Monday, February 18, 2008

यो कस्तो मनोक्रान्ति अभियान


विचारवाट समाज परिर्वतन गर्नुपर्छ भन्दै प्रवचन दिने विकाशानन्दका चेलाहरुले साचारमाध्ययमा आफ्नो संगठनको बारेमा नकारात्मक समाचार मात्र आएको भन्दै नांगो जुलुश निकालेर नेपालमा नयां किर्तीमान कायम गरेका छन । पश्चिमादेशहरुमा विभिन्न माग लिएर नांगो जुलुश निस्केको प्रशस्त पढ्न पाइन्थ्यो । उनीहरुको माग पनि जायज नै हुने गर्थ्यो ।

मनोक्रान्तीका चेलाहरुले हत्या, िहंशा र नकारात्मक समाचार मात्र आएको विरोधमा नांगे जुलुश निकाले । तर ति नांगो जुलुश निकाल्नेहरु बुझेनन नग्नता पनि समाजका लागि नाकारात्मक नै हो भन्ने ।
मनोक्रान्ति अभियान नेपालमा एक विवादास्पद अभियान हो । अभियान भनेर जे जस्तो प्रचार गरिएको छ त्यसले भन्छ हरेक तथ्यलाइ सकारात्मक ढंगले हेर्ने विचार गर्ने र व्यबहारमा लागु गर्ने । मनवाट सकारात्मक क्रान्ती गर्ने यसको प्रचार यही थिमवाट शुरु भएको हो । तर उनीहरुले नै आज दिमागलाइ हैन शरिरलाइ प्रयोग गरे कथित प्रचारका लागि ।

यसका प्रवर्तक भनिने स्वघोषित डाक्टर विकाशानन्दको चरित्रको बारेमा नाकारात्मक समाचार आउथे । अब ब्यक्ति नै नकारात्मक भएपछि समाचार आउनुपनि सामान्य नै हो । तर विकाशानन्दले आफ्नो स्वार्थका लागि चेलाहरुलाइ उपयोग गरे र नेपालमा अहिलेसम्म नभएको नांगो जुलुश निकाले त्यो पनि सामान्य मागका बारेमा ।

विचरा गुरुको उक्साहटवाट अन्धो भएका चेलाहरुले वित्थैमा प्रहरीको लाठि खानु पर्यो । उनीहरुले गोरखापत्र संस्थान अगाडिवाट नांगो जुलुश निकालेमा मात्र थिए नजिकै रहेको जनसेवाका प्रहरीले हस्तक्षेप गरेर गलहत्याउंदै लगिहाले ।

मनोक्रान्तिका प्रवर्तक सकारात्मक सोचको माध्यमवाट समाज परिवर्तन गर्न सकिने प्रवचन िदंदै हिड्छन । तर उनमै त्यो सकारात्मक सोचको अभाव देखियो । यदी उनमा सकारात्मक सोच हुंदो हो त उनले प्रकाशित समाचारलाइ पनि सकारात्मक रुपमा लिन्थे र उनका चेलाहरुले यसरी प्रहरीको लाठि खानुपर्ने थिएन । तर भन्नु र गर्नुमा धेरै अन्तर छ भन्ने उनकै व्यबहारले पुष्टी गरेको छ ।

बालमुकुन्द नेपालले बोकेर आएको उनीहरुको भावि कार्यक्रम यस्तो रहेछ

फागुन ८ गते महिलाद्धारा अर्धनग्न जुलुश

फागुन ९ गते महिलाद्धारा पुरै नांगो जुलुश

फागुन १० गते महिला पुरुष दुबै पुरै नांगो भएर यातायात ठप्प पार्ने ।

फागुन ११ गतेदेखी महिला पुरुष दुबै पुरै नांगो बसेर आमरण अनशन बस्ने ।

No comments: