस्को जस्ता धेरै कम्पनिको बढी शेयरलाई मानिएको छ । न्यूयोर्क को कोलंबिया बिजनेस स्कूल मा बेंजामिन ग्राहम संग अर्थशास्त्र को अध्यन पश्चात उनले १९६२ मा टेक्सटाइल कंपनी को शेयर खरीद गर्न शूरु गरेका थिए र १९६५ मानै यस कम्पनीको शेयरधनी नियंत्रक भएका थिए । जुन समयमा फोर्ब्सले २००८ को सबभन्दा धनी व्यक्तिको सूची तयार गरिरहेको थियो उक्त समयमा कंपनीको शेयर को मूल्य पति शेयर डेढ लाख डलर पुगेको थियो ।
बिश्वका सबैभन्दा १० धनाढ्यहरु
१.वारेन बफेट (अमेरिका) ६२ अरब
२.कार्लोस स्लिम (मेक्सिको) ६० अरब
३.बिल गेट्स (अमेरिका) ५८ अरब
४.लक्ष्मी मित्तल (भारत) ४५ अरब
५.मुकेश अम्बानी (भारत) ४३ अरब
६.अनिल अम्बानी (भारत) ४२ अरब
७.इंगभार कामप्राद (स्वीडेन) ३१ अरब
८.के.पी. सिंह (भारत) ३० अरब
९.ओलेग देरिपास्का (रूस) २८ अरब
१०.कार्ल आर्लब्रेच्ट (जर्मन) २७ अरब
स्रोत:फोर्ब्स पत्रिका

Monday, March 10, 2008

सशस्त्र समूहविरुद्ध सरकार कडा हुने

अनन्तराज न्यौपाने (मोरङ, विराटनगर) प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तर्राईमा द्वन्द्वरत सशस्त्र पक्षसित सरकार अघि सरेर वार्तामा नजाने बताउनुभएको छ। उनीहरू आफै वार्तामा आउँछन् भने स्वागत छ’, विराटनगरस्थित आ�नै निवासमा आइतबार स्थानीय संवाददाताहरूसित कुरा गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुुभयो- ँतर सरकार आफै अघि सरेर वार्ता गरिरहने हो भने चुनावसम्म वार्ता मात्र हुन्छ, अनि कहिले चुनाव गर्ने - त्यसैले सरकार अब कडारूपमा प्रस्तुत हुन्छ।’कोइरालाको कथन थियो- ँमधेसवादीहरूको एक समूहसित वार्ता गरेर सहमति भइसकेको छ। त्यसलाई फेरि अरू वार्ताबाट बिगार्न म चाहन्नँ। अन्य समूहले पनि यही सहमतिलाई स्वीकार गर्नुपर्छ।’केन्द्रीयस्तरका एक-दुइ नेताले नेपाली कांग्रेस छाड्दैमा पार्टर्ीीई संविधानसभाको निर्वाचनमा कुनै असर नपर्ने र आफनो पार्टी पूण बहुमत प्राप्त गर्ने दृढता उहाँले व्यक्त गर्नुभयो। उहाँको भनाइ थियो- ँनेपाली कांग्रेस भनेको गंगाजीजस्तै हो, जहाँबाट कसैले एकदुइ लोहोटा त के दसै लोहोटा पानी लगे पनि केही असर पर्दैन।’विराटनगरमा आफूले पूवाञ्चलका विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूलाई अत्यन्त उत्साही अवस्थामा पाएको उल्लेख गर्दै उहाँले कसैमा पनि निराशा नरहेको चर्चा गर्नुभयो। आ�नो स्वास्थ्य खराब भए पनि स्वतन्त्रताका लागि अन्तिम क्षणसम्म लडिरहने प्रतिबद्धता प्रकट गर्दै कोइरालाले निर्वाचनपछि राजा मात्र होइन, कसैको पनि तानाशाही नचल्ने प्रकारको संविधानको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो। ँअबका कुनै पनि युवाले अधिकार र स्वतन्त्रताका लागि झन्डा उठाएर जेल जानु नपरोस् भन्ने मेरो कामना छ’, कोइरालाले भन्नुभयो- ँत्यसैका लागि म अहिलेसम्म लडिरहेको छु।’यसअघि सुनसरी जिल्लाबाट आएका कार्यकर्ताहरूसित कुरा गर्दै प्रमले आगामी निर्वाचन आ�नो जीवनको अन्तिम चुनाव हुने भएकाले पार्टीवजयी भएकोे हेन आफूले चाहेको धारणा प्रकट गर्नुभयो। उच्च मनोबल लिएर कार्य गर्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै उहाँले पार्टर्ीीाडेर जानेहरूले अन्त्यमा पश्चात्ताप गर्नुपर्ने बताउनुभयो।

अनमिनका हेलिकप्टर प्राविधिकद्वारा आत्महत्या

काठमाडौं, फागुन २६ - संयुक्त राष्ट्रसंघीय विशेष मिसन -अनमिन) मा कार्यरत एक रुसी प्राविधिकले शनिबार आत्महत्या गरेका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार डेराको कोठामा झुन्डिएर आत्महत्या गर्ने हेलिकप्टर इन्जिनियर ५० वषर्ीय इभजेनी अलेक्ज्यान्ड्रोभ हुन् । उनी काठमाडौं-३ को कपनमार्गमा करिब एक वर्षेखि डेरामा बस्दै आएका थिए ।
रामेछापको बेथानमा ५ दिनअघि अनमिनको हेलिकप्टर दर्ुघटना हु“दा उनीस“गै एउटै घरमा डेरा बस्ने ६ जनामध्ये ३ जना प्राविधिकको मृत्यु भएको थियो । उनले आत्महत्या गर्दा उनका अरू २ जना साथी विमानस्थल गएका थिए ।
रुसी भाषामा लेखिएको 'सुसाइड नोट' मा उनले आफूस“गै बस्ने तीन साथीको मृत्यु भएकोमा दुःख व्यक्त गर्नुका साथै त्यसमा आफूहरूको गल्ती भएको हुनसक्ने उल्लेख गर्दै पश्चाताप पनि गरेका छन्

चार जनाले उम्मेदवारी फिर्ता लिए

निर्वाचन आयोगले तोकेको समयावधिमा यो समाचार तयार पार्दा (१२.५०) बजेसम्म काठमाडौ र बैतडीमा गरी चार जनाले संविधानसभा निर्वाचन प्रत्यक्ष प्रणालीतर्फको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने अन्य केही फिर्ता लिने तयारीमा रहेको बताइएको छ । काठमाडौ क्षेत्र नम्बर १ बाट मात्र दिन जनाले संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिएको काठमाडौ निर्वाचन कार्यालयले जनाएको छ। बिहान ९ बजेदेखि १२.४६ बजे यो समाचार तयार पार्दाको अवधिसम्म शान्ति पार्टी नेपालका पूर्णप्रसाद दंगाल, सशक्तिकी मानकुमारी श्रेष्ठ र स्वतन्त्रका मुकुन्द गौतमले उम्मेदवारी फिर्ता लिएका छन् ।उम्मेदवारी फिर्ता गर्ने प्रक्रियामा केही उम्मेदवार अझै रहेको काठमाडौका प्रमुख निर्वाचन अधिकृत नारायण दाहालले बताउनुभयो । त्यस्तै बैतडी क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भट्टले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसका बरिष्ट नेता शेरबहादुर देउवाको आव्हानपछि आफूले उम्मेदवारी फिर्ता लिएको भट्टले जनाएका छन् । आयोगले आजै अपरान्ह उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ । अन्तिम नामावली प्रकाशनपछि आयोगले आजै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्नेछ । आयोगकाअनुसार त्यसका लागि अपरान्ह २.३० बजेदेखि ५.३० बजेसम्मको समय तोकिएको छ।

निर्वाचनमा भाग लिन विदेशबाट समेत नेपालीहरू घर र्फकन थाले

काठमाडौँ, २७ फागुन । नेपालको इतिहासमा पहिलोपटक हुन गइरहेको संविधानसभा निर्वाचन अब एक महिनामात्र बाँकी छ । मुलुकभर निर्वाचनको चहलपहल बढ्न थालेका छन् । निर्वाचनमा भाग लिन आफ्नो कामलाई थाति राखेर विदेशबाट समेत नेपालीहरू घर र्फकन थालेका छन् भने राजनीतिक दलहरू पनि शान्तिपर्ूण्ा ढङ्गले गाउँगाउँमा चुनावी प्रचारको लागि लागिपरेका छन् । संविधानसभा निर्वाचन सफल पार्न अनेरास्ववियु प्रारम्भिक कमिटी पृथ्वीनारायण क्याम्पसले विद्यार्थीमा घर र्फक अभियान सुरु गरेको छ ।निर्वाचनका लागि सबै विद्यार्थी आ-आफ्ना गाउँमा गई जनमुखी गणतन्त्रको पक्षमा जनमत तयार गर्ने बताइएको छ । युनियन पश्चिमाञ्चल संयोजक शिवजी गुरुङले संविधानसभा निर्वाचन र्सार्थक बनाउन विद्यार्थीहरु गाउँगाउँमा गएर गणतन्त्रको पक्षमा मतदानको वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

एमालेद्धारा घोषणा-पत्र सार्वजनिक

९ मार्च, ०८ । नेकपा एमालेले आज आफ्नो पार्टी मुख्यालयमा एक पत्रकार सम्मेलन मार्फत ३९ पृष्ठ लामो चुनावी घोषणा-पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा एमालेले संविधानसभाको चुनावपछि बन्ने सरकारको स्वरुप र एमालेको कार्ययोजना तय गरेको छ । एमालेले राष्ट्रपतिभन्दा प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने नीति अनुसार प्रधानमन्त्रीलाई कार्यकारी प्रमुख र राष्ट्रपतिलाई सेरेमोनियल बनाउने प्रस्ताव गरेको छ । सङ्घीयताको आधारमा राज्य सञ्चालन गर्नुपर्ने ठहर गर्दै एमालेले दुइ सदनात्मक व्यवस्था अघि सारेको छ । केन्द्रमा राष्ट्रियसभा र प्रतिनिधिसभाको व्यवस्था गर्दै घोषणापत्रमा केन्द्रमा दुइ सदन र संघीय प्रदेशमा विधायिका रहने व्यवस्था गरिएको छ ।घोषणापत्र सार्वजनिक गर्दै महासचिव माधवकुमार नेपालले नेपाली कांग्रेसले संसदीय सर्वोच्चता र माओवादीले राष्ट्रपतीय सर्वोच्चताको घोषणा गरेकाले आफ्नो पार्टीले विचको वाटो अपनाएको नेपालले वताउनुभयो । एमाले घोषणापत्रमा जनमत संग्रहको ब्यवस्था गर्ने समेत प्रस्ताव गरेको छ । राष्ट्रिय विवादमा संसद वा सरकारले निर्णय गर्दा असन्तुष्टले विवाद गर्ने सम्भावना हुने भन्दै एमालेले त्यस्ता मुद्दामा जनमतसंग्रह गर्न सकिने प्रस्ताव गरेको छ ।

मुलुकमा पहिलोपटक मतदान मेसिन प्रयोग गरिने

९ मार्च, ०८ । मुलुकमा पहिलोपटक नमुनाका रूपमा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ, जसनुसार निर्वाचन आयोगले सानो र सहरी बस्ती भएकाले काठमाडौं क्षेत्र नं. १ लाई चयन गरेको छ । आयोगका अनुसार प्रत्यक्ष र समानुपातिक दुवै सिटका लागि हुने मतदानका लागि यो मेसिन प्रयोग गरिने छ । विद्युतीय मतदान उपकरण भारतले सहयोगस्वरूप उपलब्ध गराएको हो । विद्युतीय मेसिनबाट मतदान गर्दा मतपेटिका र मतपत्र चाहिदैन । मतदाताले मेसिनको 'बटन' दबाएर आफूले चाहेको उम्मेदवार र पार्टीलाई मत दिन सक्छन् ।आयोगकाअनुसार 'मतदान मेसिन' मा एउटा 'नियन्त्रण युनिट' र अर्को 'मतदान युनिट' हुन्छ । मतदान युनिटमा पार्टी उम्मेदवारको चुनाव चिह्न राखिन्छ । चिह्न छेउको 'बटन' दबाएर मत हाल्नुपर्छ । बटन दबाएपछि त्यसको रेकर्ड 'नियन्त्रण युनिट' मा गएर बस्छ । नियन्त्रण युनिट मतदान अधिकृतको अधीनमा हुन्छ । मतदान युनिट गोप्य रूपमा भोट खसाल्ने ठाउमा राखिएको हुन्छ । मत खसाल्ने बेला मतदान अधिकृतले नियन्त्रण युनिटको बटन दबाउछन् । त्यसको संकेत मतदान युनिटको हरियो बत्तीले दिन्छ । हरियो बत्ती बलेपछि मतदाताले बटन दबाउनुपर्छ । मतदाताले बटन दबाउदा आउने आवाजका आधारमा मतदान अधिकृतले मत खसेको थाहा पाउंछन् । एकपटक बटन दबाएपछि पुनः अर्कोपटक त्यही मतदाताले बटन दबाउन नसक्ने व्यवस्था मिलाईएको हुन्छ ।

जीप दुर्घटनामा ३ को ज्यान गयो

१० मार्च, ०८ । गएराति पाल्पाको छहरामा जीप दुर्घटनाहुँदा तीन जनाको ज्यान गएको छ भने चारजना घाइते भएको बताइएको छ । सदरमुकाम तानसेनवाट ३५ किमी टाढा दागिलवाट छहरा आउँदै गरेको लु १ ज १०३९ नम्वरको जीप सडकवाट ५ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा छहरा १ का दानवहादुर रायमाझि, छहरा ७ का तुलसी पौडेल र सोही गाविसका सूर्य खत्री रहेको प्रहरीले जनाएको छ । अन्य चारजना गम्भीर घाइतेको सदरमुकाम तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Sunday, March 9, 2008

जनमोर्चाको उमेदवार अपहरित

कपिलबस्तु क्षेत्र नम्बर ३ का जनमोर्चा नेपालका उमेदवार बृजबिहारी शुक्लाको शुक्रबार राति अपहरणमा परेका छन् । संविधानसभा चुनावमा उठेका उमेदवार अपहरणमा परेको यो पहिलो पटक हो । प्रहरीका अनुसार, जिल्ला सदरमुकाम तौलिहवा नजिकैको दोहनी गाबिसमा चुनावी प्रचारमा हिडिरहेको बेला शुक्ला अपहरित भएका हुन् । शुक्लको अपहरणमा आफ्नो हात रहेको दावी संयुक्त जनतान्त्रिक मुक्तिमोर्चा नामको समूहले गरेको छ । शुक्लाको अपहरणको मानवअधिकारवादी संस्थाहरुले निन्दा गरेका छन् भने प्रहरीले शुक्लाको खोजी भइरहेको बताएको छ ।

एमाले उमेदवार अपहरित

मनाङका आफनो उमेदवार मंगल गुरुङलाई माओवादीले अपहरण गरेको एमालेले बताएको छ ।

चैत २८ को संविधानसभा चुनावका लागि एमाले उमेदवार मंगल गुरुङलाई फागुन २६ गते माओवादीले अपहरण गरेको एमालेले बताएको छ । एमाले महासचिव माधवकुमार नेपालले अपहरणबारे बिस्तृत जानकारी प्राप्त हन बाँकि भए पनि उमेदवारी फिर्ता गराउन दबाब दिन माओवादीले उमेदवारलाई अपहरण गरेको हुनसक्ने उल्लेख गरे । मनाङबाट माओवादीले स्थानीय बिकाश मन्त्री देव गुरुङलाई उमेदवार बनाएको छ ।
संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै एमाले महासचिव नेपालले यो अपहरणको घटनाले माओवादी र आफ्नो पार्टीबीचको सम्बन्धमा नकारात्मक अशर पर्ने बताए । अपहरणको घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायमा माओवादीप्रति नकारात्मक धारणा बन्ने पनि नेपालको

एमाले घोषणापत्र सार्वजनिक

माओवादीभन्दा फरक एमालेले प्रधानमन्त्रीलाई कार्यकारी बनाउने योजना घोषणापत्रमा उल्लेख गरेको छ । 
एमालेले संविधानसभा चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । फागुन २६ गते राजधानीमा एमाले केन्द्रीय कार्यलय बल्खुमा ३८ पेज लामो घोषणापत्र सार्वजनिक गर्दै महासचिव माधवकुमार नेपालले संविधानसभा चुनाव राजतन्त्र अन्त्य तथा प्रतिगामीबिरुद्धको लडाई भएको बताए । 'चुनावमा गणतन्त्र पक्षलाई जिताउनुस्, ढुलमुलेहरुलाई नजिताउनुस्' नेपालले भने ।
एमाले घोषणापत्रमा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनबाट तथा राष्ट्रपति संघ तथा केन्द्रका सांसदहरुले चुन्ने उल्लेख छ । 'कार्यकारी अधिकार प्राप्तले अप्रिय निर्णय पनि गर्नुपर्ने हुनसक्छ, राष्ट्रपतिलाई बिबादमा नपार्न प्रधानमन्त्रीलाई कार्यकारी बनाउनुपर्ने बिचार सारेका हौं' नेपालले भने । यसअघि फागुन २४ गते माओवादीले घोषणापत्र जारी गरेको थियो । नयाँ नेपालका निम्ति नयाँ बिचार र नेतृत्वलाई प्रमूख नारा बनाएको माओवादी घोषणापत्रमा १२ बर्षे जनयुद्ध र आफ्ना अध्यक्ष प्रचण्डको ब्यक्तित्वलाई मत माग्ने मूख्य आधार बनाइएको छ । घोषणापत्रमा निर्वाचित राष्ट्रपति कार्यकारी हुने उल्लेख छ तथा प्रचण्डलाई राष्ट्रपतिको उमेदवारका रुपमा अघि सारिएको छ । नेपाली कांग्रेसले भने आफ्नो घोषणापत्र सार्वजनिक गर्न बाँकि छ ।

गिनिजबुकमा नाम लेखाउने बाबाको धोको

पशुपतिनाथमा महाशिवरात्रिको मेला भर्न र दर्शन गर्न आएका साधु सन्तलाई शनिबारबाट बिदाइ गर्न थालिएको छ भने एक जना बाबाले आफ्नो नाम गिनिज बुकमा लेखाउन पहलका लागि अनुरोध गरेका छ ।
नेपाल र भारतबाट दर्शन गर्न आएका बाबाहरुलाई पशुपतिनाथ स्थित महागुठीले दर्जा अनुसारको दान दक्षिण सहित प्रत्येक वर्ष यसरी नै बिदाइ गर्ने गर्दछ । यो बर्ष २५ सय भन्दा बढी बाबा आएको र उनिहरुलाई पांच लाख रुपैया भन्दा बढी दक्षिण बाढ्ने गुठिले जनाएको छ ।
मान्दिरको दर्शन गरेर घर र्फकन लागेका वावाहरु पशुपति नाथको दर्शन गर्न पाएकोमा निकै दंग थिए । गुठीले बाबाको दर्जा अनुसार दक्षिणा बाँढ्ने गर्दछ । जसअनुसार सबै भन्दा बढी दक्षिणा नागा बाबाले सात सय २१ रुपैया पाउंछन् ।
त्यसैगरी दुई सय किलोमिटर जमिनमै घस्रेर सहासिक यात्रा गरेका झापाका बाबा अग्निप्रसाद कडरियाको नाम गिनिज बुक अफ वल्र्ड रेर्कडमा राख्ने पहल थालिने भएको छ । अहिलेसम्म गिनिजबुकमा यसरी घसि्रएर एक सय ११ किलोमिटर यात्रा गर्नेको नाम रहेको छ । तारकेश्वर महादेव बाबा बैद्यनाथ धामले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँको नाम गिनिजबुकमा राख्न सहयोग गर्न सबैसँग आग्रह गरेको हो ।
काठमाडौं चक्रपथको साँढे ३१ किलोमिटर सडक घस्रेरै उहांले शिबरात्रीको दिन पशुपतिमा समापन गर्नु भएको हो । यसअघि उहांले २०६१ सालमा २२ किलोमिटर र २०६२ सालमा एक सय ५१ किलोमिटर यसैगरी यात्रा गर्नुभएको थियो ।

कांग्रेस छाड्नेहरु पछुताउनु पर्नेछः कोइराला

८ मार्च, ०८ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कांग्रेस त्यागी मधेसी दलहरुमा प्रबेश गर्ने नेताहरु अन्तत: पछुताउनुपर्ने बताउनुभएको छ ।आफ्ना सहयोगी रामदेबसिंह यादवको छोराको बिवाहको लागि आज बिराटनगर पुग्नुभएका कोइरालाले बिमानस्थलमा पत्रकारहरुको बारम्बारको अनुरोधपछि प्रतिक्रिया दिदै पार्टी छाडेर जानेहरु पछुताउने प्रतिक्रिया दिनुभएको हो ।निर्वाचनको बेलामा नेपाली कांग्रेसका तराईका प्रभावशाली नेताहरुको पलायन भईरहेको बारे संचारकर्मीहरुको जिज्ञासामा उहांले त्यो भ्रममात्र भएको समेत वताउनुभयो ।अहिले प्रधानमन्त्रीले पूर्बाञ्चलका सुरक्षा प्रमुखहरुसंग निवासमा भेटघाट गर्नुभएको छ । यादबपुत्रको भोली बिबाहमा सहभागि भएर प्रधानमन्त्रीको पर्सी काठमाडौं फ़र्कने कार्यक्रम रहेको छ ।

पौडी खेल्न गएका तीन युबा बेपत्ता

९ मार्च, ०८ । नारायणी नदीमा पौडी खेल्न गएका तीनजना युबा नदिमा डुबेर बेपत्ता भएका छन् । शनिबार दिउसो साढे एकबजे तीनजना साथीहरु मिलेर पौडिखेल्न गएका रजहर-५ का १४ बर्षका दिपक चापागाई, दिब्यपुरीका १५ बर्षिय अमित गुरुङ र रजहर १ का १५ बर्षिय बिनोद मगर बेपत्ता भएका हुन् ।नवलपरासीको रजहर-३ पिप्रहरस्थित नारायणी नदीबाट तीन जनायुवा पौडी खेल्दा बेपत्ता भएपछि ईलाका प्रहरी कार्यालय कावासोतिको प्रहरी टोली र रजहर चौकीको प्रहरी टोली घटनास्थल पुगेर खोजतलास गरीरहेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

जापानमा प्रशिक्षार्थी कामदारका लागि ढोका खुला

९ मार्च, ०८ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जापान इन्टर्नेशनल ट्रेनिङ को-अपरेसन अर्गनाइजेसन (जिटको) को नियमअनुसार कामदार पठाउन नेपाल तयार भएको ब्यहोराको पत्र नेपाली नियोगमार्फत जापान सरकार र जिटकोलाई पठाईएको समाचार छ । सरकार र जिटकोबीच झन्डै तीन महिनादेखि दक्ष र अर्धदक्ष नेपाली प्रशिक्षार्थी कामदार ल्याउन छलफल भएको थियो ।जापानले नेपालबाट प्रशिक्षार्थी कामदार लैजाने सम्बन्धमा सन् २००३ मा सरकारले नेपाल उद्योग वाणिज्य महासंघलाई कामदार छनोट गरी पठाउने जिम्मेवारी दिएको थियो । महासंघले अहिलेसम्म कामदार पठाउन सकेको थिएन ।महासंघले नसकेपछि अरू एजेन्सीमार्फत कामदार लैजाने निर्णय सरकारले झन्डै तीन महिनाअघि गरेको थियो । सरकारी माध्यमबाट प्रशिक्षार्थी कामदार पठाउनेबारे चार वर्ष अघिको द्विपक्षीय सहमति कार्यान्वयन नभएपछि प्रक्रिया परिवर्तन गरी मेनपावर एजेन्सीलाई पनि खुला गर्न लागिएको हो । जापानलाई नयां आकर्षक गन्तव्यका रूपमा विकास गर्न पुनः दुवै देश सहमत भएको र अब छिट्टै कामदार पठाउने प्रक्रिया शुरु हुने श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।जापान जाने प्रशिक्षार्थी कामदार तीन वर्षसम्म त्यहांका विभिन्न उद्योगमा काम गर्न पाउनेछन् । सन् २००९ पछि जापान जाने कामदारको कार्यावधि पांच वर्षको हुने छ । निर्धारित अवधिपछि स्वदेश फर्केर देशको औद्योगिक विकासमा समेत टेवा पुर्‍याउने उद्देश्यले जापानले यो कार्यक्रम अघि बढाएको हो । डेढ दशकदेखि प्रशिक्षार्थी कामदार लिदै आएको जापानले दक्षिण अमेरिकी राष्ट्र पेरु र १५ एसियाली मुलुकबाट हालसम्म १३ लाख प्रशिक्षार्थी कामदार लिइसकेको छ । जापानमा आगामी दुइ वर्षभित्र १७ लाखभन्दा बढी बिदेशी कामदार आवश्यक भएको बताईन्छ ।