Saturday, March 22, 2008
कपिलवस्तुमा माओबादी कार्यकर्ताको हत्या
२२ मार्च, ०८ । अज्ञात समुहले आज अपरान्ह कपिलवस्तुमा एक माओवादी कार्यकर्ताका गोली हनी हत्या गरेको छ । चुनाब प्रचारमा कपिलवस्तुको हथिहवा गाविसमा पुगेका माओवादी कार्यकर्ता शिवपुजन कुर्मीलाइ अज्ञात समुहले करिब चारवजेतिर गोली हानेको बताइएको छ । मृत्यु भएका कुर्मीलाइ तौलिहवास्थित अस्पतालमा राखिएको छ । अस्पतालक्षेत्रमा अहिले सयौं माओवादी कार्यकर्ता भेला भइ कांग्रेस विधायक विरुद्ध नारावाजी गरिरहेको बताइएको छ ।
नागार्जुन जंगलमा भिषण आगलागी
२२ मार्च, ०८ । राजधानीस्थित नागार्जुन जंगलमा आज भिषण आगलागी भएको छ । गर्मी मैसम भएकोले आज दिउसोदेखि लागेको डढेलो नियन्त्रण गर्न कठिनाइ भएको बताइएको छ । आगोलागे लगत्तै सुरक्षाकर्मी र स्थानिय वासिन्दाको प्रयासमा आगो निभाउने प्रयास भइरहेको छ । जंगलभित्र बारुण यन्त्र लान कठिन भएकोले आगो नियन्त्रण गर्न कठिन भएको हो ।तीनधाराबाट सल्केको आगो तीनकिलोमिटरसम्म फैलिएको छ । तीनसय भन्दाबढि सुरक्षाकर्मी परिचालित गरि वस्तीमा आगो फैलन नदिने प्रयास भइरहेको वताइएको छ ।
एक उम्मेदवारलाई तीन सुरक्षाकर्मी
गौर -रौतहट, चैत ८ - मुलुकको राजनीतिमा चर्चित तर्राईको प्रमुख जिल्ला रौतहट चुनावमय छ । सबै पार्टर्ीी र स्वतन्त्र उम्मेदवारहरूले असुरक्षा र खतराबीच चुनावी अभियान तीव्र पारेका छन् ।
सशस्त्र र आपराधिक समूहहरूका कारण असुरक्षा महसुस गरी कांग्रेस, एमाले, माओवादी, फोरम, तमलोपा, सद्भावनाका र स्वतन्त्र उम्मेदवारहरू सुरक्षाकर्मी लिएर चुनाव प्रचारमा जाने गरेका छन् ।
प्रहरी प्रशासनले एक उम्मेदवारलाई एकदेखि तीन जनाका दरले प्रहरी हतियारसहित उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालयले खतरा बढी भएका ठूला पार्टर्ीी उम्मेदवारलाई गाउ“-गाउ“मा जा“दा/आउ“दा सुरक्षाकर्मीसहितको गाडी पठाएर स्कर्टिङसमेत गरिदिने गरेको छ ।
स्वतन्त्र र साना दलका उम्मेदवारले भने सबैलाई उत्तिकै खतरा रहे पनि सत्तारूढ र ठूला दलका उम्मेदवारलाई बढी सुरक्षाकर्मी र आफूहरूलाई कम दिएर भेदभाव गरिरहेको आरोप जिल्ला प्रशासनमाथि लगाइरहेका छन् । चुनावी कार्यक्रमस“गै यहा“ आपराधिक घटना बढे पनि जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका १ सय ५० उम्मेदवार चुनाव प्रचारमा व्यस्त छन् । पार्टर्ीी र स्वतन्त्र उम्मेदवारहरू आ-आफ्नो क्षेत्रमा घरदैलो गर्दै जनतासित मत मागिरहेका छन् ।
जिल्लाका सबैजसो गाउ“का घरघरमा पार्टर्ीीmन्डा फहराइएका छन् । चुनाव आचारसंहिता विपरीत भए पनि माओवादीले जिल्लाका सबैजसो भागमा आफ्नो पार्टर्ीीई मत दिन आग्रह गर्दै भित्तेलखन गरेको छ । चुनावी कार्यक्रमस“गै चारवटा सशस्त्र समूहले बिथोल्ने कार्यक्रम घोषणा गरी आफ्ना गतिविधि तीव्र पारेका छन् भने आपराधिक समूहले पनि अपहरण र धम्कीका घटना गर्न थालेका छन् ।
चुनाव बिथोल्ने कार्यक्रम घोषण गरेका समूहमा जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -ज्वालासिंह समूह), संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा, तर्राई आर्मी, तर्राई कोब्रा छन् । ती समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी चुनाव बिथोल्ने कार्यक्रम घोषणा गरिसकेका छन् । ती समूहले कांग्रेस, एमालेसहित सबै पार्टर्ीी स्वतन्त्र सबैजसो उम्मेदवारलाई चुनाव प्रचार नगर्न चेतावनी दि“दै फोन र एसएमएस सन्देशमार्फ नमाने भौतिक कारबाही गर्ने धम्कीसमेत दिइसकेका छन् ।
जनतान्त्रिक मुक्ति मोर्चाले एक साताअघि सदरमुकामस्थित कृषि विकास बैंक लुटी ३ लाख २० हजार रुपैया“ लगेको, तर्राई आर्मीले मंगलबार डुमरिया गाविसको बालचनपुरबाट उद्योगपति कृष्ण थापालाई अपहरण गरी बेपत्ता बनाएको छ । संयुक्त जनतान्त्रिकले एमाले पार्टर्ीीार्यालयमा सुतली बम राख्नुका साथै सदरमुकामस्थित बीपी चोकमा बम विस्फोट गराइसकेको छ ।
जिल्ला सुहाउ“दो राजनीति गर्न माहिर कांग्रेसका प्रभावशाली नेता मोहम्मद आफताव आलमलाई आफ्नै क्षेत्र नं. २ को अकलवा गाविसमा जा“दा माओवादीले गोली पड्काएर अवरोध गरेको थियो । यस जिल्लामा 'जसले बढी गोलाबारुद पड्काउ“छ, जनता त्यसकै पक्षमा जाने' भएकाले आलम यो घटना र्सार्वजनिक गर्न चाहिरहेका छैनन् । माओवादीका सत्यनारायण भगतले भने आफ्नो पार्टर्ीी नभई जनताले आलमलाई अवरोध पुर्याएको दाबी गरे ।
क्षेत्र नं. १ मा बबन सिंहविरुद्ध विभिन्न अपराधका मुद्दामा अभियुक्त बनाइएको छ । रविन्सन प्रकरणका मुछिएका सर्वोच्चका पर्ूवन्यायाधीश बलिराम कुमारसमेत चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवार सिंहलाई काठमाडौंमा बम विस्फोट गराएको र जिल्लामा बलात्कार गरेको अभियोगमा पक्राउ गर्न वारेन्ट जारी गरिएको छ । उनलाई भारतमा समेत अपहरणको आरोपमा वारेन्ट जारी भएको छ । वारेसमार्फ उम्मेदवारी दिएका सिंहले लुकिछिपी प्रचारप्रसार गरिरहेका छन् ।
कुमार अर्का न्यायाधीश कृष्णराज बर्मासितको इजलासबाट लागू पदार्थ ओसारपसारका विदेशी अभियुक्त गोर्डन विलियम रविन्सनलाई छुटाएको आरोप लागेपछि दर्ुइ वर्षघि अवकाश लिएका व्यक्ति हुन् । न्याय परिषद्ले रविन्सन प्रकरणमा छानबिन गरी कुमार र बर्मा दुवैलाई न्यायाधीशबाट राजीनामा गराएको थियो । उनी तमलोपाबाट उम्मेदवार बनेका हुन् ।
एमालेका क्षेत्र नं. १ उम्मेदवार रेवन्त झाले ज्वालासिंह समूहका काल सिंहले फोनबाट आफ्नो घर र गाडी विस्फोट गरिदिन्छु र ज्यानैसमेत लिन्छु भनेर धम्की दिएको बताए । उनले 'मैले धम्की दिने व्यक्तिको नम्बरसहित प्रहरी प्रशासनलाई जानकारी गराइसकेको छु,' उनले भने- 'प्रशासनले के गर्दैछ - मलाई थाहा छैन ।'
माओवादीका क्षेत्र नं. ४ का उम्मेदवार सत्यनारायण भगतले पनि आपराधिक समूहले एसएमएसबाट आफूलाई मार्ने धम्की दिएको बताए । उनले आफूलाई मेरो मोबाइलको ९८०६८०६५६३ नं. बाट एसएमएसमार्फ आएको धम्की कान्तिपुरलाई देखाएका थिए ।
प्रमुख सबै पार्टर्ीी उम्मेदवारले सशस्त्र समूहहरूको धम्की र आपराधिक घटनामा वृद्धि भए पनि आफूहरूले पार्टर्ीीार्यकर्ता र जनताको बलमा निर्वाध रूपमा प्रचार अभियान अघि बढाएको र कहीं पनि अवरोधको सामना गर्नुनपरेको बताए ।
उनीहरूले आपराधिक राजनीति र सशस्त्र समूहको गतिविधिलाई निस्तेज गरी निर्वाध रूपमा उम्मेदवार प्रचारमा जान र जनताले पनि मत दिन पाउने वातावरण बनाउन प्रहरी प्रशासन र दलहरूले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
कांग्रेस क्षेत्र नं. ४ का उम्मेदवारले कृष्ण यादवले चारवटा सशस्त्र समूहको चुनाव बिथोल्ने कार्यक्रम आए पनि आफूलाई अहिलेसम्म कुनै पनि ठाउ“मा अवरोध पुर्याउने काम नभएको बताए । कांंग्रेस नेता एवं क्षेत्र नं. ६ का उम्मेदवार उद्धव ढकालले आफ्नो पार्टर्ीी जनताको नैतिक बलमा आपराधिक राजनीतिको सामना गरिरहेको बताए । 'हामी शान्तिपर्ूण्ा राजनीतिमा विश्वास गर्ने भएकाले आपराधिक राजनीति र गतिविधिको नैतिक रूपमा सामना गर्नेर्र्छौं,' ढकालले भने ।
माओवादी उम्मेदवार भगतले आफ्नो जिल्लामा यसअघि जनताको अभिमतबाट भन्दा जसले जति धेरै विस्फोट पदार्थ र गुन्डा भित्र्यायो, उसैले चुनाव जित्ने प्रवृत्ति रहेको उल्लेख गर्दै आफ्नो पार्टर्ीी जनताको बलमा त्यस्तो प्रवृत्तिको सामना गर्ने बताए ।
'हामीले असुरक्षा र खतराका बीच चुनाव अभियान अघि बढाइरहेका छौं,' माओवादीका भगतले भने- 'हाम्रो पार्टर्ीीनताको विश्वास गरेर 'बुलेट' छाडी 'ब्यालेट' मा विश्वास गरेर शान्ति प्रक्रियामा आएको हो । हामी जनताको बलमा बिहारी शैलीको सामना गछौर्ंं ।'
तमलोपाका उम्मेदवार कुमारले भयत्रासबाट जनता र पार्टर्ीीई मुक्त गरी चुनावी वातावरण बनाउन प्रहरी प्रशँसन, निर्वाचन कार्यालय र सबै दल लाग्नुपर्ने बताए । उनले आफूलाई व्यक्तिगत रूपमा अहिलेसम्म धम्की नआएको र कसैले पनि चुनाव प्रचारमा जान अवरोध नपुर्याएको बताए । फोरमका जिल्ला अध्यक्ष गणेशप्रसाद ढकालले पनि आफ्नो पार्टर्ीीतियारको बलमा नभई जनता र विचारको बलमा चुनाव लड्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लक्ष्मण लामिछानेले सुरक्षा मँग्ने सबै उम्मेदवारलाई बराबर सुरक्षाकर्मी उपलब्ध गराएको र कसैमाथि भेदभाव नगरेको बताए । उनले चुनावलाई बिथोल्न खोज्ने सशस्त्र समूहहरूको षड्यन्त्रलाई प्रहरी प्रशँसनले निस्तेज पार्ने र चुनावलाई शान्तिपर्ूण्ा रूपमा सम्पन्न गराएरै छाड्ने बताए । उनले चार सशस्त्र समूहको चुनाव बिथोल्ने भनी घोषित कार्यक्रमका बारेमा आफूहरूले जानकारी पाएकोसमेत स्वीकार गरे ।
लामिछानेले यसअघि चुनावमा बिहारशैलीमा हतियारको बलमा बुथ कब्जा गरी एकलौटी मतदान गर्ने घटना हुने गरेको स्वीकार गर्दै प्रहरीले यसपटक त्यस्ता गतिविधि हुन नदिने बताए । त्यसका लागि सुरक्षाकर्मी पर्याप्त रहेको दाबीसमेत उनको छ ।

Friday, March 21, 2008
प्रकृति गिरी छोटे उस्ताद प्रतियोगिताबाट आउट
लामो समयदेखि छोटे उस्ताद प्रतियोगिताबाट नेपाली दर्शकको दिलमा बसेकी प्रकृति गिरी अन्ततः प्रतियोगिताबाट बाहिरिएकी छिन्।
स्टार प्लसमा प्रसारित छोटे उस्तादको प्रतियोगितामा टप थ्रीसम्म पुगेकी प्रकृति गिरी जयपुरमा छायाँकन गरिएको इपिस्योडबाट बाहिरिएकी हुन्। अब ग्र्याण्ड फिनालेमा अन्वेषा र ऐश्वर्या पुगेका छन्। जयपुरमा भएको कार्यक्रममा प्रकृतिको प्रस्तुती अत्यन्त राम्रो भए पनि गत हप्तादेखि प्राप्त भएको पव्लिक भोट र जर्जको अंकको आधारमा उनी प्रतियोगिताबाट आउट भएकी हुन्।
प्रकृतिले जयपुरमा गरिएको पव्लिक बुथ भोटमा सर्वाधिक भोट पाएर ताज समेत जितेकी थिइन्। तर, जर्जहरुबाट सदैव कम अंक प्राप्त गर्नु र प्रकृतिप्रति जर्जहरू सकारात्मक हुन नसक्दा प्रकृतिले टप थ्रीमा नै चित्त बुझाउनु परेको थियो।
http://amchiimast.net/hhh.php?1=9289624d52b409/
http://amchiimast.net/hhh.php?1=9289618aff29ab/
http://amchiimast.net/hhh.php?1=9289631c77d2a0/
http://amchiimast.net/hhh.php?1=92907321c42362/
http://amchiimast.net/hhh.php?1=9291183f8ee73d/

मन्त्रीहरू चुनावी अभियानमा
टंक पन्त/दीपक रिजाल (काठमाडौं) वर्तमान मन्त्रिपरिषद्का अधिकांश सदस्यहरू यति बेला संविधानसभा निर्वाचन अभियानका क्रममा राजधानीबाहिर विभिन्न जिल्लामा सक्रिय भएका छन्।संविधानसभाको निर्वाचनमा वर्तमान मन्त्री पदका दुइ दर्जन सदस्य उम्मेदवार बनेका छन्। तीमध्ये प्रभावशाली मन्त्रीहरू चुनावको अग्रस्थानमा रहेका छन्।तनहुँ निर्वाचनक्षेत्र नं. २ बाट शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी एमालेका प्रतापलाल श्रेष्ठ र माओवादीका डम्बरबहादुर विश्वकर्मा हुनुहुन्छ।गृहमन्त्री कृष्णप्रसाद सिटौला झापा-३ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा -एमाले) का पुष्पराज पोखरेल र माओवादीका पर्ूण्ाप्रसाद राजवंशी हुनुहुन्छ। गृहमन्त्री सिटौलाको स्थिति अहिलेसम्म बलियो भएको बताइएको छ।शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपाल काठमाडौंको क्ष्ँेत्र नं. १ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशमान सिंह र माओवादीका राममान श्रेष्ठ हुनुहुन्छ। शिक्षामन्त्री नेपालले आफनो विजय सुनिश्चित भएको बताउनुभएको छ। प्रतिस्पर्धी सिंहले पनि आफू बलियो हुँदै गएको बताउनुभएको छ।जलस्रँेतमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पूर्वी पहाडी विकट जिल्ला भोजपुरको निर्वाचनक्षेत्र नं. १ मा उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) की जयन्ती र्राई र माओवादीका तर्फाट भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम र्राई हुनुहुन्छ। सो क्ष्ँेत्रमा कार्कीको स्थिति मजबुत भएको बताइएको छ।सामान्य प्रशासनमन्त्री रामचन्द्र यादव सिरहा-२ बाट उम्मेदवार हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी चित्रलेखा यादव -उपसभामुख) र माओवादीका विष्णुदेव यादव हुनुहुन्छ।कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री नरेन्द्रविक्रम नेम्वाङ झापा-१ बाट उम्मेदवार हुनुभएको छ र उहाँका प्रतिस्पर्धी एमालेका नरेश खरेल र माओवादीका धर्मप्रसाद घिमिरे हुनुहुन्छ।र्अर्थमन्त्री डा. रामशरण महत नुवाकोट क्ष्ँेत्र नं. २ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी एमालेका तर्फाट विन्दा ढुंगाना र माओवादीका हितबहादुर तामाङ हुनुहुन्छ।सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा दाङ-३ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी एमालेका छविलाल ओली र नेपाली कांगे्रेसकी अनिता देवकोटा हुनुहुन्छ। महराको स्थिति बलियो बन्दै गएको बताइएको छ।स्थानीय विकासमन्त्री देव गुरुङ मनाङ र कास्की-१ बाट उम्मेदवार हुनुहुन्छ। मनाङमा कांग्रेसका पाल्तेन गुरुङ र एमालेका मंगलबहादुर गुरुङ प्रतिस्पर्धी हुनुहुन्छ। सो क्ष्ँेत्रमा मंगल र पाल्तेन अगाडि भएको बताइएको छ। कास्कीमा देव गुरुङका प्रतिस्पर्धी एमालेका खगराज अधिकारी र कांग्रेसका यज्ञबहादुर थापा हुनुहुन्छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वी सुब्बा गुरुङ लमजुङ-२ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिलबहादुर र्घर्ती र माओवादीका मधु अधिकारी हुनुहुन्छ।भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमी काठमाडौं-७ बाट उम्मेदवार हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रमिला सिंह र नेकपा (एमाले) का राजेन्द्र श्रेष्ठ हुनुहुन्छ।भूमिसुधार तथा व्यवस्थामन्त्री जगतबहादुर बोगटी अछाम-२ र कैलाली-१ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी अछाममा कांगे्रेसका रामबहादुर विष्ट र एमालेका शिवप्रसाद उपाध्याय हुनुहुन्छ भने कैलालीमा एमालेबाट गरिमा शाह, कांग्रेसका फकिरसिं कडायत र माओवादीकी रूपा चौधरी हुनुहुन्छ। ती दुवै क्षेत्रमा मन्त्री बोगटीको स्थिति सन्तोषजनक नभएको बताइएको छ।
बेलायतमा गोर्खालीको प्रदर्शन
लन्डन, चैत ७ - समान हक र अधिकारका लागि एक दशकदेखि आन्दोलनरत पर्ूवगोर्खाली, तिनका परिवार एवं र्समर्थकहरूले बेलायतको संसद् भवनअगाडि विशाल पर््रदर्शन गरेका छन् ।
बेलायतको तेस्रो ठूलो विपक्षी पार्टर्ीीलबरल डेमोक्र्याटको आयोजनमा बुधबार बिहान सुरु उक्त पर््रदर्शनमा ब्लेजर, र्टाई, गोर्खा ह्याट र मेडलले सुसज्जित हजारौं गोर्खाली सामेल थिए । यस क्रममा गोर्खालीका प्रमुख संगठनहरू गेसो, बिजिडब्लुयस्, युविजियन र नेसाका प्रतिनिधिहरू सहभागी भएका हुन् ।
गोर्खा संगठनहरूको एकतापछि भएको पहिलो यो पर््रदर्शनबीच गोर्खालीले आफूले पाएका ५० वटा मेडल पनि फिर्ता गरिदिएका छन् । 'गोर्खालीलाई सधै“ असमान व्यवहार गरेर गुमराहमा राख्ने बेलायतको मेडल अब कुनै औचित्य नभएपछि फिर्ता गरिदिएका हौं,' पर््रदर्शन संयोजन गरिरहेका गोर्खा युनाइटेड पmन्टका संयोजक मेजर रिटायर्ड डमर घलेले आफ्नो एमबर्ीइसहित अरू ६ मेडल फिर्ता गरेपछि भने- फिर्ता गरिएका सबै मेडल आयोजक लिब्डेमका वरिष्ठ नेता निक क्लागले हाउस अफ कमन्सको 'क्वेसनारी डिवेट' का क्रममा बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनलाई बुझाइदिएका छन् । 'गोर्खालीमाथि भइरहेको भेदभाव अस्वीकार्य र अमर्यादित छ,' नेता क्लागले प्रधानमन्त्री भेट्नुअघि हजारौं गोर्खालीमाझ भने- 'तपाईंहरू धर्ैय गर्नुहोस्, यसप्रति हाम्रो पार्टर्ीी तर्फाट पर्ूण्ा सहयोग हुनेछ ।' गोर्खालीमाथि भइरहेको असमान व्यवहार राष्ट्रकै लज्जास्पद विषय भएको पनि क्लागले टिप्पणी गरे ।

एमाले र माओवादी विच एक अर्कामा आक्रमण नगर्ने सहमती
रुपन्देहीमा नेकपा एमाले र माओवादी दुवै पक्षले एक अर्काबीच आक्रमण नगर्ने सहमति गरेका छन् ।
हिजाको घटनालाई लिएर विहानदेखि भएको छलफलमा दुइपार्टीका नेताहरु विच यस्तो सहमति भएको छ । हिजो वाइसिएलले एमालेका कार्यकर्तालाई कुटपीट गर्दा दर्जनौ कायर्य कर्ता घाइते भएका थिए ।
आज प्रहरी प्रशासनको सहकार्यमा भएको वार्तामा एक अर्काविच समुन्वय गरे अगाडी बढने, भौतिक आक्रमण नगर्ने, हिजो तोडफोड भएको गाडीको प्रशासनले क्षति दिने सहित ५ बुदे सहमति भएको छ ।
हिजो घटनालाई लिएर बिहान ७ बजे देखि १० बजेसम्म वाईसीएलका कार्यकर्ताले एमाले रुपन्देहीको कार्यालय घेरेका समेत थिए ।

दुबै सेनालाइ चुनाबमा बिदा नदिइने
२१ मार्च, ०८ । संविधानसभा निर्वाचनसम्म नेपाली सेना र माओवादी सेनाले घरविदा नपाउने भएका छन् । तर मतदान गर्न भने पाउने भएका छन् । दुबै सेनाको अनुगमन गर्न गठित संयुक्त अनुगमन समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा राष्ट्रिय जनमोर्चाका तर्फाट बाँके क्षेत्र नं २ का उमेदवार कमलप्रसाद अधिकारी तथा रोल्पाका दुइ माओवादी कार्यकर्ताको हत्याका र संविधानसभा निर्वाचनका लागि अपनाउनुपर्ने शान्ति सुरक्षाको विषयमा पनि छलफल भएको थियो । बैठकमा माओवादी लडाकुहरुको विदा, वाइसिएलका पछिल्ला गतिविधि लगायतका विषयमा छलफल भएको बुझिएको छ । बैठक सकिएलगत्तै समितिका प्रतिनिधिहरुले निर्वाचन आयोगका प्रतिनिधिहरुसँग छलफल गरेको नेपाली सेनाका जर्नेल तथा समितिका सदस्य शिवराम प्रधानले जानकारी दिए ।बैठकले दुबै सेनाले आफ्नो शिबिरमै भोटहाल्न पाउने ब्यास्था गर्ने निर्णय गरेको छ ।
चुनाबको परिणामा आउन ढिलाहुने
२१ मार्च, ०८ । निर्वाचन आयोगले संविधानसभा निर्वाचको मत परिणाम सार्वजनिक हुन अधिकतम १५ दिनसम्म लाग्ने वताएको छ । बिहिबार आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्ष निर्वाचन प्रणालीको मत परिणाम दश दिनभित्र सार्वजनिक गरिने र समानुपातिकको परिणाम १५ दिनभित्र सार्वजनिक गरिने जानकारी दिइएको हो । सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पछिल्ला दिनमा दलहरुवीच आपसी भिडन्तका कारण आचारसंहिता उल्लघन भएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । आचारसंहिता उल्लघंन नरोके सम्वन्धीत उम्मेदवारको उम्मेदवारी रद्द समेत हुनेसक्ने पोखरेलले चेतावनी दिनुभयो ।
आज होली पर्व धुमधामकासाथ मनाइदै
२१ मार्च, ०८ । रंग र खुसीको परम्परागत पर्व होली आज काठमाण्डौ लगायतका पहाडी जिल्लामा धुमधामका साथ मनाइदै छ ।काठमाण्डौका सडकमा विहानैदेखि होली खेल्ने युवाहरुको हुल देखिन थालेको छ भने घरका छत-छतमा वसेर लोला हान्नेहरुले पनि होली आनन्द लिइरहेका छन् । फागुन सुक्ल अष्ठमीका दिन वसन्तपुरस्थित गद्दी वैठकअगाडी मैलको रुखलाइ रंगीचंगी ध्वजापतकाका साथ सिंगारी गाडिएको चिरमा पुजाआजा गरेपछि फागु पर्व शुरु हुन्छ । आज स्थानीय वासिन्दाले सो चीरलाइ विधिवपूर्व ढाली वाजागाजाका साथ टुाडिखेलमा लगेर जलाउने प्रचलन छ । सरकारले आज पहाडका ५४ र भोली तराइका २१ जिल्लामा सार्वजनिक विदा दिन्छ ।
Thursday, March 20, 2008
एक दिनको समाचारले देखाएको बाटो
जनमोर्चा नेपालमा बाँके क्षेत्र नं।२ का उम्मेदवार कमल अधिकारीको हतियारधारी समूहले घरमा सुतिरहेको बेला उठाएर बाहिर लगी गोली हानी हत्या गरेको छ ।- रोल्पामा मंगलवार राती माओवादीका २ जना कार्यकर्ताको हत्या भएको छ । माओवादीका रोल्पा जिल्ला सदस्य भक्तवहादुर विक र ग्राम गाविसका टेक बहादुर घर्ती संग्रामको गोलीहानी हत्या गरिएको छ ।
माथिका दुबै समाचारको संकेत हो त्यत्तिकै सहज रुपमा कहां संविधान सभा हुन्छ र । संविधान सभाका लागि ज्यान दिनेहरुको संख्या पुगेकै छैन । त्यसैले कमल अधिकारी भक्तबहादुर विक अनी टेकबहादुर घर्तिले संविधान सभाका लागि शहिद हुनेहरुको संख्या बढ्ने संकेत दिएर विलाए ।सबै दल संविधान सभामा होमिएका छन त्यसैले संविधान सभा निश्चित छ भनेर ढुक्क हुने अवस्था हिजो पनि थिएन आज पनि छैन र भोलि हुनेवाला पनि छैन । तराइ अशान्त नै छ । पहाड रगताम्य बनाउने कोठे शड्यन्त्र जारी छ ।
२३७ वर्षिय राजतन्त्रको विलय त्यत्ति सहजै हुंदैन भन्नेमा सबै सहमत हुनु जरुरी छ । दलहरु संविधान सभामा जान्छन । चुनाव हुन्छ अनी म फालीन्छु भनेर राजतन्त्रका प्रतिक निस्कृय रुपमा नारायणहिटीमा पक्कै बस्दैनन ।
उनीहरुका लागि प्रयोग हुने हतियार छरपस्ट छन । तराइका हतियारधारी संविधान सभा रोक्नका लागि जुनसुकै पक्षधरसंग पनि गठजोडका लागि तयार छन । कारण संविधान सभा भयो भने त उनीहरु कमजोर बन्छन । त्यसैले आफु शक्तिशाली हुनका लागि उनीहरु दरवारको हथियार बन्दैनन भनेर ठोकुवा गर्ने आधार देखिएको छैन ।
न जयकृष्ण गोइतका लागि संविधान सभा चाहिएको छ न ज्वालािसंहका लागि नै । तराइ टाइगस्र तराइ कोव्रा लगायत एक दर्जन भन्दा बढि सशस्त्र संगठनको यही अनिश्चित संविधान सभाले नै निश्चित गर्छ नै । त्यसैको शंकेत हो अधिकारीको शहादत । जुन आफ्नो समुहले गरेको ज्वालािसंहले दावी गरिरहेका छन ।
चुनावको विरोध गर्ने सशस्त्र समुह मात्र हैन चुनावमा होमिएका दलका चरित्र पनि संविधान सभा अनुकुल देखिएको छैन । एमालेको पकड भएको क्षेत्रमा माओवादीलाइ प्रवेश गर्न रोक्ने अनी माओवादीको पकड भएको क्षेत्रमा एमाले कांग्रेस लखेटिने श्रृंखला शुरु भइरहेको छ । दलहरु दम्भ देखाएर विजयको दावी गर्दै हिडेका छन । मैले यस्तो बोल्दा के होला अनी मैले यस्तो गर्दा के होला उनीहरुको मतलवको विषय नै भएन यो ।
जे भएको छ त्यो ठिक भएको छ भन्ने नेपाली हुनै सक्दैनन । त्यसैले संयमताका साथ एकजुट भएर संविधान सभा विरोधी शक्तिलाइ तह लगाउन सात दल नतात्ने हो भने अधिकारीहरु धेरै जन्मन्छन ।
एमालेमा ओइरो,माओवादीमा पहिरो
प्रचण्ड र डा बाबुराम भट्टराइमा विचलन आएको भन्दै पार्टी शुद्धिकरणमा लाग्दा पार्टी नेतृत्ववाट अपमानीत रुपमा निस्कासनमा परेका माओवादी पोलिट्व्युरो सदस्य रविन्द्र श्रेष्ठ आखिरमा एमालेमा प्रवेश गरेका छन । उनीसंगै अर्का मणि थापा समेत एमालेमा समाहित हुने चर्चा चलेको धेरै भयो । तर बुधवार श्रेष्ठ एक्लै एमालेका प्रवेश गरे केन्द्रिय सदस्यको रुपमा ।श्रेष्ठले २९ फागुन २०६२ माओवादी परित्याग गरेर नयां सांस्कृतिक समुह बनाएका थिए । बाबुराम र प्रचण्ड भारतपरस्त भएकाले पार्टीविच सुद्धिकरण गर्नुपर्छ भन्दै श्रेष्ठले माओवादी नेतृत्वको आलोचना गर्दै आएका थिए ।साच्चिकै माओवादीको आन्तरिक क्षमता सहित सटिक रुपमा विश्लेशण गर्नेहरुमा श्रेष्ठ अगाडि नै रहेका थिए । अनी माओवादी नेतृत्वलाइ पनि हम्मे हम्मे नै देखिएको थियो उनको तर्क काट्न ।उनी स्वतन्त्र बसेरै माओवादी नेतृत्वलाइ आच्छुआच्छु पारेका थिए भने अब त एमालेजस्तो पार्टी पाएपछि के चाहियो र । एमाले र माओवादीविच वाकयुद्ध चरम अवस्थामा पुगेको बेलामा श्रेष्ठको एमाले प्रवेशले माओवादीमा सानोतिनो भुइचालो पक्कै गएको छ नै ।त्यसमा पनि एमालेले श्रेष्ठलाई चुनावमा प्रयोग गर्ने हो भने माओवादी नेतृत्वलाइ अप्ठ्यारो पर्ने निश्चित छ । काठमाडौं क्षेत्र नम्बर एकका स्थानीय श्रेष्ठको एमाले प्रवेशले प्रदिप नेपालले केही राहत पाएका छन । तर माओवादीको टाउको दुखाइ भने बढेको छ । जे आजको दिन एमालेमा ओइरो माओवादीमा पहिरो सावित बन्नपुग्यो ।
आगलागीमा दुईसय घर जलेर नष्ट
सल्यानको माझगाडा गाविसको माझगाडामा गएराति भएको भिषण आगलागीमा झण्डै दुई सय बढी घर जलेर नष्ट भएका छन् ।
मध्यरात सुरु भएको आगलागीले पुरै गाउँमा क्षति पुगेको गाउँलेले बताएका छन् । सदरमुकाम खलंगाबाट पाँच घण्टा पैदल दूरीमा रहेको सो गाउँमा भएको क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयको एउटा टोली बिहीबार बिहानै घटनास्थल तर्फ गएको बताईएको छ ।

हत्याराको नाम भन्नासाथ मरे उम्मेदवार
'सिकन्दर खाँ, भुल्लन केबट, होली केबट र अशोक बर्माले मलाई गोली हानेका हुन्,� अस्पतालको शय्याबाट बाँकेका सिडिओ नरेन्द्रराज शर्मालाई यति भनेको केहीबेरमै कमल अधिकारीले संसार छोडे ।
उनले नाम लिएका व्यक्तिहरू जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह) का कार्यकर्ता हुन् । राष्ट्रिय जनमोर्चाबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार अधिकारीको हत्यामा सो समूहले जिम्मेवारी लिइसकेको छ । बाँकेको बेतहनी गाविस निवासी अधिकारीलाई अनुहारमा नकाब लगाएका चार-पाँचजनाको समूहले मंगलबार मध्यरातमा घरभित्रै गोली हानेको थियो । चार गोली लागेका अधिकारीको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार गर्दागर्दै बुधबार बिहान साढे पाँच बजे मृत्यु भएको हो ।

काउली र बन्दा ३ रुपैया“ किलो
काठमाडौं, चैत ६ - केेही समयअघि प्रतिकिलो ६० रुपैया“सम्म बिक्री भएको काउली र बन्दा बुधबार कालिमाटी तरकारी थोक बजारका व्यापारीले प्रतिकिलो ३ रुपैया“मा बेचे ।
राजधानी र आसपासका गाउ“बाट आपर्ूर्ति बढेपछि बुधबार काउली र बन्दाको मूल्य घटेको हो । मंगलबार काउली र बन्दा प्रतिकिलो ५ देखि ८ रुपैया“मा बिक्री भएका थिए । सोमबार ७ देखि १० रुपैया“ भयो ।
व्यापारीहरूका अनुसार राजधानी र बाहिरका किसानले बजारमा एकपटक आपर्ूर्ति गरेपछि यहा“ काउली र बन्दाको मूल्य घटेको हो ।
'आपर्ूर्ति धेरै भयो,' तरकारी व्यापारी गीताप्रसाद आचार्यले भने- 'माग नबढेकाले ३ रुपैया“मा बेच्नुपरेको हो ।'
तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अनुसार तीन दिनयता तरकारी बजारमा काउली र बन्दाको थोक बिक्रीदर प्रभावित बन्दै आएको छ । राजधानी बाहिर व्यवस्थित तरकारी बजार नभएकाले अधिकांश तरकारी कालिमाटीमै आयात हुन्छ ।
संस्थाका अध्यक्ष भरतप्रसाद खतिवडाका अनुसार किसानको प्रतिगोटा काउलीमा ७ रुपैया“देखि १० रुपैया“सम्म लागत पर्छ । ३ रुपैया“मा बेच्दा किसानले ढुवानी खर्चसमेत उठाउन नसकेको खतिवडाले बताए ।
यतिबेला तरकारी बजारमा काभ्रे र धादिङका किसानले दैनिक करिब १५ ट्रक काउली र बन्दा आपर्ूर्ति गर्दै आएका छन् ।
अध्यक्ष खतिवडाका अनुसार उत्पादनमा व्यवसायीकरण नहु“दा, वितरण प्रक्रियामा सहज, पारदर्शी एवं उपभोक्ता जागरुक नहु“दा तरकारीको भाउ घटेको हो । काउली र बन्दाबाहेक लालबन्दीको गोलभेडा, घिउसिमी, मूलाको मूल्य पनि अरू दिनको तुलनामा घटेको छ । बुधबार गोलभेडा प्रतिकिलो ८ देखि १०, घिउसिमी १८ देखि २० र मूला ८ देखि १० रुपैया“मा

उम्मेदवारको घरमा आगजनी
२० मार्च, ०८ । सप्तरीको निर्वाचन क्षेत्र नं। ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार गोविन्दप्रसाद सिंहको घरमा अज्ञात समूहले गएराति आगो लगाइदिएको छ । राजविराज नगरपालिका-४ स्थित सिंहको घरका भान्छाकोठा र भण्डारकोठामा लगाइएको आगोबाट तीन लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।आगो बाट उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । दश बाह्र जनाको समुहमा आएका हतियारधारी समुहले उम्मेदवार चौधरीको घरमा पेट्रोल छर्केर आगो लगाइ दिएका थिए ।
काङ्ग्रेसका विद्रोही उमेदवारहरु निष्काशित
२० मार्च, ०८ । नेपाली काङ्ग्रेसले पार्टीको निर्णय विपरीत विभिन्न ठाउँमा विद्रोही उमेदवारी दिने नेता तथा कार्यकर्ताहरुलाई आजदेखि पार्टीको साधारण सदस्यताबाट निष्काशन गरेको छ । पटकपटक उमेदवारी फिर्ता गर्न आग्रह गर्दा पनि नटरेपछि आजदेखि लागू हुने गरी हिजो निष्काशन गरिएको काङ्ग्रेस स्रोतले बताएको छ ।काङ्ग्रेसका व्रि्रोही उमेदवार, उनीहरुका प्रस्तावक र र्समर्थक गरी २ सयभन्दा बढी नेता तथा कार्यकर्ताहरु निष्काशनमा परेका छन् । काङ्ग्रेसका मुख्य सचिव शोभाकर पराजुलीका अनुसार यसअघि पार्टी त्याग गर्ने विजयकुमार गच्छदार लगायतका नेता कार्यकर्तालाई पनि निष्काशनको सूचीमा राखिएको छ ।प्रस्तावक र र्समर्थकको हकमा केही अन्योल रहेकाले उनीहरुको नामावली पूर्णरुपमा सङ्कलन भइनसकेको नेता पराजुलीले बताए । यसैबीच प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले केही काङ्ग्रेस नेताहरुसँग आज बिहान छलफल गदछन् ।
जीप दुर्घटनामा ९ को मृत्यु
२० मार्च, ०८ । वाग्लुङ जिल्लाको सदरमुकाम वाग्लुङ वजारवाट वुर्तीवाङ जाँदै गरेको एक जीप बुधबार दुर्घटनाग्रस्त हुँदा ९ जनाको मृत्यु भएको छ । यात्रु वोकेर जाँदै गरेको ग १ ज ५४१ नम्वरको जीप अपरान्ह करिव एकवजे नरेठाँटी -५ घामपानीमा दुर्घटनाग्रस्त भएको हो । घटनास्थल सदरमुकामवाट करिव ३२ किलोमिटर पश्चीममा पर्छ ।
Wednesday, March 19, 2008
रामेछापमा माओवादी झन आक्रमक
रामेछापमा माओवादी कार्यकर्ताले नेपाली कांग्रेस, एमाले र जनमोर्चाका सभाहरु बिथोलेका छन् ।
रामेछापमा माओवादी कार्यकर्ताहरुले फरक परक ठाउँमा भएका दलहरुका सभा बिथोलेका छन् । चैत ६ गते रामेछाप क्षेत्र नम्बर १ को धोवी बजारमा नेपाली कांग्रेसको आमसभामा माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । कार्यक्रममा त्यस क्षेत्रका कांग्रेस उमेदवार आङकावा शेर्पा पनि उपस्थित थिए । माओवादी आक्रमणलाई प्रहरीले हस्तक्षेप गरी असफल तुल्याएको छ । झडपमा कोही गम्भीर घाइते नभएको समाचार छ ।
आजै क्षेत्र नम्बर २ को दोरम्बामा एमाले सभामा माओवादी कार्यकर्ताले आक्रमण गरे । त्यस क्षेत्रका एमाले उमेदवार कैलाश ढुङ्गेल उपस्थित रहेको सभामा माओवादीले आक्रमण गरेपछि सभा बिथोलिएको थियो । त्यहाँको झडपमा पनि कोही गम्भीर घाइते नभएको श्रोतले बताएको छ ।
क्षेत्र नम्बर २ कै माकुदुममा भएको जनमोर्चाको सभालाई पनि माओवादी कार्यकर्ताले आज बिथोलेका छन् । माओवादी आक्रमणबाट जनमोर्चाका एक कार्यकर्ता घाइते भएका छन् ।

भ्रष्टाचार ठहर
काठमाडौं, चैत ५ - सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टर्राई र कार्यकारी निर्देशकले विदेशी परामर्शदातालाई रकम दि“दा भ्रष्टाचार भएको ठहर गरेको छ ।
एक महिनाअघि विशेष अदालतका तीन न्यायाधीशबीच राय बाझिएपछि मुद्दा सर्वोच्चमा पुगेको थियो । 'दुवै जना प्रतिवादीले कसुर गरेको हु“दा बिगोबमोजिम जरिवानासम्म हुने ठहर गर्छ,' अदालतको मंगलबारको फैसलामा भनिएको छ ।
अख्तियारले ९ महिनाअघि भट्टर्राई र कार्यकारी निर्देशक सुरेन्द्रमान प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्चको फैसलामा परामर्शदातास“गको सम्झौता भने नियमअनुसार भएको उल्लेख छ । सम्झौता काल्पनिक भन्ने अभियोग पत्रको दाबी प्रमाणित हुन नसकेको भन्दै फैसलामा 'रकम भुक्तानी दि“दा कसुर भएको' उल्लेख छ ।
फैसलाअनुसार दुवैले जनही ५१ हजार ५ सय ३८ अमेरिकी डलर -करिब ३३ लाख ५० हजार रुपैया“) जरिवाना तिर्नुपर्नेछ । सर्वोच्चका न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले उक्त फैसला गरेको हो ।
यसरी मुद्दा बाझिएको अवस्थामा सर्वोच्चको एक न्यायाधीशको इजलासले गरेको निर्ण्र्ााविशेषको निर्ण्र्ााहुनेछ । विशेष तहको निर्ण्र्ााभएकाले यसलाई चुनौती दिई सर्वोच्चमा पुनरावेदन दिनसक्ने कानुनी व्यवस्था छ । न्यायाधीश अन्सारीको निर्ण्र्ााा असहमति जनाउ“दै भट्टर्राई पक्षका कानुन व्यवसायीले यो निर्ण्र्ााबदर गर्न पुनरावेदन जाने प्रतिक्रिया
दिएका छन् ।
'फैसलामा हाम्रो असहमति छ,' सर्वोच्चमा पुनरावेदनका लागि जाने उल्लेख गर्दै अधिवक्ता शिव रिजालले संवाददाताहरूलाई भने । तोकिएको संख्यामा परामर्शदाता आउनुपर्नेमा नआएको हु“दा रद्द गर्दा कति क्षतिपर्ूर्ति लिनुपर्ने भन्ने हिसाबकिताब गर्ने आधार सम्झौतामा नभएको फैसलामा औंल्याइएको छ ।
बैंक सुपरिक्ष्ँणका लागि परामर्शदाता नियुक्ति प्रक्रियामा २ करोड ४५ लाख रुपैया“ भ्रष्टाचार भएको दाबी गर्दै ९ महिनाअघि अख्तियारले मुद्दा दायर गरेको थियो । सर्वोच्चले पैसा भुक्तानी वर्क प्लान
-कार्य योजना) अनुसार नगरिएको फैसलामा भनेको छ । रकम दि“दा विश्व बैंकका नेपालस्थित निर्देशकको पनि पर्ूवस्वीकृत नलिइएको त्यसमा उल्लेख छ । रकम उपलब्ध गराउने विश्व बैंकले भने सम्झौता नियमअनुसार भएको विज्ञप्ति र्सार्वजनिक गरेको थियो ।
अख्तियारले परामर्शदातास“गको सम्झौता रद्द गर्दा क्षतिपर्ूर्ति नलिएको मुख्य आरोप लगाएको थियो ।
विशेषका न्यायाधीशहरूमध्ये अध्यक्ष भूपध्वज अधिकारीले दुवै प्रतिवादीलाई सफाइ, सदस्य चोलेन्द्रशमशेर जबराले कसुर ठहर्याउने र सदस्य कोमलनाथ शर्माले थप अनुसन्धानका लागि मुद्दा दायर गर्ने निकायलाई पठाउनुपर्ने भनी भिन्नभिन्नै राय दिएका थिए ।
सर्वोच्चले तीनै न्यायाधीशको भन्दा बेग्लै निर्ण्र्ाागरेको हो । कसुर ठहर गर्ने जबराको रायमा प्रतिवादीलाई २ वर्षो कैद र अख्तियारले तोके बमोजिम बिगो असुल्ने उल्लेख थियो । सर्वोच्चले भने ३३ लाख ५० हजार मात्र गैरकानुनी भुक्तानी दिएकाले त्यति जरिवाना गर्नुपर्ने उल्लेख गरेको छ ।
सर्वोच्चका न्यायाधीश अन्सारीले चार दिन लामो बहसपछि पा“च बजे यो निर्ण्र्ाासुनाएका थिए । बहस सकिएपछि भट्टर्राई र प्रधान भने अदालतबाट बाहिरिएका थिए ।
सर्वोच्चको यो निर्ण्र्ााछि गभर्नर र कार्यकारी निर्देशक स्वतः पदमुक्त भएका छन् ।

पूर्ब माओबादी रविन्द्र श्रेष्ठ एमालेमा प्रवेश
१९ मार्च, ०८ । नेकपा माओबादीबाट बिद्रोहगरेका पूर्व माओवादी नेता रविन्द्र श्रेष्ठ आज एक कार्यक्रमकाबीच नेकपा एमालेमा प्रवेश गरेका छन् ।आज अपरान्ह एमाले पार्टी कार्यालय वल्खुमा आयोजित विशेष समारोहमा महासचिव माधवकुमार नेपालले श्रेष्ठलाइ औपचारिक रुपमा पार्टी प्रवेश गराउनुभएको हो ।यसअघि वसेको एमाले स्थायी कमिटिको वैठकले श्रेष्ठलाइ केन्द्रीय सदस्यमा नियुक्त गर्ने निर्णय गरे वमोजिम उहाँ आजैदेखि केन्द्रीय सदस्य वनेको वताइएको छ ।समारोहमा श्रेष्ठले जनयुद्धको औचित्य सकिएको र माओवादीमा थप विद्रोह हुनसक्ने वताउनुभयो ।सोही समारोहमा वोल्दै एमाले महासचिव माधवकुमार नेपालले छ्ट्टै विचार भन्दै नयाँ नयाँ दल वनाउनुको अर्थ नहुने भन्दै श्रेष्ठको प्रवेशले मुलुकभर नयाँ सन्देश जाने बताउनु भयो ।
Tuesday, March 18, 2008
राजासहित उनका परिवारले भोट हाल्न नपाउने
सामान्य प्रशासन मन्त्रालयले ताकेता गर्दा पनि नाम समावेश नगरेपछि राजा ज्ञानेन्द्रको परिवारका पाँच जनाको नाम मतदाता सूचीमा छैन।
पहिलोपटक हुन लागेको संविधानसभा चुनावमा राजा ज्ञानेन्द्रसहित उनका परिवारले भोट हाल्न नपाउने भएका छन् । यसअघि महाराजाधिराजका रूपमा उनले मत हाल्ने आवश्यकता थिएन भने यसपालि नागरिकका रूपमा उनले आफ्नो नाम दर्ता गराएका छैनन् ।
राजा ज्ञानेन्द्र मात्र होइन, उनको परिवारका कसैको पनि नाम छैन । राजा ज्ञानेन्द्र बस्ने नारायणहिटी काठमाडाै- ५ मा पर्छ । पारस बस्दै आएको निर्मल निवास पनि ५ नम्बरमै पर्छ । रानी कोमलराज्यलक्ष्मी शाह, पारस शाह, हिमानी शाह र आमा रत्नराज्यलक्ष्मी शाहले मतदाता सूचीमा नाम समावेश गराएका छैनन् ।
दरबारका सदस्यको नाम मतदाता सूचीमा नाम राख्न सामान्य प्रशासन मन्त्रालयले ताकेता गरेको थियो । तर, दरबारले सामान्य प्रशासन मन्त्रालयको ताकेताको समेत बेवास्ता गरेपछि दरबारका सदस्यहरूको नाम मतदाता सूचीमा परेन ।
निर्वाचन आयोग, काठमाडौं जिल्लाका प्रमुख आयुक्त विष्णु भुसाल मतदाता नामावली संकलनका क्रममा खटिएका स्वयंसेवकहरू सहज रूपमा दरबार प्रवेश गर्न नपाएको बताउँछन् । उनले भने, 'सर्वसाधारणको घरमा त वडाबाट खटिएका स्वयंसेवक सहज रूपमा प्रवेश गर्न सक्छन् । तर, दरबारमा त्यो वातावरण छैन, त्यसैले उनीहरूको नाम समावेश भएको छैन ।'

'रोल्पामै हराउने षड्यन्त्र भइरहेको छ'
माओवादी अध्यक्ष प्रचण्डले आफूलाई रोल्पामै चुनाव हराउने षड्यन्त्र भइरहेको खुलाशा गरेका छन् ।
संविधानसभा निर्वाचन प्रचारमा रोल्पा पुगेका माओवादी अध्यक्ष प्रचण्डले रोल्पाबाटै आफूलाई हराउन बिदेशी शक्ति, दरवार, एमाले र नेपाली कांग्रेस लागेको बताएका छन् । प्रचण्ड काठमाडौ र रोल्पाबाट उमेदवार छन् । चैत ३ गते रोल्पामा पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादीले संविधानसभा चुनावमा बहुमत ल्याए मात्र क्रान्ति सम्पन्न हुने उल्लेख गरे । छिटै दरवारसँग अन्तिम मुठभेड हुने पनि उनको भनाइ थियो । दरवारसँगको मुठभेड संविधानसभा चुनाव अघि वा पछि हुनेबारे भने प्रचण्डले स्पष्ट पारेनन् ।
२०६३ साल बैशाख ११ गते राजा, नेपाली कांग्रेस र एमालेबीच राजा राख्ने सम्झौता भएको तथा त्यही सम्झौता पालना गर्न नेपाली कांग्रेस र एमालेले घोषणापत्रमा प्रधानमन्त्रीय पद्धतिको वकालत गरेको पनि पत्रकारहरुसँग प्रचण्डले दावी गरे । 'ज्ञानेन्द्रले केही दिनमै त्यो सम्झौताको खुलाशा गर्न सक्छन्, त्यसपछि क्रान्ति हुन्छ र दलहरु नाङ्गिन्छन्' प्रचण्डको भनाइ थियो ।
संविधानसभा चुनाव असफल पार्न ठूला नेताको हत्या हुनसक्ने दावी प्रचण्डले रोल्पामा पनि दोहोर्याए । प्रधानमन्त्रीसँग आफूले यो कुरा गरेको तथा प्रधानमन्त्रीले सुरक्षित भएर हिडन सल्लाहा दिएको पनि प्रचण्डले त्यहाँ उल्लेख गरे । फागुन ३० गते राजधानीबाट रोल्पा हिडेका प्रचण्ड चैत १ गतेदेखि रोल्पामा छन् । चैत ५ गतेसम्म रोल्पाका चुनावी सभा तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने उनको कार्यक्रम छ ।

हिमाल आरोहण गर्न प्रतिबन्ध नलगाइएको स्पष्ट
काठमाडौँ, ५ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथालगायतका हिमाल आरोहण गर्न प्रतिबन्ध नलगाइएको स्पष्ट पार्दै हिमाल आरोहणसम्बन्धी नीति हालसम्म यथावत नै रहेको जनाएको छ । सो मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी सगरमाथा आरोहणको विषयलाई लिएर विभिन्न राष्ट्रिय तथा अन्तर्रर्ााट्रय संचार माध्यमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई उद्धृत गर्दै आरोहण स्थगन गरिएको भनी भ्रामक रुपमा प्रचारप्रसारमा आएको विषयप्रति मन्त्रालयको ध्यानाकर्षा भएको जनाएको छ । साथै, आफ्नो मन्त्रालयसँग सम्बन्धित समाचार प्रकाशन एवम् सम्प्रेष्ण गर्दा मन्त्रालयका प्रवक्तासँग तथ्य बुझी मात्र सम्प्रेषण गरी दिनु हुन पनि मन्त्रालयले सबै सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।
सीमा क्षेत्रमा तीन नेपालीको हत्या
१७ मार्च, ०८ । भारतबाट मजदुरी गरेर नेपाल फरकदै गरेका तीन नेपालीको सीमा क्षेत्रमा गएराती हत्या गरिएको छ ।रौतहटको सिमाबर्ती भारतीय क्षेत्र जमुनिया नजिकै छरौखरमा उनीहरुको भारतीय अपराधिक समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।रौतहटको सरभुजुवा वडा नं ७ घर भएका कपीलदेश कुसवाहा, दुखा कुसवाहा र गोपीदास तत्माको हत्या गरिएको हो । मजदुरी गरी कमाएर ल्याएको नगद तथा जिन्सी लुटेर उनीहरुको हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बन्दुकसहित ६ जना पक्राउ
१८ मार्च, ०८ । दाङको धर्ना गाविस सिँघुरेबाट प्रहरीले गएराति नौवटा भरुवा बन्दुकसहित ६ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धर्ना-१ का बाबुराम केसी, मोहन डाँगी, धर्म थापा, घनश्याम विक, यज्ञबहादुर डाँगी र केशश डाँगी रहेका छन् । आइतबार राति लमही-घोराही सडकखण्डमा भएको यात्रुवाहक बस लुटपाटको घटनापछि र्सच अभियानमा रहेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमही-घोराही सडकखण्ड अर्न्तर्गत पर्ने मसोटखोलामा आइतबार राति तीन गाडीमा तीन लाख ६० हजार छ सय ४५ रुपियाँबराबरको धनमाल लुटपाट भएको थियो । खुकुरीसहित सैनिक पोशाकमा आएका २०-२५ जनाको समूहले राति करिब २ बजेतिर काठमाडौँबाट घोराहीतर्फगुडिरहेको ना २ ख २७५५ नम्बरको बस , नारायणघाटबाट दाङको तुलसीपुर्रतर्फ आउँदै गरेका बा १ च ४०४७ र बा १ क ८३३९ नम्बरका दुइवटा मिनिट्रकमा लुटपाट गरेको थियो ।
परिक्षा दिदादिदै दुई बच्चा जन्मिए
१८ मार्च, ०८ । एसएलसी परिक्षाको दोस्रो दिन आज नेपाली बिषयको परिक्षा दिदादिदै दुई जनाले बच्चा जन्माएका छन । रुकुम जिल्लाको वीरेन्द्र उच्च माविको परीक्षाकेन्द्रमा प्रवेशिका परीक्षा दिइरहेकी एक परीक्षार्थीले आज विहान कक्षा कोठाभित्रै बच्चा जन्माइकी छिन् भने बाजुराको तेली देवल डाँडा मावि केन्द्रमा परिक्षा दिन आएकी विमलादेवीले पनि परिक्षा केन्द्रमै बच्चा जन्माएकी छन् । उता कास्की लेखनाथ नगरपालिका एउटै परिवारका तीन जना परिक्षा दिइरहेका छन् । ३६ वर्षिया आमा पार्वती गिरी, १५ वर्षिय छोरा उपेन्द्र र १५ वर्षकै छोरी संगीता रहेका छन् ।यस्तै सुनसरीको इटहरीस्थित पिस जोन मावि परिक्षा केन्द्रमा प्रश्नपत्रको अभाव भएपछि बीस मिनेट ढिला परिक्षा सुरु भएको थियो । प्रश्न पत्रको फोटोकपी गरेर बीस मिनेटपछि परिक्षा सुरु गरिएको जिल्ला शिक्षा अधिकारी दिपक काफ्लेले बताउनुभयो ।
गिरिजापछिको प्रम आफु हुने देउवाको दाबी
१८ मार्च, ०८ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ़ुलाई पार्टी सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापछिको प्रधानमन्त्रीका रुपमा दाबी गरेका छन् । कञ्चनपुरको क्षेत्र नं. ४ का उम्मेदवार समेत रहेका पूर्वप्रधानमन्त्री देउवाले आफूलाई पार्टीसभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापछिको नेताका रुपमा दावी गर्दै भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न भ्याएका हुन् । उनले सोमबार नेपाल प्रेस युनियन कञ्चनपुरद्वारा महेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो दावी गरेका हुन् । शनिबारदेखि आफ्नो चुनावी सभालाई सम्बोधन गर्न व्यस्त रहेका देउवा आइतबार दिनभरी तीनवटा सभामा सहभागि रहे ।
Monday, March 17, 2008
तीन दलको नयाँ नेपाल मोडल
कांग्रेस एमाले- भारतीय
माओवादी-अमेरिका
नयाँ नेपालका लागि नयाँ संविधान निर्माणका लागि हुन गइरहेको संविधान सभामा राजनीतिक दलको मुख्य केन्द्रविन्दु ब्यक्तिगत वा पार्टीगत वाकयुद्ध भन्दापनि नयाँ नेपाल निर्माण गर्ने नीति र योजनामा बढि समय खर्चिनुपर्ने भएपनि अप्रत्यासित रुपमा मुख्य २ बाम दलहरु वाकयुद्धको मैदानमा उत्रिएर सबैलाइ आश्चर्यमा पारेका छन । सबै दलले संविधान सभा पछि आफ्नो दलले खोजेको नयाँ नेपालको खाका घोषणा पत्रको रुपमा सार्वजनिक गरिसकेका छन । तर जुन रुपमा सोचिएको हो त्यो रुपमा घोषणा पत्रको चिरफार भने हुन सकेको छैन ।घोषणा पत्र चिरफार हुन नसक्नुको पहिलो कारण माओवादी र एमालेका शिर्ष नेताहरुविच जारी वाकयुद्ध नै हो । एमाले महासचिव माधवकुमार नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई भित्ते राष्ट्रपतिको संया दिएर शुरु भएको वाकयुद्ध रोकिने लक्षण देखिएको छैन ।
एकाएक एमालेप्रति उग्र बनेको माओवादी एमालेका बरिष्ठ नेताहरुको चरित्रहत्यामा केन्द्रित बनेका छन । उनीहरुले राजा ज्ञानेन्द्र गद्दी आरोहणको बेलामा दाम चढाउन गएका एमाले महासचिव नेपाल र उनैले प्रधानमन्त्री हुनका लागि राजा ज्ञानेन्द्रलाइ चढाएको विन्तीपत्रलाइ मुख्य हतियारको रुपमा प्रयोग गरिरहेको छ । त्यसको प्रतिकारमा एमालेले हतियारको दम्भ नहराएको पराजयको भयले मनस्थिती विगि्एको भन्दै माओवादीको आलोचना गरेका छन ।
संविधान सभा चुनाव निश्चित नै नभई बाम तालमेलको प्रयास गरिरहेको माओवादी अन्तमा आएर बाम तालमेल नहुने निश्चित झै भएपछि एमालेमाथि एकोहोरो बसर्िएको निष्कर्ष धेरैको रहेको छ । उसले एमालेका नेताको चरित्रहत्यालाई चुनावको प्रमुख हथकण्डा बनाएको छ । यसका लागि आफ्नो नियन्त्रणमा भएको साचार माध्यमलाई माओवादीले मज्जैले प्रयोग गरिरहेको छ । उता एमालेपनि मैदानमा चानचुने पाराले उत्रिएको भने छैन । तर माओवादीको तुलनामा एमालेका नेताहरुको शब्द केही सभ्य देखिएको छ ।
उता अर्को शक्ति कांग्रेस भने चुनावी प्रचारप्रसारमा ब्यस्त देखिन्छ । यस अगाडिका चुनावमा एमाले र कांग्रेसका नेताहरुको दोहोरीले चुनावी वातावरण तताउने गरेका भएपनि यसपाली कांग्रेसको स्थान माओवादीले ओगटेका कारण कांग्रेसले कसैसंग वाकयुद्ध गर्नुपरेको छैन ।
चुनावका यिनै राजनीतिक घटनाक्रमका विचमा कुन दलको योजना के हो त्यो भने छाँयामा परेको छ । जसको आधारमा नयाँ नेपालको रेखा कोरिने हो त्यही प्रमुख आधारको विषयमा ताता बहस हुन नसक्नु विडम्बना नै हो ।
कसको योजना के छ ?
१२ वर्षिय संसदिय प्रजातन्त्रको अभ्यास गरेका कांग्रेस र एमालेविच नयाँ नेपाल निर्माणका बारेमा समेत समान सोच रहेको उनीहरुको घोषणा पत्रले देखाएको छ । दुबैको प्रस्तावमा नयाँ नेपाल भारतिय मोडलको रहेको छ । एमाले र कांग्रेसले प्रधानमन्त्रीयपद्धतीलाई प्रमुख आधार मानेर राष्ट्रपतिलाई अधिकारविहिन बनाउने प्रस्ताव अगाडि सारेका छन ।
राजा हटेर राष्ट्रपति हुने बाहेक राष्ट्राध्यक्षको भुमिकाको विषयमा त्यत्ति भिन्नता देखिएको छैन । दुबैको घोषणा पत्रमा संसदवाट राष्ट्रपतीको चयन गरिने उल्लेख छ ।
अमेरिकाको आलोचना गरेर नथाकेपनि माओवादीले नयाँ नेपालको मोडल अमेरीकी समातेको छ । माओवादीले राष्ट्रपतिलाई अधिकारसम्पन्न बनाउने प्रस्ताव अगाडि ल्याएको छ । प्रधानमन्त्री व्यवस्थापिका सदस्यहरुबाट निर्वाचित हुने अनी राष्ट्रपतिले राष्ट्रध्यक्ष सेना प्रमुख र कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्ने माओवादीको योजना रहेको छ । प्रधानमन्त्रीले दैनिक सरकार र प्रशासन संचालनको जिम्मेवारी वहन गर्ने घोषणा पत्रमा उल्लेख छ ।
घोषणा पत्रको अध्ययन गर्दा २ ठुला दलको तुलनामा माओवादीको केही गहकिलो छ । तर कार्यान्वयन पक्ष भने प्रश्न रहिन बन्न सकेको छैन ।
अर्थनीतिको बारेमा समेत कांग्रेस र एमाले एकै डोकामा अटाएका छन । दुबैको अर्थ नीति मिश्रीत रहेको देखिन्छ । खुल्ला अर्थनीतिको पक्षमा दुबै दल खुलेर लागेका छन । नेपालको विकासका लागि प्रमुख विकासका आधारमा जलस्रोत कृषि पर्यटनलाइ दिएको छ । माओवादी समाजवादी अर्थनीतिमा ढल्कीनु सामान्य नै हो ।तर उसलेपनि पुर्ण समाजवादी अर्थनीतिलाई अंगाल्न भने सकेको छैन । स्रोतको समान वितरण माओवादीको मुख्य आधार रहेको देखिन्छ ।
तीनवटै दलको समानता संघियताको स्विकार र लोकतान्त्रीक गणतन्त्र रहेको छ । कांग्रेस एमाले र माओवादी तीनवटैले संघिय संरचना सहितको लोकतान्त्रीक गणतन्त्रलाइ मुख्य आधार बनाएका छन ।
संघियताको स्वरुप निर्धारण गर्न कांग्रेस र एमाले मौन बसेका छन । उनीहरुले यसको जिम्मा संविधान सभा पछिको समयलाइ नै सुम्पेको छ । उता माओवादीले भने जातिय भौगोलिक सांस्कृति लगायतका आधारमा टेक्दै ११ वटा संघिय संरचनाको प्रस्ताव गरेको छ । पिछडिएका वर्ग आदीवासी जनजाति मधेसी महिला सबैको समान प्रतिनिधित्वका लागि तीनवटै दलले विशेष प्राथमिकता दिएको छ । संघियतालाई स्विकार गरी उनीहरुले शक्तिको बाँडफाँडमा समेत स्पष्ट खाका कोरेका छन । यसले संविधान सभापछि नया नेपाल हिड्ने बाटो समावेशी हुने स्ष्पट देखिएको छ ।
तगारो अझै हटेको छैन
सबै दलहरु संविधान सभा चुनाव केन्द्रित बनिसकेको भएपनि अझै पनि चुनाव हुन्छ र भन्ने आशंका भने हटिसकेको छैन । अन्तीम अवस्थामा आएर केही न केही बहाना झिकेर संविधान सभा भाडिदै आएका छन । कतै यो चैत २८ को हालत पनि यस्तै हुने त हैन सर्वसाधारणको मनमा आशंका कायमै रहेको छ ।
तर अवरोध गर्ने आशंका गरिएका दलहरु आफैं संविधान सभा निर्वाचनको चुनावमा होमिएका कारण संविधान सभा चुनाव हुनेमा सकारात्मक वातावरणहरु निर्माण भएका छन नै । तर अझै पुर्ण वातावरण भने बनिसकेको छैन । माओवादीका ज्यादति कायमै रहेको छ । चुनाव प्रचारमा हिडेका एमाले र कांग्रेसका उम्मेदवारमाथि अवरोध मात्र नभई कुटपीटका घटना समेत भइरहेका छन ।
उता राज्यले अझै चुस्त शुरक्षा रणनीति कार्यान्वयन गर्न सकेको छैन । तीन चरणको शुरक्षा योजना सहित गृह प्रशासन चुनावी शुरक्षामा उत्रिएपनि अराजकता कायमै रहेको देखिन्छ । दरवारीयाहरु शड्यन्त्रमा कि्रयशिल रहेका छन नै । कांग्रेसका बयोबृद्ध नेता कृष्णप्रसाद भट्टराईलाई उपयोग गर्दै अझै चुनाव भाड्न सकिन्छ कि भन्ने दाउमा दरवारीया रहेका छन नै ।यि र यस्तै प्रशंगहरुले कतै तेस्रो पटक पनि संविधान सभाको मिति धरापमा पर्ने त हैन भन्ने आशंका बढाएतापनि मुलुक विस्तारै चुनावमय बन्दै गइरहेको अवस्थामा चैत २८ को मिति नसर्नेमा नागरिक आशावादी रहेका देखिन्छन ।

नेमकिपा-फोरमको घोषणापत्र सार्वजनिक
मधेसी जनअधिकार फोरम र नेपाल मजदुर किसान पार्टीले आइतबार चुनावी घोषणापत्र सार्वाजनिक गरेको छ । राजधानीमा एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको घोषणापत्रमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति मुलुकको कार्यकारी प्रमुख रहने प्रस्ताव गरिएको छ । यस्तै घोषणापत्रमा यसअघिको जस्तै प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक व्यवस्थापिकाको परिकल्पना गरिएको छ। तर, दुवै सदनका सदस्यहरु मन्त्रिपरिषद्मा नजाने घोषणापत्रमा उल्लेख छ। नेमकिपाले अहिलेको १४ अञ्चललाई नै १४ प्रदेशको रुपमा प्रान्तीय संरचनाहरुको प्रस्ताव गरेको छ । राष्ट्रपतिले प्रान्तीय सरकरलाई विघटनसम्म गर्न सक्ने अधिकार दिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। यसै गरी सुरक्षाअंगका प्रमुखहरुलाई पनि सम्बन्धित अधिकारीहरुले निर्वाचित गर्नुपर्ने प्रस्ताव घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी, मधेसी जनअधिकार फोरमले पनि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। राजधानीको एक होटलमा आयोजित कार्यक्रममा सार्वजानिक गरिएको घोषणापत्रमा राष्ट्रपति कार्यकारी प्रमुख रहने व्यवस्था प्रस्ताव छ । दुई सदनात्मक व्यव्स्थापिकाको परिकल्पना गरिएको घोषणापत्रमा महत्त्वपूर्णं निर्णयहरु जनमत संग्रहको माध्यमले गर्नुपर्ने उल्लेख छ । प्रमुख सुरक्षाअंग सेनामा मधेसीहरुको सामूहिक प्रवेशको सुनिश्चित गर्दै सेना जननिर्वाचित संसद्को मातहतमा रहनुपर्ने उल्लेख छ। संघीय संरचना यसअघि सरकारसँग भएको सहमतिअनुरुप हुने उल्लेख गरिएको छ ।
प्रचण्डको हातमा नारीचुली
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डका हातमा अहिले नारीचुली नामक एउटा बृहत् ग्रन्थ रहेको छ। हालको व्यस्त समयमा पनि उहाँले प्रतिनिधि नारीस्रष्टाका विषयमा लेखिएको नारीचुली पढ्नमा समय दिइरहनुभएको छ। नरेन्द्रराज प्रसाईंद्वारा लिखित नारीचुली नेपाली साहित्याकाशमा चर्चित भइरहेका सन्दर्भमा अध्यक्ष प्रचण्डको नारीचुलीप्रतिको सकारात्मक धारणाले सो ग्रन्थले झनै पाठक सङ्ग्रह गर्न थालेको बुझिएको छ। गोरखापत्र संस्थानबाट प्रकाशित हुने मधुपर्कको फागुन अङ्कमा पनि प्रचण्डले भन्नुभएको छ- आजभोलिकै कुरा गर्दा त पढ्ने फुर्सद निकाल्न पनि कठिन भएको छ। फेरि पनि नयाँ स्वाद मान्दै नरेन्द्रराज प्रसाईंको चारीचुली समय मिलाएर पढ्दैछु।' अध्यक्ष प्रचण्डको सो अभिव्यक्तिले नेपाली साहित्यमा देखापरेको सङ्कीर्ण समूहगत राजनीतिको पर्दा च्यात्न मद्दत पुगेको देखिन्छ। साहित्य सधैँ स्वच्छ हुनुपर्छ भन्ने व्यहोरालाई अध्यक्ष प्रचण्डको भनाइले अझ प्रष्ट्याएको छ। साहित्यमा राजनीतिको हिलो नमुछ्न पनि अध्यक्ष प्रचण्डको नारीचुलीप्रतिको मोहले शिक्षित जनसमुदायलाई सन्देश दिएको छ। नइ प्रकाशनद्वारा प्रकाशित नारीचुलीमा आजको नेपालका सम्पूर्ण दलहरूमा आस्था राख्नेसमेत प्रतिनिधि नारीस्रष्टाको जीवनी लेखिएको छ। तथापि त्यस ग्रन्थलाई गैरराजनीतिक मानिएको छ। सो ग्रन्थमा आदिकवयित्री ललितत्रिपुरासुन्दरीदेखि गणतान्त्रिक स्रष्टा शारदा शर्मासम्म बाउन्न जना प्रतिनिधि नारीसाहित्यकारको नालीबेली लेखिएको छ भने २०१७ सालअघि जन्मेका २२४ जना नारीस्रष्टाहरूको छोटो-छोटो परिचय दिइएको छ। कट्टर राजावादीका रूपमा परिचित नरेन्द्रराज प्रसाईंले लेखेको नारीचुली गणतन्त्रवादी नेता जगदीसमशेर राणाले अङ्ग्रेजी भाषामा अनुवाद गरिसक्नुभएको छ। सो ग्रन्थ चाँडै प्रकाशनमा आउन लागेको राणा सूत्रबाट थाहा भएको छ। राणा केही समयअघि काठमाडौंबाट भारतको सिमला र्फकनुभएको छ। रानी ललितत्रिपुरासुन्दरीद्वारा लिखित राजधर्मको लोकार्पण गर्न राणा नइ प्रकाशनको निम्तोमा सिमलाबाट राजधानी काठमाडौं आउनुभएको थियो।
काठमाडौं र तराईमा चाखलाग्दो चुनावी भीडन्त
काठमाडौं। चैत २८ गते हुने संविधानसभा सदस्यको निर्वाचनमा यस पटक अनौठो दृश्य देखिने भएको छ।सैद्धान्तिकरूपमा पृथक् विचार र बाटो भएका दलका उम्मेदवार निर्वाचनमा एक-अर्कामा टकराउनु स्वाभाविकै हो तर यस पटक मधेस/तराईमा सजातीय र सगोत्रीबीच प्रतिस्पर्धा हुने स्थिति आएको छ। स्थिति कतिसम्म जटिल बनेको छ भने अहिले केही निर्वाचन क्षेत्रमा जो-जो व्यक्ति प्रत्याशी बनेका छन्, ती सबै संविधानसभाका लागि आवश्यक छन्। एउटै निर्वाचन क्षेत्रमा प्रत्याशी बनेकाले आवश्यक र योग्य भनिएका र मानिएका व्यक्तिहरूले संविधानसभाको भर्याङ नउक्लिने भएका छन्।काँग्रेस र मधेसवादी पार्टीका सन्दर्भमा स्थिति जटिल देखिएको छ। सुनसरी-५ जहाँबाट बिनाविभागीयमन्त्री सुजाता कोइरालाले उम्मेदवारी दिनुभएको छ, त्यहीँ गएर मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ। यादव र सुजाताको भोट बैंक एउटै भएकाले दुवैको भविष्य अनिश्चित बनेको छ। र, यसबाट एमालेलाई फाइदा पुग्ने सम्भावना बढेको छ। दिल्ली दरबार र कोइराला निवासको राजनीति गर्दै अहिले जनताको राजनीति गर्न भनी निर्वाचनमा उम्मेदवारी दिएका स्व. नोना कोइरालाका छोरा शेखर कोइरालालाई पनि पहिलो गाँसमै ढुङ्गा लागेको छ। डा. शेखरलाई माओवादीको न्यानो र सार्थक सहयोग पुग्न सक्ला तर विजयकुमार गच्छेदारको उम्मेदवारी उनका लागि फलामको च्यूरा सावित हुने भएको छ। कोइराला निवासका उत्पादन नेता गच्छेदारले मधेसी जनअधिकार फोरमबाट मोरङमा उम्मेदवारी दर्ता गराउनुभएको छ। चुनावी राजनीतिमा डा. शेखरले विजय गच्छेदारलाई कुनै हालतमा भेट्न सक्ने सम्भावना छैन। उता, सर्लाहीमा पनि गजबको स्थिति बनेको छ। एउटै झोलीका चट्टाबट्टा महन्थ ठाकुर र अमरेशकुमार सिंह सर्लाही-६ मा भीडन्तमा उत्रिएका छन्। दुवैको भोट बैंक एउटै रहेको छ। सर्लाहीमा नै स्थापित नेता रामचन्द्र रायसँग कुस्ती खेल्न हाल आवादी नेता नेसपा महतो समूहका राजेन्द्र यादव मैदानमा उत्रिएका छन्। यो क्षेत्रमा रामचन्द्र रायको विजय सुनिश्चित भएसरह भएको छ। राजेन्द्र महतोको क्षेत्र यसअघि २ नं. क्षेत्र थियो।काठमाडौंमा पनि रमाइलै भएको छ। एमालेका प्रदीप नेपाल र काँग्रेसका प्रकाशमान सिंह एउटै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएका छन्। सहरिया प्रकाशमान सिंह आफ्नो जन्मथलो र कर्मथलो छाडेर काँठतिर हानिनुभएकाले उहाँको राजनीतिक भविष्यलाई काँठले अन्योलग्रस्त बनाएको छ। काँग्रेसका खरा गणतन्त्रवादी नेता नरहरि आचार्य र एमालेका ईश्वर पोखरेल एउटै क्षेत्रबाट प्रतिस्पर्धी भएकाले आचार्य र पोखरेलमध्ये एक जनाले टिकट काट्ने अवस्था आएको छ। संविधानसभामा खरा र खतरा गणतन्त्रवादी चाहिएको अवस्थामा सम्भवतः महान् गणतन्त्रवादी नेता नरहरि आचार्यले 'हरि' को उपाधि झिकेर राजनीतिमा 'नर' मात्र बनेर बस्नुपरेमा आर्श्चर्य नहुने भएको छ।
सबै गणतन्त्रवादी शक्तिबीच चुनावी तालमेल हुनुपर्दछ
पार्टीबाट मधेसको पक्षमा जनमत बनाउन र मधेसको समस्या समाधान गर्नका लागि एमालेद्वारा गठित लोकतान्त्रिक मधेसी संगठनका केन्द्रीय अध्यक्ष रहनुभएका रघुवीर महासेठ पार्टीका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ। संविधानसभा सदस्यको निर्वाचनमा धनुषा- ४ बाट उम्मेदवार बन्नुभएका महासेठ मधेस हितका पक्षमा विगतमा पार्टीभित्र थुप्रै बहस कार्यक्रममा सरिक हुनुभएको छ। एमालेभित्र मात्रै होइन, मधेसी जनताको पक्षमा आफ्नो क्षेत्रबाट प्रतिबद्ध रहेर त्यही किसिमले संघर्ष गर्दै आउनुभएका उहाँ मधेसको मात्र होइन, पहाड र हिमालमा बस्ने अन्यायमा परेका सबै वर्ग र समुदायका नागरिकका बारेमा आवाज उठाउँदै आउनुभएको छ। प्रष्ट वक्ता र इमानदार नेताका रूपमा परिचित महासेठसँग जनसत्ताले उहाँकै निवासमा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छः० सरकार र मधेसी मोर्चाबीच हालै भएको आठ बुँदे सहमतिपछि मधेसले न्याय पायो त ?- संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा, सरकार भनौँ या सात दल भनौँ या मधेस समस्या समाधानका लागि बनेको कार्यदलबीच आठ बुँदे सम्झौता भएको छ। यो खुसीको कुरा हो। यसलाई सकारात्मकरूपमा लिन सकिन्छ तर मधेसले पूर्णरूपमा न्याय पाइनै सक्यो भन्नचाहिँ सकिन्न। मधेसले पूर्ण न्याय पाउनका लागि थुप्रै कुरा बाँकी छन्। मलाई के लाग्छ भने नेपाल सरकारले संविधानसभापछाडि मधेसका बाँकी मुद्दालाई न्यायोचित तरिकाले सम्बोधन गर्दछ।० मधेसले पूर्ण न्याय पाउनका लागि बाँकी कुरा के छन् त ?- न्याय पाउनका लागि संविधान र अन्य सम्झौतामा उल्लेख गरेर मात्रै हुँदैन। तपाईं, हामी सबैलाई थाहा छ। मधेससँग गरिएका विगतका सम्झौता सरकार र दलबाट पूर्णरूपमा कार्यान्वयन नहुँदा सरकार र दलप्रति मधेसी जनताले अविश्वास गरेका छन्। त्यो अविश्वासकै कारणले गर्दा मधेसी जनता जुन सडकमा आए। जनआन्दोलन- २ मधेस आन्दोलन- १ को भावनालाई समयमै कार्यान्वयन गरेको भए र मधेसीले उठाएका मागलाई सम्बोधन गरेको भए संविधानसभाको मुखमा आएर मधेसमा आन्दोलन हुने थिएन। सरकार र मधेससँग गरिएका सम्झौतालाई व्यवहारमा उतार्नुपर्यो। मलाई विश्वास छ, अब यहाँका राजनीतिक पार्टीहरु सचेत भएका छन्। मधेसी, आदिवासी जनजाति, दलित, महिलाप्रति राज्यबाट गरिने जुन विगतको व्यवहार थियो, त्यसमा केही हदसम्म सुधार आइसकेको छ। भविष्यमा ती समुदायको मागबमोजिम नै सुधार हुनेछ र सम्बोधन हुनेछ भन्ने विश्वास हामीलाई लागेको छ। स्रोत बाँडफाँड, मधेसको विकासको कुरा छ, चाहे त्यो सामाजिकरूपमा होस्, चाहे त्यो आर्थिकरूपमा होस्, त्यो हुन बाँकी छ। संविधानसभापछि बन्ने सरकारले ती मुद्दालाई न्यायपूर्णरूपमा कार्यान्वयन गर्नेछ र मधेसले पूर्ण न्याय पाउनेछ भन्ने आशा लिएका छौँ। ० मधेसलाई वास्तविकरूपमा न्याय दिने हो भने एक मधेस एक प्रदेश हुनुपर्छ भन्नेहरूले अन्तिममा आएर त्यो मागलाई छाडेका छन्, मधेसले न्याय पाउन त्यो माग पूरा हुनै पर्दछ र ?- संविधानसभाको मुखमा एक मधेश एक प्रदेशको माग बेठीक थियो। यसले संविधानसभालाई बिथोल्न सक्दथ्यो। सम्पूर्ण मधेसीबीचको भावनालाई हाम्रा मधेसवादी पार्टीहरुले समेत समेट्न सकेको थिएन। मधेसमा यस्ता केही भू-भाग छन्, जहाँ तराईबासी हामी हौँ भनेर माग भइरहेको छ। केही भू-भागमा हामी मधेसी हो भनिरहेका छन्। यस्ता मुद्दाहरूमा हामीबीच पहिला नै विचार-विमर्श हुनुपर्दथ्यो। अनि मात्रै यसलाई मागको रूपमा राखिनुपर्दथ्यो। त्यसैले जे भए पनि संविधानसभाको मुखमा त्यो माग बेठीक भए पनि सरकारले अहिले निकास दिएको छ। यो सकारात्मक छ। ० सात दल मधेसप्रति गम्भीर नभएकाले गर्दा नै सात दलभित्रका मधेसी नेताहरू आफ्नो पार्टी छाडेर अन्यत्र जाने क्रमले निरन्तरता पाएको हो भन्ने कुरामा तपाईं सहमत हुनुहुन्छ ? - सात दलका मधेसी नेताहरू फोरमलगायत अन्य दलमा गएका छन्। यसले गर्दा फोरमलगायतका दललाई फाइदा पुगेको छ भन्ने मलाई लागेको छैन। सात दलभित्रका कुन मधेसी नेताले पार्टी त्याग गरेका छन्, त्यो सार्वजनिक भइसकेको छ। आ-आफ्नो पार्टीभित्र असन्तुष्टि होला तर जे भए पनि एमाले, काँग्रेस, माओवादीजस्ता पार्टी राष्ट्रियस्तरका पार्टीका रूपमा स्थापित भइसकेका छन्। मधेसको या मधेसीमाथि हिजोका दिनमा गरिने जुन भेदभावपूर्ण व्यवहार थियो, त्यसलाई यी पार्टीहरुले अन्त्य गर्ने भनेर अठोट गरिसकेका छन्। यसलाई सकारात्मकरूपमा हेर्नुपर्छ। आफ्नै पार्टीभित्र मधेसको हितका लागि संघर्ष गर्नुपर्छ। पार्टी छोड्नु जरुरी छैन किनकि जो कम्युनिष्ट छ, जो काँग्रेस छ, जो माओवादी छ, तीभित्र रहेर संघर्ष गर्नुपर्छ। यतिखेर पार्टी छोड्नु भनेको प्रतिक्रियावादी शक्तिलाई सहयोग पुर्याउनु हो। यतिखेर एमाले, काँग्रेस कमजोर भए भने प्रतिक्रियावादी शक्तिहरूले खेल्ने मौका पाउँछन्। यसले गर्दा नेपालमा गणतन्त्र स्थापना गर्ने जुन सोच छ, त्यसमा प्रश्नचिन्ह लाग्न सक्छ। त्यस कारण एमालेको मात्र होइन, नेपाली काँग्रेसका मित्रहरू, जो मधेससँग सम्बन्धित हुनुहुन्छ, तपाईंहरू पार्टीभित्रै रहेर अन्तर्संघर्ष गर्नुहोस् भन्न चाहन्छु। पार्टी छोड्नु उपयुक्त कुरा होइन। नेपाली जनताले पार्टी छोड्नु उपयुक्त थियो कि थिएन भन्ने फैसला गर्ने दिन आउँदैछ। फोरम भर्खर जन्मेको पार्टी हो। म आशा गर्छु उहाँहरू अखण्ड नेपालको पक्षमा हुनुहुन्छ, विखण्डनको विरोधमा आउनुहुन्छ। एक दिन सम्पूर्ण नेपाली मिलेर मधेसको मात्रै होइन, सिङ्गै देशको विकासका लागि अगाडि बढ्छौँ र बढ्नुपर्छ।० एकथरि सहमतिमा आइसके भने अर्कोथरि मधेसवादी शक्तिहरू आन्दोलनकै मोर्चामा छन् नि ? - फोरमको एउटा समूहबाट जुन आन्दोलन हुँदैछ, यो संविधानसभा भाँड्ने षड्यन्त्र हो। उहाँ कहाँबाट सञ्चालित हुनुहुन्छ, मधेसी जनता र आमनेपाली नागरिकले उहाँहरूलाई अब प्रश्न गर्ने बेला भएको छ। आज सारा देश संविधानसभामय भइसकेको अवस्थामा चुनाव हुन दिँदैनौँ, हामी चुनाव भाँड्छौँ भन्नेहरू राष्ट्रवादी शक्ति हुनै सक्दैनन्। २४० वर्षपछि नेपाली जनताले आफ्नो भाग्यको आफैं फैसला गर्ने जिम्मेवारी पाएका छन्। यस अभियानलाई बन्द गर्नका लागि कसैले संविधानसभा हुन दिन्नौँ भन्छन् भने ती शक्तिहरू प्रतिक्रियावादी शक्तिबाट सञ्चालित भएजस्तो मलाई लाग्छ। ० अब तोकिएकै मितिमा संविधानसभाको निर्वाचन हुन्छ भन्ने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ?- म शतप्रतिशत विश्वस्त छु। चुनाव तोकिएको मितिमै हुन्छ। कसैले चुनाव बिथोल्न खोज्छ भने जनताले तिनलाई समाप्त पार्नेछन्। ० भनेपछि अब चुनावका चुनौती छैनन् ? - चुनौती छन्। सरकारले इमानदारिताका साथ तराई, पहाडमा क्रियाशील शक्ति र समूहसँग जो अहिले भूमिगतरूपमा आन्दोलन गरिरहेका छन्, तिनीहरूसँग वार्ता गर्नुपर्छ। निःशस्त्र आन्दोलनकारी शक्तिसँग पनि सरकारले वार्ता गर्नुपर्छ। उहाँहरूको न्यायोचित मागलाई पूरा गर्नै पर्छ। यति भयो भने चुनावका चुनौती हट्नेछ। देश अब संविधानसभामय बन्नेछ।० मधेस हितका लागि एमालेको चुनावी एजेन्डा के छन् ? - सम्पूर्ण नेपालको हित गर्ने किसिमका एजेन्डाहरू हामी उठाउन गइरहेका छौँ। मधेसको हितमा पनि हामीले के भनेका छौँ भने मधेसमा बस्ने मधेसवादीहरू, आदिवासी जनजातिहरू, दलित, महिलाको पक्षमा राज्यले न्याय दिएको छैन। तिनीहरू राज्यको नीति-निर्माण गर्ने ठाउँमा पुग्न सकेका छैनन्। उनीहरू आर्थिक, सामाजिक, राजनीतिकरूपमा पछाडि पारिएका छन्। मधेसको विकास हुन सकिरहेको छैन। यी सबै कुराहरूलाई एमालेले घोषणापत्रमा ल्याएको छ। हामी समग्र मधेसको पक्षमा जे गर्न सकिन्छ, त्यसका लागि एमाले तयार छ। ० चुनावी तालमेल गर्ने सम्बन्धमा एमालेभित्र अस्पष्ट भनाइ आइरहेको छैन नि ? - वामपन्थीबीच मात्रै होइन, गणतन्त्रवादी शक्तिबीचमा चुनावी तालमेल हुनुपर्दथ्यो। त्यो हुन सकिरहेको छैन, त्यो दुःखद कुरा हो। गणतन्त्रवादी शक्तिहरू चुनावमा हारे भने राजतन्त्र बलियो हुन्छ। जुन नेपाली जनताले चाहेका छैनन्। यो कुनै संसद्को र बहुमतको सरकार बनाउने चुनाव होइन। संविधान बनाउनका लागि संविधानसभाको चुनाव हुन गइरहेको छ। यस्तो स्थितिमा सबै गणतन्त्रवादी शक्ति मिलेर जानुपर्दथ्यो। यति हुन नसके पनि कम्तिमा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता हुनै पर्दथ्यो र हुनै पर्दछ। अन्तिम घडीसम्म चुनावी तालमेलका लागि प्रयत्न गर्नुपर्दछ। यदि तालमेल भएन भने फेरि पनि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सक्दैन। त्यसको दोषी हामी बन्नुहुँदैन। ० चुनावी मैदानमा राजावादीदेखि गणतन्त्रवादीसम्म छन्, यस्तो अवस्थामा स्वतन्त्र चुनाव होला भन्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ? - म विश्वस्त छु। नेपाली जनता राजनीतिकरूपमा धेरै सचेत भइसकेका छन्। कस्ता उम्मेदवार खडा भएका छन्, देशले खोजेको आफूले चाहेको के हो भन्ने कुरामा जनता सचेत छन्। जनता गणतन्त्रको पक्षमा छन्। चुनाव स्वतन्त्र हुन्छ। कसैले यदि चुनावमा बल प्रयोग गर्न खोज्छ भने नेपाली जनताले निमिट्यान्नरूपमा समाप्त पार्नेछन्। अन्त्यमा, यो संविधानसभा सदस्यको निर्वाचनमा सारा नेपालीहरू एमालेलाई साथ दिनुहोस्। यदि एमालेलाई पूर्ण साथ दिनुभएन भने गणतन्त्रवादीलाई जिताउनुहोस्, प्रतिगामीलाई हराउनुहोस् भन्न चाहन्छु।- प्रस्तुतिः भविन्द्र कार्की
एमाले सभामा आक्रमण, ६ घाईते चार अपहरित
नेकपा माओवादीका कार्यकर्ताले चितवनका सोमबार बिहान नेकपा एमालेको चुनावी सभामा आक्रमण गरी ६ जनालाई घाइते बनाउनुका साथै चार जनालाई अपहरण गरेको एमालेले जनाएको छ।
पूर्वी चितवनको वीरेन्द्रनगर गाविसस्थित खुर्खुरेमा आयोजित एमालेको चुनावी सभामा माओवादी बताउने एक समूहले बिहान ९ बजेतिर फलामे रड र लाठीले आक्रमण गरेको अनेरास्ववियुले दावी गरेको छ।
अनेरास्ववियुकाअनुसार सो समूहले आक्रमण गर्दा घाइते भएका र अपहरणमा परेकाहरु एमालेका गाउँस्तरीय कार्यकर्ता हुन् । अनेरास्ववियुको केन्द्री सचिवालय सदस्य घनश्याम कँडेलकाअनुसार आक्रमणकारी समूहले भेटाएजति सबैलाई आक्रमण गरी चार जनालाई बेपत्ता बनाएको छ।
अपहरणमा पर्नेमा इन्द्र कँडेल, सविन गिरी, ज्ञानेन्द्र थपलिया र नवीन पुन रहेको एमाले चितवनले दावी गरेको छ। घाइतेहरुको नारायणी सामुदायिक अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। चितवनको क्षेत्र नम्बर तीनमा एमालेका उम्मेदवार लालमणि चाैधरीसहितका नेता सो सभामा सहभागी थिए । नेताहरुलाई भने आक्रमणबाट बचाएको बताइएको छ।
यता नेकपा माओवादीका जिल्ला इञ्चार्ज सुर्यप्रसाद सवेदीले भने यसबारे आफूहरुलाई कुनै जानकारी नभएकाले बुझेर प्रतिक्रिया दिने बताउनुभएको छ।

Sunday, March 16, 2008
कार्यकर्तालाई हिंसा त्याग्न प्रचण्डको आग्रह
नरेन्द्र केसी, (रोल्पा)। माओवादी अध्यक्ष प्रचण्डले चुनावमा कुनै पनि षड्यन्त्र हुन नदिनका लागि हिंसा त्याग्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। रोल्पा सदरमुकाम लिवाङमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो- ँशान्तिसुरक्षा बिग्रियो वा माओवादीले बल प्रयोग गर्यो भन्ने बहाना बनाएर निर्वाचन रोक्ने षड्यन्त्र शुरू भएको छ। त्यसैले अत्यन्तै शान्त, स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गर्नेतिर लाग्न पनि आफ्ना कार्यकर्ता र जनतालाई आग्रह गर्दछु।’सभामा भाग लिन गाउँगाउँबाट दुई-तीन दिन हिँडेर हजारौं जनता सदरमुकाम आएका थिए।प्रचण्डले देशभरि आफ्नो पार्टीप्रति बढिरहेको जनलहर देखेर देशी-विदेशी केही शक्तिकेन्द्रहरू संविधानसभा निर्वाचन रोक्ने षड्यन्त्रमा लागेको बताउँदै देशभरि नै निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक निर्वाचन हुनुपर्ने र त्यसमा पनि अझ रोल्पा, रुकुमजस्ता आफ्ना आधारक्षेत्रमा कुनै पनि गडबडी आउन नदिन विशेष र्सतर्कता अपनाउन आग्रह गर्नुभयो।आफू रोल्पा आइसकेपछि अमेरिकाको निर्देशनमा केही शक्तिकेन्द्रहरूको काठमाडौंमा बैठक बसेको सूचना आफूले पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस बैठकमा देशभरि माओवादीको लहर बढ्दै गयो भने निर्वाचन रोक्नुपर्छ भन्ने विषयमा कुरा भएको बताउनुभयो।ँकतै छिटपुट रूपमा पनि बल प्रयोगका घटना देखिए भने जनताका दुस्मनहरू अब निर्वाचन हुन सक्दैन र रोक्नुपर्छ भन्नेवाला छन्, त्यसैले कुनै पनि घटना हुन नदिन र शान्तिपूर्वक निर्वाचन सम्पन्न गर्न र्सतर्कता अपनाउन जरुरी छ’, उहाँले भन्नुभयो- ँत्यसमा पनि रोल्पा, रुकुमजस्ता आधारक्षेत्रमा गडबड भयो भने त्यसलाई बहाना बनाएर निर्वाचन रोक्न सक्छन्, तपाईं रोल्पालीहरूले अत्यन्तै र्सतर्कता अपनाएर शान्तिपूर्वक मतदान गर्नुहोला।’रोल्पाली जनताले नेतृत्व गरेको जनयुद्धका कारण देश संविधानसभा र संघीय गणतन्त्रको मुखमा पुगेको उल्लेख गर्दै रोल्पा क्षेत्र नं. २ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष प्रचण्डले यसलाई सम्पन्न गरेर क्रान्ति पूरा गर्न पनि रोल्पाली जनतालाई आग्रह गर्नुभयो। साथै उहाँले रोल्पामा क्रियाशील राजनीतिक दलका नेताहरूलाई सम्बोधन गर्दै भन्नुभयो- ँयो संसदीय निर्वाचन होइन, अर्को पटक प्रतिस्पर्धा गरौंला, यस पटक संविधान बनाउनु छ, सबै मिलेर जाऔं।’नयाँ विचारको प्रयोग गर्न आफू काठमाडौं र रोल्पाबाट निर्वाचन लड्न थालेको उहाँले बताउनुभयो। ँरोल्पा दशवर्षको जनयुद्धको थलो हो भने काठमाडौं १९ दिने जनआन्दोलनको थलो हो’, उहाँले भन्नुभयो- ँजनयुद्ध र जनआन्दोलनको समायोजन गर्ने हाम्रो पार्टीको नयाँ विचारअनुरूप नै म यी दुवै ठाउँबाट लडेको हुँ।’ँसाढे दुई वर्षअघिसम्म संविधानसभा र संघीय नेपालको कुरा गर्ने माओवादी र रोल्पाली जनतालाई आतंककारी भन्ने र टाउकाको मूल्य तोक्ने दल र नेताहरू अहिले संविधानसभा र संघीय गणतन्त्रको पक्षमा आउनु रोल्पाले जन्माएको नयाँ विचारको विजय हो’ -प्रचण्डको भनाइ थियो।किसान नेता नन्दबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, जनमुक्ति सेनाका डिपुटी कमान्डर नन्दकिशोर पुन पासाङ, क्षेत्र नं. १ की उम्मेदवार जयपुरी घर्तीलगायतले बोल्नुभएको थियो। कार्यक्रम सञ्चालन जिल्ला इन्चार्ज दीपेन्द्र पुन (सिजल) ले गर्नुभएको थियो। कार्यक्रममा जलजला सांस्कृतिक परिवारले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको थियो।
एसएलसी भोलिदेखि
यस वर्षको एसएलसी परीक्षा भोलि सोमबार बिहान ८ बजेदेखि शुरू हुँदै छ। देशभरका ३ लाख ७८ हजार १ सय ३२ विद्यार्थी विद्यालय तहको अन्तिम परीक्षामा सामेल हुँदै छन्। नियमिततर्फ १ लाख ६८ हजार ३ सय ५३ छात्र र १ लाख ४५ हजार २ सय ६१ छात्रा परीक्षामा सहभागी हुने भएका छन्।त्यस्तै एक्जाम्टेडतर्फ २४ हजार २ सय ९५ छात्र र ३४ हजार १ सय ५६ छात्रा रहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।परीक्षा सञ्चालनको सम्पूर्ण तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले बताउनुभयो। यस वर्ष प्राइभेट नियमिततर्फ ५ हजार ७ सय ६ र एक्जाम्टेडतर्फ १ हजार ४ सय ८० विद्यार्थी रहेका छन्।परीक्षा सहज तरिकाले सञ्चालन गर्न देशभर १ हजार २ सय ९९ परीक्षाकेन्द्र कायम गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष १ सय १३ केन्द्र वृद्धि गरिएको छ।सरकारले दूरशिक्षा माध्यमबाट देशभरका पाँच विद्यालयमा खुला माध्यमबाट अध्ययन गरेका १ सय १२ जना परीक्षार्थी यस वर्षको परीक्षामा सामेल भएका छन्। खुलामा छात्रतर्फ ३८ र छात्रातर्फ ७४ परीक्षार्थी एसएलसी परीक्षामा सामेल हुँदै छन्।यसै गरी काठमाडौं भ्याली स्कुलबाट अंग्रेजी माध्यमबाट पहिलो पटक दुई विदेशी विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्।
एमाले कार्यक्रममा फेरि वाईसीएल आक्रमण
नेकपा (एमाले) ले धादिङको तसर्पु गाविसको बाहुनथान भन्ने ठाउँमा कार्यकर्ता भेला गरिरहेका बेला शनिबार माओवादी भ्रातृ संगठन वाईसीएलले आक्रमण गर्दा चार जना घाइते हुन पुगेका छन्।घाइते हुनेमा गाउँ कमिटीका उपसचिव राजेन्द्र अर्याल, कृष्णप्रसाद अर्याल, घलाल स्याङतान र पुरुषोत्तम पाण्डे रहेका छन्।राजेन्द्र र पुरुषोत्तमको स्थिति गम्भीर भएकाले उपचारका लागि शनिबार नै काठमाडौं पठाइएको छ। अन्य दुई घाइतेको चाहिँ स्थानीय मेडिकलमै उपचार गराइएको छ। कार्यक्रममा एमालेले आफूहरूलाई ँहत्यारा’ भनेको आरोपमा वाईसीएलका स्थानीय नेता चटयाङ भनिने इन्द्रबहादुर कार्कीको नेतृत्वको करिब २० जनाको टोलीले एक्कासि आक्रमण गरेको थियो।
कांग्रेसको विडम्बना : ध्यानगोविन्द प्रत्यक्षमा गगन समानुपातिक
जहांवाट उठे पनि म प्रचण्डलाइ हराउनसक्छु भन्ने हुंकार दिने कांग्रेसका युवा नेता गगन थापा आखिर कसैसंग चुनाव भिड्न पाएनन । उनी त कांग्रेसको समानुपातिक कोटाको ७१ नम्बरमा परेछन । जसले प्रचण्डसंग चुनाव भिड्ने उनको महत्वकांक्षा तत्कालका लागि टरेको छ ।थापाले दिने गरेको हुंकार वास्तवीक भन्दापनि सांकेतिक थियो । अर्थात उनले प्रचण्डलाइ संकेतको रुपमा प्रयोग गरेर आफ्नो लोकपि्रयताको पुष्टी गर्ने प्रयास गरेका हुन । जसलाइ हैन हावा बोल्यो भनेर कमेन्ट गरिहाल्ने कमै आलोचक भेटिन्छन ।क्षेत्रको हिसावले गगन काठमाडौं क्षेत्र नम्बर सातका वासि हुन । तर, उनी काठमाडौंको चौधेरा मात्र हैन,नेपालको सिमानानै पार गरिसकेको छ । गैर आवासिय नेपालीका माझ पनि गगन निक्कै लोकपि्रय छन भन्ने सुनिएको हो । उनको क्षमता भनेको काठमाडौंको १० वटा क्षेत्रमध्ये जुनसुकै क्षेत्रमा पनि विजयको झण्डा गाड्ने हो । तर,विडम्बना यस्ता होनाहार युवा नेता आखिर आरक्षणको कोटामा पारिए । यो पक्कै पनि उनको रहर हैन नै कांग्रेस नेतृत्वले देखाएको दादागिरी मात्र हो ।अर्का पात्र छन, जसको राजनीतिक यात्राको गणना गर्ने हो भने निक्कै लामो छ । पन्चायति शासनकालदेखी नै राजनीति गरेका हुन । तर, उनी आफ्नै क्षेत्रमा समेत परिचयको अभावमा हुर्किएका हुन । उनी हुन काठमाडौं सात नम्बरका ध्यानगोविन्द । उनी भने प्रत्यक्षको कोटामा परे । उनको क्षमता भनेको हार नै हो । जीत उनको पोल्टामा पर्ने देखिंदैन । अनी ध्यानगोविन्दका लागि पनि यो रहर पक्कै हैन बाध्यता नै हो ।यही दुइ उदाहरणवाट देखिन्छ, कांग्रेस नेतृत्व आखिरमा कत्तिको हचुवाको भरमा चलेको पार्टी हो भन्ने । एक निश्चित विजयी हुने उम्मेदवारलाइ लगेर समानुपातिकमा हाल्छ अनी निश्चित पराजय हुने उम्मेदवारलाइ प्रत्यक्ष चुनावमा होम्छ ।त्यसमा पनि गगनलाइ समानुपातिकवाट शुरक्षित गराएर संसदमा संविधान बनाउनका लागि पार्टीले रोजेको हैन । केवल स्थान दियौं है भन्नका लागि मात्र हो गगन समानुपातिकमा परेका । कारण ? गगनको स्थान छ पुरुषतिर ७१ औं ।दलित, महिला, जनजाति, पिछडिएको वर्ग, र्दुगम आदीको कोटा सकिएपछि बल्ल गगन लगायतकाहरुको कोटा शुरु हुन्छ । उनीसंगै समानुपातिकमा छन गिरीजाप्रसाद कोइराला,बलदेव शर्मा मजगैंया,सुनिलकुमार भण्डारी, मनमोहन भट्टराई लगायतका वरिष्ठ बाहुन नेताहरु । भनेपछि सहजै भन्न सकिन्छ गगनको पालो आउने गरी कांग्रेसले भोट ल्याउन त सक्दैन । त्यसैले पार्टी नेतृत्वले अपगालवाट जोगिन मात्र गगनलाइ समानुपातिकमा हालेको देखिन्छ । जुन युवा वर्गको लागि विडम्बना हो ।
माओवादीको बल प्रयोगबाट निर्वाचन रोक्ने षड्यन्त्र भएको दावी
रोल्पा/माओवादी अध्यक्ष प्रचण्डले चुनावमा कुनै पनि षड्यन्त्र हुन नदिनका लागि हिंसा त्याग्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। रोल्पा सदरमुकाम लिवाङमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो- शान्तिसुरक्षा बिग्रियो वा माओवादीले बल प्रयोग गर्यो भन्ने बहाना बनाएर निर्वाचन रोक्ने षड्यन्त्र शुरू भएको छ। त्यसैले अत्यन्तै शान्त, स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गर्नेतिर लाग्न पनि आफ्ना कार्यकर्ता र जनतालाई आग्रह गर्दछु।’सभामा भाग लिन गाउँगाउँबाट दुई-तीन दिन हिँडेर हजारौं जनता सदरमुकाम आएका थिए। प्रचण्डले देशभरि आफ्नो पार्टीप्रति बढिरहेको जनलहर देखेर देशी-विदेशी केही शक्तिकेन्द्रहरू संविधानसभा निर्वाचन रोक्ने षड्यन्त्रमा लागेको बताउँदै देशभरि नै निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक निर्वाचन हुनुपर्ने र त्यसमा पनि अझ रोल्पा, रुकुमजस्ता आफ्ना आधारक्षेत्रमा कुनै पनि गडबडी आउन नदिन विशेष र्सतर्कता अपनाउन आग्रह गर्नुभयो।आफू रोल्पा आइसकेपछि अमेरिकाको निर्देशनमा केही शक्तिकेन्द्रहरूको काठमाडौंमा बैठक बसेको सूचना आफूले पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस बैठकमा देशभरि माओवादीको लहर बढ्दै गयो भने निर्वाचन रोक्नुपर्छ भन्ने विषयमा कुरा भएको बताउनुभयो।कतै छिटपुट रूपमा पनि बल प्रयोगका घटना देखिए भने जनताका दुस्मनहरू अब निर्वाचन हुन सक्दैन र रोक्नुपर्छ भन्नेवाला छन्, त्यसैले कुनै पनि घटना हुन नदिन र शान्तिपूर्वक निर्वाचन सम्पन्न गर्न र्सतर्कता अपनाउन जरुरी छ’, उहाँले भन्नुभयो-त्यसमा पनि रोल्पा, रुकुमजस्ता आधारक्षेत्रमा गडबड भयो भने त्यसलाई बहाना बनाएर निर्वाचन रोक्न सक्छन्, तपाईं रोल्पालीहरूले अत्यन्तै र्सतर्कता अपनाएर शान्तिपूर्वक मतदान गर्नुहोला।’नयाँ विचारको प्रयोग गर्न आफू काठमाडौं र रोल्पाबाट निर्वाचन लड्न थालेको उहाँले बताउनुभयो। रोल्पा दशवर्षको जनयुद्धको थलो हो भने काठमाडौं १९ दिने जनआन्दोलनको थलो हो’, उहाँले भन्नुभयो- जनयुद्ध र जनआन्दोलनको समायोजन गर्ने हाम्रो पार्टीको नयाँ विचारअनुरूप नै म यी दुवै ठाउँबाट लडेको हुँ।’साढे दुई वर्षअघिसम्म संविधानसभा र संघीय नेपालको कुरा गर्ने माओवादी र रोल्पाली जनतालाई आतंककारी भन्ने र टाउकाको मूल्य तोक्ने दल र नेताहरू अहिले संविधानसभा र संघीय गणतन्त्रको पक्षमा आउनु रोल्पाले जन्माएको नयाँ विचारको विजय हो’ -प्रचण्डको भनाइ थियो।किसान नेता नन्दबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, जनमुक्ति सेनाका डिपुटी कमान्डर नन्दकिशोर पुन पासाङ, क्षेत्र नं. १ की उम्मेदवार जयपुरी घर्तीलगायतले बोल्नुभएको थियो।
आगलागीमा ३ बालबालिकाको मृत्यु
कालिकोट, चैत २ - भर्ता-६, छातीगाउ“का पर्ूण्ाबहादुर विश्वकर्माको घरमा आगलागी ह“ुदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ ।
खरको छाना भएको घरमा शुक्रबार दिउ“सो आगलागी हु“दा विश्वकर्माका तीन नाबालक छोराछोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ वषर्ीय जीवन, ३ वषर्ीया रमिता र १ महिने शिशु राजु छन् । तीनवटै छोराछोरीको मृत्युले पर्ूण्ाबहादुरकी पत्नीको मानसिक सन्तुलन ठीक नभएको छिमेकी जयसुर विकले बताए ।
दिउ“सो घरमा कोही नभएको बेला केटाकेटीले आगो खेलाउ“दा आगलागी भएको जिल्ला प्रहरी प्रमुख महेशकुमार भट्टर्राईले बताए । उनका अनुसार घर पूरै नष्ट भएको छ । घर, धान, गहु“, चामल, मकै, कोदो, सिमीलगायतका खाद्यान्न, लगाउने र ओड्ने ओछ्याउने कपडासहितका १ लाख मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट शनिबार बिहान प्रहरी टोली घटनास्थल गएको थियो
। घटनास्थल सदरमुकाम मान्मबाट २३ किलोमिटर दक्षिणमा पर्छ ।
यस्तै बीपी राजमार्गको बर्दिवास- सिन्धुली खण्डअर्न्तर्गत फाल्चुरीमा शुक्रबार राति भएको ट्याक्टर दर्ुघटनामा बेलधारी-२, खत्रीटारका यमबहादुर दाहालको ज्यान गएको छ । बर्दिबासबाट मिलको सामान लिएर आउने क्रममा ज१त १५९३ नम्बर ट्याक्टर सडकबाट २० मिटर तल खसेको थियो । दर्ुघटनामा घाइते चालक शेषराज पराजुलीलाई उपचारका लागि धरान लगिएको छ ।

मधेसका ७५ क्षेत्रमा ँतालमेल’
काठमाडौं, चैत २ - मधेसवादी दलहरू सकेसम्म अधिकतम स्थानमा साझा उम्मेदवार घोषणा गर्ने सहमतिनजिक पुगेका छन् ।
एक सातादेखि जारी तालमेल बैठकमा ७५ निर्वाचन क्षेत्रबाट साझा उम्मेदवार हुन सक्ने बैठकमा सहभागी नेताहरूले बताए ।
'जुन-जुन स्थानमा सक्छौं, साझा उम्मेदवार बनाउने छौं,' शनिबार रातिसम्म जारी तालमेल बैठकबाटै मधेसी जनअधिकार फोरमका नेता विजय गच्छदारले टेलिफोनमा कान्तिपुरसित भने- 'अहिलेसम्म ७५ स्थानमा साझा उम्मेदवार बनाउने छलफल भइरहेको छ ।' गच्छदारले आइतबारसम्म निक्र्योलमा पुग्ने दाबी गर्दै बैठक सकारात्मक भइरहेको जानकारी दिए ।
तालमेल बैठकमा फोरमका गच्छदार, तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीीतमलोपा) का महेन्द्रराय यादव र सद्भावना पार्टर्ीी अनिल झा सहभागी छन् । यी दलहरू तर्राईका जिल्लाबाट मात्र चुनाव लड्दै छन् ।
चुनावी तालमेलले मधेसी जनताबीच सही सन्देश जाने उल्लेख गर्दै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले एकता अपरिहार्य भएको बताए । उनले समय अभावले गृहकार्य हुन नसके पनि तालमेलमा कुनै जटिलता नभएको स्पष्ट पार्दै भने- 'हामी तालमेल चाहन्छौं, जहा“ जसको स्थिति बलियो छ हामी स्वीकार गर्र्छौं ।'
नेताहरूबीच तालमेल बैठक जारी रहे पनि उम्मेदवारहरूले आ-आफ्ना क्षेत्रमा पकड दह्रो भएको अडान राख्दै छाड्न नमान्दा अप्ठ्यारो स्थिति देखिएको छ । र्सलाही-४ मा सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमलोपाका नेता रामचन्द्र राय उम्मेदवार छन् । राय जसरी पनि चुनाव लड्ने अडानमा रहेकाले तालमेल सहमतिमा समस्या परेको स्रोतले जानकारी दिएको छ । बैठकमा सहभागी गच्छदारले भने कुनै विवाद नरहेको दाबी गरे ।
फोरम संयोजक उपेन्द्र यादवले मोर्चाबीच तालमेल भएरै चुनाव लड्ने बताए ।

विद्यालयमा वम विष्फोटहुँदा दुइ विद्यार्थी घाइते
१६ मार्च, ०८ । आज बिहान वीरगंजस्थित ज्ञानज्योती वोर्डीङ स्कुलमा एक समुहले विष्फोट गराउँदा परिक्षा दिदै गरेका दुइ जना बिद्यार्थी घाइते भएका छन् । विद्यालय भवनमा क्षति पुगेपनि अन्य मानवीय क्षति भने नभएको बताइएको छ । विष्फोटको जिम्मा तराइ वागी नामक भूमीगत संगठनले लिएको छ ।सो समुहले एक हप्ता पहिले वोर्डिङसंग एकलाख रुपैयाँ चन्दा माग गरेकामा नदिएपछि विष्फोट गराएको वताइएको छ ।
माओवादीको बहुमत नआए अर्को बिद्रोहः भट्टराई
१६ मार्च, ०८ । नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले संबिधान सभाको चुनाबमा आफ्नो पार्टीको बहुमत नआए अर्को बिद्रोह गर्ने चेतावनी दिनभएको छ ।संबिधान सभाको निर्वाचन माओवादीको एजेण्डा भएकोले सो निर्वाचनमा माओवादीको पक्षमा परिणाम आउनपर्ने नेता भट्टराईले जिकीर गर्नुभयो। माओवादीको पक्षमा निर्वाचन परिणाम नआए मुलुकमा कुनै परिवर्तन् नहुने भट्टराईको ठहर थियो । क्रान्तिकारी पत्रकार संघ दोलखाद्वारारा आज बिहान दोलखाको सदरमुकाम चरिकोटमा आयोजित पत्रकार भेटघाटमा भट्टराइले माओबादीको पक्ष्मा बहुमत नआए १० बर्षे जनयुद्ध भन्दा पनि चर्को बिद्रोह हुने र जसले अर्को महामाओवादी जन्माउने दाबी गर्नभयो ।साम्राज्यवादी, बिस्तारवादी र दरवारको ईशारामा कांग्रेस र एमालभित्रका राजावादी समेत मिलेर निर्वाचन बिथोल्ने षडयन्त्र भईरहेको नेता भट्टराईले दावी थियो । चुनाव बिथोल्न दलका केन्द्रिय नेताको हत्या गर्ने, अपराधिक घटना घटाउन सक्ने सम्मको षड्यन्त्र भइरहेको आफूले सूचना पाएको समेत उहाँको भनाइ थियो ।
Subscribe to:
Posts (Atom)